ठमेलमा माअ‍ोवादी-व्यापारी झडप, २४ माअ‍ोवादी गिरफ्तार

हैन, माअ‍ोवादीहरुलाई के भएको छ अचेल ? गौरको नराम्रो खबर सुन्दै गर्दा राजधानी ठमेलमा पनि माअ‍ोवादीहरु स्थानीय व्यापारीहरुबाट कुटिएका छन्। केही क्षणअघिसम्म त्यहाँको स्थिति तनावग्रस्त थियो। शान्ति सुरक्षा कायम गर्न जनपद र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो। माअ‍ोवादीहरु आफ्ना साथीलाई रिहा गर्नुपर्ने र उडल्यान्ड होटलका कर्मचारीले पाउनु पर्ने १९ लाख तलब भुक्तान गर्नुपर्ने माग गर्दै भोलि नेपाल हो कि उपत्यका बन्द गर्ने भन्दै पसल र होटलहरु बन्द गराउँदै हिँडेका रे। अनि स्थानीय बासिन्दा र व्यापारीहरुले मिलेर प्रतिकार गरेछन्। लाठीचार्ज र झडप भएछ। ठमेलमा ९ जनालाई र अन्नपूर्ण होटल बन्द गराउन हिँडेका १५ जना माअ‍ोवादीलाई प्रहरीले हिरासतमा लिएको छ। यसैबीच व्यापारीहरुले भने बन्द केही दिनका लागि स्थगित गरेका छन्। आज माअ‍ोवादी अध्यक्ष प्रचण्डसँग भएको वार्ता र आठ दलको प्रतिवध्दता आएपछि अहिले राति उद्योगी व्यापारीहरुले यस्तो निर्णय गरेका हुन्। ठमेल झडपको अडियोसहितको अपडेट भित्र

सुन्नका लागि तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

व्यापारीहरुले हिजो विशाल जुलुस निकालेको देखेपछि माअ‍ोवादीहरु अलि हतास भएको पो हो कि ? आज दिउँसोबाट नै ठाउँठाउँबाट माअ‍ोवादी मजदूरहरुले जुलुस निकालेका थिए। काला व्यापारीहरुको विरोधका लागि खबरदारी भन्दै। एउटा जुलुस त मैले पनि देखेको थिएँ दिउँसो।

दिउँसो होटल र्‍याडिसनमा माअ‍ोवादी नेताहरु र व्यापारीहरुबीच वार्ता भयो। यसको प्रत्यक्ष प्रसारण टेलिभिजनहरुले गरेका थिए। वार्ता भनौँ कि भाषण भनौँ- काला सूचिमा रहेका व्यापारी नेता र माअ‍ोवादी अध्यक्ष प्रचण्डले लामा भाषण गरेको देखिएको थियो। माअ‍ोवादीले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउँदै बन्द फिर्ता लिन आग्रह गरे पनि व्यापारीहरुले भने आठ दलको लिखित प्रतिवद्धताको माग गरेका थिए। सोही अनुरुप गर्न बालुवाटारमा आठ दलको बैठक पनि बसेको थियो। अनि व्यापारीहरु पनि चेम्बर अफ कमर्समा बैठकमा थिए।

साँझ अचानक माअ‍ोवादी मजदूरहरुले भोलि बन्दको घोषणा गर्दै चेम्बरमा आक्रमण गर्न जान लागेको अपुष्ट खबर आयो। हामी साथीहरु मिलेर त्यसलाई पुष्टि गर्न तर्फ लाग्यौँ। माअ‍ोवादीको मजदूर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका एक सदस्यले उडल्यान्ड होटलका कर्मचारीहरुको १९ लाख बक्यौता तलब दिनुपर्ने, गिरफ्तार साथीहरु रिहा गर्नुपर्ने माग रहेको र भोलि बन्द गर्ने बताए। यत्तिकैमा चार वटा होटल माअ‍ोवादी मजदूरले बन्द गराएको समाचार पनि आयो।

उता, ठमेलमा माअ‍ोवादीहरुले होटल बन्द गराउन खोज्दा स्थानीय बासिन्दाहरुले प्रतिकार गरेछन्। लखेटेर केहीलाई कुटेछन्। प्रहरीले लाठिचार्ज गरेपछि त्यहाँको स्थिति तनावग्रस्त देखिएको थियो। दिउँसैदेखि त्यहाँ माअ‍ोवादीहरुले कारबाही गर्ने हल्ला चलेको रहेछ। अन्नपूर्ण होटल बन्द गराउन हिँडेका १५ माअ‍ोवादीलाई पनि प्रहरीले पक्रेछ।

केही पछि माअ‍ोवादी मजदूर संगठनका अध्यक्ष शालिकराम जमरकटेलले भने आफूहरुले बन्द गराउँदै हिँडेको नभई खुलाउँदै हिँडेको पो दावी गरे। भोलि आफूहरुको तर्फबाट कुनै बन्दको कार्यक्रम नभएको पनि उनले बताए। ठमेलको घटनामा घुसपैठियाहरु हुनसक्ने पनि उनले बताए।

गौरको घटनाबाट देशै स्तब्ध भएको बेला भोलिबाट माअ‍ोवादी मजदूरहरुले कस्तो व्यवहार गर्ने हुन्, हेर्न बाँकी छ। व्यापारीहरुले भने केही दिनका लागि मात्र हडतालको कार्यक्रम फिर्ता लिएको जनाएका छन्।

18 Comments

  1. उमेश जी धन्यबाद्,
    नेपाल गन्ज बाट शुरु भएको आगो फेरि रौतहट घटना भयो।
    अब केहि दिन भित्रै मा फेरि अर्को घट्ना हुने वाला छन्। र यस्तै गरि अरु हुदै जाने क्रम् अगाडि बड्दै जाने वाला छ। अबको घट्ना पस्चिम् तिर गर्ने तयारी हुदै छ होला।यो सबै राजा र राजा बादि ले नै गराएको हो भन्ने प्रमाण साजिलै लगाउन सकिन्छ।
    ब्यापारीहरु त कालो सुचीमा रहेका हुन र धनलाइ सेतो बनाउने काम मा लागेकछन।
    र अर्को ठुलो घट्ना घटेपछि मात्र फेरिअर्को समस्या आउने छ नेताह्।
    ७।८ दिनमानै देखिनेछ। नेताले अब देशलाइ गणतन्त्र घोसना गर्नु पर्छ।नत्रा भने फेरि अर्को घट्ना को प्रतिक्षा नगरौ। बेलामनै सौचौ है।
    गनतन्त्र नेपाल छिट्टै हुनु पर्छ्।
    नमस्ते।।।।।।।।।

  2. ”LITTLE KNOWLEDGE IS VERY DENGEROUS”
    ज्ञान र शिप को कम्जोरी, बुद्दी भ्रष्ट भएका माओवादी ।

    ”CORRUPTED POLITICIANS polluted government”
    नातबाद्, कृपाबाद्, घुस्खोरी, गुण्डागर्दी र भ्रस्टचारि नेता हरु फेरि कसले बिस्वास् गर्ने !

    ”AUTOCRATIC, SELFISH, CHARACTERLESS and INFAMOUSE KING”
    तनाशहि, स्वर्थि, हत्यरा र मौका मा चौका हन्ने। यसतो खाले राजा पनि कहि राजा हुन सुहाउछ? किरात्, लिच्छबि, मल्ल र नेवर् जति को सराप् (स्राप) लागेको।
    छिया !! हेर्दै गुन्डा + चोर् जस्तो!!

    साथि हो ल अब भन्नुस्, कसलाइ बिस्वस् गरि सत्ता मा ल्याउने त (सरकार् बनाउने)? ”जुन् जोगि ल्याये नि कानै चिरेको भन्या जस्तो भो नि”।।

  3. Becare ful evry body we shouldnt let the people who try to disturb peace. every body has right to do anything ?they like but we sholdnt do these things making hamper to others……..

    HArami kta

  4. मेरो विचारमा सक्कलि माओवादी भन्दा पनि चैते माओवादी धेरै छन अहिले । माओवादीको बिस्तारै धुलाई हुँदैछ । कत्ती दिन अरुलाई धम्काएर बस्ने ?
    बल सधैं भरिको लागि हुन सक्दैन । जस्तालाई तस्तै भनेको यहि हो ।

    अरुलाई मारेर, दादागिरी गरेर खान पल्केका माओवादीका सुकुल गुण्डाहरुलाई ठीक पर्नै पर्छ । यदि सक्छन भने आफ्नो पाखुरीले कमाएर खाने नि । फोकतमा कति दिन चल्छ हो ?

    यस्ता चैते माओवादी र पारस गुण्डामा के फरक छ हो? दुबैले जनता मरेका छन्, जनता लाई दु:ख दिएका छन ।

    बन्दुकको भरमा सन्सद मा ८३ सिट पाउदैमा केही हुँदैन । केही गरेर देखाउन पनि पर्‍यो । नत्र संबिधान सभामा ८३ बाट ० हात लाग्ला ।

  5. Yo padam tammu bhanne manche le ta arkai patrika ma chapieko lekh lai afnai jasari comment gareko cha ni, yaha copy right ko ulangghan bhaeo hai,

  6. Why maoist are becomming so irresponsible? Now Maoist is the second largest parliamentrian party and they are part of goverment and going to join the governmen soon. They have a great responsibilty in the country. Why they are demonstrating irresponsibility and anarchy? Now they should be a responsible party they are the part of state. Before they were out of state but now they are in parliament so they are member of state. They should think this responsibilty. But They are doing same what they did from Jungle.

  7. अहो शान्ति क्षेत्र नेपाल सुन्न पनि लाज मर्नु भयो|सर्व प्रथम त मदेसमा जुन पक्ष वाट भए पनि मारिन पुगेका २५ मृतक नेपाली प्रति चिर शान्तिको कामाना!!!!|

    उफ! कुकुर बहुलाए पछि आफ्नो र अर्का चिन्दैन| माओबादि शान्ति पुर्ण धारमा आए पछि सबै टण्ट खलास होला भनेर बसेका नेपाली जनतालाइ चि चि न पापा भयो| खालि देशमा राजतन्त्र र गणतन्त्रको तातो बहसमा अल्झेका माओबादिनेता पुरोषार्थलाइ आफ्नो कार्यकर्ता कन्ट्रोलमा छ वा छैन पत्तो नै छैन| होइन नेता भन्दा पनि माओबादिका कार्यकर्ता बढि कानुनि शासक भैसकेका हुन कि त ? होइन भने प्र.म. ले, गृहमन्त्रिले,र माओवादिका स्वयम नेताले एकतिर छुट्टै किसिमको प्रतिवद्दता व्यक्त गर्ने उता सडकमा जनताले दु:ख पाइनै रहने | ए..अचम्म..!!!!|

    हुनत यो केहि अनौठो होइन | माओबादि र सरकारहरु त हान्ने मार्ने सस्कृतिमा रमाएको पनि धेरै भै सक्यो हामि जनताको आत्मा रोइ नै रहने त हो नि| अवका दिन माओवादिका कार्यकर्ताले गल्ति गर्दै जाने अनि तारे होटलको घुम्ने कुर्चिमा सुरुवा तान्दै बैठक बस्ने र घुसपैठको सज्ञा दिने | ल हेर्नुस यो हाम्रो सुचना मुलक ब्ल्ग आज अहिले सम्म प्रचण्डको रौतह्ट र काठमाण्डुको घटनामा सार्वजनिक वक्तव्य आएको छैन अव एकै छिनमा आइहाल्छ तर कुरा उहि हो दरवारिया घुसपैठ! दरबार भनेर झस्कनु पर्ने आवश्यकता पनि छैन, प्रमाण देखाउन सक्नु पर्छ अहिले पनि कागले कान लग्यो भनेर कागको पछि दौडनु हुन्न भन्ने विश्वास बडेर गएको छ |तर जसले पनि धमिलो पानिमा माछा मार्छ, दरबारले पनि माछामार्ने दाउमा च्याखे थापेको भए हामिलाइ के भो र जसले गर्छ रहर उसैको जान्छ गोठको बहर|

    माओबादि पनि १० बर्ष सम्म काग्रेस र एमालेको पार्टिगत खिच्चातानिमा ससदिय ब्यवस्थालाइ धमिलाएर माछामार्ने घृण चरित्रको नाङो नाच नाचेर सो पार्टिका सम्बद्द नेता कार्यकर्तालाइ हत्या सफाय गरिएको जिउदो र ताजा इतिहास छदै छ| अहिले यि माओबादिका नेता प्रचण्डलाइ कि अमेरिकाले हप्काइदिए पछि उनको बुद्दिले काम गरेको छैन कि त उनि पनि फेरि घुम्ने प्र.म.को कुर्चिको मोहनिमा मुग्द भै सक्नु भयो र बिरालो ले मुसोको दाउ हेरेको झै गरि प्र.म.को कुर्चि हेरि राख्नु भएको छ र आफ्नो अंश कति भनेर अंशियारको ताना बुना बुनेर बसिरहनु भएको छ| अवत सरकारले स्पष्ट भएर माओबादिलाइ चुनौति दुनु पर्छ, माओबादिका भिजिलान्तेहरुले गल्ति गर्दा प्रचण्ड , बाबुराम र बादल जस्तालाइ कारबाहि बनाएर कानुनि फन्को नमारि हुदैन| होइन भने यि सवै मरेका साप हुन टाउको मरे पुच्छर मर्दैन र पुच्छर मरे टाउको मर्दैन| बैगुनीलाइ गुनले मार्नु भन्थे हाम्रा बाजेले यो उखान नेपालको राजदरबार जस्तै पुरानो भयो कि ! अव यो उखानलाइ बैगुनीलाइ बैगुनी भएरनै मार्नु पर्छ भनेर उता मधेसी अधिकार फोरम फेरि उत्रियो | माओबादिले गुरुकुलमा दिएको शिक्षाको प्रतिफल मदेशि अधिकार फोरमले नुनको सोझो भएर पालन गर्दा आजको यो स्थिति आएको हो|यो कुरा घाम जस्तै छर्लङ छ| उद्योगी र व्यापारीले झै वाद्यता भएर फेरि कुनै समुह माओबादिको कारणले नेपाल बन्द र हडतालको गम्भिर मार अरु छेत्रकाले भोग्न नपरोस| न त तराइमा भएको नर सहार जस्तै सुन्न नपरोस| नत देख्न नै |

  8. २०६३ वैशाख ११ पछि जनतामा पक्कै आशा जागेको थियो । हिंसात्मक द्वन्द्वको मारमा सबैभन्दा बढी पिल्सिएका बहुसङ्ख्यक नेपाली जनताले माओवादी र नेपाल सेनाका जवानहरूको ज्यादती भोग्नु नपर्ने आशा गरेका थिए । अलिक साक्षर जनता एवम् सात दलका सामान्य कार्यकर्ताहरू, शिक्षक र प्रबुद्ध -एलिट) वर्गको आशाचाहि“ अलि बढी थियो । जनता नै निर्ण्ाायक शक्ति हुने, संविधानसभा निर्वाचनमार्फ बन्ने संविधानले कसैले कहिल्यै खोस्न नसक्ने प्रजातन्त्रको संस्थागत विकास गर्ने, हरेक क्ष्ँेत्रमा समतापर्ूण्ा अवसरको सिर्जना गर्ने संरचनाहरूको निर्माण थालिने र १२ बु“दे समझदारी अनुसार माओवादी पनि हिंसाको बाटो त्यागेर शान्तिपर्ूण्ा एवम् प्रतिस्पर्धात्मक राजनीतिमा आउने अनुमान थियो । तर, विगत १० महिनामा समग्रमा द्वन्द्वको आयतन कम भए पनि द्वन्द्व जीवितै छ । यस अवधिमा हामी द्वन्द्वबाट शान्तितर्फहोइन, युद्धतिर उन्मुख हु“दैछा“ै । यसका केही सङ् केतहरू देखिएका छन् । सरकार कमजोर देखिएको छ । कुनै पनि देशमा ठूलो परविर्तनपश्चात् सबैभन्दा बढी प्रहार हुने क्षेत्र भनेको शान्ति सुरक्षा हो । बितेका १० महिनामा नेपालमा शान्ति सुरक्षाको अवस्था दयनीय रह्यो । सरकार कमजोर हु“दा उसका शक्तिहरू अन्य गैरसरकारी दल, समूह र सङ्गठनहरूले प्रयोग गर्छन् । निश्चय नै, माओवादी एउटा शक्ति हो र उसले सरकारका हरेक असफलताबाट उब्जेको शून्यतालाई पूरा गर्ने कोसिस गररिहेको छ । जनताको मुद्दा फैसलादेखि ट्राफिक नियन्त्रण, फोहोर मैला व्यवस्थापनदेखि सेनाको गाडी निरीक्षणजस्ता कामहरू यसैका परण्िाति हुन् । समाजमा लुटपाट मच्चाउने, चोरी-डकैती र अपहरण गर्नेहरूले पनि सरकारको कमजोरीबाट उत्पन्न शक्तिशून्यतामा चलखेल गररिहेका छन् । यस्तो अवस्थामा जनताबीच आपसी सद् भाव, परस्पर निर्भरता र एकता खलबलिन गई आपसमा अविश्वास, शङ्का र त्रास उत्पन्न हुने गर्छ । अर्कोतर्फ१० महिनामा प्रत्येक दिन बन्द, तोडफोड र आगजनी, हत्या र लुटपाटका घटनाहरूले गर्दा जनता निराशभन्दा पनि उत्तेजित भएका छन् । क्रोध, हीनताबोधको मनोविज्ञान र निरीहपनबाट सिर्जना भएको व्रि्रोहको प्रभाव कसरी आकाशि“दैछ भने कुनै पनि बेला सामान्य घटनाले पनि देशलाई आन्तरकि युद्धमा होम्न सक्छ । माओवादीसमेतको अन्तरमि सरकारको गठन र संविधानसभाको मिति तोक्ने काम गाह्रो छैन । तर, दलहरूले उग्र क्रान्तिकारतिा र शक्तिको दम्भ पर््रदर्शन गर्ने छवि परत्ियाग गर्नैपर्छ । लोकतान्त्रिक परविर्तन र आचरण आवश्यक छ । गरएिका प्रतिबद्धता र सहमतिलाई इमानदारीपर्ूण्ा पालना गरनिर्ुपर्छ । शान्ति सुरक्षा, सबै जनता र राजनीतिक दलहरूलाई मौलिक अधिकारको उपभोग गर्ने राजनीतिक वातावरणको सुनिश्चितता र निर्वाचनको प्रक्रियामा सबै जाति र समूहलाई उचित र न्यायिक प्रतिनिधित्वको पर्ूण्ा बोध गराउ“दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु धेरैधेरै चुनौतीपर्ूण्ा छ । त्यसप्रति आठ दल र अब बन्ने अन्तरमि सरकार कति चिन्तित छन्, त्यसैले भोलिको नेपालको भाग्य निर्धारण गर्नेछ ।
    सबैलाई चेतना भया!!!!!!!!!!!!
    धन्यवाद!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  9. यस्तै हो भने बाबुराम र प्रचन्ड लाइ उन्कै कार्यकर्ता ले नमार्लान भन्ने के ग्यारेन टि!!!
    ‘This is for sure,I am feeling they will not die naturally’ .Look one bullet is enough for a man.There are 13000 people died.Their family may have 52000 members.Don’t you think out of 52000 bullet one bullet may have their name.

  10. Maoist haru kahile pani afno byabahar sachyaune chhainan , Byapari haru le maukako faida uthaya jasari desh lai hrin(debt) natiri dubaune khel kheldai chhan ,Madhesi haru shashatra andolan gardai chhan ,desh lai kata tira dohraune hun yesta byakti harule, sabailai chetana bhaya.

  11. य़ो केहि होइन जनता लाइ मारेर खान,घिच्न पल्केका भ्रष्ट नेता,कर्मचारि,ब्यापारि, बिभिन्न सँघ सँस्थाहरु राष्ट्रिय अन्तराष्ट्रिये कु तत्त्वहरु जो सँग मिलेर देशमा शन्ति सुब्यवश्था ल्याउनामा होइन यो भडुवा सरकार, जसलाइ नै प्रोत्साहन गर्दै देश मा सधै अराजकता पालि राख्न प्रयेत्न भैरहेका छन्!भ्रष्टहरु कत्तिको आफ्नो कर्तुत छोप्नु छ अनि कहिले सुब्यव्श्था औछ त? न देश मा सरकार बन्छ न सँबिधान सभाको चुनाब हुन्छ!न सधा शन्ति आउने नै आशा गर्न सकिन्छ”रातभरि रुघ्यो बुढि त जिउदै “

  12. Ectually Maoist are doing some good news but some of them very terrible bad, in this situation not only the maoist all political party leader need to think about the Nepal and Nepali. They are just talking and dreaming to create a New Nepal, but nothind doing they are looking for the top seat and hot seat to make their own satisfaction. specially they are thinking about the controvercial politics of Nepal. if they think and feel it, ofcourse they’ll pay attention and try to solve it, there are killing the peoples each other day by day, it is very terrible for us, so please pay attention and try to find good and right solution for the create new Nepal. Better Nepal. Thank you.

  13. Tnks Umesh for the prompt update of the recent news.

    Sathi ho yi maobadi ka hatiyar purai sarakari control ma na bhaikan Mb lai sarkarma lana hunna. Yiniharuko objective khatara chha.

  14. !!उमेस जि
    हाम्रो नेपाल मा बिकास भय को होला नि होइन साथी हरु !! नेपाल को बिकास भनेको नै यिनै हुन !! एक ले आर्का लाइ पिट्ने थुन्ने मार्ने लुट्ने जे गरेनी भयो नि नेपाल सरकार ले नियम कानुन बनाउने होइन लागु गर्ने होइन !! नेता हरु लाइ के को खाचो १० बजे जानु पर्ने आफिस् ३-४ बजे गय एक छिन बसे अनि समय सक्यो बार्ता टुङो लागेन भन्दै घर वापस् तस्तै गर्दै आरु दिन पनि काटे !! फेरी मावोबादी लाइ किन बन्द गर्नु पर्ने ब्यापारी हरु को बिरोध मा होला !! हरि श्रेष्ठ को १९ लाख कर्मचारी को तलब तिर्नु रहेछ !! तस्ता लाइ त कुटेको ठीक हो नि मज्दुर मारा कर्मचारी मारा लाइ ठीक लाउनु त पर्छ !! तर मावोबादी ले आफुलाइ नै सरकार नि कानुन नि अदालत नि ठनेको मा गल्ती गरे त जनता को अगाडि सार्वजनिक तरिकाले कारबाही गरेको भय यो कुरा आउने थियना !! अब मावोबादी लाइ थुनेर के गर्ने होला फेरी हरि श्रेष्ठ कुट्ने लाइ पो थुने नि हुन्थियो !! आरु कार्यकर्ता लाइ थुनेर के काम !! फेरी किन बन्द को घोषणा गर्दै हिंड्नु मावोबादी नेपाल मा सबै को काम नै छैन !! बास् नेता हरु को भुँडी भोर्ने काम बाहेक गरी खावो नेता हो !! नेपाल मा सिधा साधा जनता ले बाँच्न नपाउने भय !!!~~पूर्ण~~~लिम्बु~~~!!!

  15. Majdur Mara harulai Godnu ko Bikalpa chhaina.Sarkarle Majdur Mara harulai Karbahi gareko vae yo sthiti aune thiena.Jati sakdo chado Majdur ra bank mara harulai Godnu parchha. Voli ke ho ke ho????

Comments are closed.