आज प्रधानन्यायाधीशको शपथ ग्रहण

अन्तरिम संविधान लागू भएपछि पहिले राजासित शपथ ग्रहण गरेकाहरुले पनि धमाधम नयाँ शपथ लिनु पर्नेछ। त्यसै अनुसार आज प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले शपथ ग्रहण गराउँदै हुनुहुन्छ। त्यसो त प्रधानमन्त्री आफैले पनि राजासितै शपथ ग्रहण गर्नुभएको थियो। उहाँले चाहिँ अन्तरिम संविधान अनुसार शपथ ग्रहण गर्नु पर्ने कि नपर्ने ? अन्तरिम संविधान हेर्दा नपर्ने रहेछ। आज दिउँसो साढे ३ बजे राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले अदालतको काम कारबाही जारी राख्ने निर्णय बुधबार गरेको थियो। अन्तरिम संविधान लागू भए पछि सबै न्यायाधीशहरुले शपथ ग्रहण गर्नुपर्ने भए पनि सरकारले त्यसको प्रक्रिया निर्धारण गरिनसकेकोले न्यायको काम रोक्न नहुने भन्दै त्यस्तो निर्णय गरेको थियो।

मन्त्रिपरिषदको बैठकले बुधबार त्यससम्बन्धी निर्णय गरेको छ। नेपाल सरकारले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले, सर्वोच्च अदालतका न्यायाधीश र पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशले तथा पुनरावेदन अदालतका न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशलाई पुनरावेदन अदालतका मुख्य न्यायाधीशले शपथ गराउने गरी निर्णय गरेको छ।

उता भर्खरै सम्पन्न नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा प्रगतिशील तथा पेसागत समूहका वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली निर्वाचित हुनुभएको छ। उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी भन्दा ४९८ मत बढी पाई विजयी हुनुभएको हो।

वरिष्ठ अधिवक्ता भण्डारीले तीन हजार तीन हजार ७२४ मत तथा वरिष्ठ अधिवक्ता भण्डारीले तीन हजार २२९ मत प्राप्त गर्नुभएको थियो।

यसैगरी पाँच उपाध्यक्षका लागि भएको निर्वाचनमा प्रगतिशील तथा पेसागत समूहका तर्फबाट मध्यमाञ्चलबाट हर्रिप्रसाद उप्रेती र सुदूरपश्चिमाञ्चलबाट रणबहादुर सिंह तथा लोकतान्त्रिक समूहका तर्फबाट पूवाञ्चलबाट अशोककुमार पोखरेल, पश्चिमाञ्चलबाट मुकुन्द शर्मा पौडेल र मध्यपश्चिमाञ्चलबाट प्रहृलादबहादुर कार्की विजयी हुनुभएको छ।

महासचिव र कोषाध्यक्षमा प्रगतिशील तथा पेसागत समूहका क्रमशः रमनकुमार श्रेष्ठ र सविता भण्डारी विजयी हुनुभएको छ।

यसैगरी नौ सदस्यमा प्रगतिशील तथा पेसागत समूहका शान्तिदेवी खनाल, भविश्वर गुरुङ, बालकृष्ण ढकाल, राजकिशोर यादव र सानुभाइ शाक्य तथा लोकतान्त्रिक समूहका कविता थापा, नीता गौतम दीक्षित, नरबहादुर शाही र नमस कार्की विजयी भएका छन्।

गत पुस २९ गते सम्पन्न सो निर्वाचनमा कुल सात हजार १६६ जनाले मतदान गरेका थिए।

जाँदाजाँदै,

बुधबार अपराह्न व्यवस्थापिका संसदको सभामुखमा सांसद सुवास नेम्बाङ र्सवसम्मत रूपमा निर्वाचित हुनुभएपछि ज्येष्ठ सदस्यका हैसियतले उक्त पद सम्हाल्नुभएका ८४ वर्षीय बलबहादुर रईले सो पद ठट्यौली पारामा हस्तान्तरण गर्दा सभा हाँसोमय हुनपुग्यो।

राईले सभामुखको आसन छाड्नुपूर्व सचिवालयका कर्मचारीसँग ‘मैले कुर्सी छाड्नुपर्ने नै भयो त ? भनी प्रश्न गर्नुभयो।

ती कर्मचारीले हो भन्ने सङ्केत गरेपछि पृथ्वीनारायण शाहको एउटा उक्तिलाई ठट्यौलो पारामा सुनाउँदै वयोवृद्ध सांसद राईले भन्नुभयो- लिम्बु मासिँदैन, राई मासिजाला भने झैँ मलाई लिम्बुले तीनदिन पनि सभामुखको कुर्सीमा टिक्न दिएन।

उहाँले त्यसो भनेपछि सदनमा निकै ठूलो हाँसो उठेको थियो।

17 Comments

  1. कसम जो सन्ग खाय पनि भयो तर तेसको पालना पो त गर्नु सक्नु पर्यो
    किन यति सानो कुरामा बक्बास बेकार मा भोलि गयरा एका यक भ्रस्टाचारि साम्सद देख्न्नु पर्ने होला देसले आज के को टाउको दुखाइ
    अनि एउटा कुरा मैले नबुझेको होकि साथिहरुले नबुझेको हो यो त चुनाव सम्म को लागि मात्र बनेको सरकार हो भोलि चुनाव जस्ले जित्छ उसले नै सरकार बनाउ छ होइन र उमेस जि? क्रिपया प्रकाश पारि दिनु पर्यो
    धन्याबाद्

  2. उमेशजी मेरो परस्ङ अर्कै छ माफ गर्नु होला
    मेरो भनाइ र मेरा साथिहरु भिम प्रसाद,बाबुराम जगन्नाथ तथ अरुपनि धरै
    साथिहरुको भनाइ येस् प्रकार छ
    बाम्पन्थि सबै पार्टिहरु मिलेर एउटै झन्दामुनि चुनाव लद्नु पर्दछ र नेपाल्को विकाअश्को लागि सोच्नु पर्छ। येदि बाम्पन्थि येक् हुदैनन् भने नेपाल्मा पुन्जिपतिको शाशन् हुने छ। जो सत्ताका लालच्मा देश्लाइ धरै पछादि लैजानेछन्। विगत् वर्समा हामिले देखेकै कुरा हो। ती नेताहरुले आफ्नो गद्दि बचौनको निम्ति धरै पटक् यो देश्लाइ नर्कको द्वार्तिर धकेलि रहेका थिये।

  3. P.M. must take oath in the parliament too..

    Looks Interim Constitution has made P.M. more autocratic than the King.

    Krishna

  4. Hoina PM lai pani garaunu parchha ni. Sapath grahan (OATH/ PLEDGE) bhanne kuro junai desh ma pani hunchha ra garainchha.

  5. Dear all

    I think PM and all ministers including all “sambaidhanik Nikaye Pramukh” also should take oath in parliament.

    Than, its reasonable,

    If not???why this drama?

    Regarding DPM, after PM, UML/ NC(D) should have to accommodate international situation and if PM Girija suddenly die or killed….!!! Maoist could overtake all power as Antarim Sambidhan is like that..

    so,What??? are we ready to accept the Full Government of Maoist with out Peoples verdict.i.e election??

    If not, lets put someones opinion,

    Its my just khulduli?? if all agree its ok, but I think it will make the situation more worse because Nepali Army might not accept Maoist PM so easily.

    Raj

  6. aba ke tatto na chharo sanga sapath khuwayera baseko hola. sabai lai daru khuwaunu parchha naya system ma. ani PM lai chahi aaryaghat tirai lanu parla sapath khuwauna. jane bela pani ta bho. sadhai ke marihatte haleko hola girjau le pani.

    Birkhe sailo
    Germany

  7. pradhanmantri le ni naya pratinidhi sabha ma saphhat linu parne ho kere?? Aba girija sarkarko manlagdai chalihalchha ni

  8. मलाइ अचम्म लागि रहेको छ . प्रधानमान्त्रि सॅग किन सॅसद सामु खानु पछ. जनता सामु खानु पछ .

    के.पि.ऐस.

  9. PARDHAN MANTARI LAI SAFHATA PAHILE MAILA DAI LE GARO TAR AHILE GARNA MILENA.TESA KARAN AHILE SAFHATA KO LAGI PASUPATI TEMPAL LANU PARCHHA.

  10. achamma chha nepal pani yar aba lauda khane pm le sapth line kuro jasto hasespad aru ke hola.
    pm le line sapath yesto hunchha.

    maile lauda plain khayeko jasto ma pani lauda plain khanchhu maile sajha yatayat dubayera sujata ko nepal yataya chalauna sahayog gare jasto chai gardina bhannus ani maile sabai aafnaimanchhe lai party prabes garaye jasto tapai pani sabai court ma aafno manchhe chhiraunu bhanera pm le sapath dinchha hola

  11. malai yo mathi ko kura bhujna garyo bho i mean this artical coz i couldn’t figure out the name of pradhannayadhis, k ho yo kura clear chaina ni, ko ho ta yo tukra news doesn’t say so haina ki i am wrong?

  12. मलाई यो सपथग्रहण को औपचारिकता अनावश्यक लाग्यो । फेरी प्रम ले चाँही गर्न नपर्ने रे, हाँस्यस्पद ।

  13. i think something need to be corrected in the name of advocates mainali instead of bhandari, both are bhandari above and the TIN HAZZAR DOUBLE TYPED.

    THANKS

  14. स्पस्ट स्वर र सामर्थ्या भयेका सुवास नेम्बाडलाइ सर्वसम्मतिले सभामुख बनाउनु स्वागत योग्य कुरो हो |वल वहादुर राइ ले भनेको घत लाग्यो |

    नविन निरौला | |

Comments are closed.