'दबाब'को विरोधमा माअ‍ोवादीको कार्यालय घेराउ

माअ‍ोवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको २४ गतेको आमसभामा सहभागी हुन आएका माअ‍ोवादीहरुलाई ललितपुरका ठाउँ-ठाउँमा बस्न र खान दबाब दिएको भन्दै आज बिहान ललितपुरका टोलटोलमा प्रदर्शन भएको छ। ललितपुरको पुल्चोक, धोबिघाट आदि ठाउँका स्थानीय बासिन्दाहरुले आज माअ‍ोवादीको कुपण्डोलस्थित सम्पर्क कार्यालयसमेत घेराउ गरेको समाचार एफएममा सुनेँ। स्थानीय बासिन्दाहरुको गुनासोपछि त्यस्तो कार्य रोक्न माअ‍ोवादीको केन्द्रीय तहले निर्देशन दिएको बताएको छ। यस विषयमा संसदमा पनि चर्को आलोचना भएको छ। गृह मन्त्रालयले पनि सर्वसाधारणलाई धम्की, त्रास दिने काम नगर्न र भएमा रोक्न निर्देशन दिएको छ। कान्तिपुर टेलिभिजनको पवनकली शोजस्तो कमेडी कार्यक्रममा समेत अन्तर्वार्ता दिइसकेका (प्रसारण हुन बाँकी) प्रचण्डको टुँडिखेल भाषणलाई माअ‍ोवादीहरुले निकै महत्त्वका साथ लिएका छन्। त्यसैले १० लाखभन्दा बढीलाई त्यहाँ उतार्ने उनीहरुको तयारी रहेको छ रे। अनि प्रचण्डले सम्बोधन चाहिँ सैनिक मञ्चबाट र्ने हल्ला पनि छ। पहिले जस्तो प्रचण्ड भनेको कस्तो न होला भन्ने हौवा अहिले छैन। टेलिभिजन र पत्रपपत्रिकामा धेरै पटक सर्वसाधारणले प्रचण्डलाई देखिसकेका छन्। त्यसैले सर्वसाधारणलाई प्रचण्डको सम्बोधनको खासै चासो होला जस्तो लाग्दैन। चासो र चिन्ता त त्यो दिन हुने ट्राफिक अस्तव्यस्तता र यस्तै बस्ने खानेका लागि दिने दबाबको छ। त्यस्तै दबाब प्रत्यक्ष अनुभव गरेका ललितपुरका एक स्थानीय बासिन्दाले इमेलमार्फत् पोखेको दुःख हेर्न भित्र आउनुहोला।

-योगेश कौशिक/इमेलबाट-

तपाईँहरुलाई थाहा छ कि छैन,१-२ दिनदेखि माअ‍ोवादीहरुले काठमाडौंको घर-घरमा गएर १० जनालाई २-३ दिन पाल्नु पर्‍यो भनेर हैरान गरिराखेका छन्। किन भनेर सोध्दा २४ गतेको कार्यक्रमका लागि भनेर भन्छन्। यो कुरा मैले ५० जनाभन्दा बढीको मुखबाट सुनिसकेको छु। यस्तो त गर्न नहुने कुरा हो नि,हैन र ?

तपाईँहरुले आजको कान्तिपुरमा पनि पढ्नुभयो होला यसबारेमा। हिजो पनि मैले आफ्नै आँखाले माअ‍ोवादीहरु पसल-पसलमा गएर चन्दा भनेर माग्दै गरेको देखेँ। पैसा माग्न आउने माअ‍ोवादीहरु १५-२० वर्षका ठिटाजस्ता देखिन्थे। मैले पसलेलाई गएर सोधेँ। उसले आफ्नो खुसीले दिएको नभएर डरले मात्र चन्दा दिनु परेको भने। माअ‍ोवादीको पुरानो क्रियाकलापले गर्दा उनीहरुको ‘आग्रह’ पनि फोर्स गरेको जस्तो हुन्छ। उनीहरुले खाली आग्रह मात्र नभई कति ठाउँमा त बस्न नदिए पछि गोलीसम्म हान्न सक्छौं भने। घरवालासँग मात्र नभई डेरामा बस्ने मानिसहरुलाई पनि २ रात सुत्न देउ भनेछन्।

यसले त माअ‍ोवादीको छविमा राम्रो असर पर्दैन जस्तो मलाई लाग्छ। काठमाडौंमा बस्ने मान्छेहरुसँग मात्र कहाँबाट पैसा आउँछ भन्ने उनीहरुले सोचेका हुन् कुन्नि ? आनन्दसँग अरुको घरमा गएर सुत्न,खान पाउने हो भने त त्योभन्दा रमाइलो अरु के होला र ! कति मान्छेहरु त यसको प्रतिकार गर्न पर्छ भन्न थालिसके।

मा‍अ‍ोवादीहरुको यो एकदम नराम्रो काम हो। मेरो साथी,जसको घरमा माअ‍ोवादीले १० जना राख्नै पर्छ भनेका छन्, उ हिजोदेखि नै सुत्नसम्म सकेको छैन। कसरी सुत्ने १० जना माअ‍ोवादीहरु आफ्नो घरमा आएर सुत्दाखेरी ? फेरि कसलाई थाहा कस्ता छन् तिनीहरु ? राति जाँड रक्सी खाएर हो-हल्ला गर्ने हुन् कि ? न घरमा भएका सामान बोकेर हिँड्ने हुन् कि ? त्यसो गरे भने पनि कसले रोक्ने आँट गर्ने तिनीहरुलाई ?झन् छोरीहरु भएको घरमा १० जना केटाहरु आएर सुत्दा बाउआमालाई कस्तो पर्छ ?

जे होस्, यिनीहरुले यस्तो काम बन्द गर्नुपर्छ। बरु सरकारसँग सुत्ने ठाउँको माग गरोस्। नत्र तिनीहरुले उठाएको चन्दाबाट लज-होटलमा गएर सुत्नु नि।

ल यही हो मेरो भनाई। आशा छ तपाईँले प्रकाशित गरिदिनुहुनेछ।

यो पनि हेर्नुस्-
माओवादीद्वारा बास र भोजनका लागि दबाब

59 Comments

  1. हैन साथी हो, म पनि गाऊ कै मान्‍छे.. तर गाऊमा त यसरी बिरोध गनै कस्‍को आँट..?? न मेरै…न मेरो बाऊकै..न मेरो बाजेकै..!गरे बापत त कंचटमा तातो गोलि दिई हाल्‍थे..। अहिले शहरमा त वाताबरण छ र भएको छ। तर निश्‍कशे मा भन्‍नू पदो, कसैले कसैको जबर जस्‍ती गरी लाने ,खोस्‍ने, डर धम्‍की देखाउने कायेक्रम मानब अधिकार बिरुध साथै यस लोकतन्‍त्र कै नियम्‌ बिपरित्‌ हुन्‍छ जस्‍तो लाग्‍छ ।

  2. DEar Umesh ji,

    Mero ghar Bhaisepati ko najikai ho. Mero ghar ma pani aayeko thyo 4 jana keta ra 1 jana keti Hijo. Uni haru le basna bas ra khana ko bisaye ma kura gare. Mero bharkhar 1 tallako chha. Hamro aama, buba, 2 didi, 1 Bahini, 1 bhai garera ma samet 7 jana ko pariwar chhau. Hamro ghar ma 3 kotha, 1 kitchen, 1 bathroom matra chha aahile jun hami lai nai aapug chha. Hamile bhane “saha yog garna manchha ra khana pani dinchhu tara sutna ko lagi thau chai chhaina bhane”.Yeso bhanda uni haru le sutna nadiye hamro pachi ko karbahi list ma parne chhau bhanera gaye. Khuwauna ta ma taiyar nai chhu, tara tini haru manena. Khai bibhinna manish haru bibhinna bichar ra sobhav ko hunchha hola. Khai najik ko ghar ko lai ta nikai gali pani gare bhanchha. Yo blog parda ra bibhinna bichar herda maile bichar gare yeutai hat ko aaula ta barabar hundaina bhane tetro manchhe ko sobhav ra bichar kasari yeutai hunchha ra.

    Maoist haru le yesto nagare hunthyo. Aba mero pariwar ka sabai lai dar ra tras bhaye ko chha, pachi kehi garne ho ki, Bom rakhne ho ki, ghati retne ho ki bhane ra nikai darayeka chhau. Hami sahar ma basne ta yeti daraye bhane gau ma baseka jaha security pani hundaina, kina nadaraun ta ni.

    Bhagban le sabailai sadbuddhi diun.

    Thanks Umesh ji
    Narendra

  3. ” जब गिदर कि मौत आति है तो वह शहर कि तरफ जाति है ” बडो शान्दर्भिक उखान सुनाउनु भयो किरण जी तर गाँऊमा त्यत्रो उत्पात मच्चाएर नपुगेको यी रगत पिपासु गिद्द हरुले कहिले बुझ्ने हुन कि यो उत्पात बढि भयो भनेर ।

    अब त सरकारमा सामेल हुने पक्का भै सक्यो र २४ गते हुने भनिएको सम्बोधनको औचित्य पनि प्रष्ट हुन नसकेको अवस्थामा जनबर्गबाट समेत बिरोध भईसकेपछि त बझ्नु नि कम से कम ।

    अघि टिभीमा माओबादी उपत्यका कमाण्डर हुन् क्यारे ! पवनमान ले त हामीले कसैलाई जबरजस्ती गरेका छैनौ भनेर भाषण छाँट्दै थियो । केही क्षण पछि पाटन बालकुमारीका मेरो भाउजु पर्ने ले घरमा फोन गर्नु भयो र थाहा लाग्यो अस्ति घरमा बास माग्न आउँदा घरमा म केटी मान्छे मात्र छु भनेर फर्काउनु भएको रहेछ आज चाँहि तँपाई केटी मान्छे मात्र भएको घरमा महिला दिदी बहिनीहरू नै राख्दा कसो होला भनेर सोध्न आएछन् । बिचरा भाउजु डरले इन्तु न चिन्तु हुनुहुन्थ्यो । उहाँका अनुसार उनीहरुले गफ त शिष्टतापुर्वक नै गरे रे ! तर घरका केटा मान्छेहरू सबैको नाम लिइ लिइ कुरा गर्न थालेपछी चाँहि सार्है डर लाग्यो र केहि भन्नै सकिन भन्दै हुनुहुन्थ्यो ।

    हैन यत्रो होटल , लज हरु छन् काठमाण्डौंमा , खुल्ला टुडिखेलमा पाल टांगेर बसे पनि हुन्थ्यो जबरजस्ती अर्काको घर घरमा बस्न खोजेर दादागिरी देखाउन खोजेको कसलाई ? त्यही दादागिरी उतार्नै भए पनि बिरोध त गर्नै पर्ने भै सक्यो ।

  4. Hey Mr or Mrs baba…you also have your daughter or sister. If yes then put those moaist in your house. Then you will see what will happen to you. Everybody has their privacy. Moaist don’t have any rights to distrub the privacy by forcing them. If you have guts then why don’t u manage everything to them.

  5. Jab gidar ki maut aati hai to woh sahar ki taraf jati hai bhanne hindi ukhan ta jamaile sunekai hola.

    Aaba lalitpur ka basinda harulai hamile support garnu parcha. let’s be a part and support them.

  6. Yesterday also i have posted my comment. After reading all the comment i came to know that if moaist only request for shelter then i m sure that no body from Kathmandu will provide them so. May be some will do it so becauase of fear. And some will do so because they are themself Moaist. If people will ask me to do so then i don’t agree on that. If they ask for help then thats other thing. We can contribute some funds to them, but giving food and shelter to our house, it is impossible. What they think about them self? If they are organizing rally then they should manage by them self but not by forcing locals. If Moaist have done good things then they don’t have to pick up the people from outside of kathmandu valley, Kathmandu valley have enough people. And i will guarentee that they will get more support than they have expected. So i will ask those Moaist to stop all these things and do good things. If they go on doing this way…in next election they will not get even one seat in parliament. Everybody will see what will happen to these moaist after they hand over their arms. Just Lets see and watch.

  7. umesh ji,
    Hijo pani katti thau ma maobadi haru le pheri sutna de bhanera gai ra chan. yedi prachanda lai testai bhasan dina maan lagyo bhane ki aafai le basne khane milauna paryo natra bhane gau gau ma gayera bhasan de bhai halcha ni. kina kathmandu ma nai bhasan dina paryo. mero ghar ma pani jabarjasti aayo bhane tini haru ko ta khasi katai garidine (khasi lai jasto maar hanne) bichar gareko chu.

  8. Yoh Amrit Manandhar justoh upabujruklai blog maa samaawesh garnaa hunethiyena? Yoh bekuf tah maoist harukoh mouthpiece justoh laagyo. Yastoh jabarjastikoh rajniti lai aghi saarera desh ra janatalai yiniharule kasari sudaarcha.
    Right now, we are in the process of reconciliation and seeking peaceful resolutions. The maoists should be grateful that they have been included to take part in this negotiation while the whole doctrine of maoism is getting absolete in this 21st century world. They should at least understand the basic human values of ‘live & let live’ if they wish to join the political stream.

    I also support Newar from UK’s comment above, similar situations certainly loom large in Nepal!

    So beware friends. Jai Nepal!

  9. oye babaji kina palne maobadilai? hamile tiniharulai haatiyaar liyera jungle pasa bhaneka chainau ani hami maobadi plus sabai communist haruka kattar birodhile mero gharma basna dinna bhanna napaune? yeso kura sunda maoist haru monarch ko aarko rup hola jasto cha. communist= monarcy in disguise. tes maathi maoist haru “kahile sahar jane ra yo ghar ko yo room ma sutchu” bhanera baseko hunchan re. sikaunele nai tesari sikaiyeka hunchan. yesta ko haathma desh gaaye kasto hune ho. ahile nai daar dhamki dekhayera hairaan pareka chan bholi aafno haathma satta aaye k garne ho? sab jana milera durbariya lai lakhateko jastai yi maobadilai pani lakhatera muglan par garaunu parla. yi communist le desh ko satta paayo bhane bihan deuso ra beluka jantalai chana matrai khandera aafu chai mitho mitho khanchan. fact look at cuba, desh khattam pareko look at combodia, junta aanginti mareko no human rights look at china. russia aakhir khattam nai bhayo yi communist harule garda. kun communist desh ramro cha give me example babaji?

  10. उमेश जि,
    तपाईंको यस् लेख ले त महभारत नै निम्त्याउने जस्तो छ त। हुन त अब शान्ति बार्ता सफल भैसकेको बेलामा एक् अर्को ले पहिले के के गरे त्यो कुरा उल्ट्याउनु भनेको शान्ति को बिरोध गर्नु हो। तै पनि शहरबासिले, माओबादि ले गरिब गाउलेलाइ कसरि अत्यचार गरेका रहेछन्, त्यसको सानो (अति नै सानो)नमुना त देखे, अब उनिहरु प्रति कस्तो धारना राख्ने, सोच्नलाइ सजिलो भो नि। तर जे होस्, गजेन्द्रजि ले बाबा को बरेमा लेखेको कमेन्टले मलाइ सार्है हसायो … हासो थाम्नै गारो भो। धन्यबाद, गजेन्द्रजि, बाबा दुबै जनालाइ ।

  11. Nepte
    भ्यागुते मुला मेरा कुरालाइ कसरि पागल भनिस् राम्रो संग कम्मेट पढ्। भ्यागुते तेत्रोमान्छेले ज्यान दिइसके तलाइ त्यति दुइछाक भातखान दिन पनि तेति गर्‍यो।

  12. साथिहरु तपाइहरु समाचार पड्नुस अनि समचारको खन्डन गर्नुस्
    यक आपस्मा झगडा चाहि नगर्नुस्.
    अनि खाना खुवाउने कुरा आफ्नो इच्छ्या हो.
    मन लग्ने लेखुवाउछ मन नलाग्नेले खुवाउदैन.बेकारम किन
    झगडा गर्ने.
    तर माओबदिहरु पन गेस्टॅहाउसमा बसेको भये हुन्थ्यो.
    नभये अघिल्ल दइन नाइटमा आयेको भये हुथ्यो.यसरि
    सर्बसाधारनलाइ दुख नदियेको भये हुने थियो.

  13. Hey Baba ! Gaaunko Maanchhe lai Sahar lyaune ra Saharko Lai Gaaun ma Lane re !! Ke Bhanna khojeko hos taile ? talai aaryaghat ma lagera polnu paryo ? ani tehako euta dadheko murda lai chahi tero gharma lagera rakhnu parla.

    Ani maile Congress ra UML ko neta haru lai bhaat khwayeku chhu bhanera khubai furti laaudai chhas rahechhas ? sunai haal na ta tyo neta haruko naam. Ani tero asli rup ta tehi baata khuli haalchha ni.

  14. बाबा जी ,

    आफु त मागी मागी फुपुको श्राद्ध भन्छ नि ! आफु त एउटा भटभटे किन्ने हैसियत छैन अब गाडी उपलब्ध कहाँबाट गराऊँ । जे होस ठुलो धन राशी उठाउने तस्कर भनि दिनु भएछ खुशी लाग्यो । तँपाईको मुखमा दुत भात जाओस् । तस्कर बनेर धन राशी उठाउन पाए त के चाहियो र नेपालमा ? त्यसो भए चाँही यो माओबादी अलि अलि ळाई त पाल्ने थिएँ ।

    साथी हो , बाबा जी ले भात खुवाएर पालेका नेता हरुको नाम जान्ने उत्सुकता त यहाँहरुमा पनि होला नि ! जान्ने होईन त नाम ? म त नाम पर्खेर बसेको छु है ‘

  15. फेरि यो Baba भन्ने अर्को पागल निस्किएछ.
    ए गोरु हो कि बाख्री! तेरो चिहान क्याम्बोडिया देखेको छैनस्? हुन त ठिकै हो प्रचन्ड नया पोलपोट जस्तै त छ अनि माओबादी चाहि खमेररुज. थुक्क राक्षसहरु.

  16. gajendra ji
    हिजो एमालेका र नेकाका नेतालाइ खान ख्वाएकाले आज केहिपाएनन् तर तसकरले पाए र आज माओबादिलाइ खान ख्वाउने ले भोलि केहि पाउदैन होला बरु तपाइ जस्तै खान नख्वाउने तस्करहरुले खान होइन गाडि उपल्ब्दगराएर ठुलो धन रासि उठाउनु अबस्य हुन्छ होला।

    मैले kaसलाइ खाना खवाए जान्न चाहनु हुन्छ कम्मेट हेर्दै गर्नु होला। अबस्य पाउनु हुने छ।

  17. The Maoist Atrocities are reaching a terrible peak now.

    This is the real face of Maoism.

    Let us not forget what Pol Pot’s Communist forces did in Cambodia.

    Soon after capturing the capital, and being welcomed by people from the Capital of Cambodia, Pol Pots Communist forces imposed a Curfew.

    In a matter of days, they not only captured the houses of people living in the Capital, but even forced them to go to Villages to go into forced labour. Because of Communist Atrocity, 20 lakh people died/or were killed in Cambodia, which is one of the bloodiest case in the history.

    Prachanda has openly said that he believes that 23 Crore people of Nepal should join Compulsory Army training.

    I am gravely concerned that such stupid and crazy ideas is still supported in Nepal.

    Supporting Maoism is nothing more than supporting a disaster.

    Jay Nepal.

  18. माओवादी हरुले धम्काउन छोड्नु पर्छ । तर सामान्य अनुरोध लाई धम्कएको भनेर प्रचार पनि गरिएको छ कताइ त कताइ धम्की पनि आएको छ । माओवादी अरु पार्टी जस्तो सबैको लागि राम्रो बन्न त सक्दैन नै । सबैक लागि राम्रो गर्छौं भन्ने अरु पार्टी छँदै छन नि । सो झ साझा लाई दुःè दिनेहो भने त माओवादी को अन्त्य धेरै टाढा हुने छैन । रमाइलो कुर यो छ कि साच्चैको लडाइ त यो ब्लग मा पो हुदै छ त।

  19. “मन परेको मान्छेको पाधपनि मिठो हुन्छ मन नपरेको मान्छेको बोलेपनि रिष उठ्छ ” भन्ने महान उदगार साथ बाबा नामधारी अर्का महान ब्यक्ति आई टोपल्नु भएछ । ” अब सहरका जनता गाउँमा जानु पर्छ र गाउँका जनता शहरमा आउनु पर्छ ” रे ! वाह !!!! कस्तो महान योजना ! यसरी नै होला माओबादीले नेपाल लाई स्वीजरल्याण्ड बनाउने भनेको !

    तँपाईले धेरै एमाले का नेतालाइ आफु संग नभै नभै पनि धेरै पटक भात ख्वाएको र थोरै नेका का लाइ पनि भनेर आफ्नो दानीपनाको परिचय प्रस्तुत गर्नुभएको रहेछ त्यस बापत फाईदा पनि त उटाउनु नै भयो होला नि !( खाना ख्वाएर मिठो पाद सुंघ्ने हुनुहुदो रहेछ ) हामी लाई कसैलाई भात ख्वाउनु पनि छैन र त्यस बापत कुनै गलत फाईदा लिन पनि छैन । त्यसैले खाना ख्वाएर पाद सुंघ्ने तँपाईको बिचार तँपाई सँगै राख्नुहोस् बरु को को एमाले का कुन कुन नेता लाई खाना खुवाउनु भयो त्यो पनि जान्न पाए यहाँको दानीपना थप उजागर हुन्थ्यो कि ।

  20. yes absolutely true Dipak Manandhar… If anybody has lots of money they can give it to maoist..We can not let them to enter to our room. Its our personal matter..

  21. यो त माओवादीहरुको परिक्षण गर्ने तरिका मात्र हो। भविष्यमा यिनीहरुले के के गर्छन् हेर्दै जानुस् । अहिले खानाको लागी अनुरोध गरेको भन्छन् , भोली बस्न देउ भन्लान् , त्यस पछि कोठा छोड पक्कै भन्ने छन्, त्यस पछि त के के हुँदै जान्छ हेर्दै जानुस् ।

  22. हैन, अहिले नै यस्तो अब्यवस्थित रुपमा कार्यकर्ताहरुलाई मगन्ते बनाउने नेताहरुले देशको के हालत बनाउला त? के, कुनै दिन ज्ञानेको सम्पत्ति हातमा लिन्छु र त्यही पैसाले देश चलाऊँछु भन्ने सपना पो देखेका हुन यिनिहरुले? हो, ज्ञानेको सम्पत्ति जनताको हातमा आउनै पर्छ, तर त्यतिले देश बन्छ त? खै, देश बन्नु अघी १५ बर्ष जनताको लागि लडाईं गरे बापत त्यही कार्यकर्ता र छापामार हरुको हातमा पो जाने हो कि न? मुठ्ठी कसेर लालसलाम गर्दै मा देश बन्छ? एक दिन ठमेल गएर बाटो बढार्दैमा उनिहरुको हातमा रहेको रगत सफा हुन्छ? १० लाख त के, एक करोडनै ल्याउ न, के नै फरक पर्छ र? ति मध्य कतिले पो देश बिकासमा ठोस् contribution न दिन सक्छ र? र हेरुँला कति चाँही भेलामा जान्छन्, कति शहर घुम्दै, मःमः खाँदै ब्यस्त हुनेछन्!

  23. हे पशु ! अमृते , अब तँलाई कसले सम्झाउने कि तैंले भनेको सम्मुनत नेपाल , संघिय स्वस्थता , आमुल मुक्ति जनतालाई डर त्राश देखाएर , धम्क्याएर , जबरजस्ती जनताको पेटमा लात मारेर आउदैन । के मैले पसिना काडेर कमाएको पैसाले तँ जस्ता भतुवालाई बिनासित्ति पेट भरि खुवाउन सक्दिन भन्दैमा तँलाई यत्रो रिश ? तेरो बाउले कमाएर राखिदिएको छ र तँलाई सित्तैमा खान , बस्न दिन ? तेरो तागत छ र तेरो बाउको लुटेर ल्याएको सम्पति छ भने राख न कति जना तेरा भतुवा हरुलाई पाल्न सक्छस ।

  24. एउटा बिषय, मन परेको मान्छेको पाधपनि मिठो हुन्छ मन नपरेको मान्छेको बोलेपनि रिष उठ्छ भन्छन् यहि हो जो माओबादि छैन त्यस्लाइ अनुरोध गरेपनि धम्क्याएको जस्तो लाग्छ होला।
    अब सहरका जनता गाउँमा जानु पर्छ र गाउँका जनता शहरमा आउनु पर्छ किनभने गाउँबाट माओबादि सहरमा आइसके जुन सहरियालाइ माओबादि मन पर्दैन तो गाउँ गए छ किनभने हिजो गाउँमा माओबादि छदा माओबादिमन नपराउनेहरु सहर आएका थिए। तेसै अनुसार्

  25. लौ खुसीको खबर !
    अम्रित मानन्धर भन्ने त ब्यापारी रहेछ. ए ठग साहुजी, ती डाकाहरुलाइ आफ्नै घरमा पाल्नुस न.
    नेपालीलाइ साच्चिकै मुक्ति (स्वर्ग पठाएर) दिन लागी परेका माओबादीहरु सहित ठग साहुजीको पनि जय होस्.

  26. Dear All,

    The People of Patan did very right, we must praise them. We all must go against the all types of atrocities. Maoist turture is too much now, so everybody should come out against them. They are showing their real face. Maoist are anyhow the follower of Dictorial Principles. In all cost they will try to avoid the real election (Because election use to haapen in China, Cuba or Jimbawe) because they beleive only on Guns.

    Rakesh

  27. उमेश जी
    गाउँका जनताले माओबादिलाइ १० बर्ष पालिसकेका छन् के सहरका जनताले २,४ दिन पाल्न सक्दैन? गाउँका जनता गरिब भयपनि माओबादिलाइ पालेर सहरका जनता यत्रो धनि भयपनि २ र ४ दिन पालिदिएमा राम्रै लाग्छ। यस्को मतलब म माओबादिलाइ सम्र्थन गरेको होइन्। कसैले पनि यस्तो नसोचोस्।
    बिदेशि तस्करले माओबादिमाथि घुषपेठ नगोरस भन्ने म चाहन्छु अरु दलहरु त सबै माफियाको जालमा फसिसकेको हुनाले यो देशको हालत यस्तै भयको हो।
    के अरु दल कसरि चलेका छन्? तपाइ हामि ले देखेका छौ देशका नदिनाला बेचेका छन् अनित छलेका छन् होइन्।
    मैले पनि धेरै एमाले का नेतालाइ आफु संग नभै नभै पनि धेरै पटक भात ख्वाएको थिए। थोरै मात्र नेका का लाइ।

  28. iT IS BANKURAPUTCY OF MAOISTS THAT THEY USED SCHOOL STUDENTS IN FARMERS MEETINGS TO SHOW MASS. i PITY THEM FOR THEIR LACK OF SUPPORT AMONG MASSES VOLUNTARILTY. THIS IS BECAUSE PEOPLE ARE AFRAID OF THEIR TERROSIZING TACTICS AND SPECIALLY FRO THOSE WHO WERE ONCE GOONDA IN THE VILLAGE ARE HAVING GUNS WITH THEM WHEN THEY JOIN MAOISTS.
    IF MAOISTS LEADRSHIP AND WORKERS ARE WISE THEY WON’T DO IT BUT IF THEY HAVE NOT PRACTICALLY CHANGED FROM TERRRORIZING GROUP TO A POLTICAL PARTY, WE CAN EXPECT MORE SUCH THING IN FUTRE VARIOUS KINDS OF INTIMATION AND NO FREE AND FAIR CA ELLECTION ALSO. MAOISTS UNTIL NOW HAVE NEVER USED REQUESTING LANGUAGE.
    I PITY TO THEM AS THEY ARE INTOXICATED WITH POWER OF GUNS WHICH IS FATAL TO THEM ALSO.

  29. Morning shows the day. As saying put we rae startting to see maoists’ action when they come to power looks like tehy will snatch all ours that belongs to us. How can they force people like this. It is OKwith stay with their own cadres or in hotels or guest houses. bringing people by ferrying them like hem bahadur Malaa used to bring from Janakapur during Panchayat time is ridicules. Maoists shoudl learn to accept the reality and respect privacy of other people. This action of amoists will create definitely sapce for criminla to do somehting. I hope that they will not do so. But given their record, they say one thing and do just opposite. Now Kathmandu people have got time how people in the village had suffered earlier. And it is also begnning of downfall of maoists also if they continue to behave like Goonda.
    As they are a poltical party like anyother politcal aprty we want to see they beAVE SAME WAY. uSE OF THREATNEING LANGUAGE AND UNNCECESSARY BURDEN TO EACH FAMILY IS SAD AND BAD.
    THANKS UMESHJI TO BRING THIS NEWS. WHAT MAOISTS CADRE OR SYMPATHIZERS SAY NOW?

  30. उमेशजी,
    यो अमृत मानन्धर भन्ने मान्छे नै हो कि कुनै डरलाग्दो जनावर हो ? मलाइ त दिमाख भएको मान्छे हो जस्तो त लागेन. यसो खोजखबर गरौन.
    यस्ता तत्वबाट समाजलाइ ठूलो खतरा छ.

  31. Its almost like a fashion for we, Nepalese people to run behind a whim. Amrit Mananhder’s case is not far from this point.

    Bijay From Chicago,USA.

  32. यो सन्सारमा! मान्छे मात्र होइन पशु र चराहरुले समेत आफ्नो घर नै आफ्नो लागि सबै भन्दा सुरक्षित ठाउ हो भन्ने सोच्चन् ।जब आफ्नै घरमा अएर कसैले धम्क्याउन्, आफ्नै घरमा असुरक्षित बातावरण हुन्छ भने, जो सुकै होस् प्रतिकार गर्नु बाहेक अर्को बिकल्प छैन ।

  33. होइन …!! अनुरोध गरी..र त्‍यस पछि कसैले खुशीले खुवाऊछन्‌ बास्‌ दिन्‍छन्‌ राम़ो कुरा हो तर जबर जस्‍ती चाहि हुन्‍न है ।यस्‍को घोर बिरोध हुनु पछे। भन्‍द्‌या छ नि मैले …

  34. आशिष(aashish)् को नाम मा मैले कुनै अरुको कमेन्ट पढे म यो भन्दिन कि यो सन्शार मा आशिष् भन्ने म मात्र छु तर माथि कमेन्ट लेख्ने साथि लाइ आफ्नो ठेगाना राख्न वा पुरा नाम लेख्न् अनुरोध गर्दछु ।
    अनि आयुध् जि को कमेन्ट पढेर केहि कुरा लेख्न मन् लाग्यो कुनै पनि सर्बशाधार्ण लाइ आफ्ना कार्यकर्ता राख्न दबाब दिनु साच्चिकै नराम्रो काम हो मलाइ येस्तो जोर जबर्जस्ति भयजस्तो लाग्दैन अनुरोध गर्नु छुट्टै कुरा हो तर जुन कुरा मिडिया मा आयको छ यसको बारेमा नेतृत्व प्ङ्ति ले चासो देखाउनु पर्छ अनि कति कुरा त मिदिया वाला हरु पनि हावा को भर मा लेख्ने गर्दछन ।यो कुरा त मिथि को कमेन्ट (ज्यनकाजि )बाट पनि प्र्स्ट हुन्छ ।अनि आयुद जि हावा मा कमेन्ट लेख्नु भन्दा पैला सत्य तथ्य बुझेर मात्र लेख्नु होला है ।
    आशिष
    सुइश

  35. Amrit Manandhar bhanera nikkai malai gali gare tara ti gali garne sabai 7dal ani darbar ka bhate imandar haldar hun yesma ma k bhanna chahanna. Bastab ma jasle janata ko bastabik mag hamro samu leuchha tyahinai janata ko parti banchha, hamilai samunnat nepal chahiako chha, shanghiya swastata chahiyeko chha, amul mukti chahyeko chha, bidesh ma haina swadesh ma ramro rojgari chahiya chha tyo mag moist le matra jod-dar sath uthayeko chha tyasaile sampurna janata moist prati jhukab rakhnu swabhabik ho tara ma tapaiharule bhaneko jasto moist agent haina ma normal euta bussiness man ho.

  36. हो मेरो घर मा पनि बिहान २ जना केटा हरु आएका थिए १० जना को लागि खाने र सुत्ने बेबस्ता गर्नु भनेका छन म त अचम्म पर्छु बा देश नै चलाऊछु, देश मा बिकास गर्छु, नयाँ नेपाल बनाउछु भन्नेले एक दिनको आम सभाको लागि माग्ने को ताल गरे पछि आब सबै नेपाली थाह पाइसके, भोलीका दिन्मा इनी हरु ले के गर्लान भनेर ।

    कोहि कोहि को घरमा राख्दैनौ ठाउ छैन भन्दा धम्कि को भाशा ले बोले रे। हुन पनि हो नि २ ओटा मात्रै कोठा भयेको ठाउमा कसरि १० जाना राख्ने हो?

  37. Jyan Kaji ,

    Kati jana rakhe bhayau ta?

    Timi pani Dera ma chhau bhanne kura Thaha chha. Gharbeti ko Bhada Baki hola tesaile Maobadi ko Dhak Lagayera Gharbetilai Dhamkyauna Khjeka Chhau, hoina?

    Yaha pani Je socheka chhau tehi Lekhe Hunchha..
    Ani timilai Maobadi bhanera ke ko Dar..Timilai ta thei ho bhnera dekhunu nai chha bhane..

    Sachin

  38. Umesh jee,

    Is that Amrit Mamandhar real or fake?

    I think he is a Maoist agent (fed with Chnada) to play in your blog, just to delude us. Will you please verfy?

    Kaso sathi ho? patta lagaunu parchha ki pardaina?

    Sachin (Buddhanagar)

  39. Ayuudh jee,

    You are looking quite frustating…!
    Everythings will be OK…People of Patan are really poweful throughout histroy..Remember Chaitra 2046 BS.

    Maobadi ko Tagat bhatye Bahira bata Manchhe leraunu pardaina. Tyo Prachanda le ramro kam gareko bahye tesko ko bhasan Sunna Katmanduma 10 lakh bhnada badi manchhe Swata Sfruta rupma auchhan.

    One point to be noted: 10 Lakh Nepaliharu puryauna (Nepal Bhari garera) Maobadi lai muskil parko chha. (Ti sabai lai Kahmandu lerauna khojirakheka chhan.) 10 lakh bhneko total nepali ko 4% jati mattra hunchha. Yadi Rastraiya Party banna 5% vote lerune kura Sambhidan ma ulakh garyo bhane MAOBADI Party ko JAMANAT JAFAT HUNEWALA Chha.

    Please remeber Pradip Nepal’s Quote on latest BLOG.

    Sabailai Chetana Bhaya..

  40. उमेस जी
    मेरो बसोबास पनि कुपण्डोल मै हो। म काँ पनि हिँजो माओबादिका कार्यकर्ताहरू आएका थिए। र मसँग उनिहरूले आफु माओबादि भएको र आफ्नो कार्यक्रम अनुसार २४ गतेको लागि १ दिनको लागि १ छाक खाना र सुत्ने बेबस्ताका लागि अनुरोध गरेका थिए। उनिहरूले संख्या पनि नतोकि कति जना राख्न सम्भब हुन्छ भनि सोधेका थिए। ति मध्ये मसँग कुरा गर्ने मुक्ति नाम गरेका बाग्लुङ्का थिए। तर याँ चर्चा गरिए जस्तो धम्किको भाषा उनिहरुले प्रयोग नगरि अनुरोध गरेका थिए। र उनिहरूको भनाइमा जनताकै माझमा कार्यकर्ता राख्ने भनेका थिए। मैले जे भोगे तेइँ भने लौ जास्। लौ यो पनि माओबादि भने भन

  41. I don’t think this is very good idea of moaist to force the people to feed and live in their house. Like this way they will move downwards in the eye of nepali people(especially in KTM, Lalitpur and Bhaktapur). I don’t like this kind of things at all. They should have been asked the government to provide food and shelter to them. If not then they should have LIVE in schools, many other places. If they ask for certain funds to feed their cadres then everybody will give them whatever they can. People who have their “daughters” and “daughter in laws” will face the most problem. So Moaist bors please stop doing these none sense things.

  42. maathi ko bhaate amrit manandhar le comment gareko dekhera haas uthyo. maobadi bhaneko k desh bachauna aayeko ho ra tini harule j j bhaneko tehi manne? 10 barsa samma gulelai luteka maobadi palkera sahariyalai lutdaichan. k yogdan gareka chan yi maobadi harule? deshko sab sampati yini harule lutna thali sakyo. nepali harulai ruwaune lutne pitne yehi ho maobadi. army bhanda jhan jhan khattam hudai chan. yi maobadi lai thaha chaina sabai janale mihinat garera kamaucha. aajha ananda sanga sutna ra khana de natra goli thokchu re? laaz nabhayeka chor haru desh ra jantako lagi laddai cha ra yini haru?

  43. amrit manandhar terai gharma rakh sabai maobadi haru lai…..tini haruko amsabha ma local janata jadaina bhanera bahira bata sara lutera haru lai uthayera laudai ma local manche la afno afno ghar ma kina rakhnu paryo…tyo ta maobadi party le manage garnu parcha ni….janata lai kina dukha dirakhnu paryo…

  44. पाटनबासीले जे गरे ठिक गरे… ।
    माओबादि कार्यकर्ताहरुको कार्य दिन प्रतिदिन निन्दनिय बन्दै गएको छ ।
    योगेश जी ले भन्नु भए जस्तै.. को माओबादि? को खओबादि ? कसरी चीन्ने, जनताको हित नसोच्नेलाइ के जना सेना भन्नु …

    खुल्ला रुपमा बाहिर निस्केको बर्ष दिन नपुग्दै यस्तो चाल छ।

    स्‍याबास कमरेडहरु ???…
    यसरिनै दिनप्रतिदीन आफ्नो छबी बिगर्दै जानु जनताको सामु..

  45. It’s a high time maoists to discipline themselves so as to avoid the possible offensive from the people. People are compelled to fulfill their so called “request” irrespective of the people’s willing. They also have the narrow concept of “People” like they presume that only maoist and their supporter are the people and those who do not support are not the people… very autocratic ideal. Their claim that we are doing all this for the people is simply not justifiable. The sooner they improve in their deeds, the better the people’s response to the maoist in the coming election of constituent Assembly.

  46. अमृत मानन्धर जी ,

    माओबादीहरूलाई गाँउले हरुले १० बर्ष पाल्यो अब शहरियाले पाल्नु पर्यो भन्ने तँपाईको अभिब्यक्ती सुन्दा त आमाले मलाई ९ महिना गर्भमा राख्यो अब ए बाऊ ! मलाई काँध चढाऊ भन्न खोजे जस्तो पो लाग्यो । गाँऊमा १० बर्ष सम्म सोझा साझा जनताले माओबादी पाल्न नसक्दा खुकुरीले रेटिन परेको , भिर बाट गुल्ट्याईएको अनि मरनासन्न हुने गरी कुटेर अपांग पारीएको समाचार सम्झदै अब शहरमा पनि त्यही नांगो आतंकको नाच दोहर्याउनु पर्यो भन्न खोजनु भएको त हैन ?

    के माओबादी आतंक बाट शहरीया हरू मात्र अछुतो थिए त ? आफ्नो पेट काटेर माओबादीलाई चन्दा दिन बाध्य शहरीयाहरुका कथा , पिडा हरूलाई तँपाई कम नआक्नुहोस । अनि माओबादी आतंकको पराकाष्ठा सारा देशबासीले भोगिसकेका छन् । अब शहरिया र गाँउले भनेर त्यसको लेखाजोखा गर्नु कदापी हितकर हुदैन।

    फेरि प्रचण्डको संबोधनको औचित्य , १० लाख मान्छे थुपरेर शक्ति प्रदर्शन गर्नुको फाईदा पनि त खासै देखिन्न नि ! अस्ति नै बिध्यार्थीहरूको कार्यक्रममा स्कुले साना-साना फुच्चाहरू जबरजस्ती ल्याएर त्यत्रो निन्दा खपिसकेका माओबादीहरुले अब फेरि यो किसिमको दबाब दिइ शक्ति प्रदर्शन गर्छ भने त्यसको बिरोध त हुनै पर्छ । यसमा गाँऊको पालो , शहरको पालो भन्छौं भने निश्चय नै यो संकिर्ण मानसिकता भन्दा अरु केही हुन सक्दैन ।

  47. भन्नपनि कसरी सक्या हो, लाजपनि छैन अर्काको घरमा गई सित्तैं खान र बस्न जबर्जस्ती गर्न। काठमाडौंका मान्छेलाई करोडपती ठानेका छन् कि क्याहो यिनीहरुले। करोडपतिनै भएपनि नी चिन्नु न जान्नु अरुले सित्तैंमा खान र बस्न दिन्छ भनेर जबर्जस्ती गर्नु त माहा असभ्यपना भो। गजब छ बा!

  48. योचाइ मावोबादी हारुले नराम्रै गरेकाहुन रास्ट्सग्ले खानब्स्न दिन्छु भन्दाचाइ आत्मा सम्मन बिपरित भन्नि आजचाइ मगाइमा पिल्छिएका जनतालाइ खानापिन बसाइ र पैसासमेत चन्दादिउ भन्नि योचाइ पाकाइ रामरोभायन यिनिहारुले भोली जनतासामु भोट्माग्न जानुप्र्छ भनिनै वीरसेकी क्यहो?
    योकुरात १२-१४-२१ र प्रचन्ड १०० भन्दावडी मौखिक प्रतिबधता पछीको घाटनहो प्रचन्डलाइ आफानै कार्यक्रता ले तिरोकुरा इस् भनेर कम्मर तालको बिकराल्,भुगोल्, देखाको जस्तो लगयो मलाईत

  49. माओवादीको यत्रो देश बनाउने महायोजनामा भात ख्वाएर गर्नु पर्ने “भाते योगदान” र सुत्ने बस्ने कोठा दिएर “कोठे योगदान” गर्ने सुअवसर सारा देशवासीलाई १२ वर्षदेखि मिलिरहेका बेला यही अहोभाग्य बाँकि राजधानीवासी सुविधाभोगी वर्गका लागि पनि सौभाग्यवश नसीव भएका बेला यस्तो विरोधको रडाको नझिक्नु पर्ने हो ।

    माओवादीले त अनुरोध सम्म गरेका हुन , त्यो जोरजुलुम गर्ने काम चाहिँ सरकारी सेना र भिजिलान्तेको हुनसक्छ । ती पक्कै गिरिजा वा काजु कान्छाका मान्छे हुन पर्छ , नपत्याए हाम्रा कामरेडहरुलाई सोधेर हेरेहुन्छ । हैन त मानन्धरजी, आसीशजी र रक्की जी ?
    माओवादीलाई चन्दा र जोरजुलुम गर्न पर्ने केही कारण नै छैन , किनभने जनता आँफै तँछाड मछाड गरेर माओवादीलाई भात ख्वाउन र घरमा बसाउन आतुर देखिइरहेको पाइएको छ राजधानीका तीन शहरभरि । कहाँसम्म भने मान्छेहरु घर माओवादीका लागि छाडेर , काठमान्डु बाहिर तिर निस्किसकेका छन, यही मौकामा तीर्थाटन पनि गरूँ भनेर र घर पनि माओवादीको पवित्र वासबाट स्वस्ति शान्ति होवस् भनेर ।

    यो हुनुमा मोरियार्टी, ज्ञानेन्द्र , अमेरिका , भारत र त्यो तालु खुइले गिरिजाको षडयन्त्र भएको हुनसक्छ । यसो भनेर वार्ता भाँड्ने काम गरेको हुनुपर्छ , प्रतिगामी मण्डले भिजिलान्ते पुरानो सत्ताका मतियार हरुले हाम्रो नया , ताजा , सुमधुर , सुगन्धित तम्बाकु खैनी जस्तो जनसत्तालाई।

  50. umesji…mero bichar ma maobadi haru lai jungle mai firta garne sadyantra bhairaheko chha ; santi barta bifal garauna america india darbar nepali kangres etc shakti lagi pareka chhan .

  51. Umeshji

    If maoist continued this type of action the result may be like “Chouta Khana Gayeki Budhi Jholma Dubera Mari”………. So Kamred Prachanda! I request you to regulate your party members………..

  52. Umesh ji
    it is so sad news because nobody has no right to force others.if their cadres will be arrived in the kathmandu then the responsibility should be taken by themselves not the resident of kathmandu.
    in the period of peace talking such type of activity will affect that vary situation.i am very musch happy when i recieved the news about the consciousness of kathmandu people to press the maisost not to do so

  53. उमेश जी , सार्हे राम्रो खबर सुनाउनु भयो । म साथी संग यहि बिषयमा छलफल गर्दै थिए कि अब के गर्ने भनेर। यदि पाटनबासीको यो बिरोधलाई सकारात्मक रुपले लिएर माओबादीले ‘दबाब ‘ छोडेर बैकल्पिक उपाय अपनायो भने त्यो माओबादीहरुको ठुलो बुद्दिमता ठहरिने छ नत्र ठुलो भुल ।

    ल मानौ माओवादीले ‘असहयोग नगर्न’ चेतावनी दिएको छ हामी डरका कारण नै सही उनीहरुलाई राख्न बाध्य भयौं रे अब माओवादी पहिचान गर्ने आधार के त ? उनीहरूका नाममा असामाजिक र आपराधिक तत्त्वले फाइदा नउठाउला भन्न सकिन्न । माओवादी भन्दै आएर कसैले राति केही गर्‍यो भने के गर्ने ? सबैका घरमा छोरीबुहारी हुन्छन्, सुरक्षा र आत्मसम्मानको कुरा हुन्छ । त्यसैले यो दबाब माओबादीका लागि धेरै घातक हुन सक्दछ ।

  54. दु:ख लाग्दो कुरो। छवि सुधार गर्न पर्नेमा किन विगार गर्दैछन् कुन्नी? एक पटक सोध्ने हो कि उमेशजी प्रचण्डजीलाई।

  55. They want to show their strength or support from people to international bodies who usually decide based on Kathmandu. But the ways Maoists have created atrocities as known from Media is condemnable.

    Yadab

  56. Nepali bhate haru lai thachhaina ni kasle desh ko bikas garchha bhanera tyahi bhayera desh ko lagi jyan lai khukuri ko dhar ma rakhera janayuddha garne kranti ka yodhha harulai 3 chhak bhat dina pani mandaina. Gaunle haru le 10 barsa samma pale yo kura uniharulai thaha chha ki chhaina? k uniharu ko yogdan begar yaha Ganatantra ko nara aayo? ya Sambidhan sabha ko Nara nai ayo? Ti brhasta Darbariya 7dal le kahile uthauna sake yee mudda haru? yee 7dal ta moist harule ropera hurkayeko pakeko fall khana khojiraheko chha ahile tyahi bhayera jana mukti sainik lai 3 chhak khuwanu lai naramro manna sakinna. Dabab namani khana dinu parchha akhir uniharu le khane kata ta?
    Sarkari sena le pani janata kai pasina ta khadai chha k tyo thaha chhaina nepali janta lai?

Comments are closed.