"एनजीअ‍ोले मान्छेलाई मगन्ते बनाउँछ"

एउटा रमाइलो उद्धरण देख्न पाइयो आजको समाचारमा। स्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भन्नुभएछ-एनजीअ‍ो (गैरसरकारी संस्था)ले दातृ निकायसँग सहयोग मागेर मानिसलाई मगन्ते बनाउँछ। अन्तर्राष्ट्रिय कृषि उत्पादक सङ्गठनको आह्वानमा राष्ट्रिय सहकारी सङ्घले सहकारी स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित ११ औँ विश्व ग्रामीण महिला दिवसको उदघाटन गर्दै मन्त्री पाण्डेले भन्नुभएको रहेछ- गैर सरकारी संस्थाले मान्छेलाई मगन्ते बनाउँछ भने सहकारी संस्थाले शेयर सदस्यलाई मालिक बनाउँछ।


अब मन्त्रीले नै त्यसो भनेपछि त पत्याउनै पर्‍यो। त्यसो त यी एनजीअ‍ोहरुका बारेमा मैले पनि त्यस्तै धेरैको मुखबाट सुनेको हुँ। आफू त एनजीअ‍ोहरुको सम्पर्कमा खासै आएको मान्छे हैन। तपाईँहरुको अनुभव सुनाउने भए सुनाउनुस्।

मन्त्रीको भनाईको विरोधमा भरे एनजीअ‍ोवालाहरुले बालुवाटार वा सिंहदरबार घेरेको चाहिँ सुन्न नपरोस् फेरि। आखिर शिखर वार्ता अनिश्चित कालका लागि स्थगित भएपछि बालुवाटारमा हिजोअस्ति जस्तो भीड नभई खाली नै त हुने हो नि। त्यही मौकामा उनीहरुको विरोध त्यतातिर देखिने हो कि !

24 Comments

  1. I m 100% not agree with the Minister. hamro desh nai euta NGO ho kinaki bideshi ko donation naaaye yo desh nai chaldaina. NGO le dherai thulo matra ma bideshi paisa afno desh ma bhitryauchha yo nai ek kisim le desh ko economy sector ko lage faida ko kura ho. ngo haru le paisa matra khanchha bhanne kura chai sarasar galat kura ho kinaki bideshi haru tyati bewakuf chhainan ki kasailai ghar kharchha chalauna bhanera tyatro paisa dinchhan. ra ngo wala haru le alik paisa khaye nai bhane pani tyasma aapatti mannu parne kehi kura chhaina uniharule aafno capacati le khaye tyo pani bideshi ko paisa. iiii mantri haru jasto aafnai desh ka manish ko ragat pasina chusera khaka chhainan. yo mantri pandey lai mero challenge chha ki yasle aafno budi, chhora chhori ko kasam khayera bhanos ki yasle jati paisa khairahechha, jun moj masti garirahechha tyo sab aafno capacity anuroop matra khako chhu bhanera………………… Gau Gau ma aaja jati sachetana badeko chha yadi yo desh ma ngo nahunthyo bhane sayad …….

  2. i found the minister very true. lots of NGOs working in the country is doing like that. But, there are few non governmental organisation which is really working withou begging but implementing their resources only

  3. MINISTER KO KURA TA THIKAI HO TARA MANTRI HARU BIDESH JADA APHAI MAGER AUCHHAN TYO PO PARYO TA PIR.
    BYE.

    RAJESH

  4. Umeshji,

    Minister’s sayings may be correct for Dr. Arjun Karki (UML future Ambassdor’s list), Gauri Pradhan and so many Multimillioner NGO owners but not for like Human Right Activist’s Pahadi NGO.

    Rakesh

  5. A. C. Bhujel is the best and Basant is good
    These politician speak the sugarcoated language.
    What he spoke is cent percent truth. He is in power right now why dont he go for alternatives of NGOs.
    Point to note is that whenever government fails NGOs became strong has happened in Nepal. All poverty, insecurity, hunger, malnutrition, health problem are due to failure of leadership in the country.

  6. NGO in Nepal means

    -Production of good reports and outlooks
    -Successful in publicity,not in true sense
    -Asking other for transparency but not transparent itself
    -Only crying for own rights instead of bringing changes in People`s views
    -Run as family business
    -Only limited in seminars/workshops
    -Group of ellite people
    -Killing the national interest for the sake of external forces-Killing Arun Project
    -Selling the faces of poor nepali
    -Doolor monger/pumping dollor`s funding

  7. मन्त्री भए पछि यस्तै कुरा निस्कन्छ्, जब चुनाव हार्छन अनि तेही एन जि ओ को धन्दा सुरु गर्छन । उधाहरन को लागि एमाले को धादिङ को पूर्व साम्सद गंगा तुलाधर ले एन जि ओ चलएका छन, मोरङ् जिल्लाको उतरी भेग् का सात् गा बि स का अधेछ्य ले समेत् एन् जि ओ चलाएका छन् ती सबै एमलेका हुन् । सब्भन्दा बढी एन जि ओ तीनाइ मन्त्रीका जिल्लामा छ अनि एन जि ओ काम गर्ने एमाले हाम्ले गरेको भन्दै चुनाव जित्ने ।मलाई लाग्छ सबैले एन जि ओ ले जस्तै काम गर्दिए देस् छिट्टै बिकास हुने थियो । बिदेसी ले काम नहेरी तेसै पैसा दिन्छन र? हो! केही बदमाश हरुले बद नाम गरेहोलान । समग्रम एन जि ओ ले गरेको काम ठीक छ । सरकार आफु पनि दिन नसक्ने र अरुले मागेर ल्यएको मा पनि रिस् गर्ने । जती सकिन्छ माग्ने तर ठीक सदुपयोग हुनु पर्छ । सरकारको सक्ती छ भने अनुगमन ठीक सँग गाह्रोस् न तर घुस् मग्छन र पो! साच्चै भन्ने हो भने पहिले एन जि ओ का काम गर्ने हरु एमालेका थिए भने अहिले सबै माओवादी छन । उनी हरुको के दोस् जता ठीक उतै लाग्छन तर आफ्नु भए सम्मा ठीक अनी नवए बेठीक यो पट्कै मिलेन ।
    म ग्यरेन टी दिन्छु, ई मन्त्रीले अर्को चुनाव मा धरौटी पनि फिर्ता पा उदैनन ।
    रवी- अनुभबी बिस्लेसक

  8. Minister’s comment is meaningless. Let him consider that how much donation, the Goverment of Nepal has been receiving through out the history. Fund raising for especial purpose is no more begging! I think, he doesn’t know or doesn’t want to know…without foreign fund can he run Nepal? I am sure that NGOs are doing far better than GO. Thus, international communities must fund NGOs than GO because NGOs are more flexible and bribeless. Can minister clarify and present the report, how much fund, the goverment of Nepal receiving…and how much of it is employed for the development project? And how much of the fund inserted into the pocket???

  9. माननिय मन्त्रिज्यु भन्नु भयको कुरा १००% सत्य हो तर यहि कुरा चाहि राज्य ले पनि सिकेर माग्न छोडेत हुने थियो कि.
    Y.R .Silwal
    (S.KOREA)

  10. मन्त्रिज्यु को भनाइ लाइ नकर्न सकिदैन, १००% सत्यकुरा हो तर येनजिओ को कर्येक्रम मा बोलाउदा पनि त्येहि कुरा भन्नु भय राम्रो हुनेथियो, होईनर साथि हो?

    Y.R. Silwal(Korea)

  11. केहि हद सम्म त कुरा ठिकै हो
    तर आफु सङ्ग न भएपछि के गर्ने त??
    नमागि ता सुख्खै छैन
    नेपाल मा केहि ले भने राम्रै गरेजस्तो लाग्छ।
    भलै धीरै को उदेश्य भनेको आफ्नै लाइ भरणपोसण गर्ने, आफ्नै उदेश्य पुरा गर्ने नै छ। सबैलाइ ता भन्न मिल्दैन होला किन भने कोहि कोहि समुदाय मा आधारित भएर समुदायकोलागि मात्रै काम गरेका पनि छन।

    तर समग्रमा भन्ने हो भने नेपालि NGO ले आफ्ना नाता गोता र आफ्नै स्वर्थ पुर्ति को लागि प्रयोग गरेका भेटिन्छ।
    नयाँ ले chance नै पाउदैन

  12. आफ्नो जीउक़ो भैसी नदेख्ने अर्काको जीउको जुम्रा पनि देख्ने भनेको येहि हो, नेपाली भएर नमागी गुजरा चलाउँछु भन्नु हास्यास्पद हुन्छ, NGO मात्र के कुरा भयो र, मन्त्रीले केहि नबुझी बोल्नु भए जस्तो लाग्यो मलाइ त, नमागेर देश त चल्दैन भने सानो तिनो सँस्थाहरुको त के कुरा

  13. उमेशजी, सबै दलहरु र सबै जसो नेताहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपले धेरै गैससहरु चलाएका छन्। मन्त्री पाण्डेले ठाउँ हेरेर ‘पपुलिष्ट’ कुरा बोलेका मात्रै हुन्। दुई-चार दिनपछि कुनै एनजीओको कार्यक्रममा गएर ‘नेपालको बिकासमा एनजीओको महान योगदान’ भनेर भाषण ठोकेको सुनियो भने पनि अचम्म नमाने हुन्छ।
    निश्चित रुपमा केहि एनजीओ, डलरखेतीका ठेकेदार मात्रै बनेका छन्, तर असाध्यै राम्रो काम गरेका एनजीओलाई पनि एउटै डालोमा हाल्नु भनेको घोर अन्याय हो। नियमित अनुगमन हुनुपर्छ, नराम्रो काम गर्ने अथवा एक थोक गर्छु भनेर पैसा ल्याउने अनि घरघडेरी र गाडीमा ‘सदुपयोग’ गर्नेलाई खोरमा हाल्नु पर्छ तर नेपालको लागि योगदान दिएकालाई सम्मान गर्न पनि जान्नुपर्छ।

  14. I am absolutely (100%) aggreed with the Minister Pandeys speech. Until the exostance of NGO there is no possibilities of nation’s davelopment

  15. Dear friends,

    Don’t worry, minister Pandey will tell the people sooner or later when there is an invitation from NGOs to speak about. He will say proudly, “NGOs are the ones to work for the people in local/grassroot level and without NGOs country can not survive”. This is the way politics and political leaders survive. On the other hand, someone must have written/suggested him to say this and he might have just read or iterated it.

    All the best..

  16. This is 100% true.
    Macha kinera dinu vanda macha marne sikaunu ramro ho tesai le mantri le vaneko kura thikai ho

    subash

  17. म ngo सन्ग सम्बन्धित मान्छे हो .

    तर छातिमा हात राखेर भन्ने हो भने कुरा आम्सिक सत्त्य पनि हो .

    बिडम्बना चाई सबभन्दा बढी ngo भयेको पार्टी चै UML एमाले नै हो .

  18. धन्यबाद ऊमेश जी,

    -1००% सत्य कुरा बोल्ने साहस् निकाले को मा मन्त्री ज्यू लाई त झन धेरै नै धन्यबाद।
    यसरी नै देश र जनताको लागि सोच्न थाले भने, देशले मुहार फेर्न धेरै समय लाग्दैन।

  19. सत्य त सत्य नै हो,मागेर नै देस् चलेको छ । बिदेसी अनुदान भनौ वा भिक्छ्या भनौ, बिनाको हाम्रो अर्थतन्त्रको कल्पना गर्न गार्हो नहोला। माग्नु त हाम्रो नियति भैसक्यो। बाध्यता हो, लाचारि हो, बिबसता हो।

    सरकार मगन्ते होइन र? हामीनी? कि हाम्रो अधिकार हो?
    बोल्ने ठाँउमा केहित बोल्नुपर्‍यो, बोल्दिए । स्वाभिमानि बन्ने अर्ती दिनुभो, आंखा खुले, मेरो जीवन धन्य भो ।

  20. तपाईं सँग छैन भने तपाईंले मग्न जान्नु पर्छ, के मागेको नराम्रो हो र, आफु पनि दिन नसक्ने अनि अरु सँग माग्न पनि नदिने? यो त भयेन नि पान्डे जि 😉

Comments are closed.