सुवर्णभूमि एअरपोर्ट, थाइल्यान्ड (बिहानको ४:१३)
उफ्, ट्रान्जिटमा समय बिताउन त सार्है गार्हो पो हुने रहेछ त। यहाँको समय अनुसार १२ बजेतिर आइपुगेको थिएँ। बिहान १०४० मा बल्ल फ्लाइट रहेछ। आउने बित्तिकै १०० भाट तिरेर २० मिनेट इन्टरनेट चलाएको थिएँ, त्यसपछि यत्तिकै यताउता ड्युटीफ्री सप डुलेर, ल्यापटप चलाएर समय कटिरहेको छ। सबै रकम भाटमा लेखेको हुने रहेछ। यो भाटलाई डलरमा लगेर अनि नेपालीमा परिवर्तन गर्दा जे पनि महँगो लाग्ने। पानी एक बोतलको पनि सय रुपैयाँले नआउने। वातावरण भने रमणीय छ। सुमधुर संगीत बजाइएको छ विमानस्थलमा। यो पटक खासै नेपालीहरुसित बोलिएको छैन। अस्ति आउँदा त नेपालीहरुको राम्रै साथ पाइएको थियो। अहिले धेरै मानिसहरु सुतिरहेका छन्। अब के गर्ने त ? यसो फोटो हेर्ने हो कि सउल भ्रमणको। हिजो (अब अस्ति भन्नुपर्ला) का केही फोटोहरु।
सउलको प्रख्यात ६३ तल्ले भवन।
दक्षिण कोरियाको निर्वाचन प्रचार अभियान। संसद भवनअगाडिको भवनमा राष्ट्रपति पदका दावेदारको प्रचारात्मक सामाग्री।
मलाई नेपाली झण्डा मनपर्छः नेपाली सामान किन्न पाइने पसल देउराली नेपालमा रहेको नेपाली झण्डा।
हान नदीको किनार रोमान्टिक हुन्छ।
यो सउल नजिकैको डाँडाको फोटो हो। तर यसलाई उनीहरु माउन्टेन भन्ने रहेछन्।
कोरियाली टिभी अोप्रा विन्फ्रे। कार्यक्रम अंग्रेजीमा भए पनि सब टाइटल भने अंग्रेजी कोरियाली भाषामा दिइने रहेछ।
रेडी हो ? नेपाली सम्पर्क समितिका अध्यक्ष बम लावती क्यामेरामा कुराकानीका लागि तयार हुँदै।
दलाललाई धेरै पैसा खुवाएर आयो भने त्यो यहाँ फँस्यो नेपाली सम्पर्क समितिका कोषाध्यक्ष कृष्णमणि आचार्य यसै भन्दैछन्।
I am fan of your blog and your writings.
yes you are right , it’s very hard to pass the time during transit. and whatever you have done is the best way to pass the time.
साथीहरु
जान्ने हुनु भन्दा बुझ्नु उत्तम हुन्छ होला।
नेपालीको बानी हत न पत आफै डाक्टर बन्ने।
सिउल पनि होइन सिओल पनि होइन। कोरियनमा सिधा उच्चारण स उ ल हो।
धन्यबाद साथी हरु
aru bhandaa malai ta nepali jhandaa nai mann maryo. khoi kina ho k ho…thaha chaina. deshbhakta hu bhanne kaam maile kei garyaa chaina. khaako chu lagaako chu…hideko chu. nepali boldeko chu, nepal maa basdeko chuh, but pani nepali jhandaa dekhepachi tesko raato rang dimaag ani mann baata ojhel bhayeko chaina….aile yehaa comment tyoe gardai chu but mann maa tei nepali jhanda ko raato rang ko jhal jhali aaudai cha.
hoina, khaas k cha haamro jhandaa maa, joon mann bhitra chasakka choyera basidincha..?
acharya ji,
dhalal lai paisa nakhuwai ta visa pani paune paryoo ni ? ktm ko halat thaha chiana tapailai
Umesh ji!
Korea ko belibistar thik lagyo. Yo Bharat le gareko bhumi atikarman ko blog chai internationalization garna mildaina?
kaso hola?
gurung
congratulation for journey completion without facing severe problem. now write your critical analytical article not photos
सिउल ,सउल, सोल खास के हो? तपाइ त घुमेर आको हाम्लाइ पनी भन्नोस है.
रबि थापा
Hi, it’s here even taller building. Take a look
http://www.12hk.com/area/Central/IFC2.shtml
-Umesh jee, Galtee Sachyaunus-
कोरियाली टिभी अोप्रा विन्फ्रे। कार्यक्रम अंग्रेजीमा भए पनि सब टाइटल भने -अंग्रेजीमा- (korian MA) दिइने रहेछ।
कोरियाली टिभी अोप्रा विन्फ्रे। कार्यक्रम अंग्रेजीमा भए पनि सब टाइटल भने अंग्रेजीमा दिइने रहेछ।
– सायद यो कोरियनमा दिइने रहेछ हुन्छ कि?
अनि त्यो तपाँइले व्याख्या गरेको सहरको नाम – सिउल नभएर सि(उओ)ल वा सिओल हो हैन? म यसको तेतिजानकार त हैन तर मेरा कोरियन साथिहरूले भनेको सुन्दा त मलाई कता कता मेरा दुईवटा शब्दको बिचमा भनेको जस्तो लाग्छ। तर तपाँई हो – सि(ओ)ल हो गएको म हैन।
hamro bom uncle ta sachikai ready bhayera basnu bhayeko rahechha ni ta… any all the best of you good luck…..
It should be (I guesss)…
“Karya Kram Angreji ma bhaye pani Sub Title Korean Bhasa ma dine rahecha”..
Just a minor correction.