गिरिजा बाजेलाई नाति कविको आग्रह

माअ‍ोवादीले आज काठमाडौंका विभिन्न स्थानबाट निकालेको विजय जुलुसपछि टुँडिखेलमा आयोजना गरेको विजय सभा हेर्न म अलि ढिलै पुगेको थिएँ र टाढैबाट दर्शकका रुपमा हेरेको थिएँ। रुबिन गन्धर्व लगायत अरु कलाकारहरुले प्रस्तुत गरेको प्रस्तुति त हेर्न पाइनँ तर एक भर्खरका किशोरले स्कूल ड्रेसमा पढेको कविता भने सार्‍है चोटिलो रहेछ। अलिकति सुरुमा छुटेको भए पनि मैले त्यो कवितालाई अडियो ब्लगका रुपमा भित्र राखेको छु।

बाल कविको कविता सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

31 Comments

  1. Umesh jee,

    Please have that bhai send this poem to BBC “Maile Soche Jasto Hune bhaye”! I think all Nepalese should know this truth and public sentiment from very young to old.

  2. We all heard about King and Koirala familiy. There are many revealing things about BabuRam and Hisila’s too.

  3. Umesh ji . Sano vaiko kabita sachhai chotilo chha . tara umesh ji pani kabita ma makhkha bhayera sano bhaiko namai lekhna chhutaunu bhayechha .

    – Badri
    Bangladesh

  4. umesh ji barta safal bhayako ma tapai lagayat hami sapurna nepali khuchi ma rameka chau,tesai mathi hami bides ma raheka nepaliko ta khushi ko simanai chaina ,sano bhai le kabitama bhanejastai girija parsad koirala le rastala unatti tarfa laijane kurama hami bisawsta chauu,jagat from south korea.

  5. कबितकओ लागि धेरै धन्यवाद । राजनीतिगर्नेहरु भन्छन हामीलाई काम गर्न १०० दिनको हनिमून पिरियद दिनुहोस ।
    अब हेरौ कस्ले कति काम गर्ला । हद्दि खान त पहिलानै लुछा चुदी गर्न थाली सके भन्छन् है ।

    -MYYOGEN
    HOng kong

  6. उमेश जि
    भालु लाइ पुरान सुनाएर के गर्नु,हाम्रा गिरजा बाबु सेरेमोनिअल किन्ग भनेर हुरुक्क ६न.
    हामिले कबिता गीत सुनाएर हुदैन,मोरियर्ति ले चहि इसारा गरे पुग्६…बरु…कबिता मोरियर्ति लै नै सुनाउनु भय बेस हुन्थ्यो…
    साचो उतै ६….उनैले भन्थे गिरिज लै….उनको भासा चहि अलि चाडो बुज्६न

    बिस्नु आचर्य्,भियना

  7. Umesh ji tapaile skule bidhyarthi lai kina rajniti ma lyaune bhannu bhayeko thiyo ta hernus ta yo skule bhai ko jati rajniti k tapai hamile bujheka 6aun ta?
    tesaile yinai hunbholi ka hamra neta. swaichhya le yiniharu rajniti gar6an bhane garna dinu paryo ni hoina ta umesh ji!

  8. सम्झौता र ने क पा (माओबादी)को स्थानको प्रश्न

    अस्ति मात्र ऐतिहाँसिक सम्झौता सम्पन्न भएको छ । देश-बिदेशबाट यसको समर्थन को क्रम जारी छ । यो सम्झौताले सर्वत्र एउटा आशाको लहर पैदा गरिदिएकोको छ । दशक लामो हत्या,हिँशा र आतँकको चपेटामा पिल्सिएका नेपालीहरुमा हर्ष र उत्साह को लहर पैदा हुनु स्वभावीक हो । यो सम्झौताले किनपनि आशा जगाएको छ भने बिद्रोहि पक्ष नै बार्ताको क्रममा बढि लचकदार र सम्झौता पछि बढि खुशी देखिएको छ । यसबाट माओबादी साँच्चै मुलप्रबाहमा आउन चाहेको प्रष्ट हुन्छ । समयको माग , मुलुकको आवश्यकता र जनताको चाहना पनि त्यहि हो ।
    सम्झौता र आचारसँहिताको कार्यान्वयनमा माओबादीहरुको कस्तो प्रदर्शन रहन्छ ,त्यसैमा सम्झौताको भविष्य निर्भर छ । फर्केर हेर्दा माओबादीहरुप्रति ढुक्क हुने ठाउँ कम छ । बिगतमा आचार सँहिताको ब्यापक उलङ्घन र समझदारी बिपरित का कृयाकलापहरु धेरै भएका हुन । माओबादीका यस्ता ब्यवहारले बिच्-बिचमा शङ्का-उपशङ्का र अविस्वास् को वातावरणको पनि सृजना भएको हो । गिरिजा प्रसाद् कोइरालाको अतिशय सँयम र माओबादीको बार्ताप्रतिको निरन्तर समर्थन र अठोटको फलस्वरुप् यो सम्झौता सँभव भएको हो । यस सम्झौता मार्फत ने क पा (माओबादी)सफलतापुर्बक र ससम्मान मुल प्रबाहमा अवतरण गरेको छ । एमाले बराबरको हैसियत प्राप्त गर्नु सामान्य कुरा होइन । भविष्यमा आफ्नो हैसियत कायम राख्न माओबादी सफल होला-नहोला भन्ने कुरा उसको ब्यवहार र सुझबुझमा निर्भर गर्छ । सम्झौताबाट प्राप्त शक्ती वास्तवीक नहुन पनि सक्दछ । जनताबाट अनुमोदन प्राप्त गरि नसकेकोले माओबादीको दोस्रो शक्ती को पोजिशन र एमाले बराबरको हैसियत कृतृम् हो । यो उपलब्धिलाई कायम राख्न माओबादीले गर्नु पर्ने धेरै कामहरु छन् ।
    सिद्दान्तत: माओबादी पार्टी अधिनायकबादी र तानाशाही हो । यहि सिद्दान्तलाई लिएर बिना हतियार जनतामा जाने हो भने माओबादी ठाडै दुत्कारिने कुरा निश्चीत छ । आफुमाथी हैकम लाद्छु भन्ने दललाई कुनैपनि बहानामा जनताले भोट हाल्दैन । त्यसैले सिद्दान्तत: माओबादी सँशोधीत हुनु अनिवार्य छ । सबैभन्दा चुनौतिपुर्ण काम भनेको माओबादीको लागि सैद्दान्तिक प्रश्न नै हो । हिजो एमालेलाई त्यो काम गर्न दुई दशक लागेको थियो । अब माओबादी लाई कति समय लाग्ने हो त्यो प्रचण्ड को योग्यता र प्रतिभामा निर्भर हुने कुरा हो । मदन भण्डारीमा जस्तो चमत्कारीक प्रतिभा उहाँमा छ छैन् भन्ने कुरा निकट भविष्यमा देखिने छ । उहाँ मिलिटेण्ट लिडर मात्र हो कि मास लिडर पनि परिक्षण हुन बाँकि छ । यसै कुराले माओबादीको स्थानहद र भविष्यको पनि छिनोफानो गर्ने छ । सुझबुझ र कौशल पुर्याउन सकिएन भने माओबादी टुटफुट र बिभाजनको दलदलमा भासिन सक्छ । ईतिहाँस साँक्षी छ नेपाली वाम आन्दोलन काँचको महल हो । अलिकति तलमाथि हुनासाथ गर्ल्याम-गुर्लुम ढल्न पुग्छ ।
    अर्को गहन सवाल हो माओबादीको सामाजिक सम्बन्ध । माओबादीले दशक लामो सँघर्षको क्रममा जानेर होस वा नजानेर आम नेपालीसँगको सम्बन्ध सार्‍है नै बिगारेको छ । यत्रो क्रुरता र निर्ममता नेपाली समाजले पहिले कहिल्यै भोगेको थिएन । दर्दनाक र बिभत्स हत्या,कुटपिट र ज्यादति प्रत्यक्ष देखेको र भोगेको ठुलो जनसमुदायले माओबादीहरुको सँधै बरखिलाप गर्ने छ । बदलाका उपक्रमहरु पनि तिब्र भएर जानेछन् । साना,मझ्यौला र टप लेवलका कैयौँ नेता-कार्यकर्ताहरुको यस क्रममा ज्यान जान सक्दछ । त्यस्तो दुर्भाग्य रोक्न माओबादीहरुले तुरुन्तै आफ्नो स्थिति स्पष्ट गरेर जहाँ-जहाँ बिगतमा ज्यादति भएका छन् तत्-तत् ठाँउमा पुगेर आत्मालोचना र माफी माग्नु जरुरी छ । सभ्य दुनियाँमा गैरन्यायिक हत्या र ज्यादतिहरुलाई कुनै पनि बहनामा उचित मानिदैन । द्वन्द्वमा १३००० नागरिकको ज्यान अनाहक लिइएको छ । दिल त चसक्क चस्कन्छ नि । आफन्त गुमाएका र बिस्थापित भएकाहरुका दुक्ख-पिडा सम्झौतामा लेखिएका हरफहरुले मात्र त कम हुनेवाला छैनन् । कसै न कसैले यसको जिम्मेवारी त लिनै पर्छ । राजनितिक आममाफी लाई सामाजीक रुपमा पनि आममाफिको रुपमा अर्थ्याउन मिल्दैन । सामाजिक अपराधको सजायँ माओबादी एक्लैले भोग्नु पर्दछ । यस मामलामा अन्य दलहरुको कुनै सहयोग हुँदैन ।
    यसको साथै जातिगत र क्षेत्रगत आश्वासनहरु पनि माओबादीले बाँडेको छ । जातीय क्षेत्रीय भावनाहरुलाई माओबादीले मज्जाले ढाप मारेको मात्र होइन आफ्नै अग्रसरतामा सँघर्षकै रुप् दिएको छ । तत्कालीन रुपमा यस्ता नाराहरु लोकप्रीय देखिए पनि परिणाममा प्रत्युत्पादक हुन्छन् । यसका दुष्परिणामहरु पुर्बि पहाडी जिल्लाहरुमा लिम्बुवान र तराईका केहि जिल्लाहरुमा तराइ मुक्ति मोर्चाका रुपमा प्रकट भैसकेका छन् । त्यसै गरेर जनजाति, थम्बुवान् आदि आन्दोलनहरुले पनि राष्ट्रीय एकता एवँ जातिगत सुसम्बन्धमा असजिलो ल्याउन सक्छन् । यसमा पनि माओबादीले एक् पल्ट पुनरबिचार गर्नु पर्दछ । यसको मतलब जातिय-क्षेत्रीय थिचोमिचो यसै सहनु पर्छ र यसबारे आवाज उठाउनै हुँदैन भन्ने कदापि होइन । तर यो समस्यालाई राष्ट्रीय एकता र सामाजिक सँरचनालाई खलल नपार्ने हिसाबले पनि उठाउन सकिन्छ जो मुलधारका अन्य दलहरुले गम्भिरतापुर्बक उठाईनैरहेका छन् ।
    अर्कातिर नेपाली जन-जनमा प्रीय भएर बसेको र समग्र कम्युनिष्ट आन्दोलन भन्दा पनि जेठो पार्टी नेपाली काँग्रेसको ख्याति र प्रसिद्दि एकातिर छ भने राष्ट्र-अन्तररास्ष्ट्रमा आफ्नो अडान र जुझारुपनका कारण सर्वमान्य बन्न पुगेका परिपक्व र कम्युनिष्ट आन्दोलन भन्दा जेठा भिमकाय ब्यक्तित्व गिरिजा प्रसाद कोइराला अनि सम्पुर्ण बाम आन्दोलनको बैधानिक प्रतिनिधित्व गर्ने एमाले माओबादी का सामुन्ने मुख बाएर खडा छन् । अलिकति मौका पाउना साथ यिनिहरु माओबादीलाई चिलिमच्याँट पार्न कत्ति पनि पछाडी हट्ने छैनन् भन्ने सामान्य ज्ञान माओबादीलाई होला नै ।
    गिरिजाबाबु को बलमा दोस्रो मर्यादाक्रम पाउन सफल भएकै कारणले मात्र माओबादी मक्ख पर्नु पर्दैन । किनकि उपरोक्त चुनौतिहरु का बावजुद राज्यको पुनरसँरचनाको पेचिदा बिषय एकातिर छ भने उसैले अति महत्वाकाँक्षि बनाएको ठुलो पङ्ति पार्टी भित्र छ र आमुल परिवर्तनको अपेक्षा राख्ने बृहद जनसमुदाय अर्कातिर छ । प्रतिस्प्रधात्मक राजिनितिक अभ्यास नभएका, एकोहोरो सिद्दान्त र बिचारबाट प्रशिक्षित भएका,बन्दुक र धम्किको भाषा मात्र बुझ्ने कार्यकर्ताको भरमा प्रजातन्त्र मन पराउने ,ब्यक्तिगत स्वन्त्रता , मानवाधिकार प्रति सचेत र हरेक कुराहरुलाई तर्कको आधारमा ब्याख्या गर्न सक्ने र गल्तिलाई सहजै स्विकार्न सक्ने अवस्थामा पुगिसकेको यो पुस्ताको सामना माओबादीले कसरि गर्न सक्ला? माओबादीलाई एमाले हुन पनि नमिल्ने र जङ्गल छिर्न पनि नमिल्ने अनौठो परिस्थिति सृजना भएको छ । हेरौँ माओबादीले कसरि यि सारा कुराहरुलाई सम्बोधन गर्ने रहेछ त !

    -ईन्द्र क्षेत्री”पकवान”
    अध्यक्ष:नेपाली जनसम्पर्क समिति
    बेल्जियम ।
    10 नोभेम्बर २००६ ।

  9. Dhanyebad sanu bhai

    khai kasari sambodhan garu tyo sanu bhai lai. Name tha bhyena, tesaile sanu bhai bhane ko chu. tyo sano bhai ko kabita sarai ramro lagyo. tetisanu umer ma pani yeti thulo bayeska kabita leknu bhane ko sanu kura haina. maile Nepal chodeko 4 barsa bhyo, sanchai nepal ma chetanako bikas bhyecha. fulharu nafkrikan kopilamanai basana dina thalechan.

  10. sanu school ko bhai is very very intelligent he is brilliant person.thanks umesh jee bhaiko kabita ko lagi bhaiko nam paya sarai abhari hunethea.

  11. कबिता चाहिँ चोटिलो रहेछ तर वाचन गर्नेको नाम पनि भएको भए हुन्थ्यो नेताहरुलाई र राजालाइ त खुब संग भनेको रहेछ ।

  12. bicharaa girijaa baajey frastu bhayera basekaa chhan holaa..!! aruley pachaadi pacxhaadi bhanthey…yo naati ley khulaa roop ley agaadi nai bhandiye..bhandai.

  13. It is highly probable that Girija will receive the Nobel Peace Prize. We should not understimate his contribution. The sentiment of Nepalese is democratic system not an autocracy………..The whole world is drifting toward democracy.

  14. ए गाँठे यो फुच्चे अर्थात नाति कवि त निकै टाठो पो रहेछ । पक्कै माओवादी गुरिल्लाको नै छोरा हुन पर्छ २०५२ तिर जन्मेको वा जनयुदमा हुर्केको । नत्र त्यतिका हजार मान्छेको विच यसरी देशको प्रधानमन्त्रीलाई सल्लाहदिनु चानेचुने कुरा होइन । जे होस् माओवादीले नयाँ पुस्ता पनि खुखाँर नै वनाउदै छ ।

  15. ke ho uumesh ji,phucchhe kabi ta ruppu rahechha ni,khatara chha ta kabita ta,good
    yo kabi haru,sahitye kar haru,nagarik samaj haru ko nepal ma kam chhaina chha na ta ,bolne uuphrane matrai hun tara pani phuchhe kabi chhahi jakhkhad hola jasto chha……..

  16. Khusute Baje ko yo umer ma heart attack hune Kabita rahecha..tyo school ko bacha ko himmat ko kadar gardachu..bholi parsi thulai neta hola jasto cha.

  17. असाधै चोटिलो कबिता बाचन गरेछन्
    साना भाइ ले
    उमेश जी तपाइले खोजि खोजि भए पनि सानो भाइको
    नाम लेखिदिन पाको भए राम्रो हुने थियो

    अबस्य पनि अब गिरिजा बाउले
    म के गर्दछु भने
    भनेजस्तै लागि राछ

    धन्य गिरिजा बाउ

  18. Umesh ji
    Bachhako kabita ramro chha. Direct dekhna pako bhaye yo josilo bachha chinna painthyo.

    Timi jo bachha bhayepani dhanyabad chha. Yestai motiv jari rakhnu la. Timi jasto manchhe navakole nai des bigreko ho.

  19. It was a good poem expressing the truth. Girija who ruled the most after the Janandolan in 1946 is no less corrupted than the Shah Dynasty. He elevated all his family members including the daughter Sujata Koirala who ran with a German guy. Girija helped her to make millions and doom the Royal Nepal Corporation our national carrier. His corrupted nature has been made clear from his support to the demised King. He knows that if the King is brought to trial he will be dragged along with him. I really appreciate the KID for his vision and warning to the people like Girija. There are bunch of people along with Girija that needs to be deplored and exposed to the people of Nepal about their conduct. Umeshji you once made a list of ten enemies of Nepal. It is time to make another list to warn the Nepalese people before the CA election.

Comments are closed.