आतङ्कवादतिर लम्कदै गरेको फोरम

नेपालमा भएका भनिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनमा यस्तो रक्तपात कहिल्यै भएको थिएन। यति बढी सरकारी भवनहरू ध्वस्त कहिल्यै भएका थिएनन् र यति पाशविक तरिकाले प्रहरी तथा अन्य सर्वसाधारणहरू मारिएका थिएनन् र बलात्कृत भएका थिएनन्। कि त फोरमले यो आन्दोलन शान्तिपूर्ण होइन भन्‍नु पर्यो र सरकारले पनि त्यही अनुसारको व्यवहार गर्नु पर्यो होइन भने शान्तिपूर्ण आन्दोलन भनेर सारा दुनियाँलाई उल्लु बनाउने तर दायाँतिर गोइत समूह र बायाँतिर ज्वाला समूह मात्र होइन भारतबाट मगाएर ल्याइएका हत्याराहरूलाई हातहतियार सहित सजाउनुको कुनै अर्थ छैन। यो मधेशी जनता, मधेशी आन्दोलन र सारा मधेशको अपमान मात्र हो। उनीहरू एकातिर शान्तिपूर्वक गरिएको आन्दोलन भनेर सरकारी दमनबाट बच्ने प्रयास गरिरहेका छन् र सारा विश्वलाई नै दिग्भ्रमित पारिरहेका छन्, अर्को तर्फ प्रहरी, सर्वसाधारणलाई भिडन्तमा मात्र होइन खोजी-खोजी, लखेटेर, बलत्कार गरेर मारिरहेका छन्। यो बिहारी शैलीको राजनीति गरेर मधेशी जनताको किन अपमान गर्न खोजिदैछ र मधेशी जनतालाई किन बदनाम गरिँदैछ?

आतङ्कवादतिर लम्कदै गरेको फोरम
-दीपक अर्याल-

माओवादीले उठाएका कतिपय राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा सहमत हुन सकिएला तर उसले शुरू गरेको हिंसासँग आम नेपालीहरू हिजोका दिनमा होस् वा आजका दिनमा सहमत छैनन्। तथापि हिंसा शुरू गरिसकेको शक्ति शान्तिपूर्णरूपमा देशको सामाजिक, आर्थिक वा राजनीतिक व्यवस्थालाई बदल्नका लागि प्रयास गर्छ भने त्यसलाई सघाउनु नै पर्छ र त्यसको पक्षमा उभिनु नै पर्छ। शायद धेरै नेपालीहरू यसैका लागि माओवादीले गरेका अन्याय-अत्याचारका विरूद्धमा बोलिरहेका छैनन्। शान्तिका लागि जनआन्दोलनमा नेपाली जनताले सहभागिता जनाएका थिए र धेरैले शान्तिका साथै राजनीतिक, सामाजिक वा आर्थिक संरचनाहरूमा व्यापक परिवर्तन खोजिरहेका थिए।

समयले सबैलाई एकै ठाउँमा ल्याइपुर्‍यायो र आन्दोलनले सफलता प्राप्त गर्‍यो। जनता तथा कतिपय नेताहरूमा अत्याधिक आशा पलायो। उनीहरूले आन्दोलन सफल हुनेबित्तिकै शान्ति हुन्छ भन्‍ने भ्रम पाले। माओवादीले हतियार विसाउने वित्तिकै शान्ति आयो भन्‍ने भ्रम मात्र पालेनन् बरू यसपछि हुने सम्भावित खेलहरूका वारेमा सोच्नै भ्याएनन्। मैले उमेशजीसँगको कुराकानीमा मात्र होइन यस भन्दा पहिले पनि लेखेको छु, माओवादीले हतियार बिसाउँदैमा, माओवादी नहुँदैमा शान्ति स्थापना हुने होइन र शान्ति, विकास, वा पुनर्स्थापना भन्‍ने कुरा यति सजिला विषयवस्तुहरू होइनन्। संसारको कुनै पनि इतिहासले यही भन्छ. र नेपाली इतिहासले पनि यही भन्‍नेछ। विभिन्‍न शक्तिहरू जन्‍मिन्छन्, हुर्कन्छन् र कुनै कालखण्डपछि समाप्त भएर जान्छन्। तर, जन्मिनु, हुर्कनु वा समाप्त हुनुका आ-आफ्नै विशेषता, तथा आधारहरू हुन्छन्। करीब २५० वर्ष सम्म एकछत्र राज्य गरेको विशाल वृक्ष (राजसंस्था) र उनीहरूलाई धानेको त्यो जराहरू माओवादीले भने जस्तो वा चाहे जस्तो सजिलोसँग जाँदैनन्। यो विशाल रूख ढल्दा सँग-सँगै रहेका साना-तिना रूख, वुट्यानहरूको अस्तित्वमाथि पनि खतरा त हुन्छ नै र केही अन्य साना वृक्षहरूको विनाश नगरी यो ढल्दैन। अब, यो विशाल रूख विना पूर्व तयारी ढाल्नु हुन्छ वा हुँदैन मैले भन्‍न सक्दिन किनभने म कुनै व्यक्ति वा संस्था रहनु वा नरहनुले समस्त राजनीति, दृष्टिकोण वा मान्यताहरूमा आमूल परिवर्तन हुन्छ भन्ने मान्दिन।

मेरो मान्यता एउटा व्यक्ति वा संस्थाको ठाउँमा अर्को त्यस्तै खराव व्यक्ति वा संस्थाको जन्म नहुने पद्दतिको विकास हामीले गर्नु पर्छ जसले गर्दा जनताहरू सुरक्षित रहन्छन् भन्‍ने हो। तर त्यस्तो हुन सकिरहेको छैन। हामीहरूले सबै जनताहरूलाई आश्वस्त पार्न सकिरहेका छैनौं त्यसैले जात, धर्म वा क्षेत्रका आधारमा जनताहरू प्रभावित हुँदैछन् र त्यसका नाममा केही सीमित व्यक्तिहरूले फाइदा उठाउँदैछन् र ती जनताको उन्नति, प्रगति गर्ने र उनीहरूलाई न्याय दिलाउने नाममा राजनीति मात्र गरिएको छैन बरू अपहरण, हत्या, आतंक वा बलात्कार पनि गर्न शुरू गरिएको छ।

मधेशी जनाधिकार फोरमले गरेको नरसंहार यसैको एउटा सामान्य रूप मात्र हो। यस्तै खालका अन्य हत्या वा नरसंहारका लागि कैयौं संस्था र कैयौं व्यक्तिहरू हतियारमा धार लगाएर बसिरहेका छन्। यो कुरालाई ८ पार्टी, नागरिक समाज वा सामान्य नागरिकले बुझ्न सकेनन् भने त्यो देशका लागि दुर्भाग्य हुन जानेछ। सोझा मधेशी जनताको पिठ्युमा बसेर उनीहरूलाई नै छुरा हान्‍ने काम फोरमले गरेको छ। उनीहरूका भावना, चाहना र मागहरूलाई धमिल्याउने र वदनाम गर्ने काम गरेको छ। सारा नेपालीहरू, सारा पार्टीहरू, सारा नागरिक समाजहरूले समर्थन गरिरहेको आन्दोलनलाई फोरमले बदनाम गरिदिएको छ। यो भन्दा दुर्भाग्य ती मधेशी जनताका लागि के हुन सक्छ? जसले मधेशको पीडा, असमानता वा अन्यायका विरूद्धमा आन्दोलन गरिरहेका थिए। मधेश आन्दोलनमा शहीद हुनेहरूको आत्माले कतै भनिरहेको छ, ‘हामीले छातिमा गोली थापेको तिमीहरूले महिलाहरूलाई बलात्कार गर्न र उनीहरूलाई जिउँदो जलाउनका लागि सजिलो होस् भनेर होइन। हामी त मधेशी जनताको अधिकारको रक्षाका लागि शहीद भएका थियौं’।

दुर्भाग्य! सारा मधेशीहरूको जायज मागलाई क्रुर बलात्कारी हत्याराहरूले कंलकित पारिदिएका छन्। दुर्भाग्य ती बलात्कारीहरूकै कैयौं पहाडिया साथीहरूले पहाडियाहरूलाई उचाल्दै भन्‍ने गरेका छन्, ‘मधेशी आन्दोलन जायज होइन, यो त हत्यारा, बलत्कारीहरूले नेतृत्व गरेको अपराधीहरूको संस्था हो। यसको प्रतिकार हुनु पर्छ, यसले नेपाललाई टुक्र्याउन खोजेको छ’ आदि आदि। यो संयोग पनि हुन सक्छ तर कुनै समयमा र हाल पनि एकै थालमा एकै समूह, व्यक्ति वा संस्थाहरूले दिएर खाने गरेका ती पहाडीया र मधेशी फोरमलाई नेतृत्व गरिरहेका वर्तमान नेतृत्वलाई हेर्ने हो भने, मधेशी नेताहरूले मधेशी जनतालाई पहाडीयाका विरूद्धमा उकासि रहेका छन् र उनीहरूकै पहाडीया साथीहरूले पहाडियाहरूलाई मधेशी जनताका विरूद्धमा उकासिरहेका छन्। कतै दुवैको उद्देश्य समान त छैन? कतै दुवैले अप्रत्यक्ष रूपमा अन्य कसैका लागि त काम गरिरहेका छैनन्? किन भने दुवैको उद्देश्य आफ्ना समुदायका जनताको पक्षमा र अन्यायका विरूद्धमा आन्दोलित हुने भन्दा पनि अर्को समुदायका विरूद्धमा लड्न उक्साउने खालका मात्र छन्।

मलाई मात्र होइन धेरैलाई माओवादीले फोरमलाई लगाउने गरेको आरोप असत्य हो भन्‍ने लाग्ने गर्थ्यो। धेरैलाई विश्वास पनि थियो, यो आरोपलाई फोरमले गलत सावित गर्नेछ। माओवादीमा रहेको हतियार दम्भलाई फोरमले शान्तिपूर्णरूपले नै तह लगाउँदै छ भन्‍ने मान्यता राखिरहेका र फोरमको समर्थनमा रहेका कैयौं नेपालीहरूको मन कुँडिएको छ। कतिपयलाई त माओवादीहरू सधै गलत बोल्छन्, यो पनि उनीहरूले हौवा फिजाएका हुन् र उनीहरूले गलत नै बोलिरहेका छन् भन्‍ने लाग्ने गर्थ्यो, तर विडम्बना माओवादीले लगाएको सबै खाले आरोपहरू सत्यमा परिणत हुँदैछन्। यो आरोप मात्र नभएर कटु सत्य र यथार्थ बन्दैछ र राजनीतिक रूपले सफल बनिरहेको फोरम र असफल बनिरहेको माओवादीको स्थिति ठीक उल्टो भएको छ। अब, माओवादीले बोलेका कुराहरू नेपाली जनताले बढि विश्वास गर्ने र फोरमले भनेका कुरा कम विश्वास गर्ने स्थिति बनेको छ। घटनाक्रमहरूले फोरमलाई मात्र होइन उसले गरेको आन्दोलन न्यायोचित हो भनेर समर्थन गर्नेहरूलाई पनि लाजमर्दो बनाइदिको छ।

नेपालमा भएका भनिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनमा यस्तो रक्तपात कहिल्यै भएको थिएन। यति बढी सरकारी भवनहरू ध्वस्त कहिल्यै भएका थिएनन् र यति पाशविक तरिकाले प्रहरी तथा अन्य सर्वसाधारणहरू मारिएका थिएनन् र बलात्कृत भएका थिएनन्। कि त फोरमले यो आन्दोलन शान्तिपूर्ण होइन भन्‍नु पर्यो र सरकारले पनि त्यही अनुसारको व्यवहार गर्नु पर्यो होइन भने शान्तिपूर्ण आन्दोलन भनेर सारा दुनियाँलाई उल्लु बनाउने तर दायाँतिर गोइत समूह र बायाँतिर ज्वाला समूह मात्र होइन भारतबाट मगाएर ल्याइएका हत्याराहरूलाई हातहतियार सहित सजाउनुको कुनै अर्थ छैन। यो मधेशी जनता, मधेशी आन्दोलन र सारा मधेशको अपमान मात्र हो। उनीहरू एकातिर शान्तिपूर्वक गरिएको आन्दोलन भनेर सरकारी दमनबाट बच्ने प्रयास गरिरहेका छन् र सारा विश्वलाई नै दिग्भ्रमित पारिरहेका छन्, अर्को तर्फ प्रहरी, सर्वसाधारणलाई भिडन्तमा मात्र होइन खोजी-खोजी, लखेटेर, बलत्कार गरेर मारिरहेका छन्। यो बिहारी शैलीको राजनीति गरेर मधेशी जनताको किन अपमान गर्न खोजिदैछ र मधेशी जनतालाई किन बदनाम गरिँदैछ? भन्‍ने कुराको जवाफ समयले माग्ने नै छ। तर, कम्तिमा नैतिकता, इमान्दारिता छ भने र मधेशी नेपाली जनताहरूप्रति उनीहरूको विश्वास छ भने आफ्ना कमी कमजोरी स्वीकार्नु र सुधार्नु आवश्यक छ। यो नै समस्त तराइ, पहाड वा हिमाली भेगमा बस्ने नेपाली जनताको हितमा हुनेछ, होइन भने समयले पाठ सबैलाई नै पढाउने छ, ढिलो चाँडोको मात्र कुरा हो।

15 Comments

  1. Hi harke thank you for comment. I am surry.
    You didn’t understand what I said.
    1. you can say in which world have a rule to open new party must need 10000 people’s signature not 10 people.( Might be print mistake.)
    2.to develop country we must change social structure. That is social development principle.
    4. Political isn’t only sufficent to develop country for existing devolopment country we should change all social development.
    3. I don’t have to support FORUM . Neither I am forum nor Maobadi.
    4.just you can say to nepali peaple in which repoblican country to get Madi and Lahan incident had been managed by maobadi.
    5. Forum and maobadi are same .They’re both killer. Just different’s past and present.
    6. Why did the maobadi kill simple teacher and NC UML and RPP parties people before one year ago?
    7.Why they didn’t 8 parties manage enterim government yet?

  2. हो । तपाइको कुरा १०१ प्रतिशत जायज हो। यसलाइ पुष्टि फोरमको भातृ संगठनले साथ छोड्नु ले पनि गर्दछ।

  3. Hey Jwala,
    You must understand this if you are a Nepali,
    1. This is interim government and 8 parties are only liable to participate this government because they had leaded last year movement. If any other parties want to run the government of Nepal, they need to wait until election. Waht is your so called “Social Development Priciple?” I am sure you have only heared about it, so learn more about it and make your own party and go for election.
    2. Who is republican? How do you know FORUM is republican? Maoists have saying they are republican, and that was 50% proved as they particapted in last year movement, and their particiapation made the Royal regime to go back. However, FORUM is hear to catch the fish in the muddy water. If they really have GUTs then they will till CA election, win that election and made the constitution of their wishes and government.
    3. Hey Jwala, if you don’t have even 10 people to follow you, then is their any point to make a party?
    How do you define a political party Man?
    Do you wish to have a party with only one person? (>>WOW!)
    4. 8 parties are not only fighting for chairs, they are also fighting for responsibilies. As you may know they have their own commitments to peoples (their followers,more than 10,000 times than 10 people) which may be different to other parties. They would like to get good responsiblity within the interim government so that they could so a bit extent of good work to their followers. However you are looking as (..SAWAN MA AAKHA PHUTEKO GORU LE SANDHAI HARIYO DEKHACHHA..), I would like to request you not to use such bad habit again…

    5. I don’t want to defend MAOBADI as you have defended FORUM, however I would like to add one thing is that I am against killings of people. So Maoist joining of interim government without removing (killing) king have saved thousands of life. So every peace loving Nepali must welcome this changed attitude of MAOIST.

    I hope there is a sun in your POT now (TAPAI KO GAINTA MA GHAM LAGYO HOLA…)

  4. दिपकजीले शुारुमा सलाम टक्राएको समुहलाई समयमा नै चिन्नु भयो खुशी लाग्यो । विडम्वना मान्नु पर्दछ । तपाईहरु जस्ता बुझेको मान्छेहरु पनि कसैले चर्का नारा दिई हाल्यो भने उसकै पछि लागेको देख्दा । मलाई लाग्छ चर्का नारा उरालेर केहि हुनेवाला छैन व्यवहारबाट नै सबैको पहिचान हुँदो रहेछ । हिजो संविधान सभाको मागलाई एकादेशको कथा ठान्नेहरु अमुर्त नारा भनेर परिभाषित गर्नेहरु र माओवादीले त्यसैको लागि लडदा उनीहरुसँग जोरी खोज्नेहरु आज उनीहरुले उठाएका मुदामा एकाकार गर्न आएका छन् देखावटी रुपमा देखावटी यसकारण की उनीहरु अझै संविधानसभामा जानको लागि धरमराएका छन् । एक दशक अगाडी माओवादीले देखेको कुरा अहिले दलहरुले देख्दैछन् । उनीहरुले उठाएका राज्य पुर्नगठनको मुदामा देश आउदै छ । जसरी माओवादीले १० वर्ष अघि भनेको कुरा अहिले सबैले भन्दैछन् जसको लागि अनाहकमा १४००० नेपालीले ज्यान गुमाउन पयो तर त्यसरी नै दुई महिनामा नै उपेन्द्र यादवलाई प्रचण्डले भनेको शव्द अव सायद आम नेपालीले भन्न थालिसके । उचालेको मृगले कहाँ पो वाघ मारेको छ र । अनि राजावादीले उनीहरुको हत्या गर्नको लागि पैसा निकासा गरेको कुराहरु पनि विस्तारै सत्य नजिक पुग्दैछन् । हावामा बोल्ने भनेर प्रचण्डलाई गालि गर्नेहरुले बुझे हुन्छ समयलाई उनीहरुले चिन्न सकेका छैनन् ।

  5. धन्यबाद दिपक जि घुमिफेरी पाउनाको पालोबाट समाचार पस्कनु भएकोमा|
    नेपालमा जव राजनैतिक दल ८ वटा मात्र छन र ति ८ दलले मात्र देश हाक्न पाउनु पर्छ भन्ने दम्ब रहेसम्म कुनै कुराको लछार पटार हुदैन|

    जव सम्म देशमा सामाजिक सरचनामा विकासबादि सिद्दान्त लागु हुदैन तव सम्म राजतन्त्र गएर गणतन्त्र आएर केहि पनि नापिदैन|

    मदेशमा फोरमको मात्र गल्ति रहेनछन भन्ने प्रमाण आइसकेको छ| दुबै माओवादि र फोरम गणतन्त्र बादि नै हुन, र यिनिहरुको धरातल एकै ठाउ हो |अब कुनअश लाइ भाग बण्डा को लागि यि दुइले आपसमा पटक पटक ज्यान नै लिने गरि लडिरहेका छन त|के गणतन्त्रमा पनि यस्तै हुने हो कि?

    फोरमलाइ बिभिन्न तहबाट घुसपैठ्को आरोप लागेको छ तर यो सत्य पनि हुन सक्छ तर गौर घटनामा पनि कुकुर सरह दुवैको दम्मले लरेकै हुन | लर्दा माओबादिको हार भयो| माओवादिले मात्र सयम अपनाइदिएको भए के त्यहा त्यो बिध्न नरसहार हुन पाउथ्यो र |

    कुनै नया दल खोल्न १० ब्यक्तिको हस्ताक्षर चाहिने यो कुन लोकतन्त्रवादि दुनियाको नियम हो त| अहिले ८ दल को नाउमा एकाधिकारबादि र ८ दल केन्द्रिकृत शासन व्यवस्था छ पनि भनिन्छ|

    अहिले ८ दल भित्रका ठुला दल किन कुर्चिको लागि लडिरहेका छन|

    ससदवादि हरुनै पाखण्डि हो र यिनिहरुको जरा समेत उखेलेर फाल्नु पर्छ भन्ने माओवादीहरुलाइ ( उहि काग्रेस र एमालेको जुठो भात सियारेर) अहिले ससदलाइ स्विकार गरेकोले देशमा शान्ति भएको हो यदि माओबादि फेरि हतियार उठाउन गएभने उहि क्रिया दोहरिन्छ,त्यसैले माओबादिले शान्ति ल्याएको होइन उनिहरुले ससद २०४७ देखि नै स्विकार गरेर २०५२ मा पनि निरन्तरता दिएको भए यो स्थिति आ उने थिएन ललाइ फकाइ उनिहरुले गरेका गल्तिहरुलाइ बिर्सनु पर्छ भन्ने तर्क उचित होइन| के माओबादिले ससदबादि चरित्र अगाल्दैमा इतिहासले माओबादिको माफि मागाइलाइ पनि बिर्सिदेला वा माडि र लाहान घटना र सफाय जस्ता घृणित कार्यलाइ सयोग मात्र भनिदेला त|

    भोलिपनि शक्तिमा गएपछि माओबादिले ससद बादि चरित्रबोकेका पार्टिलाइ परास्त गर्नु पर्छ भनेर फेरि अर्को झन नया नेपालको नारा आएमा फेरि देशले दुरदर्शा त भोग्नु पर्ने त होइन| यो शका गर्ने ठाउ प्रशस्त छ किनकि माओबादिको राजनैतिक एजेण्डा ससदबादि हो बा होइन स्पष्ट छैन भनेर पत्र पत्रिकामा आएको पाइएको छ|

    माओबादि हरुले राजा छदै किन ससदमा भाग लिएका छन जुन राजा रहुन्ज्याल ससदमा नै जानु हुदैन र राजालाइ तानेर गद्दिबाट ओराल्ने मात्र होइन गद्दि खोसेर फासि पनि दिनु पर्छ भन्ने हरु किन राजतन्त्रको बारेमा गिरिजाले केहि बोलिदिन्छन कि भनेर मुख ताक्छन|

    माओवादिहरुले राजाले शासन चलाउनु अगावै नेका र एमाले जस्ता राष्ट्रियदल सग मिलेमोतो राखि किन ससदिय चरित्र देखाउन सकेन | माओबादिले ससद नै अगाल्नु पर्थ्यो भने बिना सित्ति १३००० नेपाली आत्मा जाने खेल किन खेलियो त ?

    जे होस फोरमलाइ र फोरमजस्ता पार्टिको कारण बलैमा पत्ता लगाइ समस्याको निराकारण अबिलम्व गर्न ढिलाइ सुस्त नगरे देखि र फोरमका उपेन्द्रलाइ गालि गरेर होइन उसलाइ राजनिति को उचित स्थान दिएर समस्याको गाठो खोल्न सके करिव ९० प्रतिसत समस्याको हल हुने तर्क तिर कलमहरु अगि बढाइदा बेसै हुन्थ्यो कि त |

  6. मलाई लाग्छ केही समय अगाडि १ जना तराई बसी ले यहाँ कमेन्ट पोस्ट गरेका थिए । मलाई यो पनि लाग्छ कि उनि ले साह्रै अक्रोस् पूर्ण बिचार राखेका थिए । उन्लाइ राज्य ले मधेस् बसि लाइ अन्याय भयेको भनि सरो गुनसो गर्दै थिय। आज मलाइ तिनै मित्र ,जस्ले त्यो हत्या गर्ने बिचार रखेको फोरुम् लाइ support gareka thiye, सोध्न मन लगेको छ कि यदि तिमी ले आज सम्म मेरो संसारका न्युज हरु हेरेका छौ भने कृपया फेरी पनि लेख कि तिम्रो भनाइ के छ ?

  7. This write-up is insightful, matured and analytic. I like this.That’s the point that was making since MJF started their protest

  8. Deepak Jee

    Thank you for the article. I am glad you come to know the reality about Upendra Yadab, whom you praise in the last article. I like your artiles all the time, you are intelligent. But, I was worried about you as you were supporting to Upendra’s Madeshi andolan before. I respect Madeshi people, they must get right and treated and respected by others like the people live in other parts of country. This andolan is for Rajako adhikar not for madhesi adhikar. Do not surprise if many other forum, defence army and so on…………… raise in future and dances around in front of us and destroy nepal. After all, there is nothing to do with this country if Ganendra does not get chance to rule it. he will do whatever he can befroe he leaves for his secure future to some other parts of the world.

  9. मेरो भन्नु के छ भने मधिसे जनता हरु फोर्म को पछि नलाग किन कि पछि आँफै पछुताउनु पर्छ !! माग हरु जस्को पनि छन पाहाडे को जन्जाती को आदी तर मधिसे जनता ले उपेन्द्र यादब को पिछा लाग्यो भने पछि दु:ख पाउने छोउ !! आज लोकतन्त्र हुँदा सबै को सिर ठाडो छ !! तर भोली फोर्म ले मधिसे जनता को सिर आँफै झुकाइ दिन्छ !! त्यसैले मधिसे जनता हो पाहाडे को पछि नलाग !! पहाडे हरु को घर दोकान पसल हरु नभ्-त्काइ देउ !! आफु पनि गरी खौ आरु लाइ नि गरी खान देउ !! आफ्नो समय खेरो नफाल फोर्म को पछि लागेर !!

  10. It is the first time in Nepal History that Indian soil and Indian People have been used to support terrorism in Nepal. It is very unfortunate for Nepal with whom India had special relation from the Vedantic period to allow such activities. It is also beyond belief that India on one hand complains about the cross boarder terrorism from Pakistan and on the other hand allows cross boarder terrorism to Nepal from Bihar. What is happening in Terai is similar to LTTE in Sri Lanka who wants to break away. Nepal honestly allowed Indian origins to settle in Nepal and get citizenship in contrary to poor treatment of Nepalese working in India. In India it is difficult even to get a ration card for Nepalese where as we allow them to multiply in Nepal with ease. Is this a fair treatment from India? India boasts as the largest democracy in the world but they are harbouring terrorists ho wants to divide Nepal. Why is the Girija Government silent about Indian involvement? Nepalese people really have to be watchful to Indians especially yellow saffron Jogis and Baajis who has flooded Kathmandu opening Dhyankendras.

  11. यो भारतीए कुकुर हरु लाइ र भारतीए कुकुर हरु लाइ बोलाउने नेपाली देश्द्रोही हरु लाइ तेसै गरी लखेटी लखेटी मार्नु पर्ने या मार्नु पर्छ अनि आइन्दा यि भारतीए कुकुर हरु अरु को गल्ली मा आएर भुक्न डरओस् । हैन भने हामी नेपाली को अस्तित्व र नेपाली को हिम्म्त माथि धिक्कार छ हामी सबै लाइ । के वीर गोर्खालि भनेर फुर्ती गर्ने । भुत्रो को वीर । ५-१० जना भारतीए कुकुर हरु आएर २८ जना नेपाली लाइ भुत्डा चुप चाप लागेर बस्न सक्ने नेपाली प्रशासन । थुक्क तलाइ ! येस्ता हिजदा हरु लाइ बरु गोलि थोक्न न पुग्या।

  12. Yes , MJF should be aware that violence is not acceptable any more. They are changing their political activites like what Maoist did in the past. If MJF don’t stop their such a violence activies then Nepal will be back again the black era that we faced in 1996 to 2006. No party will be successful if they adopt the violence and terriosm as a medium to established in politics. Gaur killing is really shocking that shows the possibility of Nepal will be back again in the dark era. Madhesi People should seek their right through CA poll. MJF should go for CA election and they should fulfil their demand.

Comments are closed.