राजाको कारवाही जिम्मा केपी ओलीलाई


‘बडे राजा’लाई कारबाही गर्ने जिम्मा ‘छोटे राजा’लाई ?

ब्लगमा मनोज गजुरेलको व्यङ्ग्य पढ्दै थिएँ, जनआन्दोलनका दमनकारीमाथि कारबाहीको सिफारिस गर्न गठित कृष्णजंग रायमाझी र राजा ज्ञानेन्द्रबीचको वार्तालाप। त्यतिबेलै एउटा समाचार सुन्न पाइयो, सरकारले रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन बारे गृहकार्य गर्न एक उच्चस्तरीय समिति बनाएको छ। यतिसम्म ठीकै थियो, तर समितिका संयोजक चाँहि उप प्रधानमन्त्री केपी शर्मा ओली। ओलीको विषयमा धेरैलाई थाहा छ, यिनी जनआन्दोलन भर कहिल्यै सडकमा देखिएनन्। कहिलेकाँही रिपोर्टस क्लबमा उभिएर राजालाई भुवाले हाने झै गरी एक दुईवटा नरम वाणी चाँहि बोलेका थिए है।

उपप्रधानमन्त्री ओली र रिपोर्टस क्लबको एकै ठाउँमा आउँदा आजभोलि चलेको एउटा जोकको याद आयो। रिपोर्टर्स क्लबका स्थायी अध्यक्ष ऋषि धमला आफ्नो अनुहार पत्रिकामा छाप्न होस् कि टिभीमा देखाउन भुतुक्कै हुन्छन्। क्यामेराको एंगल राम्रोसँग बुझेका ऋषि टिभी क्यामेराले जसको अन्तर्वार्ता लिदैंछ उसको पछि गएर आफ्नो अनुहार देखाइहाल्छन्।

यस्ता ऋषिले एकदिन टिभी समाचारका लागि स्टान्ड अप (पीस टु क्यामरा) दिइरहेका नेपाल वान (जहाँ ऋषिले पनि आजभोलि काम गर्छन्) का अर्का पत्रकार तीलक कोइराला नजिक पुगेर भनेछन्, कति टिभीमा अनुहार देखाउनुपर्छ यार तिमीलाई।

जो क्यामेरा भन्दा भुतुक्कै हुन्छ, उसैले अर्कालाई यसो भनेको सन्दर्भसँग ओलीको पनि जोक जोडिएको छ।

आन्दोलनभर राजा र सात दल मिल्नुपर्छ भनेर चिच्याएकी शैलजा आचार्य उपप्रधान तथा परराष्ट्र मन्त्री केपी ओलीकोमा पुगिछन् र भारतको राजदूत माग गरिछन्। त्यसको जवाफमा ओलीले भनेछन्, कहाँ हुन्छ, जनआन्दोलनमा तपाईँलाई कहिल्यै सडकमा नै देखिएन, अप्ठेरो पर्छ। ओली आफैं चाहिँ कति दिन सडकमा आए कुन्नि !

तर, जे भए पनि नेपालको यथार्थ ! केपी ओलीले उपप्रधानमन्त्री मात्र होइन, अब जनआन्दोलन दबाउने माथि कारवाही गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा पाएछन्। धेरै पाठकलाई यादै होला, ददिराम सापकोटाले लेखेको ब्लग। फ्रान्स भ्रमणमा जाँदा केपीले भनेका थिए, नेपाली सेना पूर्ण लोकतान्त्रिक भइसक्यो। राजालाई स्पेस दिएन भने भोलि फेरि हामीलाई कसले स्पेस दिन्छ ? लौ अब यिनै स्पेस दिनेलाई नै जनआन्दोलन दबाउनेमाथि कारवाही गर्ने जिम्मा परेछ।

राजालाई त परै जाओस्, आफैंले लोकतान्त्रिक भइसकेको भनेको नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटवाललाई आयोगले कारवाही गर्न दिएको सिफारिश अनुसार यिन्ले कारवाही गर्लान् त ?

मन्त्रिपरिषदको सोमबारको बैठकले रायमाझी आयोगको प्रतिवेदन अध्ययन गरी कारवाहीको लागि गृहकार्य गर्न उपप्रधानमन्त्री केपी ओलीको संयोजकत्वमा बनाएको समितिका अन्य सदस्यमा गृहमन्त्री कृष्णप्रसाद सिटौला, भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठ, आपूर्तिमन्त्री हृदयेस त्रिपाठी र कानूनमन्त्री नरेन्द्रविक्रम नेम्वाङ पनि छन्।

कारवाहीका लागि सिफारिस गरेका २०२ जनालाई आयोगले नै यो यो कारवाही गर्न मिल्छ भनेर स्पष्ट किटानी प्रतिवेदनमा गरेकै थियो। केही व्यक्तिको कारवाही कानून बनाएर गर्न सकिने भनेर सिफारिस गरेका बेला यो समिति बनाएर सेरेमोनियल किङको पक्षमा बोल्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कारवाही नगरेको दोष आफूले मात्र लिन नचाहेको स्पष्ट छ। प्रधानमन्त्रीको सल्लाहमा नै राजा ज्ञानेन्द्र आयोगमा बयान दिन नगएको चर्चा चलेकै बेला प्रधानमन्त्रीले आफू चोखिएर कारबाही नभएको दोष दिन ओली समिति बनाएका हुन्। तपाईँहरुलाई त कस्तो लाग्छ कुन्नि मलाई त ओली समितिले कारबाही गर्ला भन्ने कुरामा शंकै लाग्छ है।

आगे तपाईँहरुको प्रतिक्रिया र बलले केही हुन्छ कि !

50 Comments

  1. he is a deplomatic person ni hainara.oli lai pani ta desh ra desh ko janta ko chinta hola ni.hainara oli g………………………..

  2. उमेश जी तपाईंलाई एउटा अनुरोध के छ भने माथिको
    फोटो सँग सँगै एउटा स्कुल मा बिद्यार्थीहरु खुल्ला आकासमुनी पढिरहेको फोटो थियो नी त्यो पनि राख्नुस्न है ।

  3. Do you people think that Oli is in pressure now???
    Bullshittt its nothing about politics of Girija you know this committee is useless. Because very shortly Maoist will join the interim government for which current government will be dissolved… then what?? what about deadline??? its just another grand design of Girija. But this is also a grand opportunity to show their courage dear comrade of UML and challenge the Gyane and Girija as well. Do the best dear comrade and if possible please make coilation with Maoist to go in CA with agenda of Republic because we cannot trust Girija

  4. This is a grand design and this is really a dirty politics.Gigira has given the ball to UML.This is an AGNI PARIKCHA to Madhav Nepal,Kaju Kanccha and solely to UML.Now the ball is in UML’s court.Girija is really clever oldchap.Poor Mr Oli!He really enloyed the tenure of DPM particularly visiting abroad frequently.Ahile chai Girija babu le kacchai nikalio moj masti gareko.Jasari moj masti gario aba ko kaam pani garna oario ni,ki koso?Mitho chai khane namithi cah nakhane garnu ta bhaye na ni,Malai ta kya majja lagio.ha ha ha kaju kanchha,badhai chha.

  5. Yemale ko din gaye jasto chha. Aaba Girija ba le oli ko hat ma lagam diyera Makune ko churiphuri bhanda garna khoje jasto chha. Oli darbar ko agent, Girija ba darbar ko bhakta, ani bichara Makune aaba yeta ko na Utako. Janata mathi biswas gareko bhaye…….aahile jas payina bhanera girija sanga runu ta pardaina thyo……Girija le jas diyera jas diyinchha ra, janata le ko kati panima chha bujheko ta chha ni.
    Maobadi pani testai chha yar…….Des kata jane hola…..La nagarik samaj aagadi aaunu paryo……Umesh ji, tapai haru aaba des hakna kassina paryo yar……Yi lovi papi ko hat ma desh ko lagam diyo bhane Hatti aayo Hatti aayo fussa huna ber lagdaina…….YUVA SHAKTI, AAJA KO AABASYAKTA!!!!!!

  6. UML should not complain about not getting important job anymore. Mr. Oli has been given such a privilege to head the Rayamajhi Commission. He has the opportunity now to punish the King and his men. He is a luck man? Will he have the guts to do it?

  7. Chhii… Chhii….Chhii…kamunist neta ko rabaiya…

    Kaju kanchha ta napusak chha bhanthe tesailae dheri kaju khanchha bhanne suneko thiya tara u ta “disabled” pani rahechha natra aafaile chhata samaunu parne haina ra?

  8. The people should realize one fact that it is not easy doing as easy as saying. Whatever the government does now will be established notion so care should be taken and good judgement. Why not take example of South Africa. We shouldn’t be violent. Let them do their work and then see what they do.

    If you people had capacity then you should have been at KP Oli’s place but you are not at his place. Stop getting always negative to each and everyone. Whom do you want then? If you want your favoured person then come to street.

    KP Oli is not only the leader but Deputy PM of Nepal and if you can’t believe him then whom you want?

  9. Thanda Dimag le sochni ho bhani yo sabai Girija le garda bhayeko ho, Janatale sadak ma Ganatantra ko nara lagaye tara Girija bhane Rajalai space dine bhandai ceremonial king ko kura gardai chhan. Tatkal Ganatantra ghosana nagarera jhulaunu ka pachhadi samanti netaharu ko sadentra ho.

  10. k p oile ko ke lekhne aphainai oile skeko chha oileyeko manchhe le ke karbahi garchha bholi mantree hate pachhi tehi police le taoukoma laoro practigarchha khai ma t neta haruma yesto chalak manchhe aru dekhin tesile karbahi garla justo pani dekhina
    niks hong kong

  11. Morning shows the day

    This is for those who has still faith in K. P. Oli.
    Is it possible to have sun rise from west???
    Lets hope for so!!!
    Optimism is the best way to enjoy life. Dont ever get desperate.

  12. धन्यबाद उमेश जि,

    -थहा पाई राखौं न क् हुन्छ!!!
    १) ए ओलिले नै हो नि ‘मदन भन्डारिको हत्यारा लाई’ करबाहि गरेको!!!
    -कता गए ‘मानबाधिकार सङ्गठन’ खोलेर बसेका एमालेका कार्यकर्ता हरु??

    २)बल्ल थाहा हुदैछ, किन ठुलो ठुलो स्वरमा -एमालेले- ‘माओबादि र गिरिजा’ भएर राजा बचाउने भए भनेर बिरोध गरेको?? बधाई छ है ‘गोकर्ण’ बिष्ट हरु को क्रन्तिकारिता लाई.

    ३)ब्यक्तिको लागि सङठनलाई प्रयोग गर्न खप्पिस ‘ओलि’ जस्ता ब्यक्तिलाई गिरिजा बाबुले छान्न लगाएको हो कि? अरु नै कुनै ‘एजेन्सि’ ले हो?
    -यदि, गिरिजा बाबु ले नै गरेको हो भने त – एमालेको कुटनिति सफल् भएको मान्नु पर्छ।
    ल ल बधाई छ ‘गणतन्त्र’ को छाला ओढ्ने एमालेलाई।
    -वाहा वाहा एमाले,–मुखमा राम् राम् बगलीमा छुरा
    -फेरि पनि बधाई एमाले लाई – अझै, पनि जनताको आगाडि चोखो बन्न खोजेकोमा।

  13. यो राजा लाइ बचाउने गिरिजा को प्लान् हो। तेस्तो आयोग् बाम्देव् वा उन् जस्तै मान्छे को नेतृत्वो मा किन बन्दैन्। यदि ओलि आयोग् ले राजा लै कार्बाहि गर्ने सिफारिस् गर्यो भने गिरिजा ले त्यो आयोग् को सुझाब् लागु गर्ने कि नगर्ने भनेर आर्को आयोग् गथन् गर्छ।

  14. Your effort can never me curtailed…..ur doin a splendid job….. and its 4 sure this government is not gonna do anything 2 the defaulters….
    i think now u should concentrate on warning the people in the government for this type of action and the initiative they should take as per the aspirations of nepali people for the complete transformation of economic and social status of the country……. we r eager 2 see a prosperous Nepal in days to come….. free of American and Indian dominance…… particularly the American policy over nepal……..

  15. साथीहरु हो ! यो ब्लगमा के पि ओलिको नाम आयो को कमेण्ट नै चानचुन २०० पुग्छ,ल हेर्दै जानुस यस पल्ट पनि । यसबाट के पि ओलिको वजनको छनक मिल्दछ । भोलिको ए मा ले नेता के पि ओलि नै हो,लेखि राखनुस ।

  16. उमेश् जि मैले के तेस्तो लेखेको थिय र मेरो कमेन्ट आधि मात्र प्रकाशित भयो यसो थाहा पाउन पाय हुन्थ्यो ।हुन त यो तपाइ को ब्लग यसमा तपाइ ले मेरो कमेन्ट प्रकासित नगर्दा मैले किन भ्न्ने अधिकार् छैन तर पनि जान्न उत्सुक छु ता कि मैले सुधार्ने मौका पाउ । बाकि जो तपाइ को मर्जि ।
    aasish
    swiss

  17. Haina ho janta ho ! Kam herera mulyankan garne ki gali garna suru garne ? Yesari jathabhavi gali garera kam nai nahundai….yedi bholi karbhai garyo bhane yaha haru ko k pratikriya hune ho kunni ?????????

  18. यो अरु केहि होइन एमालेलाइ नोटाफ डिसेन्ट लेखेको झापड ओलिबाट हानेको हो।
    र साच्चै एमालेले गणतन्त्र भनेको हो वा होइन त्यसैको जबाफ मागेको हो ।
    अब ओलिले कार्बाहि राजा र राजाका रजौटालाइ कार्बाहि गर्न सक्छन् कि सक्दैन त्यहि हो जबाफ। अब राजलाइ कारबाहि गर्ने भनेको त राजाबाट हटाइ नागरिक बनाउने हो अरुत के हुने हो र अधिकार त सबै जनताको सरकारमा आइसकेको छ। त्यहि नै जबाफ मागेको हो।

    ओलिले एमालेलाइ खाडलमा हाल्ने पक्का पक्कि छ ति ओलिले एमालेको अनुमति लिएकि लिएन्न सोधौन, एमालेका सुभचिन्तक् जान्न चाहन्छन्?

    यसको मतलब हो सबै दोशिलाइ मुक्त दिनु र एमालेको बदनामि ताराभाटको जस्तै हुने भो।र एकदिन ओलि पनि भट्ट्ट्””””’ट् र र्‍याट्य्ट्ट्ट्” गर्छ्न्।

  19. oli le karbai gari halchhani bhannema vota dine manisa haru chhahi oli ko bai barda(aafno manche parne)haru le diyako vota hunu parchha.

  20. ल गरेर खाउ काजु कान्छा।
    बच्चामा दुध भात खाएर हुर्कीयौ, तीम्रा गालाले एक चपेटा पनी खाएका छैनन्‌, तीम्रा हातले कुनै श्रमका काम गरेका छैनन्‌, आन्दोलन भरी खल्तीको काजु खांदै, घरभीत्र लुकेर बस्यौ अरे (म त अमेरीकामा थें नत्र आन्दोलन मा जान मलाइ पनी मन पर्थ्यो)। अब छोटे राजा, बडे राजालाइ कारबाही गर्ने जिम्मा तीमीलाइ छ, दरबार बाट के के (जांड, रक्शी, तरुनी, पैसा….) मोज गर्दै बस, कारवाही भनेको “काग कराउदै गर्छ, पीना सुक्दै गर्छ” भने जस्तै हो। प्रधान-मन्त्री नै बर्द-हस्त भएपछी, के को कारबाही, मोज नै मोज।

  21. मैले एउटा कुरो पटक्कै बुझिन. रायमाझीको आयोगले दोष र सजाय किटेर प्रतिवेदन बुझाइसकेपछि फेरि ओलीको समिति किन चाहियो? ओलीजी पार्टी भित्र त खुराफाती कुरा गर्न बडा सिपालु थिए, गिरिजाले टोपी लाइदिएको बुझेकै होलान्. यत्रो महिना सम्म एउटा राजदूत सम्म नियुक्त गर्न नसक्नेले अरु केहि तातोपानी लाउला भनेर कसैले नपत्याए हुन्छ. ओलीजी आफु त गए गए एमालेलाई पनि गहिरो खाल्टोमा नहालिनछोड्ने भए. आधा कॉग्रेस, आधा एमाले र पुरै माओवादी राजाको controll मा छन. पत्याए पत्य्याउनुस नपत्याए नपत्याउनुस.

  22. I dont beleive Mr perfect K.P Oli will take any action agains King and his followers.Because he is also.So i dont expect any new thing REVOLUTIONARY from his commission.

  23. Under the circumstances this committe comprising of Ridayesh Tripathi, Gopal Man, Krishna Sitaula and Naresh Nemwang is quite OK. I suggest one person to be included from Maoist, may be Dev Gurung.
    It is not only KP Oli, whole team is responsible for it. Why only critisize KP Oli ? He is a party worker and he cannot go against paty policy. If UML does not want to punish the Culprits, then what can KP oli will do, if his party wants strong action either he has to follow it or quit the job.

  24. Dear Umesh,
    I think you have the one-sighted vision. Before the action, you first jump to the coclusion. “Wait, see and react” will be good for now. Let Mr Oli and the committee do their job. We know the truth to some extent. My advice is to be positive, the result will come to peoples’ side. IF not, they will be black listed in the history.

    God Bless Nepal

    Sanjaya, Dharan

  25. Please suggest who do you prefer to lead this commitee from the present cabinet.
    Girija is for cereminial monarch, Prachand supports Girija and UML and some small parties are the one for repulic? and KP Oli is from UML. With your comment suggest the best names from the cabinet who should lead the committee. I guarantee, most of you will critisize any name.

  26. Looks Madhav is a strong supporter of K.P.Oli but Madhav Ji “public judgment” is always right so is the case to K.P. Oli. As I mentioned in my comments a couple of weeks earlier, G.P. Koirala is a smart “Budho Bahun” means he has lots of “wisdom” gained from his “experiential learning”. Now he is firing the gun by putting on Oli’s shoulder. It has a great consequences on UML’s future in the near future. First of all, K.P. Oli has already proved himself that he is “pro-palace”. Second, even if he wants to implement the commission’s report, he is in “minority” in the committe. In both ways, culprits of Janaandolan-II are SAFE.

    I don’t think the Oli Committee will bring the culprits into “justice”.

    Krishna

  27. Krabahi ko sifarish garri sake pachi kina new committe.
    -Giriza babu bachane upaye ho yo.
    -Yedi committe ko leader nai dinu thiyo vane Bamdev Gautam lai deko vaye alik believe hunthiyo.

    subash

  28. umesh jee dhanyabad for good news.i hope our country no one can do anything by persson we must do by system we have create a system that system should cover everyone who was the invoveed on JANA ANDALON-2.

  29. First phase committee led by K. P. Oli.
    Second Phase led by R. K. Mainali
    Third phase led by Pyar Jung Thapa
    Finally Led by Paras
    And then punish the culprit It will be the best idea to punish the culprit.
    Nice job Leaders go on Keep patience

  30. अनुज(anuj) जि ले त मेरो मुख को कुरा लेख्नु भयछ म पनि यहि लेखौला भन्दै थिए ।हा हा हा दुध को साक्छि बिरालो

  31. waha, Oli jyu, nepal ko baam party ko ijjat nai falidinu, tehi ho ta comyunist parti ko leader ko chala, aafu le chhata samatnu hundaina???!!! laaja marnu. Khana napaune neta haru ko aaja yo saaan!!!. Hunata kaidi jiban bitako ho ni ta pahila ra aahile mooj nagare kahile garne ta hoina ta???, Udhus jasari motai saknu bhayo. aaba aarko lai palo dinuhos taaki aaru paani line ma chhan. life ma nasoche ko Europe sayar garnu bhayo.

  32. उमेश जि के गर्नु गिरिजा को खेल हो यो राजा लाई बाचाउने । एस्मा माओवादी को पनि मिलोमतो हुन सक्छ नत्र एस्बारेमा माओवादी किन चुप छन । मलाई त लाग्छ गिरिजा ले सबै सग सल्लाह लियर राजा लाई बाचाउदै छ । एस्मा एमाले, कांग्रेश्, माओवादी सबै को मिलोमतो छ । यदि एस्मा माओवादी को पनि मिलोमतो छ भने “नयाँ नेपाल्” भन्नु बेकार छ । हैन भने माओवादी किन चुप छ । के माओवादी को ध्यान सरकार मा जाने मात्र छ । यो त सबेधन्सिल बिषय हो नि । राजा लाई कारबाही गर्दा बित्तिकै गणत्रन्त्र आउछ नि तर माओवादी लाई जसरि भय पनि सरकार मा जानु छ । तेसो हो भने एमाले र माओवादी म केही फरक छैन ।

    prakash

  33. Rather than vomiting unsatisfations to the recently formed Recommendations committee for the HLPC report, one need to watch closely and carefully until the recommendations disclose, those!in the hit lists might have a high change to disappear from the country soon, if it happens so then all the charges should go to the present Government, by the way! I couldn’t see deadline for submission? Could anyone help me in this regard?
    Cheers,
    Krishna Neupane
    Reading

  34. Why people like to present the image of a person in a distorted way without checking the context of his action. K.P. Oli was never againt Jana Andolan. He nevered favoured the Monarchy. Out of the design of the palace different leaders were treated differently so that they could succeed in dividing them. Madhav Nepal was the one treated worst, followed by Deupa. Even Girija was treated very softly whereas Ram Chandra Poudel was treated harder. Ram shran Mahat was not even imprisoned. that was just a tactics to divide and rule. K. P. Oli is a honest, competant and down to earth person. He has successfuly carried out all the responsibilities he has been trusted with. Why should we doubt on his intentions? I am sure that this commitee headed by KP Oli will take necessary action to all the culprits of Jana Andolan-2 as per the rule of law of Nepal, if not we will vehemently critisize them.

  35. ल तपाईलाई थाहा छैन, हाम्रा उप ज्यु त कुन्नी कती सालतिर अहिलेका माओवादी जस्तै मान्छे छप्काउने कारखानामा काम गर्थे नि त! कसलाई कसरी छप्काउने भन्ने त यि कामरेडलाई राम्रै थाहा छ के रे नि त । त्येही माथी अर्का झापाली पनि रहेछन के रे साथमा चप्काई हाल्छन । शैलजालाई किन राजदुत दिने नि ? न त तिनिमा कुनै सुन्दरता नै छ न त वैश ! बरु मनिषालाई वनाए यसो India घुम्न जादां मोज पनि हुने हाम्रो काम्रेडलाई! कति विद्धा भण्डारी सँगको मात्र अपजस लिने । शैलजा जस्ता लाई त भट्टराई वुढाले ठिक पार्थे के रे, के गर्नु कपालीले एक छिन छोड्ने हैन ।

  36. काजुकन्छालाई डर छ नि कतै राजाको शासन आइपो हाल्छ की भन्ने …………….दहिच्यूरे नेता भए पछी यति बुद्दि त लगाउनु पर्यो नि …………कि कसो ??????????

  37. हत्तेरिका कति यो राजाकै मात्र कुरा गरेर बस्नु।सबैलाई थाहा भएकै कुरो हो-यहाँ सबै जना राजा जोगाउने भन्नेहरु नै सरकारी कुर्सिमा छन्”काग कराउदै गर्छ पिना सुक्दै गर्छ”। झन राजालाई कारबाही गर्न बनेको समुहको मुख्य हरुनै राजा को बोली बोल्छन् अनि राजालाई कारबाही?त्यो त”लङ्का को सुन कानमा लाउने धुन”जस्तै हो। ऐले ल म कारबाही गर्छु!! भनेर नानाभाति सपथ खाए पनि कारबाहीलाई चाँही पातलो पारेर घाम मा सुकाइदिन्छन्। केपी ओलि,गोपालमान श्रेष्ठ,हृदेश त्रिपाठी अदि इत्यदि जन्तुहरु सबै त्यै बाली खाने मुसा हरु न हुन्। म बाली हेरचाह गर्ने मान्छे भए उइले बिश हालेर सबैलाई मारी सक्ने थिए ।
    from doha

  38. Why should the govenment study the report again? It is only a way to delay the process.The HLPC has prepared a report after a long time, and the govenment authorized them to prepare the report and PM assured to implement the report. Again another study on the study? Then there will be another report on report by Oli committee. Until then, the situation will be changed and NOTHIING will happen. A shamful commission (committee) culture!!!
    This is an omen towards stagnation. We will never learn.

  39. ौन लौ के सुन्नु र के देख्नु परेको होला, फेरी अर्को आयोग? त्यो पनि के पी ओली, ल ल के पीले सबैलाइ स्पेस दिने पक्का जस्तै छ है । साथीहरुहो सावधान्, अपराधीहरु यसपाली बच्न नपावस है ।

    -myyogen
    HK

  40. ओहो उमेश जी राम्रो समाचार सुनाउनु भयो तपाईले
    दुधको साँक्ष्ी विरालो भने झै ज्ञाने र केपी जी मा दुध र विरालोको जत्तीकै संबन्ध छ जस्तो लाग्छ । कारवाही को नाममा रायमाझी जीले राजालाई चोख्याउन नसकेको कुराहरुलाई केपी ले चोख्याउने पक्का छ। नत्र केको अर्को आयोगको कुरा चाहियो । केपी को नियत सहि भए देखि राजालाई तु जेलमा राखेर पद च्युत गरि सार्वजनिक मद्दा चलाउनु पर्छ ।

  41. के भो र………हैन के भो……कार्बाइत गरिहल्नुहुन्छनि हाम्रा…..ज्यु..निय..ओलिसर्मा के.पी मन्त्रिप्रधानउपले, रे के हो मैलेत मिलाएर लेख्नपनि आउँदैन क्या भनेको…ज्यु प्र. म ले सबैलाई पुग्नेगरि भागबानिदीयाभन्याकति कुरो नबुझ्रेहो र ….त्यसपछि फेरि कार्बाहिभयो भयेन भनेर हेर्ने जिम्मा सेर्चन अमिकलाइ दिए अति सुहाउने है…………..?

  42. What a drama in our country? Who believe on Chhote Raja that he will punish Bade RAja? Drama, drama, drama…………

  43. Khai patyauna garo cha,, kaju kancha ko,.. kam? tapai le vane jhai girija le chai afu panchine ramro bato vetaicah …

  44. We should be talking about the system not about an individual like K.P.Oli. Another thing is that once you are in a responsible position, you can not do what you want but you have to do what the rule of law says. One more thing is that, it is always easy to be agressive and to throw comments to others, but if you are a matured politician you need to be bold and stay rigid. Like K.P.Oli, he is always a clear speaker, he never says one things and does another thing. He never changes his statements like many political leaders do. In our country, it has become a practice that one who can throw negative comments and be agressive to the government is always right. It is better to be frank and stay rigid than mincing the words. So, Umeshji, I do not see there is anything suspicious for K.P.Oli being the convener to HLPC report recommendation committee. If there are valid grounds he and his committee will have to recommend appropriate actions against those found guilty. Let us not come to a conclusion right away. Have patience!!

Comments are closed.