फेरि त्यो दिन सम्झन चाहन्नँ


आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। 2 वर्षअगाडि आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा पढ्नसक्नुहुनेछ।
[तस्वीरमा जल्दै गरेको ताहाचलको म्यानपावर कार्यालय। यो तस्वीर खिच्दा आगोको रापले मेरो अनुहार र हात पोलेको थियो। यो कार्यालय जलेको केही छिनपछि कर्फ्यु लागेको थियो]

इराकमा अमेरिकी आक्रमण हुँदा त्यसको प्रभाव म आफूलाई पनि पर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। तर भयो त्यस्तै नै। त्यतिबेला म कार्यरत स्पेसटाइम दैनिक बन्द हुनुमा प्रत्यक्ष अप्रत्यक्ष कारण इराकमा भएका घटना नै थिए। विश्वका एक भागमा भएको घटनाले अर्को भागमा बस्नेलाई कसरी प्रभाव पार्छ भन्ने कुराको उदाहरण हुनसक्छ यो घटना।

इराकको एक आतंककारी समूहले १२ नेपालीलाई अपहरण गरेको समाचार अगस्त २१ तारिखका दिन आएको थियो। दुई दिनपछि अपहरित नेपालीहरुको नामावली र तस्वीर पनि प्रकाशमा आयो। त्यतिबेला नेटमा निकै सर्च गरेर मैले अन्सार अल सुन्नाको वेबसाइट भेट्टाएर तस्वीर फेला पारेको थिएँ। त्यतिबेला म ब्लग चलाउँदिन थिएँ। नेपालभाषाको इन्टरनेट समाचार पत्रिका नेवाःपोस्टमा दैनिक समाचार अपडेट भने गर्थेँ। यही वेबसाइटमा मैले अपहरित नेपालीको तस्वीर प्रकाशन गरेँ।

म्यानपावरका सबै सामान जलेर खरानी भए। फोटोः उमेश

अगस्त २३ मा फोटो प्रकाशमा आइसकेपछि सरकारले नेपाली नागरिक अपहरणमा परेको पुष्टि त गर्‍यो तर उध्दारका लागि भने कुनै हतार गरेन। अगस्त ३१ को दिन अचानक अपहरित नेपाली सबैको हत्या गरिएको समाचार आयो। त्यतिबेला म स्पेसटाइम दैनिकको परराष्ट्र पेजका लागि समाचार लेख्दै थिएँ। समाचार लेख्ने क्रममा नै दिउँसो अल जजिराको वेबसाइटबाट सबैभन्दा पहिले मैले यो खबर पाएको थिएँ। तत्काल त्यहाँ भएका सबै सहकर्मीहरुलाई जानकारी गराएँ। सबै बिचरा भन्दै थिए। तर कसैले पनि भोलिदेखि यो कार्यालयमा काम गर्न आउनु नपर्ने गरी घटनाको विकास हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।

अल जजिराको समाचारमा नेपालीहरुको हत्या गरिएको भिडियो पनि इन्टरनेटमा राखिएको छ भनी लेखिएको थियो। तर त्यसलाई खोज्न निकै गार्‍हो भयो। साँझतिर पेज ले आउट सकाएर, पास गराएर घर हिँड्ने बेलासम्ममा भने मैले त्यो भिडियो फेला पारेर डाउनलोड गरिसकेको थिएँ। तर विन्डोज ९८ मा त्यो भिडियो खुलिरहेको थिएन। म्याक कम्प्युटरमा सारेर हेर्‍यौं तर त्यसमा पनि खुलेन।

उता त्यो समाचार डढेलो सरह राजधानी भर फैलिसकेको रहेछ। विद्यार्थी र सर्वसाधारणहरु स्वस्फूर्त सडकमा उत्रिसकेका थिए। राति ११ बज्नुअघि रेडियो सगरमाथाले न्युरोडबाट लाइभ रिपोर्टिङ गरेको थियो। त्यति राति पनि मानिसहरु आक्रोशित मुद्रामा नाराबाजी गर्दै थिए। न्युरोडमा मात्र हैन, पुतलिसडक, रत्नपार्क लगायत राजधानीका विभिन्न ठाउँमा त्यस्तै विरोध प्रदर्शनहरु भइरहेका थिए। उनीहरु सरकार, आतंकवाद र म्यानपावरविरुध्द नाराबाजी गर्दै थिए।

राति बल्ल तल्ल एउटा अरबी फोरम साइटमा नेपालीको विभत्स हत्या गर्दै गरिएको तस्वीर भेट्टाएँ। पछि अ‍ोग्रिस डट कमबाट भिडियो पनि डाउनलोड गरेँ। तर त्यसलाई हेरपछि मेरो मनस्थिति कस्तो भयो, त्यो म यहाँ शब्दले वर्णन गर्न असमर्थ छु।


क्याम्पसका विद्यार्थीहरु चक्काजाम गर्दै। फोटोः उमेश

भोलिपल्ट अर्थात् सेप्टेम्बर १ वा भदौ १६ गते बिहान उठ्नेबित्तिकै काठमाडौं तनावग्रस्त रहेको खबर सुन्नुपर्‍यो। हाम्रै टोलमा कयौं टायर जलाइएका रहेछन्। क्याम्पसका विद्यार्थीहरु विरोधमा अग्रपंक्तिमा थिए। राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिनेहरु पनि कम थिएनन्। बिहान ७-८ बजे नै काठमाडौं खाल्डो जलिसकेको थियो, तनावग्रस्त बनिसकेको थियो। सडकमा कहीँ कतै प्रहरी देखिँदैन थिए। खै, कहाँ गएका हुन् ? चिनेजानेका ठाउँमा फोन गर्दा जहाँ पनि त्यस्तै भइरहेको बताइन्थ्यो।


कालिमाटीको मस्जिदमा आक्रमण गर्न खोजिरहेको आक्रोशित भीड। फोटोः उमेश

११ बजेतिर रत्नपार्कतिर एकदमै तनाव छ भन्ने सुनेकोले त्यता जान लागेको थिएँ तर गइनँ। केही पछि घरछेउ कै मस्जिदमा आक्रमण गर्न आक्रोशित भीड त्यतातिर लागेको थाहा पाएँ। त्यतिबेलासम्म कर्फ्युको घोषणा भइसकेको थियो। यत्तिकैमा ताहाचलमा रहेको म्यानपावर जलाइएको थाहा पाएर त्यता गएँ। आगो दन्किएको थियो, कार्यालयमा केही बाँकी थिएन। आगो छेउछाउका घरतिर सल्किएला भनेर चिन्तित हुनेहरुले दमकल बोलाउन भन्दैथिए। तर सिङ्गो काठमाडौं जलेको बेला कहाँ आउनु भन्ने बित्तिकै दमकल। मूल सडकमा देखिएको प्रहरी भ्यानलाई ताहाचलमा ठूलो आगलागी भइरहेको छ भनी आफैले जानकारी दिएँ।


कुरानका पानाहरुको गति। फोटोः उमेश

उता मस्जिदमा आक्रमण गर्न जानेहरुले तोडफोडमात्र गरेनन्, उनीहरुका पवित्र ग्रन्थ कुरानलाई पनि च्यातेर अपमान गरे। प्रहरी सम्झाईबुझाई गर्दै थिए, कर्फ्यु लाग्न लागेको छ, घर गइदिनुस् तर भीड मान्न तयार भइरहेको थिएन।

अहिले आएर सम्झन्छु, त्यो आक्रोशित भीडमा स्थानीय बासिन्दा वा मैले चिनेजानेका छिमेकीहरु कोही थिएनन्। खै कहाँबाट आएको थियो त्यो भीड। स्थानीय बासिन्दा रमिते मात्र थिए र हो, अत्याचारै गरे नेपालीलाई भनी सहानुभूति दिनेहरुमात्र थिए।

यो गाडीको दोष अघोषित चक्काजाम उल्लंघन गर्नु मात्र थियो। साभार फोटो

म्यानपावरमाथिको रिस चाहिँ केही अघि अपहरित नेपालीहरुले अन्तिम भिडियो सन्देशमा आफूलाई जोर्डन भनी इराक पठाइएको, प्रल्हाद गिरी नामका एजेन्टले आफूलाई फँसाएको भनी ज्यान बचाइदिन गरेको करुण पुकारको असर थियो। सडकमा प्रल्हाद गिरीलाई फाँसी दिनुपर्नेसम्म माग उठेका थिए। आज 2 वर्षपछि मलाई थाहा छैन, प्रल्हाद गिरीले सजाय पाए कि पाएनन्। बरु इराक र अफगानिस्तान जस्तो सरकारले अनुमति नदिएका जोखिमयुक्त देशमा कामदार पठाउने एजेन्टहरुले हाकाहाकी काम गरिरहेको र त्यहाँ जान लालायित युवाहरुको भीड देखेको छु।


रत्नपार्कको जामे मस्जिदको स्थिति। साभार फोटो

तर त्यो दिन काठमाडौंका एउटै म्यानपावर पनि बचेनन्, सबैमा तोडफोड भयो। १२-१ बजेतिर कान्तिपुरमा तोडफोड भयो भन्ने समाचार सुनेँ तर आफ्नै कार्यालय स्पेसटाइम र च्यानल नेपालमा भएको तोडफोडको बारेमा भने मलाई केही थाहा थिएन। पछि सहकर्मी बालचन्द्र मिश्रले फोन गर्दा पो थाहा पाएँ। तत्काल हाम्रा तत्कालीन बोस गोविन्द पोखरेललाई फोन गरेर अफिस आउनु पर्छ कि पर्दैन भनेर सोध्दा अफिस भए पो आउनु भनेर भन्नुभयो। सबै तोडफोड भएको जानकारी दिनुभयो। पत्रिका निस्कन्छ कि निस्कँदैन त निस्कने हो भने जसरी पनि आएर काम गरिदिन तयार छु भनेर भन्दा कम्प्युटरदेखि लिएर सबै क्षति भएकोले निस्कने स्थिति नै छैन भनेर भन्नुभयो।

एकछिन पछि अर्थात २ बजेदेखि राजधानीमा अनिश्तितकालीन कर्फ्यु लाग्यो र मेरो काम नेटबाट समाचार हेर्नुमा सीमित रह्यो। त्यसो त कर्फ्यु लाग्दा प्रहरीको आँखा छलेर शुन्य सडकमा हिँड्नुको मज्जा नै फेरि बेग्लै हुन्छ।

कर्फ्यु लाग्दा शू्न्य सडक।

कर्फ्यु त लाग्यो तर कर्फ्यु लाग्नु अघि नै नहुनुपर्ने नोक्सान भइसकेको थियो। रत्नपार्कका दुई मस्जिदमा तोडफोड भइसकेका थिए। भएभरका म्यानपावर जलिसकेका थिए। खाडी मुलुकको दूतावासमा आक्रमण गर्न खोज्दा प्रहरीको गोलीले दुई प्रदर्शनकारीले ज्यान गुमाइसकेका थिए।

मस्जिदमा आक्रमण गरिरहेकाहरु। साभार फोटो

राति आएर सरकारले भोलि राष्ट्रिय शोक र पीडित परिवारलाई एक लाख क्षतिपूर्ति दिने र शव नेपाल फर्काउन पहल गर्ने घोषणा गर्‍यो। तर खै, 2 वर्षसम्म पनि ती शव नेपाल फर्किएको समाचार हामीले सुन्न पाएका छैनौं।


मस्जिदमा लागेको आगो नियन्त्रण गर्ने प्रयास। साभार फोटो
त्यो घटना भएको दुई वर्ष भयो। तर कसरी भयो, कसले गरायो त्यत्रो घटना- कसले भडकायो मानिसहरुको आक्रोशलाई ? कसैलाई थाहा छैन। छानबिन समिति बनाइएको थियो। तर त्यसको प्रतिवेदन दराजमा थन्कियो, सार्वजनिक गरिएन। त्यतिबेला सुरक्षाकर्मी किन निष्क्रिय बनेका थिए ? केही सुरक्षाकर्मीहरु किन हेलिकप्टरबाट जलेको काठमाडौंको एरियल सटहरु खिच्नमा व्यस्त थिए ? कसैलाई थाहा छैन।

त्यो दिन सम्झँदा अझै पनि त्यस्तो दिन आउन सक्ने डर लाग्छ। अहिलेको संक्रमण काल पनि निकै नाजुक छ। खित्तिक्क केही हुन हुन्न, महाभारत मच्चिहाल्छ। त्यो दिनमा जस्तो कसैले भडकाउने हो भने कुनै पनि बेला त्यही दिनको जस्तो स्थिति यहाँ हुने कुरा सोच्दा पनि डर लागेर आउँछ।

मस्जिदमा दन्किएको आगो। साभार फोटो

15 Comments

  1. I agree with you Umesh ji, that fateful day shows that we(humanity)are all interconnected and we cannot think ourselves as separate entity. Fire started by one can reach another in no time.
    My heartfelt condolences to the families of the men who died in Iraq on this second year anniversary. Those men were sent there by deceit and still many are being sent now. There has to be a campaign to educate Nepalese about the possible consequences of going to the foreign land for employment. Just as Jeevan jal campaign and HIV/AIDS campaign are broadcasted on radios, we need to do the same for foreign laborers. I’ve heard that as many as 5000 Nepalese per week are leaving Nepal for employment????? We have to find a way to arm them against these cruel manpowers.

  2. all this is happening because nepali people have too much free time and there is no strong law against hooliganism like that. they must sentence them to prison for at least 30 year then people will start respecting private and public property

  3. The contents of this news is good and should be raised. But to be personal, i think this picture should not be published anymore. Why u want to create unwanted tension. Or u with Bharat Keshar’s Bishwo Hindu Parishad?

  4. Ma bhadu 16 ko partachya darsi hu mero aakha agadhee naee sharm bhibhag ko kagaj patra jalayko thiyo ra 2 ta manpower company police thiyana matra 10 janna police matra bhayko bhaya pani control garna siknay isthithee thiyo manis hru 25,30 bhanda badhee thiyana .Tara tyo kalo din ma tyo niyojit sadyantra thiyo jasto lagcha kaslay back bata uchalyko uhee janowes.2 bajey samma ma ta tyo hulma lutera ko samuha pani misiyako thiyo anee khehee ghar haru jasko manpower sita matlab thiyana pani lutiyako thiya chori ra daka haka haki bhayako thiyo polic ,parsasn ko kunaee upastitheeko suiko thiyana ,sayad sherbhadur ji jo priminister thiya jaad khayera sutirahayko po thiyaki,chanbin aayog lay pani kay kasto report bhujayo anee ko lay taysma kay kasto danda ra kanuni insaf paya thaha bhayana

  5. Yes Umesh ji, it was the big problem at that time. I really don’t want to remember that moment, cause I was heading towards my office and reached at the middle of big demonstration. I was trapped and it was prety difficult to find the way out.

    Thanks for the pict.

  6. CHANDA ATANKA :

    Umesh ji,

    Biti sakeko kura lai samjhanu bhanda aahile aai-rakheko problem ko samadhan bare chalphal gare kaso hola. Aahile ko thulo samasya ta “CHANDA ATANKA” ho ni. Khai ta tapai le yes-bare ma kehi aahile samma lekhnu bhaye na ni. AAhile office office ma chemata bhanda badhi magi rakhe chhan, ghar ghar ma aayera chanda lidai chhan. Hami le kati matra chanda dine. Aahile bebasye ko ta yehi ho, kamau na kati garo chha, uni haru tarsayera chemata bhanda badhi magchhan. Ke garne? Please suggest, it is the biggest problem at present.

    Thanks Umesh ji

  7. Bhadra 16 reminds me the moment when I had no expectation of being alive myself. I was present there at the protest from very beginning that day (16 of Bhadra). That incident makes me feel very sad, and I think so does to others. I just want to say that we shouldn’t follow the crowd. We must be able to decide what is right and what is wrong before we react to any incident or accident. Otherwise we would have to face such a black day again and again.

  8. ke lekhnu tyo din ko

    jhandai Muslim lai save gareko bhandai hamro family lai nai khattam banayaka thiyo tyo din?

    teshale pheri tyo din samjhana chhannha

    Ghimire GS
    Kathmandu nepal

  9. उमेश् जि । भदौ १६ को कथा अब नदोहोरियोस् फेरी। कमसेकम देसमा शान्ति भो भने सबए समस्या को समाधन हुन्छ नै होला ।

  10. यि उग्रबादी मुशल्मान एक दिन संसार मा प्रलयनै ल्याएर छोड्छन ।कोही कोही फेरी साह्रै अ सल पनि छन ।तर दोश चाँही तनाब ग्रस्त छेत्र मा काम गर्न पठाउने म्यान पावर एजेन्सी लाई नै जान्छ है ।

  11. umesh ji

    i have been in united states for two year now

    everyday i read nepalnews and ekantipur and i have been reading your blog for copule of months now
    and only thing the news give me more and more frustruation.

    i feel so sad that nepali do things that are against ourself

    looking at the picture i remember the incident and the video.

    fire at eduation department at TU yesterday is as foolish act as this one u are covering

    i am not well educated but what is wrong with those guys who think they are educated as they are at master level.

    may be we are so foolish as we got all the god and goddess too close.

    “”” battiko muni andhero”””””

    may god help nepal ani nepali

Comments are closed.