"इट जस्ट ह्यापन्ड.."

-दीपक भट्टराई-
Dipakबेलायत भ्रमणबाट फर्केको एक साता नहुँदै, दोस्रो जनआन्दोलन दबाउन पद र शक्तिको दुरुपयोग गरेको अभियोगमा कारवाही गर्नुपर्ने रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट प्रधानसेनापति रुक्माङ्गत कटवाल अष्ट्रेलिया जानका लागि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गर्दै थिए। सैनिक श्रोतले पहिले नै भनेको थियो, खिच्न आउन पर्दैन है पत्रकारहरुलाई अनुमति छैन। तर, मलाई कहिलेकाँही जहाँ जहाँ बोलाउदैनन्, त्यहीँ त्यहीँ पनि जान मन लाग्छ।

प्रधान सेनापति कटवाल एयरपोर्ट आइपुग्न केही समय बाँकी नै रहेछ, भीभीआईपी कक्ष तिर रुमलिइरहेको थिएँ। भीभीआईपी कक्ष को-को ले प्रयोग गर्न पाउँछन् भन्ने सूचना भर्खरै टाँसेको रहेछ, विमानस्थल प्राधिकरणले।

मार्लबरो चुरोटको सर्को तान्दै गरेका एकजना अधबैंसे युवक आए। भीभीआई पी कक्षको गार्ड गरिरहेका प्रहरीलाई ढोका खोल्न निर्देशन दिए। लिभाइजको अ‍ोरिजिनल जिन्स पाइन्ट र एडिडासको स्पोर्टस जुत्ता माथि हल्का निलो रंगको टिसर्ट लगाएका युवकको अर्डर ती प्रहरी जवानले मानेनन्। कारण पो सोध्न थाले प्रहरी जवानले, त्यसपछि ती युवकले प्रहरी जवानलाई हकार्ने स्वरमा भने, अर्डर आएको छैन ? त्यतिबेलै उनले मोबाइलबाट कतै सम्पर्क गर्न भ्याइसकेका थिए। तुरुन्तै विमानस्थलको कार्ड भिरेका एक जना कर्मचारी एक बित्ता जति निहुँरिदै आए र प्रहरीलाई धकेल्दै ढोका खोली ती युवकलाई भीभीआईपी कक्षभित्र हुले। म अचम्ममा परेँ। को मान्छे रहेछ यो ?

त्यहाँ उभिएका प्रहरीलाई सोधें। उनले अझै अनभिज्ञता देखाए। त्यति नै बेला भीभीआईपी कक्षबाहिर पार्क (भीभीआईपीलाई रिसिभ गर्न आउने गाडिमात्र पार्क गर्ने स्थान) गरिरहेको सेतो कारमा बसिरहेकी एक युवतिलाई लिन ती युवक बाहिरिए। युवतिसम्म युवक पुग्नु अगाडि नै ती युवती गाडीबाट ओर्लिन् र ड्राइभरलाई निर्देशन दिइन्- “राजासाहेब आइबक्स्यो, म जान्छु, तँ सिधै घर जानू”

मलाई प्रधानसेनापतिको विदेश यात्राको दृश्य खिच्न जाने हतारो भए पनि यो भीभीआईपी कक्ष प्रयोग गर्ने को रहेछन् भन्ने जिज्ञासा नमेटेसम्म त्यहाँबाट हिड्नै मन लागेन। चेन स्मोकर ती युवकले त्यतिबेला चौथो मार्लबोरो सिग्रेट सल्काएर विशिष्ट व्यक्तिका लागि बनाइएको गेस्ट वेटिङ कक्ष धुँवाले भरिसकेको मैले कालो पारदर्शी सिसाबाट चिहाएर देखेको थिएँ। दुई जना कर्मचारी उनका सामान र पासपोर्टहरु लिएर भित्रै के-के मिलाउन दौडिरहेका थिए।

मैले शुरुमा त त्यही पुरानै प्रहरी जवानलाई फेरि सोधेँ, तर उनले बताउनै मानेनन्, त्यसपछि दौडदै तिनीहरु आएको गाडी तर्फ हानिएँ। सेतो कोरला कारको खुला झ्यालबाट ड्राइभरलाई उहाँहरु को हो भनेर सोधेको थिएँ, ड्राइभर एकछिन अकमकियो र भन्यो, चिन्नुभएन र, राजा ज्ञानेन्द्रका भाञ्जा र भाञ्जी बुहारी।

हत्तेरिका, यो सबै दृश्य खिचेको भए क्या समाचार बन्ने थियो भन्ने मनमा लाग्यो, किनभने भीभीआईपी कक्ष प्रयोग गर्न पाउनेमा राजापरिवारको नातेदारको नाम उल्लेख थिएन। तर के गर्ने कहिलेकाँही इट जस्ट ह्यापेन्ड एन्ड नो टाइम फर सुटिङ।

अब लागेँ, प्रधानसेनापति कटवालको धर्मपत्नीसहितको अष्ट्रेलिया भ्रमणको समाचारतिर। अमेरिकी र अष्ट्रेलियाली सेनाको संयुक्त आयोजनामा सिड्नीमा भइरहेको प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन सिड्नी जान लागेका प्रधानसेनापतिले विश्वव्यापी आतंकवाद नियन्त्रण र भू मण्डलीकृत सुरक्षाका बारेमा छलफल गर्नुहुने रहेछ। प्रशान्त क्षेत्रका सैन्य प्रमुखहरुको सम्मेलनमा भाग लिन दक्षिण एसियाका कटवाललाई किन बोलाए र हाम्रो रक्षा मन्त्रालयले किन स्वीकृति दिएको हो कुन्नि ? (सेनाले रक्षा मन्त्रालयको स्वीकृतिमा विदेश गएको बताएको छ।) एउटा साप्ताहिक पत्रिकाले छापे अनुसार त्यो सम्मेलनमा सैनिक कू भएका देशहरु वर्मा, पाकिस्तान, थाइल्यान्डका सैन्य प्रमुखहरुले पनि भाग लिँदै छन्।

र, आएर समाचार तयार पारें, रायमाझी आयोगले कारवाहीको सिफारिस गरेको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट अष्ट्रेलिया गएका प्रधानसेनापति साउन २६ गते नेपाल फर्कने सेनाले जनाएको छ। रायमाझी आयोगको प्रतिवेदनमा प्रधान सेनापति कटवाललाई सैनिक ऐन २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने उल्लेख छ।

के रहेछ त यो दफामा ? एक जना सैनिक अधिकारीलाई फकाइफुलाई पुरानो सैनिक ऐन फोन मै पढ्न लगाएँ। सैनिक ऐनको यो दफा आफ्नो ओहदालाई नसुहाउने काम गरी हिँडेको अवस्थाका सैनिक अधिकारीलाई कारवाही गर्ने विषयको रहेछ। सो दफाभित्र सैनिक अदालतको फैसला अनुसार दोषी व्यक्तिलाई विभिन्न उपदफामा जागीरबाट बर्खास्त, जन्म कैद, अंश सर्वस्व गर्नेदेखि घटिमा दुई वर्ष तलब वृद्धि रोक्का गर्नसक्ने सम्मको प्रावधान राखिएको रहेछ। रायमाझी आयोगले उपदफा निश्चित नगरिदिए पछि प्रतिवेदन सार्वजनिक गर्न त ८ महिना लगाउने सरकारले कुनचाँहि उपदफा समातेर कटवाललाई कारवाही गर्ला ?

कि एक जना मन्त्रीले यति मात्र भन्देलान्, अब संविधान सभामा जानुपर्छ, पुराना कुरामा भुलेर हुँदैन, सोच्नुहोस्, इट जस्ट ह्यापेन्ड।

[दीपक भट्टराई कान्तिपुर टेलिभिजनसित आवद्ध पत्रकार हुन्। उनका अन्य ब्लग यहाँ क्लिक गरी हेर्न सकिन्छ]

14 Comments

  1. “RAAT PACHHI NAI DEEN AUNCHHA”
    “UKALO PACHHI NAI ORALO AUNCHHA”
    “DUKHA PACHHI NAI SUKHA AUNCHHA”
    “KRANTI PACHHI NAI SHANTI AUNCHHA”

    —-YO PRAKRITIKO NIYAM HO——–

    “NEPALMA AHILE SAMMA KAHA KRANTI NAI BHAYEKO CHHA RA SHANTI AUNALAI ?”

    “BASTAWIK KRANI TA HUNA NAI BANKI CHHA NI” HAINA RA ???

  2. sabai kura yiniharuko haatma chha k, aba yiniharulai jarai bata naukhale samma hamile sukkha kaha pauchha ra??????? tesaile aba arko thulo sangarshako apechha (expectation) garirakhe hunchha. so, kun way bata hunchha, slowly aafno chhamata anushar sangarsha ko tayari gari rakhe hunchha……
    tesai bhukera hunna k, garera dekhaunu paryo, kaam nikai thulo chha [kati saya barsha dekhiko rajtantra ra yaska senaharuko sambhanda kaha sammma hola-tyo hisabb gare hunchha], bandukai uthaunu parne jaruri chhaina yiniharulai hataunakalagi…….

  3. Country at the moments needs peace and prosperity,no matter who rules it.It makes no difference to common people either Gyane and Katuwal pact or 8 parties pact be in power.Whichever in power should save nationality,enhances properity and protect the people from communality.This is the requirement of this nation. Remember it or you will repend in future.

  4. देख्नु भो राजाका सन्तानले अझैपनि कसरी डम्क्याई डम्क्याई खाईरहेछन् त्यो ढोका खोल्न आदेश दिनेपनि कुनै पदाधिकारी नै त थियो होला नि । देख्नु भो उनीहरुको पकड अझैपनि कस्तो छ ।

    रायमाझि आयोगको कुरा गर्दा रायमाझी मात्रलाई दोष नदिउँ किनकी रायमाझी एक्लैले त पक्कै निर्णय गरेको होईन होला । रायमाझी बाहेक अरु त पार्टीले भागशान्ति लगाएरै गएका मान्छे थिए क्यार । खोईत देखि हालियो नि अहिले यस सम्बन्धी कार्यक्रमहरु खुब सुन्न पाईन्छ तपाईले के बुझ्नुभा छ यसो उसो गयो प्रतिवेदनलाई नै दौष लगायो कसरी कार्यान्वयन गर्न पर्दैन भन्ने बाटो मात्र खोजिरहेका छन् । नत्र तत्कालिन अध्यक्ष भन्नु कारवाहीको लागि पर्याप्त छ यदि ईच्छा छ भने । होईन भने हेदैजानुस यिनले के के भनेर अत्तो थाप्छन् ः

    न्वारनको नामै लेख्या छैन;

    आमा ब्ााउको नाम पनि लेख्या छैन कसको छोरो हो कसको;

    ठेगानापनि लेख्या छैन उमेर पनि लेख्या छैन …

    अनि कसलाई कारवाही गर्ने भन्न बेर छैन हेर्दै जानुस न ।

    गृह मन्त्रि महोदयले त कतिपयलाई कारवाही भैसक्यो भने रे भन्नेपनि सुन्नमा आएको छ कारवाही चाँहि फुली सहितको पदोन्नती होला ।

    यो सरकारको लागि कारवाही भनेको राजालाई नगरी अरुलाई गर्न मिल्दैन क्यार बिरालोको घाँटिमा घण्टी झुण्ड्याउने जस्तै नै हो । अनि पाश्चातदर्शी कानुन बनाउनै हो भने माओवादीलाई पनि त्यस्तै होला भन्ने डर अनि माओवादीले पनि सपोर्ट नगरेपछि रद्दीको टोकरीमा नफालेर कहाँ फाल्ने ।

    तैपनि थाहाको लागि र पढ्नको लागि नयाँ हुनॆ हुनाले त्यसलाई अनलाईन पनि राखिदिए चै राम्रै हुन्थ्यो ।

    तर एउटा सकारात्मक पक्ष चाँहि गज्जबकै हो ल हाम्रो सजायँ दिन नसक्ने खाली पुरस्कार मात्रै दिन जान्ने सजायँनै दिनु पर्यो भनेपनि हद नाघ्यो भने कारण सोध्ने । कर्णजीको सकारात्मक सोचको प्रभाव चैँ नेपालमा खुब जम्या छ ल ।

    अन्तमा यो रिपोर्टको लागि दिपक जी लाई धन्यवाद ।

  5. at present situation only the people like MAHAVIR PUN is VVIP not THE DOS LIKE GIRIJA, MAKUNE, AND ELSE OTHER THEIR COLLEAGUES,thanx

  6. BBS जी
    नेपालको प्रमुखउच्चपद को वरियताक्रममा हाम्रा श्री ८ बडामहाराजाधिराज गिरिजा प्रसाद कोईराला सरकार अहिले पनि १०औ स्थान मै हुनुहुन्छ । पहिलो स्थानमा उही हो ज्ञाने, कोमल……………….. अनि १०औ स्थानमा बल्ल हाम्रा श्री ८ बिराजमान होईबक्सिन्छ।

    करतल जी
    के गर्नु हौ हामी निर्दोष नेपाली जनताहरु फेरी उहि अहिलेको साम्राज्यबादीहरुले बोलाएको अरु राष्ट्रहरुको ‘कु’ प्रधानसेनापतिहरु संग कुम जोडेपछि अरु के को बारेमा छलफल हुन्छ र?? त्यही हो ‘कु’को सैनिक ट्याक्टिक्सकै बारेमा त छलफल हुन्छ नी होईन र???
    अनि यो ज्ञानेनतन्त्रको हविगत देखिहाल्यौ हामीले। त्यो व्यक्ति अहिले पनि कति सर्वशक्तिशाली छ भनेर पुष्टि गरिहालेको छ, यो हाम्रा श्री ८ हरु चाही त्यही डरपोकका भकारीहरु हुन यी लाचारी सरकारले ज्ञानेको पुच्छरको रौं पनि छुन आँट गर्नसक्दैन।
    अब निकट भविष्यमा नेपालमा सैनिक ‘कु’ भयो भने हामी कुनै नेपालीहरुले अचम्म नमानेपनि हुन्छ किनकी हामीले अहिलेनै लगभग सैनिक ‘कु’ जस्तैको अवस्थामै छौं। भित्र भित्र त सैनिककै दबदबा छ अहिले तर अब प्रत्यक्ष ‘कु’ आयो भने हामी आश्चर्य पर्नुको केही अर्थ छैन।

    jyoti baruwal chhetri and prabesh जी ले भनेझै हाम्रा महावीर पुन, डा सन्दुक रोईत हरु VVIP हरु हुन तर यी ज्ञानेको मतियारहरु त होईनन् नी यिनीहरु त उहिले नै हामी नेपाली जनताहरुले कसिंगर र रद्दीको टोकरीमा फालिसकेको हो नी होईन र????? तर किन महावीर पुनजस्ता वास्तविक VVIP हरुलाई चाही सदुपयोग गर्न दिईन्दैन त???

  7. yes agree with joti Baruwal chhetri..VVIP means the person like mr. mahabir pun who has contribute something to the country…

  8. Guys, do not be socked if you hear Military coup soon in Nepal. Lets not pin point fingers towards the Military unit, this is an outcome of these gay government who always wear mask of republican but licking Gyane’s ass.

    I do have a strong support to Military Government rather than this Girija’s leading stupid government. If the Military leads the government at least you wouldn’t hear debate over these ongoing Terai violence and many more…..

  9. Dipak Ji
    Thank you for the news.

    Next time, always prepare for something like ” It Just Happened ”

    Good Luck

  10. नेपाल को राजतन्त्र बाहुन छेत्री को सम्रक्षाक रहिआएको छ्।बाहुन छेत्री नै यस्लाई भात्कौला भनेर जब सम्म भात्किदैन तब सम्म मलाई विश्वास छैन।
    हेर्नुस् नेता हरु
    १)गिरिजा—–उपाध्याय ब्राह्मण
    २)मा कु ने—–ब्रह्मण
    ३)प्रचन्ड्,बाबुरामा, र् धेरै माओवादी सिर्सस्त नेता हरु—-बाहुन
    काठमाडौं को वारी पारी काठ मा अधिकान्स छेत्री हरु,काजी नेवार हरु ,केही माड्बाडी हरु,धेरै बाहुन हरु अझै राजा जावोस भन्ने चाहदैन।
    तेसैले
    मित्र हरु यो नाटक केही क्ष्यण चल्छ र् फेरी जनता वाक्क हुन्छ्,राजतन्त्र मौलौछ।
    राजतन्त्र हटौन कम्तिमा एक चोटि देश लाई गणतन्त्र घोषणा गर्दा कस्लाई के आपत्ति भन्या?????

  11. it is realy fun when we talk about v.v.i.p.in nepal.because,who is the vvip?and vvip about what?what he done such a great things to call him vvip?but only person like mr.mahabir pun is vvip.and only such type of people can respect the title of vvip.

  12. दीपकजी,

    ज्ञानेन्द्रका भान्जा र भान्जीको रवाफ र हैकमले स्पष्ट पारेको छ-धेरै कुरा अझै बदलिएको छैन नेपालमा। नयाँ नेपालमा ज्ञानेन्द्रलाई कागजी कार्यवाही गर्नेहरुले धेरै वाहवाहि लुटे तर व्यवहारमा वास्तविकता के छ भन्ने अहिले झन-झन स्पष्ट हुँदै गएको छ। ज्ञानेन्द्रका भान्जाले माथिको अर्डरको भरमा भीभीआईपि कक्ष कसरी प्रयोग गरे, यसको सँबन्धमा छानबिन हुनु पर्छ। भीभीआईपि सुविधा पाउन यसपाली भान्जा बाबुले दरबारियाहरुकै जालो भन्दा पनि आठ दलका सरकारमा रहेका हरिया घाँसमा रहेका हरिया सर्पको प्रयोग गरेको हुन सक्छ। ज्ञानेन्द्रतन्त्रलाई जोगाउने मतियारहरु अझै नेपालको प्रशासनमा अर्डर दिन सक्ने हैसियतमा रहनु लोकतन्त्रका लागी खतरनाक कुरा हो।

    अब जहाँ सम्म कटुवाल आफै सैनिक कु गर्ने महारथीहरुसँग सम्मेलनमा कुम जोडदै हिँडने खबर आएको छ, त्यो पनि निराशाजनक नै छ। नेपाली सेनाका प्रमूखमा दरबारको लगानी रहेको, जनआन्दोलन-२ पछि यीनलाई घोक्रेठ्याक लगाईन नसकेको र कालान्तरमा आठ दल भित्र उठेको किचलोले यीनलाई अहिले अत्यन्त शँकास्पद स्थितीमा पुर्याइसकेको छ। ज्ञानेन्द्रलाई ब्युँताउने खेल भनेको वर्तमान प्रकृयालाई तोडनु हो र यो नेपाली सेनामा रहेका दरबारीयाहरुले कुनै बेलामा पनि गर्न सक्छन। यस्तो सँवेदनशील अवस्थामा दरवारका मानस पुत्रलाई सैनिक तानाशाहीका पूजारी जनरलहरुसँग व्यक्तिगत सँपर्क र भेटघाट गर्ने अवसरको स्विकृति सरकारले कसरी दिन सक्यो? के यो सरकारमा रहेका हरिया घाँसका हरिया सर्पहरुका करतूत हुन कि होईनन?

    सैनिक ऐन अनुसार कार्यवाहीको सिफारीस गर्दा दफा खोले पनि उपदफा नखोल्ने कुराले कृष्ण जँगको नियतलाई स्पष्ट पारेको छ। यसलाई हामी ईट जस्ट ह्यापेन्ड भनेर बस्न सक्दैनौँ।

  13. Even Gyanendra’s dog is VVIP in Nepal. I am sure Shree 8 Girija is at least eight level below the rank of Gyanedra’s dog.

    Rayamajhi Commission’s report seems to be a “kaam chalau” report to calm the people just fresh from Janaandolan 2. Mallik Commission’s report was used as toilet paper which is also the fate of Rayamajhi report.

    What can we expect from the constitution assembly election if there will be one? It will be most probably same as Panchayati referendum.

Comments are closed.