-कृष्ण ढुंगाना-
कांग्रेस प्रजातान्त्रिकका नेता मनमोहन भट्टराईले कांग्रेसका सुप्रिम लिडर गणेशमान सिंहका बारेमा बताइरहँदा ध्यानबाट भर्खर जागेकाहरु हातले मुख छोपेर सुनिरहेका थिए। भाषण गर्न बानी परेका नेता न परे। दश दिने ध्यान शिविर सकेर बैरमुखी भएका विपश्वीहरु एसएन गोयन्का गुरुजीको स्प्रिच्युल डिस्कोर्स होइन राजनीतिक प्रवचन सुन्दै थिए। दश दिनदेखि थुनिएका मुखहरु खुलेको मै माहोल एक्साइटेड थियो। हामी थियौं नेपाल विपश्यना सेन्टर, मुहानपोखरी बुढानिलकण्ठमा। नेताका अघिपछि कार्यकर्ता होइन ध्यान गर्न गएका लेक्चरर, उद्योगी, आर्मीका रिटायर्ड अफिसर, पत्रकार र विद्यार्थी थिए।
‘एक दिन वीपीले गणेशमानको अंग्रेजी चेक गर्न भन्नुभयो’ तिलचाम्ले भइसकेका फ्रेन्चकट दारी मुसार्दै नेता बोले, ‘टिचर हुन पाएको मैले पनि गाह्रा गाह्रा शब्द छानी छानी सोधेँ’ धम्महल अगाडिको सिँढी छेउबाट शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलतर्फ आँखा तन्काउँदै उनी धाराप्रवाह बोलिरहेका थिए, ‘तर, मैले हारेँ, उहाँलाई त डिक्सनरीका सबै शब्द कण्ठस्थ पो रहेछन्।’
खेती नै राजनीति भएका गणेशमानले कसरी पढेछन् त ? एमए अर्थशास्त्रका विद्यार्थी हृदयेश शाहको प्रश्न भुइँमा खस्न नपाउँदै उत्तर आइहाल्यो, ‘उहाँ ट्वाइलेट जाँदा दुई घण्टाभन्दा बढी लगाउनुहुन्थ्यो, त्यो समयमा जहिले पनि पढ्ने।’
पञ्चायतले गणेशमानलाई बन्दी बनाएसँगै विभिन्न रोगहरुले पनि उहाँलाई बन्दी बनाएछन्। उहाँले चाहिँ अक्सफोर्ड डिक्सनरीलाई नै बन्दी बनाइदिनु भएछ। ‘विश्व इतिहासको टु एम्बीका आठवटै भल्युम, मार्क्सको दास क्यापिटल मैले जेल पर्दा नै पढेको, बाहिर निस्केपछि कहाँ फुर्सद पाउनु !’ नेता महोदय आफ्नै नोस्टालजिया पोख्न थाले। ‘खुबै पढिन्थ्यौ, हिजोआज त्यही ज्ञानलाई अपडेटको पोलिस लाएर सार्प एक्सप्रेशन दिने हो’- अर्का थिङ्कट्याङ्क प्रदीप गिरीले पनि त्यसै गर्ने गरेको उनले खुलासा गरे।
अब हामीले चाहिँ कसरी पढ्ने त ? मैले आफ्नो उपस्थिति जनाएँ। ‘विपश्यनाको अधिष्ठान (एउटै आसनमा हलचल नगरी आँखा नखोली, हातखुट्टा नचलाई बस्ने काम) गर्नाले घण्टौँसम्म पढाइमा केन्द्रित हुन सकिन्छ’, त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा डिग्री दोस्रो वर्षका विद्यार्थी सञ्जयले आफ्नो मत फ्लोरमा राखे। हुन पनि अधिष्ठान विपश्यनाको सबैभन्दा महत्वपूर्ण र एक्साइटेड अवस्था हो। दशौँ दिनमा मलाई यस्तो लाग्यो-अधिष्ठान बस्नेहरु जतिसुकै कठिन स्थितिमा पनि शान्त र खुशी रहन सक्छन्। विजयी अनुभव गर्न सक्छन्।
साँच्चै नै अधिष्ठानको अर्थ ‘स्ट्रोङ डिटरमिनेशन’ हो। त्यो एकाग्रता पढाइमा रुपान्तरण गर्दा त्यसले विद्यार्थीलाई नचिताएको फाइदा हुनेरहेछ। म विद्यार्थी पनि हुँ। तर मैले गणेशमानको जस्तो अक्स्फोर्ड लर्नर होइन, जे कृष्णमूर्तिको द फस्ट एण्ड लास्ट फ्रिडम पढिरहेको छु, अहिले। पढ्नै मात्र होइन विश्लेषण, चिन्तन, सोच र जीवनको क्षितिजलाई नै विपश्यनाले समस्त रुपमा परिवर्तन गराइदिएको छ। उमेशसँगै बुक एक्जिबिसन गएर किनेको पारिजातको शिरिषको फूल, जसलाई मैले यसअघि नै ३ पटक पढिसकेको थिएँ, लाई अहिले यसरी बुझेँ त्यो शब्दमा व्यक्त हुन सक्दैन। यति भन्छु, एउटा ‘निहिलिष्टक फिक्सन’ प्रतिको मेरो अनुभूति सपार्ट फेरिएको छ।
तपाइँ जीवनलाई रंगीन र खुशी राख्न हायत होटलको रक्स बार धाउनुहुन्छ ? रात्री जीवनको मस्ती मार्न एभरेष्टको ग्यालेक्सी डिस्को छिर्नुहुन्छ अथवा दोहोरी र डान्स बारमा टिल्ल भएपछि आधा रातमा हल्लिँदै ठमेल वा ‘किङ्ग्स वे’को प्लाटुनियम पुग्नुहुन्छ ? लाजिम्पाटको रोयल हानाको उफरोमा डुबेर जीवनको चरम आनन्द भोगेको ठान्नुहुन्छ वा ठमेलको हिमालयन जाभाको सोफामा पल्टिएर ‘ब्लडी मोक्का’ तान्दै डेरिडा, मार्क्स, रुस्दी, अरन्धुती रोय, गीता देर्साई, जेके रोलिंग र हाम्रै टिल अर्थकी मञ्जुश्री थापा बारे बुद्धिविलासको दैनिकी गुजार्नुहुन्छ ? पैसामा मस्ती साट्न खोलिएका यस्ता जक्सनहरुले हामीलाई व्यस्त जीवनबाट एकैछिन् फुर्सदिलो हुँदा कथित खुशी र शान्तिको एक चोक्टा दिइरहेका छन्। रातभरिको खुशीको झोँक्का बिहान भइसक्दा उत्रिएर टाउको दुखाइमा परिणत हुन्छ। अब के गर्ने ? सुनौँ कुनै बेलाका अल्कोहलिक थिंकर एवं प्रजातान्त्रिक कांग्रेसका उनै नेता भट्टराईलाई।
‘रक्सीमा आनन्द खोज्नु जति नै मूर्खता पुस्तकमा जीवन खोज्नु पनि हो । रक्सी पिउनुभन्दा बुक पढ्नु राम्रो। त्यसबाट किताबी ज्ञान प्राप्त हुन्छ। शास्त्रीय चिन्तनले मान्छेमा बुद्धिको तहमा ज्ञान हुन्छ तर अनुभवको तहसम्म हुँदैन। विपश्यनाले मान्छेमा शान्ति र खुशीका अतिरिक्त अनुभूतिको तहमा ज्ञानको विजारोपण गराइदिन्छ।
त्यसो भए किन जोड गर्ने ड्रिङ्क्स, डाङ्डुङ र डिस्कोमा ? काठमाडौंका एलिट र पार्टी एनिमलहरु पनि एक पटक अनुभव गर्ने कि विपश्यनाको ? कान्तिपथको ज्योति भवन पर्खिरहेछ। [email protected]
(उमेश, अब मैले हरेक आइतबार लेख्ने निश्चय गरेको छु। जीवनमा केही गर्न सकिएन, कम्तिमा साप्ताहिक रुपमा ब्लगमा लेखेर भए पनि आफूलाई जीवित राख्नुपर्ने अवस्था आइपुग्यो। यो स्टोरी खासै रिडेबल त छैन, तर मैले जबरजस्ती तयार पारेको छु। फोटो र इमेल पनि राखेर मेरो विज्ञापन गरिदिए कसो होला)
कृष्ण पहिले परेवा अनलाइन र हाल नयाँ पत्रिकासँग आवद्ध पत्रकार हुन्।
Krishna G,
It’s very interesting article,i really like it,Thanks
shya,USA
well expressed and glad to know that vipassana has added meaning to your life. more than anyone, i would say, all our power-hungry leaders definitely need a dose of vipassana to learn about detachment and impermanence in life. and that would lead them to work together for the common good of nepalis. thanks to vipassana, life has become simpler!
ur participation brought me with the idea”why not once bipashyana”..well lets once in a lifetime experience the real spirit of peace …the eternal peace
कृष्ण जि बेनीमा भेट भएको पनि २ बर्षै हुन लाग्यो कि क्या हो । आजकल त बेपत्तै हुनु भा’छ अव जे होस लेख भएपनि पढ्न पाइने भो । अनि बेनीमा फेरी रोपाई नाँच (बर्षे नाँच) सुरु हुँदैछ नि ।
के पी ब्रो, फोटो चांही अली दुई साल पुरानो पर्यो जस्तो छ।।जे होस्, फोटोको प्रशंसक धेरै निक्लिए नि!! ल ल बधाई छ। अनी लेखाइ राम्रै छ तर उही पत्रकार शैलीकै, अर्काकै कुरो उद्दरित, आफ्नो कुरो खोई?
मान्छेले आफुले गरि रहेको काम नै मन लगाएर गरे,त्यहि नै तपस्या हो, बिपश्यना हो। किन शिविरमा जान पर्छ र, कि कसो? अरु पनि पढन पाम, लेख्नै छोडेर दुलोमा पसेर फुर्सदिला नेता दार्शनिक हरुको कुरो मात्रा नसुनुम, तन्नेरी मान्छे, घरजम गर्न बांकी नै छ।।विपश्यना जाने बेला अली भाको छैन क्या!
hi
Krishna How r u? It is good.
HE LOOKS A BIT FRASTRATED!!DONT WORRY EVRYTHING WILL BE FINE.TAKE IT EASY,FROM THIS ENDLESS UNIVERSE,ENDLESS UNIVERSE,WE ARE FROM A TINY DOT CALLED EARTH,AND IN THAT TINY DOT WE LIVE IN FOR A SPECIFIC PERIOD OF TIME AND WE DISAPPEAR,SO LEARN AND TEACH LOVE ,ENJOY THE LIFE AT YOUR UTMOST,CHEERS!!!
किरिस्न वावु ।
जय होस है । किन आतिएको वावु केही गर्न सकिएन भनेर । गरेकै त छौ नी गाँठे । चिटिक्क परेका रहेछौ वरीपरि स्त्रिको स्कर्टिङ पनि राम्रै हुन्छ होला । चिन्ता नगर सव ठिक हुन्छ । ध्यान करो,वावाजीका संगत करो, दुनियाँ सव चन्छा होजायगा ।
भनेपछि तिम्लेपनि व्लग लेख्ने भयौ होइन त । खुसी लाग्यो ।
तिम्रो जेठावा
चुन्निलाल ।
I took a session in Bipassana several years ago but could not continue it. I could not spare 30 min. every day (?)and I try to do Pranayam for 10 minutes and 5 minutes simple version of Bipassana at least twice a week.
Best of Luck.
My Suggestion:
Please write other than politics, it will give a brand new taste!!!
I am sure.
This topic is definitely different from the rest of the defamatory postings often seen here.However, there is no substance here either.Like many other non-issue issues dominating Nepalese psyche, Meditation has been a burgeoining fashion among Nepalese middle class. A few urbanites and students ,too,have been drawn to this new fashion. But a person who attends one or two meditation camps will come out as a spiritual preacher as if he/she has attained mastery on the issue. It is such a hopelessly horrible antic.
I think Mr. Dhungana also wants to exhibit through this posting that he is a learnt man in philosophy as he advertizes his latest rendition on Krishnamurthy.
Anyway, thank you for the difference. It has been a long time since a truly thought provoking issue has been posted here.
KRISHNA JI
ARTICAL RAMRO CHHA , MAILE JANEKO JASLE BEPASENAKO ANUVAB BATULEKO CHHA UNIHARU KO NIMTI YO WASTABMAI JIBANTA ANUVUTI KO KURA HO , TESAILE PANI 1 PATAK KRISNA JI JASTAI 10 DINKO SAMAYA MILAI BEPASENAKO LAGI SAHAVAGI HUDA DHERAI RAMRO HUNCHHA , VANEKO , SUNEKO RA STUDY KO VARMA YESKO PRAPTI SAMVAB CHAINA , TESILE PANI PLEASE 10 DIN KO TAG GARNUS , TAPAIHARU MALAI SADHUBAD NADIRAHANA SAKNUHUNE CHAINA , KHAS MA PANI 5 BARSA AGHI DEKHI DHAN KO EXERSIZE GARDAI CHHU . KRISHNA JI NIRANTARATA DI RAHANUHOLA PLEASE..
dipendra shrestha http://www.cyberbeni.com
Krishna jee,
Two years ago I had also been to Vipashyana Centre and took part in meditation for twelve days.
Unfontunately I was not be able to enjoy such happiness. I had the problem of depression. I thought a lot about my own problem even during the meditation.
Ramesh Khanal
[email protected]
Preeti ==> Unicode Converter
भार्ई कृष्ण लेखाई राम्रो लाग्यो । अनी लेखाइको पारा कता कता डा डि पी अधिकारीबाट प्रभावित भए जस्तो पनि लाग्यो । तर जो बाट पनी प्रभावित ह्ुन्ु क्ुनै नराम्रो हैन। अनी ध्यानले ख्ुलाएका बाटा र ख्ुलाउन सक्ने सम्भावनाका बारेमा राम्रो छोटो मिठो वणन पढ््न पाइयो । ख्ुसी लाग्यो । ब्लग होस या नयाFं पत्रिका जे मा भएपनि लेख्दै जान्ु लेख्दै जान्ु । वाग्मती पनि कहिले आफ्रनो बगाइबाट थाकेर बग्न छोड््छ्ु भन्न सक्ला र ? हाम्रो काम नै लेखाइमा बग्ने हो, अन्ुभति पोख्ने हो चाहे त्यो ब्लगमा होस या पत्रिकामा या आफ््नो कपीको पानामा सिमीत किन नहोस । निरन्तर बग्दै जाउFं लेख्दै जाउ, खारिएर प्रतिभा अगाडी उभ्याउ । मेरो श्ुभकामना तिमीलार्ई । हरिहर योगी
Dear krishana ji
Thank you very much writing on provoking matter.I myself has undergone Bipashayana twice and found a miracle change in my life.
The change i cannot explain in this blog however i would like to request all via this blog to experience bipashayana.
I donot like to claim that it will bring miracle change in all peoples life but i am pretty sure that some change can be experienced
Thank you
Regards
sagar sharma
I think this photo clik on PHOTO CONCERN
hoina ta kp ji
I m waiting sunday for next one
Dhungana ji ko baal chai kamaal rahechha. I like your hair style, cool look.
I am glad that this blog has started giving some space to knowledgeable, thought provoking, mid-liner politicians like Pradip Giri and Manamohan Bhattarai, both of whom are leaders of Nepali Congress (Democratic). It is indeed nice to read about politicians with knowledge and vision rather than to read about politicians who just preach violence and uselessness.
It has been a long time since I commented in this site. As the country has been engulfed in the violent disputes in the name of ethnicity; as the political leaders enjoying their current status seem to have forgotten their past before Jana-andolan 2, and especially Jana-andolon 1 of 2046; and as the government staff seem to have continued with their corrupt ways; I felt there is not much commenting on our country’s sad but true scenario.
Reading Dhunganaji’s blog, I felt as if he is trying to open up, trying to express his inner feelings and trying to come in terms with himself and his surroundings and I would encourage him to write more in the future. It also feels good to read about good things about people rather than reading about bad things only. Westerners try to focus on good things of people and let them develop it, we on the other hand are more interested in pin pointing bad things about people and discourage them by just concentrating on bad things…….and this positive writing is indeed good.
He has got a talent to include many things in his single writing which makes it rather interesting, however I do feel as if he has deleted a lot of lines which he had written thinking them as unncessary, and it would rather have been interesting to read the original uncut version.
If allowed to judge his work, he should rather elaborate and express more freely rather than hold
his feelings.
When people try to be philosphical, one has to understand that people are developing into better human beings.
किस्नेले बिहेसिहेको पलान गरेओ जस्तो लायो गाँठे । फुटा नि टाँस्दियाओ न भनेओ र’छ । बरु केटीसित गफगाफ अर्दा दर्शना कुरो नसुनाएस है, बिच्केला ।
Very nice picture and article.
ढुंगाना जि को फोटो चाँही दाम्मी रहिछ, 🙂