मेरो संसारको सूचना

अपडेट4:(June 23, 0230 NST) हामी सफलतापूर्वक नयाँ सर्भरमा सरेका छौँ। यो प्रक्रियामा आफ्नो व्यस्त समयको पर्वाह नगरी महत्त्वपूर्ण सहयोग गर्नु हुने यु-होस्टका आलोक जी, महत्त्वपूर्ण सरसल्लाह दिनु हुने लक्ष्मण भट्टराई र मेरो संसारलाई सुरुदेखि नै प्राविधिक सहयोग गर्दै आउनुभएका साथी प्रमेय सबैलाई धन्यवाद छ।
अपडेट4:(June 18 2200 NST) जति सजिलै सर्भर परिवर्तन गर्ने भनी सोचिएको थियो, त्यति सजिलै हुन सकेन। यस बीचमा ब्लग बिना बस्नु पर्दा निकै मानसिक पीडा पनि भोग्नुपर्‍यो। कोइरालाको बेबी किङको कुरादेखि लिएर कमल थापाको राजा हटे कोइरालाको हविगत कञ्चनपुरका सीडीअ‍ोको जस्तो हुने भन्ने विषयमा पनि ब्लग गर्न पाइएन। युनिकोडका कारण हामीले बढी नै दुःख भोग्नुपर्‍यो। चिनेजानेका सबै साथीहरुलाई हारगुहार लगाएँ। तर अहँ, पुराना डेटाहरु नयाँमा जस्ताको तस्तै सार्नै सकिएन। माइएसक्युएलबाट डेटाबेस एक्सपोर्ट गर्दा युनिकोडका अक्षरहरु बिग्रिएर कायलै भइयो। अहिले फेरि पुरानै सर्भरमा फर्किएर नयाँ विकल्पहरुको बारेमा सोच्दैछौँ।

अपडेट3:(June 17 1108 NST) यदि तपाईँ अझै पनि यो पेज देखिरहनुभएको छ भने तपाईँको ISP को Cache का कारण हो। हामी हिजैदेखि नयाँ सर्भरमा गइसकेका छौँ। तर नयाँ सर्भरमा केही समस्या देखिएको हुँदा त्यो पनि अझै राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन। आशा छ, केही घण्टामा नै हामी सबै समस्या समाधान गर्न सफल हुनेछौँ। तपाईँहरुको साथ र सहयोगका लागि धन्यवाद।

अपडेट2:(June 16 0030 NST) अहिले हामी अस्थायी रुपमा पुनः पुरानै सर्भरमा फर्किएका छौँ। सर्भर परिवर्तनको प्रक्रिया केही घण्टापछि पुनः सुरु हुनेछ।

अपडेट1: (June 15 2300 NST) अब हामीले सर्भर परिवर्तनको प्रक्रिया थालेका छौँ।

बढ्दो दर्शक संख्यासँगै ‘मेरो संसार’का लागि थप क्षमताको सर्भर चाहिएको हुनाले सर्भर परिवर्तन गर्नुपर्ने भएकोले बिहीबारदेखि कम्तिमा २४ घण्टा साइट पूर्ण वा आंशिक रुपमा अनुपलब्ध हुनसक्ने भएकोले यो सूचना दिइएको हो। यसले तपाईँहरुमा पर्ने असुविधाका लागि दुःख छ।

One comment

Comments are closed.