खेल पत्रकारको वास्तविकता

-सूर्य खड्का/काठमाडौँ-

खेल पत्रकारहरुका बारेमा मेरा शब्दहरुप्रति प्राप्त प्रतिक्रियाहरुका लागि सबैलाई धन्यवाद। म धेरै कमेन्ट सुन्न सक्छु, पचाउने क्षमता छ- यसैले म ज्यादै खुसी छु। र थप शब्दमार्फत् उपस्थित छु।

हामी खेल पत्रकारले विदेश जाँदा प्राप्त पैसा अफिसलाई दिनु पर्दैन, अफिसले पनि हामीलाई केही दिँदैन। यो यथार्थले हामीलाई भ्रष्ट बनाएको हो। यसमा हामी ठूला अखबारे खेल पत्रकारहरु बढी दोषी छौँ। कुरा लुकाउनु बेकार छ।

हामी गणेश थापाको आर्थिक घोटाला, रुक्मशमशेर राणाको एनअ‍ोसीको विदेशी डलर खपत प्रणाली, विनयकुमार पाण्डेको आर्थिक अनियमितता, किशोरबहादुर सिंहको एथलेटिक्सको डामाडोल आदि-आदिबारे एक शब्द लेख्न/प्रसारण गर्न सक्दैनौँ ? अहिलेको शहीद स्मारक ए डिभिजन लीगलाई नै उदाहरण मान्नुस्- म्याच फिक्सिङ भएको हाम्रा आँखाले देखेन कि विवेकले ठम्याएन ? अनि कुन चाहिँ हामी माइकालालले त्यो कुरा व्यवसायिक फुटबल विकासमा अपराध हो भनेर लेख्यौँ/ प्रसारण गर्‍यौँ ? हामी गणेश-एन्फाका अघोषित रैती मानसिकतामा छौँ। यदि कसैलाई छैनौँ भन्ने लाग्छ भने प्रमाणित गरेर हामीमध्ये कोही अघि बढ्ने हो ? मेरो चुनौति हो हामीभित्रै ?

राखेपको लोकतन्त्र सबैले देखेका हौँ। जीवनराम श्रेष्ठले खेल पत्रकारले राखेपबाट लिएको पेश्की बेरुजु सार्वजनिक होला भनेर नडराउने हामी कुन चाहिँ खेल पत्रकार छौँ त ? हामीले राखेपको बेरुजु लिस्टबाट हामीलाई मुक्त नगर्दासम्म हामी तथाकथित खेल पत्रकार अर्थात् राखेपका कमैया होइनौँ र ?

नेपाली पत्रकारिताको विद्यार्थीका रुपमा म आफैले आफैलाई गलत लागेका कुरा सार्वजनिक गर्न म कति पनि हिचकिचाहट मान्दिनँ। पत्रकार कुनै त्यस्तो प्राणी हैन, जसले समाजसामु आफ्ना सारा गल्ती छिपाउनै पर्छ। यो गलत हो। खेल समाज परिवर्तन गर्न खोज्नेले आफै परिवर्तन भएर देखिने हिम्मत गर्न सक्नु पर्‍यो।

खेल पत्रकारिताको विषय छनौट, प्रस्तुति र निष्कर्शका बारेमा मेरा छुट्टै मान्यताहरु छन्। तर समाचारका कपीहरु हेरेर विज्ञापन लिन जाने हाम्रा मालिकहरुका सामु म निरीह छु। यसको मतलब मैले जागीर खाएको छु-विवेक मारेर मलाई तथाकथित व्यवसायिक खेल पत्रकारिताको खोल अ‍ोढ्नु छैन।

मेरा यी सबै शब्दहरुको साङ्गोपाङ्गो निष्कर्श हामी गल्ती नलुकाअ‍ौँ, तथाकथित नबनौँ। हामी खेल पत्रकारितालाई विदेश जाने भर्‍याङ पनि नबनाअ‍ौँ। पी खरेल, उध्दव पुरी, ईश्वरमानसिंह, रमा सिंह, श्रीविक्रम भण्डारी, सुशील थापा, गजेन्द्र थापा, मुकुन्द दाहाल, सीताराम अग्रहरी, मुकुन्द बोगटी, राजीव आचार्य, नविन लिङदेन, किशोर केसी, श्याम चित्रकार जस्ता त के, अहिले कान्तिपुर, आप्का, सिंहदरबार, कामनामा चल्तीफूर्ति रहेका सबैलाई मैले देखे भोगे बुझे र मलाई वास्तविकता बताउन मन लाग्यो। कसैलाई पनि भोलि म यस्तो देख्न चाहन्नँ जसलाई देख्दा कसैले नाक खुम्चाअ‍ोस्। कि कसो ?

फेरि भेटौँला।

12 Comments

  1. it’s really a readable article.it’s global reality. but wat happen is i m also the student of journalism so i had also wrote an article to ‘NEPAL SAMACHARPATRA’SOME DAY BEFORE . BUT TRY TO DO CLEAN BUSINESS OVER JOURNALISM./
    JYOTI KHATIWADA

  2. Surya jee and friends,

    Surya jee’s commentary on sports journalists smacks of deep frustration. It’s quite understandable as he has also been a sports journalist for years. No doubt, sports administrators and sports journos are utterly corrupt, but then there is no dearth of corrupt journos with other reporting ‘beats’. Don’t you think majority of ‘business/economy’journalists not receive cash form the bank loan defaulters and other big shots or business houses? Don’t you think our foreign relations and political journalists happily gulp down bottles of Reb Label supplied from the embassies, especially in Dashain? Do you think Jamim Shah (I guess, Surya Khadka worked in Spacetime Dainik which has now been scrapped), Murarka and Hem Raj Gyawali/Sirohiya are pure businessmen? There are too many things to be exposed but the question is: Where do you start?

    Bibek.

  3. rajana ko kura saunda mandale haru lai hira ko kura pachna sakana jastro chha. aakhir sathya tito hunchha hoina ra, nai jo khel ko bare ma jankari rekchha tesh ko lagi surya ko charitra ra ushko kura naya hoina, aakhir mandale ko kura na paryo, mali ta umesh ji jasto loktantra badi lai ushle use garna lagako ma po maya lagyo.yo publish na gare ma pani bhannu kei chain aakhir satyo lukdeina

  4. हीरा खड्का नामका छद्म नामधारी पनि पक्कै तथाकथित खेल पत्रकार नै रहेको उनको लेखाइबाट बुझिन्छ । शायद त्यसैले शब्दवाणबाट पीडित भएर खरो कुराको खण्डन गर्न नसकेर मण्डले र हिलो छ्याप्ने शब्द प्रयोग गर्दै त्यस्तो लेखलाई स्थान नदिन ब्लगरलाई रुञ्चे अनुरोध गर्न पुगेका छन् । आत्मा साक्षी राखेर भन के खेल पत्रकारहरु स्वच्छ छन् ? लिग खेलमा हाकाहाकी म्याच फिक्सिङ हुँदा किन तिमेरु आँखामा पट्टी बाँधेर बस्छौ ? किन तिमीहरु खेलकुदमा खाली राम्रै राम्रो मात्र भएका देख्छौ ? यी सब प्रश्नको जवाफ तिम्रै आत्मालाई नदिएसम्म मण्डले खेलकूद, गणतान्त्रिक खेलकुद जे सुकै भन, कुरोको चुरो एउटै हो ।

  5. खड्काको लेख पढ्दा रमाइलो लाग्यो । यसले अब मण्डलेहरु पनि लोकतन्त्रलाइ आत्मसात गर्दै सुधारको बाटोमा हिडेको महसुस भएको छ । हिजोका दिनमा प्रखर युवा एमालेका युवा कार्यकर्ता अनी अहिले युनिस अन्सारीका विश्वास पात्र खड्का के साच्चिकै सुधारको बाटोमा हिडेका हुन् त प्रश्न अझै उठिरहेको नै छ ।
    खड्का हिजोका दिनका एक प्रखर खेल पत्रकारको रुपमा आफ्नो परिचय बनाउन सफल पत्रकार हुन् । तर राजाको प्रत्यक्ष शासनमा नवप्रतिवक्षमा साप्ताहिकमा सहभागि भएर उनले जुन रुपमा रानजीतिक स्वतन्तत्राको पक्षमा लागेकाहरुको बदनाम गराउन भुमिका खेलेका छन् त्यसको यही ब्लग मार्फत आत्माआलोचना गर्नु सान्दर्भीम नै हुन्छ ।
    सबैभन्दा ठुलो कुरो गुलामी अर्थात अरुको दासतावाट मुक्त हुनु हो । यसवाट खड्का जोगिएका छन् जस्तो मलाइ लाग्दैन । हिजोका दिनमा एमालेवाट अहिले मण्डलेको खेमामा पुगेको केशव स्थापित राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव हुंदा उनले यसरी नै विरोध गरेको भए कत्ति राम्रो हुन्थ्यो । अहिले उनले जीवनरामको विरोध गर्नुको तुक भनेको खड्का मण्डले हुन् अनी श्रेष्ठ एमालेका । त्यसैको आधारमा मात्र हो । यदी हैन भने कुनै ठोस कारण देखाउन सक्नु पर्यो नी ।
    खड्काको यो लेख केवल रुवाइ बाहेक केही हैन । अहिले मण्डलेको टेलिभिजनमा सहभागि भएर यसरी खेलकुट क्षेत्रमा लागेको पत्रकारको विरोध मात्र हैन उनीहरुमो चरित्रमाथि हिलो छ्याप्ने जुन दुस्साहस गरेका छन् यो आलोचनाको पात्र हो । हिजोका दिनमा लोकतन्त्रका लागि सडकमा मण्डलेहरुको कुटाइ खांदै हिडेको ब्लगरले आफ्नो ब्लगमा उनै मण्डलेलाइ स्थान दिएको देख्दा दुख लागेको छ ।
    लोकतन्त्रमा सबैलाइ स्थान दिन जरुरी रहेको छ । तर यो भन्दैमा अहिले नै स्थान दिने अवस्था आएको छैन । मण्डलेहरु अझै लोकतन्त्रलाइ सपना नै बनाउन कि्रयशिल रहेका छन् नै । त्यसैले यो विषयमा पनि मेरो संसारले विचार गर्ने हो कि । कतै यसरी कमेन्ट गर्यो भनेर यो प्रतिकृया नै अप्रकाशित हुन पनि सक्छ । तर मैले बुझेको मेरो संसारका ब्लगरले यत्तिको त नगर्ला कि ।

  6. I am happy that you dare to come out with your own picture on lead image.

    Best of luck for the future. But, before that, make a commitment that you won’t be repeating it once again. Don’t wait for others. Just start with yourself. Other will follow on.

    Good Job !!

  7. surya ji badhai chha. samaj ma bhrastachar le manyat paeko bela thulai ata garnu bhaechha.tara hamro ragat ragat ma bhrastchar basisakeko chha. jasle jasogarisukai pani pasa kamaunu parchha ,uskoijjat garchhau hami.ghus nakhane beimani garera paisa nakamauneko keko ijjat ra.je hos tapiko atama tapai eklo brihaspati nahunuhos subhakama na chha.

  8. सुर्य थापाको आत्मविवेचना पढ्दा रमाइलो लाग्यो । साच्चिकै निक्कै राम्रो लेखिएको छ । खेल पत्रकारहरु साच्चिकै विगि्रएकै हुन् । वर्षमा एक पटक विदेश भ्रमणमा जान पाउने भएपछि नविगि्रउन पनी किन र हैन ।
    तर यसमा सुर्य थापा पनि कम्तिको कम छैनन् नै । खै हिजोका दिनमा गणेश थापा भनेका भगवान नै हुन् भन्दै अगाडि पछाडि िझंगा धपाउँदै हिड्ने सुर्य थापा र यो लेख्न एकै हुन् कि हैनन म अलि कन्फ्युज भए । नत्र भने कुनै जमानामा कट्ट कम्युनिष्ट अनि अहिलेका कट्टर मण्डले एक सुर्य थापा नामधारी पत्रकार पनि छन् जो खेलकुद रिपोरटिगं पनि गर्छन् नै ।
    अनिस अन्सारीका ति चेला र यो लेख्ने थापा एकै हुन् कि हैनन । यदी हैनन भने माफ गरन्स् है ।
    मैले भन्न खोजेको कुरा जीवनलाइ सकेजत्ति बदनाम गराउने प्रयास गर्न लागि परेका थापाले उनको बारेमा विरोध गर्नु स्वभाविक नै हो । तर गणेश थापालाइ पनि गालि गरेको पढ्दा भने सुधि्रएछन् कि जस्तो लाग्यो है । अनी बेरुजुको कुरो गरेछन् थापाले तर पुरानो लिष्टमा त तपाइको पनि नाम छ नी त हैन र

  9. When all the state mechanism is rotten to the core and the whole nationa is passing through a prolonged spell of gloom, anarchy and a massive blackhole of hopelessness, no field remains untouched of the prevalent evil and chaos. No need to talk about how sport fares in the nation when we are still not able to question on the basic issues of right to life and living.
    Sports comes to life and nation and Life is under threat in Nepal. Nepal in turn under the threat of disintegration in the name of appeasing the ethnic politics. We are just preparing for yet another spell of bloodbath to sacrifice we don’t know what number of beloved countrymen.
    talking about sports, the nation is only experiencing only one SPORT. It is a collective rugby discarded of its getlemanly ancestry. Let us creat a a few teams of different ethnic groups and let them paly a giant rugby MATCH umpired by none other than the Maoists themselves with their legion of gun wielding gurillas. The prize should be the ‘nation’ itself and the winner will take away the coveted prize of the nation. the winner then wil have one still accomplished task to deal with . That will be to ethnically cleanse the nation of all the unwanted groups from its territory importing the honourable great technology either from RWANADA or Darfur region of DPR Congo and Sudan border.
    Let us not delay anymore to organize this giant spectalce of the Nepalese version of the Rugby Match where winner will sweep all and all the rules by-rules and no-rules are allowed to take effect.

  10. Good article, but

    tephain ko pani aaphanoo face lai mirror ma herda kasto cha ni ?

    tyo ta tyo list ko manche haru le garlan ni haina?

    tephain kina clean huna khojnu bhayako ho?

Comments are closed.