हिन्दु अधिराज्य र हिन्दु सम्राटका लागि आन्दोलन

-दीपक भट्टराई/काठमाडौँ-

बाबाहरुको धुनीसँगै महाशिवरात्रीको पर्व पनि सकियो । विगतमा राजाको तर्फबाट जोगीहरुलाई दिइदैं गरेको बागम्बर (बाघको छाला) र चिताम्बर (चितुवाको छाला) यसपटकदेखि जोगीहरुलाई नदिने भएपछि अब उनीहरु सरकारले दिने केही भेटी लिएर काठमाडौं छोड्नेछन् । तर, शिवरात्रीकै अवसर पारेर आजदेखि नै हिन्दु अधिराज्यको माग राखेर राजधानीमा प्रदर्शन गर्ने तयारी विश्व हिन्दु महासंघले गरिरहेको छ । महासंघ हिन्दु सम्राटको रुपमा रहेका राजाको संरक्षण गर्न आवश्यक भएको भन्दै शिवरात्रीको भोलिपल्टदेखि अनिश्चित कालसम्म प्रदर्शन गर्ने योजनामा छ । कार्यक्रम अनुसार फागुन ६ गतेदेखि सम्पूर्ण माग पूरा नहुञ्जेलसम्म ५ सय देखि १ हजारसम्मको संख्यामा धर्म अनुयायीहरूको सामुहिक सहभागीतामा धर्ना कार्यक्रम गरिने भएको छ । आफ्नो मागमा समर्थन गर्दै धेरै मानिस थुप्रिए सिंहदरबार, अलिक थोरै भए माइतीघर मण्डला र अझै थोरै भए भद्रकालीमा धर्ना दिने हिन्दु धर्मभिरुहरुको योजना छ।

त्यसअगाडि जुलुस सहित शहरका विभिन्न भागको परिक्रमा गर्ने योजनामा अतिवादी हिन्दुहरु छन् । फागुन ५ गते राजधानीको विभिन्न भागको परिक्रमासहित पशुपतिमा आमसभा सञ्चालन गर्ने योजनामा विश्व हिन्दु महासंघ छ ।

जनआन्दोलन २०६३ पछि गत जेठमा राज्यलाई धर्म निरपेक्ष घोषणा गर्ने वित्तिकै विरगञ्जमा ठूलो र काठमाडौंमा साना प्रदर्शन भएका थिए । अस्थिरता थप्न चाहने अन्य पक्षको पनि पक्कै यो पर््रदर्शन र धर्नामा सहभागी हुनेछन् । प्रदर्शनका लागि शिवरात्रीको अवसरमा ३० हजारभन्दा बढी भारतीय साधुसन्तहरू काठमाडौं भित्रयाउने तयारी महासंघले गरे पनि जाडो र लगातारको बन्दका कारण त्यति धेरै साधु सन्त भने काठमाडौं आइपुगेका छैनन् ।

त्यसो त नेपाललाई पुनः हिन्दु अधिराज्य कायम राख्ने उदेश्यले शाही पार्श्वर्ति भरत केशर सिंहले नेतृत्व गरिरहेको हिन्दु महासंघले विभिन्न ५ वटा समिति पनि गठन गरेको थियो । अतिथि सत्कार समिति, स्वयंसेवक समिति, यातायात व्यवस्था समिति तथा भण्डार व्यवस्था समिति र प्रचार प्रसार समिति हिन्दुवादीहरुले गठन गरेका छन् ।

प्रचार प्रसार समितिका संयोजक अनिलभक्त खरेल रहेका छन् जस्मा बुद्धिजीवी सम्पर्क मञ्चका सचिव जनकराज तिवारी, जनभावना साप्ताहिकका निरोधराज पाण्डे, दिव्यदर्शन साप्ताहिकका रामचन्द्र तिवारी, पिपुल्स रिभ्युका जसोदा प्रधान, खानतलास साप्ताहिकका दामोदरलाल श्रेष्ठ, हिन्दु साप्ताहिकका पवन थापा कुन्तल, राष्ट्रवाणी साप्ताहिकका हरि लम्साल, दिव्यचक्षु साप्ताहिकका ज्योतिस. पद्मभक्त खरेल, आजको खानतलास दैनिकका नरेन्द्र श्रेष्ठ, गोरखा एकसप्रेसका राजन कार्की, जनसत्ता साप्ताहिकका रामचनद्र न्यौपाने, जानकारी साप्ताहिकका शंकर कार्की, अन्तरंग साप्ताहिकका नवराज पहाडी, श्री रुपरेखाका सगुन लावती, युग सम्वादका सोमनाथ घिमिरे, रहस्य साप्ताहिकका मुरारी गौतम, नया“ करेन्टका देवेन्द्र गौतम, राजधानी दैनिकका कुमार यात्रु, जनधारणा साप्ताहिकका निमकान्त पाण्डे, प्रतिस्पर्धा साप्ताहिकका विष्णु प्रर्साई, पत्रकारहरू पुष्प प्रधान, भरत विक्रम ढकाल, उत्तम तिमिल्सना, ताराचन्द्र देवकोटा, जीवराम भण्डारी, गोपाल बहादुर कमली, गोविन्द कुमार रेग्मी, सुरेन्द्रराज सेर्ढाईं, मोहन ढुंगेल, बासु दाहाल, फणिन्द्र नेपाल, पर्ूण्ा कार्की, भुवन शर्मा, विएन् दाहाल, देवेन्द्र चुडाल, कृष्ण कश्यप, रामु गैरे, विहिम नारायणीका सभापति गोविन्द प्रसाद खतिवडा लगायतका सदस्य छन् । प्रचार प्रसार समितिमा रहेका राजावादी भनेर विगतमा चिनिएका कतिपय पत्रकारले भने त्यस्को खण्डन गरेका छन् । खण्डनकर्ताहरुको नाम यहाँ सम्झना नभएकाले उनीहरुका विषयमा भएको जानकारी सहित यहाँ थप्न सकिन्छ ।

हिन्दु अतिवादीहरुले प्रदर्शनका लागि गरेको अपिलमा गाईको हत्या गर्ने, मन्दिर भत्काउने, मूर्तिहरू तोडफाड गर्ने, जनै-टुप्पी काट्ने काम नेपालमा भइरहेकाले हिन्दु अधिराज्य र राजा चाहिने बताएका छन् । तर यस्तो जबरजस्ति समाचार माओवादी युद्धकै क्रममा एक दुईवटा मात्र सुन्न पाए पनि त्यस यता पाएको छैन ।

चार पाँच महिना पहिला गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग भेट हुँदा एकपटक सोध्ने मौका मिलेको थियो, लोकतन्त्रमा प्रतिगमनकारीले खतरा पुर्‍याउँदै छन् भन्दै आउनुभएको छ, को को हुन् तिनीहरु – त्यतिखेरै उन्ले हिन्दु अतिवादीको नाममा प्रदर्शन हुनेतर्फ आफू सचेत रहेको बताएका थिए । त्यसैले होला, जनआन्दोलन पछि पहिलोपटक महाशिवरात्री कै अवसरमा दुई सय नेपाली सेना समेत सुरक्षाका लागि परिचालित भएका छन् ।
*****
शिवरात्रीका दिन पशुपति क्षेत्रमा खिचिएका दृश्यहरु समेटिएको भिडियो ब्लग-

25 Comments

  1. Gorkhali is absolutely right….

    Herdai jau>>>>

    Yestai chala ho bhane>>>>>

    Sirf dharma haina Nepal nai एकादेश् कथा bahchha>>>>>>

  2. I am a Hindu (almost non-religious but still fall under the category of so called “bahuns”) but I don’t believe that Nepal should be a religious state. What is the benefit of declaring Nepal as a Hindu State? Why can’t every religion get the same status?

    And I have been reading so much about bahunbad and hinduism lately in this blog. Although I disagree with the demands of various groups that are apparently leading towards the disintegration of our social harmony with different types of cultures and traditions, I do acknowledge that Hinduism has been practiced really badly in Nepal.

    After the rise of MANU and his notorious Manusmriti, Hinduism has been distorted so much that it has completely derailed the age-old knowledge that was far superior than any other civilization at that time. His thesis is the basis for the discrimination against dalits and women. This is the reason why I need to defend everyday as a bahun and try to prove that I am also a human being with compassion to other human beings. The Janajatis are not untouched by this. They do discriminate against the Dalits and also each other by making hierarchies of castes within castes, just like the way bahun-chhetris do.

    As I grew in a mixed society, I have closely observed the evolution of the awakening for the rights in various groups of people. Janajatis have gained their status and respect as they became economically well-offs. Status of women has become slightly better because of education. However, the Dalits have become the most unprivileged group so far. Why doesn’t any group, whether it is madhesi, janajati, newa:, or blah blah speak about it? Madheshis think that the problems are only the pahades, janajatis think only bahuns, newars may think non-kathmanduties and this and that. But the truth is that every group is responsible in part for maintaining this feudal social structure. The leaders know it but they want to play politics.

    Anyway, all I want to say is that even if we have statistics of more than 80% of hindus, we should not alienate other faiths and beliefs by declaring a hindu state. As someone noted, this % of hindus may not even be true – although I believe that some janajatis like to call themselves hindus as they have practiced the tradition/culture over many centuries.

    So lets have a secular country. Period.

  3. सन्सार् को कुनै पनि देश, चाहे त्यो मुसलमान होस् या क्रिश्चियन होस, त्यहा आल्पसन्ख्यक धर्मावलम्बि हरु ले बहुसन्ख्यक हरु लाइ हटायेको इतिहास छैन, वा आफ़ै ले आफ़ै लाइ लोप्पा ख्वायेर नस्ट गरेको छैन जुन नेपाल का हिन्दु हरु ले गरि रहेका छन्! कल्पना गरौ, पाकिस्तन ले मुसल्मान् धर्म् को बिरुद्ध् घोशणा गरेको, वा अमेरिका ले नै क्रिस्चियन धर्म को बिरुद्ध् कुनै कदम उठायेको! यो सपना मा पनि कल्पना हुन सक्दैन! सबै देश, सर्कार, जनता ले आ-आफ़्नो धर्म र सन्स्क्रिति को सम्मान र रक्श्या गरेका छन्! तर ९५% हिन्दु भयेको सन्सद ले अचानक हिन्दु धर्म लाइ उखालेर फ़्याकिदियो! किनकि तेस्का लागि सान्सद हरु लाइ डलर प्राप्त भयेको थियो; १ प्रतिशत पनि क्रिश्च्इयन नभयेको देश मा क्रिश्चियन हरु ले निर्णय गरे! उनिहरु को चाल के भने, आफ़ु चाहि त्यहि राजदर्बार को चाकडि गर्ने, अनि हिन्दु धर्म लाइ राजा सग जोडेर नेपालि सोझा जनता को आखामा छारो हाल्ने काम भयो! हामि नेपालि जनता कस्ता छौ भने कुनै बिदेशि ले रत्न पार्क खुला मन्च मा हिन्दु धर्म को बिरुद्ध् भाशण गर्यो र मन्दिर नै भत्काउन लाग्यो भने पनि हामि तालि पिट्छौ र उल्टै इटा उखेल्न जान्छौ; नेपाल भिडतन्त्र को देश हो, अब हाम्रो ठाडै पतन हुने निश्चित छ!
    यो राजा को र हाम्रो धर्म को १ इन्च् पनि कुनै सम्बन्ध छैन भन्ने कुरा किन कसैले पनि बुझ्दैन?
    शायद नेपाल मा औरन्गजेब ले कहिले शाशन नगरेको भयेर होला! हामि नेपालि हरु लाइ मुसल्मान वा क्रिश्चियन बढ्दै गयो भने देश को हालत कस्तो हुनेछ भन्ने स्वाद नभयेर हो! सानो बालक ले आफ़ै नलढे सम्म लढ्ने भनेको के हो बुझ्दैन

    हिन्दु गणतन्त्र नेपाल
    राजा र दरबार मुर्दाबाद

  4. bahun chettri bros why don’t u uprise now for hindu nation. i hoipe now u guys got a cause to revolt. u don’t hav to import sadhus n biharis from india n revolt, cause everyone knows that a state should not b declared by one religion. n 80% hindu shown by the census is faulty bro, they hav put many indegenous population especially magar n grg as hindu. i respect hinduism n visit temples as well. but it is very different the current uprising of madhesis, janjatis n dalits n this religious shits.

  5. १) सबैले झिना मसिना जात जाति , भाषा भाषी र भेक क्षेत्रले आफ्नो राज्य मागेर आन्दोलन गर्दा हुन्छ भने ८०% भन्दा बढी संख्यामा रहेका हिन्दू हरूले हिन्दू राज्यका लागि माग राखेर आन्दोलन गर्न खोज्नु अनुचित हैन तर कुनै पनि प्रकारको राजतन्त्रको पर्यायको रूपमा हिन्दू धर्मलाई गलत रुपमा जोडेर हेर्ने प्रवृत्ति खोटपूर्ण छ ।
    २ ) ७०% वा त्यसको हाराहरीमा पपुलेसन मुसलमानको भयो भने त्यो मुलुक निर्धक्क मुसलमान घोषणा हुनसक्छ र संसारमा ५० भन्दा बढी मुसलमान धर्म प्रधान मुलुक घोषित छन, र कथित रूपमा सेक्युलर भनिएका युरोप र अमेरिकाका मुलुहरूमा पनि अघोषित रूपमा इसाइ धर्मका सम्पूर्ण नियमहरू तथा आचार विचारलाई नै सबै कुरामा आधार बनाइन्छ भने नेपाली कम्युनिष्टहरू लाई कुनै मुलुक यहूदी वा हिन्दू धर्म प्रधान हुँदा के को आपत्ति हुन्छ ? अनि नेपाली हिन्दूहरूले जनजाती वा अरू धर्मावलम्बीहरू प्रति गरेको अत्याचार के हो त ?
    ३) लेखक भट्टराईजी , हिन्दू धर्मभिरू भनेर सबै धर्मभिरूलाई एकै घानमा नभुट्नुस् । नेपालमा विशुद्द हिन्दू धर्मभिरू भन्दा धर्मको मिश्रित रुप हिन्दू-बुद्ध -प्रकृति पूजा र -तान्त्रिक सम्प्रदायको syncretic blend of different religions को प्राधान्यता छ । तपाईँका जस्ता लेख र विचारले धर्म वीच बैमनस्यताको वीज रोप्न खोज्छ । आज सम्म जे कुरा थियो , त्यो कुरालाई यथावत राखियोस जहाँसम्म यसले लोकतन्त्रको बाटोमा तगारो बन्न खोजेको छैन भने भनेर हिन्दूहरूले आफ्नो आवाज अघि ल्याउन खोजे भने त्यसले गैर हिन्दूको विरुद्द धर्मयुद्द छोड्यो भनेर हुण्डरी पिट्न हुन्न । संसार मा हिन्दू र बौद्द धर्म नै सबैभन्दा सहिष्णू धर्म हुन किनभने तिनीहरूले आफ्नो पालना गर्ने बाहेक अरू सबैलाई इस्लाम वा ईसाईले जस्तो काफिर, जालिम र अधर्मी इनफिडल देख्दैनन। हिन्दू धर्म भित्र सुधारका अपेक्षा धेरै हुन सक्छन तर त्यस्ले अरूको धर्मबाट कनभर्सनको अपेक्षा पनि राख्दैन । त्यस्तै अहिंसा र आडम्बरको बिरुद्द उभिने बुद्द धर्म सबैभन्दा वैज्ञानिक छ तर नेपालमा बुद्दको अहिंसा, मूर्तिपूजा, लडाईँ झगडा र दुष्ट्याइँको बिरुद्द मानवीयता को पक्षमा उभिएको धर्मको अनुपालन कुन ढंगले भैरहेको छ हेरौँ । सच्चा बुद्दमार्गी मांसाहार पटक्कै गर्दैनन, तर हामी के गर्छौँ हेरौँ । यदि नेपालका धर्मलाई राम्ररी मूल्यांकन गर्न सक्ने हो भने नेपाली हिन्दू धर्म हिन्दुस्तानको जस्तो छैन बरु पहाडी संस्कार अनुरुपको नेपाली धर्म बनेको छ जुन धर्मले बुद्द, बोनपो, किँरात र अन्य पहाडी धर्मसंग आँफूलाई अनुरुप राखेर मित्रवत रहन सिकाएको छ ।
    तसर्थ धर्मको राजनैतिक प्रयोग वा राजनैतिक स्वार्थरक्षार्थ गरिने प्रयोग घातक हो । यदि साँचै धर्म मानेर आफ्नो परम्परागत धर्मसंग सरोकार राखेर धर्मको पालनामा लीन भएकाहरूले धर्मको मुद्दा उठाएका छैनन नेपालमा तर दर्मको बारेमा कुरा नबुझ्ने र धर्मलाई आफ्नो राजनैतिक स्वार्थ प्राप्तिको एजेण्डा , अस्त्र र कवच बनाउनेहरुले ल्याएका प्रपञ्चहरुले नेपालिको भलो गर्ने छैनन ।

  6. Is it possible to band Animal sacrifice in the name of religion in the temples? Why can’t Maiobadis, NC or Rajabadi work on this? This is the root of our violent nature, and to the world we are nothing but labors, kullies, gurkhali and porters. Remember these activities in the temples don;t truly represent HINDU DHARMA – what these orthodox are saying??

  7. “नेपाल हिन्दु गणतन्त्र रास्ट्र हुनु पर्छ”
    “नेपाल को राजा अ-हिन्दु हो”
    त्यो नास्तिक “जड” पापि हो

    त्यो दिन पशुपति मा म भयेको भये ढुगा त के त्यो पापि कुकर्मि राजा भनाउदो लाइ जुत्ता र चप्पल को बौछार गर्दिन्थे;
    म आफ़ु लाइ बिशुद्द हिन्दु ठान्दछु र म लाइ थाहा छ कुनै पनि बिशुद्द हिन्दु ले यो कुलगार मुर्ति चोर लाइ राजा मान्न सक्दैन, यो हिन्दु धर्म को नाम मा कलन्क हो, यस्को हाम्रो पवित्र हिन्दु धर्म सग मुर्ति चोर्ने काम मा बाहेक कुनै सम्बन्ध छैन; हिन्दु धर्म को राज्य को माग गरेको ठिक छ, सन्सार ५० वटा क्रिश्चियन र ७० वटा कट्टर्पन्थि मुसल्मान राज्य हुदा एउटा पनि हिन्दु राज्य नहुने? यो हामि सबै नेपालि हरु को मनमा भयेको कुरा हो, तर यि नेता हरु लाइ क्रिस्चियन र मुसल्मान हरु ले डलर र तेल मा किने का छन त्यसैले सेक्युलर देश भनेर निर्णय गरेका हुन

    अनि खबर्दार!!!!!

    यो हिन्दु राज्य हुनु पर्छ भन्ने माग मा ग्यानेका टट्टु हरु स्वर मिलाउन आये भने ति भरतकेशर हरु लाइ कालो मोसो दलेर टिन ठटाउदै नगर परिक्रमा गराउनु पर्छ;

    हिन्दु धर्म स्थापना हो ओस, तर यो ग्याने को बाउ छोरा र भरत केशर जस्ता चाक चटुवा हरु लाइ चाहि तेल ततायेर तातो तेल मा भुट्नु पर्छ

    हिन्दु धर्म जिन्दाबाद
    राजा मुर्दा बाद
    हाम्रो देश हिन्दु गणतन्त्र हुनु पर्छ

  8. communism have no place for culture..and traditions…
    they believe on the leaders theory…they believe in present …show false hope of future and forget their past……
    Hinduism is our past,present and future…Buddha,,with how nepal come to know to the world are equally respected and buddhism always praised..Muslims and Christians are also not seen bad by Nepali hindu….
    Only MAoists brought these issue for cheap popularity,,,,,,,
    Masoists and almost so called communists are always against traditions

    But country is not only theirs,,not only of the mob out there with stone….there are many people still believe in hinduism and kingdom,,,,,with king only with limited power so called “CEREMONIAL KING.

  9. देस्भक्त नेपाली नाम गरेको लाई केही भनौ:मित्र तिम्र` राजा ले शासन गरेर कुन चै राम्रो आध्य्य देशमा सुरु गरे ? के कुनै कोण बाट कम भयो भ्र्स्टचार,कुनै बाटो पिच भयो,काठमाडौं मा पानी,आयो,फोहोर तह लाग्यो ?did the GDP of the country rise?just tell me in any aspect about the upliftment of the countryखाली जय जय कार मात्र खाने बानी र चाकडी को सस्कृतिको बिकास गर्ने राजतन्त्र को किन वकालत गर्छौ ?कम्सेकम नेता हरु को घैटो मा घाम लगाउन जनता त छ न्!जयजयकार र चाकडी का किरा हो,तिम्रो बुद्दी मा जमेको ढुसी छिट्टै सफा गरेर नयाँ गिदी फेर्ने बेला आएको छ

  10. To be Hindu country (not kingdom) and issue of king are completely different. The country can be hindu country if the majority of the people living are hindu and they practice hinduism. I have great respect for my religion. By being hindu I always felt proud. I also eaqually respect other religion. To be hindu we donot have to have declared hindu kingdom. Possibly we also do not want to see the head of hindu relion a muslim decendant king. There is not system of converstion in hindu religion. They are by birth. But there should have provison if people practice hinduism they can be hindu. Reason is that what we are the result of our karma. But making slongan either by hindu extremist, or the conspiracy hatched by feudal royals is step backward and if these hindu supporters are real hindu, they should not be supporting a thief and murderous king who denied responsibilities of hindu king. But again it is such unfurtunate thing that some of the well educated people not having conscience and moral despite want to deestablise country trhough such stupid and backward thinking in this modern era means Nepalese have to go long way to be civilised, understand the democracy and even to have the capacity judge wrong and right. What a turmoil and mis fortunate country and people they have be victim of anarcy, regular riots and destitution due to vested group of people who are completely useless in real human term.

    Hope more and moere people are aware of the situation and they go with the fair politics and exercise their conscience, honesty and courage for the cause of clarity with clear head.

  11. साथी हो
    साचै भन्ने हो भने
    ज्ञानेन्द्र धेरै सोजो मान्छे रहेछन जस्तो छ ।’कुरा ठुला ठुला गरे,गर्न केही सकेनन्,’ ।नेपाल मा त्यती धुर्त पाखे नेता हरु जन्मिए छन कि,यिन्ले देश लाइ कहाँ पुरौने हुन आब कसैले भन्न् सक्दैन् । किनकि नेपाल् को भलो चाहने,परिबर्तन् चाहने हो भने आब् मओबादि ले चान्स् पाउनु पर्ने हो,तर् इन्डिया, मोरियर्टि,तराइ आदि ले त्यो हुन् दिदैन्।
    मेरो प्रश्न
    १)’दाइ सम्म मारेर राजा हुन सक्ने जङ बहादुर मार्का का यदि ज्ञानेन्द्र थिए भने यिन्को सत्ता जान्दा के यती मात्र मान्छे मोर्थ्यो होला र? २)ज्ञानेन्द्र भने को दरबार का आतिबादी हरु बाट प्रयोग भएका तपाईं हामी जस्तै मान्छे रहेछन
    ३)हिजो पनि आरु तस्कर्,राणा शाह हरु को हात बाट ज्ञानेन्द्र प्रयोग गरिएका हुन सक्छन ।तस्कारी गर्ने आफु,नाम ज्ञानेन्द्र ।
    साथी हो यो मेरो बिस्लेसन मात्र हो ।मेरो आफ्नो तर्क ।

  12. अहिले जाति र जनजातिको कुरा आ इरहेको सन्दर्वमा राजा बाहुन छेत्रि वर्गमा पर्छ र राजाको जात बाहुन छेत्रि हो भनिएको छ तर बिगत देखिको इतिहासमा राजा लाइ बाहुन छेत्रिको हाराहारिमा होइन राजनैतिक जातमा देखिएको छ किनकि राजाको साच्चै जात भनेको अहिले राजनिति गर्ने नेपालि ले राखेको कित्ताको जात होइन,राजाको जातको बारेमा सबन्धित जातले मात्र आफ्नो ब्याख्या गर्न पाउनु पर्छ न कि राजाको जातको ब्याख्या गर्ने अधिकार कसै सग छैन, कसैले राजाको जात यो र ति जातिका सबै सामन्त हुन भन्ने चेष्टा राख्छ भने, त्येहि शाहि थरमा नै सामन्त देखेर घृणा गरिन्छ भने राम्रो हुने छैन, किनकि शाही एक राणा परिवार जस्तो सत्तामा पुगेर नामाकन भएको जात होइन शाही शब्द सदियो काल देखि स्थापित भएको र झुपडि बाट सभ्यताको बिकास क्रममा नै उत्पति भएको शब्द हो. नेपालका दुर्गम घरका झोपडिहरुमा खोज्नुस शाही थर भएका नेपालिको मानचित्र को दशा पाउनुहुनेछ

  13. There is heaps different between KING and HINDU KINGDOm, M totally agree we dont need MONARCHY but we need HINDUKINGDOM, see US, AUSTRALIA, UK they are not till yet RELIGION free countryyyy, according to their constitute they called CHRISTIAN country, and they got public holiday only on CHIRSTMAS and EASTER and see all those MUSLIMS country like BANGLADESH, PAKISTAN, TURKEY, INDONESIA, IRAQ, IRAN, AFGANISTAN , to became prime minister in those country he/she must be MULIMS to became prime minister, so whyyyyyyyyyy we want to RELIGION free countryyyyyy
    alriteee i agree our king is HINDU that means we cant change our religion, can we??? if we cant change the religion why we want to change the HINDU KINGDOM,???
    PASUPATINATH LE SAAMSTA NEPALI KO KALYAN GARUN EXCEPT GYANE CHORRRRRRRRRRRRR

  14. होइन हाम्रो देशमा यो नौटॅकीहरु कहिले देखि बन्द हुने हो.संसार काहा देखि काहा पुगि सक्यो.अझ पनि यो देश जस्ताको त्यासतै छ.

  15. यो एउटा राम्रो काम को सुरुवात हो । ८०% जनता हिन्दु छन् नेपाल मा अनि अर्को कुरो सन्सार म नै एक मात्र हिन्दू राज्य हो नेपाल हिन्दू राजए त घोषणा हुनु नै पर्छ होइन भने नेपाल मa thulo binas hune chha yo tarpha sabai sajag hunu jaruri chha.hindu dharma le kasaiko birodh gardain sabai lai saman harchha.baru hindu dharma ma bhaheko kehi kura haru chai parbartna garnu jaruri chha. ma raja lai pani sthan dinu p[archha bhanchhu yedi galti ko matra kuro garne ho bhane yeha koipabitra chhaina.aba banda garnu p[archha yo badala ko rajniti aba banda garnu parchha badala le arko badala matra nikalchha aru kehi pani hoina. aba pani nasochne ho bhane nepali janta le kahile sukha pauchha ra hoina ra umesh ji

  16. sadhe manchle gyane ko sath chodha thale chha aba phusre jogi haru ko sahara lena lage chha tyo pane bhada ko bihari magne.teni harulai ke tha gyane ko purkha hindu hoina delhi ko muslim ho teni harulai angrej harule lakhetera pathako ho yo kura tha pauna chauni ma raheko nepali senako museum ma raheko saha haru ko bamsabali hernu parcha.yeniharu ko purkha le nepal ko pashim ma rahe ko sojo magar harulai jhukyare teni haru rajay hadapera nepal ma rajay suru gareka thye ra pachi hindu raja baneka thye.saha raja ko purkha muslim bhayeko le yeni haru afanai phupu ko chori sanga bihey garcha jo hidu dharma anusa pap ho

  17. हामीहरु साच्चैनै एक सच्चा लोकतन्त्रबादी नेपाली हौं भने कुनै पनि काम गर्दा नेपालीका जीवनमा ती कामले कस्तो प्रभाव पार्छ त्यो सोच्नु वुद्धिर्पूण होला । नराम्रा कुराको विरोध गर्नु उचित हो तर त्यस विरोधको तरीका कुन अपनाईएको छ र त्यसले र्सवसाधारणको जीवनमा कति नकरात्मक असर पारेको छ । के त्यस किसिमको विरोध शैली अपनाउँदा हुने उपलब्धी र्सवसाधारणले पाउने सास्ती भन्दा उच्च छ चक्काजाम, बन्द, ढुङगामुढा, आगजनी, हत्या गरेर पाउने उपलब्धी त्यसबाट हुने क्षतिभन्दा कति मात्रामा मूल्यवान छ के त्यो बुभ-नु जरुरी छैन र ? हत्या हिँसा र देशमा अराजकता फैलाउन खोज्ने उग्रवादी तत्वलाई के हामीले साथ दिन छाडेमा अवश्य नै हाम्रो हितको कुरा होइन र ? निश्पक्ष रुपमा लोकतन्त्रिक हिसावले हरेक नेपालीको हितमा हुने काम गर्दा जीवनमा पाइने जुन स्वर्गीय आनन्दानुभुति र आत्मसन्तोष छ त्यो नकारात्मक प्रवृत्तिको बाटो अंगाल्दा पाउन सदा असंभव छ । यी कुराहरुले नै हाम्रो जीवन कति सार्थक छ खुट्याउने हो नि होइन र ? जायज कुराहरु को माग गर्नु राम्रो कुरा हो तर त्यस्ता माग गर्ने हाम्रा शैली र तरिका चाँही कति जायज हुन् त एकपटक हामी सबैले सोच्ने हो कि ?

  18. “विनाश काले बिपरीत बुद्धी” यसो गरेर बचुंला भनेको होला ज्ञाने ले तर मोर्छ त्यो।
    यो धर्मलाई धमिल्याउने प्रयास हो, यसमा धर्मको कुनै दोष छैन।
    १. अ-हिन्दु राजा (मुर्ति चोर) लाई धर्मको आड लिन कुनै अधिकार छैन।
    २. गोरख कालिकाले यो राजा र एस्को कुपुत्रको बलि मागेकि छन त्यसैले यस्तो कुबुद्धी दीईन्‌।
    ३. ति ढोंगि साधु बाबाहरुलाई जिउंदै पोल्नु पर्छ‍, तिनैको धुनि बनाउनु पर्छ।

  19. राजा को र हिन्दु धर्म को “उल्टो” बाट सम्बन्ध छ; हिन्दु धर्म मा राजा ले पाप गरे, अन्याय गरे स्राप का र म्रित्यु दण्ड का भागिदार हुन्छन; रावण, हिरण्यकश्यप, बालि, कन्श, जरासन्ध आदि आदि कैयौ राजा हरु लाइ भगवान आफ़ै यो धर्ति मा आइ तिनिहरु को अपराध को लागि जिवन मुक्ति दिनु भयेको थियो;
    यो ग्यानेन्द्रे र पारस लाइ पनि त्यहि गर्नु परेको छ, तिनिहरु लाइ त्रिशुल ले घोचि घोचि मार्नु पर्छ र साथै भरत केशर र अरु चाकड हरु लाइ पनि जुत्ता को माला लगायेर घुमाउनु पर्छ, अनि भगवान पनि खुशि हुनु हुन्छ

    पशुपति नाथ ले ग्याने लाइ नाश गरुन

  20. Nepal hindu rajya hunu parne ma mero purda sahamati cha. Biswama Islam rajya huda hune, christyan and budha huda hune ani Kina Nepal Hindu rajya hunu nahune.
    Pashupati Nath le sabai Nepali lai sadbudhi diun´
    Jaya Bhole

  21. हाम्रो देशको प्रथम प्राथमिकता मा पर्नु पर्ने कुरा आजको कान्तिपुरले छापेको खबरले देखाउँछ। कुन चाँहि धर्म , राजनिति बा संघिय प्रणालिका वकालत गर्नेले नेपालको यो प्रमुख प्राथमिकतामा पर्नु पर्ने कुराको वकालत गरेको छ???????
    म यथार्थबादि मान्छे हुँ, भाषण मा बिश्‍वास गर्दिन, गरेको लाई मात्र मान्छु-बाहुनबादि नै हुनु परे पनि म पण्डित नारायण प्रशाद ले गरेकोलाई मा मान्छु, कमसे कम नेपालमा कति स्कुल, कलेज अस्पताल स्थापनामा सहयोग त गरे(ब्यक्तिगत रुपमा मेरो कुनैपनि धर्ममा आस्था छैन) ।
    अब त झन संघिय संसद हुने छ नेपालमा १०-१२ वटा, अनि हरेक संघको मन्त्रिपरिषद पनि बन्ला। राजनितिक कार्यकर्ताको त जगिर पक्का हुने भयो,
    तर,यि जाम्लिङ भोटे जस्ता शिक्षकको कुरा को सुनवाई हुने पक्कै छैन।
    हाम्रा कति अलबर्ट आईन्टाईनहरुले गोठालो जादैं जिबन सक्काए,र कति म्याडम क्युरि हरु घाँस दाउरा मै बिते, हामिले एक पटक सोचौं त! सबै कुरा राजनिति मात्र त होईन नि। यि धर्मको नाममा आफ्नो दुनो सोझ्याउने चोर राजनितिज्ञ हुन सबै॥
    http://www.kantipuronline.com/kolnepalinews.php?nid=100928
    -फर्निचर अभावमा केटाकेटी जंगलबाट बाकल -काठ काट््दा निस्केको बोक्रा) ल्याएर त्यसमा ढंुगाको खुट्टा राख्दै पढ््ने गरेका छन्् । शिक्षा कायर्ँलयले पर्ूवर्ँधारका लागि दशकबाट एक रुपैया“ पनि नदिएकाले विद्यालयको यस्तो हाल भएको हो ।

    -५ कक्षासम्म पढाइने विद्यँलयमा कक्षा १ लर्ँइ २ सेक्सनमा छुट्याएर जम्मा ६ कक्षा बनाइएको छ । यी ६ कक्षा २ शिक्षकले सञ्चालन गर्छन्् । विद्यालयका शिक्षक जाम्लिङ भोटेका अनुसार भवन भत्केर विद्यार्थी नै पर्ुर्ुने अवस्था छ । यसका लागि शिक्षामा जानकारी गदर्ँ बजेट नभएको उत्तर पाएको उनले बताए ।

  22. In the past, multi-party system was proved to be a reckless anarchism.

    Now, the proposed route to New Nepal is already choked by NUDE RACISM.

    A Nepali idiom trully says “Dog cannot digest butter”.

    Democracy is not digestable to notorous rampant crowd.

  23. What’s going on in our motherland? is this the time to get utilize of Bhid Tantra ? When couple of hundreed peoples gathered and raised unjustifid demands? The great peoples of Nepal, be careful these activitises and isolate these people who are the against of peoples movements.

Comments are closed.