एक वर्ष अगाडि आजको दिन

कहिलेकाहीँ बितेका कुरा सम्झँदा दुःख हुन्छ, कहिलेकाहीँ रोमाञ्चित भइन्छ। एक वर्ष अगाडि शाही सरकारले राजधानीमा कर्फ्यु लगाएको थियो भने यस पटक लोकतान्त्रिक सरकारले लहानमा कर्फ्यु लगाउनु परेको छ। त्यहाँ सोमबार बिहानसम्म पनि कर्फ्यु लगाइएको छ। अलि बिसञ्चो भइरहेको छ हिजोदेखि। त्यसैले नयाँ कुराभन्दा पनि भने एक वर्ष अगाडि आजैका दिन शाही सरकारले गरेको हस्तक्षेपका सम्बन्धमा त्यो दिन गरेको ब्लग साभार गर्दैछु।

२०६२ माघ ८, शनिबार
ती बिचरा लोकतान्त्रिक स्रष्टाहरुले के त्यस्तो अपराध गरेका थिए र उनीहरुलाई त्यसरी दमन गर्दै गिरफ्तार गर्नुपर्थ्यो ? उनीहरु कवितामात्रै त भन्दै थिए। त्यहाँ केही उग्र प्रहरीहरुले स्रष्टाहरुमात्रै हैन, पत्रकारहरुलाई पनि दुर्व्यवहार गरे। पत्रकार टंक पन्त र प्रकाश सिलवाललाई भ्यानमा कोचे। साथी मणिले समेत एक लाठी खाएछ। देउडा गायक नन्दकृष्ण जोशी “हामी तपाईँहरु कै लागि संघर्ष गरिरहेका छौं” भनी प्रहरीलाई सम्झाउँदै थिए। कठालो समातेर भ्यानतिर तानिँदै गर्दा लोकतन्त्रवादी कवि अर्जुन पराजुली कराउँदै थिए- कुनै घरको भित्तो फोरिएन, कुनै बैंक लुटिएन, कुनै मूर्ति चोरिएन…स्रष्टाहरुमाथि लाठीसमेत बर्साइयो।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।


च्याटमा भेटिएका केटिभीका मित्र दीपक भट्टराईले १ बजे नयाँ बानेश्वरमा लोकतान्त्रिक स्रष्टाहरुको कार्यक्रम छ भनेर जानकारी दिएपछि म त्यता लागेको थिएँ। नयाँ बानेश्वरमा नै भेट्ने भनी मणिले भनिसकेका थिए। स्रष्टाहरुले सडक पेटीमा नै उभिएर कार्यक्रम गर्न लागेका थिए। ५० भन्दा बढी स्रष्टाहरुको भेला थियो त्यहाँ। नीनु चापागाईँको सभापतित्वमा यो सभा सुरु भयो। कविता वाचन हुँदै थियो, प्रहरी हस्तक्षेप गर्न आइपुगे। उनीहरुले ब्यानर खोसे। केहीलाई गिरफ्तार गरी लगे। उता फेरि अर्को कविता वाचन भयो।

कविता वाचन गर्दागर्दै पक्रिएका कवि समातिँदा पनि कविता वाचन गर्दै थिए। कठालो समातेर भ्यानतिर तानिँदै गर्दा लोकतन्त्रवादी कवि अर्जुन पराजुली कराउँदै थिए- कुनै घरको भित्तो फोरिएन, कुनै बैंक लुटिएन, कुनै मूर्ति चोरिएन…। त्यहाँ प्रहरीहरुको पनि दोहोरो मनस्थिति थियो। कोही यत्तिकै हस्तक्षेप गर्न तयार थिएनन्। कोही भने वासुदेव थापा प्रवृत्तिका प्रहरी थिए। बिनसित्तिमा आक्रोशित हुने यी प्रहरी जवानलाई कोमाथि केको रिस हो कुन्नि। उनैका कारण पत्रकार टंक पन्तमाथि दुर्व्यवहार गरिएको थियो। यी जवानका हातमा लाठी हुँदा त यस्तो छ भने बन्दूक हुने हो भने कस्तो होला ? केही प्रहरी भने मनले नदिँदा पनि कर्तव्यका खातिर गिरफ्तारी गर्दै थिए।

वास्तवमा त्यो कार्यक्रममा हस्तक्षेपको कुनै तुक थिएन। मुसाप्रवृत्तिका मान्छे गृहमन्त्री भएको देशमा योभन्दा बढी अन्यायको हद के हुनसक्ला ? त्यहाँ शान्तिपूर्ण रुपमा कविता वाचन गरिएको थियो, कसैले ढुंगा हानेका थिएनन्, नाराबाजी गरेका थिएनन्। तर बदलामा उनीहरुले स्रष्टा र स्रोताहरुमाथि लाठी बर्साए। निरंकुश सत्ताका भाटहरुले यस्तो कार्यलाई कसरी जस्टिफाइ गर्न सक्छन् ?

गिरफ्तार हुने स्रष्टाहरु थिएः
डा तुलसी भट्टराई
कुसुम ज्ञवाली
हरिगोविन्द लुइटेल
डा जगदिश भण्डारी
रमेश भट्टराई
अर्जुन पराजुली
अनुभव अजित
भाष्कर गौतम
विमल अर्याल
नन्दकृ्ष्ण जोशी
मुक्ता श्रेष्ठ

13 Comments

  1. hamro desh ko police haru ko manh ra vyabahar ma police janta ko sewa ra surakchya ko lagi bhaneyra kahiley aauney hola.. jaba samma power ko dwash dekhauney ra hath ma power cha bhaneyra mattine danthey haru ra police ma huncha taba samma ta kahiley aauna hola.

  2. What I think the demand of time is that we all need to be restrained on our deeds. So far after the successful rehabilation of democracy, the government seems to be engaged for the sake of people excluding some exceptions. GP Koirala’s government has the big responsibility ahead and if we all Nepalese assist him to accomplish it, I think we can be the decider of our own destiny. That’s what our great patriots died for. The motto is to clear ownself and support every positive actions done for the sake of Nepal and the Nepalese people without delving for who the actors are.

  3. What a troublesome road we have got ahead for us. With our dreams of New Nepal, is this the way it’s going to be? No vehicle movement. Isn’t that a big Manabadhikar hanan? No security, no action to the culprits. Hami Jantale kahile afno kam garera khana paune???

  4. Basudev thapa,Sarad kumar oli prabritika police haru ahile pani moj gardai holan kinabhane partyharu ajhai pani post kai lagi chalfalama chan. punishment bhanne kura yestai ustai ta ho ni nepalma. ajha tatkalin valley DSP sarad oli ta K P oli najikkai pare kyare?

    Umeshji, nepal naramra le punishment paune din kahile aula? khumbahadur,Govinda raj joshi,ta umke, .
    khai k ho k ho nepal ta?

    Auta blog lekhnu paryo umesh ji?

  5. why didn’t you write news about Lahan? Maobadi has killed a civilian,that is a relevent example,maobadi becoming ‘Dandahin’.You are a blogger,you donot have to be unfair.

  6. उमेशजि, तपाईले ‘पोहोर् शाहि सरकारले कर्फ्यु लगाको थियो, यसपालि यो सरकारले लाहानमा लगाको छ’ भनेर लेख शुरु गरेको चित्त बुझेन।

    यो दुइ कुरो तुलना गर्नै मिल्दैन। सरकारले गुण्डाहरुबाट जनताको सुरक्षा गर्न लाहानमा कर्फ्यु लगाएको कुरो घाम जस्तो छर्लङ्ग हुनुपर्ने तपाइलाई। प्लिज, यस्तो नचाहिने तुलना गरेर लेख्ने बानी नगर्नुहोला।
    [त्यहाँ ‘लगाको छ’ लेखिएको छ कि लगाउनु परेको छ भनी सरकारको बाध्यता दर्शाइएको छ ? कमेन्ट लेख्दा हावादारीमा नलेखी भावार्थ बुझेर लेख्नु हुन अनुरोध छ]

    तपाइको ब्लगमा धेरैजसो खालि सरकारलाई घोच्ने कुरो बढि देख्छु म। गिरिजा वा कसैको समर्थक हैन म, सुजातालाई त झन हेर्न पनि सक्दिन, तर यो सरकारलाई जसरि भए पनि दुख दिने, समयमा काम गर्न नदिने, घोच्ने गर्नु हुदैन। सकेजति गर्न खोजेका छन। यो भन्दा राम्रो कसले गर्न सक्छ ल भन्नुस? जे होस, जसरि होस, संबिधान सभा सम्म सबैले धैर्य गरेर पर्खनै पर्छ। त्यसपछि निर्वाचित एकाइले जे भन्छ त्यो मान्ने हो हामीले। आफ्नो हातमा अधिकार आयो भनेर मनपरि गरेर हिड्न थाल्यौ भने ज्ञानेन्द्र र तेसका मान्छेहरु को हड्डि हाँस्छ र के था जनता ले तिनैलाई फेरि ल्याउन सक्छन। राजा हटाउदैमा देश राम्रो र शान्त हुदैन भन्ने हेर्न टाढा जानु पर्दैन, इरान र अफगानिस्तान हेरे पुग्छ।

    हाम्रो देशमा यदि साच्चै राजा हटाउनु छ र देशलाइ साच्चै प्रगतिको पथमा लैजानु छ भने यो अराजकताबादि हरुलाइ प्रश्रय दिनु हुदैन र सरकार लाई इज्जत गर्न थाल्नु पर्छ। अनुशासनमा मात्र लोकतन्त्र मौलाउछ। ध्यान दिऔ, हाम्रो देश बनाउने भत्काउने सबै हामिले नै हो।

  7. maoist are terrorist and are like snake. No matter how much milk u feed them they dont stop biting.This is the situation of present nepal.The best solution will be to lock up both maoist and gyenendra and then head forward.

  8. मलाई त हिजोआजको यो बिध्वंस पनि राजाबादीहरूकै चलखेल लाग्छ। म यो सब कुरालाई देशमा ०७ साल पछि ०९ साल तिर संबिधान सभाको कुरा चल्न लाग्दा पूर्व कता हो – दिनदहाडै मानिस काट्ने काम भएको थियो भन्थे तेहि याद आउँछ। मलाई राम्रो ख्याल छ एउटा पाको मान्छेसँग झण्डै ३ बर्ष अघि भएको। उहाँ भन्दै हुनुहुन्थ्यो कि यी माओबादी भनाउदाहरू राजालाई फाल्ने भन्छन – कहाँ सजिलो छ र। यहाँ गाउँका गाउ मान्छे सखाप हुनुपर्छ। आधा मान्छे नमरेसम्म त्यो सकिनेवा्ला छैन। सायद आज त्यो भविष्यबाणि सिद्द हुने दिन पो आयो कि थाहा छैन। तर आशा गरौँ म अनि ति बूढा बा गलत ठरिने छौ अनि देश प्रगति तिर लम्कने छ।

  9. tapai le bhaneko thikai ho Ramesh ji yeni haru sachai ko thag ho kam na garne ani falaktai hinne matra sabai thag kabi haru lai sai sarkar le gareko thikai ho bhanchu ma pani

  10. yesta kabi haru lai chai thikai gareko ho yeni haru lai kabita dekhi kehai garna aaudaina yo kabhi haru lai chai chiso bhuain nai thik cha ki ta bato khanna lagauna parcha bholera matra DESH bandaina yeni haru matra bolne matra ho tesai le thikai gareko ho

  11. dear friend
    when i read this news ,i m so sad because i thought the new goverment (loktantrik)also copy from monarcy goverment , (shahe sarkar)

  12. त्यो प्रहरी निरक्षकलाई रोल्पामा सरुवा गर्नु परछ.र त्यो प्रहरीहरुलाई के गरियो ?त्यसै छोड्न त भएननि होइन र?

Comments are closed.