प्रधानमन्त्रीद्वारा वार्ताको आह्वान

राष्ट्रप्रमुखका रुपमा पहिलो र उहाँकै शब्दमा ‘अन्तिम’ सम्बोधन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जस्तोसुकै समस्या पनि वार्ताको टेबुलबाटै समाधान हुने भएकोले वार्ताको ढोका सँधै खुला रहेको बताउनु भएको छ। उहाँले संविधान सभापछि देशलाई संघीय लोकतान्त्रिक संरचनामा लाने बताउनु हुँदै जनसंख्या र भौगोलिक क्षेत्रका आधारमा निर्वाचन क्षेत्र घटबढ हुने बताउनु भयो। यसो गर्दा जुन जिल्लामा जति निर्वाचन क्षेत्र छन्, त्यसमा भने घटबढ हुने छैन। प्रमको सम्बोधन सुन्न भित्र आउनुस्।

प्रधानमन्त्रीको सम्बोधन सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरण
यो मेरो शायद पहिलो र अन्तिम सन्देश हुन्छ होला तपाईँहरुका लागि। किनभने मेरो उमेर र स्वास्थ्यले गर्दा मेरो यो अन्तिम सम्बोधन पनि हुनसक्छ। आज एउटा युगान्तकारी परिवर्तनपछि मैले तपाइँहरुलाई दिदीबहिनी दाजुभाइहरुलाई एउटा सन्देश दिँदैछु। मेरो पनि आफ्नै अनुभूति छ, इच्छा छ, आकाङ्क्षा छ भावना छ- तपाइँहरुकै जस्तै। म कुनै भिन्न मानिस होइन। तपाइँहरुजस्तै आकांक्षा भावना उत्कण्ठा मेरो पनि छ किनभने म पनि यही भूमिमा यही माटोमा लडिबुडी खेलेर यही हावापानीमा हुर्केको व्यक्ति हुँ। त्यसकारण तपाइँहरुको भावना आकांक्षा र इच्छासँग म पूर्ण रुपमा परिचित छु।

र अर्को कुरा, युगान्तकारी परिवर्तन त भयो त्यसपछि जनतामा इच्छा आकांक्षा उत्कण्ठाहरु उर्लिएर आए- त्यो स्वाभाविक कुरा हो । हामीले त्यसलाई राष्ट्रको प्रसव वेदना भन्छौँ। किनभने एउटा परिवर्तनपछि अर्को परिवर्तन हुँदा देशलाई वेदना हुन्छ त्यो स्वाभाविक हो। मलाई एउटै कुरा भन्न मन लागिरहेछ कि- यहाँको परिस्थितिलाई अध्ययन, विश्लेषण गर्दा मलाई लाग्यो- कतै प्रतिगामी शक्तिहरुले चलखेल गर्न सुरु त गर्न लागिरहेका छैनन् ? त्यसैले मैले तपाइँहरुलाई सचेत गराउन चाहन्छु कि त्यस्ता खेलबाट हामी मुक्त हुनुपर्छ र राष्ट्रलाई पनि मुक्त बनाउनुपर्छ।

अरु कुरा मलाई के भन्नुछ भने यो राष्ट्र सबैको हो। एउटा व्यक्तिको होइन यसको सम्पत्ति एउटा व्यक्तिको होइन राष्ट्रको हो। त्यसकारण यस्तो समस्या पनि सबै जनताको समस्या हो। त्यसकारण कुनै समस्या छ भने वार्ताबाट त्यसको समाधान होस् भन्ने म चाहन्छु। समस्या जस्तोसुकै भए तापनि वार्ताबाट त्यसको समाधान हुन्छ भन्ने विश्वास मलाई छ। त्यसकारण आज म सबैलाई आग्रह र आह्वान गर्न चाहन्छु कि त्यस्तो कुनै समस्या छ भने आउनुहोस् वार्ता गरौँ र समस्याको समाधान गरौँ। आपसी समझदारीको कुरा हो। यो घरभित्रकै समस्या भएकाले त्यसलाई घरभित्रैबाट समाधान गर्नुपर्छ।

माओवादी समस्या समाधान गर्दा पनि यही कुरा थियो- यो घरभित्रको विवाद र समस्या थियो। माओवादी समस्या पनि घरभित्रैबाट समाधान भएको हो। यो अन्तर्राष्ट्रिय जगतलाई सन्देश थियो- नेपाली जनताले आफ्ना समस्या आफै समाधान गर्ने क्षमता राख्दछन्। त्यसैले म फेरि भन्छु कुनै समस्या छन् भने मेरो ढोका सधै खुला छ। वार्ता गरेर समस्याको समाधान गरौँ । मैले वार्ता सुरु गर्नका निम्ति कमिटी गठन गर्न भनी मैले गृहमन्त्रीलाई पनि निर्देशन दिइसकेको छु। त्यसकारण यो समस्याको समाधानका निम्ति म फेरि आह्वान गर्न चाहन्छु। वार्ताको साथासाथै मेरो आग्रह यो पनि छ कि जुन आन्दोलन बन्द हड्ताल समाप्त गर्नुहोस् र नयाँ नेपालको भविष्यको निम्ति सद्भावको वातावरण तयार गरौँ।

जनआन्दोलनको मूलभूत उद्देश्य संविधानसभाको निर्वाचनबाट नयाँ संविधानको निर्माण गर्ने थियो। अहिले त्यो उद्देश्य कतै लोप हुन लागेको त होइन भन्ने चिन्ता पनि मलाई छ। त्यसकारण जेठ महिनासम्म संविधानसभाको निर्वाचन सम्पन्न गर्ने दृढ सङ्कल्प मैले गरेको छु। त्यसैले शान्तिको वातावरण तयार गरौँ वार्ताबाट समस्या समाधान गरौँ र धाँधलीरहित निष्पक्ष निर्वाचनको वातावरण तयार गरेर संविधानसभाको निर्वाचन गरौँ भनी म आह्वान गर्न चाहन्छु। अहिले धेरै समस्याहरु उत्पन्न भएका छन्। राष्ट्रले काँचुली फेर्नेबेला यस्ता समस्या आउँछन् नै। तर हामीले ती समस्यालाई समस्या भनेर कसैको पक्ष वा विपक्षमा नलागी धैर्य संयम र सहिष्णुताका साथ मिलेर अघि बढौँ भन्ने मेरो आकांक्षामा सबैले साथ दिनुहोस् भन्ने मेरो आग्रह छ।

यो त मेरो भावनाको कुरा भयो। अहिलेको समस्या समाधानका लागि मैले एक दुईवटा कुराहरु गरेको छु र ती कुरा म तपाइँहरुलाई भन्न चाहन्छु।

[वास्तवमा मूल भाषण यहाँदेखि मात्र सुरु हुन्छ। माथिका कुरा उहाँले आफैले बिना कुनै कागज हेरी बोल्नुभएको थियो। यहाँदेखि भने चश्मा परिवर्तन गरी पढ्नुभएको हो]

देशमा सबै जातजाति सबै वर्ग र सबै क्षेत्रका जनताको प्रतिनिधित्व हुने किसिमले तथा देश निर्माणमा सबैको उचित भूमिका रहने गरी नयाँ संरचनामा देशको नयाँ स्वरुप तयार पार्न हामी लागेका छौँ।

तमाम जनसंख्या र मुलुकको भौगोलिक स्थिति र अनुकूलतालाई मूलभूत आधार बनाएर निर्वाचन क्षेत्रको निर्धारण गरिनेछ । यसो गर्दा जिल्लाका निर्वाचन क्षेत्रहरु नघटाई जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको संख्यामा वृद्धि गरिनेछ ।

संविधानसभाले बनाउने नयाँ संविधानमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको व्यवस्था हुनेछ ।

हाल देशका केही भागमा भएका बन्द लगायत आन्दोलनका सबै घटनाहरु तत्काल रोक्न तथा वार्ताद्वारा समस्या समाधान गर्न र देशमा शान्ति सुव्यवस्था एवं सद्भाव कायम गर्न सबैलाई आह्वान गर्दछु ।

आज हामी सबैको प्रमुख जिम्मेवारी आगामी जेठ महिनाभित्र संविधानसभा चुनाव सम्पन्न गर्नु हो । यसप्रति संवेदनशील भएर देशमा शान्ति स्थिति कायम गर्न म मधेशी आदिवासी जनजाति महिला दलितलगायत विभिन्न वर्ग र क्षेत्रका समुदायसँग हार्दिक अपिल गर्दछु ।

जय नेपाल !

30 Comments

  1. Bihar born girija, what good can be epxected from this budhhivrasta Budho? Umeshji… write more on Girija karamats.

  2. Hi all,
    the public address by Prime Minister GP Koirala is very much relevant to the current situation in Nepal.His feelings are very touchy and this very feeling portrays him as a true Nepali political figure head and could be inspirational to many too.Though his agendas need to be clarified abit,but his effort to incorporate those issues is commendable.
    It would have been more fruitful if he could help resolve the current crisis in the terai region on the country.
    Pramod Koirala
    Troy University
    Alabama,USA

  3. The most laughable part of the speech is.. insane Girija dared not say that “I am also born in Nepal lie you all Nepali daju bahi didi bahini”. He was BORN in INDIA. He just said, I also grew up in Nepali soild playing ladibudi.

    I felt that he was talking like outsider (Bideshi)..not as a Nepali, when he said ” ma pani yapainharu ho bhawana ra aankanchhya sanga purna parichit chhu”.

    What a lod of crap.. this guy is indian agent. So are the Prachanda and Baburam, and Madhav and padhav.

  4. girija babu le dinu bhayeko rastako namko sandes samaya sachhep chha.pratikri badi lai yo mana
    napareko le bibhina nam rakdai chhan.yastai ho umesh ji kamal thapa ka bhusiya ghukdai janchha hati lamkadai gardachha
    dumjali

  5. PM’s speech may be sentiment but it doesn’t address the current problem of terai and other janajatis issues properly. Only sentiment do not work in politics!

  6. Aba Pani Madhhesi Andolankari Haru Chup Basenan Bhane, Thoknu Parcha.

    They must stop demonstration, and come to the negotiation table. Their demands are fulfilled.

    Krishna

  7. Look how our prime minister has changed. He is saying that all the differences has to be solved through the discussion. It is certainly a great turn from a person who once said that he hated those that starts with ‘M’ and will never talk with them. Today he had to sit down and discuss with Maoists for which he was very successful. He should get the credit for that. It is wonderfuél that Girija has come to the senses at the end of his life. We wish him well and pray to God that he will be successful bring peace and prosperity to the country. Bhagawanle Girijalai sath diyos.

  8. एक साता बितेछ तर घटना कहि कतै सार्वजनिक भएको छैन । तसर्थ नेपाल इन्फोका पाठकहरु यस्तो खतरनाक समाचार पढन पाउने भाग्यमानी नै हुने भए ।
    अब लागौ विषयतिर । गिरिजाप्रसाद कोइरालाकी भाउजु नोना बितिसकेकी छिन। यो शोकमा गिरिजा नराम्ररी डुबेका छन । त्यसभन्दा अघि पनि गिरिजा एउटा खतरनाक दुर्घटनाबाट बचेको खबर प्राप्त भएको छ । प्रधानमन्त्री कोइराला भाउजु नोनाको स्वास्थ्य स्थिति बुझन अस्पताल जादै गर्दा निर्मल निवास छेउमै झण्डै दुर्घटनामा परेनछन ।
    प्राप्त जानकारी अनुसार गिरिजा अस्पताल जादै गर्दा बाटोमा पारसले देखेछन । निर्मल निवास छेउमै पारसले आफैले हाकेको गाडी सिधै गिरिजा चढेको गाडी अगाडि लगेर तेस्र्याएछन । पारसलाइ तीन वटा गाडीले स्कटिङ गरेको थियो गिरिजालाइ चार वटा गाडीले । पारश स्कटिङको गाडी भन्दा अगाडि बढेर गिरिजा चढेको गाडीको ठ्याक्कै अगाडि आफनो गाडी रोक्न पुगेछन अनि त्यहां एक प्रकारको आतंक नै भएछ ।
    निर्मल निवासको छेउमा यसो गरिएपछि गिरिजाका पीए बालकृष्ण दाहालले पारसको गाडीलाइ ठक्कर दिन चालकलाइ भनेछन ठक्कर दिन नमानेपछि छुवाउनमात्र भनेछन तर चालक डराएछन । यति भैसकेपछि गिरिजा र पारशबीच केहीबेर हेराहेर भएछ । अनि पारश र गिरिजा आआफनो बाटो लागेछन ।
    अन्तत गिरिजा बालुवाटार पुग्नासाथ ज्ञानेन्द्रलाइ फोन हानी हालेछन । अनि उनले भनेछन-तेरो छोरोले मलाई झण्डै मारेन यदि यस्तै हो भने म सेरेमोनियल राजासाजा भन्ने पक्षमा छैन । ज्ञानेन्द्रले के जवाफ दिए भन्ने चािहं थाहा पाउन सकिएन । यदि पाठकहरुलाइ यो घटनाबारे थप जानकारी भए लेखि पठाउन सक्नुहुनेछ ।
    http://nepalinfo.civiblog.org/blog/_archives/2007/1/31/2698110.html

  9. अहिले सम्बोधन भएका कुरा पहिलेनै गिरिजाले मानेको भए मान्छेको नोक्सानी हुने थिएन । माओबादीलाइ पेलेर लैजान्छौ भन्दा यो गति भएकोहो । सत्य कुरा जहिले पनि तीतो हुन्छ तर हित गर्छ आखिर माओबादीको कुरा भइ छाडयो हैनर ?

  10. PM ko sambodhan prachand le lekheko jasto chha, 50% janta tarai ma basobas hunda 50% seat Tarai ma dinda ke ko tauko dukhai ?? Loktantra bhaneko ke ? pahad ma 10,000 ko population ma 1 seat ani tarai ma 2-3 lakh ko population ma 1 seat,hundain bhayen,
    Dr. Babu ram bhattarai kin pagal jasto kura gareko, jhan aago ma ghiu thapeko,ke madhesi neta haru sabai “phohar maila” hun ta ?

  11. pm ko bichar sanga ma sahamat chhaina. mero bichar ma ki waar ki paar garne kura garna saknuparchha. yesto hutihara taal le desh chalauna sakindaina.
    Ani, Netajyuharu, samashya ko samadhan garna kathmandu ma varta garera hudaina. kripa garera madheshmai padharnuparchha. yedi himmat chha bhane.

  12. Umeshji,
    I think PM’s speach is quite short and informal but enough. In his speech he just apeal to all for calm and talk. Now the ball is in Madhise people and thier leader. Now we have to check whether the present unrest is for the good being of the people of Madhesh or this this just to show. If the leader of Madhise really want to uplift the life of the Madhis they need to come to the table. If again they don’t come then PM should work accordingly. If government will not work and fear from unknown backdoor we all Nepali should come in act. Madhise leader keep in mind Gorkhali will die for the country. Our Purkha fight for the country against British and we have their blood.
    Sab lai Chetana bhya.

  13. It’s very good step that PM has taken. He has shown maturity and seems annointed with responsibility.Other fronts of Nepali society must show their seiousness to concerned issue. Let’s make CA a grand success.

  14. Yes,

    PM’s address is really sentimental.

    Very natural….

    But he is not getting good support from his party itself.

    Madhesis must go to talk table now…If not they will prove themselves separatist.

    Long live Girija Babu…

    Krishna

  15. Nonsense appeal! Yadi yanhi nai garne bhaye, kina 8 jana nepali lai marna diyeko? K yo barta ko aahwan pahile gare hudaina thiyo? Desh ko address baat ke na ke bhanla jasto lageko thiyo…Sanchaina sarkar pani kati ko nautanki garchh yaar…

  16. UMESH JI … NAMASKAR … RASTRA NAYAK GP KOIRALA KO TEVELISED ADDRESS KO VIDEO RAKHNU HAI HAJURR

    NAMASKAR
    CITIZEN OF “FEDERAL REPUBLICAN OF NEPAL” – FRN

  17. उमेश जी

    गिरिजा बाबु ले केहि नौलो कुरा भन्नु भयन सबै हावा कुरा मात्र सुन्ने मौका मिल्यो फेरि जी .पी को मुख बाट,,, उहा ले अब टिकेट काट्दै हो जस्तो ६ नि ,,८४/८५ बर्स को उमेर म पनि पि. यम.को लालच ६ गिरिजा मा.यो सब राज्नितिक बिग्रियको जि.पि+ कोइराला परिवार को कारण ले हो,अरु केहि पनि होइन भन्ने हामिलाइ लाग्६/

  18. I really became sentimental after hearing Grija Baubu’s SAMBODHAN. He is a great leader and has wide mine.
    Madheshies have equal rights to take opportunity but they are destroying their owns image to all Nepalese people due to violent andolant.
    Please demand yours rights by organizing peaceful rally throughout the nation and stop to call BANDA and Chha Jam. Be responsable to the nation and follow the PM’s request.

  19. Some interesting and humiliating statistics for madhesis….PM koirala in his nearly 11 minutes long address uttered the words “madhesi” and “Terai” only once. Nobody can take this address as a response to the terai jan andolan. health of Koirala is important for the nation but not more than health of the nation itself.

  20. Hello,
    Thanks for quick update! ali ali waha ko sambodhan suner khusi pani laagyo tar sorry hai maile bujhin ki, hamro intrim rastra pramukh ra sarkaar pramukh le ” Bhanna khojeko ke ho? Garn khojeko ke ho? ani Ke garer kasri samsya samdhan garne ho? Kasle garne ho ra kahile garne ho? ani ahile ab bhairaheko ko aandolan haru ko ke hunchha? ma ta ali bujhin saathi ho! yedi koi saathi haru le bujhnu bhayeko chha bhane please let me know.Thanks
    [email protected]

  21. This is a non starter. Whole of the nation was eagely waiting for PM’s address but this has said nothing except failing health of Mr. Koirala. I respect him and pray for his long life but the way he and the government is taking “jan andolan” in Terai is completely outrageous. He has repeated the same rhetoric of royalist hand and even fails to acknowledge the loss of lives of 9 madhesis. This is not an offer of talks but “order” of talks. Its like the speech of Gyanendra in April before bowing down to the pressure of Jan Andolan. I can not believe that even at this stage a democrat leader like Koirala will not even have some kind words for Madhesi let alone concrete steps. I suspect government is simply waiting the movement in Terai to die down even at cost of few more Madhesi lives. The political leaders of terai need to show their guts and commitment to non violace in this situation. All the Madhesis have now a challenge to continue this andolan and staying away from violance and influence of royalis elements.
    I am still wondering whether such an address by “new rastradhyakchha” is result of age induced insanity of Koirala or incompetence of his advisors or to borrow Deepak Aryals”word simply a “Pahari arrogance”.

  22. This action of PM should bring peace and the give a break to all the underprivileged ones.
    Long live oldman!!!

    He should be there for few more years until all the “hardliners” and “oligarchians” take a full-fledged democratic shape.Nepal needs this very person, the one and only Girija at this crucial moment. The camrades and mandales got to learn a lot from democratic ol’ man.
    KOI SHAK?

  23. 8 dal ka netaharu basera sanghiya rajya banaune nirnaya garne (Tapain ta sakesamma ta kahan mannu bhayeko thiyo ra?) ani desh afnei pewa jasto gari jatibela pani “mero”, “maile” “Malai” matrei bhaneko suhayena hai Girijababu. Ani ajhei pani “ceremonial” ko dhangdhangi banki chha ki kya ho, “ganatantra” ko shabda sunna paiyena ni.
    Keshab Goutam
    Australia

  24. I don’t like this message, the sentimental message of Mr. Girija Prasad Koirala has not addressed the real issues which has to be. Yes, he is old and his health is not sound but his adviser and assistant could prepare better message for him more simple and effective.

  25. GP should have done this few days ago but none the less he has done it. It is very scary to think that this is his last message. He is looked upon as the uniting figure in the country now. What if he passes away soon then what…. Lets just think about the current situation. I think we shold have space in democracy for all the groups madhesis, Janjaties, ladies, and anyother ethnic groups even the royalist and former royalist. We exclude one group or the other then we can have these kinds of problems in the future. We shold not forget how we have left maoist before by taging them as marginalized minority and look what they have become now. We should not be dealing the same way to the royalist, former royalist and any other parties for that matter now. Let all the citizens regardless of their belief express peacefully.

Comments are closed.