आज प्रधानमन्त्री कोइरालाले राजीनामा दिने

अनि आजै नयाँ मन्त्रिमण्डल बन्ने
अपडेट 2 pm अहिलेसम्ममा संसदमा शपथ ग्रहण भइसकेको हुनुपर्ने भए पनि प्रजातान्त्रिक र जनमोर्चाले मन्त्री छान्न बाँकी रहेकोले आठ दलको बैठक नै ढिला भयो। बैठकले मन्त्रिमण्डलको अन्तिम टुंगो लगाउँदै अन्तरिम सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि बल्ल संसदमा शपथ ग्रहण हुनेछ। जनमोर्चाले त हिजोको बैठकमा कुनै सहमति भइसकेको छैन भनी मन्त्रालयसहित पत्रपत्रिकामा आएको सहमतिको विवरणप्रति आपत्ति समेत जनाएछ। जनमोर्चा आठ दलको बैठकमा समेत हालसम्म अनुपस्थित छ। जनमोर्चालाई भागवण्डामा चित्त बुझेको छैन जस्तो छ। हुन पनि कहाँ उपप्रम पाइरहेको, कहाँ एउटा मन्त्रालयमा सीमित। एमालेका भीम रावलले पनि नौटंकी गरेछन्- मन्त्री बनाउने भनेर निर्णय भइसके पनि परराष्ट्र पाए मात्र खान्छु नभए शिक्षा त खान्नँ भनी। त्यसपछि एमालेले मन्त्री बनाउनेहरुको नाम नै हेरफेर गर्नुपर्‍यो। कृषि दिन लागिएका प्रदीप नेपाललाई शिक्षामा सारियो भने राज्यमन्त्री बनाउन लागिएका छविलाल विश्वकर्माले फूल मन्त्री पाए कृषिमा। भीम रावलले पद छाडेर पदलोलुपता देखाएको कि उदारता ? निर्णयको जिम्मा कमेन्टकर्ताहरुलाई।

लामो समयको अन्यौलपछि अन्ततः आज पूर्व विद्रोही माअ‍ोवादीसहितको २६ सदस्यीय अन्तरिम सरकार बन्ने भएको छ। यसपछि नेपालको शान्ति प्रक्रियाका क्रममा युध्दविराम, अन्तरिम संसद गठनपछिको तेस्रो खुडकिलो अन्तरिम सरकारमा पुगिनेछ। अब यसले संविधान सभाको निर्वाचन गराउनु पर्नेछ। वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्रीका रुपमा रहनुभएका गिरिजाप्रसाद कोइरालाले अन्तरिम व्यवस्थापिकामा राजीनामा दिनुभएपछि व्यवस्थापिकाले फेरि उहाँलाई नै अन्तरिम प्रधानमन्त्री (र अन्तरिम राष्ट्राध्यक्ष)चयन गर्नेछ। अनि उहाँले व्यवस्थापिकामा नै शपथ ग्रहण गर्नुहुनेछ (योअघि प्रधानमन्त्री हुँदा उहाँले राजासमक्ष शपथ ग्रहण गर्नुभएको थियो) र नयाँ मन्त्रिमण्डलको नाम पेश गर्नुहुनेछ। नयाँ मन्त्रीहरुले पनि आजै व्यवस्थापिकाका सामु शपथ ग्रहण गर्नेछन्। २६ सदस्यीय मन्त्रिमण्डल कस्तो छ त ?

कसको भागमा कति ?
नेपाली कांग्रेसका प्रधानमन्त्रीसहित ७,
नेकपा एमाले ६,
नेकपा माओवादी ६,
नेपाली कांग्रेस (प्रजातान्त्रिक) ४,
जनमोर्चा १,
सद्भावना (आनन्दीदेवी) १, र
वाममोर्चा १

काँग्रेसले पाउने मन्त्रालय र मन्त्रीहरु
प्रधानमन्त्री- गिरिजाप्रसाद कोइराला
रक्षा- कोइराला आफै
गृह- कृष्णप्रसाद सिटौला
अर्थ- डा. रामशरण महत
शान्ति तथा पुनर्निर्माण-
विज्ञान तथा प्रविधि-
रामवरण यादव, विनयध्वज चन्द र चक्रप्रसाद बाँस्तोला मन्त्री बन्ने

एमालेले पाउने मन्त्रालय र मन्त्रीहरु
परराष्ट्र- सहाना प्रधान
शिक्षा तथा खेलकूद- प्रदीप नेपाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- पृथ्वी सुब्बा गुरुङ
कृषि तथा सहकारी- छविलाल विश्वकर्मा
सामान्य प्रशासन- रामचन्द्र यादव

राज्यमन्त्री शिक्षा तथा खेलकूद- मोहनसिंह राठौड

माअ‍ोवादीले पाउने मन्त्रालय र मन्त्री बन्नेहरु

सूचना तथा सञ्चार-कृष्णबहादुर महरा
आवास, भवन तथा भौतिक योजना-हिसिला यमी
स्थानीय विकास-देव गुरुङ
वन तथा भूसंरक्षण- मातृका यादव
महिला, बालबालिका तथा समाज कल्याण- खड्गबहादुर विश्वकर्मा

राज्यमन्त्रीः पदम राई

नेपाली काँग्रेस (प्रजातान्त्रिक) ले पाउने मन्त्रालय र मन्त्री

श्रम तथा यातायात व्यवस्थापन- रमेश लेखक
जलस्रोत
कानुन, न्याय तथा संसदीय व्यवस्था

नेसपा आनन्दीदेवी

उद्योग वाणिज्य तथा आपूर्ति- राजेन्द्र महतो

संयुक्त वाममोर्चा

भूमि सुधार तथा व्यवस्था- जगतबहादुर बोगटी

संयुक्त जनमोर्चा
स्वास्थ्य-

18 Comments

  1. http://www.nepalipost.com/nepali/samachar.php?nid=2894
    फरक सन्दर्भमा मेरो एक प्रश्न साथीहरुलाई एस्तो समाचार आएको भरमा काँग्रेसलाई तस्कर संरक्षक पार्टी र त्यसका नेता गीरीजाबाबु लाई तस्करको नाईके भन्दा हुन्छ ?

  2. धने बात छ उमेस् जि हजुर लाइ!!
    म के भन्ना चान्छु भने अबा गीर जा बाबु ले
    रा जि नामा दिया बेस् हुन्छ र साथै माकुने को
    पनि कोही काम छैन तेस् ले पनि रा जि नम दिनु पर्छ
    रा हाम्रो नेपाल मा यीमान्दार नेता हरु लाइ चुनी
    हाम्रो देस् लाइ राम्रो दीशा तिरा लैजानु पर्छ
    अरु देश ले पनि भीत्रा भेत्रा कैले पने ए शान्ति नवय
    हुन्थेयो भनी राखे को छ !!!
    हाम्रो नेपाल को समासए हामी नेपाली जनता हरु मीले र
    समादान गर्नु पर्छ !!! तेशै ले दाजु भाई दिदी बैने हरु म के भन्छु भने भ्स्ता चा री हरु लाइ खोजी खोजी कार
    बाए गर्नु पर्छ !!

  3. I dont understand why some people here always want to play with caste and ethnicity, evenin the new government. Or you are angry because you havenot got the portfolio? Nepal is everyone’s country. so,it doesnot matter who becomes Minister. It matters how do they develop. What are their ideas/plans and visions. If this individual is not fit for the ministry then people will chose another one from whole country maybe brahmin, kshetriya, newar, kami, damai, tharu, madhise, bhote, awadhi, raute, sukunda or anyone (please forgive me if missed some other ethnic group), who wants to develop his/her birthplace/country.

    We just want a group of individuals to develop nepal irrespective of caste, place, gender, party. We want the member of “Nepal” party. So, dont talk about caste and ethnic group.

  4. even in the cabinet there is dominance of the congress, its a good starting to go ahead for the republic nepal. The good news is that the most opportunist and corrupted man Mr Bhim Rawal is not included in the cabinet. After this UML and Msoist should be united to make the country republic otherwise two congress party will again try their best to keep the king in a ceromonial status. Rather we can believe to Pashupati shamser than congree leaders.Since 2007 to todate the main party who played roll on the favour of the feudals is the congress and that party is still on the pocket of the feudals. In ever period of time nepali people have to cultivate the farm of martyres. So UML and Maoist have to be united otherwise nepali people must have again to go to the street to fight for republic Nepal. UML and Maobadi lai chetan bhaya

  5. Great news Umesh Ji: Thanks.

    I am not excited to see how NC and UML ministers will perform because they are two faces of the same coin.

    But, I am really interested in looking at how Maoist will perform their work. This will be their “Litmus test” whether they will match their “principles” with their “actions”.

    We will see who will bring the most “transparency” in their ministerial decisions and activities.

    We will see how Maoist “FM mobile team” during the peoples war will work in the present context of Nepal.

    Krishna

  6. Bhim Rawal is one of the corrupted one of nepal who was involved in china south west when he was tourism and civil aviation minister.I think he didnot see any place for curruption in education ministry .
    Chorna palkeka le corna napaya marchha bhane jastai ho

  7. देशमा बल्ल लोकतन्त्रको जग हालेको भान हुन थालेको छ| यो भन्दा अगाडि त लालपुर्जा र तेरो मेरोमा नै झण्डै बर्ष दिन बिताए|
    अब भने राजनितिक खिचातानीलाइ चिर्दै केहि हदसम्म भागबण्डालाइ मूहुर्त रुप दिइएको छ|यसो हेर्दा भागबण्डा पार्टीको अनुरुप नै गरिएको देखिन्छ|
    अब भने घर बन्छ कि बन्दैन,हेर्नु बाँकि छ|जनता त भोट दिन सधैँ आतुर छन्|तर बातावरण बन्नु पनि जरुरत छ|जेठमा हुने भनेको चुनाव ६४ साल हो कि अरु नै साल हो क्लियर हुनु पर्दछ|
    सबै पार्टि र नेताहरुले जनतालाइ निराश नपारुन्|भाषण त यो जेनेरेशनलाइ पुग्ने गरि दिइसकेका छ्न् |अब अलिकति भए पनि काम गरेर देखाइदिएमा आँउदो जेनेरेशनले सहि बाटॉ पक्रिने थियो|
    साथै “ग्लोबलाइजेशनल एरा” मा सुपरपावर अमेरिका र अरु युरोपियन शुभचिन्तकहरु र भिमकाय छिमेकी राष्ट्रहरुलाइ चित्त बुझाएर जसोतसो “Rappot” बनाएर मुड्किबाज सिद्धान्तले डोमिनेटेड सरकार(जुन अहिलेको बास्तबिकता हो)अघि बढ्नु ठुलो पहाड चढ्नु हो , त्यो पनि मिलेर झै-झगडा नगरी|
    जे जसो भए पनि देश पार्टी र नेताहरुको मात्र नभइ सारा नेपालीको पनि हो|तसर्थ आशा गरौँ ,आगामी दिन राम्रो कुराहरु सुन्न पाइयोस्|

  8. It is good that the deadloWhy so many Brahmans and the Yadavs? What about other terai people other than Yadavs and how about the Janajatis? It is bound to be problematic in the future.ck have been brocken.

  9. if Anyone know pls send this message hisila
    i am just exciting to look Hisila Ami’s work? she got the post according to her studies?
    let c what will she do?

  10. kya mazza

    moriyarty hereko herai?????????????
    ani naranhiti chahi k grdaicha ta?
    rajdarbar mantralaya ta gayab vayechata???

  11. Safalta ko subhakamana

    Maobadi ko barah barse sasatra andolan ra 13000 bhanda honahar nepali saput haruko balidan yahi 5 mantralaya ma gayera natungiyos.

    Desh bikash ra shanti ko path ma hardam lamki rahos.

    Sabai mantri harulai swachha ra nispachha karya ra safalta ko lagi hardik subhakamana.

  12. प्यारो हाम्रो बुदिजिबि र विधर्थि बर्गहरु,

    आज को समचार हेर्दा धेरै नै खुशि लाग्यो। मन्त्रालय र मन्त्री हरू को वाड फाड पनि लगभग ठिकै छ! नेपाललाई विकास गर्न अब 5 मन्त्रीहरू चाहिन्छ:
    सूचना तथा सञ्चार-कृष्णबहादुर महरा
    परराष्ट्र- सहाना प्रधान
    अर्थ- डा. रामशरण महत
    रक्षा- कोइराला
    गृह- कृष्णप्रसाद सिटौला

  13. कृष्ण जि
    हुन त यहाँ बुद्दिमान हुनुहुन्छ ।तर मलाई त कता कता कान्तिपुर खुफिया द्बारा सन्चालित झै लाग्छ ।एस्ले देश मा द्वन्द बडौने,नेपाल्ली नेपाली बिच फुट ल्याउने समाचार पस्के झै लाग्छ ।

  14. जे होस नयाँ मन्त्रिमण्डलले देशमा शान्ति र बिकाशमा जोड दिओस । तर गिरीजा प्र कोईराला प्रधानमन्त्रि भएको बेला नै देशमा संकट देखा पर्छ । नेपाललाई कोईराला अफाप जस्तो छ र उमेरले पनि अब साथ दिदैन जस्तो छ त्यसैले कोईराला मन्त्रि मण्डलबाट अलग भैदिए राम्रो हुने थियो ।

  15. बधाइ छ हामी नेपालीहरूलाई । लगभग १ वर्षमा एउटा राम्रो दिन ‘क्लियर डे’ फेला परेछ ! ( आजको कान्तिपुरमा लेखेको छ पढ्नुस् त ) ।
    जनआन्दोलन-२ पछि हिजो ( शुक्रबार ) यस्तो दिन रह्यो रे ! जुन दिनमा कुनै बन्द, अपराध, भीडन्त वा यस्तै अप्रिय घटना घटेनछन । आजको कान्तिपुरले प्रहरी कण्ट्रोल रुमको समेत हवाला दिँदै रिपोर्ट गरेको यो समाचार पढ्दा मलाई हामी संसारको कुन सभ्यतामा छौँ भनेर उदेक लागेर आयो ।
    जे होस भागबण्डा त हाललाई मिलेछ , तर काममा कुन तमाशा हुने हो र त्यो संविधानसभाको महाऔषधीरूपी संजीवनी बुटी भेट्टाउञ्जेल अरु के के हुने हो हेर्दै जाऔँ ।
    राजादेखि माओवादी सम्मले गुणगान गरिदिएन भनेर उछित्तो काढ्यो भने पनि समाचार त कान्तिपुरकै विश्वासीलो ,नेपालमा ।

Comments are closed.