शहीदको सं‍ख्या २५ पुग्यो

२०६३ भदौ १३, मंगलबार
अब नेताहरुले भाषण गर्दा २१ जना शहीदको बलिदानले लोकतन्त्र आएको भनेर भन्ने छैनन्, किनभने शहीदको संख्या ४ जनाले बढेर २५ पुगेको छ। नेताहरुलाई नै सबै शहीदको नाम सोध्ने हो भने थाहा हुने छैन होला। थप ४ जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गरिएको हो। थप चार शहीद बाँकेका हरिराज अधिकारी, डोटीका लालबहादुर विष्ट र चक्रराज जोशी तथा रौतहटका ताहिरमियाँ अन्सारी हुन्। यति बाहेक मसित अरु कुनै जानकारी छैन। कहिले उहाँहरुले शहादत प्राप्त गर्नुभएको हो, कसरी शहीद हुनुभएको हो आदिका बारेमा पनि सरकारले बताइदिए हुने थियो। तपाईँहरुलाई केही जानकारी छ नयाँ शहीदहरुका बारेमा भने लेख्नुहोला है। पहिलेका २१ जना शहीदको नामावली भने भित्र राखेको छु-

क्र.सं. / नाम/ उमेर
१ उमेशचन्द्र थापा ५१
२ दर्शनलाल यादव ५०
३ भीमसेन दाहाल ३४
४ तुलसी क्षेत्री ३०
५ शिवहरि कुँवर २२
६ विष्णुप्रसाद पाण्डे ३२
७ हीरालाल गौतम २५
८ सेतु विक २५
९ राजन गिरी २०
१० सुरज विश्वास २६
११ दीपक विश्वकर्मा २१
१२ बासुदेव घिमिरे २९
१३ सगुन ताम्राकार १८
१४ यामलाल लामिछाने ५५
१५ गोविन्दनाथ शर्मा ५३
१६ * देवीलाल पौडेल २५
१७ ** होरिलाल राना २६
१८ प्रद्युम्न खड्का ३२
१९ मोहम्मद जहाँगिर २८
२० अनिलकुमार लामा ४३
२१ चन्द्र बयलकोटी ३६

*** शहीदको संख्या १५ मात्र छँदा मन्त्रिपरिषद‌को बैठकले तेलको भाउ बढाउँदा लोकेन्द्रबहादुर चन्द सरकारको पालामा भएको विरोध प‌्रदर्शनमा बुटवलमा प्रहरीको गोलीबाट मारिएका देवीलाल पौडेल र कैलालीमा कर्फ्यु लागेको बेला शौचालय जान बाहिर निस्कँदा सेनाको गोली लागेर मारिएका होरिलाल रानालाई पनि शहीद घोषणा गरेपछि शहीदको संख्या २१ पुगेको थियो।

8 Comments

  1. Dear Umesh,
    Yesari Shaheed haru ko shankhya badhundai jane ho bhane ,Shaheed ko mulya kum hune hoki?
    2007 sal kaa shaheed,2036 saal kaa shaheed,2046
    kaa shaheed,2063 saal kaa shaheed.Angrej shanga bhayeko ladai maa birgati payeka Bir haru lai ke bhanne?
    mally

  2. Dear Umeshji
    I am regulat reader of your news site. I have been reading this site for a few months since one of my friends sent this address from japan. . As you demanded I am giving some information about martyr Hari raj Adhikari Hari raj Adhikari was born in Deharadun nearly 48 years ago His father was in Indian military service then. originally he is from Pyuthan . He got Higher education in Deharadun and came to Nepalgunj and started to teach in M M campus . His service in Nepalgunj itself is a kind of sacrifice because his brothers are in Canada and Austrelia. He taught in M M campus for more than 20 years. He was the president of T U Teachers’ association in MM campus then. It was 26 chaitra 2062. We all started demonstration in Nepalgung . The rally went to Dhamboji chock and turned into a mass meeting. Hari sir gave a very stimulating sppeech that day . We clapped several rounds for his speech. As he finished his speech , he fainted . We took him to a local hospital immediately . Doctors tried thier best to save him but they were unable. We lost our comarade on that very day. He was not killed by bullet as was Umesh Thapa in Dang , not by police lathi as was Setu B K in Nepalgunj. He was dead in the field of janaandolan . The government hesitated to declare him martyr for many months . I like to condemn such go government.

  3. अब पनि सरकारले शहिदहरुको बारेमा के कुरा गर्नु पदमा बस्ने गतिलाहरु, सरकारमा भएका मन्त्री र साम्सदहरु बाहेक सबै हामी नेपाली शहिद हुँदै त छौ नि अहिले कुनै न कुनै तरिकाले !!

  4. Kam Umerko sahid bannu bhako ta Sagun Tamrakar po rahechha hai Umesh jee.thanks for the forwards all sahid name great job always and beni yatra blog too.
    I know you always give to us newest and great news on your great website or Nepali blog. I appriciate with you always even we are living out of country or out of country we can know easily all things what going on about the countries. it is really nice to all thanks, you have nice time there in Kathmandu!
    Megh Singh, Minneapolis, Minnesota,USA!

  5. उमेशजी ,कुन शहिद कुन जिल्ला को र सम्भव भयेमा ठेगाना समेत समेत भयेमा राम्रो हुन्थ्यो कि?

  6. नेपाल सहिदै सहिदकेा देश हेाला जस्तेा छ ।
    गत १० वर्षा करिब १३,००० जना सहिद भैसके । तिनिहरुकेा लेखा जेाखा खर्ेाईत – फेरि जनआन्देालन भाग १ मा पनि त थुपै सहिद भएका थिएनि तिनिहरुकेा लेखा जेाखा खर्ेाईत –

  7. शहिदको संख्या बढ्दै जाने सम्भाबना रहिरहन्छ किन भने शाहि निरङ्कुश सरकारले लगभग ६ हजारको संख्यामा घाइते बनाएको छ। त्यस्मा थुप्रो संख्या को सारिरिक अबस्था दहेनिय छ। ति कुनै पनि दिन छिट्टै सहिद पनि हुन सक्छन्।
    अझै बढ्ने हुनाले सरकारले यतिनै भनेर अहिलेनै टुङ्गो लगाउन मिल्दैन जस्तो लाग्छ।
    बाकि तपाइ हरुको बिचार।

Comments are closed.