'मेरो संसार'का अशुभचिन्तकहरु, बधाई छ

एन्टोनियो ग्रामसीले भनेका थिए- युध्दको मैदानमा अक्सर दुश्मनको सबैभन्दा कमजोर मोर्चामा प्रहार गर्ने प्रयास गरिन्छ। त्यस किसिमको रणनीतिबाट भए पनि लडाइँ जितियो भने रणनीति त सफल मानिन्छ तर बौध्दिक क्षेत्रमा विजयको यो रणनीतिलाई राम्रो मानिन्न। बौध्दिक क्षेत्रमा त दुश्मनको सबैभन्दा मुश्किल मोर्चामा प्रहार गरी जितिएको युध्दलाई मात्र सही विजय मानिन्छ।

मेरो संसारको लोकप्रियता र यसको बढ्दो प्रभावबाट जल्नेहरु यसलाई विभिन्न किसिमले प्रहार गरिरहेका र गर्न खोज्नेहरुले पनि आखिर त्यही कमजोर मोर्चामा प्रहार गरेका छन्। र, अन्ततः सफल पनि भएका छन्।

मेरो संसारका नियमित र असल पाठकहरुलाई राम्रैसँग थाहा छ- यसको सबैभन्दा कमजोर पक्ष भनेकै आर्थिक पक्ष हो। अरु कुनै पनि पक्षमा यो कमजोर साबित भएको छैन तर यसको भविष्यमा प्रश्नचिह्न उठाउने कारण आर्थिक नै हुन आउँछ।

यही आर्थिक मोर्चालाई केही हदसम्म भरथेग गरिरहेको गुगलको विज्ञापन त्यही मेरो संसारका शत्रुहरुको निशानामा परेको छ। उनीहरुको केही दिनदेखिको यो प्रयास अन्ततः आज सफल भएको छ। र, आजदेखि गुगलका विज्ञापन यो साइटमा बन्द भएका छन्।

त्यसो त यो अप्रत्याशित थिएन। केही दिनदेखि निरन्तर यस्ता धम्कीपूर्ण कमेन्टहरु, इमेलहरु आइरहेका थिए र मलाई लागिरहेको थियो- कुनै पनि दिन मैले यस्तो नरमाइलो खबर सुन्नु पर्ने हुनसक्छ। अन्ततः त्यो दिन आज नै हुन गयो।

रातभरको कामपश्चात् एकाबिहानै एक जना आफन्तको घरमा लुटेराहरु पसेर खुकुरी घाँटीमा राखी पैसा र गहना लुटेर लगेको घटना विवरण सुनेर सुतेको थिएँ। आँखा खोलेर इमेल हेर्दा गुगलको त्यस्तो इमेल आइपुगेको रहेछ।

केही दिनदेखि यस्ता इमेलहरु र कमेन्टहरु मैले टन्नै पाउने गरेको थिएँ। ती इमेल र कमेन्ट मेरो संसारका शुभ चिन्तकहरुका थिएनन्, अशुभ चिन्तकहरुका थिए। उनीहरुले इन्टरनेट फोरमहरुमा पनि मेरो संसारको विरोधमा कुराहरु राखेका थिए।

हो, केही गल्ती थियो। किनभने नेपालको प्रख्यात अनलाइन नेपालन्युज डट कमले जस्तै साइटसँग असम्बन्धित कीवर्डहरु मैले पनि केही मात्रामा साइटमा राखेको थिएँ गुगलको विज्ञापनबाट केही बढी पैसा आउने आशामा। केही फाइदा पनि भएको थियो त्यस्ता कीवर्ड राख्दा- किनभने म महिनामा १०० देखि २०० डलरको हाराहारीमा गुगलको विज्ञापनबाट पैसा पाउने गर्थेँ। यसले व्यावसायिक रुपमा ब्लग गर्ने मेरो अठोट र मेरो निश्चयलाई अनि मेरो लगनलाई पनि केही हदसम्म खर्च धानेर सहयोग गरेको थियो। किनभने च्यानल नेपालबाट अलग्गिएपछि मैले अरु कुनै काम गरेको थिइनँ। अब मेरो त्यो स्रोत बन्द भएको छ। र, खर्चहरु धान्ने स्रोत पनि बन्द भएको छ।

उनीहरुलाई थाहा थियो- सबैभन्दा कमजोर मोर्चा यही हो। र त उनीहरुले यसैलाई प्रहार गरे। आज पक्कै पनि मेरो संसारका सयौंको संख्यामा रहेका शत्रुहरुका लागि खुसीको दिन हो। तर उनीहरुको खुसीको दिन धेरै रहने छैन। किनभने मलाई विश्वास छ- मेरो संसारका शत्रुको तुलनामा मित्रको संख्या पक्कै पनि बढी छ। उनीहरुले पक्कै पनि मेरो संसारलाई ‘परेवा’ जस्तो बीचैमा मर्न दिने छैनन्। म आफैलाई पनि विश्वास छ, कमजोर मोर्चामा गरिएको प्रहारबाट क्षणिक विजयको अनुभूति गरे पनि उनीहरुले मेरो संसारलाई झन् कठोर रुपमा प्रस्तुत भएको देख्नेछन्।

गुगलका विज्ञापन बन्द भएपछि केही अरु त्यस्ता विज्ञापन राख्ने साइटहरु पनि छन्। तर तिनीहरुबाट प्राप्त हुने रकम गुगलको भन्दा निकै कम हुने गर्छ।

म आशा गर्छु, मेरो संसारका असल पाठकहरुले सक्षम भए आर्थिक रुपमा र नसक्नेहरुले नैतिक रुपमा भए पनि मेरो संसारलाई सुचारु राख्न योगदान दिनु हुनेछ। तपाईँको सहयोग बिना मेरो संसार यही गतिमा जान सक्दैन। त्यसैले म खोज्नेछु हरेक महिना कम्तीमा १० डलर सहयोग गर्ने २० जनालाई। हरेक महिना २० जनाको स्पोन्सरसिप। स्पोन्सरसिप दिनेहरुको नाम र परिचय उहाँहरुले चाहनु भएमा मेरो संसारमा प्रकाशित गरिनेछ।

तपाईँहरु मलाई साथ दिनुहुन्छ, हैन ?

यी केही इमेल हुन् मलाई प्राप्त भएका।

———————-
Hi,

… but now i know why u gave the example of “khutta tanne” song….

well …

not bad… so mysansar is all about google adsense and not about fair blogging as he claims… or whatever…

just being nice… havent emailed them yet… i could… if i was trying to pull legs… ….

… i have been there once…. thats why.. letting u guys know…..

not pulling ur legs in any way….

thanks,

sakar


साकार भुसाल
साकार@नेपाल१२३.कम्

———————–

Umesh ji,

Difficult maintaining a blog?

If its your passion, you dont have to get a domain… you could have been with blogsome.com

no server cost, nothing…

… we have been helping you… videoblog?….. been a fan of that… but…. i think i have a contribution too??

anywyas… i wont write about it, fine… u do it illegally, against google’s policy… trust me, i wont tell google, but, wont be my fault, if they send you an email…. or ban your google account….

sakar
——————–

nepali blogger abusing a google adwords advertiser to run his blog??? if its hard, and u cant afford to run it? dont run it, why do u abuse ppl like us? we run our nepali websites, put google ads.. make money that we’re supposed to make… we dont spam? ???

——————

Well,

you will find out in a few days.

Thanks,

Sakar
—————
हुनत उनले अघि पनि मलाई मैले कम्प्लेन गरेको हैन भनेर भन्दै थिए। तर, यो कुरालाई इमेल र फोरमहरुमा राख्ने काममा भने पक्कै पनि उनको सहभागिता थियो।

अरु नाममा प्राप्त केही कमेन्टहरुमा प्रयोग गरिएका भाषा यहाँ राख्न मिल्ने खालका छैनन्। कोही डाहाले भुतुक्क भएकाहरु भने उमेशले महिनामा १ लाख कमाउँछ गुगल एडबाट भन्दै कुर्लनेहरु थिए। कोही साइट नै बन्द गर भनेर धम्क्याउनेहरु थिए भने कोही चाहिँ चेतावनी दिनेहरु थिए।

विगत केही दिनमा यस्तो क्रम एक्कासी बढेपछि नै मैले केही खराब कुरा हुने लक्षण पाइसकेको थिएँ। भयो यस्तै नै। तर मेरो संसारका शत्रुहरुको यो क्षणिक जित मात्र हुनेछ। यसका लागि उनीहरुलाई बधाई।

84 Comments

  1. umesh dai personally malai ekdam dhukha lagyo yar,sayad kasailai thachaina hola tara tapaiharu ko tapasya ko barema malai ramro sanga thaha cha,hami fuko biscut khaya ra kam garne gartheoun,yo kura k thaha cha hola ra tyo mero sansar ko satrulai,tapaile kbal paisako lagi matra nabhayara afno sidhanta ko lagi pani yo blog sanchalan garnu huncha bahne ra,aru ta ma khi bhandina and i am not able to do some thing to that person tara tyo manche lai pakai pap chain lagcha.

  2. Umesh,
    sad to hear it. I have some suggestions for the income source. I know its very hard to get another google adsense account or almost impossible in other words. Try to apply with your friend’s information and once you have the account, you can again put the codes in this site.
    I have also been working with internet domains for sometime now and i know how these things work. Although i dont run news site or blogs, i use google adsense and Yahoo YPN in my domains quite a lot.
    the other possibility might be that you shift from adsense to affiliate program or banner ads. I know Nepalnews lot of money through banner adds. You can contact companies like Himtel and Muncha House and give them chance to put ads for relatively cheap price. If they find out that lot of sales take place via your site and i am sure they keep coming back in the future to you.
    I have presently around 300 domains and all of them are parked with different parking programs like sedo.com and domainsponsor.com, let me know if i can be of any help to you.
    best,
    Simon

  3. उमेस ; जि खबर सुन्दा सारै दुख लाग्यो; आशा छ आगामि दिन् हरु मा सहयोग गर्ने साथि हरु पक्कै बद्ने छन ; जस्तो कथिनाइ बेहोरेर सन्सार भरि छरियेर रहेका नेपालि हरु लाइ सजग र सचेत बनाउने मेरो सन्सार दत् । कोम् लाइ मुरि मुरि धन्नेबाद छ ;

  4. Although I always write critical comments, its not bacuase i hate your blog. in fact, I like it. the reason why the bad comments find their way into ny comments is because i expect good things from this site, and naturally, i get dissappinted sometimes. Hope you find a sponsor.
    Maichyang

  5. अर्कालाई बडो उपदेश दिने भइखाको साकारेले आफ्नै साइटमा चाहिँ कपिराइट भएका फिल्म र मह जोडीको प्रहसनहरु राख्नलाई चाहिँ लाज लागेन ? कि आफूले चाहिँ जे गर्दा नि हुने हो ?

  6. Yo ta Haaso laag do po rahe chha tara yesto katha maa aafno manchhe lai rakhera chhai na hernu hola- aali aarkai pidaa hunchha ni- j hos tapai ko lakhene kala chhai rahe chha baa

  7. IT’s soo Bad news yaar.Mero Ta googel la account nai approve garako chaina.
    Yastai ho yaar. yo blog timi hami jasta la garna kam haina ki jasto lagna thalako cha. la yaar, Tara pir na gara, everything is going well soon.

  8. उमेश जी ,

    मैले फेरि पनि आफ्नो अडान दोहर्याउदैछु कि यो काम साकारको हुन सक्दैन । अहिले मेरो संसारमा साकारलाई तथानाम गाली गरेर भोली जब त्यो काम उनको थिएन भनेर प्रमाणित हुन्छ नि त्यसबेला उमेश जी र हामी मेरो स‌ंसारका शुभचिन्तकहरूलाई त्यो सब नाक काट्ने कुरा मात्र हुन्छ । यदी यो कुरालाई राख्दा नारायण सिवाकोटी लगायतका ब्यक्तिहरुले मलाई ‘जन्तु’ भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन ।
    नारायण जी , तँपाई कमेन्ट हरू पढ्दैजानुस् साकारले स्पष्ट संग भनेको छ गुगललाई कम्प्लेन गर्ने काम उसले गरेको हुदै हैन । [email protected] मा ई-मेल गरेर उमेश जी आफैले पनि यो कुरा पत्ता लगाउन सक्नु हुन्छ। रह्यो खुच्चिगं भन्दै साकारको नाममा लेखेका कमेन्टको कुरा । साकारको फर्जि नाममा अरु कसैले त्यो ई-मेल पोष्ट गरेको भनेर साकारले सफाई दिएका छन् । रह्यो कुरा बिस्वास गर्ने कि नगर्ने भन्ने उमेश जि site admin हुनुहुन्छ । उहाँले कन्ट्रोल प्यानल बाट त्यो कमेन्ट पोष्ट गर्नेको IP Address ट्रेस गर्न सक्नु हुनेछ । आशा छ यो कुरा को गन्थन बाट उमेश जि ले पर्दा उतारिदिनु हुनेछ त्यसो नभएसम्म त्यस्तै हो तँपाइ साकारको सपोर्ट गर्यो भनेर मलाई तथानाम “जन्तु” भन्दै गर्नु हुनेछ अनि म निरिह बनेर तँपाईको गाली सुन्न बाहेक केही गर्न सक्दिन किनकि म पनि मेरो संसारको शुभचिन्तक हुँ । मेरो अहिलेको यो प्रयास केवल यति हो कि मेरो स‌ंसारले सत्य तथ्य कुरा राखेर आफ्नो जुन छबि बनाएको छ त्यो छबि बनिरहोस् । कुनै छद्म नामधारी ब्यक्तिको कमेन्ट को लहलहैमा आएर कुनै असम्बन्धित ब्यक्ति लाई हामी गाली त गरौंला तर भोली त्यो ब्यक्ति निर्दोष ठहरिए यो मुख कता लुकाउने त्यसैले सत्य तथ्य उमैस जि ले बाहिर ल्याउनु पर्यो यदी दोष साकारको नै हो भने उसको बिरोध गर्नु त छदै छ ।

  9. उमेश जि
    तपाईंको कुरा सुनेर ढुख लागियो ।किन यस्तो भयो त राम्रो काम गर्न्र लाई त प्रोत्सान पो दीनु पर्ने उल्टै खुट्टा तान्ने?ठीक छ हामीले के गर्नु पर्छ कसरी कता भन्नु होला तपाईं को योजना ,सपना ले साकार रुप लीयोस् शुभ कामना।

  10. who is that hell person named sakar?i think he is not a good man and he didn´t love nepali people because he is standing against the nepali people and especially who are currently resides in foreign country.
    Don´t worry do you know the nepali ukhan`pagal haru sadhai naramra kaan garchhan´He is just like that mad person who never wants to see other´s progress.i have already read some message about the help from some kind people and i am also willing to help you´what ever i can.so nepal testai desh ho jaha kasai ko bhalo hudaina.

  11. Yeah,

    I forgot to tell you, email [email protected] and ask them if I sent the complaint about it. They will be more than happy to tell you why they banned this website from google. I know the reason now. If Salokya A.K.A Umesh posts the email that he received from Google “That morning”, we will all know.

    And by the way….

    #

    kuching tala paitala oe oe oe

    tikka paryo talai umeshe khub hero bhai kahye ko

    tero blog aalikati chalyo bhaneyra khub mate ko this ni ta

    ta aafai ramro bhanthane ko chhas ? machhyo machyo thacyo ni

    thika paro

    ma ta sarai khushi chhu

    yo din herna chahanthe ma

    tero asub chintak

    Comment by sakar — November 17, 2006 @ 6:11 pm

    THAT IS NOT ME. SALOKYA/ UMESH can track the IP address.

  12. sakar………..
    ver…..y ,……… goo………..d comm….e.nt
    Do………..not………..bother…to…….umesh .
    I mean ……..the journalists of nepal………do not …..try to comment maoists…….I am not a political analyst. I also Want Peace in Nepal. The americans do not care others, but these Nepalese always Khutta Tanne.
    The Nepalese try to get pleasure by spoiling others. Is not it?? The same you are doing with Umesh…Thnx.

  13. Nothing so uncommon in this country. If they hate people surviving with a good hard work, they should go to Maoist camp right now….to get free money and food soon in the future…perhaps guns as well. How does that sound?

  14. साकार प्रवृत्तिका मान्छेहरु,

    भलादमि पल्टेर घाउमा नुन छरे जसरी उपदेश दिन त सजिलै हुन्छ, भोकभोकै दिनरात नभनि काममा खट्न पो गाह्रो त । मर्कन्टाइल जस्तो मल्टीकरोड पुँजि कारोवार गर्ने बिजिनेस टाइकूनको जगमा उभिएको नेपालन्यूजसित एउटा साधारण बेरोजगार पत्रकारले ब्यक्तिगत रहरमा संसारका सबै नेपालीलाइ ताजा ताजा खबर पस्कने र केहि ब्यक्तिगत बिचारहरु पोख्ने हेतु चलाएको मेरोसंसार सित दाँज्न मिल्छ? वाहियात । मलाइ ताजूब लाग्छ, यी उपबुज्रुकहरुले भन्न नि कसरी सकेको होला उमेशलाइ खुच्चिङ?

    हरेकदिन दशचोटि मेरोसंसार हेर्ने, मौका परे त्यहिको फोटो, फिचर र न्यूजलाइ सित्तैमा साभार गर्न लाज पटक्कै नमान्ने, के तिमेरुले जुन थालमा खाने त्यसैमा आचि गर्ने बानी सिक्यौ बाउबाजेहरुबाट ? आफ्नो साइट चलेन भनेर डाहाले भुतुक्क भएर मर्ने र खुट्टा तान्दै बस्ने, यहि त होला तिमेरुले गर्ने । याद गर, खुट्टा तानियो भनेर दङ्ग जो जो परेका छन र अहिले भलादिमि पल्टेर उपदेश दिदै कमेण्ट लेख्न हौसिएका छन नि उमेशलाइ जिस्काएर, तिमेरुको स्थान त्यहि खुट्टोसम्म मात्रै हो, तिमेरुको हात सधै अर्काको खुट्टोमै हुनेछ (तान्न पर्यो नि) र तिमेरुको टाउको (बुद्धि) उसको कण्डोनिर हुनेछ । जसको हातले अर्काको खुट्टो ताक्छ उसको टाउकोको स्थान कण्डोनिर भन्दा माथि हुनै सक्दैन नि ।

    र साकार!!! तिम्रो इमेल, उपदेश, चलाखि, बिद्वत्ता, सदाशयता, स्पष्टीकरण त पढीहालेम । थाहा थिएन तिमि यति गिर्नसक्दा रहेछौ भनेर । नेपाल १२३ र अमेरिकी नेपालन्युजले बनाएको राम्रो छवि पछाडिको राक्षसि धब्बाहरु पनि देखियो । मलाइ थाहा भएसम्म तिमीलाइ यस्तो गर्न जरुरत थिएन तैपनि तिमी भित्रलुकेको छुद्रताले तिमीले अमेरीकामा आफ्नै शाख गिरायौ । तिम्रै परीवारमा नि मेरोसंसारका फ्यान थिए नि, तिम्रै घर वरीपरीका नेपालीहरुको आँखामा हेर्नु सबैले कति घृणाको नजरले हेर्दैछ आज तिमिलाइ । तर पनि उमेशले तिमीलाइ ब्यक्तिगत आक्षेप लगाएन मात्र तिम्रो इमेल देखाइदियो ।

  15. कृपया उमेश जी लगायत सबैले क कुरा राम्रो सँग बुझ्नु जरुरी छ भने अहिले साकर जी लाइ आरोप लगाएर तथानाम् गालि गर्नु भनेको भोलि साकर् को येस् म केहि हात् छैन भन्ने कुराको पुस्टि हुदा उमेश् जी लागत् सबै सुभचिन्तक् हरु ले नाक् लुकौन पर्ने स्तिथि अवस्य आउछ। गर्न नहुने काम् गर्ने अनि अरु लै दोस् थुपर्ने। तपै जहिले नि खर्च पनि पुग्दैन भन्ने र तेत्रो फ्री ब्यान्ड् विथ् पौद चै किन तेस् बात काम् नचलाउने। उमेश् जी यो केटकेटि काम् बन्द गरेर ब्यबसहिक् पत्रकारित मा लाग्दा नै तपाइ ले असल् पत्रकारिता को सम्मन् गर्नु हुन्छ होला। हैन येदि पैस लै नै मध्यम् बनौने हो भने तपै लै धेरै रम्रो सित तह छ त्यो कसरि कमौन सकिन्छ भनेर।

  16. Umesh Jee,
    You are doing great in this site. But I think many of you are missing a point here.

    First look at this thread

    http://merosansar.blogsome.com/2005/09/22/nepalnews/

    Why Umesh Jee? Why? You complained and even wrote about Nepalnews on your blog,and you followed the same path.

    And now your google is banned and blaming on others???

    Other than that you are fine. Just don’t do like what you did for Nepalnews.

    Looks like Google did take action on nepalnews, and I m sure they will find your thread
    http://merosansar.blogsome.com/2005/09/22/nepalnews/

    And they will shout at you, and Nepalnews guys can say that becuase of you they also got warning…

    So don’t just blame others. First do right thing on your own.

    Good Luck.

  17. हीटलर र सद्दाम हुसैनका पनी समर्थक हुन्छन भन्ने कुरामा अब मलाई पुर्ण विश्वास भयो। नत्र “रमेश मान” भन्ने जन्तुले साकार भुसालको समर्थनमा कीन लेख‌‌‌‌‌‍थ्यो?

  18. ohhhh very sad news
    but don’t worry u will get people’s support and u can go continue.u know life second name is struggle .
    aasish
    swiss

  19. Mero sansar ko subhachintak haru dherai chhan Umesh ji, dhanda mannu pardaina.
    Mero bichar ma dherai subha chintak haru tapai lai sahayog garna chahanchhan tara sahayog kasari pathaune bhanne bare bhane dherai lai thaha chhaina. Yes bare ali sochnu parne jasto dekhinchha.
    Parsuram Bhandari ji le bhane jasto pani ramro tarika ho mahina ko 1$ bhaneko ti bikasit des ma basne haruko 1 cup chiya ko paisa ho, yeti paisa mero bicharma mero sansar ka subhachintak harule Aankha chimlera dine chhan. Tara kasari ra kaha bhanne samasyale jamma huna nasakiraheko matra ho. Yes ko lagi maile tala lekhe bamojim ko sujahb socheko chhu.
    1. Mero sansar ko sahayog ko lagi USA, JAPAN, UK etc etc des haruma sahayog ko lagi Bank haruma khata kholne. Hal lai Mero sansar ko nam ma khata kholna ta sakindaina hola tara mero sansar ko subhachinatak harule afnai nam ma bhaepani khata kholera sahayog garna sakinchha.
    2. Bank khata yeuta des ma yeuta matra bhae ramro hola. Jun kata ma jo kasaile pani paisa jamma garna sakchha.
    3. Subhachintak harule sidha nepal ma Umeshji lai paisa pathaune jhanjhat bata par lagne ra sulav tarika le sahayog garna sakine hunchha.
    4. sakesamma Nepal ma pani branch bhaeko bank haruma khata kholne ra ajaha milne bhae bank card le sidhai paisa jhikna milne bank bhae nikai ramro.
    5. Kholieka Bank khata No. mero sansar ma jo sukaile pani sajilai herna sakine kisim le rakhne.
    Bidesh ka sathi haru yo kura kattiko garna sakine jasto lagchha ? yedi garna sakine jasto lagchha bhane agadi badhera kam garau ra yedi ajaha ramro paisa jamma garne tarikaharu chhan bhane sujhab haru dindai jau.
    Ani Umesh ji le tapai ko yo sirsak [ MERO SANSARKA SUBHACHINTAK HARU BADHAICHHA] lai kamtima pani 1 hapta samma dainik Mero sansar kholera herne bitikkai dekhine gari pahilo page ma rakhnu hola. Taki sahayogi haruko paisa jamma garne tarika bare ko chhalphal turuntai herna sakiyos.

  20. Umesh jee
    you are providing us latest news from nepal. Your site also play importain role to awarness & making campian for republic nepal.
    be pitient you will get other way to solve this problem . We are always with you .

  21. Dear Umeshji,

    I have realised that your journalism is very very popular among the nepalese societies around the world. Dont worry about some small obstacles, they come and they go as they come. This is what makes you more stronger and realise it, but I would like to request those guys who are jealous on others’ progresses, you should just neglect those incidental nothings. As soon as the financial help is concerned, we are discussing amongst a number of friends here and we are ready to do the best for you.

    Take care and looking forward to always seeing you in progress.

    Regmi and friends.
    Brussels, 17th of November 2006.

  22. This bijaya name guy? can you do this much which umes h ji did ? If u have dare do it and say… to say is easy to do very hard.. bijaya.

    Your all words goes on You youself… not to Umesh Ji.

  23. kuching tala paitala oe oe oe

    tikka paryo talai umeshe khub hero bhai kahye ko

    tero blog aalikati chalyo bhaneyra khub mate ko this ni ta

    ta aafai ramro bhanthane ko chhas ? machhyo machyo thacyo ni

    thika paro

    ma ta sarai khushi chhu

    yo din herna chahanthe ma

    tero asub chintak

  24. Bad news. But not bad umesji. dont w orry tapai ko sath ma hami jasto lakhau suva chintak haru chah .. arthik naitik harek ko sayog ko lagi hami tayar chhau. dont worry.

  25. यो त सारै दुख लाग्दो कुरो भो त.
    केहि उपाय गरेर उमेशजी र यो ब्लग जोगाउनु पर्ने हो. उमेशजी, तपाइ हिम्मत नहार्नुस्, केहि उपाय निस्किहाल्ला नि.
    जीन्दगीमा यस्ता तल माथि त भइरहन्छन.

  26. And, to Minti, USA,

    hi umesh ji,
    It might be an unpleasant news. But the bitter truth is that you are supporting the brutal activites of maoists. No one in this century are in favor of any kind of brutality/dictatorship.

    about that message,

    It has nothing to do about this issue that we’re discussing about….

    … we’re not supporting Maoists, we’re trying to bring peace in our country…. being friendly to Maoitsts…

    If you wanted them to get killed, you could have opted for that, but most Nepalese were asking for peace… “peace”… and no more murder…by RNA or MAOs…. thats what is happening here…

    if you want them killed, you could have all voted for that…., we all wanted PEACE…thats what they’re working on…. if you want them to get killed, trial against Prachanda??? want more violence?… or do we want to live in a peaceful nepal???

    well lemme hear if you have any good suggestion??? except killing all the maoists?? and taking prachanda and baburam to jail…

    atleast gyanendra couldn’t do it…. Girija has brought them to table…

    .. we’ll see what happens next… everything is +ve now…

    thats not supporting Maoists… there is no other choice… than… that…

    thanks…

  27. Hi guys,

    This is Sakar Bhusal again, i attempted to post a few comments on this article … it did not go through… looks like there has been some filtering going on….

    …. i repeat again, that i never complained about this website to anybody… i dont know why mr. salokya has that idea that i got involved in this…… i was just being friendly and arguing with him about how he is not doing a right thing… just to help him not get banned off google, he did not have to see this day….

    and Salokya A.K.A Umesh being aware that whatever he did, which is not right…… which he himself… blogged about at:- http://merosansar.blogsome.com/2005/09/22/nepalnews/

    kept on doing… and the next day he is got banned. I tried to act as a friend, after i found about him doing it…. and now he is blaming it all on me???

    And, Im too tired of posting messages here, I will continue this message if this goes through…

    Sakar Bhusal
    Nepal123.com

  28. उमेश जि
    चिन्ता लिनु प्रदैन तपाईका शत्रु भन्दा सुभचिन्तक धेरै छन

  29. Hi Umesh ji!
    It’s really bad news for us. But you should be aware from such situation in time. Anyway, no one can stop time. Keep it up your strenth we will give back force to you whatever we can.
    Best of luck!!!

    Prabin

  30. well, i think you are a good blogger and helped a great deal in updating ingformation especially for nepalis in foreign countries. You deserve appreciation for that. But there are some weaknesses on which you need improvement. You have moderated comments and invited biasness, only okaying what you thought was right. Also there were cheap essays on important topics which can only appeal for semi-literate masses. Anyway, still i support you for your hard work. It is said, if one door gets closed, another door gets opened.

  31. उमेशजी, धेरै दु:ख लाग्यो । तपाईं राम्रो काम गर्दै हुनुहुन्छ, तापईंको जस्तो प्रयासलाई सबैले सहयोग गर्नुपर्छ । तर साकारलाई म चिन्दछु र उस्ले यो काम गरेको छैन भन्दा म विश्वास गर्न सक्छु । अनि उस्को विचार लाई पनि म बुझ्दछु । केहि हदसम्म सहमत पनि छुँ । तर जे जस्तो भ पनि mysansar लाई बचाई राख्न्नु पर्छ । यस्को लागि अहिलेको सन्दर्भमा गुगललाई फेरी सम्पर्क गर्न सकिन्छ होला । अनि pressure group जस्तै बनाएर गुगलको ठीक ईमेल ठेगानामा हामी सबैले मेल पठायौं भने पनि सहयोग हुन्छ होला ।

  32. really sad news umesh bro..
    what to do in Nepal is like that bander le aafu ghar pani banaudaina ra arule pani banauna dindaina.. that sakar bhusal is became jeuleusy by seing ur progress and maybe he tried it several years ago.. but for instant he won.. but winner never defeat and losser never be winner so keep it up umesh bro… and try to serch such ads offering other site…
    what to do that sakar bhusal is may be royalist n try to supress u but u won’t supress … u will get further success.. and now ur main struggle is coming and if u cross this u won’ be back ever…
    again wanna say it is really crucial work.. coz it is nepalese peoples’ disease to lag peoples leg n ownself also can’t do anything.. so sakara also like that .. coz he can’t make nice blog as ur n further more try to collapse other’s …
    anyway u can disclose all his information.. don’t afraid umesh ji…………. coz 99% nepalese people are with u and remaining like sakara mandale’s..

  33. उमेश जी ,

    साकार भुसाल लाई म चिन्दछु । हाम्रो चिनजान kurakani.com ताका को हो । त्यहि चिनजानका आधारमा मलाई के लाग्छ भने ती कमेन्टहरु र गुगल एड बन्द गराउने काम साकार को हुन सक्दैन ।

    गुगल एडको सन्दर्भमा म यहाँलाई के जानकारी गराउनु चाहन्छु भने साईड सँग असम्बन्धित कि-वर्ड राख्दा गुगलले कारबाही गर्ने क्रमलाई अहिले निकै बिस्तार गरेको छ । यस्तै प्रकारको कारवाहीको प्रकृयाबाट म पनि केही हप्ता अघि मात्र गुज्रिसकेको हुँदा यो कुरा भन्दैछु । बाँकि कुरा त उमेश जी आफैलाई थाहै छ ।

    नेपाली वेभ साइटको बिस्तारका क्रममा निकै लगनशिलता साथ लागेका मान्छे हुन – साकार । मलाई याद छ नेपालमा छँदा साकारले नेपाली वेभसाईट हरूको निर्माणमा जुन योगदान गरेका थिए अमेरिका पुगेपछी पनि यही जोशका साथ लागिपरेका छन् । म बुझ्छु यहाँको समस्या तर साकारले नै यो काम गर्यो भन्नु भन्दा गुगल सँग एक पटक राम्ररी बुझ्ने कि मलाई आशा छ गुगल एडले फेरी मेरो संसारलाई सहयोग को हात बढाउने छ नत्र मेरो संसारका हितैषीहरू त छदै छन नि । धन्दा नमान्नुस् न हैन त पाठक हरू

  34. Dear Umesh ji,

    Yesto katar kura pani garne ho ta? Money thulo hoina. Ma aaphanoo thau bata monthly $5.00 help garchu.

    Harek month ko 4 tarik ma money dinchu.

    so please sabaile help garnu hola Umesh ji lai.

    Regards,
    Ghimire GS (ICT Professional)
    Trendz Company P. Ltd.
    Nepal ICT Hub P. Ltd.
    Putalisadak Kathmandu Nepal
    POB 8975 EPC 5702
    Eemail: [email protected]

  35. Mr. Umesh
    im not ur fan but somehow i like ur site
    atleast it informs about whats going on in my country
    ur blog is not too great but it’s working in context of nepal and i appretiate ur work and dedications.
    i feel bad about ur financial hardship its natural,
    everybody go through it and its ur test period.
    don’t break infront of ur enemies keep fighting we’re all with u.
    i want to write comments in ur site lot of times but u have lot of fans all around the world and they are concious nepalese who express their feelings that i have.
    i feel like that we all ar together with similar feelings and we will win one day.
    keep writing
    im in hardship too now a days but i can work some more hours per month to provide u some couple of dollars.
    it wont help u too much but its my moral support for u to withstand.
    always be on peoples side
    best of luck

  36. उमेश जि तपाईं चिन्ता नगर्नुश हामी छौ नि तपाईं को शुभचिन्ताक ति अशुभचिन्ताक हरु ले जे गरे पनि पछी हत्ने कम नगर्नुस् आर्थिक सहयोग गर्न नसके पनि हामी तपाईं लाई मनसिक बल प्रधान गर्न सक्छौ नि होइन र उमेश जि !
    तपाईं लाई sad नहुनुस् भनेर क गर्नु छ र होइन ! तर सोच्नुस् तपाईंको खुट्टा तन्ने को खुट्टा अरु कशै ले तान्न सक्छ ।
    मेरोसंसार जस्तो ब्लग कहिले पनि नहटोस् र यो ब्लग परेवा जसरि मर्दैन ।
    आसा छ मेरो संसार ब्लग लाई कशैले न कशैले सहयोग गर्छन ।

    र एउटा कुरा उमेस् जि
    “सुख पर्दा नमतिने र दुख पर्दा नाअतिने” भयो भने मात्र सफल हुन्छ ।

  37. डराउन पर्दैन यार। यस्ता कुकुरहरूले केहि बिगार गर्न सक्दैनन्। आफु पनि गरेर खान सक्दैनन् अरूले गरेको पनि देख्न सक्दैनन्। साला कुत्ताहरू । सबै चोरेर खान पल्केकाहरूको काम हो यो। चोरहरू तिमीहरूले केहि गर्न सक्दैनौ।

  38. उमेशजी,
    आखिर तपाई हार्नु भो!यसमा म तपाईमा “पराजित” मानसिकता देख्छु.अनि सहानुभुति देखाएर आर्थिक आर्जन गर्न खोजेकोमा म तपाईमा “स्वार्थि” मानसिकता देख्छु.भन्न त मन थिएन तर स्वावलम्बि “पुरुष”लाई भन्नै पर्छ मागि मागि पनि के ब्लग चलाइ भो र!

  39. hi umesh ji,
    It might be an unpleasant news. But the bitter truth is that you are supporting the brutal activites of maoists. No one in this century are in favor of any kind of brutality/dictatorship.

  40. please accept my moral support for now,
    i also wish to support financially in the coming days

    your effort is appreciated, you will suceed in your life

  41. umesh jee maile tapailai ahile sahoyog sorup $20 pathako chhu malai aasha chha aru sathi harule pani tapailai sahoyog aabasya pathaune chhan bhanne aasha chha.thankyou.
    Aka raj pandey(narayan)
    usa

  42. उमेश जि तपाईको यो दुखलाग्दो व्यथा सुनेर हामी अत्यन्तै दुखित छौं । आशा छ तपाईको यो व्यथाको समाधान छिट्टै हुनेछ ।

  43. I know one thing:

    THINGS HAPPEN FOR BETTER! This is how I live my life.

    How can I help you? Let me know!

    Regards
    Basti

  44. Umesh ji ! Kuro dukho ko chha, tara tapai aatihalnu pardaina.”where there is a will,there is a way”.Mero subhechha tapaile sponsor paunus ra maile k kati help garna sakchhu ,let me know.

    Hari,USA.

  45. Umesh jee, you don’t worry we are here we will help you.ramro kam garneharu ko lagi bhagawan le sadhai sath dinchhan tapaile kehi chinta lenupardaina hami tapaiko sath chhau.Pashupatinath le tapaiko kalyan garun mero subhakamana.
    Narayan

  46. उमेश जि को आफ्नै कुरा भन्ने खबर पढेर दुख लाग्यो . शोषण गरेर खएको र आफ्नै बुद्दि र बिबेकले हात नङ्ग्रा खियाएर खाएकोमा धेरै भिन्नता आउछ् . अन्यायको बिजय हुन्न न्यायको बिजय हुन्छ , तर केहि क्षण पर्खनु पर्छ .उमेश जि अरुले गरेको नदेख्ने डाहले मर्ने खातेहरुले धम्कि धम्कि दिएर केहि हुदैन सम्भबत यि तपाइको रिसिबि साथि हरु पनि हुन सक्छन . छोडिदिउ यि मगन्ते खातेहरुको कुरा…तपाइको आयस्रोत गूगल एड पनि गएछ अब गार्हो पर्यो क गर्ने होला? कतै मेरोसन्सार पनि परेवाको अबस्थामा पुग्नेत हैन? तर उमेश जि परेवाको जस्तो अबस्थामा पुग्न नदिने तपाइका फ्यानहरु धेरै छन . बिदेशिएका हाम्रा नेपालि साथि हरु धेरै छन . उहाहरुको १०$ , १५$ , ५०$ १००$ सहयोग ले तपाइको मेरोसन्सार चलिरहन्छ . यो महिनामा सहयोगको ताति लाग्छ …

    कपिल

  47. Hello Umesh ji

    You’re one of the most diligent and creative journalists.
    Please keep it up.
    Please let us know how can we help you.

    Yam Bahadur Limbu
    Sangita Limbu
    USA

  48. Umesh dai, I am not your asuv chintak. But this time you are wrong. Long way back I read about keyword spamming by nepalnews in your blog. If you cheating google then why did you write about that. I was wondering how your sites publish words like cancer and mesothelioma. I talked with other guys about that also. But nobody have any idea. You are a good adsense hacker in my view. I belive its hard to maintain blog. I appriciate your work. But you were doing totally illigal stuffs. There is another mistake you did also. Google do no allow you to put adbrite ads or any kind of other ad publisher. And if you were doing illigal then you need to be punished, thats straight. I belive He/she did not do any wrong whoever commented about you to the google. Tapaiko tyo dherai pahila banda bhayee sakthyo yedi aru kasaile testo chaheko bhaye. Maile tapailai bhaneko pani thiye ekchoti yes barema. May be you didnt listen to me.

    Anyway you have other alternatives of google adsense. bidvertiser, adbrite etc.

  49. उमेश जी तपाईं को साईटमा तपाईंले राख्नु भएको सामाग्रीहरुमा बैचरिक् द्वन्द गर्न पाइन्छ। कसैले समग्री को बारे म फरक् मत् राक्छ भने त्यो उसको बैचरिक् स्वतन्त्रत हो। यो सामन्य कुराम कसैको प्रतिकृय तपाइले प्रकशित् नगरिदिने अब्यबहारिक् कार्य बाट रुस्ट ब्यग्ति ले गरेको होला भन्ने अनुमान् को साथ् मा यो घृनित् कार्य को निन्दा गर्दछु र आश गर्छु तपाइ को बिग्ग्यापन् खोज्ने अभियान् मा छिटो सफल्ता पाओस्।

  50. Hi,

    I have not complained about MySansar.com to Google. I read about the SPAMMING of nepalnews when Divesh Rana of Nepalnews.com once asked me if I knew about the thread that had been started regarding this issue of Sajha.com.

    I just forwarded the message to people on my mailing list, me being a webmaster myself. Amazingly, Umesh ji happened to be indulged in the similar fraud. Which I found quite humorous, and the way he wrote me the email made me quite furious.

    As I advertise my services over the Internet, through Google ads, my ads were not being displayed on the targetted sites. He claims, I complained to Google about it. If i did, I would had filed complains against everyone because of whom I am loosing money.

    Google crawls the advertisers regularly, and bans the websites which are indulged in abusing its services.

    I have always been supporting sites like Blog.com.np and MeroSansar.com.np. Infact, I had suggested Blog.com.np about how they could place their ads so that they can make more benifit off of it, without violating their policies.

    It is sad to know how responsible Nepali websites have been violating their policy to cash out from google adsense. We all saw the consequences.

    And Salokya ji, I did not complain about your website to google adsense. I just noticed it when i was reading through your blog once and understood why you were so furious when I sent that email to you “which i sent to ppl on my address book”.

    There are ways to get Google adsense back to your website, and again, legally. I have helped a few people with that. If you want, I would not mind giving you the information and the number/ email you should contact at Google. E-mail me.

    Thanks.

  51. Umesh ji,

    I appreciate what you have been doing so far in this site and I am your supporter. However, I was disappointed to hear that you have been using illegal means to run this site.

    Yo kasaiko jit haina tara hami jasta tapai ko subhachintak haru ko haar ho-tapai ko kriyakalap haru bujdai nabujhi tapalai support gariraheko le. Ajhai ultai complain garne haru ko khisi udaunu ramro hoina. Afule gareko naramro kura mathi kasai le aaula uthauchhan bhane galti accept garnu nai thik hunchha.

    Site chalauna arthik stithi kamjor bhako chha bhane pathak haru samakchha baru fund raiser ko proposal lyaunu na.

  52. dai nadaraunus hamichhu tapaiko saath hola aahile ta tapailai paisa pathuna sakidaina hola tara pani lamo jindagi baki chh ni hoina ra ? dinharu aajai baki chhan Asako badala hami pani kunai din ma liula ni hoina ra ?mero sansar ko nirntar ta ko kamana la dai ma ta mero sansar padan paina bhane ta marchhu po hola
    deepak  japan

  53. उमेश भाई
    तपाइ साह्रै सृजनशिल र संघर्षशिल ब्यक्ति ह’नुह’न्छ तपाइको ब्यवसायमा केहि द’श्मनहरुको प्रयासले आर्थिक नाकाबन्दि गरेको क’रा स’न्दा मलाई साह्रै द’ख लागेको छ । तर त्यसले मेरो संसारको उचाइ बडाएको छ । िझंगााले सरापेर डिगों मर्दैन तातो पानीले घर ढर्दैन भने झैं केहि ब्यक्तिहरुको डाहाले तपाइको ब्यबसाय बन्द ह’दैन । तपाइले स्वदेश विदेशमा लाखौं श’भेक्षकहरु कमाउन’ भएको छ । त्यसमा पनि ऐतिहासिक जन आन्देालनमा तपाइको ब्लग मेरो संसार डट कमको भ’मिका एक नम्बरमा आंउछ सायद त्यसैको सम्मान स्वरुय तपाइलाई अमेरिका नेपाल सोसाइटि डिसिले अभिनन्दन र थोरै भए पनि आर्थिक साहयोग गरेको होला जस्तो मलाइ लाग्छ म पनि विगत द’ई बर्षदेखि यहि क्षेत्रमा बसोवास गर्दै आएको छ७३डद्दद्धद्दस । भ्याएसम्म अमेरिका नेपाल सोसाइटिका कार्यक्रमहरुमा आफ्नो साहभागिता जनाउछ७३डद्दद्धद्दस ।
    उमेश जि
    हरेका व्यक्तिका राम्रा तथा नराम्रा पक्षहरु ह्’न्छन व्यत्तिगत रुपमा म तपाइलाइ चिन्दिन तर तपाइको व्यक्तित्व सोच र तपाइको चिन्तन प्रति मेरो पनि मत ऐक्यता छ । खासगरी ऐतिहासिक जनआन्दोलनलाइै सफल पार्नमा र ताजा भन्दा ताजा समाचार विश्वभरि सम्प्रेषण गर्नमा मेरो संसार डट कमको भ’मिका अग्रणि रहेको मैले ठानेको छ७३डद्दद्धद्दस । मैले मेरो संसार डट कमलाई उमेश जिको मात्रै नभएर सारा सचेत प्रजातन्त्र र गणतन्त्र पक्षधर नेपालीहरुको साझा माचको रुपमा लिएको छ७३डद्दद्धद्दस । त्यसकारण पनि तपाई प्रति यो निभ्न लागेको बक्ति सरहको माचलाई सदाका लागि प्रज्वल्लित बनाउन म आजका मितिबाट यो प्रस्ताब राख्न चहान्छ७३डद्दद्धद्दस कि सन् २००७ जनवरी १ देखि लाग’ ह’ने गरी मेरो संसारको लागि प्रति महिना एक डलर एक अभियानको रुपमा अघि बढाउने प्रस्ताव राख्दछ७३डद्दद्धद्दस र सारा विश्वमा छरिएका मेरो संसारका श’भेक्छ’कहरुले प्रति महिना एक डलरका दरले जम्मा गर्न सकियो भने तपाईको अहिलेको ग’गलबाट प्राप्त सहयोगको दशौ ग’णा बढि ह’ने जस्तो मलाइ लाग्छ ।
    यो मेरो नितान्त निजी विचार हो । मेरो विचार कसैका प्रति बाध्यकारी होइन मलाई के क’रो सम्म थाहा छ भने नेपालमा मात्र नभएर विश्वमै एक जनाको एक डलरले लाखौं रुपैयां जम्मा ह’न सक्छ नेपालका ठ७३डद्दद्धघसला ठ७३डद्दद्धघसला पर्टिहरुपनि जनताको न्य”नतम ले।वि। बाट चलेका छन् ।
    उमेश जि लगाएत समग्र पाठक मित्रहरुमा स’झाबका लागि आग्रह गर्दछ७३डद्दद्धद्दस ।
    तपाईको श’भेक्क्ष’क
    परश’राम भण्डारी भर्जिनिया अमेरिका

    [email protected]
    PS: Dear Umesh , this text is typed in the preeti font in MS Word and it appears to be in different fonts. I wonder if u could convert it into preeti and set in the comment window.

  54. Umesh ji, We are with you. We will surely come up with support and help in either way.
    Dont worry! Keep banging all corrupts!

  55. Umesh Ji,

    Do not worry. You will get more support from your fans than ever. We are with you.

    We should all boycott Sakar Bhusal’s Websites.

  56. उमेश जी,
    म तपाईले पुर्याएको सेवाको अत्यन्त प्रशंसा गर्न चाहन्छु। मेरो कमेन्ट कतीपय पल्ट तपाईले फाले पनी तपाईको म प्रशंसक हो।
    तपाइलाइ तपाइंका शुभचीन्तकहरुले दीएको सहयोगले ज्युंताइ राख्न सक्छ भन्ने आशा छ। म पनी तपाइंलाइ आर्थीक रुपमा सहयोग गर्न तयार छु।
    यो “साकार भुसाल” भन्ने खाते सांचैको हो की यो उही हुतीहारा (नाम बदलेर हीन्ने) छद्म भेषी जन्तु हो? म तेस्लाइ ईमेल पठाउन चाहान्छु।

  57. सानो तिनो कमाइको स्रोत पनि गुमेको सुन्दा दुख लाग्यो/ के गर्ने साथी आफै त् माहादेव उत्तानो पर कस्ले देला बर जस्तो अब्स्था छ आफ्नो त्/ पक्कै पनि सछ्म साथीहरुले सह् योग गर्नुहुनेछ्/

  58. Dear Umesh jee
    we are ready to help you any time that type of small donation for the great blog we loved so much your blog. but how to we send you tell us.I am so sorry bad peoples giving you hard time. Best of luck.
    thanks,
    Badal adhikari!
    Minneapolis,Minnesota!

  59. Tapai sita hami jasta hajaraun shuvacintak haru 6n,daha garne 2-4 jana ka kukarma bata bichalit huna hudaina. Yeslai aba yesto ramro gari chalayera dekhaunu par6 daha garne haru dahale nai marun.

  60. Umesh ji,
    This is indeed a sad news. Don’t worry we are there and we will help you in whatever way we can.

    Google ad ma rely garna bhanda pani kehi naya creative idea nikalnus na (merosansar ko idea jastai). Monthly 1 lakh hoina 1 karod kamaye pani hamilai kehi chaina, we will be happy that somebody was able to do it. Aba google ko policy nai testo racha, we can’t do anything. Aja nabhaye pani kunai point ma puge pachi ta yo hunthiyo nai. J hos weakness time mai patta lagyo – they used their last weapon, now those “loosers” have nothing left. Be happy dude coz this is not the end.

  61. श्रीउमेशजी, मेरोसंसारका अशुभचिन्तकहरुको सफलताको खबर सुन्दा दु:ख लाग्यो। बास्तवमा यो सफलता असुबिधाजनक् भएपनि क्षणिक मात्र हो। तर यसले मेरोसंसारको सफलता, प्रभावकारिता र लोकपृयतालाई प्रतिबिम्बित् गर्छ। हामी मेरोसन्सारका पाठक तथा प्रयोगकर्ताहरुले मेरोसन्सारलाई मासिकरूपमा अनुदान् दिनु अत्यन्त जायज् र आबश्यक् कुरा हो। तपाईंको काम् सजिलो र रमाइलो छैन तर खर्चालु छ। तथापि तपाईंले हामी सबैलाई सुचारु किसिमले उच्चकोटीको सेवा प्रदान् गरिरहनु भएको छ। त्यसको लागि, र तपाईंको दृढता र तपाईंको ब्यावसायिकताको लागि, कृतज्ञता र बधाई ज्ञापन् गर्दछु। साथै, मेरोसन्सारलाई र तपाईंलाई उत्तरोत्तर् सफलताको कामना गर्छु।

  62. तपाइले भोगेका र प्राप्त गरेका च्यालेज हरु आफ्ना सुभचिन्तक संग सेयर गर्नु भएको मा खुसिलाग्यो।
    संघर्षसहु जीबन जीबन संघर्षसहु।
    जीबन देखि थाकेर मर्छु नभन।
    जीबन देखि हारेर मार्छु नभन।
    संघर्षसहु जीबन।
    जीबन संघर्षसहु।
    तपाइका धेरै सुभ चिन्तकहरु छन् त्यसकारण अबस्य सबैले सहयोग गर्ने छन् भन्ने कामना गर्न्दछु।
    धन्यबाद्।

  63. Good doers always suffer from harassment and other unnecessary ostacles, but in the long run they will win. Keep on your effort for doing good, your well wishers around the world will help you.

    Sanjaya, Dharan

  64. Dear bro umesh,

    dont worry, i m here in brussels ready to support you, though i m a poor student.

    in fact, what i feel that nation is still in thrust of great revolution. Maobadiharu revolution ko nam ma kalanka hun!

  65. उमेश जी , बडा दुख लाग्यो । आशा गर्छु तपाईले अपेक्षा गर्नुभए भन्दा धेरै साथीहरु स्पोन्सरको रुपमा पाउनुहुने छ र मेरो तर्फबाट मैले सक्ने सम्मको सहयोग गर्ने छु । मैले कहाँ कसरी के गर्नु पर्छ तपाईको लागी ईमेलमा हुन्छ कि कसरी हुन्छ जानकारी गराउनु होला ।

  66. umeshjee,
    will be there for you. we dont know whats around the corner. I will be one of the sponsor. and i hope good things will come your way.
    by the way sakar, chidiyaghar jaau ani monkey ko khor ma basa. there are worse things happening around. why dont you go and do something about it. i wont wish anything bad for you but i hope you learn your lesson very quick. will be good for you.

  67. Please delete my e-mail address as soon as you noted it, thanks 🙂

    Do not want to get spam mails from lamers.

  68. Umesh ji,

    In past I had sponsered parewa.com, the site was taken off without my notice and I only came to know when I arrived in Nepal for dashain. Well, I have several servers which I can provide you,

    So, Here my sponsership quote:

    2GB Webspace
    2 FTP account
    10 E-Mail Address
    500GB bandwidth per month

    The server will be in US and its my own server.
    Server Specs

    Dell Sc430
    PIV 2.8 with HT
    RAM 512 MB ( planning to upgrade)
    80 GB HDD
    80 GB HDD as backup ( backup weekly)

    Note: The site has 100 other domains, among that is 30 are personal 4 – 5 belongs to me.

    Speak to Rimesh( I know you had spoken to him) or contact me at :

    Thanks.

  69. Huna ta mero pani comment tapain le sandhai nai hataunu hunchha tara tapain le ramro kaam garnu bhayeko chha bhanne thaha chha, tapain ko kaam dherai nai bhayeko maile samjheko chhu. kinabhane tapain ko blog le dherai, patak haya kuro pahilo patak hami samkchhya lyayeko chha. tyo gun birsana hundaina. tara aru publicity haru milne chha dhanna na maannus.

  70. how can we help you umesh? put that info here, see we all from London, middlesex boyz are out there to support you,
    we are with you!!!

  71. Hello Umesh Ji,
    I am sad to know such news.Please do not worry, we are with you.I trust that you will get more better opportunity than google. Wish you all the best.Thanks

  72. sala khate haru,kutta haru, garera khayeko ta dekhana sakdena ,ke garne Umesh ji, yastai chha ,sati le sarapeko des na paryo,kehi huna didaina ,be cool we are with you

    Raj
    USA

Comments are closed.