-अनामिका-
हाहाहाहा(खुसी भएर हाँसेको, दिल खोलेर हाँसेको), हेहेहेहे(हाँस्न मन नहुँदा नहुँदै पनि बाध्य भएर हाँसेको), हुँहुँहुँहुँ(सुक्क सुक्क रो ‘ को), ह्वाँह्वाँह्वाँ(जोडले रोएको)

माथिका चार मध्ये मोबाइल हराउँदा तपाई के गर्नुहुन्छ?

म त दिल खोलेर हाँसे।

ननुहाएको धेरै दिन भा ‘ थ्यो। बिरामी परेदेखि नुहाएको थिइनँ। ननुहाएर होला आफूलाई मान्छेसँग कुरा गर्न वा बाहिर निस्कन पनि एकदम अप्ठेरो भइरा’ थ्यो। त्यसैले नुहाउनु पर्‍यो भनेर लागे आफ्नो कार्यक्षेत्रतिर जहाँ मेरो अफिसले दिएको ठुलो जतिखेर पनि तातो पानी आउने बाथरुम छ। यात्रामा निस्केको ठुलो ब्याग पनि थन्काएर आउनु पर्‍यो भनेर त्यो पनि बोके। नयाँ बानेश्वरबाट केही परसम्म त ट्याम्पोमा गए तर गाउँ जाने बस त निकै भिड रहेछ। अब बिहानै खानपान नगरी हिँडेको त्यसमाथी बिरामी मान्छे भनेर ट्याक्सीमा चढेँ। ट्याक्सीका लागी दुई सय पचास तिर्ने भएँ।

ट्याक्सीवाला बडो गफाडी रहेछ। गफ दियो मज्जासँगले। म गाडीमा चढेपछि त्यति कुरा गर्न मन पराउन्न, सुन्न चाँहि सुने किन कि ऊ पनि मेरो गाउँतिरकै रहेछ।

एकजना दाइको फोन आयो, मैले ज्याकेटको खल्तीबाट फोन झिकेँ र कुरा गरे।

त्यसपछि मेरो कार्यक्षेत्र आयो, मैले ट्याक्सीको पैसा तिरेँ र धन्यावाद भनेर हिँडे।

कोठामा पुगेरपछि केहि लुगा धुनु थियो। धुन थाले। माथी भान्छामा जाउलो पाके पछि मलाई खबर गर्नु भनेर म सरसफाइमा लागे।

नुहाइसके, लुगा पनि धोइसकेँ। अझ पत्रिका पनि हेर्न भ्याइसकेँ। खोइ त फोन गर्दैनन् त भान्छाबाट ! फोन नआएप नि मेरी साथी(जोसंग म नयाँ बानेश्वरमा बसिरहेकी छु)ले त एसएमएस गर्नु पर्ने ! कमैमात्र बज्ने भएकाले मैले त्यति वास्ता पनि गरिन तर अब हातमा घडी छैन समय त हेर्नु पर्‍यो भनेर मोवाइल खोज्न थाले। मलाई के लागेको थियो भने मैले अरू दिनको जस्तै मोबाइललाई ओछ्यानमा फ्यालेको छु।

ओछ्यानमा फेरि किताब नै किताब थियो। खोजे धुँइपताल! उसै त अव्यवस्थित मेरो कोठा, झन हेरिनसक्नु भयो।

एकछिन खोजेपछि आफै अनुमान लाएँ, मेरो मोबाइल हरायो भनेर।

रिसेप्सनमा गएर फोन गर्छु त माफ गर्नुहोला तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरीएको छ पो भन्छ। म सधै हाँस्थे, मोबाइल अफ गर्छ एउटा, माफ माग्छ एनटीसी। हाँसे हिजो पनि।

आठ हजार तिरेको थिएँ, नोकिया ६०३० मोडलको थियो। रेडियो सुन्न काम लाग्छ भनेर किनेको थिए। छ महिना अगाडी किनेको थिए। म सेट हराएकोमा दुःखी छैन, म मोवाइलदेखि वाक्क नै भएको थिए। प्रायजसो अफ राख्ने भएकोले मलाई फोन गर्नेहरू पनि वाक्क भएका थिए तर केहि एसएमएसहरू चाँही साच्चीकै महत्वपुर्ण थिए। हुन त ती सबै एसएमएसहरू मैले डायरीमा लेखेर राखेको छु तर पनि मोवाइलमा हेर्नुको मज्जा नै अर्को हुन्थ्यो।

एसएमएस पढेर कहिले मुस्कायो, कहिले आँखाभरी आँसु ल्यायो, कहिले मोवाइल नै बजार्‍यो गर्थे। फोन नगरे पनि एनटीसीलाई महिनाको मिनिमम चार्ज बुझायो। एसएमएसको जवाफ नपठाएपछि साथीहरू वा अरूहरूको पनि अर्को रिस उठ्दो एसएमएस पायो, हेर्‍यो। घरी रिसायो, गरी हाँस्यो। काँ के गरी रहेकोबेलामा फोन आउँछ, नउठाउँ?! किन नउठाको?! उठायो कुनै बेला त उठाउन नै नमिल्ने ठाउँमा होइन्छ। फिल्म हलमा मोवाइलको स्वीच अफ गर्नु भन्छ नगर्‍यो, फोन आयो भने जोड जोडले बोल्यो। ओहो! फोनले बदमासी पनि कति सिकाउने।

अब त ढुक्क भयो। न रह्यो बाँस, न बज्छ बाँसुरी। अब न कसैको फोन आउँछ, न कसैलाई एसएमएसको जवाफ दिनुपर्ने बाध्यता। मेरी साथी छे, खुब एसएमएस पठाउँछे, त्यसको पनि एकचोटी मोबाइल हराइसक्यो, त्यसले मलाई सान्त्वना दि ‘। मैले त्यसले नै एसएमएस पठाउली र मैले किन जवाफ नदेको भनेर गाली गर्ली भनेर हतार हतार त्यसलाई फोन गरे।

” चिन्ता नगर” , त्यसले भनी तर म हाँसेको सुनेर, ” तँ त अचम्मकी छेस्” भनी।

ट्याक्सी ड्राइभरले फोन अन गरेन। अन गरेको भए, सिम देउ सेट राखे हुन्छ भन्थे र नम्बरहरू डायरीमा सार्थे र सिम बन्द गराउँथे। म सिम लक गराउनेवाला नै थिए।

धेरै मान्छेको फोन हराउँदो रहेछ, एनटीसीमा लामै लाइन थियो। फोन हराएपछी भटीने संभावना नहुने रहेछ। मैले भेट्टाएको भए, म त फिर्ता गर्थे। फोन फिर्ता नगर्नु बेइमान नै हुनु हो? खै, म यसै भन्न सक्दिन तर धेरै जसो मान्छेहरू मोवाइलले गर्दा डायरीमा फोन नम्बर नसार्ने बानीका कारण मोवाइल हराइसकेपछि मान्छेहरू म झैं दिक्क मान्छन्। नभए त प्राय सबैजसो मान्छेले मोवाइल हराएपछि भेटाउने आसा राखेका हुन्नन्।

जेहोस्, मोबाइल छैन अब।

मोबाइल हुनु दिक्क लाग्दो हो भन्न मैल खोजेको हैन तर म चाँहि खुसी छु।

” के हो तिमी कता गायब?” , भनेर कसैले अब भन्यो भने पनि बहाना राम्रै भो।

” फोन हरायो, नम्बर डायरीमा सारेको थिइनँ”

फोन हराएको पक्का भएपछि पनि म हतारीएर एनटीसी गइन। सुते पो। अनि बेलुका काठमान्डौं फर्कीएपछि पिसिअ‍ोमा पसेर साथीलाई फोन गर्नु पर्दा पो कस्तो कस्तो भयो।

” दशैं नै हो कि यो तेरो दशा……. हाहाहाहा” , मेरी साथीले यसो भन्दै राती जाउलो पकाएर खान दिइ। ऊ भने फोनमा व्यस्त थिइ, एसएमएसमा च्याट गर्छे र मलाई सुनाउँछे। म एकदिनमा नै फोन नहुँदा मसंग कहिल्यै फोन नभएको जस्तो भएछु।

चुप लागेर सुतेँ।

25 Comments

  1. dear,’Anamika’
    I like your article.same problem i faced few month ago.I m sleeping in my bed.In the early morning my brother opened the door and went to play Tec-wando.the door is opened but i m sleeping. when i get up i search my mobile but could’n found.the thief stolen my NOKIA 6030 model mobile from room.
    i aslo not sad becoz that accident warning knowledge.’BE aware every time’
    Narendr Raule,
    Kathmandu,Nepal

  2. wa wa wa!! Salokya g le pani harakai setko picture halnu bhayechgha.Kasto aandag garna sakeko set yasto thyo hola bhanera.Hunata jasoos jasto manchhe lai kasle bataunu parthyo ra!haha

  3. hahaha! Anamika g ko blog padhera pani hansho uunthyo!Mero pani ta mobile harayeko thyo ni.Malai eekdam dukha feel bhako thyo kinaki tyasma mera VIP contacts thiye ani purana purana message haru pani the jun mera lagi energy generate garthe.Eekchin ko lagi dukhi nabhairahana sakina tara eekchin pachi ma pani musu musu hanse .Sochera ki chitainai aarko ramro set paunchhu.Ani pachi paye pani.
    Dont be anxious,Anamika.U will manage another set within a while.Thats for sure coz I know u very well.After all,jaulo khoune saathi ma nai hun!
    ‘Miss Teen’

  4. ह न कस्तो लेख्न जान्या भने . पढु पढु लाग्ने .

  5. She is real blogger. I like it most. Don’t worry yaar I also lost Nokia 6600. But I buy new one Samsung. We need a mobile to communicte.
    So Don’t block sim Use it.

  6. मोबईल बोके पछि स्वीच अफ गरेर राख्ने हो भने हराएकै बेश भएछ/

  7. samaya suhaudo bhayana yo gaf matrai bho yeasto ni lekhnu.dhukha laghyo nepal ma yeasta pani aemae rahechan bhanera jo aafno saman ko surakchya pani ghanna nasakne rahechan bhanera. “bijay je lai dohabata “pathaedinu bhannus ani hos gharnus mobile haraula bhanera

  8. किन्ने बेलामा सस्तो मोबाइल सेट किन्ने अनि किन वास्ता हुन्थ्यो र हराउँदैन मोबाइल। किन्नुपर्छ तीस चालिस हजार जाने महँगो मोबाईल सेट अनि जतन पनि हुन्छ, हराउलाकि भन्ने होस पनि हुन्छ।

  9. mobile jasto kura kahiley kaahi haraaincha..
    tara computer ma save garera rakheko bhaye ramro hunthyo..

  10. hyaa umesh jee..nahunu nahunu ni k post garnuu bhaa holaa…

    esto kuraa haru post garnu huncha bhane..mero ni e utaa “lekh/kahaani” cha ni.

    hijo m aile mero 3250 22 hajaar maa bechdiye.

    lu kahaani send garum..? eheheh

    anaamika jee lai dinthey holaa….nabechi. dhat terikaa.

  11. I lost my cell phone in a public bus in US. It was not that famous city for decency. Well let me name is. It was in New Heven, city really famous for its bad people. So I was n’t hoping to get it back and I didn’t. Well, I was not as wise as you were “Anamika”.

    Anyway, there is no certainty about anything. Good luck. Beleive me – your phone will be fallowing you even though you will forget it cause the person who finds it will know that this is something he/she found and it belongs to somebody but not you.

    I like the way you see the silverlining on the blackcloud. I think this is the hope that keeps humanity going on. I think this is the vision that Hegel, Marx and Nietzche along with Plato and Aristotle forget to mention in their philosophy. may be this is a new philosophy that is emeging at this moment even though the whole idea of maximizing the objective gain in economics and whole realm of social science is taking over. fallow the faint deer trail of your cell phone for rest of your life. and my dear friend – i wish you good luck for continuing to live with this new philosophy in this confused 21st century. Real philosopher is the one who lives with what he beleives in; extending himself beyond rhetoric.

Comments are closed.