बालुवाटार वार्तालाई बाहिरबाट हेर्दा (फोटोसहित)

२०६३ कात्तिक २०, सोमबार
Baluwatar
प्रधानमन्त्रीको निजी सचिवालयबाहिर प्रहरीको सुरक्षा घेरा। आज राता फेटाधारीहरु र खरानी रंगका लुगाधारीहरुको उपस्थिति भने देखिएन।
हिजै भइसकेको सहमतिलाई अ‍ौपचारिक रुप दिइने भनिएका कारण आजको शिखर बैठकमा केही न केही होला कि भन्ने लागेको थियो। त्यसैले आज किन-किन वार्तास्थल प्रधानमन्त्री निवास जान मन लागिरहेको थियो। बीचमा एक जना साथीले अर्कै कार्यक्रममा झण्डै फँसाएका, तर अन्ततः घरमा आइरहेका साथी मणिका साथ बालुवाटार पुगेँ। भित्र पस्न दिने त हैनन् भन्ने थाहा नै थियो। तर बाहिर कै रमझमको भए पनि हलका दृश्य खिचौंला भन्ने उद्देश्यले त्यहाँ गएको थिएँ। समाचार स्थलमा गएर ब्लगका लागि रिपोर्टिङ नगरेको धेरै भइसकेको थियो। यस बाहेक अरु नभए पनि सञ्चारकर्मी साथीहरुसित भेटघाट भने हुन्छ त्यहाँ जाँदा।

दमनकारी सेनाप्रमुखमाथि कारबाही गरः प्रधानमन्त्री निवास बालुवाटारअगाडि नागरिक समाजले आयोजना गरेको धर्नामा सहभागीहरुको नारा।
Baluwatar

बालुवाटार जान पहिले एनएसी पुग्यौं (एनएसी भन्दा अलि अनौठो सुनियो कि के हो, अब आर हटिसकेको न्युरोडको आरएनएसी भवनअगाडिको ठाउँलाई एनएसी नै त भन्ने हो नि ! तर बोलचालमा भने आरएनएसी नै भन्न आइहाल्दो रहेछ)। बालुवाटारमा वार्ता हुने भएकोले गाडी थिएनन्। भाटभटेनीसम्म जाने माइक्रोमा चढ्यौं।

माइक्रोमा केही बढी बोल्ने महिलाहरु सहयात्री थिए। खलासीले माइक्रोमा बढी मान्छे कोच्चाएपछि तिनीहरु मध्येकी एक ‘चुम्बक झैँ टाँसिने भएको भए त तिमीहरुले यहाँ पनि मान्छे टाँस्थ्यौ होला’ भन्दै छततर्फ देखाउँदै थिइन्। सबै गलल हाँसे। मैले पनि हाँसो रोक्न सकिनँ। खलासी पनि हँसिलो थियो। नत्र त कोहीकोही सार्‍है मात्तिएका पो हुन्छन् त। उ पनि हँसिलो जवाफ फर्काउँदै थियो।

कुरा केही बेरपछि लोकतन्त्रमा मोडियो। बालुवाटारमा वार्ता भएका कारण त्यतातिर गाडी चलेका छैनन् भन्ने जानकारीका आधारमा लोकतन्त्रको प्रवेश भएको थियो- माइक्रोभित्रको यो वार्तामा। लोकतन्त्र आएपछि अस्तव्यस्तता बढ्यो भन्ने उनीहरुको मुख्य जोड थियो। एक जनाले भनिन्- यस्तै भएर पहिले पनि खोसियो, अहिले पनि उही चाला।

अर्कीले भने आफ्नो पीडा सुनाइन्- हिजो स्कूल गएकी छोरी ७ बजेसम्म घर आइनन्। चिन्ता लागेर पुलिसमा फोन गर्दा त जाम भएको छ, अब खुल्नै लाग्यो भन्यो। बिचरी ४ बजे छुट्टी भएकी छोरी त्यत्रो बेर रिङरोडमा बस्नु पर्‍यो। बच्चाहरुसित मोबाइल पनि नहुने।

के कारणले जाम भएको भन्ने जानकारी चाहिँ उनलाई रहेनछ। उनको दोष ‘लोकतन्त्र’लाई थियो। तर माइक्रोमा सवार अरु जानकारहरुको जानकारीबाट थाहा भयो- हिजो स्वयम्भू यातायातका एक जना ड्राइभर हो कि खलासीलाई कुन चाहिँले कुटिदिएछन् रे। अनि त के छ र, ड्राइभरहरुले गरिदिएछन् रिङरोडमा चक्काजाम।

Baluwatar
लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको धर्ना। साथमा नागरिक कवि अर्जुन पराजुली।

आजभोलि यस्तै छ। कुन बेला तपाईँ कहाँ फँस्नुहुन्छ भन्ने निश्चित नै हुन्न। हाइवेमा कुनै गाडीले कसैलाई किच्यो भने पनि चक्काजाम हुनसक्छ र तपाईँ त्यहीँ केही घण्टादेखि लिएर केही दिनसम्म फँस्न सक्नुहुन्छ।

यातायात व्यवसायीहरुले भने पछिल्ला दिनहरुमा यस्तै ‘अराजकता’ देखाउँदै आएका छन्। कहिले कसले पिट्यो भनेर, कहिले ट्राफिकले दुर्व्यवहार गर्‍यो रे भनेर कहिले घुस माग्यो रे भनेर। वास्तवमा उनीहरुको माग पनि जायज नै हुन्छ उनीहरु भएर हेर्दा। तर उनीहरुको लागि कति धेरैले कति धेरै असुविधा भोगिरहनुपरेको हुन्छ भन्ने चाहिँ उनीहरुले कि विचार नगरेका हुन्, कि विचार नभएर पनि वास्ता नगरेका हुन्।

हिजैको कुरा गरौं न। ती बिचरी आमालाई ४ बजे स्कूल छुट्ने छोरी ७ बजेसम्म घर नआइपुग्दा कति पीर पर्‍यो होला। ती विद्यार्थीहरुलाई कति भोक, प्यास र मानसिक तनावले सतायो होला। उनीहरु मात्र हैन, त्यो बाटोमा जाममा फँस्न पुगेका हरेकका अलग्गै कडा र पीडा होलान्। त्यो त उनीहरुलाई मात्र नै थाहा हुन्छ।

‘यी यातायात व्यवसायीहरुलाई त नि अत्यावश्यक सेवा ऐन लगाउनु पर्ने !’ साथी मणि आक्रोश पोख्दै थिए। म भने ‘यस्तै त हो नि संक्रमण कालमा। त्यसैले त संक्रमण काललाई धेरै लम्ब्याउनु हुन्न’ भन्दै कति न जान्ने भइटोपलिरहेको थिएँ।

भाटभटेनीमा माइक्रोबाट झरेर हामी बालुवाटारतर्फ लाग्यौं। बाटोमा भेटिएका दुई जना साथीले ‘कुरो मिल्यो रे, सहमतिका बुँदा ड्राफ्ट हुँदैछन् रे’ भन्ने हावा गफ छाँट्यो। भर्खर त्यहाँ पुगेका हामीलाई त के थाहा नि, मैले त वार्ता नै सकिएछ कि क्या हो जस्तो सोचिसकेको थिएँ। पछि पो थाहा भयो त असली कुरा।

Baluwatar
संविधानसभाको तिथि घोषणा गर्न माग गर्दै नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडी र रायन। साथमा अर्को नारा। यसपटक धर्नामा बस्नेहरु पनि पहिलेको तुलनामा कम थिए।

राष्ट्रबैंकको गेट अगाडिबाट नै बालुवाटार जाने सडकमा सवारी साधनको प्रवेश निषेध थियो। ट्राफिकहरु व्यस्त थिए सवारी साधनलाई त्यता जान नदिन। पहिलेका वार्ताहरुमा रातो फेटा लगाएका र खरानी रंगको लुगा लगाएका माअ‍ोवादी कार्यकर्ताहरु भरिएका हुन्थे यस क्षेत्रमा। तर यसपालि भने त्यस्तो देखिएन।

‘खै त रातो फेटावालाहरुको दर्शन भएन नि आज ?’ समाचार संकलनका लागि ४ बजे नै त्यहाँ पुगिसकेका साथी जयरामलाई मैले सोधेँ। ‘अँ, देखिएको छैन आज’ भन्दै उनले अर्को खबर पो सुनाए-‘परि थापा र नवराज सुवेदीलाई वार्ता स्थलमा पस्न दिइएन।

जनमोर्चा टुक्रिएपछि उनीहरुको के चाला हो, उनीहरुलाई नै थाहा छ।

प्रधानमन्त्री निवासबाहिर भीड त थियो, तर पहिलेका वार्ताहरुमा जस्तो हैन। शायद वार्ता भन्दै परिणाम नआउने प्रवृत्तिबाट दिक्क भएका होलान्। लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन भन्ने नाम राखेका नागरिक समाज ब्यानर भूँइमा अ‍ोछ्याएर भूँइमा थचक्क बसेका थिए। उनीहरुका छातीमा अनेक थरिका नाराहरु थिए- सात दल, माअ‍ोवादी र राजाको विरोधमा। यो नागरिक समाज पनि यसरी वार्ताका बेला धर्ना बस्न बाहेक अहिले त खासै सक्रिय देखिएको छैन। केही अघि आन्दोलनमा उत्रने घोषणा गर्दा यिनीहरुले गणतन्त्रको पक्षमा जनजागरण ल्याउन महत्त्वपूर्ण काम गर्लान् कि जस्तो लागेको थियो।

Baluwatar
सात दल- राजा छोड, माअ‍ोवादी-हतियार छोड। राजा बचाउन पाइँदैन, सेरेमोनियल राजतन्त्र चाहिँदैन–धर्नाकारीहरुको अर्को नारा।

अरु केही संघसंस्थाहरु पनि बसेका थिए धर्ना भन्ने कि प्रदर्शन भन्नेमा। सञ्चारकर्मीहरुको उपस्थिति ठूलै थियो। सडक छाप नेताहरु अलि अग्लो ठाउँमा बसेर भाषण स्टाइलमा गफ पनि छाँट्दै थिए। एक जना हकरले भने ‘सद्दामलाई फाँसीपछि राजालाई मृत्युदण्ड’ भन्दै कराउँदै पत्रकारहरुकै अगाडि पत्रिका बेच्दै थिए। उनले त्यसरी चिच्याइचिच्याइ कराउँदा पत्रकारहरुदेखि सुरक्षाका लागि खटिएका प्रहरीहरुले समेत हाँसो लुकाउन सकेनन्। यो दृश्य तपाईँ भिडियो ब्लगका रुपमा अर्को ब्लगमा देख्न सक्नुहुनेछ।

त्यहाँ धेरै बसेर केही काम पनि थिएन। वार्ता लम्बिने नै छाँटकाँट थियो। त्यसैले केही दृश्य सरर खिचेर त्यहाँबाट हामी हिँडिहाल्यौं। त्यही ठाउँमा आउने भनेका साथीहरु गाडी र गफका कारण आउन ढिला भयो भन्ने एसएमएस आउँदासम्म हामी नक्सालतिर पुगिसकेका थियौं।

Baluwatar
बालुवाटारबाहिर वार्ताका बारेमा खबर थाहा पाउन उत्सुकहरु मोबाइलमा एफएमको समाचार सुन्दै र टेलिभिजनका लागि बालुवाटारभित्रको दृश्य खिच्न पर्खाल चढिरहेका क्यामेराम्यान।

घर पुग्दासम्म वार्ता सकिएको थिएन। खाली अनौपचारिक वार्ता भन्दै दुई तीन गुटमा बाँडिएर सात दलका नेताहरु कुरा गर्दै थिए। अन्ततः आज पनि केही भएन। वार्ता भोलिसम्मका लागि स्थगित भयो।

Baluwatar
यी हकर भने केही क्षण बालुवाटारबाहिर आकर्षण र हाँसोको विषय बनेका थिए। उनले के भट्याउँदै पत्रिका बेचिरहेका थिए भन्ने थाहा पाउन चाहिँ भिडियो हेर्नुहोला है।

28 Comments

  1. धेरै खुशी लाग्यो नेपालको नयाँ खबर सुन्नु पाउदा तर के गर्नु जोसुकै आएपनि नेपालमा शान्ति र बिकास कहिले हुँदैन । अनि देश बिकास गर्ने गर्ने सबै जना अहिले बिदेशको बिकास गर्नमा ब्यस्त छन किन कि नेपाल् मा नेताहरुको मात्र राज् छ ।यदि नेपाल मा शान्ति आउनु छ भने फेरी पनि गौतम बुद्धले जन्म लिनु पर्छ ।

  2. I know all of us have big hope and aspirations out of SPA but in reality, things will be same as before and may be a little bit better so as not to be completely pessimistic. The important things is mind-set of leaders or those who claim they are the one to decide the future of our beloved people of Nepal. They still want power and chairs, so just chaning system or removing player from the game will not alone solve the problem; it is leadership and honest mindset that could make difference but unfortunately we don’t have both. I have been hearing that Maoist cadres are threatining Ktm residents to allow them to stay and feed them for convention or something and we don’t hear any statement from government to warn those thugs..can you believe it?

  3. umesh g,
    nepalma chhani yi budha kaganji bagh jasta neta harul sabaile afnai mano bharne banile garda hamrodesh udhogati lageko ho k, jabasamma girija madhaave jasta gyaneka goda dhogne manchhe mathi chhan tabasamma nepalma thai shanti aunai sakdaina ,
    jahile girija,madhab, shere,jasta neta bhanauda paralokma pugchhana ani matra deshama shanti chhauchha
    hoina bhane ahleko barta pani andhyaroma tira jastai ho
    rashik

  4. मायाले भने जस्तो माअ‍ोवादीहरु के खाएर विकास निर्माणका कार्यमा लागेका हुन् र ! यसभन्दा अगाडिको वार्ताका बेला उनीहरुले हर्कतका कारण भएको बदनामीको कारणले पो माअ‍ोवादीका सेनाहरु टाउकोमा रातो फेटा बाँधेर आउने आँट नगरेका हुन् ।
    माअ‍ोवादीहरुलाई थाहा छैनकी के हो खुल्ला समाजमा बसेका नियन्त्रण गर्छु भनेर सोच्नु बालुवालाई मुठ्ठीमा कसेर नियन्त्रण गर्छु भन्नु जस्तै हो। जती मुठ्ठी कस्दै जान्छ उती बालुवा मुठ्ठीबाट झर्दै जान्छ। यो कुरा राम्रोसँग बुझ्नु पर्छ उनीहरुले ।

  5. hello umesh bhai
    hijo ta rata pheta bhandhekalai dekhenau hai. timilai thaha chhaina uni haru ta bikasa nirman ma lageko ? utai tira busy chhan ni uniharu ta. patrakar bhayera yeti kura pani thaha napayeko ? huna ta timile maobadiko ramro kura ta yo site ma chhapaunai hunna ni ? kya naam katchhau hai – Rato pheta ra kharani rang ka ? haaaaaaaaaaaaaa malai ta yekdamai achammai lago. yo timro patrakaritako aparipakkata ho sayed talim pugeko chhaina jasto chha. site kholera 2/4 kura chhapdaima patrakar banidaina. patrakarle ta sabaikurako suchana po dinu parchha. sayed timile maobadilai udauna napayera micro ko kura gareka holau ?

  6. What’s the dirty games these SPA are playing!!!

    NC [Giri ..ja]: No referendum means PM with the highest seats in new govn!

    NC[D = Danka] : single luck not acceptable means bargaining for 10 more seats in the interim legislature!

    UML: Referendum means 1 more seat than maoists in the interim legislature!

    PEACE-TALKS IS A DRAMA!

    Moriarty [head of Amerindia] = Disarm moists first means “keep the power of guns of rNA that under controlled by KING!

    MAOISTS: Peace-talks means an easy way [No losses] of disarming OLD REGIME to establish a new Nepal!

  7. अब त लाज्ले पनि सम्जौत गर्छन । धेरै भैसक्यो जनाताको आँखामा छारो हाल्न पनि गर्नै पर्‍यो।

    but they will still quarrel in number of seats in the parliament.

  8. thikai chha
    bholi hunu anibarya chha bholi pani bhayana bhane feri pahile ko jastai hunchha

  9. I am 100% sure, if they leave to decide about the status of king through costituent assembly, there will be seremonial king, Monarchy will be there in the country!
    It is very hard to say directly we want king in the public election but after constituent assembly meeting –
    !) Congress, Sadvavana, Rpp, Raja ka party haru, support to ceremonial king,
    2) Maoist will not win many seat and they will not have big voice in the assembly, if they win If girija gave him Raksi they support to Girija and try to bypass UML.
    3) UML will scare if king will not be out we will not be in good position and will not play strong position if they would not be able to pass against the king( all the time they have not succeded in their word, although they are right!!!! Bichara UML)

  10. Umesh ji,
    Thank you for your report. I cannot understand why NC-the largest democratic party in nepal, does not want to go for direct public referendum in case of deciding the fate monarchy. It is a shame not to let people decide directly in such a critical thing. Please tell us more about what are the factors and ulterior motives behind not to do referendum. Thanks.

  11. Fuskine age bhai sakeka Girija le bhujnu parcha ki he has very less time. Samaya le kurdai na Girija lai.

  12. hareee, yi neta harule sikhar barta ko meaning nai apabramsa gare. Eutai kura ko lagi saya choti sikhar barta?? kahi nabhako jatra hamrai nepal ma.

  13. Khai malai ta ajhai pani biswas lagena, marnu bhanda pahile nai khutta tankaunu ta nahune ho. tara pani ……

  14. Let us hope some progress. This is the time to our so called leaders to show their real leadership.

  15. I think, the parties are not well prepared yet. There should be more discussion before they end up in a conclusion. Because that concusion may needs another meeting. Some are overambitious and other has no respective manner to other and people.

    Anyway, they should go ahead.

  16. It is good that Maoist militia are not present this time. Looks, meeting will end with positive results.

    May peace prevail in Nepal.

    Krishna

  17. उमेश जी,

    यो वार्ताबाट चहिँ सकारात्मक परिणाम आउला जस्तो छ है !

Comments are closed.