गौर काण्डको स्थलगत प्रतिवेदन

२०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको नृशंस नरसंहारको सन्दर्भमा विभिन्न किसिमका परस्पर अन्तरविरोधी कुरा बाहिर आइरहेका छन्। नरसंहारको वास्तविक तथ्य के हो त – पत्रकारिताको दृष्टिकोणले समेत सत्य-तथ्य बुझ्न र घटनाको अध्ययन गरी यथार्थ विवरण प्रकाशमा ल्याउन विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको एक स्थलगत अध्ययन टोलीले चैत्र १२ र १३ गते घटनाका प्रत्यक्षदर्शी एवं सहभागीहरु तथा जिल्ला प्रहरी प्रमुख (एसपी) रामकुमार खनालसँग समेत व्यापक सोधपुछपछि प्राप्त तथ्यहरुका आधारमा तयार गरिएको संक्षिप्त घटना-विवरण यसप्रकार रहेको छः

घटनाको विवरण

रौतहट जिल्लाको गौरबजारमा भएको सो विभत्स नरसंहार २०६३ चैत्र ७ गते बिहीबार २ बजेर ५ मिनेट जाँदा शुरु भएको हो। हत्याकाण्डको शुरुवात उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम र नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का बीच एकै स्थानमा कार्यक्रम गर्ने सिलसिलामा भएको देखिन्छ। फोरमको कार्यक्रम प्रचार हुनुभन्दा पहिल्यै सो स्थानमा गर्ने भनी टुंगो लागिसकेको माओवादी निकट निषाद -माझी) मुक्ति मोर्चाको कार्यक्रमको सट्टामा मोर्चाले त्यस दिन कार्यक्रमको आयोजना गरेको र आन्तरिक रुपमा प्रचार समेत गरेको थाहा लाग्यो। तर सोही कार्यक्रमसँग जुधाउँदै फोरमले पनि त्यही दिन कार्यक्रम गरेको स्थलगत अध्ययनबाट बुझियो।

कार्यक्रम जुधेपछि सम्भावित भिडन्त र्टार्न मोर्चापक्षले फोरमका जिल्ला अध्यक्ष अमर यादवलाई कार्यक्रम र्सार्न अनुरोध गरेको तर नमानेपछि समय अघिपछि पारेर शान्तिपर्ूण्ा रुपमा कार्यक्रम गर्ने सहमति भने भएको जानकारी माओवादी पक्षबाट पाइयो। त्यहीअनुसार फोरम र मोर्चार्को मञ्च करिब ६० मिटर दूरीको फरकमा बनेको पनि थियो। सहमतिअनुसार फोरमको कार्यक्रम सकिएपछि मोर्चाको कार्यक्रम गर्ने समझदारीअर्न्तर्गत मोर्चाको जुलुस बजार परिक्रमा गरिरहँदा बन्दूक, फट्टा, लाठी, चुपीसहितको फोरमको उत्तेजित जत्थाले अचानक मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च तोडफोड गरेपछि स्थिति बिग्रिएको थियो।

मधेशी मुक्ति मोर्चाको जुलुस पुगेपछि फोरमको कभरमा भारतबाट झिकाइएका हतियारधारी गुण्डाहरुको जत्थाले मञ्चको दक्षिण-पश्चिमस्थित पहेंलो रंगको घरबाट अचानक पिस्टनबाट फायर गरेपछि र आफ्नो मञ्च भत्काइएको देखेपछि आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरुले फोरमको मञ्च तोडफोड गर्न थाले। त्यहीबीचमा वरिपरिका अन्य घरहरु र सभास्थल नजिकका पानी ट्यांकीमा समेत लुकेका फोरमका कार्यकर्ता तथा भारतीय गुण्डाहरुले स्वचालित हतियार तथा एके ४७ बाट फायरिङ्ग गरेको कुरा माओवादी निकट वाई.सी.एल.का गौर उपाध्यक्ष लक्ष्मणप्रसाद यादव -हिमाल) ले बताएका छन्।

उनका अनुसार फोरमका विन्दवासिनी साहनीले पहिलो फायर गरेका हुन्। त्यसपछि पानीटंयाकी, जिविस सभापतिको निवास र फोरमकै मञ्च अगाडिको घरबाट थ्रीनट-थ्री, एस.एम्.जी. पिष्टन, माउजर र ग्रिनेटहरु अन्धाधुन्दा प्रहार गरिएको रौतहटका भू्पू् जनसरकार प्रमुख विन्देश्वर यादवले बताएका छन्। मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्चलाई केन्द्रीत गरी सी आकारमा घेराऊ गरी आक्रमण गर्न थालिएपछि चारैतिर भागदौड र कोकोहोलो मच्चिएको थियो। त्यही दौरानमा पाँचजना मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु घटनास्थलमै मारिए।

कहाँ-कहाँ कति मारिए –

पुरानो राइसमिल चौरस्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भयो। गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको वाई.सी.एल. उपाध्यक्ष लक्ष्मण यादवको दाबी छ। उक्त घटनामा मारिएकी प्रतिमा खातुनलाई दर्जनौं फोरमका कार्यकर्ताहरुले बलात्कार गरी छट्पटाइरहेकी अवस्थामा आगो लगाई हत्या गरे। त्यसैगरी अर्को निर्मम हत्या हजमनिया बोधिमाई मन्दिरमा भएको छ। गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बोधिमाई मन्दिरमा पर्ूव र्सलाहीतर्फभाग्दै गरेका मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरु तथा भारतीय पेशेवर हत्याराहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा एघार जनाको नृशंस हत्या गरेका छन्।

उक्त घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई फोरमका कार्यकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी गुप्ताङ्गमा बाँसका लाठी घोंचेर स्तन काटेर तड्पाई-तड्पाई जिउँदै आगो लगाएका थिए।सेतै फुलेका करीब ७० वषर्ीय प्रत्यक्षदर्शी एक वृद्धाले त्यस्तो घटना आफुले जिन्दगीमा नदेखेको बताएका छन्। आक्रोश र आतंकित भावमा ती वृद्धाले बलात्कृत महिलाहरुले ‘आफूहरुलाई बिहे गर तर नमार’ भनेर अनुनय-विनय गर्दा पनि फोरमका ती बलात्कारीहरुले उनीहरुलाई छोड्नुको सट्टा जिउँदै आगोमा लगाइएर मारेको बताए। अरुहरुलाई फट्टा, इँटा, ढुंगाले निर्मम प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा रहेको गाउँलेहरुलाई खेदेर र घटनाबारे बताए मार्ने धम्कीसमेत दिइएको थियो।

त्यसैगरी अर्को घटना गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका मोर्चाका कार्यकर्ताहरुलाई बाहिर थुती गोली हानेर भाला, खुकुरी, ढुङ्गा, इट्टाले कुटीकुटी मारेको कुरा घटनाबाट भाग्न सफल विन्देश्वर यादवले बताए। उनका अनुसार घरका छतछतमा बसेका फोरमका कार्यकर्ता तथा र्समर्थकहरुले भागेर लुकेका मोर्चाका कार्यकर्ताहरु बसेको ठाउँ देखाएका थिए र एक-एक गरी निर्मम ढंगले हत्या गरिएका छन्। हत्याराहरु हात-हतियारसहित आफुहरुमाथि जाइलागिरहँदा प्रहरीले मुकदर्शक भएर हेरेको उनको दाबी छ।

अर्को घटना गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा भएको छ। त्यहाँ एक घरमा शरण लिएर बसेको रमाकान्त चौधरीलाई करिब १०-१५ जना फोरमका कार्यकर्ताले घरबाट निकालेर भाग्दै गर्दा लखेटी-लखेटी हत्यागरी बाँसको झाँङमा लगेर फालिदिएका थिए। नाम नबताउने शर्तमा स्थानीय एक किसानले ती अपराधीहरुले मारिसकेपछि रमाकान्तसँग भएका मोबाइल, काजगपत्र र नगद रुपैयाँसमेत लुटेर लगेको र साँझपख प्रहरीहरु आई उक्त लाश लगेको बताएका छन्।

यसैगरी नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको शिर्शिया र मडलवाको चौरछेउ अन्य तीन जनालाई फट्टा, ढुंगा र इटा प्रहार गरी अशक्त घाइते बनाएर गहुँ बारीमा घिसारी-घिसारी मारेको निसान अहिले पनि देख्न सकिन्छ। टोली घटनास्थल पुग्दा हत्याको क्रममा मिचिएको गहुँमा रगतैरगतको टाटा र रक्तरंजित कपडा त्यहीँ थियो।

अर्को एक जना मोर्चाकार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको नाम बताउन डराउने स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

हत्याको बर्बर शैली
मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा-इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।

घटनाको प्रकृति हर्ेदा, मारिनेहरुको पक्ष एकतर्फी हुनु र स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा समेत उक्त घटना दोहोरो मुठभेड थिएन। नाम बताउन नचाहने थुप्रैजनाले टोलीलाई बताएअनुसार मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए। उनीहरुले प्रतिरोध गर्नै पाएनन्। त्यही कारण नै फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेको पाइएको छ। त्यही क्रममा कतिपय मोर्चा कार्यकर्ताहरुले चाहिँ आफू फोरम कार्यकर्ता रहेको बताउँदै ज्यान जोगाउन सकेका थिए।

जनताको प्रतिक्रिया
जनता अझै पनि निकै त्रसित छन्। उनीहरुले ढुक्कसँग बस्न पाएका छैनन्। माओवादीले बदला लिने हल्लाका कारण घटनाको चारपाँच दिनसम्म पनि बजार खुल्न सकेको थिएन। तर माओवादीले नरसंहारमा जनताको कुनै दोष नरहेको र अपराधीबाहेक अरुहरुलाई केही नहुने कुरा बताएपछि विस्तारै जनजीवन सहज हुँदै गएको पाइएको छ। टोली घटनास्थल पुग्दा बजार भरखरै खुल्न थालेको पाइयो। बजारबाट अलि टाढाका घटनास्थल वरिपरिका ५० घर परिवारका जनता अझैसम्म पनि विस्तापित छन्। उनीहरु अझै पनि हत्यारा गुण्डाहरुले रातरातमा मोटरसाइकलमा आएर गोली पड्काउने तथा धम्की दिएको बताउँछन्।

उनीहरुका अनुसार हत्यारा-गुण्डाहरुले तिमीहरु ग्ााउँ छोडेर जाओ, माओवादीलाई यहाँबाट सिध्याउनर्ुपर्छ, तिमीहरु गएनौं भने मर्र्छौ भन्दै थर्काउने गरेका छन्। ज्यान जाने डरले नाम नखुलाउने शर्तमा उनीहरु भन्छन् – ती हत्यारा फटाहाहरु अझैं पनि यहीं वरिपरि घुमिरहेका छन् तर प्रहरी-प्रशासनले कुनै वास्ता गर्दैन। तथापि जिल्ला प्रहरी कार्यालय गौरका एस.पी. रामकुमार खनाल भने त्यहाँ घटना भइसकेपछि आफू नै चारपटक सम्म गैसकेको जनता आतंकित भएर आफूहरुसित पनि बोल्न नचाहेको दावी गर्छन्।

हाम्रो ठम्याइमा जनताको स्थिति निकै दयनीय छ। बेलैमा प्रशासनले सुरक्षाको प्रबन्ध नमिलाउने हो र माओवादी पार्टर्ीी त्यसअनुसारको वातावरण तयार नगर्ने हो भने उनीहरु गाउँ तथा माओवादी पार्टर्ीीट समेत पलायन हुने मानसिकतामा छन्। मर्नुभन्दा बहुलाउनु निको भन्ने यथार्थ लागू भएको छ उनीहरुमा त। उनीहरु मुखै फोरेर भन्न विवश भएका छन् – माओवादीको हतियार र जनसेना क्यान्टोन्मेन्टमा बस्ने, प्रहरी प्रशासनले सुरक्षा दिन नसक्ने र गुण्डाहरुसँग मिल्ने वा आफैं डराएर भाग्ने, गुण्डाहरुले दिनदहाडै र्सवसाधारणलाई मार्ने धम्की दिने, यस्तो भएपछि हामीहरु कतिदिन कसरी बस्ने –

प्रहरी प्रशासनको नालायकीपन
गौरको हत्याकाण्डमा प्रहरी निरीह र रमिते बनेको पाइएको छ। घटनामा घाइते भएका र बल्ल तल्ल बाँच्न सफल व्यक्तिहरुको भनाई अनुसार गोलि चली भागाभाग हुँदा आफूहरु पुलिसको शरण माग्न जाँदा उनीहरुले सुरक्षा दिनुको सट्टा उल्टै हिजोको युद्धकै बेलाको बदला स्वरुप छोप्दै फोरमहरुलाई नै बुझाउँदै गरेको आरोप छ। उनीहरुले हतियारसहित फोरमका कार्यकर्ताहरुले मोर्चाका कार्यकर्ताहरुलाई लखेटी रहँदा कारबाही गर्नुको सट्टा उल्टै उक्र्साई रहेको पीडितहरुले बताएका छन्।

गौर हत्याकाण्डको जिम्मेवारी प्रहरी प्रशासनले नै लिनर्ुपर्छ भन्ने प्रश्नमा एस्.पी. रामकुमार खनाल भन्छन्- हामीहरुले सुरक्षा प्रबन्ध नमिलाएको भए अझ बढी हत्या हुने थियो। तर पीडितहरुका अनुसार एस.पी. खनाल नै फोरमहरुसँग साँठगाँठ रहेको बताउँछन्। गोलि चलिरहँदा मानिसहरु मरिरहँदा अपराधीहरुलाई गिरङ्खतार गर्नुको सट्टा उल्टै नाइके उपेन्द्र यावदलाई स्कर्टिङ्ग गरी भारत पुर्याउनु र घटनास्थलमा अपराधीहरुलाई उक्साउँदै मोर्चाका कार्यकर्ताहरुलाई धकेल्दै फोरमलाई नै बुझाउने गरेको हुँदा गौरका प्रहरी निरिह र प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको स्थानीय बासी बताउँछन्। एस्.पी. खनालले चाहिँ उपेन्द्र यादवलाई आफूले नचिनेको, नदेखेको र कहिल्यै नभेटेको दावी गरेका छन्।

पहिले फोरमले आगलागी गरेको भन्सार कार्यालयको सुरक्षार्थ खटिएका इन्स्पेक्टर धु्रव राउत अर्सइ, रामकुमार साहहरु त्यसदिन आफूहरुलाई कार्यालयहरुको विशेष सुरक्षा गर्न आदेश आएको बताउँछन्। एस.पी. खनाल र इन्स्पेक्टर राउत आफूहरुले त्यहाँ ठूलो दर्ुघटना हुनबाट जोगाएको दाबी गर्छन्। उनका अनुसार प्रहरीहरुले संयमता नअपनाएको भए त्यहाँ अझ बढी मानिसहरु मारिनसक्थे।

नरसंहारका अभियुक्तहरु
नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादव र उसलाई नजिकबाट सहयोग गर्ने अपराधिक गिरोहहरु बबन सिंह, ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कँुवर, गणेशमान यादवलगायतका रहेका छन्।

चन्द्रीका सिंह, अजय गुप्ता, बलरामसिंह कुँवर योजनाका मुख्य नाइकेहरु भएको माओवादीहरुले बताएका छन्।

अजय गुप्ता शाही सत्ताका मेयर हुन् भने बाबुलाल, गौरीशंकर भू.पू. मेयर र बलरामसिंह कुँवर भ्रष्ट भूतपर्ूव न्यायाधीस र शम्भू साह खंुखार मानव तस्कर भएको बताइन्छ। रौतहटको सिर्सिया, हजमनिया, गौर, भारतको सितामणी, ब्रम्हपुरी, मोतिहारी क्षेत्रहरु डं-८यिनीहरुको गढ मानिन्छ। रक्सीका भट्टीहरु चलाउने, गिरोहहरुलाई तालिम दिने, हातहतियार खरिद तथा सप्लाई गर्ने यिनीहरुको पेशानै भएको जनसमुदायहरु बताउँछन्। पञ्चायत कालमा खुंखार मण्डले, तस्कर जनयुद्धको शुरुवात पछि जनकारबाहीमा परी विस्तापित भएका र माओवादी प्रतिकार समिति समूहमा संलग्न हिजोआज मधेसी फोरम नामक आपराधिक गिरोहमा यी व्यक्तिहरु संलग्न रहँदै आएका छन्। यस गिरोहमा कतिपय दलका आपराधिक व्यक्तिहरु पनि संलग्न रहेको स्थानीय माओवादीहरु बताउँछन्।

निष्कर्षः
घटना सुनियोजित देखिन्छ। किनकि हत्याकाण्डमा एकतर्फी रुपमा मोर्चाका कार्यकर्ता मात्र मारिएका छन्। मोर्चा र फोरमबीच झडप वा भिडन्त भनी अहिलेसम्म आएका समाचारहरु घटनास्थलको अध्ययनपछि साँचो मान्न सकिएन। हत्यामा भारतीय गुण्डाहरुको समेत प्रयोग भएको छ। हत्या अत्यन्तै पाशविक, जंगली, बर्बर र निर्मम छ। महिलाको स्तन काटेर, बलात्कार गरेर, योनीमा लठ्ठी धुसाएर, ढंुगाले टाउकोमा हानेर, काटेर मन्दिरमा घुमाएर अति बर्बर ढंगले मारिएको छ। पेशेवर गुण्डा-हत्याराबाहेक राजनीतिक-विचारमा चल्नेहरुबाट यस्तो जघन्य अपराध हुनै सक्दैन। घटनाको स्थलगत अध्ययन र प्राप्त तथ्यहरुको आधारमा विश्लेषण गर्दा कार्यक्रमको विवादको निहुँ बनाएर यो घटना सुनियोजित देखिन्छ। फौजी तालिमप्राप्त व्यक्तिहरुबाट कहाँबाट फायर खोल्ने, मोर्चाका कार्यकर्तालाई कसरी घेरामा पार्ने भनेर पहिले नै योजना बनाएको देखिन्छ। शान्तिपर्ूण्ा आन्दोलनमा लागेको दावी गर्ने फोरमले हतियारधारी जत्थाको प्रयोग गरी मच्चाएको गौर नरसंहारले लोकतन्त्र मास्न र संविधानसभा हुन नदिन ठूलो षड्यन्त्र भइरहेको कुरा उजागर गरेको छ।

अध्ययन टोलीमा संलग्न पत्रकार तथा सम्बद्ध संस्था
राजेन्द्र महर्जन मूल्यांकन मासिक
चन्द्र खाकी ,, ,,
के.पी. ढुंगाना राजधानी दैनिक,
दीपक खनाल पहल साप्ताहिक
सागर श्रेष्ठ फोटो पत्रकार, आइ. एन. एस.
प्रवीण देवकोटा कालिका एफ.एम. चितवन
प्रकाश ज्ञवाली कायाकैरन, चितवन
रुपा महर्जन झिगु स्वनिगः
सुरेशचन्द्र अधिकारी चुरे सन्देश, चितवन
ओम शर्मा क्रान्तिकारी पत्रकार संघ नेपाल
चेतन कुँवर नवचेतना मासिक
खिलबहादुर भण्डारी संश्लेषण मासिक
निर्मल ज्ञवाली कृष्णसेन अनलाइन डटकम
दिनेश श्रेष्ठ प्रत्याक्रमण मासिक
रुपक महर्जन भिडियो पत्रकार

7 Comments

  1. गौरको यो नरसहारको सबैले भर्त्सना गर्नै पर्छ| यो सम्पुर्न नेपाली शान्ति प्रिय जनताको नाममा कलन्क हो|आजै बाट यस्तो दुर्घट्ना पुनह नदोहर्याउने प्रण गरौ|

  2. maobadi lay police lay help garena bhanda 2 barsa aagadi samma sayou police lai mareko yaad aaucha.aakhir police ko saran ma aaunu paryo hah?

  3. मावोबादी साथीहरुले हतीयार कन्टेनरमा लकअप गर्नु को यो नतिजा हो /

  4. You sow, you reap
    …..its just the imitation of wat Maobadi does in Past….Pray to god for the peace for the country and who lost the lives there…Pray to god for political stability in the country…damn …Politicians and followers..they are the culprit ones..not the innocent people….

  5. Namaste to everybody,
    What to say ? What to not say ?
    To whome shall I say ?
    Who can do they are busy in the weading party etc…..
    I hardely finish all artical .
    People are became this much Devil ????????????????????

    This kind of cruerlity can happens again .
    It was not first time and it will be not last time .
    It makes us dipres .
    We need hope .
    Government should shows us hope .

  6. यो सवै जनता लाइ भुलाउने काम हो| माओबादिले स्वर्गमा रहेका नारायण पोख्रेललाइ ल्याएर गौरि पुराण लगाएर पापको पश्चाताप गरे भै हाल्यो नि के को ताना बुना बुनेर जाल झेलको खेति गर्नु पर्यो |

  7. It is clear that the Indian insurgents were involved in the killing why is Girija keeping silent? Does that mean it is ok for the Indians to act like that within Nepal?

Comments are closed.