त्रिशुल बाबाले चलाएको महाभूकम्पको हल्ला

-दीपक खरेल/काठमाडौँ-

कवि भूपि सेरचनकै शब्द सापटी लिएर भन्नुपर्दा यो हल्लै हल्लाको देश हो। यहाँ जे हुन्छ हल्ला हुन्छ, दुई चार दिन खैलाबैला हुन्छ , दैलादैलामा चर्चा हुन्छ। अहिले पनि देशभर एउटा हल्ला चलेको छ। कसैले कान लग्यो भनेर भन्दा कान छाम्नु छैन, कौवाको पछाडि दौडिने चलन नेपालीहरुको पुरानो बानी हो। अहिले चलेको महाभूकम्पको हल्ला पनि कौवाले कान लगेको भन्दा केही फरक भने होइन।

सिन्धुलीको घरखेत कमलानदीको कटानमा परेपछि काठमाडौं छिरेका विश्वसर चौधरीले चलाएको हल्ला हो यो महाभूकम्प। विश्वसर चौधरी पाँच छारोछोरीको पेट पाल्न नसकेपछि जोगी भए। अनि न्वारन गरे आफैले आफ्नो त्रिशुल बाबाका रुपमा। अनि चार वर्षदेखि आफूमा दैवी शक्ति आएको बताउँदै त्रिशुल बाबाले गौशालामा डेरा जमाए। अहिले पम्पलेट र वेबसाइटमार्फत् महाभूकम्पको हल्ला फैलाइएको छ। ‘क’ भनेको कालो भैँसी भएका त्रिशुल बाबाले प्रचारका लागि भने लेटेस्ट टेक्नोलोजीको सहारा लिएका छन्। अनि कुरा गर्छन् आफु ईश्वर भएको, यो गजब होइन त ?

त्रिशुलबाबाको यो भविष्यवाणी कति सत्य छ त्यसको सत्यता त समयले स्पष्ट गर्ला तर ज्योतिष विज्ञानले भने त्यस्तो कुनै संयोग देख्दैन। अस्ति भर्खर बसेको ज्योतिषहरुको बैठकले यो हल्लाको खण्डन पनि गरिसकेका छन्। अनि भूगर्भविद्का मगजले पनि त्यस्तो कुनै सम्भावना देख्दैनन्।

व्यक्ति-व्यक्तिमा हल्ला छ। खैलाबैला छ। तर गृह प्रशासन भने कानमा तेल हालेर बसेको छ। के यस्ता हल्लाको खेतिलाई निरुत्साहित पार्ने काम गृह प्रशासनको होइन र ? एउटा वेबसाइटले बिना कुनै आधार हल्ला र आतंकको खेती गरिरहँदा पनि त्यसलाई रोक्न कुनै कदम चालिएको छैन।

फेरि एक पटक भूपि सेरचनको शब्दमा भन्नुपर्दा नेपाल हल्लै हल्लाको देश त हो। तर यहाँ यस्ता हल्लाहरुले हल्लिरहेका मानव मनमष्तिष्कहरुलाई सरकारले चाहिँ किन र कहिलेसम्म नसुन्ने ? नसुनेको बहानाबाजी गर्ने ? कस्तो उदेक लाग्दो छ सरकारी रवैया !

जीवन मुक्ति खोज्न होस् वा परमात्मा प्राप्तिको तृष्णामा होस् वा जीवनका चुनौतिहरुसँग पौँठेजोरी खेल्न नसकेरै किन नहोस्, जोगी महात्मा बनेकाहरुका यस्ता हल्लाहरुलाई सरकारले सुन्या नसुन्यै गर्न मिल्ला र ?

निश्यच नै जोगी, महात्माहरुका आफ्नै अनूभूति, ठम्याइ र निष्कर्षहरु हुन्छन्। मानवीय स्वतन्त्रका निर्वाध उपभोक्ता उनीहरु पनि हुन् नै। तर एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि अब किन यस्ता हल्लाहरुलाई सुनिरहन मात्रै बाध्य छन् नेपाली जनता ?

मानवीय संवेदना भन्दा टाढाको तर मानव संहारको अदृश्य खतरा भूकम्प प्राकृतिक संकटको पीडा त हुँदै हो तथापि त्यो भन्दा बढी पीडा यस्ता हल्लाहरु हुन्। त्यसैले त नबोल्ने भगवान पशुपतिनाथ त नबोल्लान् तर जनताको प्रतिनिधि सरकारले भने यस्ता हल्लाहरुलाई ‘र्‍यूमर’ बन्न नदिनेतर्फ बोलिदिए के बिग्रन्छ ? हैन त ?

जानुअघि उही भूपि शेरचनको यो कविता विशेषतः त्रिशुल बाबा र उनको हल्लाबाट आतंकित हुनेहरु प्रति डेडिकेट गर्दै-

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ

यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।

21 Comments

  1. these are nothin but pyschic talks..
    earthquake no doubt can happen any time but no can predict it…
    this jogi is nothing but just a indian shit may be..and somethin shuld be done against him like arresting him..
    and otha thing what is wrong with the nepali website domain registration how can a person register sucha false website ,,,

  2. khai k bhanne tyo baba lai u jhap bhako bela guf diu bhanera soche ko ho nepal ma neta haru le hawa tir hane jastai usle pani hanyo ni lage ta naam ra dam dubai kamai ne nalage ta naam teti kai pani kamaune ki kaso.

  3. Sunil pudasaini
    21Byron Road
    Harrow Middx
    London
    HA1 1JR

    hi
    what a hell is that in the 21st century. Many scientist are investing different things daily but he is struguling the rubbish things.If it is true obviously scientist will you. He is giving challenge to SCIENCE and SCIENTIST.This is totally rubbish.

  4. He is a crazy. All he has said is disgusting itself. There is no such a technology to know about earth quick in advance. How the hell a stupid JOGI knows it.
    My understanding is; he wants his fake message to become more famous than the global warming one. As we know, he’s got absolutely nothing except this kind of rumor.

    I would like to request with GOV of Nepal and HOME MINISTRY to arrest him ASAP.

  5. Preeti ==> Unicode Converter
    बिना तेजका स्ूर्यहरुको के अर्थ यो संसारमा बिना स्ुरको संगितको के अर्थ र जब मिहेनतले पेट पाल्न गाह्रो लाग्छ तब गेरु धारण गरेका जोगीको के अर्थ अध्यात्मिकता नबोकेको पश्ुपतिको के अर्थ अनी क्ुनै दर्शन नबोकेको जोगीको के अर्थ, अलख निरञ्जनको राग मात्र अलाप्न जान्नेकै कारणले मात्र द्ुर्नाम भएको जोगीको, साध्ु सन्तको महिमा यहाFं त्यसैले नेतामा भिजन न नभएको र दर्शन नबोकेको साध्ुका पछि लाग्नाले उल्टो हिडेको यो देश नयाFं नेपालको परिकल्पना, परिकल्पनामै सिमीत ह्ुने देख्े पनि हामफालेर पछि लाग्ने हामीलार्ई पनि धन्य छ, त्यसैले सबै नागरिकहरु सजग ह्ुन आवक्ष्यक छ । नेपाललाई न थाइल्याण्ड बनाऔं न त फिलीपिन्स । सबैले कम्मर कसेर लागौं नेपाललाई नेपाल नै बनाऔं तर विकसित, सभ्य, आध्ुनिक एउटा म्ुल्ुकको पहिचान दिऔं न त्रिश्ुल बाबाले मन्त्र जपेकै भरमा ह्ुन्छ यो न मिहेनतको द्ुखले जोगी भएका चौधरीको भविष्यवाणीले देश अघि बढ््छ । देशलाई सम्ुन्नत बनाउन यस्ता ढोंगीको पछि नलागौ र लाग्न नदिऔं । अनी यस्तालार्ई सकेसम्म टाडा राख्ाौं । हरिहर योगी, दैलेख

  6. Thanks for awaring about this kind of fake Massage. No any government any related organization are not very Keen on awaring these kind of fake message but I really appreciated who published this message thank you.

    santosh K.C
    Kavre

  7. THANKS UMESH DAI HAMI LAI TA TENS DIYO NI YO JOGI LE >FATAHA JOGI MANCHHE LAI ULLU BANAUNE RAHECHHA >>

  8. LAU AAYO FERI ARKO DHOGI-JOGI
    =============================
    Yo Fataha lai sisnopani nalai chhodnu hunna. tyasai ta rudhi-badi ko jamat chha Nepalma. tyai-vara po rahechha mero sathile aba bishwo uthalputhal hunchha vanchha. Maile ta bahulaiees ki kya ho vaneko. Ye yasto fataha le vaneko rahechha ani kaha!!!!

    Tyasko miti perkhera ani charpata modi sisnu pani lagaudai thankot katauna parchha, bajiya dhogi lai, nanathariko wahiyat kuro garera sidha, sadha lai tarsaudo rahechha.

    Nakul
    Audaha (K.S.A.)

  9. aba hallai hallael bhayheko ho ki yo hoina bhanne ta thaha bhai halchha ni 8 gate nai
    yedi halla nai ho rahechha bhane ta baki pakkai rakhdainaann hola usalai pani

  10. This is very disgusting halla. Jogi lai pakkai pani kalo padartha khayera yesto halla gareko hola. Tara web site tayar parne ra host garne chain kasto ni. This is .com.np domain. I think the action must be taken against this type of website and must cancel or block such website. Total useless….wahiyat….

  11. He is a fraud! Maile aja bhanda 11 months agaadi, tesalai najik bata 3 hours watch garera baseko chu…tyaha ko scene herera malai lagyo some group is doing a business and looting people at Gausala. Tyaha aaune birami haru ma, 4-5 jana usaika manche haru hunchan ani daily testai nataak garchan….jun dekhera aru aru lai biswas palaucha ki bhanera. Totally Fraud!

  12. गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै असारमा भूकम्प आउँदैछ भनी देशभरि फैलिएको हल्लाको पछाडि वैज्ञानिक वा अन्य कुनै आधार नभएको जनाएको छ ।
    हालसम्म विश्वमा भूकम्पको भविष्यवाणी गर्ने कुनै भरपर्दो प्रविधिको विकास पनि भई नसकेको तथ्य पनि विज्ञप्तिमा उल्लेख छ ।

    पर्ूवमा बर्मादेखि पश्चिममा अफगानिस्तानसम्मको करिब २५०० कि.मि. लामो हिमालयक्षेत्र सबै नै भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ भन्दै विज्ञप्तिमा नेपाल पनि उक्त हिमाली क्षेत्रमा पर्ने भएकोले यस क्षेत्रमा बेलाबेलामा भूकम्प जाने गरेको हुँदा सचेत नागरिकको हैसियतले सबैले सधैँ भूकम्पसम्बन्धी बचाउका उपायबारे जानकारी राख्नु र यसप्रति सचेत हुनु जरुरी भएको जनाइएको छ । रासस

  13. These kinds of ‘halla’ are now normal in nepal.
    just don’t care about it!
    If jyotish bigyan and geologist both refuse this news, this halla is not true. But publishing these things in a such a way by a jogi is really disgusting!
    Must do something against him!
    SMRITI,BELGIUM

  14. he must be kept in police custody until the date & if it came a lie, must be thrown in jail for creating public panic

  15. As being geotechnical engineering student, I confidently can say that earthquake prediction is still under matter of research. No one can predict earthquake before so long time. So, discussion on this topic is wasting of time. Lets start our own business…

  16. यो हल्लै हल्लाको जमातमा
    यो प्वालै प्वाल परेको मेरो कबितामा
    म पनि एउटा हल्ला भएर जिउने प्रयास गर्दै छु
    म यो बिग्रियको देशको थोत्रिएको सरकार हुँ।

    म हल्लाको पछि लागे
    म हरेक हल्लाको जवाफ खोज्न थाले
    म नै हल्ला बनेर हराउने डर छ मलाई
    हल्लाको चिरफार नै नगरि छोडे –
    आन्दोलन बनेर आउँछ कि भन्ने डर छ मलाई
    कुन हल्लाको कती छ मोल भनेर थाहा पाउने कसरि?
    थाहा पाउने को हो भनेर जान्ने कसरि?

    के भूपिले बर्षौं पहिले नै जनेका थिए मेरो यो हाल ?
    किन आज ईतिहासले बनाउँदै छ मलाई बेहाल?

    नालापानि र कुमाउका किल्लाको कथा हाल्ने मेरो देश
    आज किन फगत हल्लाहरूसँग पनि आफै लड्न तयार देखिन्न
    शान्तीको बीज रोप्ने सिध्दार्थ जस्ता सन्तान उमार्ने मेरो माटो
    YCL जस्ता उग्रको मात्र घर बन्छ
    के मेरो ईतिहासको गौरव भूपिको कबिता सँगै मेटिएको हो?


    हल्लै हल्लामा आजित
    बिग्रियको देशको थोत्रिएको सरकार

  17. Dear sir,
    Thank you for your comment on this rumor. Whatever it may be, either it will become true or false there is no any person having right to spread such a rumor without any scientific reason. So what is my opinion is that person should be immidietely arrested.

  18. who is that hell jogi? waiyat waiyat kura haru garne rahecha,,,earth nai collapsed huncha re,,,bakwas,,,asto halla ta may b 3 yrs pahile ni bhako thiyo ma nepal ma hunda,,mero sathi ko bahini ko school nai banda bhako thiyo earthquake auncha bhanera,,,tara khai,,all those are shit,,no logic,,

  19. yo jogi fataha ho 6ora 6ori lai palna nasakera jogi baneko rahe6 gaja khayera barbarayeko hora sisnu pani lagaye pachhi hos ma aau6

Comments are closed.