गौर घटना दोहोरिन सक्छ

-दीपक भट्टराई-

कान्तिपुर दैनिकको शुक्रवारको संस्करणमा गौर घटनामा सरकार मौन रहेको समाचार आउनासाथ एक मित्रले भनेका थिए, अब सरकारले एउटा आयोग बनाउँछ। नभन्दै, लोकतान्त्रिक सरकारले सत्य तथ्य बुझ्न भन्दै चार सदस्यीय आयोग पनि बनायो, यस अगाडि लहानमा मधेसी जनअधिकार फोरमका कार्यकर्ता मारिँदा होस् कि नेपालगंजमा भएको साम्प्रदायिक वितण्डा, दुबै पटक सरकारले यस्तै आयोग बनाएको थियो।

दुबै आयोगका प्रतिवेदनका साथै सांसद कृष्णचरण श्रेष्ठको हत्या, बुटवलमा भएको अस्पतालमाथिको आक्रमण सहितका छानविन समितिले दिएको प्रतिवेदन पनि सरकारसँग छ। तर, छानविन गर्न लगाउने र त्यस्को प्रतिवेदन बुझ्ने भन्दा बढी काम सरकारले गरेको देखिएन।

यदि सरकारी गृहकार्य प्रयाप्त हुँदो हो त, मधेसमा यस अगाडि नै भएको माओवादी र फोरमबीचको भिडन्तलाई ध्यान दिएर रौतहटको स्थानीय प्रशासनले दुबैलाई आमसभाका लागि एकै समयमा एउटै स्थान दिदैंनथ्यो। स्थानीय प्रशासनले एक संगठनलाई आमसभा गर्नबाट रोक्न सक्नुपर्दथ्यो अथवा जसले पहिलेदेखि आमसभाको लागि स्थान माग गरेको थियो, उसलाई मात्र सभा गर्न दिनु पर्दथ्यो।

तर, यस्मा माओवादी अध्यक्ष प्रचण्डले झैं स्थानीय प्रशासन र सुरक्षाकर्मी माथि दोष थुपारी उनीहरुको मात्र कारवाहीको माग गर्नु औचित्यपूर्ण छैन। माओवादीको एक गाउँस्तरीय कार्यकर्ताले पनि प्रहरीका उच्च अधिकारी समेतलाई खुलेआम थर्काउने र घुर्क्याउने गरेका छन्। पछिल्लोपटक पाँच तारे होटल बन्द गराउँदै हिँड्ने १६ जना माओवादी कार्यकर्तालाई काठमाडौं प्रहरीले १२ घन्टा पनि नियन्त्रणमा राख्न सकेन।

माओवादीका अवैधानिक कृयाकलाप विरुद्ध प्रहरीले चाल्ने कदम माओवादीका नेताले गृहमन्त्रीलाई भनेपछि निस्तेज हुने गरेका उदाहरण धेरै छन्। यतिबेला प्रहरीले कानून मिच्ने माओवादीलाई कारवाही गरेको हेर्न र थाहा पाउन जनतासँगै प्रहरी संगठन भित्रैका धेरै जना आतुर छन्। यसबाट मात्र प्रहरीको मनोबल उच्च हुन्छ र यस्ता भिडन्त रोक्न प्रहरी प्रशासन सक्षम हुन्छ। माओवादीलाई केहीं गरौं, भनौं कि माथिल्लो निकायबाट दबाब आउने तथा गृहमन्त्रीबाट फोन आउने अवस्था भएसम्म प्रहरीले केही गर्न सक्दैन।

गौरमा आमसभाको लागि फोरमले एक साता अगाडिदेखि नै प्रचार गरिरहेको अवस्थामा माओवादीले २ दिन अगाडि आफ्ना कार्यकर्ता उतारेर मधेसी राष्ट्रिय मुक्ती मोर्चाको आमसभा गराउनु पर्ने कारण अहं भन्दा बढी केही देखिदैंन। त्यसकारण यस्ता घटना नदोहोर्याउन माओवादीको अंह त्याग्नैपर्छ। जहिलेसम्म हामी सबैभन्दा ठूला हौं, हामीलाई कसैले केही गर्न सक्दैन भन्ने भावना माओवादीमा रहन्छ, तब यस्ता घटना दोहोरिरहन्छ।
अहिलेसम्म आएका समाचार र तथ्य हेर्दा माओवादीको तर्फबाट गौर घटनामा गोली चलाएको देखिंदैन। तर, पनि मृतक माओवादीका योङ्ग कम्युनिस्ट लिगका २ कार्यकर्ताको साथबाट पेस्तोल भेटिंदा माओवादीले सबै हतियार दर्ता गरेका छैनन् भन्ने प्रमाणलाई पुष्टि गर्दछ। यसरी माओवादीसहित अरु जो कोही पक्षसँग अबैध हतियार रहँदा फेरी अर्को गौर घटना हुन सक्छ।

मधेसी जनअधिकार फोरम प्रचारमा आएदेखि नै शंकास्पद देखिएको भन्नेहरुलाई गौर घटनाले झन् त्यस्मा प्रमाण थपिदिएको छ। आफ्नो आमसभाबाट गोली चल्नु, विपक्षलाई मात्र गोली लाग्नु र २८ जनाको मृत्यु हुँदासमेत घटनाको जिम्मेवारी नलिनु एउटा सभ्य संगठनका लागि सुहाउने काम होइन।

फोरमका अध्यक्ष उपेन्द्र यादवको गतिविधि पनि सुरुदेखि नै शंकास्पद देखिएको थियो। आफूलाई गणतन्त्र र धार्मिक निरपेक्षताको पक्षधर बताउने यादवले भारतमा हिन्दुवादी कट्टर संगठनको धार्मिक सभामा अतिथिको रुपमा भाग लिएको तस्विर र समाचार नै यस अगाडि प्रकाशित भइसकेका छन्।

यस्का साथै मधेसको आन्दोलन सुरु हुनासाथ दरबार निकटका राजनीतिक दल तथा समूहले आन्दोलनमा आफ्नो साथ रहेको बताएका कारण पनि फोरमलाई शंकाको घेराबाट उम्कन दिएको छैन। यस्का लागि फोरमले आफ्नो संगठन र आमसभामा घुसपैठ भएको छ भने त्यसो भन्न हिच्किचाउन हुन्न। यदि फोरमले आफूलाई चोखो देखाउने हो भने, गौर घटनाको दोषीलाई पक्रेर सुरक्षाकर्मीलाई बुझाउन सहयोग गर्नु फोरमको कर्तव्य हो।

गौर घटना नदोहोर्याउने अर्को बुँदा हो, नेपाल भारत खुला सिमाना नियन्त्रण गर्नु। संविधान सभाको निर्वाचन निष्पक्ष बनाउन होस् वा सीमा क्षेत्रमा भइरहेका लुटपाटका गतिविधि कम गर्न अहिले खुला सिमाना नियमन गर्ने राम्रो अवसर आएको छ र त्यसो भएमा धेरै अपराधका घटना रोकिन्छन्। माओवादीले दावी गरे झै शाहीकालमा माओवादी विरुद्ध बनाइएका प्रतिकार समितिलाई वितरण गरिएको हतियार नै गौर घटनामा प्रयोग भएको भए पनि अथवा नभए पनि कुनै समूहसँग त्यस्ता हतियार भए त्यस्को तथ्याङ्क र्सार्वजनिक गरेरै राज्यले हतियार तुरुन्त फिर्ता लिनुपर्छ।

गौर घटनापछि अस्थायी शिविरमा रहेका धेरै ठाउँका माओवादी छापामारहरु सडकमा उत्रेर त्यस्को विरोध गरे। गुल्मीमा रहेका छापामार हतियार सहितै र अन्यत्रका छापामार हतियार बेगरै सडकमा उत्रिनुले भविष्यको लागि थप प्रश्न उब्जाएको छ। राष्ट्रसंघ, सरकार र माओवादी बीच भएको सम्झौतामा एक पटकमा १३ प्रतिशत भन्दा बढी छापामारले शिविर छोड्न नपाउने उल्लेख छ। तर, त्यस्को पालना अहिले जस्तै भविष्यमा पनि नभएमा गौर जस्ता अन्य घटना दाहोरिन सक्छ।

झडपमा एसएलआर, माउजर, राइफल जस्ता हतियार समेतको प्रयोग भएको छ, शान्तिको प्रक्रियामा देश बढेको, सरकार र माओवादीवीच विस्तृत शान्ति सम्झौता भइसकेर संयुक्त राष्टसंघको रोवहरमा हतियारको व्यवस्थापन भैसकेको अवस्थामा यसरी खुलेआमरुपमा हतियारको प्रदर्शन गर्नु शान्ति सम्झौताको विपरीत हो। जस्ले यस्तो हतियारको प्रयोग छ उनीहरुलाई पूर्ण रुपमा दण्ड दिनुपर्छ अन्यथा यस्ता घटना दोहारिन सक्छ।

घटना पछि माओवादी अध्यक्ष प्रचण्डले वक्तव्यमार्फत् व्यक्त गरेको संयमता प्रशंसनीय छ। प्रचण्डको वक्तव्यको सन्देश माओवादी भित्रैबाट अवलम्बन हुनु नितान्त छ र संयम र सहिष्णुताको मार्गलाई फोरम सहित अन्य पक्षले पनि व्यवहारमा लागू गर्नु जरुरी छ।

23 Comments

  1. माओबादि नेताहरु अझै परिपक्क र जिम्मेवार बन्नु पर्छ । पार्टि कार्यकर्ताहरुलाई सम्यम्ता र जिम्मेवारिपनको अझै कोचिन्ग् चलाउनु पर्छ । भ्रष्टहरुको कर्तुतहरुमा साक्षि बस्न माओबादि अन्तरिम सरकारमा नजानु बेश हुन्छ । माओबादिले परिपक्कता हासिल् गर्दै देशमा न्यायको पहरेदारि गरी जनताको बिस्वास जितोस् । गिरिजा बाले देश सन्गै लगेनन् भने नया नेपालको जग हाल्ने जिम्मेवारि माओबादिको हुनेछ ।

  2. दिपेश गौतम जी,

    तपाइको प्रतिक्रियाले हालको राजनीतीको अति बास्तबिक र महत्वपूर्ण पक्षलाई कोट्याएको छ ।

    हुतिहाराहरुको सारकारलाई मेरो प्रश्न यो छ कि हिजो भ्रस्ट राज्यसत्ता बिरुद्ध युद्ध छेड्दा माओबादि आतन्ककारी घोशित भई १० बर्षसम्म उनिहरुलाई खोजी खोजी मारिएको थियो र नभेटिएका नेताहरुको टाउकाको मूल्य राखिएको थियो भने आज बिहारि गुण्डाको सहयोग लिई नेपालिहरुको निर्मम् हत्या गर्ने कथित “मधेशी जनाधिकर फोरम” अराष्ट्रिय आतन्ककारी घोषणा गरी कार्बाहि गर्ने कि नगर्ने ?

    बादल र देब गुरुन्ग् हरुले जेलनेल र बनबास खेपेर बनाएको राजनैतिक धरातल घुम्ने कुर्चीमा चयन काटेका ओम गुरुन्ग् र क्रिष्ण भट्टचनहरुले हत्याए /
    मात्रिका यादव र प्रभु साहहरुले जेलनेल र बनबास खेपेर बनाएको राजनैतिक धरातल माओबादिमाथि बिस्वासघात गरी भारतको जेलमा आत्मसमर्पण गरेर नेपाल पसी दरबारिया सन्ग चोचोमोचो मिलाई एन्.जि.ओ. चलायएर मोज गरेको उपेन्द्र यादवहरुले हत्याइदिए /

    अब बन्ने अन्तरिम सरकारमा प्रधान मन्त्रि लगायत अरु प्रभावशाली मन्त्रालय कान्ग्रेसलाई चाहियो / अनि हतियार थन्क्याए पछि त माओबादी फाल्तु जोकर् ? उसमाथि माओबादि कार्यकर्तामाथि त्यस्तो राक्षसि आक्रमण् / १२ बर्ष सम्म स्वदेशि-बिदेशि शक्तिहरुलाई घुडा टेकाएको माओबादिलाई यसरि चिढ्याउदा देश मशानघाट बन्ने ठुलो सम्भावना छ /

    अन्त्यमा म यो प्रष्ट पार्दछु कि म कहिल्यै माओबादिको समर्थक हैन; केबल न्यायको पक्षमा बोलेको हुम् ।

  3. I would say, “Anyone should be punished as per law and order no matter if they are Maos or any other party members.” I have been reading comments made by Mao supporters that Upendra’s group should be punished. I would say “NO”. This was a gang fight where both parties wanted to show off and both should be punished as per rules. Your are not supposed to bring weapons (AK-47 and other) in the public……I hate Maos & Terai Mukti Morcha when they brag of being a political party but never quit showing guns……

  4. दीपक जी को पहिलो लेख लाई मैले सत प्रतिशत सहमती जनाएको थिऍ तर यो पालि फरक मत राख्न चाहन्छु!
    बास्तब मा गौर घतना सामान्य घतना सङग तुलना गर्न सकिन्दैन, अथ: यस्तो घटना लाई गहिरो अध्यन र चिन्तन का साथ मनन् गरेर लेख्नु पर्ने मा खासै लेखीएको जस्तो पाईएन / यस्तो घटना दोहरीन सकिन्छ भनेर सचेत गराउन खोजेको मात्रै छ()तर घटना को डर्डनाक यथार्थ लाई केलाउन जानेको जस्तो लागेन , सतही बिचार र सतही लेखनले हानिकारक बिकृति ल्याउन सक्छ यस्ता लेखनले गर्दा फेरि फेरि पनी अपराधिक तत्व लाई नै बल पुग्न जाने हुन्छ, बल्की आउने भावी लाई रोक्ने क्षेमता नै राख्छ, क्षमताहिन लेखन सैली र बिना गहिरो अध्ययननले यस्तो पासबिक कर्तुत हरु को घतना लाई ओझेल मा पारी अर्कै कुरालाई घुमाउरो पार्न खोज्नु कुनै पनि हालत मा न्यायसङगत लेख हुनसक्दैन ,
    र अन्तमा मधेशी फोरम एक पेसेवर अपराधिक सॅगठन हो जोसॅग नैतिकता र मानबियता के हो भनेर सोधिराख्नु समय खेर पाल्ने काम मात्र हुने छ उस्ले बहुसनख्यक सामन्य बेक्ति भन्दा पनी अपराधिक बेक्ति र गरिब निमुखा हरुलाई अगाडि सारेर आफ्नो ध्रिस्तता पुरा गर्न खोजेको छ भलै उस्कै भातृसॅगठन ले भनि सकेकै कुरा हो /
    यस्तो पासबिक हत्या काण्ड गरि जनतालाई आतॅक र भयभितपारि आफ्नो क्षत्र मा एक छत्र बिहारि सैली को सर्दारी राजनिती गर्न खोजेको मात्रै हो ! जुन बास्तबिक नेपाली जनतालाई कहिलै स्विकार्य हुन सक्दैन /
    MANANDHAR FROM JAPAN!

  5. दिपेश गौतमजीको कमेन्ट माथी समथर््ान गर्दै केहि थप्न मन लाग्यो
    केहि मान्छेहरु माओवादीलाई सकेसम्म उत्तेजीत पार्ने र फेरी उनीहरुलाई जंगल फर्काउने अनि आफ्नो हाली मुवाली कायम राख्ने धन्दामा लागेका छन् । २९ जना नेपाली मारिएको खवरले त्यति प्राथमिकता पाएन बरु छापामारहरु क्याम्पवाट आएको खवरले बढि प्राथमिकता पायो । हुरीले रुख ढल्दा २ छापामार मरेका खवरको स्वर ठमेलमा स्थानिय व्यापारी पिटीएको भन्दा कमजोर सुनियो । अहिले माओवादीका छापामार जसको खानपानको जिम्मा सरकार स्वंयले लिई सकेको छ उनीहरुका भौतिक सुविधाका कुराहरुले प्राथमिकता पाउदैन उनीहरुको शिवीर भित्रको कष्टप्रद जीवनको चासो छैन । दुईवटा रुख माओवादीले काटेका कुराले मिडियामा चर्चा पाउने गर्छ । सरकारको ३५ करोडले अहिले ४ महिना हुन लागि सक्यो अव भन्नुहोस विचरा ३०००० को हाराहारीमा रहेका छापामारहरुलाई कति रकम महिनाको पर् यो होला । त्यसमाथि पनि त्यति पैसाले भौतिक सुविधाको निर्माणको कुरा छ । के प्राकृतिक सम्पतीमा माओवादीको समान हक छैन उनीहरुले नेपालका एकदुई वटा रुख ढाल्न नपाउने । एक अर्थमा माओवादी एक पक्ष र सरकार एक पक्ष हो । ३७ प्रतिशत भएको जंगल २९ प्रतिशतमा झार्ने यसअघिका सरकारहरु चांहि वनसंरक्षक दुई चारओटा रुख काट्ने माओवादी वनजंगल विनाशकर्ताको रुपमा प्रस्तुत गर्ने । हाय नेपाली मिडिया जगत । अव माओवादी छापामारहरुले उधारो तिरेनन् भन्ने खवर आउन वाँकी छ भँगेरे टाउके अक्षरमा । उनीहरुले किन उधारो खान वाध्य पारियो भन्ने कुरामा तै चुप मै चुप । अनि उनीहरुले गल्ति गरे भन्ने चांहि तिललाई पहाड वनाउने ।

    प्रचण्ड त यस अर्थमा महान छन् उनले जगत सामु आफुले गरेका गल्तीहरु प्रति क्षमा याचना गरे तर राज्य पक्षबाट भएका मानवअधिकार हनन र हत्यामा वास्तवमा जनयुदको क्रममा राज्य पक्षबाट करीव ९००० जनाको हत्या गरिएको थियो त्यसका हत्यारा नेपाली सेना र तत्कालिन मन्त्रि प्रधानमन्त्रिहरुले किन माफि माग्ने सहास जुटाउन सकेका छैनन् । आफुले गरेका गल्तीलाई गल्ती भन्न पनि सहास चाहिन्छ । काजोल प्रकरणमा हो पार्टीले गल्ति गरेको हो भन्ने सहास वटुल्ने पार्टी हो माओवादी तर उपेन्द्र यादवहरु जस्ता नंपुशकहरुलाई २९ जना नेपाली मरेकामा कुनै पश्चाताप छैन न कुनै जिम्मेवारी वोध छ किन चुप चाप । आखिर उनीहरु उचालिएको मृग न परे । एउटा एनजीयो संचालकसँग त्यत्रो जनयुद जसले नेपाललाई संविधानसभाको यात्रासम्म पुयाउदै छ त्यसको संचालकसँग निम्नस्तरको तुलना गर्ने हाय तपाईको मगज हाय । अनि हेर्दै जाँऊ माओवादी शिवीर भित्रको आक्रोश कहिलेसम्म थापथुम पारेर राख्न सकिन्छ । रोग लाग्नु भन्दा अगाडि रोकथामका उपाय दिने होइन रोगले ग्रसित भईसकेपछि रोगलाग्यो यसमा फलानाको दोष भनेर देखाउने । धन्य मिडिया धन्य पत्रकारीता आफुलाई स्वतन्त्रताका पहरेदार ठान्नेहरु ।

    माओवादीको केन्द्रिय समितीको वैठकले सरकारमा नजाने निर्णय गरेको खवर आउदैछ अव सरकारमा माओवादी जानुको पनि अर्थ छैन उहि घुसिया तस्कर भष्टचारीहरुको साक्षि फड्के किनारा हुन माओवादी किन जाने नगएकै वेश भन्नेहरुको जमात ठुलो हुन लागिरहेको छ । हेरौ आफुले गराँउछु भनेको चुनाव समयमा नै गर्न नसके नेपाली जनता समक्ष गीरीजा वाबुले माफि माग्ने हुन् कि होइनन् ।

  6. Deepak Sir,

    Very nicely analyzed article. Keep going

    I also would like to appretiate the comments made by JWALA.

    Rakesh

  7. यी सब कुरोको जिम्मा त्यो ग्यानेलाइ दिने मात्र होइन केहि गर्नु पर्यो यी नेता भनौदाले । किन यी संबिधान सभाको निर्वाचन सम्म कुरोका केहि थाहा भएन । फोरमको मागमा कतै ग्याने राख्नु पर्छ भनेको देखिएन न कुनै पाटिको तर्फबाट । भनेसी यी नेतामात्र के का लागी कुरेका छन् । साच्चै नपुसकनै परे नेपालका नेता हरु । आज यीनले नारयणहिटिलाइ म्युजियम बनाइ सकेको भए कत्ती आमदानी हुन्थ्यो देशको लागी । यस्तै झुलाउने प्रबिधि नगएका नेताहरु । आयोग गठनमा मात्र सिमित रहने । लै नेताहो तपाइकै हातमा छ सब चिज हामी त जसरी भए पनि बलीकै बोको हौ । दुइ राष्ट््र प्रमुख भएको देशमा अरु के नै हुन्छ र एउटा म्यानमा दुइ तरबार ।
    जर्मनी कान्छा
    germany_kanchha @yahoo.de

  8. दिपक जी, मलाइ त्यहाँ माओवादीको अहँ छ जस्तो लाग्दैन । के त्यो चौर फोरमको मात्र हो? त्यहाँ माओवादी सिध्याउने पुरा तयारी भाको रै छ । तिनीहरुलाइ जसरी भए पनि यो सरकारले कारवाही गर्नु पर्छ । मलाइ त यो सरकारले गठन गरेको समिति,आयोग सब नौटँकी मात्र लाग्छ । अब हेरुम चाँडै देशमा शान्ति होस् । यही कामना गरुम ।

  9. Government should seal the boarder immediately. It is because
    1. rubberying of our properties (grains, livestock, money, jwelleries, etc.)
    2. our sisters have been raped and killed.
    3. many people have lost their life each year.
    3. always we are mentally shocked, even sometimes we have no enough sleeping at night, it is because we always afraid of INDIAN docoits; even sometimes with national docoits when they rubber our properties they easily hide in BIHAR.
    4. always problem for our growth and development.

    If you have any more, please add here. Sothat every body could understand our problems with open boarder system. After this, make work permit to those people form who want to work in Nepal with some clear rules and regulations. Therefore we will be much more safer tomorrow.
    In addition, punish strongly to all culprists of Gaur event. For the first punish the leader of GUNDA Mr Upendra Yadav, Gyane mahile, Parese. Make illegal to Upendra’s Gunda Gardi Forum. Also, other groups who involved in that programme and always against to our national issues, such as Jwala and Goit. These are the KALANKAs of our Nepal. Some of them have already decleared their ivolvement in the Gaur event. Then why the govt don’t want to take any action against them. Collect all the weapons form them and others too if any. These groups of people are just for gunda gardi, not for the welfare of terai people in specific and Nepal as a whole. If government don’t take any action seriously, another Gaur event will be somewhere in the near future. As Dipak has also already mentioned in his article.

  10. जबसम्म माओबादीका आचरणमा परिवर्तन आउदैन यस्ता गतिबिधि भई नै रहन्छन्|

    जहिले पनि तरबार भन्दा कलम बलियो हुन्छ| कलमको राजनिती गरेको भए यस्तो हविगत हुने थिएन तर कामरेडले यो कुरा बुझेनन्| आफु पनि डुब्दै छ्न देशलाई पनि डुबाउदैछ्न्|

  11. Umesh Ji,
    Thank you for providing wounderful comment. Mr. Prachanda rather than blaming everything on king,You should have done better job because you are in goverment. Right now, Goverment(eight party) should also should take responsibility for it. If they cannot provide security right now when they are in goverment, they cannot provide security after raja is gone as well. This should be learning lesson to goverment as well. If you cannot provide security to nepali pepole, there is no difference between you (8 party )and raza

  12. दिपक जी,
    अहिले मुलुकको मुख्य एजेन्डा भनेको अग्रगमन र शान्ति अर्थात लोकतान्त्रिक गणतन्त्र हुँदै शान्त र समुन्नत नेपाल निर्माण गर्नु हो । तर नेपालको बिडम्बना के छ भने जनताको चेतना र आकांक्षा आधुनिक विश्वसमाजको चेतना को हाराहारी मा छ तर राष्ट्र हाँक्ने नेतृत्व १६ औँ शताब्दिको चेतनाले चल्ने तदर्थवादी र प्रतिक्रियावादि चिन्तनको छ । माओवादिको स्थानिय तहमा देखिएको उदण्डता आलोचनायोग्य छन् । तर के कुरा पनि ख्याल गर्नु पर्छ भने माओवादि पार्टि भर्खर युद्धबाट फर्किएको पार्टि हो र यसको चिन्तनमा युद्धका अवशेषहरु रहनु स्वभाविक हो । अनि फेरी मुलुकको तरल अवस्था विद्यमान रहँदा माओवादिमा रहेको आशंका र अन्य समुह प्रतिको केहि अविश्वास पनि स्वभाविक नै मान्नु पर्छ ।

    अहिले यथार्थ भनेको ने०क०पा माओवादिले उठाएको राज्य सञ्चालनको एजेण्डा मुलुकको राज्य सञ्चालनको एजेन्डाको रुपमा स्थापित भएको छ तर मुलुक सञ्चालन गर्ने नेतृत्व यो वा त्यो वहानामा माओवादिलाई राज्य सञ्चालन प्रकृयाबाट अलग राख्न चाहन्छ ।

    अहिले मुलुकको सबभन्दा ठूलो समस्या भनेको दिपक जी ले भनेको जस्तै दण्डहिनता हो । अपराध गर्ने चाहे गिरिजा हुन्, वा माधव नेपाल हुन् वा प्रचण्ड हुन् वा राजा ज्ञानेन्द्र नै किन नहुन सजायको भागिदार हुनु पर्छ । तर राज्य योजनाबद्ध ढङ्गले दण्डहिनतालाई प्रश्रय दिइराखेको छ । यो राज्यको लाचारीपन मात्र होइन अपितु उहि प्रतिक्रियावादि चिन्तनले ग्रसित मानसिकता नै हो । जब राज्यले रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गर्दैन, त्यसले दोषि ठहराएका अपराधिहरुलाई न्यायको कठघरामा उभ्याउन सक्दैन वा चाहँदैन भने उसले कुनै पनि इतर समुहलाई दण्ड दिन नैतिक अधिकार नै बाँकि रहन्न । अहिले देशमा देखिएको अराजकताको चुरो नै त्यहि हो र त्यसलाई त्यहि रुपमा बुझ्नु पर्छ ।

    अनि मेरो आफ्नो बुझाइमा नेपालका पत्रकारीता जगतले लोकतान्त्रिक आन्दोलनमा सशक्त भुमिका त निभायो तर यो पनि आन्दोलनको उपलब्धिलाई थेग्दै मुलुकको अग्रगमनको लागि जनताले अपेक्षा गरेको भुमिका निभाउन चुकेको छ । अझ आफैँलाई मूलधारका मान्ने मेडियाहरुको त प्रोपागान्डा खडा गरेर अनावश्यक अराजकतालाई नै मौलाउने वातावरण बनाउँदै ब्यापार गर्ने खालको नै देखिएको छ ।

    लाहान घटना देखि गौर घटना सम्म र मधेसी फोरमको उत्थान र यसले श्रृजना गरेको अराजकताका सवालमा कान्तिपुरले खेलेको भुमिका त झन उदेक लाग्दो छ । माओवादि कार्यकर्ताको कतिपय ठाउँमा देखिएको उदण्ड स्वभावको आलोचना गर्दा दुई खाले प्रवृति भेटिन्छ । एक खाले आलोचकहरु (कृष्ण पहाडि, खगेन्द्र सङ्ग्रौला आदि) माओवादिलाई आफ्ना कम्जोरीप्रति निर्मम हुँदै एउटा सबल र असल पार्टि बनोस भन्ने हिसाबले आलोचना गर्दछन् । अर्काथरी आलोचकहरु चाहिँ माओवादिमा देखिएको सानो भन्दा सानो स्वभाविक मानवीय कमजोरी र अझ युद्धबाट आएको संगठनमा देखिने स्वभावीक छापहरुलाई एकदम उचालेर माओवादिको तेजोवध गर्दै माओवादिलाई थिल्थिलाउँदै, गलाउँदै र जनताबाट कटाउँदै पुन युद्धमा फर्काउने रणनितिमा लगेका छन् । यो दोश्रो थरीका आलोचकमा दरवारीया मण्डलेहरु, सात पार्टि भित्र लुकेर बसेका मण्डलेहरु र कथित मुलधारका केहि मेडियाहरु पर्दछन् ।

    लाहान घटनामा माओवादिको त्रुटिलाई प्राथमिकतासाथ समाचार बनाउने अनि काठमाडौंमा ब्यापारीलाई कुटेको (म यसलाई स्थानिय झगडा भन्दा बढि केहि ठन्दिनँ ) घटनालाई विशेष सम्पादकिय नै लेखेर विरोध जनाउने अनि उपेन्द्र यादवलाई मधेसी जनताको मसिह झै प्रस्तुत गर्ने कान्तिपुरले गौर घटनामा समाचार लेख्ने बाहेक किन विशेष सम्पादकिय लेखेर विरोध जनाउन सक्दैन ?? अझ उल्टो माओवादिको कारणले सो घटना भएको भन्ने आसयका लेख र समाचार सम्प्रेषण गरेर घटनाका अपराधिलाई दुधले धुने चेष्टा भैराखेको छ । अनि मधेसी फोरमको कृयाकलाप संविधान सभाको चुनावलाई हुन नदिने षडयन्त्र अन्तर्गत चलिरहेको यथार्थलाई पनि उजाजर गर्नुपर्ने कुरालाई दिपक जी जस्ता पत्रकारले मनन गर्ने हो कि !!!

    माओवादिका कतिपय ब्यवहार सच्चिनु पर्छ तर सच्चिनुको मतलव सम्पूर्ण हतियार नाम फेरीएको (शाही) नेपाली सेनालाई बुझाएर फेरी प्रतिगमनको मार्गप्रसस्त गर्ने होइन कि जनता प्रति गरिने ब्यवहार मा देखिएका केहि कम्जोरीलाई सच्चाउने हो र हामी आलोचकले पनि मित्रवत र स्वस्थ आलोचना गरेर माओवादिलाई एउटा सबल शक्तिमा रुपान्तरण गर्न भुमिका निभाउने हो । नत्र मुलुकमा एजेन्डा माओवादिको स्थापित हुने, अनि माओवादिलाई नै राज्य सञ्चालनबाट अलग बनाउने !! यो नाइन्साफि मात्र होइन मुलुकको लोकतान्त्रिक गणतन्त्र र शान्तितर्फको यात्राको पनि बाधक हो ।

    दिपेश गौतम
    Chosun University
    S. Korea
    [email protected]

  13. कमेन्टहरुमा नेपालिहरुलाई दिक्क पुर्र्याएको उहि फन्टुस राजनीतिको बाहुल्यता छ । फन्टुस गफ केहि दिनकोलागि छोडेर गौर काण्डका अपराधि तथा देशघाति राक्षसहरुलाई कडा कार्बाहि गर्न हुतिहारा सरकारलाई दबाव दिम् है साथि हो ।

    खबर्दार हुतिहारा, पद-पैसालोलुप सरकार । नेपालि रगतको अबमुल्यन नगर्, अपराधिलाई कर्बाहि गर् /

  14. Well written, great! Deepak ji!

    No one is supposed to keep arms except national security forces.This is common all over the world.No political parties,publics or criminals should be allowed.
    The issues is not just showing the arms but they are not entitled to keep arms at all if they are truely committed to peace process and to formation of new Nepal as desired by large section of Nepalese population. Nepal is such a country where even high level UN teams are getting fooled. This is not a good sign.

  15. पुर्णजिको कमेन्ट पढनका निम्तिपनि म यँहा आँउछु वास्तवमा भन्नुपर्दा ,यल्लाइ गलत अर्थमा नलिइयोस ब्रोडाहरुले !दिपकजिको बिश्लेषण मा केहि हदसम्म सहमत हुन सकिन्छ तर प्रष्ट के छ भने ‘उपेन्द्र यादव’हरु नेपालि दरवार,पञ्चे र भारतिय ‘र’ बाट पैसा खायेको दलाल हो !माओवादि अध्यक्ष प्रचण्डले देखाउनुभयको संयमताले मण्डलेहरुको निद्रा उडेको छ Including some Mandale Commentar here in mysansar.com अब यिनिहरुले माओवादिका बिरुद्दमा यहाँपनि बिषबमन गर्ने जानकारि म सबैलाइ गराउन चाहन्छु ! जनताको चाहना के छ भने माओवादि सरकारमा गयेर यथाशिघ्र आफ्नो गैरराजनितिक छविलाइ सुधार्दै यि देशद्रोहिहरुको हिसावकिताव मिलाओस भन्ने ,नत्र हाम्रो नेपाललाइ सिक्किम बनाउने षडयन्त्रमा उपेन्द्र & Companies कार्यरत छ तर बिचार गर मुलाहरु-नेपाललाइ सखाप पार्ने तिमिहरुको षडयन्त्रले मुर्तरुपलिन त हामि सबै युवाहरुको पनि अन्त्य हुनुपर्नेछ !हाम्रा दाजुभाइ अनि चेलिहरुलाइ बिहारबाट मगायका ति निर्दयि पशुका हातबाट पाशविक तवरले दियेको अन्त्यको हामि पाइपाइ हिसाब लिनेछौं !धेरै टाढा छैन उपेन्द्र त्यो दिनपनि अब !तिमिहरु तराइ अनि Delhi मा नलिनि सिंहहरु काठमाण्डौमा कति दिन ताण्डवन्रित्य गरिरहलाउ र ?
    माओवादिलाइ संयमता अपनाइ सरकारमा सहभागि भयेर यि भातमाराहरुको MathMatics तुरुन्त मिलाउन आग्रह गर्दछु !नत्र ति संवेदनशिल अंगहरु काटियर अन्त्य दिइयका हाम्रा चेलिहरुको आत्माको स्राप लाग्नेछ !

    **यो सानो कमेन्टले यहाँ भयेका केहि भातमारा राजावादिहरुको मुटु रक्तसंचारमा अवरोध आयमा म PainKiller खाने सल्लाह दिदै क्षमा चाहन्छु **

    -SateLite

  16. That ANIMAL UPENDRA YADAV, Should immidiately be arrested and should be imprisoned throughout the life.

  17. औपचारिक रुपमै अहिले देशमा सरकार सग र माओबादि सग हतियार छ| सरकार सग हुनु दुनियाको नियम हो| तर माओबादि सग हुनु कहाको नियम हो वा त्यो प्रचण्ड पथ हो प्रस्न अनुत्तरित छ| कुन प्रजातन्त्रिक दुनियामा देशको प्रमुख पार्टिले हतियार सहित चुनाबमा सहभागि भएको छ | सरकारमा जान खुट्टा उचालेर बसेको पार्टि माओबादि हो| लाहान घटनामा सर्वसाधरण एक किशोरको हत्या पछि एक दुइ गर्दै गौर घटना सम्म आउदा करिब १०० जनाको हारा हारिमा मेदेशि नेपालीको ज्यान जादा गौर घटनामा मात्र माओबादिको आत्मा अधिकतम दुखेको पाइयो|

    यदि माओबादि नेतृत्वमा राष्ट्रियता र नेपाली जनता प्रति सहानुभुति हो भने त गौर घटना अघि र लाहान घटना पछि मारिएका मदेशिनेपाली प्रति किन उदासिनता देखियो | आखिर सबै नेपाली हुन | लाहान घटनामा माओबादि प्रचण्डले माफि मागेर चोखिए भने गौर घटनामा पनि सबन्धित पक्षले माफि मागे भने के माओबादिलाइ पाच्य होला| मदेशलाइ दु:खेको रहेछ| मधेसको पिडा सवोधन गर्न सकिएको रहेनछ भनेर सबिधान ससोधन गर्न सरकारलाइ बाध्य बनाइएको आधारमा मदेशको माग जायज देखियो पनि| यदि मदेशको छेत्रिय मागको पर्दशनमा लाहान घटनामा होनाहार किशोरको हत्या हुदा, निज शहिद घोषाणा नहुने र गौरमा माओबादिको दम्ब र शक्ति दाज्न अर्काको कार्यक्रम बिथोल्ने गरि पर्दशन गर्न जादा मारिएका सबै सहिद घोषणा हुने निति लागु भयो भने यो नेपाली जनता को निम्ति पाच्य नहोला पनि| देशको अग्र पङ्तिमा रहेको माओबादि पार्टिले सच्याउनु पर्ने धेरै कुरा हरु देश बिदेशका पत्र पत्रिका , पार्टि नेता र विद्वान को भनाइलाइ पनि उल्लेख गर्दा यो कुरा अपरिहार्य देखिन्छ | यदि माओबादि नै सचिएन भने निश्चित रुपले गौर घटना भन्दा काहाली लाग्ला दिन हरु नआउलान भनेर ढुक्क हुने बेला भने कदापि छैन|

    यस्ता घटना हुन दिनु हुदैन|एउटा राष्टबादि नेपालीको लागि अति पिडा मा यो देश छट्पटाएको छ| जुन आफुले मात्र ऐना हेरेर कानुन बनाउदा उसले आफ्नो पुरै अनुहार देखेको हुन्छ| न कि प्रजातन्त्र होस वा लोकतन्त्रमा ऐना पछाडि के छ भनेर पनि हेरिनु पर्ने हो तर अहिले सक्रमणकाललाइ दोष लगाएर अप ब्याख्या पनि भएको छ र विपक्षको आवाजको अबमुल्यन गरिएको छ| यस्तै रहि रहने हो भने अझै कु दिन ले हामिलाइ सताइ रहने छ जुन कहालि लाग्दो र छागाबाट खसेसरि मान्नु पर्ने छैन|

  18. दिपक जि
    साह्रै राम्रो लेख्नु भो ।धन्यवाद ।तेस्ताइ पूर्ण जि को कम्मेन्ट पनि साह्रै राम्रो छ ।पुर्ण जि अब लेख तिर पनि कलम दगुरौने हो कि ?के छ बिचार ?

  19. yo jammai padhera ta kahi marne haru mao hun wa forum ka ani ahile samma ni maoz le ta pakkai aafno ho bhanera shraddanjali disake tara pani aafno karyakarta ko barema khulasa gareko, khai ta?ani huna sakchha forum ko chief ni maos ko tyo fight back ko karan le lukera basirako ho ki. Does anyone have the proof that those killed r the maos? Maos told they r those members but how cud they say so,just to those who r dead? cant they be the civilians?

  20. Maobadi Le Pachhi Matrai Karrekram Rakhe Pani, Ke Upendra Lai Goli Chalayara Nepali Haru Marne Adhikar Chha?

    Where is “UPENDRE DAKA” ?

    He should be smoked out from the hiding holes.

  21. Even though the people’s mandate asked for seven party alliance Government, Congress is running the Government solo. It is running as per the wishes of Girija group of Congress. Other parties have no role to play. UML is making noise but in vain due to the mistake they made in sending Oli who is talking more like Girija congress and nothing like UML. Girija and congress guided by India and US is well aware that the violent squabble between Madhesis and Maoists will help the image of Congress and defame the Maoists. The squabble between them and their death is a big boom to the congress who a year before did not even dream that they will get enough votes to form a government in the future. Congress will delay forming interim Government and the CA election as much as possible to discredit the Maoists. Girija knows very well that inexperienced politicians of Maoists will certainly make stupid mistakes and immature political move that will result in violence. Violence will beget anger and hatred towards the Maoists. This will ensure two third majority in the house for the Congress. Then they can make all happy India, US, the King with ceremonial status and above all the Hindu Fundamentalists with a Hindu State.

  22. !!दिपक जि !!
    हाम्रो नेपाल मा छान बिन आयोग गठन भयर के गर्नु कारबाही हुँदै न !! जनता को बोली रोक्नु लाइ मात्र हो यो नेता मन्त्री हरु को चाल !! कानुनी कारबाही कसै लाई हुँदैन !! खोइ हामीले दुनियाँ आयोग गठन भयको थाहा पायको सुनेको छोउ तर कसै लाई कारबाही गरेका छन नेपाल सरकार ले यो सब झुट हो छन बिन आयोग गठन हुनु !! भात्ता पोइसा खाय बसे आरु केही गर्दैनन !! सरकार मन्त्री त नपुष क छन हाम्रा के गर्थे जनता को सुरक्षेया !! मेरो हेराइ मा यो आन्धोलन गर्नु जनता मार्नु हाम्रा नेता मन्त्री हरु कै काम हो किन कि देस मा झमेला भय पछि सबै नेपाली जनता को मन त्यै तिर जान्छ आलिक मन्त्री हरु को कुर्सी हल्लिनु पाउदैन एउटा गौर जस्तो घटना भयो भने कम्ती मा १५ दिन महिना दिन जनता को मन त्यस मा जान्छ नेता मत्री हरु ले महिना दिन त आरम ले ज्यादा पद भात्ता खानु पाय!! यो यस्तै चल्छ जब सम्म नेपाली जनता ले यो पार्टी नेता को पछि लागुन्जेल सम्म !! जुन दिन जनता ले नेता मन्त्री हरु सबै को बिरोध गर्छन अनि मात्र देस मा बिकास र शान्ति आउछ !! किन कि कहाँनी जस्तै चोर(डाका) टाढा को आउँदैन जस्ले जानेको बुझेको छ त्यै चोरनु आउछ !!!

Comments are closed.