माअ‍ोवादी लडाकू र हतियारको दर्ता सुरु


राष्ट्रसंघको दर्ता समूह र माअ‍ोवादी कमाण्डरहरु र राष्ट्रसंघीय अनुगमन टोली।
-इयान मार्टिन-
मैले पछिल्लोपल्ट तपाईँहरूसँग कुरा गरेदेखि विभिन्न क्षेत्रमा धेरै कुराहरू भइसकेका छन्। मेरो न्यूयोर्कको यात्रा सुखद रह्यो। त्यहाँ मैले महासचिव बान की मून तथा सुरक्षा परिषदलाई नेपालबारे जानकारी गराएँ। शान्ति सुदृढीकरणको दिशामा नेपालमा भएको निरन्तर प्रगतिबाट महासचिव तथा सुरक्षा परिषद दुवै उत्साहित भएका छन्। उनीहरू नेपाल सरकारको आग्रहअनुसार नेपालमा नयाँ संयुक्त राष्ट्रसंघीय नियोग स्थापना गर्ने कुरामा निकै उत्साही देखिए। त्यस नियोगलाई अन्मिन (UNMIN) भनिनेछ। महासचिवको प्रतिवेदनका आधारमा तयार पारिएको अन्मिनको स्थापनासम्बन्धी प्रस्तावप्रति सुरक्षा परिषदले अग्रिम परामर्शहरू गरेको छ। नेपाली जनताद्वारा अर्को ऐतिहासिक उपलब्धिका रूपमा नेपालको अन्तरीम संविधान घोषणा भई अन्तरिम व्यवस्थापिका स्थापना भएको अवसरमा यी कदमहरू चालिनु उपयुक्त देखिन्छ।


हामीले हतियार तथा सैन्यहरूको संयुक्त राष्ट्रसंघीय अनुगमन कार्यमा भएको महत्वपूर्ण उपलब्धि पनि हासिल गरेका छौं। हाल पैंतीस सदस्यीय पूर्ण अग्रिम राष्ट्रसंघीय अनुगमनकर्ताहरूको टोली नेपालमा कार्यरत छ। अनुगमनकर्ताहरू नेपालगञ्ज तथा काठमाण्डूमा संचालन हुने गरी तैनाथ गरिएका छन्। साथै एक अग्रिम टोली विराटनगरमा कार्यालय स्थापनार्थ त्यर्सतर्फ प्रस्थान गरेको छ।

माओवादी सेनाका हतियार तथा लडाकूहरूको दर्ता कार्यको थाल्नी हिजो चितवन र नवलपरासीको तेस्रो तथा चौथो डिभिजन अस्थायी शिविरहरूमा भयो। हामीले आफ्ना आधारभूत केन्द्र तथा क्वार्टरहरू पनि सुर्खेतस्थित छैठौं डिभिजनस्थलमा स्थापना गरेका छौं। हामीले आउँदो साताको प्रारम्भमै त्यस्ता केन्द्रहरू सम्पूर्ण सातवटै मुख्य स्थलहरू स्थापना गरिसकेका हुनेछौं। दर्ता प्रकृयामा नेपाली दर्ता अधिकृतहरूलाई प्रशिक्षण दिंदै गरेका अफगानिस्तानस्थित युएनडीपीबाट सहयोगस्वरूप पठाइएका दर्ता विशेषज्ञहरू सम्मिलित टोलीहरूले सघाइरहेका छन्। यसका अतिरिक्त हामीले स्थलहरूमा अन्तरीम कार्यदलबाट राम्रो सहयोग तथा र्समर्थन प्राप्त गरिरहेका छौं।


दर्ता प्रकृया सुचारु रूपले थाल्नी भएको छ। हामी स्थलहरूमा दर्ता हुने हतियार तथा व्यक्तिहरूको दैनिक लागतबारे जानकारी गराउने छैनौं। तर हामी उपयुक्त समयमा सम्बन्धित निकायहरूसँग उक्त जानकारी आदानप्रदान गरिरहने छौं। सोबारे प्रकृया समाप्त भएपछि मात्र र्सार्वजनिक हुने कुरामा विश्वस्त छौं।

हाम्रा अनुगमनकर्ताहरूले नेपाल सेनाका कमाण्डरहरूसँग भेट्ने तथा अन्तरक्रिया गर्नेखालको फलदायी स्थलगत भ्रमणहरू पनि गरेका छन्। नेपाल सेनाले पनि सम्झौताअनुसार एकल साँचो व्यवस्थापनअन्तरगत दर्ता प्रकृया समाप्त हुनासाथ चाँडै नै उतिकै संख्यामा आफ्ना हातहतियारहरू भण्डारण गर्ने कुरामा विश्वस्त छौं।


आज बिहान मात्रै संयुक्त अनुगमन समन्वय समितिको सातौं बैठक बस्यो। संचार, समन्वय तथा सूचना आदानप्रदानसम्बन्धी यस महत्वपूर्ण संयन्त्रभित्र तीनवटै पक्षले देखाएको भव्य सहयोगबाट हामी निकै हषिर्त भएका छौं। छलफल गरिएका विभिन्न सवालहरूमध्ये संयुक्त अनुगमन समन्वय समितिले स्याटलाइट अस्थायी शिविर सबैमा सहमति जनाएको छ। एउटाको स्थान परिवर्तन गर्ने काम आज गरिंदैछ।

सोमवार हाम्रो प्रमुख निर्वाचन सल्लाहकार, डा. फिदा नसरल्लाहको आगमनसँगै हाम्रो अन्तर्राष्ट्रिय निर्वाचन सहयोग टोलीको संख्या बढ्दो छ। प्रमुख निर्वाचन आयुक्तको निमन्त्रणामा उक्त टोली आफ्नो कार्यालय निर्वाचन आयोगमा स्थान्तरण गर्ने प्रकृयामा छ। यसबाट उनीहरूलाई आफ्ना समकक्षीहरूसँग झन निकट रही काम गर्न सजिलो हुनेछ। अन्तर्राष्ट्रिय निर्वाचन सहयोग टोलीले मतदाता दर्ता प्रकृयाका लागि व्यापक अनुदान सहयोग प्राप्त गर्ने दिशामा पनि महत्वपूर्ण प्रगति गरेको छ। कानूनी ढाँचाको विकाससँगै हाल संयुक्त राष्ट्रसंघीय प्राविधिक सहयोगका कार्यहरू उपकरणहरू, अनुदान समन्वय तथा सहयोग प्राप्त गर्न सघाउने कुरामा केन्द्रित छन्।


दर्ता गर्नका लागि चितवनको शिविरमा लाम लागिरहेका माअ‍ोवादी छापामारहरु।


राष्ट्रसंघका कर्मचारी दर्ता कार्यमा व्यस्त हुँदै।


माअ‍ोवादी छापामारको तस्वीर खिच्दै राष्ट्रसंघका कर्मचारीहरु।


राष्ट्रसंघका वरिष्ठ सैन्य सल्लाहकार जान इरिक विल्हेमसेन माअ‍ोवादी डेपुटी कमान्डर पासाङसित हात मिलाउँदै। पछाडि देख्नुभएको सेतो कन्टेनर भने माअ‍ोवादीका हतियार राख्न त्यहाँ ल्याइएको हो।

यो दृश्य भने कन्टेनरभित्रको हो।


[सबै फोटो चितवन शिविरका हुन्। फोटो र शब्द OPRSG]

19 Comments

  1. good news nepali and nepal
    wish all the best
    always be happyness nepali aama
    never come like before in nepal “””””jay nepal sundar santa bisal nepal”””””

  2. खै यो सरकारले पनि के को नौ टंकी गरे को होला ! त्यत्रो पैसा फलाना मार्फत निकाशा गरिएको छ , फलानो ठाउमा प्रमानिकरण शुरु, एति करोड चाहिने, राष्ट्र संघको जन्ती एतिखेर आउने, उति खेर आउने, जस्ता नौटंकी गर्नु भन्दा खुरुक्क दुबै पक्षको सेना मिलायेर सिङ्गो नेपाली सेना को पुन संरचना नगरे र ! सरकार अनि सँसदमा ल्याउन हुने सेनामा ल्याउन किन न हु ने ? बरु एस्तो सौताको छोरा छोरी जस्तो (माफ गर्नुहोला, सबैमा लागु नहोला, तर नेपाली उखान टुक्काको याद आयो, फेरी आफु त पण्डित पनि परियो ) व्याबाहारले हालको कथित नेपाली सेना प्रतिकृयावादिहरु को गोटी हुना के को बेर ? कुकुरलाई जती सुकै नया घरमा ठाउमा लगे पनि आफ्नो पुरानो मालिकलाई त टोक्दैन नि, यदी बहुलाको रहेन छ भने । अनि एक पक्षको हतियार भण्डारण पछी अर्को पक्ष जाई नलाग्ला भन्ने के को आधार ? आखिर यि पनि त मैले भने जस्तै प्रवितृका जो परे ।

  3. They look very professional and progressive as well as all Maoist Fellows. But i am worried with MADHESHE MUKTI MORCHA!! What the hell is that again??

  4. Looking at how things have been handled by SPA and maoist as of now, there’s a real chance that Nepalcould plunge into hostilities and break into pices. The scene is setting towards civil war.

  5. oh this makes us feel good that really the arms will be managed. The pictures that maoist army stayed in organized way and waiting in quee and posing hapily makes me feel that they also are very happy to drop their guns.
    aba hamro nepal ma chandai nai sabai kura haru ko bebast milera dherai dherai oppertunity haru ko suru hos ani sancnchhi nai naya yuug ko suruwat hune chha ra hami sabai tyo suruwat lai witnessed garne chhaun ..
    ramro nepal ko sapana aba chandai nai pura hune wala chha jasto lagchha….

    jaynepal

  6. धन्यबाद
    बिदेशमा भए पनि यी फोटो हरु देखेर सार्है मन खुसी भयो र अब सबैको सपना नया नेपाल देख्ने छ त्यो सबै नेपालीको सपना चाडै पुरा होस नेपालीहरुको घर आगानमा खुसी आओस र नेपालको शान्ति प्रकृयामा सहयोग गर्नुहेने सबै बिदेशी संघ संस्था ब्याक्ति बिषेशहरुलाइ धेरै धन्यबाद दिनै पर्छ र राम्रो तस्बिरका लागी उमेश जि लाइ पनि

  7. I was amazed to see all this actually happenning. I hope the maoist sincerely register all the fighters and deposit all the weapons in the containers. This is the very good beginning. We hope they are sincere to move the country forward. Hopefully, they will realize what their past mistakes and govern the country responsibly. Finally, we all should forgive all the misdeeds committed by all in the past and start the new beginning of Nepal. We should not think about any kind of revange (including the revenge towards maoist and towards former royals) to all and move forward with positive feelings.

  8. malai ta govinde phataha pheri samsad ma ayo re bhanda ta dhikkar nai jasto lagyo…………khoi k ko andolan……….k ko paribartan………..chor phataha, ghusyaha, pataki govinde pheri samsad……..k bhanne khoi……hamro karmai usto po ho ki …jati andolan gare ni pataki haru le nachhodne bhaye………Dil

  9. Hatt off to maoist army, this is really great sacrifice you did for country. Uncompareble, you have very brave heart and work for country. I feel coward myself in front of you guys. You put off your self to die to free me.
    get my salutation for your well job.
    Keep it up forever, eventhough until the country get change completly.
    LAAL SALAAM!

  10. The above pictures judges the sincerity and farsightedness of four parties:

    1. The Monarchy:Who always advocated maoist as a terrorist group.

    2. The Seven parties: Though it referred the Maoist terrorist and decline for constitutional assembly, recognized it as a political force and peaceful settlement of conflict through dialogue that brought event of arms surrender today.

    3. The Maoist: As they proclaimed always a political force showed its sincerity committing to dialogue through peaceful process to come to the political main stream.

    4. The USA: Who tagged Maoist as a terrorist to present day, wants Nepal a place of battleground through different modes and modalities.

    Gain and Pain
    the above process and images proved winners and losers and who got pain from peaceful dialogue.

    Now we can judge again the losers and winners. Finally, Gyanendra and USA at present are the losers.

    My best wishes to all Nepalese for the freedom they enjoy today and possibility of ladder that can ride even by a citizen excluded for centries.

    Also, seven parties and Maoist deserves special thanks and appreciation for their sincerity though late.

    Freedom Lover

  11. अब हतियार त त्यत्रो ठुलो ढ्वाङमा हालेपछि नेपालमा शान्ति चाँडै आओस्, मैले छिट्टै देख्न पाउँ।

  12. its, nice and prograssive.
    we hope the crisis will be subsided forever and we will be able to see New Nepal and its prosperity among the nepalese peoples.

    Laxman UK

  13. It’s unbeliveable police and army can have weapons and peolples liberation army cannot?? what is this?? How to belive only army and police why not belive maoist too????

  14. बितेको १०-१२ बर्ष नेपाल र नेपालीहरुको लागि ज्यादै कठीन रह्यो । हजारौं को ज्यान गयो, लाखौं बिस्थापित भए, असर त सबै नेपालिले भोग्नु पर्‍यो। यसै त नभएको रोजगारी, द्बन्दले गर्दा त, रसातल मै पुग्यो। सस्तो मा श्रम बेच्न लाखौं नेपालि बिदेशिन बाध्य भए। गल्फ एयर र कतार एयर को खुदो पल्ट्यो। शान्ति को लागि अब बिगतलाई बिर्सनु बाहेक अरु बिकल्प नै रहेन। तर पाशबिक हत्याहरु को छानबिन गरेर दोषीहरुलाई कारबाहि हुन पर्ने आस चाँही मरिसकेको छैन।
    अब बन्ने सरकारले देशको प्राथमिकता निर्धारण गरोस। टाले-टुले र बेकारको कार्यहरुमा समय खेर नफालोस। देशको परनिर्भरता घटने र रोजगारी सिर्जना हुने कार्यहरु हुन। हामी नेपालि ले पनि सुध्रिन सिकौं। यउटा उधारण, डचहरु तेलको उत्पादन गर्ने हरुमा पर्दछन। तर आफुहरु चाहीं Netherland भरि ब्यापक साईकलको प्रयोग गर्छन। ४ बर्ष पुगेपछि केटाकेटीहरु (केटा र केटी दुबै, केटा मात्र होईन) लाई बावुआमा ले साईकल चड्न सिकाउने गर्छन् । सडकमा साईकल चलाउन छुट्टै लेन छ। साना साना बच्चा देखि ७०- ८० बर्षका बुढाबुढिसम्म साइकल मै हुन्छन। कसैले भन्थ्यो, जमानामा ईन्धनको संकट परेको बेलामा यो चलनले ब्यापकता पाएको रे। ब्यक्ती पिछ्छे गाडी भएपनि साईकल नै चड्छन। उनिहरुले साईकल चलाएर हुने ईन्धनको बचत करोडौं युरो हुन्छ होला। हामी चाँहि धेरै नेपालिले अरब मै रगत पसिना बगाएर काम गरेर आएको डलर खर्चेर अरबबाट नै किनेको तेल हालेर भए पनि गाडि नै चड्छौ। ५ मिनेटको बाटो पनि हिड्न सक्दैनौ, माईक्रो चडनु पर्छ। ( के गर्नु, हामी कहाँ त, साईकल लेन मा ट्रक बस गुडाईदिन्छन र साईकल बालालाई ब्याक गरेर किचि पो देलान भन्ने पिर)। यो प्रसंगको यउटा घत् लाग्दो कुरा। पेरिसमा गाडि चलाउँदै गर्दा डच बस ड्राईभर ले भन्दै थियो- “बुझिस, पेरिसमा त ड्राईभिङ लाईसेन्स सुपर मार्केटमा किन्न पाईन्छ जस्तो छ।“ गाडि चलाई पेरिस मा अलि रफ नै हुने रहेछ, नेदरल्याण्ड भन्दा। गाडि चलाउनेले जता बाट पनि गाडि हुल्ने पाईने , आफ्नो लेन छोडेर। मलाई चाँहि यो मा्न्छे नेपाल गयो भने के भन्ला भनेर हाँसो उठ्यो। हामी कहाँ त घरमै लेराई दिन्छ , पैसा तिरे पुग्छ। नियम कानुन त साना तिना लाई, प्रहरीको डि आई जि लाई ट्राफिक नियम नै मान्न पर्दैन । ड्राईबर लाई त मान्छे मार्ने छुट भएको कुरा उस्ले सुन्यो भने के भन्ला हगि??

Comments are closed.