अझै घाउ चहर्‍याइरहेको छ नगरकोटको

झण्डै नौ महिनाअघि देशमा रक्षामन्त्री र मन्त्रिपरिषदका अध्यक्ष राजा ज्ञानेन्द्र रहेको बेला नगरकोटको चिहानडाँडास्थित कालिकादेवी मन्दिरमा एक सन्काहा सैनिकले जथाभावी गोली चलाई मच्चाएको हत्याकाण्डका घाइतेहरूले अहिलेसम्म पनि उचित क्षतिपूर्ति पाउन सकेका रहेनछन्। नेपाल सरकार र नेपाली सेनाले घाइते परिवारलाई राहत दिने, रोजगारीको व्यवस्था गर्ने र छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने मीठो आश्वासन दिए पनि न त उनीहरूले क्षतिपूर्ति पाउन सके, न त अन्य सुविधा नै। उसो त उनीहरूले हालसम्मको औषधोपचार खर्च आफ्नै घरजग्गा बेचेर गर्नु परिरहेको छ।

यससम्बन्धमा सरकारी नियन्त्रणमा रहेको राससले दिएको समाचार निकै पीडादायी लाग्यो।

गत मङ्सिर २९ गते राति सैनिक जवान वासुदेव थापाले जथाभावी चलाएको गोलीबाट १२ जना ठहरै भएका थिए भने १६ जना घाइते भएका थिए।

घाइतेहरु सम्बन्धित सैनिक कार्यालयमा गएर सरकार र सेनाले बाँडेको स्वप्नील आश्वासन पूरा गराउन अनुरोध गरिरहेका रहेछन्।

घटनामा कसैले खु¬ट्टा, आँखा, घाँटी त कसैले हात र शरीरका अन्य भागमा गहिरो घाउ पालेर बसेका रहेछन्। श्रीकृष्ण माविमा कक्षा १० मा अध्ययनरत रामकुमार नगरकोटीको त आवाज नै बन्द भएको रहेछ। उनी परीक्षामा असफलता मिल्ने हो कि भन्ने त्रासमा रहेछन्।

उनले राससलाई कापीमा आफ्नो भावना यसरी पोखे- “उपचारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न अस्पतालमा धाइसकेँ, तर मेरो बोली कहिल्यै आउँदैन भन्ने थाहा पाएपछि जिन्दगी नै भार भएको महसुस गरेको छु।”

घाइतेमध्येका राजकुमार गुरुङ पेटमा लागेको गोली अझै निकाल्न नसकेकै कारण पेट दुख्ने समस्याबाट पिरोलिएका छन् भने जगतबहादुर तामाङले ३० हजार रूपैयाँको अभावमा आँखा फेर्न सकेका छैनन्।

यस्तै पेटमै गोली लागेका गोपाल पहरी, पिंडौलामा गोली लागेका रमा पहरी, मलद्वारमा गोली लागेका सुकलाल नगरकोटीलगायतका घाइतेले आर्थिक अवस्थाका कारण आफ्नो उपचार गराउन नसकी पीडादायी जीवन बिताउनु परिरहेको छ।

उनीहरू भन्छन्- “आफ्ना क्षेत्रका सांसदहरूले पनि हाम्रो विषयलाई महत्व दिएका छैनन्, कमसे कम हाम्रा लागि कोही त भगवान भइदिएर हामीलाई सरकार र सेनाले दिएको आश्वासन पूरा गराइदेऊन्।”

राहतका नाममा भक्तपुर जिल्ला विकास समितिबाट प्रतिव्यक्ति पाएको रू. छ हजार र अन्य सङ्घसंस्थामार्फत् प्रतिव्यक्ति रू. १८ हजारबाहेक कतैबाट सहयोग नपाएकाले उनीहरूमा नैराश्यताको भुमरी छाएको हो।

नेपालमा कुनै विवादका घटना हुने बित्तिकै तत्कालीन आक्रोश साम्य पार्न सरकारले तत्काल क्षतिपूर्ति लगायतका अन्य घोषणा गर्छन्। तर त्यसको अनुगमन हुँदैन। न सञ्चारमाध्यमले त्यसमा ध्यान दिन्छन्, न अरुले नै। ध्यान हटेपछि सरकार र सम्बन्धित निकाय पनि आफ्नो जिम्मेवारीबाट पछि हट्न खोज्छन्।

5 Comments

  1. ma ta khusinai thiye tyo din.
    Holi ko din thiyo. hami 4 daju vai nagarkot ghumna geyeko thiyou. bich bato ma pugda bato ma 3/4 jana 21/22 barsa ka k ta haru raksi khayera motercycle rokdai jabarjasti abir ghasne fohor pani chepne jaad ko fohar chene gardai thiye. hamilai bina cheta bani chyapiyo hami le kina garyo vanda. achanak euta le laat hanera motercycle dhalai arulai bolauna thalyo tespachi ta sagai mathi 15/16 jana ko bagan ayera hami 4 daju vai lai ram dulai diyo ahile samma mero dhad ko problem cha. tespachi balla balla maaf magera 4 hat khuta teke pachi jana diye ajha motercycle balidiu vandai thiye ti votey ko chaura harule. ani bhaktapur ayera marampatti gariyo. afu fighter pariyena feri kutnu janu lai bagwanle ek din mora voteko chora haru lai abasya sajaye delan vanneko k hi mahina pachi ko tyo kanda le ali mann ma santi milyo. tyo ghatana lai samkhada tyo army le kati khayo hola ta kutai?

  2. Where there is only powercracy, moneycracy and selfcracy and hypocracy these sorts of plights are recurrent. But when we see rule of law, integrity and sincerity, equality ( equal treatment by state) in Nepal?

  3. Dear Umesh
    previously aswell i have strongly requested and recommended you not to write cheap articles in your blog.For the time being , i got to read very interesting and thought provoking article in your blog.Agian thesedays you are repeatating the same previous style.Please develop your professionalism.Donot write cheap article.It is the wastage of your and our time aswell.when i visit this blog , i expect something thought provoking article.But for somedays i am disappointing from you, your friend krishna and i am sorry the other friend i forgot the name. I appology for not remembering his name.
    There are many topics on which you can pen along with political matters.
    I request you to pen on economic matter aswell.
    I request you not to pen on surfacial matter .You should go deep down and your writing should be more analytical

    Hope to get to read very thought provoking article

    Regards

    Sagar Sharma

    Plumstead London
    SE 18 1SJ.

    Phone no.07727122378.

  4. This government has given so many times this sort false assurance to victims and never took anything seriously for implimentation. This is the government full of liers and bickering mobs of swindlers who wants to stick to the chair despite mass public hate them because their incapacity, courage and genioun intention to improve situation and to forming popular government. These politician know only one thing that if false temporary hope and full of lies. This is the characters of swindlers, thugs and cons. It does not mean Gyanendra’s time were better ( definitely worst). Can we get rid of these rotten dead woods from politics and establish some credible, courageous and leader with vision and have feel for the nation and people.

Comments are closed.