माअ‍ोवादीको समानान्तर सत्ता अ‍ौपचारिक रुपमा विघटन

माअ‍ोवादी विधिवत रुपमा अन्तरिम विधायिका संसदमा प्रवेश गरी सत्ता साझेदार बनेपछि विगतमा उसले स्थापना गरेका सबै समानान्तर जनसरकार र जनअदालत विघटन गरेको छ। यसको अ‍ौपचारिक घोषणा माअ‍ोवादी अध्यक्ष प्रचण्डले बिहीबार एक वक्तव्य जारी गर्दै गर्नुभएको हो। वक्तव्यमा विगतमा जनसत्ता र जनअदालतले गरेका ‘सही’ निर्णयहरुलाई उल्ट्याउने कुनै पनि प्रयत्न मान्य नहुने पनि उल्लेख छ। अर्थात्, विगतमा माअ‍ोवादीको नजरमा ‘सही’ कुनै पनि निर्णय जनसत्ता र जनसरकार विघटन भए पनि कायमै हुने देखिएको छ। समानान्तर सरकार विघटन गरिएपछि देशमा रहेको दुई सत्ताको स्थिति समाप्त भएको छ, जुन दीगो शान्ति स्थापनाका लागि कोसेढुंगा हो। वक्तव्यको पूर्ण अंश भित्र छ-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

प्रेस-वक्तव्य
सात राजनीतिक दल र ने.कपा. -माओवादी)का बीचमा गत कार्तिक २२ गते सम्पन्न ऐतिहासिक सहमतिअनुसार यही माघ १ गते अन्तरिम संविधानको घोषणा र पुरानो संसद विघटन भई नयाँ अन्तरिम व्यवस्थापिकाको निर्माण भएको छ । माघ १ गतेको यो ऐतिहासिक परिघटनासँगै पूर्व सहमतिअनुसार नै ने.क.पा.-माओवादी)को नेतृत्वमा संचालित हुँदै आएका विभिन्न स्तरका जनसत्ता र जनअदालतहरू पनि औपचारिक रुपमा विघटन गरिएको घोषणा यसै वक्तव्यमार्फ् गरिएको छ । विभिन्न स्तरका जनसत्ताहरूको स्थान अब सहमतिअनुसार स्थानीय अन्तरिम संयुक्त सरकारले लिनेछन् । अतः सत्ताका रुपमा आ८ना सबै कृयाकलाप बन्द गरी स्थानीय संयुक्त सरकार निर्माणमा सहयोग पुर्याउँदै निर्वाध रूपमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियालाई सफल तुल्याउन, सक्रिय भूमिका खेल्न केन्द्रीय कार्यालय यसै वक्तव्यमार्फ् सवै स्तरका पार्टी कमिटीहरूलाई विशेष निर्देशन गर्दछ । केन्द्रीय कार्यालय यहाँ यो कुरा पनि स्पष्ट गर्न चाहन्छ कि विगतमा जनसत्ता र जनअदालतले गरेका सही निर्णयहरूलाई उल्टयाउने कुनै पनि प्रयत्न, ऐतिहासिक सहमतिको भावना विपरीत हुनेछन् र त्यो हाम्रा लागि मान्य हुने छैन ।

नयाँ नेपालको निर्माणका लागि नयाँ राजनैतिक मूलधारको विकासमा अन्तरिम संविधान र अन्तरिम व्यवस्थापिकाको निर्माणले गुणात्मक रुपले नयाँ पहलकदमीलाई व्यक्त गर्दछ । यो गुणात्मक पहलकदमीलाई महान् र वैज्ञानिक निष्कर्षम्म पुर्याउने काम संविधानसभाको निर्वाचनले मात्र पूरा गर्न सक्दछ । अतः नयाँ गणतान्त्रिक नेपाल निर्माण गर्ने यस ऐतिहासिक अवसर र कार्यभारमा व्यवधान खडा गर्ने कुनै पनि प्रकारको प्रतिगामी आतंक, अराजकता र ध्वंसात्मक कृयाकलापका विरूद्ध शान्तिपूर्ण राजनैतिक वातावरण बनाइराख्ने काममा सक्रिय बन्न पनि केन्द्रीय कार्यालय यसै वक्तव्यमार्फ् सबै स्तरका पार्टी कमिटी र आम जनसमुदायसँग हार्दिक अपिल गर्दछ ।

मितिः ४ माघ २०६३
…………………
प्रचण्ड
अध्यक्ष ने.क.पा. (माओवादी)

8 Comments

  1. Finally they agreed.

    dar trash ra dhamki le matra hudaina, let the people choose anything they like in a fare way.

  2. जतबाट भए पनि पैसा आउनु पर्‍यो । नयाँ मुहान फेल पर्‍यो पुरानोमा के को दु:ख गरिराख्न्नु अब बसी बसी खाने दिन आएनित्! कसो काम्रेड ?

  3. Thanks Commred Prachanda.You have to do to many things gradually without hamparing the civii right of the people for the golden future of the nepali people. Bishnu USA

  4. Highly appreciated…
    Now you (CPN-M)have to be a role model so that corrupt ministers/leaders of other parties will be in trouble….

    We want to see that soon…

    Krishna

  5. This particular announcement deserves a hell lot of publicity. Everybody on earth should be aware of this event.So at the end of the day,there will be no turning back and this event gets fully materialized.The one and only “Agni Parikchhya” !!!
    Earlier, couples of promises were broken though.

Comments are closed.