जापानमा 'मेरो संसार' को प्रभाव


सात दल र माअ‍ोवादीबीच भएको सहमतिका बूँदाहरुको ‘मेरो संसार’ बाट निकालिएको प्रिन्ट आउट फुकुअ‍ोकाको एसिया जापानिज स्कूलको सूचना पाटीमा, त्यसलाई उत्सुकतापूर्वक हेर्दै नेपाली विद्यार्थीहरु।
-रितुकुमार दुरा/जापान-
सात दल र माअ‍ोवादीबीच हिजो भएको शिखर वार्तामा भएका सहमतिहरुका विषयमा देशमा मात्र हैन, विदेशमा बसिरहेका नेपालीहरुलाई पनि निकै चासो रहेको छ। त्यही चासोलाई ध्यानमा राख्दै जापानको फुकुओकामा रहेको एसिया जापनिज भाषा स्कूल को-अर्डिनेटर धर्मराज अधिकारीले उक्त सहमति सबैभन्दा पहिला छापिएको ‘मेरो संसार’बाट प्रिन्ट गरेर सूचना पाटीमा टाँसिदिनु भएको थियो।

त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले आफ्नो स्कूलको सूचना बोर्डमा टाँसिएको नेपाल सरकार र माओवादीबीचको सहमतिको बुँदाहरु निकै चासोका साथ हेरेका थिए। बिहान ९ बजे नै स्कूल पुगेका विद्यार्थीहरु स्कूल सकिएपछि पनि धेरै बेरसम्म त्यही सूचना पढ्नमा व्यस्त देखिन्थे। नेपाली भाषाको उक्त सूचना पढ्दै कोही नेपाली विद्यार्थीहरु विदेशी विद्यार्थीहरुलाई नेपालको बारेमा बताउँदै थिए भने कोही बल्ल नेपालमा दीगो शान्ति र विकासले निरन्तरता पाउने भयो भन्दै आपसमा छलफल गर्नमा व्यस्त देखिन्थे।

सूचना प्रविधिको दृष्टिले जापान अगाडि छ, इन्टरनेटको सुविधा सुलभ छ। तैपनि आफ्नो स्कूलको ब्रेक टाइमको सदुपयोग गर्दै ‘मेरो संसार’को प्रिन्ट आउट पढ्न व्यस्त देखिन्थे विद्यार्थीहरु।

विविध खाले परिस्थितिका बावजुद परदेशमा रहे पनि नेपाली मन न हो, नेपालको माया प्राणभन्दा प्यारो हुन्छ। सहमतिमा गरिएका ती महत्वपूर्ण बूँदाहरुमाथि सही कार्यान्वयन गरी नयाँ नेपालको निर्माण र सम्पूर्ण नेपालीको एउटै चाहना दीगो शान्ति र विकासको निम्ति सँगसँगै हातेमालो गरी अगाडि बढौं- यसैमा नै नेपाल र नेपालीको भलो छ। साँच्चै मेरो नेपाल प्राण भन्दा प्यारो छ।

एक दशकदेखि सुरु भएको नेपालको हिंसात्मक माओवादी जनयुद्धको अब टुंगो लागिसकेको छ। जे चाहेका थिए, त्यो कुराको प्राप्तिले नेपाली जनताहरु हर्षित छन्। देशमा दीगो शान्तिको अभावमा नेपाली जनताहरु लामो समयदेखि निस्सासिएका थिए। कति घरवारविहीन भएका थिए, कति परदेशिएका थिए, त कति शोक र सुर्तामा डुबेका थिए। अब भने त्यो स्थितिको अन्त भएको छ।

7 Comments

  1. thanks for giving information of japanese nepali student eager about own country .
    keep it up dura by madan, asia japanese academy, fukuoka

  2. Umesh ji
    Myself as a student in abroad have a great curiosity about present political development in home country. Honestly, last night I was desperately looking for latest update in your blog. You deserve a lot of thanks for working hard to inform us. I personally would like to thank you very much. We would like to help you in near future too. If there is any thing that we can do, please let us know. Keep it up. You could also look our organization website as http://www.nepalkorea.org
    Have a good time

  3. म पनि यस्तो खबर स्कुलको बोर्डमा टास्ने थिए तर के गर्नु स्कुलभरिमा जम्मा म एक्लै परे. हिहिहि….
    Phuri Sherpa
    Tokyo Japanese Language Education Center
    Tokyo Japan.

  4. ma ta nepal lai badhai didaina…baru mero sansar lai dinchu.

    nepal ta ustai ho…barta safal bhayo… tara pani testai ho…bikaash ko naam maa kei holaa jasto laagdaina.

    aakhir uhi bhaat dal tarkaari khaanu parcha…jati j garey pani , hoina ta..? but yes….napal maa shanti chhaucha…but….aru ta ustai ho..!!

  5. MERO SANSAR KO LOKPRIYATA.. NEPAL MA MATRAI HOINA BISWO KO KUN KAPCHA HARUMA SAMET DHERAI LOKPRIYA VAI SAKKO CCHHA..YAHA DOHA QATAR MA PANI MERO SANSAR NAHERNE RA THAHA NAHUNE BIRALAI HOLAN…

Comments are closed.