नेपालीमा कमेन्ट लेख्ने सजिलो उपाय

‘मेरो संसार’ मा रोमन लिपिमा कमेन्ट लेख्नेहरु अझै छन्। रहरले नभएर बाध्यताले उनीहरुले त्यसो गरिरहेका हुनसक्छन्। तर रोमनमा लेखिएका कमेन्टहरुको आकर्षण कम हुन्छ। कमैले मात्र त्यस्ता कमेन्टहरु पढ्छन्। त्यसो त रोमनमा टाइप गरेर युनिकोड नेपालीमा परिणत गर्ने साइटहरु बनिसकेका छन्। युनिकोड नेपाली एउटा त्यस्तै साइट हो। प्रीति फन्टमा टाइप गरेर त्यसलाई युनिकोडमा परिणत गर्ने साइट पनि छन्। तर यो सबभन्दा सजिलो एउटा उपाय गुगलले दिएको छ।

आज भर्खर मैले यो साइटका बारेमा थाहा पाएँ। निकै सजिलो रहेछ यसबाट नेपालीमा टाइप गर्न। गुगलले इन्डिक ट्रान्सलिटरेसन नाममा यो सेवा सुरु गरेको रहेछ।

यो साइटमा जान यहाँ क्लिक गर्नुस्।

यो साइटमा गएर टाइप गर्ने स्थानमा mero sansar टाइप गर्नुस् र स्पेस छाड्नुस् आफसेआफ त्यहाँ ‘मेरो संसार’ लेखिएको देखिन्छ।

त्यति मात्र हैन, यसरी आफसेआफ देखाइएका अक्षरमा केही गल्ती भए त्यो अक्षरमा कर्सर राख्नुस्, कस्तो खालको सुधार गर्नुपर्ने हो, त्यहाँ अप्सन देखाइन्छ। तपाईँले त्यसैमा चुन्न सक्नुहुन्छ। यदि त्यो अप्सनमा देखाइएका कुरा मिलेनन् भने ‘Edit’ मा जानुस् र मिल्ने चिज टाइप गर्नुस्।

जस्तै Option टाइप गर्नुभयो भने ‘ऑप्शन’ देखाउँछ। अब तपाईँले त्यो शब्दमा कर्सर राखेर edit मा जानुस्। अनि त्यसमा देखाइएका सबै अक्षर मेटेर त्यहाँ आउने कीबोर्डमा क्लिक गरेर सही अक्षर टाइप गर्नुस्। एकचोटी तपाईँले अक्षरलाई सच्याएपछि तपाईँले पछि option टाइप गर्नुभयो भने यसले पछि देखाउने अक्षर सही नै हुन्छ।

त्यसो भए अब मेरो संसारमा रोमनमा हैन, नेपालीमा नै कमेन्ट आउने आशा गर्न सक्छौँ त हामी ?

तपाईँहरुको सजिलोको लागि यो साइटको लिङ्क कमेन्ट बक्सको मुनि रहेको “कृपया यो साइटमा गई रोमनमा टाइप गरी……” लेखिएको ठाउँमा पनि राखिएको छ। त्यसैगरी बायाँ छेउको युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ ? को मुनि रहेको ‘रोमनबाट युनिकोड’ मा पनि राखिएको छ।

115 Comments

  1. यो त धेरै राम्रो भयो । म नेपाली मा कमेन्ट लेखन चाह्न्थे,
    म यस् ब्लग साईट को नयाँ मेम्बर हुँ ।मलाई आफ्नो देस को भाषा
    को ब्लग साईट देखेर धेरै खुशी लगेको छ.

  2. ऐडिट भनेको के होला ? ऐडिट मा गयर शब्द सच्याउन सकिन्छ त भन्नु भयो तर यो ऐडिट भनेको नै थाहा भयन !

  3. तपाईलाई भगवानले सँदै साद बुद्धि देवोस.. तपाईको मेहेनेताबाटः मैले देर्रै कुरा सिकने अवसर पाए .

  4. कुरो त राम्रै हो तर के भानेनी एस tarika le मलाई अनाबसेक रुपमा धेरै सोच्नु पर्ने बनायो जबकि देवनागरी लिपिमा टाइप गर्दा स्पेल्लिंग सोची रहनु पर्देन, मौलिक नेपाली पारले टाइप गर्न पैन्छा, कापिमै लेखेको जस्तो हुन्चा .
    (I am now typing in english because i am feeling very very uneasy to type in roman and see it being (often wrongly) translated to Nepali in your goole translater)
    I think that, this trend will eventually make new users dependent on these roman translater. It will also mean that they will never ever learn the typing style in Devnagari Keyboard layout which is far better and easier (when learnt) than the existing typing systems like Preeti style typing and romanized typing. And it is the most scientific method of typing in our language Nepali (or more definitely sanskrit). There are lots of benefits in typing in devnagari than in preeti or romanized . Only devnagari matches how we write and speak and how we type.
    Please please please forget these unnatural styles of typing in nepali (where you often neglect grammer(हिज्जे)) and please switch to typing in Devnagari Inscript (which matches exactly how we write and speak)

    To Umesh ji. If you know a site where we can type in devnagri inscript please do tell me.
    my email: [email protected]

  5. चेतनाजी,
    खै मैले त ठम्याउन सकिन | सामान्य हिसाबले चांहि होला जस्तो छैन |

    सुरज

  6. येउता नया उपयोगी वेब साइत बताई दिनु भएको मा धन्यबाद

  7. ॐ ॐ मरो संसार ॐ ॐ

    धेरैराम्रो रहेछहै यो ग़ूगोलत मलाईपनी मनपर्योबा……………..
    धेरै प्रसंसककोमाझ मा मेरोपनी साधुबादा !!!!!! स्युइकार्नुसहै उमेशजी र सबै जाननेबुझ्नेहरुमा !!!!!!!

    R.B.Shrestha
    Japan

  8. हाम्रो भाषालाई नै प्रोत्साहन दिनुभएकोमा उमेश्जिलाई धेरे धेरे धन्नेबाद छ.

  9. उमेश जी नमास्कार,
    सजिलो नेपाली लेख्न्ने तरीका बताईदिनू भएकोमा धेरै धेरै धन्यबाद

    डी.बी.दुरा
    जापान

  10. पहिला देखी धेरे कोशिश गरे तर नेपाली मा कमेंट गर्न सकें त्यसैले जहिले पनि भाषा नेपाली आछे जहिले नि अंग्रेजी हुन्थियो तर आब राम्रो लाग्यो हाम्रो भाषा मा नै कमेंट गर्न पौने भयो तर पनि धेरे त्रुटि हरु पायो नेपाली गर्दा तर पनि राम्रो लाग्यो अझ राम्रो गर्चा भंने बिश्वास पनि छ धन्यबाद तिमिलाई उमेश जी

  11. धेरे धेरे राम्रो लाग्यो धन्यबाद छ तिमिलाई

  12. हामी लाइ हाम्रो भाषा प्यारो छ | वाह वाह | गजब छ | सबैजना को नेपालिमा कमेंट रैछ |

  13. GyaNeX Uniqware is the one of the oldest and original online unicode typing software.

    Its Unicode character conversion program available at http://www.GeoABC.com/ is the best converter when it comes to Preeti to Unicode character code for Nepali language. Thanks to Umesh for using it.

    If you are serious programmer, the GyaNeX Saral Nepali Unicode Keyboard has best orientation of keys. The newest version of the keyboard is shown in figure at http://www.htj.com/GyaNeX/GyaNeX.gif (This is the only 3 char LLL .com domain owned by a Nepali) or http://www.GeoABC.com/GyaNeX.gif

    Detailed information on GyaNeX Uniqware was published in The Nepali Digest in 2003/2004. GyaNeX Uniqware had a history of about 10 years. If you are are serious programmer, you can see a version published by Rajesh Shrestha at http://www.chhahari.com/ You will find GyaNeX Saral Keyboard integrated in Rajesh’s online software. I will select Rajesh’ onlline software at Chhahri.com for online unicode Nepali typing because he has several other keyboard, and there is online live keyboard, you can practice it.

    Good Luck. Happy Unicode Typing.
    GyaNeX Uniqware Bidhata

  14. यो भन्दा सजिलो उपाय त “बराहा डाईरेक्ट” डाउनलोड गर्नुस्‌ अनि सिधै नेपालिमा टाईप गर्नुस, कुनै वेबसाईट धाउने आवश्यकता छैन, अन्त टाईप गरेर “कपि-पेस्ट” गर्ने आवश्यकता छैन।
    किन यस्तो अप्ठेरो तरिका बताएको?
    F11 थिच्यो, रोमन मा टाईप हुन्छ फेरी F11 थिच्यो नेपालिमा टाईप हुन्छ।
    यो वेबसाईट्मा गएर baraha direct डाउनलोड गरौं “ओ” साईबर संसारे मित्र।
    http://www.baraha.com/BarahaIME.htm

  15. यो बाजेहरुलाई चाही संस्कृतको श्लोक ठोक्न नै हतार के …………..

  16. बा ! बा ! यो त मज्जाको लाग्यो ! अब तपाईं संग नेपाली मा गफ गर्न पाइने भो ! माने नेपालीमा कमेन्ट गर्न पाउने भो ! तपाईंलाई धेरै धेरै
    धन्यबाद ! आज त तपाईंलाई नेपालीमा कमेन्ट गर्न पाइयो !

    गुड-डे

  17. यो चाही राम्रो साइड रहेछा नि मलाई पानी मपर्यो है ? धन्यबद
    राजेश इराक बट

  18. उमेश जी .धेरै धेरै धन्यबाद यो लिंक को लागी . यो पहिले नै देखी खट्केको कुरा थियो .
    जे भये पनि ” देर से आया, मगर दुरुस्त आया”

    मधेसी फोरम
    मंग्शिर ६ मा चुनाब गरौ भनी जनता लाई दुई हात जोरम
    धन्यबाद

  19. धन्यबाद छ नेपाली शब्दा हरुलाई प्रोत्साहन देकों माँ

  20. तपाई लाई धेरै धन्यबाद है उमेश जी धेरै सजिलो उपाय बताई दिनु भएको माँ /
    पवन अबुधाबी बाट

  21. उमेश्जी धन्न्यबाद लिन्क्को लागि। तर नेपाली युनिकोड कन्भर्ट गर्न को लागि हाम्रो आफ्नो नेपाली साथीहरुले बनाएको यो साईट (http://www.unicodenepali.com/convert/index.html) अझ राम्रो छ
    + त्यो गूगलको साईट हिन्दीको लागि हो
    + यो नेपाली साईट अझ रीअल टाईम र स्मार्ट छ

  22. मेरो संसार
    उमेश जी धन्यबाद
    ल यो त गजब भो बा
    अब मेरो संसार मा टन्नै नेपाली कमेंट्स पढ्न पईने भो

  23. उमेश जी धेरई नै राम्रो कुरा पोस्ट गर्नु भयेछ नेपाली टाईप गर्नु नाजान्ने हरुलाई चै अति नै उत्तम कुरा भयो नि यो त जसको लगी धेरे धेरे धन्यबाद

  24. धन्यबाद उमेश जीं,
    यो धेरै सजिलो लाग्यो. यसले आफ्नो पनको अनुभव दिन्छ. तपईलाई धेरै धन्यवाद. गल्ती भएपनी समय लिएर गर्यो भने मिलाउन नसकिने होइन रहेछ.

    आनंद
    क्यानडा

  25. वाह! वाह!! वाह!!! “धन्यबाद गुगल अनी मेरो संसार तिमिलाई..”

    उमेश जी,

    यस्ता जानकारीहरु निरंतर पाउने आशा र आकान्छाकासाथ मुरी मुरी धन्यबाद दिन चाहन्छु |

    प्रतीक इच्छु शाक्य |

  26. बराहा. कम बारे ………..

    गुगल बाट टाईप गर्दा ईण्टरनेट भित्र छिर्नै पर्छ । तर, Baraha.com मा गएर फण्ट डाउन्लोड गरे ईण्टरनेट नभएपनि नेपालीमा
    टाईप गर्न सकिन्छ- कम्प्यूटर बाटै सोझै । Baraha.com को साईट को देब्रेतिर dawnload Barahaमा क्लिक गर्नुस,सजिलो छ, डाउन्लोड गर्न। बराहाको आईकन आएर बस्छ कम्प्यूटरमा, त्यसैलाई क्लिक गरयो, र धमाधम नेपालीमा टाईप गर्यो।
    क्या सजिलो? -सुजित ढकाल

  27. उमेश जीं को काम तेसई शर्हनिया छ | त्येसैमा सुनामा सुघंधा थापिएको छ | उमेश जीं लाइ धन्य छ |

  28. उमेश जी नमस्कार
    कटी गजबको कुरा सिकाउनू भयो. धन्यबाद ला
    शान्तिदीप

  29. अहो यो त अति सुंदर कुरा पो भयो त | अब नेपलीमा ब्याकर्ण मिलायर लेखन मिलने भो |

  30. धन्यवाद उमेश जी, यो मेरो पहिलो कमेन्ट हो / मैले मेरो संसार हेर्न थालेको लगभग १ बर्ष भयो / यो ब्लॉग साइड धेरै राम्रो, उपयोगी र समाचारमुलक छ / नेपालीमा कमेंट लेख़्न पाउँदा धेरै खुशी लाग्यो / धन्यवाद

  31. उमेश जी
    Fantastic idea

    साच्चीकै बेजोड़ छ यार|

    पुण्य रेग्मी
    London

  32. नेपाली मा टाईप गर्न धेरे नै सजिलो रहेछ उमेश सर !!!धन्नेबाद

  33. ओह्ह्ह्हो यो त रार्मो रहेछ , थैंक्स , अब म येसरी नै लेखने छू

  34. उमेशजी
    बडो राम्रो तरीका सिकौनू भो यार धेरई धेरई धन्य बाद.|
    मलाई त पहिले नै तपाई कई वेब साईट बाट लिखने बानी थ्यो.|

  35. धन्यबाद उमेश जी, नेपालिमा कमेन्ट लेख्न्नको लागी ऍटा राम्रो उपाय बताई दिनु भएकोमा, मलाई पनि नेपालिमा कमेंटहरु लेखने कस्तो रहर थियो तर मलाई तरीका थाहा थिएन, अबम सबै बिषयमा नेपालिमा कमेंट लेखन सक्छू,
    दीपक श्रेषठ

  36. धन्यबाद ! माईसंसार.कम !! प्रशंसायोग्य कामको लागी | तर यो पुर्णबिराम मलाई मन परेन |

  37. हेर हेर साथी हो कमिला को ताती यो
    दुलो बाट निस्केर………………………
    उमेश जीं क को ताती हो यो
    कमेन्ट लिखने………..

  38. मेरो संसार . यो त अति राम्रो भयो/ यसलाई हिन्दी नभनी नेपाली बनौना मिल्दैन?

  39. यसरी लेख्दा धेरैले शुद्ध लेख्दैनन् र हिन्दिकरण भएको धेरै देखेँ। जस्तै, “हमरा” ।
    नेपालीीले नेपलीकै लागि बनाएको “नेपाली युनिकोड” मदन पुरस्कार पुस्तकालयले बनाएको छ। “Nepali Unicode Romanized”इन्स्टल गर्नुभयो भने roman keyboard layout बाटै नेपाली लेेख्न सकिन्छ। जस्तै, “k” टाइप गर्नुभयो भने “क” लेखिन्छ, अनि “ka”टाइप गर्नुभयो भने “का” टाइप हुन्छ। लिनक्समा त इन्स्टल गर्न झनै सजिलो छ। यसबाट Windows अथवा Linux को जुनसुकै प्रोग्राममा नेपाली लेख्न मिल्छ। नेपालीमै टाइप गर्न मिल्ने हुँदा हिन्दिमा किेन लेख्ने त?

  40. उमेशजी,
    नमस्कार
    मलाई त यो रोमन देवनागरी खूब राम्रो र सजिलो लाग्यो . यसको software download गर्न मिल्छ मिल्दैन होला ?

  41. उमेश जी, धन्यबाद
    यो त गजब को तरीका रहेछ, .
    ला न उमेश जी आज नियुक्ति भयेका सचिबहरु को नाम के के होला.?
    अनि राजदूत नि ???
    राजा को सम्पति के अब जनताको नै भाको हो र????
    खोई त खुम बहादुर, चिरंजिबी, गोविंदे, आदि को के हुने हो ????
    यी कूरा मा बहस गर्दा कसो होला, ???
    अनि देशको १२ बर्ष सम्म खाने लाई अबा के फुल्को माला पहिरौने की ???
    कानून को दायेरा मा राख्ने???
    जनताको मन जितन नसकने न्यायालय को के काम????
    खोई कुरा येस्तई येस्तई छ ….. .. ……………….????????????
    ख़बरदार ???????????????????????????????????
    फेरी अर्को >>>>>>>>>>>>>>>>>>>>>>>>

  42. लौ यो त एकदमै राम्रो पो रैछ त नि . लौ हामी जस्ता सबै साथी हरुले यो साइट को जानकारी पाउनु परयो है . धेरै धेरै धन्नेबाद उमेश जी लाई . बिनायक

  43. ए उमेष जी ,तपाई मान्छे चाही खत्तम हो है ,यस्तो राम्रो आईडिया रहेछ, सुरु माँ भंनू परदैन?
    लू लू सम्बिधान सभाको चुनाव को लगी पनि यस्तई आइडिया हमरा barista नेता हरु लाई दिनु पर्यो अणि टाईप गर्दै समस्या समाधान गर्दै..कती जाती हुन्थ्यो होला….

  44. उमेश जी धरेई राम्रो लाग्यो धन्यबाद छ तापाई लाई अब म येहि वेब साइड बात सेंड गर६हु..

  45. वाह काईदाको रहेछ तै पनि म जस्तो प्रीति म टाईप गर्ने लाई चै यूनिकोड नै सजिलो हुने रहेछ . हिन्दी को लागी बनायेको हुन्दा अली अप्ठेरो पनि हुने रहेछ, कहिले कही अद्किने रहेछ तैपनी नेपाली टाईप नगर्नेलाई ठिकै हुने रहेछ . शुद्ध लेखन अली गारो हुने र् रश्वो दीर्घा पनि मिलाऊंन जहां गारो अनि पुरनाबिराम पनि पाईंन मैले ta.

  46. उपयोगी कुराको अनुसंधान गारी रख्नु भएकोमा धरै धरै धन्यबाद

  47. जानकारी को लगी धेरै धेरै धन्यबाद उमेश जी .

  48. हो हो गुगलको साईट गजबकै रहेछ, तर पूर्णबिराम कसरी टाईप गर्ने हो? केहि मेसो पाईएन, लौ न थाह छ भने बताई दिउं !

  49. धन्यबाद उमेशजी, यस्तो knowledgable कुर हामिसंग share गर्नु भएकोमा.

  50. खोई मेरो पहिले को कमेन्ट ता कता हरायो?
    उमेश जी निकाली दिनु भयो की के हो?
    मेरो पनि कमेन्ट देखाई दिनुहोस है.
    लौ त आजलाई यही कलम बंद गर्दछू बाकी कुरा भेट्मा गरु ला
    तपई को उही सुभाचिंतक

  51. मलाई दामी लाग्यो यो सेवा/ लेखी रहू जस्तो लाग्यो
    मैले हिजो मत्री ययूता सथिलाई भानेको थिए की नेपाली माँ टाईप गर्ने गूढ़ सर्विस छीना
    टाईप गर्न गर्हो छ अणि धेरी ले ब्लॉग पध्दैना / तारा अबा धेरी राम्रो भो

  52. वाह ! कस्तो सजिलो भयो अब त . उमेश जी , धेरै धेरै धन्यवाद छ तपाइ लाइ

  53. मेरो संसार को सेवा पाए मैले / माँ ता सारई खुसी छू

    रोमन नेपाली यूनिकोड भंडा सजिले रहेछा

    लौ त यस्तो सेवा दीने लाई धन्यबाद

  54. सुरज जी,
    ल हेर्नू त हलन्त पनि मिल्छ लगाउन ‘ सुगन्धिम् पुष्टि बर्धनम्’

    ल उमेश जी, धेरै धेरै धन्याबाद है त !!

    ………..
    चेतना

  55. अब भनि बल्ल ठिक हुनि भयो है उमेशजि हाम्रो हेडसरहरु लाइ !!

  56. पूर्ण बिरामको लागी keyboard मा रहेको SHIFT थिच्नोस र साथसाथै Backspace को बायाँ पट्टी रहेको botton लाई थिच्नूस “|” आई हाल्छ नि यसमा कुनै चिन्ता लिनू पर्दैन |

  57. हो उमेशजी कस्तो सजिलो रहेछ हगी मलाई धेरै मनपर्यो . रोमन नेपाली बात कमेंट लेख्दा कटती कुरा नबुजेको हुन्छ तर अब नेपाली माँ नै लेख्न सकने भयेकोले अर्थको अनर्थ नलाग्ने भयो . भनेपछि कुरा प्रस्ट हुने भयो हैंन त . great !!!

  58. धन्यबाद उमेश जी, अब देखी म पनि नेपाली मै लेख्ने प्रयाश गर्छू. यो त निकई गजब को लाग्यो मलाई. ओहो लेखन पनि रमाइलो नई हुदो रहेछ तर अली टाइम चै लाग्दो रहेछ.

    एक्चोटी फेरी धन्यबाद सहित,

    उत्शव पोख्रेल.

  59. ऊमेश जी एकदम नै राम्रो रहे छ मलाई ता ठेरू खुसी लाग्यो म अब यस् बात नै कमेन्ट लेखाछू ल

  60. धन्यबाद यो उपयोगी कुरा बारे जानकारी दिनुभएकोमा, प्रीती र छाहरी भंडा ता अली सजिलो पो रहेछा यो सिस्टम त,तर उमेश जी, एकबात के भनेनी, पुर्नाबिराम चिह्न चांही मैले दिन सकीना नि कसरी दिने होला? कुनाई जानकारी छ की हजुरसंगा? भए यसो……………..

  61. यो साईट कस्तो छ भनेर परीक्षण गर्न मात्र आयको त गजबको साईट रहेछ बा ! धेरै धेरै धन्यवाद् !

  62. ल यो चाही गजब्को रहेछ./खुशी लाग्यो. धन्यबाद !

    कपूर शाह

  63. धेरे सजिलो र् छिटो पनि छ अबा बहने मलाई पनि कमेंट लेखन मन लाग्यो

  64. वाह क्या राम्रो रहेछा. अब मैले पनि नेपाली मा नै टाईप गर्छू .सजिलो पनि रहेछा. धन्यबाद 🙂

  65. वाह नेपाली मा टाईप गर्न क्या सजिलो. तर यो पूर्णविराम दिने चाहिं कसरी हो खै?
    आएन.

  66. धेरै धेरै धन्यबाद उमेशजी, राम्रो कुराको जानकारी दिनु भएकोमा |
    पहीला त म पनि प्रीति फोंटमा गयेर चेंज गरेर मात्र रख्ने गर्थे तर अब देखी मलाई धेरै सजीलो हुने भयो |

  67. अन्तिमको अक्षरमा हलन्त चांहि लगाउन नमिल्ने रहेछ

    जस्तै

    ॐ त्रयम्बकं यजामहे |
    सुगन्धिम पुष्टिबर्धनम ||
    ऊर्वारुकमिव बंधनान |
    मृत्योर्मुक्षीय मामृतात ||

  68. मलाई पनि धेरै मन पर्यो यो साईट.तर यूनिकोड माँ लेख्न त्येती सजिलो चाही छैन. गूगल ले धेरै राम्रो काम गरेको छ. मैले पनि येहि साईट बाट लेखेको हो.
    बिबेक

  69. यति गार्हो श्लोक त शुद्द संग लेख्न मिल्ने रहेछ

    कर्मंण्येवाधिकारस्ते मा फलेषु कदाचन
    मा कर्मफलहेतुर्भुर मा ते संगोस्त्वकर्मणि

  70. कस्तो गजबको तरीका, धन्यबाद देखाईदिनु भयेकोमा. तर सुरुमा निकई गारहो हुन्दो रहेछा

  71. मेरो संसारले फेरी औटा गजबको आईडिया दियो
    उमेशजी धन्यबाद
    फुर्सद्को समय रचनात्मक काममा सदुपयोंग गर्न पाएकोमा खुसी लागेको छ
    anish
    currently:Australia

  72. उमेश जींलाई मेरोतर्फ बाट धेरई धेरई धन्यबाद जे होस हजुर को यो काम उल्लेखनिये लाग्यो,सायद अब नेपाली मा नै कमेन्ट गरिन्छ की जस्तो लाग्छ …..जे भये पनि फेरी पनि धन्यबाद…….

  73. धेरै राम्रो कुरा बताउनु भयो. क्या गज़ब संग टाईप हुने रहेछ .

  74. प्रिय उमेशजी
    धन्यबाद उपयोगी कुराको जानकारी दिनु भयो
    लक्ष्मी राई

  75. हो र? मैले पनि नेपालीमा टाईप गर्ने कोशिस गरेको छु | हो त नि धेरैं राम्रो लाग्यो | मैले पहिलो चोटी नेपाली मा कमेन्ट गर्न पाएको मा धेरैं खुशी लाग्यो | उमेशजीलाई धेरैं धेरैं धन्यबाद | तपाइं त सोधखोज मा निकै अगाडी हुनुहुन्छ |

  76. धन्यबाद उमेश जी ! यो त गूगल ले गजब को ट्रांसलेशन सर्विस दीऐछ !

  77. प्रिय मित्र उमेश जी!
    धेरेँ सम्झना./ नेपाली मा टाईप गर्ने ठाउ देखाउनू भएकोले यो चिट्ठी लेखने काम भयो .
    धन्यबाद,
    रमन

  78. मैले पनि यो वेबसाइट बाटा टाईप गरेको हु, हेर्नुस त कस्तो भो, आहा कस्तो राम्रो बो है , ला है साथी हरु हो, यो वेबसाइट बाट टाईप गर्नु पछं

  79. ओह हो यो ता वहुत राम्रो आईडिया लग्य्नो नि अब्देखी मैले नेपाली माँ नै कमेंट हरु लेकने छू धेरई धेरई धन्यबाद उमेस जी

    [नेपालीमा लेख्नुभएकोमा धन्यवाद, तर तपाईँका निकै शब्द मिलेका छैनन्। त्यसलाई एडिटमा गएर मिलाउन सक्नुहुन्थ्यो तपाईँले]

Comments are closed.