अमेरिकी चुनावी बुथमा पुग्दा

-ओजस्वी/भर्जिनिया-
अमेरिकामा आज मंगलबार जम्मा ४ सय ३५ कंग्रेसम्यान, ३३ सिनेटका लागि ३६ राज्यमा भइरहेको निर्वाचनको चहलपहल हेर्नका लागि भर्जिनियास्थित प्रिन्सवीलियम काउन्टीको एक बुथमा पुगेको थिएँ। अमेरिकाको चुनावमा मानिसको सहभागिता त्यति धेरै नभएको देखेँ। यो अमेरिकन मतदाताहरुको चुनावी वितृष्णा हो कि के हो -म आफैंले आफैंलाई प्रश्न गर्दैछु।

चारवटा बुथ रहेको उक्त मतदान केन्द्रमा बिहान आठ बजेतिर पुग्दा पाँच जना जति मतदाताहरु देखिएका थिए । मतदान अधिकृतलाई किन यति थोरै मतदाताहरु भनेर सोध्दा बिहानै धेरै मतदाताहरुको चहलपहल थियो भन्दै थिए।

हुन त हो नि मतदान गर्नका लागि न कुनै कार्यालयहरु बन्द छन् न त कुनै उद्योगधन्दा, व्यापार व्यवसाय। नेपालमा जस्तो सार्वजनिक विदा र सवारी साधन चलाउन नपाउने कहाँ हुन्छ र। सबैले आफ्नो काममा पुग्नै पर्ने । त्यसो त मतदाताहरुलाई मतदान गर्न जान केको त्यतिको जरुरी भयो र – विशेषतः सरकारी कार्यालयहरुमा काम गर्नेहरुका लागि भने मतदान दिएर काममा अलि ढिलो पुग्दा पनि हुने व्यवस्था मिलादिएको हुन्छ भने अन्य निजी कम्पनीमा काम गर्नेहरुका लागि त्यस्तो कुनै व्यवस्था हुँदैन । काममा समयमा नपुगे आफ्नै घण्टा घट्ने के गरुन् – मतदाताहरुले । घण्टा घटे आफ्नो त्यो दिनको आम्दानी नै घट्ने भएपछि मतदानप्रति भन्दा पनि कामप्रति उनीहरु वफादार देखिनुपर्ने बाध्यता नै मान्नुपर्छ ।

अर्को एक बुथमा पुग्दा बुथका निर्वाचन प्रमुखलाई केही तस्वीरका लागि आग्रह गर्दा ती अधिकृतले तस्वीर खिच्न दिन मानेनन्। उनको तर्क थियो ‘यहाँ अहिले तस्वीर खिच्न थाल्यो भने मतदाताहरुको ध्यान अन्त मोडिन सक्छ’। यसो भन्दै उनले आफू तस्वीर खिच्न दिन असमर्थ रहेको बताए।

हरेक नागरिक साक्षर मानिने त्यस्ता मतदाताहरुको तस्वीर खिच्दा कुन त्यस्तो ध्यान मोडिन्छ त्यो कुरा ती अधिकृति नै जानुन्।

फेरि अर्को रमाइलो पक्ष के भने चुनावको बुथभन्दा चालीस फुट बाहिरदेखि चुनावी प्रचारप्रसार गर्न पाइने रहेछ । त्यसैगरी चुनावमा खटिएकाहरुमा प्रायजसो सबै स्कूलका शिक्षकशिक्षिकाहरु हुने रहेछन् ।

चुनावी क्षेत्रका प्रायशः सरकारी विद्यालयहरु भने सबै बन्द हुने रहेछन्। किनकि मतदान केन्द्र तिनै विद्यालयहरुमा राखिएका हुन्छन् । ती स्कुलका मतदानमा खटिएका कर्मचारीहरु भने बिहान ६ बजेदेखि शुरु हुने मतदानका लागि बिहान पाँच बजेदेखि बेलुकी सात बजेसम्म बुथ खुल्ला हुनेछ भने त्यो सातबजेसम्ममा मतदानका लागि लाइनमा बसिसक्नुपर्ने हुन्छ । ती कर्मचारीहरुले झण्डै नौ बजे रातिसम्म त्यहाँ काम गर्नेपर्ने रहेछ।

मतदान केन्द्रका एक शिक्षिका भन्दै थिइन्, आज सबैभन्दा लामो डिउटी हुन्छ त्यो किनभने न लञ्च न डिनर दिनभर उभिएको उभियै, बस्नेले बसेको बस्यै।

10 Comments

  1. “PRAJATANTRA vs BHID TANTRA”

    Prajatantra Nepal ma Bhid tantra ko paryaya bhayeko le Prajatantra sarthak huna hul, julush, hadtal nai hunu parne hamro manasikta pariwartan huna nikkai time lagne dekhinchha mathi ka abhibyakti haru bata.

    “Haina America ma ta Nepalan jasto “Nepal banda” bhanne hunna re, aba kasori bho ta tyahan Prajatantra sathi ho?” bhanne khalka bichar haru pani aauna ber chhaina sathi haru bata yo Umesh ji ko bolg ma. Achamma le marnu ni daiba, maile sakina.

    Bikasit desh haru ma Prajatantra kanun ma tikeko hunchha, hamro jasto deshma Prajatantra neta haru ko paribhasha ma.

    Bhidtantra lai Prajatantra bhanera bujhnu bhayena bhanne matra gunaso ho sathi haru, anyatha naliyi dinu hola, dhanyabad.

  2. र आर्को कुरा बबा जि, Presidencial Election मा एक दिन को बिदा छ र आरु चुनाव मा एदी भोट खसाल्न जान्छु भन्छ भने अनिवार्य रुप मा बिदा दिनै पर्छ काम ले , आखिर् धेरै समय लग्ने पनि होइन । but anyway we should not compair with our system.

  3. पहिलो कुरा त अ्मेरिका मा, मान्छे हरु आफ्न् काम मा काम राख्छन, हमि काह जस्तो नया सर्कार् आये पछि जरै देखि सबै उखालेर, नय रोप् दैनन्। आर्को कुरा धेरैले राज्निति मा चाख पनि लिन्दैन्नन्। र धेरै जसो मतदान् सुबिधाजनक् हुन्छ। जस्तो कि तपाइ किन्मेल् गर्न जादा थुलो डेपार्त् मेन्तल् पशल् मा समेत् मत दन् गर्न पाउनु हुन्छ। दिन्भर् घाम् मा लाइन मा बसेर गर्नु पर्छ भन्ने छैन। र प्राय जसो मतदान् येक् दिन् मात्र होइन कि केहि दिन् अगादि देखि नै गर्न सकिन्छ। फ्लु को खोप् लिन्दा समेत् मोतर् बात हात् मात्र बहिर निकालि दिएय् पुग्छ (Drive through)।

  4. Do not take otherwise on American Election.They have early voting as well as absentee ballot mechanisms that allow voters to vote early and via mail. This mean, voters do not have to wait unitl the election day. Furthermore, if the people are committed for thier democratic norms, they have to vote no matter there is government leave or not. Government leave does not necessarily induce higher voter turnout. What if they start having picnic or playing cards instead of going to vote. American government know the problem.

  5. साथी हरु, पहिला कुरा बुझोउ अनि मात्र गालि सुरु गरौ।
    आमेरिका मा हाम्रो देश मा जस्तो एउटा टोल मा एउटा मात्र मत दर्ता गर्ने ठाउ हुने जस्तो हुँदैन । यहाँ हरेक public schools, fire stations, public libraries मा येस्तो सुभिस्ता राखियेको हुन्च अनि दुइ तिन् दिन् को भोट् खसाल्ने टाइम् राखियेको हुन्च जस्को अन्तिम दिन् आज नोवेम्बेर् ७ तरिख् हो। हरेक माइल अथवा दुइ माइल मा येस्तो खाले सुभिस्ता राखियेको हुन्च। जसले गर्दा तेति भिड् भाड् न देखियेको हुन सक्च। फेरि भोट् खसाल्न जाने हरु को लागि काम ले पनि चाइने समये time off लिन पाउने नियेम कानून च। अब येस्तो सुभिस्ता भयेको देश् मा किन चाइयो पुरा दिन् को vecation। म्यारिज् खेल्न??

  6. Let me add:
    Since most of the voters vote absentee ahead of time, no big rush is seen at poling booths. ‘Chahalpahal’ is seen only in the evening or morning – before people leave for work, or after work. Poling booths stay open until late. So, people have ample time to vote if they really want to. The reality is the elections are for mainly White people since only few minorities vote in elections.

  7. Law speaks in developed countries. However in our country political leaders mouth act as law meaning they can twist and rule out the law written in paper. They make law in their head as per the need of the sight.

    In developed countries people have no time. Monday to friday they work and weekends they take rest many go for drink etc. Its stressful being a citizen of the developed country. They have to take responsibility for their duty. They can’t simply point finger to other like in our country. we have never ever seen someone who is the post has accepted his mistake. Pointing finger to other sitting aside is better tradition in our country. Hope after this sumit talk conclusion we people get improved our habit more democratic way.

    God bless Nepal and Nepali people.

  8. प्रजातन्त्रमा सबै नागरिकलाइ मतदानको अधिकार भएको भनिन्छ त? जब सम्पुर्ण उधोग, बैकं, अबै अनिबार्यरुपमा खुल्दछन् त अनिबार्यरुपमा घन्टा मार्न जानुपर्छ त एकदिनको लागिपनि मतदान गर्ने अधिकार पनि नहुने ठाउँलाइ कसरि प्रजातन्त्र भन्ने भनिदिनुन साथिहरु? मैले त भुझनै सकिन।

Comments are closed.