"पिलन्धरे बाहुन- गिरिजाप्रसाद कोइराला"

राजा महेन्द्रको मृत्यु आत्महत्याबाट ? शीर्षकको ब्लगमा धनञ्जय पौडेलको नामबाट आएको कमेन्ट पढ्दा अनौठो लाग्यो। अनि मैले हिजो भर्खर पढेर सिध्याएको कृष्ण अविरलको ‘रक्तकुण्ड’ र धनञ्जय पौडेलको कमेन्टमा लेखिएका कुराहरुलाई दाँजेर हेर्न थालेँ। पौडेलको कमेन्टमा भन्दा बिल्कुल फरक देखाइएको छ हालकी ‘मुमा वडामहारानी’ रत्नको। पुस्तकको समीक्षामा नै कृष्ण धरावासीले लेखेका छन्- यो कृतिले रत्नप्रति सहानुभूति उत्पन्न गराउँछ। शायद यो कृतिमा सूत्रधारका रुपमा आएकी व्यक्ति नै रत्नकी सुसारे भएकोले पनि त्यस्तो भएको होला। तर जब मैले पौडेलको कमेन्टसित यसमा भएका केही कुरालाई दाँज्न खोजेँ, तब सहानुभूति उत्पन्न गराउने कृतिमा पनि कतिपय ठाउँमा त उल्टो पनि देखियो। एउटा उदाहरण वर्तमान प्रधानमन्त्रीका बारेमा रत्नको ‘पिलन्धरे बाहुन’ भन्ने हेपाहा बोली नै देखियो।

पुस्तकमा लेखिए अनुसार रानी रत्नले वीपीलाई जेल हाल्दा राजा महेन्द्रसँग गुनासो गरेकी थिइन् रे। तर वीपी कै भाइ वर्तमान प्रम गिरिजालाई भने उनले कहिले पनि मन पराइनन् रे। उहाँको नामै सुन्न नचाहने रे। उनले त गिरिजाको नामै ‘पिलन्धरे बाहुन’ राखेकी थिइन् रे। आज त्यही ‘पिलन्धरे बाहुन’ राजाभन्दा शक्तिशाली भएको देख्दा उनलाई कस्तो लाग्दो हो ?

त्यसैगरी राजदरबार हत्याकाण्डका बारेमा जानकारी पाएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक अस्पताल पुगेका बेला उही ‘मुमा वडामहारानी’ रत्नले उहाँलाई देख्नेबित्तिकै “यो पिलन्धरे बाहुनलाई यहाँ कसले आउन दियो ? तुरुन्त सैनिक क्याम्पमा लगेर थुनिहाल” भनेर भनेका रहेछन्। पुस्तकमा दावी गरिए अनुसार रत्नको आदेश शिरोपर गर्दै प्रधानमन्त्रीलाई सेनाले दुई घण्टासम्म ब्यारेकमा लगेर एक्लै थुनेर राखेछ।

रत्नको गुणगानको भरमार भएको भए पनि उनका बारेमा चलेका हल्लाहरुको खण्डन गरिएको भए पनि (जस्तै पौडेलको कमेन्टमा महेन्द्रको साली रत्नसितको लसपसको बारेमा उल्लेख छ, पुस्तकमा यसलाई ठाडै अस्वीकार गरिएको छ। पत्नी हुँदासम्म महेन्द्रले कहिले पनि सालीलाई भेट्न नआएको उनकै सुसारेले बताएका छन्) कुनै-कुनै ठाउँमा भने पौडलले लेखेजस्तै षड्यन्त्र सिध्दान्तलाई बल मिल्ने कुरा पुस्तकमा पनि छन्।

जस्तै दरबार हत्याकाण्डमा बच्न सफल प्रेक्षाले सशस्त्र प्रहरी क्लबको नाम वीरेन्द्रको नामबाट राख्नु पर्ने, आफ्ना पतिको नाममा रहेको सम्पति आफू र आफ्ना छोरीहरुले पाउनु पर्ने माग राख्दा रत्न कै सामु आपत्ति प्रकट गरेपछि उनले “यसलाई पनि ठेगान लगाउनु पर्ने भयो” भनेर भनेका रहेछन्। राजा ज्ञानेन्द्रले भने केही नभनेर आँखा तरेर मात्रै हेरेका थिए रे।

त्यसको एक महिना नबित्दै रारा तालमा प्रेक्षासहितको हेलिकप्टर बेपत्ता भएको तर पाइलट सकुशल भएको समाचार आएको थियो। पाइलट र सम्बन्धित सैनिक अधिकारीलाई समातेर अहिलेको सरकारले छानबिन गर्ने हो भने सबै कुरा खुल्छ। तर छानबिन गर्ने पहल गर्ने कसले ?

सुसारेले पुस्तकमा भनेकी छिन्- हेलिकप्टरको पाइलट बाँच्ने, आदेश पालना गर्न गएका मान्छेहरु बाँच्ने अनि प्रेक्षा र उनका सहयोगीहरु मात्रै मर्ने। षडयन्त्र नभएको भए यस्तो हुनसक्छ कहीँ ? यो देखादेखी षडयन्त्र हो। यस्तो कुरामा तपाईँहरु किन लेख्नुहुन्न ?

त्यसैगरी युवराज दीपेन्द्रको विवाह देव्यानी राणासित हुँदै हुँदैन भनेर ठाडै अस्वीकार गर्ने पनि रत्न नै रहेछन्। बिहे कै विषयमा किचलो भएर हत्या भएको भए पल्लो कोठामा रहेकी उनलाई किन निशाना बनाइएन भन्ने प्रश्न पनि पुस्तकमा उठाइएको छ।

ज्ञानेन्द्र रत्न कै सन्तान भन्ने पौडेलको कमेन्टमा रहेको भनाईलाई भने पुस्तकमा खण्डन गरिएको छ। कुमारी अवस्थामा नै महेन्द्रसितको लसपसका कारण गर्भवती त भएको, तर बेलायत गएर गर्भपातका साथै बन्ध्याकरण पनि गरिएको त्यसमा लेखिएको छ।

त्यसैगरी २०४६ सालमा बहुदलको घोषणा भइसकेपछिको एउटा घटना पनि पुस्तकमा उल्लेख छ। पारिवारिक बैठकमा चर्काचर्की परेपछि भोलिपल्ट साँझ ‘मुमा वडामहारानी’ रत्न र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजा वीरेन्द्रको खोपी मै गएर ढोका ढकढकाउन गएछन्। त्यसो गर्ने अधिकार ती दुई जनालाई मात्र थियो रे। भित्र पसेपछि उनीहरुले राजालाई एउटा कागजमा सही गर्न भनेछन् रे। तर राजाले भने रक्सी लागेको अभिनय गरी सही गर्न अस्वीकार गरेछन् रे। रत्न र ज्ञानेन्द्र मुर्मुरिँदै बाहिर निस्के रे।

त्यसपछि वीरेन्द्रले ढोकेलाई बुझ्यौ, उनीहरुले मलाई सही गर्नै नमिल्ने कागज ल्याएर सही गर्न भन्दै थिए, तर मैले रक्सी लागेको अभिनय गरेर त्यसै फर्काइदिएँ भनी सुनाएछन् रे।

त्यो कागजमा भने वीरेन्द्रको शासन अधिकार खोस्ने कुरा लेखिएको थियो रे।

त्यस्तै वीरेन्द्र र ज्ञानेन्द्रको विवाह प्रेमप्रसंग चलिरहेको विजया र विभासँग उनीहरु चन्द्र शमशेरका पनातिनी भएकोले नगराई जुध्द शमशेर खलककै सँग गर्नुपर्ने भनी ऐश्वर्या र कोमलसित गराउनमा पनि रत्न कै हात रहेको त्यसमा दावी गरिएको छ। अन्यत्र केटी नै नपाए जस्तो गरी जुध्द शमशेर खलककै केटीसित युवराज र अधिराजकुमारको बिहे गराइदिएकोले रिसले त्यतिबेलाका वडामहारानी कान्ति र ईश्वरीको बोलचालै बन्द भएको थियो रे। वीरेन्द्र र ज्ञानेन्द्रलाई समेत यो सम्बन्ध मन परेको थिएन रे। कारण- ऐश्वर्या र कोमलको अर्कैसित प्रेम प्रसंगको चर्चा। कोसित भनेर चाहिँ पुस्तकमा लेखिएको छैन। सूत्रधारले पुस्तकमा भनेका छन्- कोसँग भनेर त मैले बाबुलाई भनिरहन पर्दैन होला नि !

त्यसैगरी महेन्द्रको सरला नामको सुसारेसँगको सम्पर्कबाट वीरेन्द्र भन्दा पहिले जन्मिएका छोरा रविन्द्र र उनकी आमालाई नारायणहिटीबाट निकालेर रविभवनमा बस्न बाध्य पार्ने पनि रत्न नै भएको दावी उक्त पुस्तकमा गरिएको छ।

रविन्द्रका बारेमा मैले पुस्तकमा बाहेक बुबाहरुले कुरा गर्दा सुनेको थिएँ। तर त्यतिबेला विश्वास लागेको थिएन।

राजदरबारका यी कुराहरु सुन्दा अचम्म लाग्छ। अनौठो रहेछ हाम्रो राजदरबारका रहस्यहरु। यी रहस्य समयक्रमसँगै बिस्तारै खुल्दै आउलान् भन्ने आशा गरौँ।

29 Comments

  1. how about having e copy of the book available for some minimal price,,that way it can get some more publicity as well

  2. just recently finished the novel. awesome research work. tara k santa dd le nai sabai kura bhannu bhayeko ho ra? Prekshya sarkar lai ta marna sakne haru le santa dd lai chodla ra?

  3. very good view for the shah dynasty. keep it on. we are eager to hear more……….. and more……….

  4. thx,writer,
    yesterday only i had read that novel and it was awesome,i can’t believe how much a human can be so cruel and full of sinery,by murdering the whole birendra’s family,JO KARE SO PAWAEM that’s true,see the situation of our latest king

  5. उपन्यास् पढडै छु सक्किनइ लाग्यो मलाई लाग्छ यो मात्र पुअनयाँष नभे लुकेको ईतिहास हो जुन सबै नेपालि ले बुझुणु जरुरी छ अझ राजा बादिले ले त कण्ठै पर्णु पर्छ हाम्रो राजतन्त्र बारे

  6. thanks umesh jee, i have just finished that the Rakta-kuntha was so great & sizzling.i thought all our royal family are same for the sin & and they live in sinpalace & crib.anyway, some-day the god may see.even we have to punish those how involve in crime such as RatnaRajya & gyanendra, Parash.

  7. Dhanyawad lekhak ra prakashakji lai,
    ghatna ra durghatna ta harek manchheko jivan ma hune gardachhan tai pani yeuta deshko niyantran griha(Purano) ka netrutwakarta le nai gati fale pachhi kasko ke lagyo ra? yaha yeuta kura chai manan garnu panchha yaha rajniti garne chahe mahila hos ya purus tesma manchhema hunuparne gun chahi hudo rahenachha.

  8. हो!! साथीहरु राजा महेन्द्रको बारेमा मैले कति कुरा हरु सुन्या थिय! हो मैले पनि मेरा बाउ बाजे हरु बाट । राम्री केटी DEKHYO KI SWASNI BANAUNU Arthat SUTAUNUU PARNE RE; RAJA LE ! के रहेछ अब Dhyan diyera sunna जरुरी छ । मलाई पनि लाग्छ राजा त्रिभुवन का छोरा होइन महेन्द्र।
    ”धुरी बटा पाप् कराउन थल्या” जस्तो छ नि साह खान्दान् म। मल्ल, नेवर्, किरत् र अरु थुप्रै लाइ मारि कमाइयेको सम्पति!!!!

  9. Babu ‘Ganatantrabaadi Nepali’!
    I know copyright very well, hope better than you. I am also a writer and with special request, we have given permission to publish part of our work. It helps the writer and the publication to get publicity, too. Copyright law doesn’t stop publishing materials with consent of the writer and publisher. First know what copyright law says and then only write the comment. And if the book ‘Raktakunda’ becomes available for sell in USA, I hope I will be the first person to buy it. What about you?? Have you bought it or just ragging others? First you be the example and then go for others. Can you come with your real name? Just wanted to know whether you are also like “Rastriya Prajatantra Party” without prajatantra– the “Ganatantrabaadi” without knowledge of Ganatantra!!!

  10. Sabai kura thik ho Tara Girija lai Pilandhare bahun bhaneko ra sainika Hoapitalma Pilandhare bahunlai thuna Bhanera Ratnale bhaneko ho bhannechahi bishyas lagena. Kinabhane Girija jiudai chha usle kehi bhandaina ajha rajatantra bachauna kasarat gardai chha. Tyasaile tyo kura chahi tyati bisyas lagena.

  11. yeah though i hadn’t had the chance to read out the so called “HISTORICAL NOVEL “RAKTAKUNDA” but after reading its plot by our Umeshji. I just wanna say.. if novel is just a fiction or like of KRISHNA DHARAWASI’s RADHA as some sort of LEELALEKHAN?
    the writer should clarify is it a some sort of the LEELALEKHAN where fiction had been just ploted as of real one ..or .. he’d really had the evidences? of the stories dealt there. ? hope truth will anyway be revealed in the future.
    MORE the THINGS ARE REVEALED , more than that remains in MYSTery.

  12. Hami lay yo aryaghat pugeko Rajtantra ko barema asali jankari paunu naie parcha. Kripaya satya tathya laie na bangya yara lekhnu hoss haie.
    Aba girija laie chinera naie Pilandharay bahun vaneko hola ni, hoina vanay tyo Girija lay ahilay samma kina karbahi nagareko hola, tini dosi haru laie? ani tyo Makunay kaha cha? kina boldaina karbahi ko barema? ke teslay pani khayo payo ali ali vag banda Gyanay bata?

  13. पौदेल जि को तर्क मा दम छ….सत्यताको नजिक पनि छ..अनुसन्धान त गनतन्त्र पछि मात्र हो..तर सुचि चाहि बनाउदै जाउ..के के मा अनुस्न्धान गर्ने भनेर

  14. Shishir USA, you are asking for free distribution of the hard work of Krishna Aviral. Have you ever heard about copyright (©)? If you are interested to read the book, रक्तकुण्ड please buy it.

    ज्ञानेन्द्र रत्नको छोरा हो भन्ने खासखुस धेरै अघिदेखि सुन्दै आएको छु मैले पनि। यो कुरालाई हल्लाकै रुपमा उडाइदिनुभन्दा अनुसन्धानको विषय बनाउनु न्याय हुनेछ। त्यसो त वैज्ञानिक प्रमाणित नै गर्नलाई डीएनए परीक्षण नै गर्नुपर्छ। यो त मौसुफहरूको सवारी नक्खुतिर चलाएपछि मात्र सम्भव होला। शायद त्यस्तो दिन आउन अर्को क्रान्ति नै गर्नुपर्ला जस्तो छ।

    त्रिभुवन र महेन्द्रको उमेर १४ वर्षले मात्र फरक छ। महेन्द्र त्रिभुवनका छोरा हुन् वा होइनन् प्रश्न गर्ने ठाउँ छ।

    षडयन्त्रै षडयन्त्रको वरिपरि बसेको एउटा परिवारका बारेमा ज्ञानेन्द्र रत्नको छोरा हुन् वा होइनन् भन्ने प्रश्नलाई त्यसै उडाइदिनु हुन्न। धनन्जय पौडेलको तलको कमेण्टमा दम छ। http://www.mysansar.com/?p=1183#comment-73753

    अनि मदनजी त्यो “भाँडभैलो” होइन “भण्डाफोर” हो। कृष्ण अविरलले आफ्नो नाउँ नै दिएर लेखेको पुस्तकलाई बेनामे लेखकको प्रकाशन भण्डाफोरसँग दाँज्न मिल्दैन। अर्कातिर पञ्चायतको अन्तिम कालमा पनि राजपरिवारका विरुद्ध खुलेर आलोचना गर्ने वातावरण बनेको थिएन। यो पनि विचार गर्नुपर्छ। कसैको कृतिलाई यस्तो वा उस्तो भनेर लेबल लगाई हाल्नुभन्दा अलिक घोत्लिनु बुद्धिमानी हुने छ।

  15. umeshg..
    tmi ko merosansar.com site herda pahila ta teti ramro lagdaina theyo ta alik pacchi tapai ko site na heri chitta nai bujdaina….tapai ko yo darbar ko bara ma lekh malai ak damai ramro lagako cha…yo darbar ko bara ma ham lai asai jankari dinu hola…
    durbar is house but whr only animal lives..
    thanks
    suman kuamr kharel
    suwitzerland

  16. yo kura hami haruko lagi ramailo ani jankari mulak chha jasle chahi hamilai thulo mahal bhitraka sano man bhayaka haruko anuhar chinna ma madat garne chha,
    ma yo upanyas kinna chahanchhu yasko lagi kaha samparka rakhnu parla umesh ji

  17. everything is possible because they were corrupted and everyone had in their mind reprisal for their bikbittimg

  18. राजदरबार भनेको त षडयन्त्रको खानी नै रहेछ। कति फोहरी चाल खेल्छन दरवारीयाहरु भन्ने कुरा यही किताब र धनञ्जय पौडेलजीको कमेन्टबाट प्रष्ट हुन्छ। पौडेलजीको कमेन्ट र किताबमा लेखेको कुरामा विरोधाभाष त होला तर, दरबार भित्रको सत्यलाई कसरी झुठ बनाएर जनतालाई अहिलसम्म झुक्याइएको रहेछ भन्ने कुरालाई काट्न मिल्दैन। षडयन्त्र इतिहासमा पनि निकै भएको थियो र अहिले पनि हुँदैछ होला। इतिहासमा जनतालाई झुक्याउन सजिलो थियो तर, अहिलेको नेपाली जनता भनेको २१औं शताब्दीको नेपाली हो। दरबार हत्याकाण्ड रच्दाखेरी रचयिताहरुले यो कुरा बिर्सेको जस्तो लाग्यो। हामी तिनीहरुका मीठा कुरा पत्याउने वाला छैनौ। अब त राजतन्त्रलाई राख्नै हुँदैन भन्ने कुरामा त कसैको दुई मत नहोला।

  19. Umeshji,
    You deserve our appreciation for all the interesting secretes of the Royal family of Nepal. Please keep it up and keep us informed of more secrets. Also, it would be better if you could provide us the secrets based on facts rather than on myths.

  20. Hi all,
    OLD REGIME HAS BEEN SUCKING OUR NATION & PEOPLE’S FOR YEARS & YEARS.

    HENCE, THE REASON WE ARE AT THE BOTTOM OF THE HELL IN REGARD TO SOCIO-ECONOMICAL STATUS.

    OLD REGIME IS USING GIRIJA [Hawaldar as a servant] to protect their rights and Girija is also willing to seek the assistance of OLD REGIME’s guns power in order to take a control of Political power in the counry.

    After CA polls, OLD REGIME including all fedual forces will be dismissed by mean of people’s votes OR people’s guns if needed.

  21. उमेश्जी
    राजदरबार मा लामो समय सम्म काम गर्ने कोही उच पदधिकारी लाई साथी बनाएर खोज मुलक समाचार पस्कनुस् ।यो साह्रै राम्रो प्रयास हो ।नत्र मलाई त एस्ता समाचार पञ्चायत को आन्तिम काल मा निस्केका भाड्भैलो जस्तो लाग्यो ।सुसारे ,नोकर आदी बाट भन्दा पनि राजपरिवार का कोही पलायन भएका नातेदार्,सम्बन्धी,राजाका निजी सचिब आदी पकड्नुस् अनि मात्र तथ्य पत्त लाग्छ ।राजदरबार साचै षड्यन्त्र को घर हो!!

  22. Yeah…..it looks as if they are having the time of their lives but these very people are actually suffering from multiple depressions and conspiracies. They are 1000 times unhappier than people like us who are free.

  23. Umeshg aru pani lekhnuhosna hai darbarko barema rani Aisharyako ta Narayan gopalsanga -chha bhanthe ani Komalko ko sanga rahichha ni yaso thaha pauna pay hune thiyo.

  24. If it is possible to upload the contents (part or whole) one by one, please do it. We are waiting for it, with firing desire…. Thanks for the info.

  25. वाउ!
    लेखको बारेमा त खासै कमेन्ट होइन, तर शिर्षक अनुसार को केहि पनि कुरो पाइन लेखमा । गिरिजाको बारेमा २-४ शब्दले खासै अर्थ्याएन शिर्षकलाई। जे होस् राजदरबार या राजपरिवारसँग सम्बन्धित कुरा हरु बिस्तारै प्रकशमा आउनु हाम्रो लागि रोचक हुन सक्ला , तर सबैले विश्वास गर्लान् र?

    :-> inashrestha

Comments are closed.