वार्ता सुरुः आज चाहिँ केही होला ?

अपडेट (राति ११) वार्ता जारी छ। ऐजन ऐजन 🙂
अपडेट (राति १०) कार्यदलले तयार पारेका १५ बूँदामा सहमति हुन बाँकी ५ बूँदामा वार्ता भइरहेको छ। ती बूँदामा एउटा बूँदा अन्तरिम संसदमा सिटको भागवण्डा र अर्को संविधान सभामा कति वर्षसम्मकोले मत दिन पाउने रहेको छ रे। यी पाँच बूँदाहरुमा सहमति भइसकेपछि भोलि सरकार र माअ‍ोवादीबीच शिखर वार्ता भई भोलि नै ऐतिहासिक सहमति सार्वजनिक हुने रे। वार्ता सुरु भएको १४ घण्टा भयो। हिजो साढे १० बजेतिर वार्ता स्थगित भएको थियो। आज हेरौं,कति बजेसम्म बस्ने हुन् ?
अपडेट (राति ९) कार्यदलले बनाएका १५ बूँदामध्ये ५ वटा बूँदामा सहमति हुन बाँकी छ रे। यी बूँदामा सहमति हुन कति बेर लाग्छ त ? साथीलाई सोधेको त यस्तो पो भन्छ- यो कुरा चाहिँ इन्द्रको बाउ चन्द्रेलाई पनि थाहा छैन होला 🙂
अपडेट (राति ८) १२ घण्टा भयो बैठक सुरु भएको। अझै पनि ‘सहमति नजिक’, ‘वार्ता जारी’ बाहेक नयाँ कुरा केही छैन। धेरै बूँदामा सहमति जुटेन भने भोलि पनि बैठक बस्ने भनी एक नेताले बताएको सुनेपछि भने अब चाहिँ आज केही होला जस्तो लागेन मलाई।



अपडेट (साँझ ७) सात दल र माअ‍ोवादी सहमतिको नजिक पुगेका छन्। नजिक भनेको कति नजिक हो चाहिँ थाहा भएन। त्यसैले सहमतिको घोषणा कहिले होला भनेर यकिन भन्नसक्ने अवस्था छैन। अहिले कार्यदलले तयार पारेको १५ बूँदे सहमतिको अन्तिम गृहकार्य भइरहेको भनिएको छ। १५ बूँदे सहमतिमा अन्तरिम सरकार,संसद र संविधानका बारेमा कुरा रहेका छन्। दोस्रो तहका नेताहरुले अहिले आफ्ना विचार राखिरहेका छन् रे।
अपडेट (साँझ ६) आशा त छाड्नु हुन्न, आशावादी बन्नुपर्छ भन्छन्। तर चालामाला हेर्दा आज पनि कतै हिजो जस्तै वार्ता स्थगित गरेर हिँड्ने त हैनन् जस्तो लाग्न थालिसक्यो। यी नेताहरुको फेरि के भर र। जे पनि बोलिदिन्छन्। हिजो काँग्रेसका अर्जुननरसिंह केसीले हिजै ९५ प्रतिशत सहमति भइसक्यो र बाँकी ५ प्रतिशतका लागि आज वार्ता हुने भनेका थिए। ५ प्रतिशत सहमतिका लागि १० घण्टा वार्ता बस्नु पर्छ र ? तथ्याङ्क उल्टो भएको पो हो कि ? अहिले नयाँ कुरा केही छैन। ६ बजेसम्म लञ्चब्रेकपछि अ‍ौपचारिक बैठक बस्न सकेको छैन रे। खाली दुई, तीन पक्ष बसेर अनौपचारिक कुरा गर्दैछन् रे। लञ्च अगाडि सबै नेताले बोलेर त्यसबाट निस्केका कुराहरुलाई फेरि ड्राफ्टमा राख्नका लागि तयारी भइरहेको र ड्राफ्टको अन्तिम टुंगो लागेपछि फेरि अ‍ौपचारिक बैठक बस्ने रे। अनि फेरि बूँदागत छलफल गर्ने रे। फेरि केही नमिले फेरि अनौपचारिक बैठक बस्ने होला। फेरि डिनर ब्रेक पनि गर्ने हुन् कि ? कि डिनर ब्रेकको सट्टा भोलि बिहान भेटौंला भन्ने हुन्…आजै केही हुने आशा भने गरौं।
अपडेट (अपराह्न ४४५) गजेन्द्र नामबाट एक जना पाठकले वार्ताका बारेमा रमाइलो कमेन्ट पठाउनु भएको छ- दिक्क नमान्नुहोस् न उमेश जी , वार्तास्थलमा कति रमाईलो चल्दैछ रे ! एउटा रमाइलो प्रसंग सुनिनमा आएको छ । राजाको सम्बन्धमा जनमत संग्रह कि संविधान सभा गर्ने भन्ने सम्बन्धमा सहमति कायम भयो रे ! माओवादीले पनि स‌ंविधान सभा मै चित्त बुझाउने भए रे ! तर आफ्ना सबै एजेण्डा फ्लप खाएपछि माओवादीका पनि जेठा दाइ भइटोपलेका एमालेले बडो अचम्मको शर्त राखेको छ रे ! ” वार्ताको निर्णय चाँहि स‌ंविधान सभामा जाने भयो तर एमालेले जनमत संग्रहको प्रस्ताव राखेको भनेर प्रेस विज्ञप्तिमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ” शर्त एमालेले राखेको छ रे ! क्या नौटंकी चल्दैछ किन दिक्क मान्नु हुन्छ ।
अपडेट (अपराह्न ४) बालुवाटारमा बैठकको समय बढेको बढ्यै छ। आ..दिक्क लागिसक्यो मलाई त अपडेट गर्दागर्दा। कहिले हुने हो ऐतिहासिक सम्झौताको घोषणा कुन्नि ! कति बेरसम्म लम्बिने हो यो वार्ता। अहिले कार्यदलले तयार पारेको सहमतिका बूँदाहरुको मस्यौदामा आठ दलका नेताहरुले छलफल गरिरहेका छन् रे।
अपडेट (अपराह्न ३) बैठक जारी छ। बाबुराम भट्टराई,कृष्ण सिटौला, रमेश लेखक र इश्वर ज्ञवाली भएको चार सदस्यीय कार्यदलले सहमतिका बुँदाहरुको मस्यौदा गरिरहेको बताइएको छ। यो सकिएपछि त्यसमा छलफल गरी आठै दलका नेताहरुले त्यसमा हस्ताक्षर गरी सार्वजनिक गर्नेछन्। त्यसलाई सरकारले पनि अनुमोदन गर्दै ऐतिहासिक घोषणा गर्नेछन्। यो सहमतिमा अन्तरिम सरकार, अन्तरिम संसद र अन्तरिम संविधान र राजाको स्थान टुंगो लगाइने छ। नेपालको इतिहासमा साँच्चिकै यो सहमति कोसेढुंगा हुनेछ।
अपडेट (दिउँसो २) लञ्च ब्रेकपछि फेरि आठै दलका नेताहरुको अ‍ौपचारिक बैठक सुरु भएको छ। यो बैठक अब ‘डिनर ब्रेक’सम्म लम्बिने हो कि त्यसअघि नै ऐतिहासिक सहमतिका साथ टुंगिने हो भन्ने चाहिँ थाहा भएको छैन। अन्तरिम संसदमा सिटको भागवण्डा र हतियार व्यवस्थापनको भाषिक व्यहोरा जस्ता झिनामसिना कुरालाई प्राविधिक भन्दै आज पनि वार्तालाई निश्कर्षमा पुर्‍याएनन् भने त यी नेताहरुले जनताका अगाडि के भनेर मुख देखाउने हुन् कुन्नि।
अपडेट (दिउँसो १): शिखर बैठक केही बेरका लागि स्थगित भएको छ। लञ्च ब्रेक रे। एक जना साथी क्रिकेट खेल्या हो र लञ्च ब्रेक गर्नलाई भन्दै थिए। तर नेताहरु पनि त मान्छे नै हुन् नि बिचरा। बिहानदेखि बैठक बस्दैछन्। उनीहरुलाई पनि त भोक लाग्यो होला नि। यो ब्रेक कार्यदलका निर्णयहरुका बारेमा आठै दलका नेताहरु सबैले आफ्नो धारणा राखिसकेपछि भएको रहेछ। अब ती निर्णयहरुमा एक-एक गरी छलफल गर्दै सहमति गर्दै जाने बताइएको छ। आज चाहिँ रातिसम्म बसेर भए पनि ऐतिहासिक सहमति गर्लान् कि !

अपडेट (बिहान १२) प्रधानमन्त्री निवासमा सात दल र माअ‍ोवादीका शीर्ष नेताहरुबीच अ‍ौपचारिक बैठक जारी छ। अन्तरिम संसदको स्वरुप,अन्तरिम संविधान र राजतन्त्रको भविष्यका विषयमा छलफल भइरहेको बुझिएको छ। अन्तरिम संविधान,अन्तरिम सरकार र अन्तरिम संसदका बारेमा आजको बैठकले निर्णय गर्ने भनिएको छ। अनौपचारिक रुपमा नेताहरुबीच नीतिगत सहमति भइसकेपछि अ‍ौपचारिक बैठक बसेको अनुमान गरिएको हुनाले अब अ‍ौपचारिकता दिन मात्रै बाँकी हुनु पर्ने हो। त्यसैले आज भने नेताहरुकै दावी जस्तो केही ऐतिहासिक निर्णय हुने आशा गरौं।
अपडेट (बिहान ११) हिजो राति साढे १० बजे स्थगित गरिएको शिखर बैठक सुरु भएको छ। आज बिहान सुरु भएको बैठकमा सुरुमा फेरि दलहरु छुट्टाछुट्टै बैठक बसेका थिए। आज चाहिँ ऐतिहासिक निर्णय होला त ? नेताहरुले त त्यस्तै दावी गरेका रहेछन् सञ्चारकर्मीहरुसँग। कसैले त राति अबेरसम्म बसेर भए पनि वार्ता सफल पार्ने भनेछन्। हेरौं,के हुने हो। आज अरु दलका नेताहरु तीन नम्बरको गेटबाट प्रवेश गरे पनि प्रचण्ड भने सञ्चारकर्मीहरुबाट बच्न मूलद्वारबाट बालुवाटार प्रवेश गरेछन्।

सुरुमा छुट्टाछुट्टै बैठक बसेका भए पनि अहिले भने नेताहरु एकै ठाउँमा बसी वार्ता थालेछन् रे। वार्ता कति लामो हुने हो भन्ने चाहिँ कसैलाई थाहा छैन।

आज पनि बालुवाटारमा नागरिक समाज लगायत विभिन्न संघसंस्थाहरुले वार्ता सफल पार्न दबाब दिने उद्देश्यले धर्ना जारी राखेका छन्।

69 Comments

  1. नेताहरुको बिचाम नै येकता छैन.सबै त भनदा म के कम भन्ने होड बाजि चलिरहेको छ.
    खै बार्ता सफल हुन कति दिन लाग्ने हो .जति दिन लागे पनि आशा त राख्नै पर्यो.
    क गर्ने हामिमा आस गर्ने बानि लगिसकेको छ.भोलि भोलि भन्दा भन्दै कहिले सफल हुने हो
    हेरौ.
    रुपा

  2. B.B.C. news ko hard talk program ma krishna bdr. mahara ko interviwv herda ta achhama ra dikdaar lagyo.english language ho baru nayaye nepali ma kura tarka sangat garda better hunthiyo.kina teti janinajani artha nalagne english bolnubhyeko?kura garna jasto kaam garna garho hunchha arulai pani compromise garna siknu parchha netajiharule.world hakne galf hoina nepal hakna siknuhola please.be serious.thanks

  3. bichara neta haru…rest lindai garna pani nahune…chado safal parnu cha warta…rest na linda pani saraai garo hune hola hai…mata ekdin ma 7-8 bhanda kaam nai garna sakdina…

  4. उमेश जि तपाईंलाई बोर्लाग्नु सोभाबिक हो
    तर योसाइड हिर्निलाई चैकिन बोर्लागेको हो बुज्न सकिन? १० वार्सदेखि चालेको रक्तपत पुण बिद्रोहा लाई मुल्धरमाल्युन र उस्गै हिड्दा आफ्नु आस्तितो क्यमराख्न्न छ्लफल र यस्बाट निस्क्र्स् निकल्न यतिको समयलिनुचाइ नौलो होइन विस्वोको कुन्चै ईतिहास माछ १०० बर्षको राजाकिय वेव्स्थलाइ केइसमयको लागि भयपनि लिल्म्वित गरी चुनावी प्रकियमा जाउ भनेको र देशका प्रमुख दल्हरु एकैठाउमा बसेर छ्लफ्लमात्र्पनि गरेको जल्दो बल्दो श्रीलङ्का तपाईं हाम्राइ अगाडिछ
    एउटा कुराको चाइ मलाईपनि मनपरेको छाइन यसलाई शीखर वार्ता न भनि बौपछीय वार्ता भनेको भाएहुन्थियो
    अन्या देशाहरुमा यस्तो सबैकोभाग्य कोफैसला गर्नवस्नी लिडर्हाको रामरोकाम्गरुन भनेर इन्करेज जरेको देक्न र सुन्न पाइन्थयो हामीमा कैले योआद्त बसला ? आफ्नै देशका प्रमुख नेताहरुलाई गालीगरेर कस्को वा-वाइ बाटुल्नुछार

  5. bihan 11 baje update bhako rahecha aba rati ko 11 bajyo update garney dai, tapeh update gardae garnush bartatoli samosa chiya etc etc update gardaeholan ??

  6. हे भगवान्‌ ! के परे होलान्‌ नि ति ५ वटा सहमति नभएका बुँदा हरू ..

  7. Its not the question of who wins and who lose its the question of what Nepali people want. But these corrupted leaders they never care about the people if they had we would not have this situation. we fought to get power back to people from King in 1990. We saw ruling of these democratic politicians which was worse than kings rule. Laws were taken into the hands and people started doing what they think right to do which is worst thing to see happing in democracy. What is democracy? Give respect and listen what others say its like GOD message love all serve all. But this did not happen since we Nepalese are mentally poor and look into the poor thing to happen. Have you seen maoist cleaning the kathmandu city? Has anyone thought of his or her responsibility to clean his or her surroundings but we have not seen this happening. If the leaders were serious about what people of Nepal want we would not have this long wait to see the conclusion.

    All the corrupted leaders should be punished before restructuring the state. We saw last week one of CDO was taken into control because of his bribary but media highlights it was maoist excession. can you imagine the situation where people are willing to control or trying to control the corruption others try to distrupt it. This means if it is controlled they loose the chance of wrong doings.

    People of Nepal should be concious than leaders then only we could hope to see a change otherwise nothing going to happen.

    Barta is a poly to make people fool you know why if they don’t pretent they are doing in favour of people they will be fear to kicked out from election still I doubt people are capable of doing that. Lets hope the best to come out from the so called sumit meeting.

    Jai nepal and nepali people.

  8. कस्‍ता पाजी हरू ! -हाती आयो हाती आयो फुस्‍सा – ”ला..खा..” पो भने यिनीहरू ले त …

  9. कस्तो सस्पेन्स फिलिम हेरे जस्तो के होला के होला जस्तो लाग्ने कहिले पनि नसकिने हे नेता हरु छिटो खतम गर तिमि हरुको यो नाट्क्

  10. के हुने वाला छ त्यो त गिरिजा र प्रचन्डले नै जानोस्, हेर्दै जाऔं के के हुन्छ । म त्यती हतारमा पनि छुइन – बरु महिनौं नै लागोस् बार्ता टुङिन, हतारको काम लतार नहोस्, त्यती हो मेरो कामना । अनि यस्पल्ट जे नै सम्झौता होस्, यस् अघी भएका सम्झौताहरु झैं मुखमा एउटा काममा अर्कै चाँही नहोस्! त्यसैले म धैर्य गर्न तयार छु, दिगो शान्तिको लागि – मलाई चाहीदैंन कागतमा लेखिएको शान्ति ।

  11. हैन …! म त पखैया पखै छु त बा.. । बार्‍ताको नतिजा त आऊनु पनै त अहिले सम्‍ममा … के हुदै छ यार…????

  12. LIVE-LIVE-LIVE update… Really a blogger can change the news flow direction and news issue more updating and more reliable. Thanks for ur effort ….hoping u will continue to update either TALKS continue or end.
    Thanks.

  13. हुनत म एमाले र कुनै खालको कम्युनिष्ट त हैन न त म रविन्द्रनाथ शर्माको पार्टी समर्थक नै हूँ तर के कुरा पक्कै पनि बुझेको जस्तो लाग्छ भने , मुलुकका गहनतम समस्याहरुको छिनोफानो को सर्वोत्तम तरिका जनमत संग्रह नै हो । यो प्रजातान्त्रिक तरिका मात्र नभएर विश्वमान्य विधि पनि हो । हैन काङ्ग्रेस र माओवादीले यसमा के कुरा अपुग देखे मैले बुझ्न सकिन है ।

    तर सबैको मत यसैमा रहेको छ भने त के कुरा भयो र संविधानसभाको माध्यमबाट राजतन्त्रको भाग्यको फैसला गरेपनि ठिकै छ ।

    देशमा सामाजिक परिवर्तन र शान्तिको दीप प्रज्वल्लित बनोस् अनि जनता जनार्दनको भलो होवस् र त्यो कार्य कुनै क ख वा ले गरोस केही फरक पर्दैन ।

    सर्वे बवन्तु सुखिन: सर्वे सन्तु निरामया:
    सर्वे भद्राणी पश्यन्तुमा कश्चित् दु:ख भाग्जन:

    कामरेडहरु , गोरखापत्रको वाक्य भन्यो भनेर धारेहात नलागाउनुहोला , यी उपनिषदका वाक्यांस हुन र म पनि तपाईँहरुको मन नपर्ने मण्ले नभएर लोकतान्त्रिक नेपालको कल्पना गर्ने माओवादी इतर मत राख्ने नेपाली नागरिक नै हूँ है ॥

  14. raja le ta 20 days pachi janatako samu kehi lagena

    yi paji netaharu ke hun ra kar lagerra pani samjauta garchan ajja nabhaya bholi ra bholi nabhaya parsi.

    tara yi netaharu ko biswas kahile pani nagarnu, eak paisa ma bikne netaharu dhoti samayara kulelam thokchan

    malai lagiraheko chha pheri eak hapta ko lagi samsad seat ko bibad le postpond garchan hola

  15. नेताहरुले बुद्धि पुर् याए जस्तो छ राजा ज्ञानेन्द्रको विदेशमा जम्मा भएको रकम अव एक वर्षसम्ममाा सजिलैसंग नेपाल भित्रिने भयो तपाई अचम्म पर्नुहोला ……… नेताहरुको कुटनीति थाहा पाउन जनतालाई धेरै गाह्रो हुन्छ तपाई पनि यहि भित्र पर्नु भयो होला । कुरो यस्तो छ ……। । राजा राख्ने नराख्ने विषयको टुंगो ूजनमत संग्रहवाट नगरि सम्बिधान सभावाट आएका सदस्यहरुको पलिो बैठकले निर्णय गर्नेू यो सहमति भएको कुरा अव बुझनुहोस नेताहरुको वठाई जनमत संग्रहमा जाँदा यात जनतालो कमाउलान कम सम्भावना किनकि दुइ करोड भन्दा वढी जनतालाई किन्न गाह्रो हुन्छ । नेताहरुले कमाउने मौका पाउदैनन् अर्थात राजाको विदेशमा भएको पैसा आउने सम्भावना पनि कम हुन्छ । त्यसैले साँप पनि मार्ने लठिृ पनि नभाँच्ने उपाए नेताहरुले निकालेर यस्तो सहमति भएको हो । अव वुझ्नुहोस नेताले आफु र देशको लागि कसरी पहिल्यै सोचेर सहमति गरे । अव संविधान सभाको पहिलो बैठकवाट राजाको विषयमा निर्णय गर्ने भन्नाले के हुन्छ त संविधान सभामा जाने निर्णय वा सहमति गर्न त १२।१५ जना नेताको चौघेरामा ६ महिना लाग्यो भने राजाको विषयमा निर्णय हुन ४००।५०० नेताहरुको विचार विष्लेषणले सहमतिमा पुग्न के पहिलो बैठकमै १।२ दिनमै होला त अर्को कुरा यी नेताहरु पहिलो बैठकमा जानु भन्दा अगाडी करोडौ करोडको मूल्यमा विकिसकेका हुने छन् । जसको लागि विदेशमा भएको पैसा नेपाल भित्रिएन त १ अव राजा पनि नेपालमा स्थायी हुनेछन् अव भन्नु होस एउटा ढुंङ्गाले प्रमुख ३ ओटा चरा मार् यो ।
    १ राजाको विदेशमा भएको सम्पत्ति केहिमात्रामा भएपनि नेपाल भित्रिने छ ।
    २ अहिले जो जसले राजाको स्थान राख्ने वचन दिएका थिए त्यो पनि पुरा हुनेछ ।
    ३ सवै भन्दा राम्रो पक्ष भनेको संविधान सभाका सदस्यहरुले राम्ररी कमाउने मौका पाए ।

  16. Umeshji you are great. We appreciate for giving updates hour by hour. It is helping the people living abroad a lot. We are grateful to you for that wonderful service.

  17. होइन …!! केही त हुन्‍छ होला नि ..!! आशा गरौ न भर नपरे पनि चिरन्‌ ज्‍यू…

  18. A ma le le rakheko agenda pani thikai ho kina bhane 2 karor janatalai kharid (kinna) jati gharo chha 200 jana sambidhan sabaha ka sadassya kinna sajilo hunchha tesaile rajalai tetibela aafno pachhyama parera sthai huna sajilo chha sambidhan sabahako pahilo baithak bata rajako tungo lagla bhnne kura biteka 6 mahina dekhi barta barta barta yestay hune chha tetibelapani ani ta raja rakhne sahamati bhaihalchha ni baru janamatsangrha bata raja falna sajilo thiyo pachi sambidhansabhaka sadasya le karor karor karor 3karor 5karor malalmal paisa ta kati-kati tauko forera bhaya pani sambidhanshabhabata aaunai parchha paisa ta kati-kati

    Bhim Prasad subedi

  19. मलाई थाहा छ आज पनि केही हुदैन भन्‍ने । यी नेताहरूलाई नचिनेको हो र ? अस्तिकै दिन सहमति भैसक्यो भन्‍ने हल्ला गर्ने नेताहरू अहिलेसम्म वार्ताका नाममा भित्र के खिचडी पकाउदैछन् ? सबका सब फटाहाहरू !

  20. उमेश जि

    बेकारमा किन अफडेड गर्नु हुन्छ यो शिर्षक लाई बिषयबस्तु बनाएर , जसको न शिरको ठेगान छ न पुछरको। न केही होला भन्ने आस।

    बेकार, तेसैले मलाई त “शिखरबार्ता” लाई लिएर कमेन्ट लेख्न पनि मन लाग्न छोड्यो।

    कमेन्ट पनि के भनेर लेख्नु। शिखरबार्ता सफल हुन्छ भनेर लेख्नु कि असफल हुन्छ भनेर लेख्नु। बार्ता टोली नै दुबै कुरामा बिस्वस्त छैनन।

    तर एउटा सत्यकुरा के हो भने, यो गिरिजाको सरकार ” माओबादी सङ्गको १२ बुँदे समझदारी पछि हरेक कुरामा तल परेको छ। पहिला माओबादी सङ्गको समझदारी र अहिले दरबारको दबाब दुबै, यो गिरिजाको सरकारलाई घाँडो भएको छ। तेसैले यो सरकारले न त चाहेर बार्ता सफल भनाउन सक्छ, न त नचाहेर असफल बनाउन सक्छ! यो गिरिजा बाबुलाई हिजो माओबादी प्यारो थियो, अहिले राजा प्यारो छ । बस कुरा खतम

    देश प्रेमी
    जयदेश, जय नेपाल
    नमस्तेनेपाल

  21. Umesh ji,
    Ver good updating,Maoist will be nothing in future when Barta is successs.Maoist will be “Haddi”to UML. maoist will join in everymoment to Congress and try to make side UML. Khali Congrees ko Halimuhali Hune Bhayo Yo desh ta. These all situation of worst in country is due to Girija and congress, again same game will happen. Maoist has no experience of dealing to congress and Capitalist. They will be sold in a cup of good wine!!!

  22. khau bhane kanchha ba ko anuhar …………….na khau bhane 10 barsa ko sikar ….ha..ha .ha . maobadi lai paryo phasad.. sattama gaye raja mannu parne … raja namane jangal pharkinu parne.. yo dabab moriyarti ko ho .jasle kangres ra darbar lai afno pakad ma lie sakeko chha . yesma 2 mat chhaine .

  23. Dear Umesh ji
    hami tapaiko update ma chau. Bharta saphal hos bhane hami sabai nepali janatako ichiya ho. bharta ko halkhabar kasto cha update ko parkhai ma chau.
    Moscow, Russia
    Hari

  24. banduk bokeko parti le sambidhan sava bata jane kura garchha .yes kurale maobadile seremoniyal king swikareko prasta hunchha. haina bhane yesle janamat sangraha bata raja hataune tarpha a..ma..le ..sanga morcha baunaunu parne dekhinchha.

  25. CPNUML ko yo charitra ta thik bhayena tara yo usko purano awasarbadi charitra ho tyati matra kata hora uslai Moist bhanda 1 seat dher chahiyo re kina? uslai 1seat dherari chahiyo haisiat ustai ho.

  26. Good to read update as if you are in the field. Do you think our future will be bright once the sumit talks get concluded? we will have lots of problems for its implementation. We saw parliament procalmations a lot but hardly they have been practised. However, new party maoist is going to be in the government so hope for sth to come as a change we been looking forward for a long time.

    God bless you guys.

  27. je bhaye pani manish haru negetive chai bhakai holan hai ahile 4:45 baje ko update ali kasto kasto lago jock nai ho ki tyo pani.
    kina bane yo kura bihanai ko kantipur ma lekhisakiyeko chha bhanne kura chai umesh ji lai thah bhayena jasto chha ni ta tesho bhaye

  28. A मालेको यस्तै खालको कृयाकलाप हो भने म अरु त भन्न सक्दिन संबिधान सभाको चुनाव मा अहिलेको माले को जतिको हैसियत पाउछ जानतले क को आधार म भोट दिनुर यो ९ट्न्की गर्ने लाई हैनर कि मेरो बि४ गलत हो ?

  29. ओहो…!! सुन्‍दर शान्‍त नेपाल त अब पो हुन्‍छ कि..मित्र हो..। भयो भने त नेपाल नै फर्‍किनु पर्‍ला यार…

  30. Umesh ji alchi manna bhayena ni . Yetro tholu decision hattarma liyera pani ta hunna ni. So please keep on updating. Thanks for your effort.

  31. यी भुस्यहाँ नेताहरु बर्तागर्नु बसेका हुन र भन्या यिनिहरु त सँगइ बसेर लन्च ब्रेक गर्नपो परम्धाम मुन्तिर को नि-बास गएका त सिधै लन्च ब्रेक को लागि भेला भएका हुम भनुम भने जनताले फेरी अर्को पार्ट ३ आन्दोलन गर्छन भनेर चै बार्ताको बाहना बनएका हुन यि जनता क सोसक हरु

  32. केहो रेडियो (कालिकाएफएम)ले त बार्ता लाइ अनौपचारीक भनेर भनेको छ नि यथार्थ के हो? औपचारीक कि अनौपचारीक?

  33. Umesh G, Dikka nanannu hola, Tapaiko blog sayed yestai current news ko lagi famous chha. Tapai ma dhryatako kamana.

  34. तर अन्तरिम संविधानमा राख्नै पर्ने एउटा कुरा छुट्ला नि फेरि:

    १। जुनसुकै राजनीतिक पार्टिले जहाँसुकै गर्ने योजना गरेका वा गर्न सक्ने नागरिक आमसभाहरुका लागि सम्बन्धित गाऊँ ङशहर वा टोल वा जिल्ला अञ्चल वा जातीय संघ भित्रका घरधनी , व्यापारी, कृषक ,जागिरे वा बेरोजगार तथा अन्य हरुले समेत अनिवार्य रुपमा पार्टी कार्यकर्ता , छापामार अनि जनमिलिसिया तथा नेताहरुको खानपान र वसोवासको व्यवस्था कम से कम कार्यक्रम शुरु हुनुभन्दा दश दिन अघिदेखि त्यति नै दिन पछि सम्म मिलाउन पर्ने व्यव्था गरिएको छ । सो भए नभएको अनुगमन गर्न नेवा:प्रदेशका स्वनामधन्य प्रमुख पवनमान श्रेष्ठ (नेवा:)को नेतृत्वमा नयासत्ता, पुरानो सत्ता र नागरिकसमाजका १०० ,१००, १०० जना सम्मिलित भएको एउटा सर्वाधिकार सम्पन्न समिति गठन गरिएे छ र सो समितिको खानपान र रसदपानीको व्यवस्था समेत पालोपालो गरि काठमाण्डु , पाटन र भादगाउँका जनताहरुले गर्नु पर्नेछ । यो हुन नसकेमा नयासत्ताले त्यसो गर्न नचाहनेको हकमा हदैसम्मको कार्यवाही गर्नेछ । सो कार्वाही ,भाटे कार्वाही आंशिक सफाया, अर्धसफाया ,पूर्णसफाया, सपरिवार सफाया , वा सगोत्री सफाया सम्म हुनसक्नेछ।

    अलिकति रमाइलो;

    आज BBC Hardtalk कार्यक्रममा महरा सरको ( कामरेड कृष्ण महराजी)अन्तरवार्ता हेरेपछि त्यो कन्तविजोग हेर्न नपरेको भए नि हुन्थ्यो नि जस्तो लाग्यो, एक नेपाली हुनुको नाताले । एउटा नेपाली नेताको हूर्मत लियो त्यो हन्टरवार्ताकारले ( जानेर नै लेखेको है )गाँठे। कमसे कम कामरेड हरुले एउटा interpreter सम्मको मद्दत लिएको भए त यो सही मानेमा हण्टरवार्ता नभएर अन्तरवार्ता नै हुनसकेको हुन्थ्यो कि क्यारे ? जे होस मैले त खिचेर नै राखेको छु कहिले काहीँ सथिहरुलाई हँसाउन कामलाग्छ कि भनेर !
    हे भगवान! महरा त माष्टरसाब नै हुन क्यारे , कमसकेम यो तमाशाबाट जोगिन खोजेका भए हुन्थ्यो नि । के जान्ने भएर हार्डटकमा उत्रेको होला , ऊफ???

  35. Umesh ji aru website le ta kehi pani update gareko chhaina ma lagayet hamijastai prawasi nepali haru tapain ko fresh news ko pratikshya ma base ka chhaun plz update gardai huhune chha.thanx
    raju
    Doha Qatar.

  36. barta barta dherai biralo musa namari bhanne nahos barta safal hos anyway bartas safal hos aagrim subhakamana.

  37. umesh bro ko Presentation ek dum dammi.. ha ha ha..

    mukha-mukh kura gareko jasto laagcha bhanya.. ekdum ramailo bhannu bho.. ha ha h aha.. lunch break ko kura sunda ta mari mari haseko.. ha ha ha.. interval bhannu parla aba, yesto majja ko film chalya jasto cha..

    seriously, aja ko result ramro hos..
    Jai Guru Rinpochey.

  38. सफल होस् यो केही छोडेर सबै नेपालीको कामना हो । तर खै यस्तो चालाले आज पनि केही होला भन्न चाहीँ सकिने स्थिति छैन । अब आज होला भरे होला भन्दै झर्ला र खाउँलाको स्थिति कति दिन तन्काएको हो! किन “आज पक्का” “भोलि पक्का” “ऐतिहासिक” र “शिखर” भनेर झारा टार्नेकाम मात्र गर्या नेताहरुले केही बुझिएन ।

    सबैलाई स्पेश कै खाँचो छ । यदि जे को बिरुद्ध लडेका थिए मान्छे र मरेका थिए त्सलाई जोगाउन स्पेश कै बार्गेनिङ् गर्ने हो भने लड्नुको सार के रह्यो ? मर्नुको के अर्थ रह्यो ! यो जनआन्दोलनमा २५ जना मरे । कति अहिले सम्म हराइरहेका छन् । अझ ११ बर्ष लामो जनयुद्धमा १५००० मरे कति गायब छन् हेक्का छैन । या त यो देशमा राजा, नेता धेरै भए र उनिहरुको स्पेश क्लियर गराउनु पर्ने भयो कि राजा र नेताले जनताको आहुति दिएर स्पेश क्लियर गर्नु पर्यो । यस निर्णय प्रकृयामा भएको ढिलाईबाट थाहा हुन्छ नेताहरु देशकोलागि जनताकोलागि कति चिन्तन गर्छन् भन्ने कुरा ।

    किति दिन यो देशलाई दुर्गतिको दलदलमा फसाएर आफ्नो अभिष्ट पूरा गर्न लागि पर्ने हो ?

  39. u r only the person who can give the right news to the blog readers like me who works on abroad. so please kindly keep updating about longwaited dialouge. which will be responsible for the nation and its peoples like us. thanking u

  40. Umesh ji, Thanks for quick update but how r u doing this? r u in Baluwatar or at home? if Baluwatar r u coming to nearby cyber or there is somone who is helping you out? anyay…….. WARTA SAFAL HOS

  41. म पनि अन्लाईन मै कुरेर बसिरहेको छु ..सकेसम्म छिटो समाचार दिनुहोला भन्ने आशा गर्दछु/
    जय देश जय नेपाली जनता/

  42. Barta barta bhanda bhandai jindagi jana laagyo.Aba ta kehi gar na mora ho ? Na raat ko neend na din ko bhok bhaiskyo ke ho yesto som ho ?

  43. JE HUNCHHA RAMRAI KO LAGI HUNCHHA

    ABA TA MA AJIT BHAISAKE SAMACHAR MATRA HERDA HERDA HAU

    MAILE ARU SAMACHAR HERNA NAPAEKO PANI KATI BHO KATI
    SADDAM LA MIRTYU DANDA SAJAY SUNAIYO RE BHANNE SUNE TYO PANI AJA NAI THAHA PAE

  44. JE HUNCHHA RAMRAI KO LAGI HUNCHHA

    ABA TA MA AJIT BHAISAKE SAMACHAR MATRA HERDA HERDA HAU

    MAILE ARU SAMACHAR HERNA NAPAEKO PANI KATI BHO KATI
    SADDAM LA MIRTYU DANDA SAJAY SUNAIYO RE BHANNE SUNE TYO PANI AJA NAI THAHA PAE

  45. धन्यवाद उमेश जी
    समय समयमा जानकारी गराउदै गर्नु होला
    नेता हरुको केही बिश्वास छैन सबै नगरीकाले होश पुर्याउनु पर्छ

  46. Hi Umesh ji

    Barta safal hunai parchha ni. Bhayena vane ta mao badi ra sat dal kasaiko pani khairat rahadaina ni haina ra? tei vayera safal hunai parchha ra parchhan pani. tara pachhi karyenwoyan garne belama po !! aath bude jasto ta.

  47. Barta safal hunai parchha… natra bhane khichada thaepera seat(Kurchi matra) khojne UML(amale) lai chhad nu hunna tyaslai kina chahiyo 1 seat bardta yo ta milmilap ko samaya ho haina? Ani American kukur Moriarty Ra Darbarlai pani chhadnu hunna tiniharu lai ni karbahi garnu parchha.Bardta bhandnu paindaina…

  48. Thanks umesh ji.!!!
    I think open ur site more then 50 times from last 3 hours… just to hear that talk started…

Comments are closed.