गौर काण्डः कसरी बनेछ योजना ?


यही स्थानमा भएको थियो अमानवीय, पाशविक सामूहिक हत्या: एक स्थानीय बासिन्दा घटनास्थल देखाउँदै। गत चैत ८ गते गौरको हजमनियामा रहेको बौद्धी माईको यस मन्दिरमा मधेशी जनाधिकार फोरम समर्थकले नेकपा माओवादीका ११ जना कार्यकर्ताको हत्या गरेका थिए। फोटो सौजन्यः सागर श्रेष्ठ/स्वससे

थप यस भिडियोमा हेर्नुस्-

साप्ताहिक जनआस्थामा गौर काण्डका बारेमा यस्तो विवरण छापिएको छ-

एकै दिन एकै समय र एकै स्थानमा मधेशी जनअधिकार फोरम र नेकपा माओवादीनिकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले कार्यक्रम गर्ने निश्चित भएपछि त्यहाँ झडपको संभावना देखिएको थियो । यही संभावना देखेर मोर्चाका भोजपुर संयोजक तथा पूर्व जिल्ला सेक्रेटरी बिन्देश्वर यादवले फोरमका केन्द्रीय कोषाध्यक्ष तथा जिल्ला अध्यक्ष अमर यादवको मोबाइल नं। ९८४५०-३६३७६ मा सम्पर्क गरेका थिए ।

माओवादीका अनुसार फोरमले गौरमा कार्यक्रम गर्ने भनेर दुई हप्ताअगाडि नै प्रचार गरेको भए पनि स्थान भने तोकेको थिएन । माओवादीले राइस मिलमा कार्यक्रम तय गरेपछि फोरमले पनि त्यहीं गर्ने निर्णय दुई हप्ताअगाडि नै गरेको खबर दिएपछि मोर्चाका बिन्देश्वरले फोरमका अमरलाई सम्पर्क गरी कार्यक्रम नजुधाउन आग्रह गरेका थिए तर अमर यादवले हामीले पहिला कार्यक्रम गर्ने घोषणा गरेका हौं हामी सार्दैनौं बरु तपाईंहरु नै स्थान सार्नुहोस् भनेर मोबाइलको स्वीच थिचेका थिए । पछि पुनः लामो समय कुराकानी भएपछि- एकै स्थानमा गर्ने कसैले बाधा नपुर्‍याउने र फोरमले कार्यक्रम गरेको एक घण्टापछाडि मात्र मोर्चाले कार्यक्रम शुरु गर्ने सहमति कार्यक्रमको दिन बिहान भएको थियो । जसअनुसार दुवैले आ-आफ्नैखाले तयारी गरेका थिए । सहमतिअनुरुप अदालत चोकमा दुवै जुलुसको जम्काभेट हुँदासमेत सामान्य झडप त के अलिकति पनि उत्तेजित नारासमेत नलागेको बताइएको छ ।

यता अघिल्लो मङ्गलबार नै फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव गौरसँग सीमा जोडिएको बैरगनियामा पुगेको स्रोतले बताएको छ । उनी पुगेकै दिन बैरगनिया बजारमै भारतीय जनता पार्टीका पूर्वविधायक आनन्द मोहनले आफूले सकेजति फोरमलाई सहयोग गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको बताइन्छ । फूलबारिया जमबारुसुलपुरका आनन्द मोहनले फोरमको गौरको कार्यक्रमलाई आफूले सकेजति सहयोग गर्ने बैरगनियाको भेलामा भनेको र मोहनले बोलेको रेकर्ड आफूसँग सुरक्षित रहेको माओवादीले बताएका छन् ।
घटनाको अघिल्लो रात दुईवटा एम्बुलेन्ससहित उपेन्द्र यादव मुडुलुवास्थित रामेश्वर यादवको घरमा पुगेको पनि स्रोतले बताएको छ । स्थानीय विद्यालयका शिक्षक रामेश्वर नेकां प्रजातान्त्रिक का पूर्व जिल्ला नेता हुन् भने उनकै घरमा उपेन्द्र यादवले रातको खाना खाएका र आफ्ना कार्यकर्तासित भोलिको कार्यक्रमको बारेमा जानकारी लिएका थिए । बैरगनियाबाट सीधै कहीं नपसी मुडुलवाका रामेश्वर यादवको घरमा पुगेका अध्यक्ष यादवसहित गएको दुईवटा एम्बुलेन्समा हतियार भएको दाबी माओवादीले गरेको छ । माओवादीका बिन्देश्वर यादव भन्छन्- “त्यही एम्बुलेन्समा राखेर ल्याइएको हतियार माचमा प्रयोग भएको थियो ।“
यता माओवादीसित संभावित झडपको बारेमा छलफल तयारी तथा योजना गर्न पूर्व शाही मेयर अजय गुप्ताको गौरस्थित घरमा अघिल्लो दिन सवा छ बजेदेखि गोप्य बैठक बसेको पनि स्रोतले बताएको छ । स्रोतका अनुसार सो बैठकमा प्रहरीका जिम्मेवार अधिकारी पनि संलग्न थिए भने त्यस बैठकमा पूर्वमेयर गौरीशङ्कर यादव पूर्व जिविस मनोनीत बाबुलाल साह पूर्व शाही जिविस उपसभापति सरुअठ्ठाका चन्द्रिका सिंह ब्रह्मपुरीका बबन सिंह सिसर्ियाका ललन सिंह र उनका छोरा भूषण सिंह फोरम अध्यक्ष अमर यादवलगायत अरु पनि संलग्न थिए र सोही बैठकले सम्पूर्ण योजना बनाएको माओवादीका जिल्ला सेक्रेटरी अमरले आरोप लगाएका छन् । माओवादीका अनुसार सोही बैठक तथा अन्य आन्तरिक रुपमा थुप्रै बैठक एकै दिन पटक-पटक भएको थियो र भोलिको लागि मुडुलवामा टिकुलियामा सिसर्ियामा आपराधिक दस्ताहरु खडा गरिएको थियो भने चोक-चोकमा बसेका ती समूहलाई आक्रमण गर्न निर्देशन दिएको पनि स्रोतले बताएको छ । स्रोतका अनुसार विगत दश दिनदेखि गौर-बैरगनिया आवत-जावत गरिरहेका बिजेपीका पूर्वसांसद आनन्द मोहनले नै फोरमका अध्यक्ष यादवलाई एम्बुलेन्सको व्यवस्था गरिदिएका र फोरमले माचमा पछाडि राखिएका भारतीय नम्बर प्लेटका गाडी पनि उनकै निर्देशनमा गौर पुर्‍याइएको थियो । जुन गाडीबाट गोलीप्रहार तथा फायरिङ पनि गरिएको थियो ।

मञ्चमा फायरिङ तथा गोलीप्रहार हुँदा फोरमका अध्यक्ष उपेन्द्र यादव रामेश्वर यादवको गौरको घरमा बसेका थिए भने उनलाई घटनाको रातमा प्रहरीले एस्कर्टिङ गरी सिमाना कटाएको आरोप माओवादी नेता बिन्देश्वर यादवले लगाए । गौरको अघिल्लो आन्दोलनमा माओवादीसहित स्थानीय जनताले अजय गुप्ता बाबुलाल साह तथा चन्द्रनिगाहपुरको झडपमा फोरमका अध्यक्ष अमर यादवलाई चौधरी र चन्द्रनिगाहपुरेहरुले साम्प्रदायिक भावना जगाएको भन्दै मरणासन्न हुने गरी पिटेका थिए ।

22 Comments

  1. KHAI K BHANNE, KASARI YAUTA JIBIT MANCHHE LAI TYASARI BASH RA DHUNGA LE(NIRMAM) HATYA GARNA SAKCHHAN,,,SAYAD TI MANAB HOINAN JASTO LAGCHHA.
    KASKO SUNUYOJIT YOJANA HO TYO TA UNIHARU NAI JANUN TARA PANI MANABATA NABHAYAKA MANAB(DANAB) LAI KASLE KE BHANERA KE PO HUNCHHA RA, TI AAMA,BUWA,BHAI,BAHINI,SRIMATI………..KA AANSU LE TINIHARULAI KHUSHI DINECHHAINA.

  2. If the situation of the country remains unstable like this and if the parties cannot cooperative with each other, king will come back again for sure. People might even support him again. The politicians talk big and speak in such a way that they will do something great but they totally lack ability to do something. Nepal’s politics is like a cycle. Next is the king again….

    PS: I am not monarchist. This is what I feel will happen.

  3. dear Umesh ji,
    thank u very much 4 trying to give us fact thing about the gr8 incident of Gaur. i realize that it’s the grand design of Madhesi Forum, Nepal Police, some of Indian parties, and Supporters of our king. i think they r all involved in this incident that’s y our government need to investigate about it fairly and who is involved in this incident they r all srongly punished by our government even they r belongs to nepal police, Madhesi Forum, Indian and Supporters of King. it’s really bad thing to make this grand design at the time of Peace in Nepal that’s y need to make the strong unity of all loktantra parties together. i want to suggest all loktantra parties that everbody need to sacrifice their selfishness and blaming each other. i want to consider them to be a patriotic which makes the nation strong and stablished in future. we need peace in our country which is very important thing. i don’t want to blame any loktantra parties coz they r still learning about politics, nobody is 100% perfect any field but they need to know one thing about the unity of nation that’s all. i am very gratefull with Umesh bro who is always trying to give us fact thing about our Nepal. i hope he keeps it on ever and for ever. i am yogendra ale from iraq. my village is located in mahottari district, VDC-Belgachhi-8.

  4. Mero Bicharma Upendra Yadav Jasto Raja ko spoon lai jail sajaya hoina, Phasi ko sajaya dinu parchha.

  5. लौ अब हाजिरि जवाफ प्रतियोगितामा सहभागि भौ न त|
    १.गौर घटनामा सरकार , माओवादी र फोरम तिनै पक्ष दोषि भएको प्रतिवेदन आइसकेको छ अब भन्नुहोस कसलाइ, कसले र कसरी कारबाहि गर्ने हो ? १. उत्तर (म बाहेक उसले उसलाइ- उसलाइ उसले, झास झुस- फास फुस)२………..३……….|

    २.राजदबार सिहासनको दाबेदार कुन राजनैतिक दलले गरेको छ? १.उत्तर( १० वर्ष अगि जगल पस्दा लेख्न समेत हात कमाएका र अहिले चर्को आवाज उठाइ रहेका समुह) २………३……..|

    ३.मान्छे मारेर सबैभन्दा बढि माफ माग्ने पार्टि र नेता को हुन?१. उत्तर ( हतियार खोलाले बगायो भन्ने वाला)२…….३………|

    ४.सर्वाधिक रुपमा नेपालमा भ्रष्टाचार , नेपालका नदि नाला वेचविखन र लाउडा र बोइङ जस्ता काण्ड कुन राजनैतिक दलले सरकार चलाएको बेलामा भएको थियो? उत्तर( ने.का. एमाले. राप्रपा)२…..३….|

    ५. नेपालमा काग्रेस, कम्युनिजम र राप्रपा लगाएत सवै पार्टिको पार्टि फुट र टुट अनि गुट र झुट कसको कारणले भएको हो? उत्तर १.( राजदवार, राजाका बाउ छोरा)२…….३……|

    ६. नेपालको यस्तो राजनैतिक दल भन्नुहोस जसले सत्य र तथ्य कुरा जस्ताको तस्तै यथार्थ बोल्छ? १.उत्तर (कुनै पनि छैन)२……३…..|

  6. Pushkar jee le lekheko kura lai Dhyan diu….Mero agrah yati nai…aaj kal yo site ma lekheko comments herda ghin lagera aaunchha. Umesh Jee, kam se kam tallo star ko gali galauj lai ta “discard” garna sakinchha hola .

    Ramesh jee, Upendra yadav ra Upendra mahto ma confuse hunu bhayo ki kya ho…..Ki sabai madhise lai autai chasma le hernu hunchha!

  7. Yo Padhta ta lagachha, Madeshi forum ko sunoyojit programme rahichha ki maobadi lai marne. Jaba sab kura bhai sakda pani kina yasto hatya garya hola.

  8. यो कान्डमा माओवादी, फोरम र सरकार उत्तिकै दोषी छन।यस कान्डबाट प्रस्ट हुन्छ, राजावादीहरु अझै सक्रिय छन। तर यो सम्स्याको जड चाहि माओवादीहरु नै हुन। उनीहरुले सम्प्रदायिकताको भावना खेलायर उपेन्द्र महतो जस्ता मान्छे जन्माय, त्यो देशकै लागि ठुलो अभिसाप हो र त्यसको मुल्य माओवादीहरुले र सारा नेपाळीहरुले तिर्दै छन। र, यो समस्या हतियारबाट हैन वार्ताबाट सुल्झाउनु पर्छ। काठमान्डौमा बस्ने सरकारले तराईको सम्स्या नेपालकै हो भनि यथा सिध्र सुल्झाउनु पर्यो।

  9. yo gaur ghatana sadentra mulak nai ho bhannu parchha… huna ta yo sabai sabak sikaune nai maoist ho… uni haru le nai hatiyarko kranti gareko thiya. tyasaiko pratifal nai yo ho bhannu pani ramro chha yaha…. yadi uni haru le hatiyarko rajniti suruwat nagareko bhaya santhiko bato abalamban garera khulla prastisparda ma gayako bhaya awasya pani gaun gaun ma hariyar ko dhak lagaune manchhe haru bhetine thiyana hola ani yasto apriya ghatana haru pani ghatne thiyana hola…. ja jasari mare pani nepali nai mereko chha jasle mare pani hamrai daju bhai didi bahini mareko chha… ho yasto durghatana nahunu parne thiyo yasto raktapat nahunu parne thiyo tara yasko path nai maoist harule sikayako hunale pani yaslai aswabhabig bhannu mildaina…. yahako yo gaur ghatana ma thorai maoist ko shiksha liyako ra aru desh drohiko ashirbad or sahayog payaka harule nai garayako ho jaha jasle j gare pani yasto narasamhar garnu bhaneko manbiyata ho bhannu mildaina… tyasaile pani shantiko kamana garne nepali haru le kahile pani shanti ko abhash paune kalpana samma pani garna nasakine bho bhane tyas gaur ghatanako pratisodh ma arko bhinnai khalko pratikar tatwa niskana nasakla bhanna pani sakidaina kina ki yo ghatana le arko prati hinsako patra ko utpadan gareko chha bhannu parchha… jasle jaslai mareko chha or jasle aruko kubhalo gareko chha awasya pani tyasle arko auta bidrohiko utpadan garna pugchha so …. yaha shantiko kamana garnu nirthak hola ki jasto lagi sakeko chha aam nepali janata haruko samu….

  10. Namaste to everybody ,

    PRAHARI LE YADEV LAI SIMANA KATNA HELP GARYO
    Which PRAHARI ? FROM Nepal OR India PRAHARI ?

    It is tereable ……………………………..

  11. This act of some ultra Hindusists and Upendra yadav is a crime against Humanity. I hope one day they will be punished for their crime.

    maan

  12. Dear all,

    The Hero of the Madhesi Upendra Yadav alias Royalist must take responsibility for Gaur Massacre. He must pay the price of that incident once as soon as possible, We all have great condolence who lost their lives. We salute all the son of nepalese mother.

  13. Hello Umesh Ji,
    Thanks for the update. Nevertheless, it is shocking and irritating to see the communal biasness of Nepalese Medias coverage’s and their misinterpretation concerning the relation between the MPRF and some Indians organizations. Could you people dare to say, is there any political institution or national level political cadres in Nepal who do not have such relation with Indian political institutions or political people? Or is there any history exists until now in Nepal that any major Nepalese political parties or national dominating political leaders including Maoist have been surviving without the Indian affiliation or Indian political supports? Why you people interpreting the MPRF relation in such communal way? I could not understand that why Nepalese Medias is now being more biased and trying to promote communal violence through such pathetic interpretation of their relation.

    I do not mean that we should not oppose their violent activities. I am also against the all types of violence and undemocratic political activities. However, such communal biased media’s interpretation is not a proper way to deal with such problem. It is creating more aggression and frustration in the heart and mind of majorities Madheshi people. I trust that the exiting media’s interpretation will encourage more MPRF and others to attempt violence activities, and to achieve more support from the other Indian parties. I think media should stop immediately such communal biased interpretation otherwise; it will bring terrible results that will be more unfortunate in forthcoming days. Thank you.

  14. yo upendra yadab daka ho, yasle nepali nepali ma fut lyauna khojdai chha, yo raja badi ra indian atibadi haru bata sanchalit chha, yo furom lai karbahi garnai pachha,

    mero matlab madhesi ko andolan thik chhaina vanne haina, tara upendra yadab ko forum le garda madhesi andolan aru 2 kadam pachhadi dhakeliyeko chha. madhesi haru le yasta manchhe lai chinera ghokre thyak launu parchha ani matra sabai ko kalyan hune6

  15. It seems that it was a systematic plan to destabillize Nepal. Rajdarbariya, India and Upendra collectively made that plan to retain monarch in power.

  16. फोरमले नरबलि दिएको स्थान निर्जन जस्तो छ । आजको जोगबनि घटनालाई निहाल्दा फोरम-बिहारी सम्मिलित हत्या भन्ने स्पष्टता देखिन्छ । गौर घटनामा भारतीय मौनता, बिहारी चलखेल, फोरमको सङ्लग्नता, अत्यन्त दानबीय र पासविक तवरको हत्या हेर्दा कुनै कोणबाट पनि राजनीतिक र नेपाली प्रकृतिको देखिदैन । बिहारी डाकु शैलि र अनुहार, फोरमका धुर्मुस टाउकेहरुको भारतीय अन्तरध्यान, भारतीयको फोरम प्रतिको बचावट, गिरिजा पुत्री जर्मनिकृत नेपाली साँसद सुश्री सुजाता जोष्ट (?)को सङ्कास्पद भूमिका, दरबारबाट जुठोपुरो चाटेर बसेका टिकेहरुको चकचकि सबै बिचार गर्दा धेरै ठूलो सड्यन्त्रको सङ्केत गर्छ । फोरमका ब्वाँसाहरुको प्रयोग मुख्य बाहिर देखियो । यो घटना माओबादिलाई जङ्गल फर्काउन लक्षित छ भन्ने मेरो बुझाइ छ । तर माओबादिको उन्मत्त साढे प्रबृत्तिलाई दोष मुक्त मान्न सकिदैन ।

  17. I wonder why madhesis killed madhesis. Maoists bhaye pani, Forum bhaye pani madheses should be united if they have genuine demands. The inhumane massacre was horrible, MFJ be aware, Murdering the other Madheses shows that you people are not fighting for your rights, you are rather spoiling the peace process. God give them wisdom, no more blood shed please.

    MFJ should be able to make their demands in a peaceful manner, not as gangsters.

  18. उमेस जि
    तथा साथी हरु यो समाचार मलाई साचो जस्तो लाग्यो !! मधिसे फोर्म को उपेन्द्र यादब ले भा-रत ईन्डिया बाट हात्तीयार ल्याको साचो हुनु पर्छ !! ईण्डियन न्; प्लेट भयको भेन गाडी पनि थियो भने साचो हो यो उपेन्द्र यादब ज्यान मारा हो कुनै नेता मन्त्री कि दरबार को दाइने हात हो !! उपेन्द्र यादब लाइ चाडो भन्दा चाडो कारबाही गर्नु पर्छ नेपाल सरकार ले जेल हाल्नु पर्छ !! कि देस निकाला गरेर ईन्डिया तिर नै धपाउनु पर्छ !! साला नेपाली दाजु भाइ दिदी बहिनी मार्ने लाइ !! तर के गर्नु कुर्सी मा बस्ने हरु नै गतिलो छैनन !! साथी हो हाम्रो महान नेता मन्त्री हरु नै नालायक छन !! खोइ के गर्लान र गिरिजा लाइ सबै ठुलो मन्त्री पद चाँहीने रे मावोबादी लाइ नि सरकार मा सामेल गर्दैन !! चुनाव पनि नगर्ला जस्तो छ !! कारबाही त के गर्ला र नेपाल सरकार ले !! साथी हो सम्झिदा नि दिक्क लाग्ने भन्या हाम्रा नेता हरु जे भय नि उपेन्द्रे लाइ कारबाही गर्न आनुरोध गर्दछु !! र बोडर मा सुरक्षेया कर्मी तैनाथ गर्नु पर्छ !! किन कि ईन्डिया भित्री मन मा हरामि छ नेपाल को बिकास चाहदैन !!

  19. SATHI HO UPENDRA YADAB JYAAN MARAA HO JEL MAA HAALNU PARCHHA NEPAL SARKAAR KAA KAAM NALAAGNE NETA MANTRI HARU LE !! UPENDRA YAADAB LAAE NEPAL BASNA DINU HUDAINA !! UPENDRA YADAB MAAFIYA GUNDA HO NEPALI LAAE MAARCHHA HOSIYAR MADHISE JANTA HO AAFNO AAKHA KHOLA UPENDRA YADAB SANGA!!

  20. !! उमेस जि.
    तथा साथी हरु यो समाचार मलाई साचो जस्तो लाग्यो !! मधिसे फोर्म को उपेन्द्र यादब ले भा-रत ईन्डिया बाट हात्तीयार ल्याको साचो हुनु पर्छ !! ईण्डियन न्; प्लेट भयको भेन गाडी पनि थियो भने साचो हो यो उपेन्द्र यादब ज्यान मारा हो कुनै नेता मन्त्री कि दरबार को दाइने हात हो !! उपेन्द्र यादब लाइ चाडो भन्दा चाडो कारबाही गर्नु पर्छ नेपाल सरकार ले जेल हाल्नु पर्छ !! कि देस निकाला गरेर ईन्डिया तिर नै धपाउनु पर्छ !! साला नेपाली दाजु भाइ दिदी बहिनी मार्ने लाइ !! तर के गर्नु कुर्सी मा बस्ने हरु नै गतिलो छैनन !! साथी हो हाम्रो महान नेता मन्त्री हरु नै नालायक छन !! खोइ के गर्लान र गिरिजा लाइ सबै ठुलो मन्त्री पद चाँहीने रे मावोबादी लाइ नि सरकार मा सामेल गर्दैन !! चुनाव पनि नगर्ला जस्तो छ !! कारबाही त के गर्ला र नेपाल सरकार ले !! साथी हो सम्झिदा नि दिक्क लाग्ने भन्या हाम्रा नेता हरु जे भय नि उपेन्द्रे लाइ कारबाही गर्न आनुरोध गर्दछु !! र बोडर मा सुरक्षेया कर्मी तैनाथ गर्नु पर्छ !! किन कि ईन्डिया भित्री मन मा हरामि छ नेपाल को बिकास चाहदैन !!

  21. माओवादी बन्धुहरु
    तपाईंहरु को आहिलेको समस्या’गाउ मा बुढी मरी भन्ने होइन बाघ पल्क्यो ‘भन्ने हो ।किनकी कि हटियार बुझएको बेला मा फोरम ले यती बिघ्न क्ष्यती पुरायो ।आब चुनाव को बेला मा काङ्रेस्स्,एमाले ले कति मार्ने हुन तेसै भन्न गाह्रो छ ।घाट प्रतिघाट हामी नेपाली को चलन नै भैसकेको छ ।
    सर्प को बिश छैन भने कल्ले टेर्छ तेस्ताइ हटियार बिना को माओवादी बिस् बिना को सर्प झै लाग्छ ।तपाईं हरुले फोरम लाइ उचित जवाफ नदिने हो भने धेरै साथीहरु भोली ‘मासु मा परिणत हुनुहुनेछ ।जवाफ्,कास्तो र कसरी दिने तेसैमा नेताहरुको राजनीतिक कुसल्ता देखिन्छ ।त्यो हेर्न बाकी छ्,हामी त आखिर साधारण जनता न परियो ।

    आन्त मा साथीहरु मैले लेखेको भाषा बुज्न गाह्रो भए अलि सरल शब्द लेख्नुस् भन्नुस् तर आर्थ को अनर्थ लाएर जथाभाबी गाली गलौज गरेर मेरो पनि अ्उल्य समय लाइ गाली गलौज लेख्न मा न लगैदिनुस् ।
    ‘म जहिले पानी नयाँ नयाँ बिचार ‘पस्कने मा बिश्वास गर्छु ।मेरो कुनै पार्टी बा संस्था सँग लगाब छैन ।म चाहे माओवादी होस् ,चाहे फोरम होस् ,बा अरु प्रजातान्त्रिक पार्ती ,या ग्यानेन्द्र,या उमेश्जि जस्को जुन राम्रो,नराम्रो लाग्छ लेख्छु,कसैलाई खुशी बनाउन या कसै को डर र धम्की मा म मेरो मन मा लागेको लेख्न छोड्दिन है??? बुजि राख्नु

    आन्त मा भन्नु पर्दा मेरो भोट जहिले पानी कङ्रेस्स् लाइ नै जान्छ ।अब मलाई नसोध्नुस् तेरो भोट गिरिजा,देउपा,वा कृष्ण प्रसाद कस्लाइ जान्छ?म रुख को छाहरि मा बसिसेको र रुख्लाइ नै मेरो मान्छु ।
    इछा थियो प्रचान्ड को पि एम देख्ने तर उहा त इछुक हुनुजस्तो लागेन्!!!!!!

Comments are closed.