केटी काण्डले पारस र हिमानीबीच बोलचाल बन्द

-पर्शुराम काफ्ले/नयाँ पत्रिका-

तीन महिनादेखि गोकर्ण रबारमा बस्दै आएका युवराज पारस र युवराज्ञी हिमानीबीच्ा घरायसी झगडा उत्कर्ष पुगेको छ । दिनहुँ हुने खटपटले चरम रूप लिएपछि उनीहरूबीच बोलचाल नै बन्द भएको छ । सिनामंगल निवासी इच्छा पाण्डेसँग पारसको सम्बन्धका कारण परिवारमा झगडाको बिउ रोपिएको हो । पारस र इच्छाको सम्बन्ध तोड्न नसकेपछि हिमानी आफन्तको घरमा गएर हारगुहार गर्न थालेकी छन् ।

तीन छोरा-छोरीकी आमा हिमानी गत २३ गते बुधबार आफ्नी दिदीको घरमा गएकी थिइन् । मुनड्रप्स ओभरसिजका सञ्चालक प्रसिद्धसम्सेरकी श्रीमती हिमानीकी सहोदर दिदी हुन् । समाचार स्रोतका अनुसार हिमानीले दिदीसित भनेकी थिइन्, ‘अब त अति भो, म ऊसँग बस्न सक्दिन । आइ बिकेम फेल्योर इन अल एटेम्प्ट ।’

पारस र इच्छाको सम्बन्ध नौलो होइन, पारसको बिहे हुनुभन्दा एक वर्षघि बबरमहलको रिभिजिटेड होटल छेउमा उनीहरूको पहिलो भेट भएको थियो । मदिरा सेवनकै क्रममा भेट भएको जानकारहरू बताउ“छन् । दुइ विवाह गरिसकेकी इच्छाका दुवै श्रीमान्को मृत्यु भइसकेको छ ।

पहिलो भेटदेखि लोभिएका पारसले उनका लागि सिनामंगलमा एक घर किनेर राखेका थिए । प्रेम प्रस्ताव पारस आफैंले राखेका थिए । समाचार स्रोतका अनुसार उनी पारसलाई ‘तँ’ भन्थिन् ।

इच्छाका बाबु एनडी जोशी लैनचौरमा फर्निचर व्यवसाय गर्छन् । इच्छाको पहिलो बिहे थापाथली निवासी पाण्डे थरका युवकसँग भएको थियो । लागूऔषध दुर्व्यसनका कारण उनका दुवै श्रीमान्को मृत्यु भएको हो । उनले अहिलेसम्म पनि पहिलो पतिकै थर लेख्ने गरेकी छन् ।

कालिकास्थानकी हिमानीसित विवाह भएपछि पनि पारस र इच्छाबीच भेटघाट निरन्तर थियो । जानकारहरूका अनुसार इच्छाले पारसलाई लक्षित गर्दै भन्ने गर्थिन्, ‘तँकेको शाहज्यादा – राजा हुनेखालको मान्छे होस् ।’

ज्योतिष विद्या जानेको दाबी गर्ने उनी भन्ने गर्थिन्, ‘तँ त युवराज हुनुपर्ने, अझ राजै हुनुपर्ने, म तँलाई शाहज्यादा भन्दिन ।’
१८ असोज २०५९ पछि इच्छा र पारसको भेट ठप्पै भएको थियो । दरबार सक्रिय राजनीतिमा आएपछि अब केके हुने भन्ने डरले इच्छा पारससँग टाढिएकी थिइन् । ‘इच्छा सजग भएकी रहिछिन्, पारससित धेरै समयसम्म सर्म्पर्क भएन’ समाचार स्रोत भन्छ, ‘त्यसपछि पारसले काठमाडौंभर इच्छालाई खोजे, फेला पार्न सकेनन् ।’ इच्छासित पारसको सम्बन्धबारे हिमानीले वैशाख २०६१ मा मात्र थाहा पाएकी थिइन् । वैशाखको पहिलो सातातिर हिमानी र छोरा-छोरीसहित पुतलीसडकतिरबाट कमलादीतिर गइरहेका बेला पारसले बागबजार छेउमा बाटो काट्दै गरेकी इच्छालाई देखेका थिए । ‘पारसले गाडीको सिसा खोलेर एइ…. भनेर कराए’ समाचार स्रोत भन्छ, ‘तर इच्छाले वास्ता नगरी बाटो काटिन् । पारस हेरेकोहेर्‍यै भए ।’

त्यस दिन हिमानीले ती युवतीबारे पारससित धेरै सोधखोज गरेकी थिइन् । स्रोतका अनुसार इच्छाकै विषयमा उनीहरूबीच झगडा भएको थियो । १५ असोज २०६१ मा नयाँ बानेश्वरको एभरेस्ट होटलभित्रको ग्यालेक्सी डिस्कोमा पारस र इच्छाको भेट भएको थियो ।

गोरखसम्सेर र प्रगुनसम्सेरसहित डिस्को गएका पारसले इच्छालाई भेटेपछि असामान्य व्यवहार गरेका थिए । इच्छासँग अंकमाल गर्दै पारस नाच्न थालेपछि गोरखसम्सेरले निर्मल निवासमा हिमानीलाई फोन गरी जानकारी गराएका थिए ।
खबर सुनेर हिमानी ग्यालेक्सी डिस्कोमा आएपछि पारस ‘टेम्पर’मा आएका थिए, उनले हवाई फायर गरेर होटल परिसरलाई आतंकित बनाएका थिए ।

श्रीमतीले असामान्य अवस्थामा फेला पारेपछि आफंै रिसाएका पारस ठमेल पुगेर आतंक मच्चाउँदै पोखरा पुगेका थिए । पोखरा पृथ्वीचोकमा गाडी रोक्न खोज्ने ट्राफिक प्रहरीलाई उनले झन्डै ‘सुट’ गरेका थिए । पछि फेवातालमा पारस चढेको डुँगा दुघटनामा पर्दा उनी बालबाल बचेका थिए । त्यसपछि पनि हिमानीलाई छलेर उनले इच्छासित भेट गर्दै आएका छन् । इच्छाले सिनामंगलको घर बेचेर अहिले निर्मलनिवास नजिकै बस्न थालेकी छन् ।

सुन्दर मुहारकी धनी इच्छा अत्यधिक लागूऔषध सेवन गर्छिन्, यही कारणले पनि पारस र उनको सम्बन्ध अकाट्य बन्दै गएको समाचार स्रोत बताउँछ ।

पारसलाई इच्छाको प्रेमबन्धनबाट मुक्त गराउन हिमानीले हरेक प्रयास गरिसकेकी छन् । हिमानीकै दबाबमा पारस परिवार तीन महिनादेखि गोकर्ण बस्दै आएको थियो । तैपनि पतिको बानी नसुध्रिएपछि उनी हारगुहार गर्दै आफन्तकहाँ धाउन थालेकी हुन् ।

36 Comments

  1. hello
    I am birahi. tapailo news padera romance anubhav bhaeiraheko 6. nepalma tapai jasto tesro darjako (c grade) patrakarko khacho chha
    ramry

  2. This news doesn’t astonish me at all. As we all know the real character of Paras. He doesnt have any quality to be a crown prince or king but a druggist. Therefore, he has his own type of druggist. Paras is a creep but still he is scott-free in Nepal. About Himani, she is the greatest failure in the world coz she she knows the charades of Paras but still strayed with him. This is a story of tit for tat. Now its time of people. We people should select our ruler to reign the country and eliminate the creepy kingship of Nepal.

    By Pandey, Chandra Lal, a student from Korea
    Pande

  3. dhannyabad my sansar lai
    dhery din dekhiko kautuhal thiyo, Himani kasari khusi holin Paras jasto murkha pati sanga bhanne lageko thiyo aaja bata kautuhal mettiyo,
    Nirmala
    London

  4. Nepal ko Head of the state ko ho??????????????

    Umesh ji,
    RAJ ji le bhane jastai yo Gorkhapatra ko site ma bhako Head of the state ma kehi lekhem ki.

    sanchar sansta ma pani tyasto???

    huna ta Girjo pani arko maharaj nai ho taipani uniharu usto bhayo bhandai ma Gorkhapatra ko attro himmat???

    Sansad ko ghosana ra antriem sambidhan ko news ta lekhyo hola kyare Gorkheharule.

    who is the Head of the state of Nepal?????????????

    ananda

  5. पर्शुरामजी, तपाईंको लीला अपरम्पार रहेछ । नयाँ पत्रिकाका प्रथम पृष्ठका स्तम्भकारका रुपमा दर्ुइ महिनायता पाइरहेको छु । कहिले जनआस्था, कहिले प्रोफाइल त कहिले लोकतान्त्रिक विमर्श अनि कहिले तरुण साप्ताहिकका समाचारलाई दुइचारलाइन थपेर तपर्ँइंले कमाल गरिरहनुभएको छ । सुनिन्छ, दुइ तह पत्रिकाबाट बढुवा पनि खानुभयो । बधाई छ यो समाचार एक हप्ताअघि मैले तरुण साप्ताहिकमा पढेजस्तोलाग्छ । कि कसो ?
    सुनयना, अनामनगर

  6. yo kunai thulo kura hoina, teso ta Birendrako pani ta Phasikeba ko sofiyasanga premlap thiyo ni ! yo ta durbarko chalan nai honi !

  7. ParsuRam ji,

    You are real novel writer. How do you know the conversation between Paras and Himani. It is hard for me to believe.

  8. यसै “घरकी मुर्गी दाल बराबर” भन्छन त्यसमाथी लफंगा पारसेको।
    कुन त माई भांग खाई।

  9. Shame on so called Crown Prince Paras .Himani you have really taken a wonderful move , gone are those days allowing him to do whatever he wants ,donot let yourself mum . we are all with u.

  10. के गर्छौ हिमानी, यस्तै छ तिम्रो पारस। तिम्रो खबरले राजकुमारी डायनाको सम्झना गरायो। राजपरिवारमा अलि अलि जनताको टीठ पाउने तिमी नै त हौ। मरिगए पनि राजा हुन दिंदैनन् जनताले उसलाई, अनि केही गरी भै हाले पनि त के गर्ने, उही बाँदरको हातमा नरिवल। अब, नरिवल भनेको एक त राजपाट हो अर्को तिमी पनि त हौ। भन्नलाई युवराज्ञी रे, तर चैन छ त मनमा? न त स्वास्नीको इज्जत गर्ने लोग्ने छ, न त ज्यान कै ठेगान। अब तोरी रोपे पछि कहाँबाट अदुवा फल्छ त? तोरीको फूल त देख्नै पर्‍यो नि, तोरी रोपे पछि। दिपेन्द्रलाई “एक किसिमको कालो पदार्थ” खुवाउने र आफैं पनि सेवन गर्नेलाई कहाँ भेटिन्छन् त इच्छा जी भन्दा गतिला?
    हुन त आफु सानो मान्छे, तर सल्लाह गतिलो दिन्छु तिमीलाई-अलि बानी बेहोरा गतिलो भएको मान्छे Matrimony मा खोज्दै गरे नि हुन्छ वा यसो दिदी भिनाज्यूलाई भने पनि हुन्छ।
    हाछ् युँ गर्नु भन्दा बढी पेस्तोल चलाउँछन्, सल्लाहमाथि बेलैमा विचार गर। अनि अर्को कुरा अर्को केटी खोज्दै जानेलाई खोज्नुको के अर्थ? उसले तिम्रो अपमान गर्छ भने तिमीले मात्रै किन हो सहेर बस्ने? अपमानको भाषा बुझ्नेलाई उस्कै भाषामा जवाफ फर्काउ, अनि मात्र कुरो बुझ्छ हीरोले।

  11. newsstory is soooo spicy but how authentic is it? Paras jasto manchhe le yo samachar bahira auna diyo hola ta? usko tyo keti matra nabhayera rakhail haru kati hola kati ?

  12. I would suggest Himani to follow Princess Diana and come out to the media if this is true. But, we must be careful of sensationalisation of such matters – not only Parash and Himani private lives are involved but also those of the three little kids. Kids will find it free difficult to absorb and if this happens just to be a masala news, it would be ugly.

  13. Roaming around a ladies by Paras Shah and his relatives is regular thing. Nothing to be surprised He is blind.

  14. kya interesting paara le jibant rup ma lekheko!!:D
    aru pani sunu na yestau story haru. Malai kahani sunna khub man parcha…

  15. Tyastai Ho Lagu Aushadhi line, jadyaha ko wife bhaye pachhi dukha ta hunchha. Kasle Paras lai Raja banaune? Aba tyo din gai sake. Aba kohi Nepali ko chhora Rastrapati hunuparchha.

    Dhaneshwar Mishra
    South Korea

  16. ho ho maila pani tyo samachar TARUN WEEkly ma padhako ho. NAYAPATRIKA la saracha samachar.

  17. ******************
    वैशाखको पहिलो सातातिर हिमानी र छोरा-छोरीसहित पुतलीसडकतिरबाट कमलादीतिर गइरहेका बेला पारसले बागबजार छेउमा बाटो काट्दै गरेकी इच्छालाई देखेका थिए । ‘पारसले गाडीको सिसा खोलेर एइ…. भनेर कराए’ समाचार स्रोत भन्छ, ‘तर इच्छाले वास्ता नगरी बाटो काटिन् । पारस हेरेकोहेर्‍यै भए ।’
    ******************
    The above lines are little distracting, otherwise enjoy the masaledar news!

  18. I feel pity on Himani. How is she spending her life with such a dirty guy? The category of paras is equal to ikshya.its not a fault of ikshya too when a prince of country himself bow down before such a girl…
    I want to suggest Himani that happiness is everything . if u r not satisfied urself, its more difficult for u to make others happy . Don’t care of this world,leave this guy! your children are always your property.

    SMRITI,BELGIUM

  19. लौ पोखरेल हैन है काफले पो हुन् त उनी हैन । सरी है थर गलत भएछ । ब्लगर जी सच्र्यादिनु पर्यो थर ।

  20. पारस र हिमानीको विषयमा यही समाचार केही दिन अगाडि प्रकाशित तरुण साप्ताहिकमा प्रकाशित भएको थियो । मेरो संसारले नयां पत्रिका भनेर लेखेका रहेछन् ।
    नयां पत्रिकामा प्रकाशित समाचार र तरुण दलको समाचार जस्ताको तस्तै छ । त्यहा पर्शुराम पोखरेलको नाम थिएन मात्र । त्यही पत्रिकाले सो समाचारको विषयमा दरवारको खण्डन समेत प्रकाशित गरेको थियो ।
    त्यसैले म अलमलमा परे । यो नयाँ पत्रिका पनि कान नसुन्नेको नाम कर्णबहादुर भने झै नाम चै नयाँ पत्रिका समाचार चै पुरानो प्रकाशित गर्ने हो कि के हो

  21. malai paras ko kura pasand lagen kin ki pahile dekhi nai khrab bhyeko manchhe ati chito thik hun sakdai na kya tyasale junsukai sathi dekhi liyer hamra sampurn nepali haru yo kura thik ho bhner bhndain kya.

  22. Good to all…….
    Raja, Yuwaraj haru yastai hun….
    kin chinta….????
    Hos ajha k k hunu ho….

    Good news…

  23. We all knew Parase is Gyanendra’s kuputra, a big criminal, drugist and a completely useless animal and no good things were expected out of this monger. The he lives he trouble for somebody. Now proved himself as mean husband as well. I don’t thing anybody has future with this monster devil. Himani is wasting her life with this criminal who does not understand decency, loyalty, responsibility of son, husband and a father. Himani you are still young and beutiful. There are law for divorce these days. Spending any more time may be risky for himani and the children.

    I can see some character similarity between Ichha and Parase. Parase might have either drug overdosed and just killed Ichha’s two husband. Possibly she also wanted that to happened. Himani should walk out of this murderer’s way. Possibly Ichha’s some of conversation may have encouraged Paras to murder Birendra’s family.

    If there are any honest police in Nepal, if they capture this Ichha bitch, she might expose his criminal activities. Actually Himani can do that to. She will get some respect from Nepalis, if Himani exposes Parase. That may help her to atleast to secure some future for her children in Nepal. If she stays with Parase, when may get killed by stone throw from people of Nepal ( because they hate him so much) Himani will have to sacrify unnessesary for this magalomaniac. Marying to such a mean was mistake, but saving her life and future still becomes a duty for herself.

  24. Huaaaaaaaaa……..its rediculas. I feel sorry for Hemani, she is a beautiful women (i don’t say her princess) she is an ordinary Nepalese citizen since Gyane’s super power has been looted.

    I wish her good luck to convience Parash but i don’t think this is easy as we think, unless Ichha Pande disappears for a good. Otherwie, i suggest Hemani to kick off Parash and find a decent Nepalese…that would be better than to see royal regime collasp and Gyane end up in the jail including Parash.

  25. Umeshji, arko ko ghar ko kura garnu hundaina. Malai tyo parase gunda ko ta kura hoina, tara Ikchhya ko barema yasto lekhna ali suhayena. Yo hear-say ka kura ma kunai pani keti ko ijjat jane khalka kura lekhna suhayena.

    Parase lai po gali garne, ko ko keti ko bare ma je payo tyahi bhannu thik ho ra?

  26. Kya life chha darbarko.

    Lau Dhanya bad,Ma pani kasto manchhe yasta kura garya dherai chakh lara padhna man lagya kasto feri.

    la la keep it up.
    Audaha! K.S.aA.

  27. chhi chhi yesto manchheharu ko news internetma herda herda wakka lagyo.ichhya ko 2 wota sriman mare jastai aab paras pani dherai bachdaina .kaal le dorayera tyeta gayeko holani .ki kaso ho sathi haru?

  28. Ye, Kura tyasto po rahe6. maile ta ke ke na bhayo hola bhaneko ta.

    asto ta thula bada gharana ma bhairakhne ghatna ho, kina highlight garnu paryo. jhan darbar ko ta yo parampara nai ho ta.

    maile ta pahile nai nepal ko sabai bhanda pidit mahila Himani ho bhaneko bhanekai 6u tara janta mandainan ta ma ke bhanu?

    dhanna barseni janmaunu banda bho kyare.

    sorry hami kehi garna sakdainau, aba parase lai kehi tala mathi bhaihale feri bidhuwa hune pani Himani nai ho, its all bhagwan varosa.

Comments are closed.