मेरा भावी योजनाहरु

[शुक्रबार फिलिपिन्समा म्यागासेसे पुरस्कार ग्रहण गरेर स्वदेश फर्कँदै गर्नुभएका महावीर पुनका भावी योजनाहरु के-के छन् ? ]

-महावीर पुन-
वायरलेस नेटवर्किङ प्रोजेक्टलाई म नेपालका अरु भागहरुमा पनि ‘रेप्लिकेट’ गर्न चाहन्छु। यसका लागि मलाई धेरै ‘रिक्वेस्ट’ आइरहेका छन्। त्यही रिक्वेस्ट अनुसार अहिले मकवानपुरमा काम भइरहेको छ। काठमाडौँमा रहेको मोडल अस्पताललाई मकवानपुरको पूर्वी भेगको गाउँका स्वास्थ्य केन्द्रहरुसित जोडेर टेलिमेडिसिन गर्ने काम भइरहेको छ। यसपछि गाउँका बिरामीहरु काठमाडौँ आइरहनु पर्दैन, टेलिमेडिसिनमार्फत् यहाँका चिकित्सकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा उताका स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गर्नेछन्। यसअन्तर्गत राई गाउँ, फापरबारी, हात्तीसुँढे, छतीवन, भेलकोट, चीसापानी, थिङ्गन र मकवानपुर जिविस जोडिनेछन्।

सम्मानित अन्य व्यक्तित्वसहित महावीर पुनः बायाँबाट तेस्रो।

यो कार्यक्रम मकवानपुर जिविस र मकवानपुरका सांसदको हो। मतलब पैसा उनीहरुले लगानी गरेका हुन् र मैले चाहिँ प्राविधिक सहयोग गरेको हुँ।

त्यसैगरी मोडल अस्पताल कै कार्यक्रम अनुसार मोडल अस्पताललाई दोलखा अस्पतालसँग जोड्ने काम पनि गर्दैछु। यसका लागि सामानहरु सबै आइसकेका छन्। काम गर्न मात्रै बाँकी छ। यही पुरस्कार सुरस्कारको टण्टाले यो महिना सबै ‘लस’ हुने भयो। नभए काम अघि बढिसक्ने थियो।

त्यसैगरी उता इलाममा पनि इलाम अस्पताललाई त्यहाँका वरिपरिका क्लिनिकहरुसित जोड्ने कार्यक्रम छ। त्यहाँ हिमालयन हेल्थ केयर भन्ने एउटा संस्थाले एउटा सामुदायिक अस्पताल खोलेको छ। त्यसैलाई क्लिनिकहरुसित जोड्ने टेलिमेडिसिन कै कार्यक्रम हो यो।

यस्तैगरी प्युठानमा पनि स्कूल र क्लिनिकहरुलाई वायरलेस नेटवर्किङमार्फत् जोड्ने कार्यक्रम छ। यसका लागि पैसासैसा तयार भइसकेको छ।

अनि पाल्पामा विनरक भन्ने संस्थाको सहयोगमा तानसेनभन्दा दक्षिण भेगमा पर्ने केही गाउँहरुलाई पनि वायरलेस नेटवर्किङबाट जोडिदिने भन्ने कार्यक्रम पनि छ।

यस्तै मुक्तिनाथमा एउटा भीस्याट राखेर त्यसको वरिपरिका भागहरुलाई पनि जोड्ने कार्यक्रम रहेको छ।

सुरुमा भी स्याट ल्याउने, वायरलेस नेटवर्किङ गर्ने काममा सरकारी नीति नियम बाधक थिए। तर अहिले सरकारलाई कन्भिन्स गराएर एक सय रुपैयाँ लाइसेन्स शुल्क तिरेर गाउँमा भी स्याट राख्न पाउने नियम बनेको छ। अब कसैले ग्रामीण क्षेत्रमा आईएसपी खोल्नु पर्‍यो भने दुई सय रुपैयाँ तिरेर नै भीस्याटको लाइसेन्स पनि आईएसपीको लाइसेन्स पनि पाउन सकिन्छ।

वायरलेस नेटवर्किङका लागि चाहिने दुई वटा फ्रिक्वेन्सी हुन्छन्, 2.4 Ghz र 5.7 Ghz। यी दुई वटा फ्रिक्वेन्सी प्रयोग गर्ने रेडियो उपकरणलाई लाइसेन्स नचाहिने भन्ने नीति पनि बनाउन लगाउन हामी सफल भएका छौँ। [अन्तरिम विधायिकाका सांसदहरुलाई, नीतिनिर्माताहरुलाई लबिङ गरेर, कुरा बुझाएर यस्तो नीति बनाउन महावीर सफल भएका हुन्] पहिले यी सबैका लागि लाइसेन्स चाहिन्थ्यो।

यी खुद्रा परियोजनाहरु बाहेक ठूलो स्तरमा नेटवर्किङका लागि कर्णाली अञ्चलसहित त्यहाँभन्दा पश्चिमका १७ वटा पहाडी जिल्लामा वायरलेस नेटवर्किङ गर्न सकिन्छ भनेर त्यहाँका सांसदहरुसँग मिलेर एउटा मास्टर प्लान बनाएर योजना आयोगलाई पेश गरेका छौँ। साढे ४३ करोड रुपैयाँको योजना हो यो। यसलाई हामीले सरकारसमक्ष पेश गरेका छौँ। सरकारले चाहिँ पैसा भयो भने हाल्छु भन्ने हिसाबले हामीलाई जवाफ फर्काएको छ। यसको मास्टर प्लान मैले बनाइदिएको हुँ। सरकारले अब २३ वटै जिल्लामा पैसा नभएर नगरे पनि केहीमा त गर्ला कि।

त्यसैगरी अर्को काम केमा लागेको छु भने वायरलेस नेटवर्किङबाट स्कूलहरुलाई जोडेपछि विद्यार्थीहरुलाई एडुकेसनल कन्टेन्टहरु विकास गर्नपर्ने हुन्छ। त्यसका लागि काठमाडौँमा बस्ने साथीहरुसँग मिलेर एउटा संस्था अ‍ोएलएई नेपाल- अ‍ोपन लर्निङ एक्सचेञ्ज नेपाल खोलेका छौँ। यसको काम विद्यार्थीहरुलाई कस्तो शैक्षिक सामाग्री (पाठ्यक्रमसम्बन्धी) चाहिन्छ, त्यसको विकास गर्नु हो। विकसित सामाग्रीलाई अ‍ोपन सोर्स युज गरेर निःशुल्क सबैलाई वितरण गरिनेछ। प्रस्तुतिः उमेश

[साथी कृष्ण र मसित बागबजारमा भएको कुराकानीको आधारमा। कुराकानीको एक झलक सुन्न यहाँ क्लिक गर्नुस्]

24 Comments

  1. You have a dream to make people of Nepal to walk on the moon.

    Certainly you have the knowledge to connect and keep in touch to the Nepalese people with the world.

    These days if you able to understand the technology; that is called knowledge and that is known as the POWER.

    Best of luck. May God bless you.

  2. महाबीर जस्तेई हामी सम्पूर्ण नेपाली आपसी मत वेड र् जातीय भिन्नता लाई त्यागेर ठुलो हुने प्रब्रिती भन्दा जनता का साथ रामउने बानि को बिकाश गरे हाम्रो देश को अबस्था कती माथि उठने थियो होला ? हाम्रो जिबन पद्धति कती सबल र् राम्रो हुनेथियो होला ? तर खोई हाम्रो धयान यतातिर जानसकेको?
    subhash europe

  3. नयां नेपालका अहिलेका नेतागण मा पनि महावीर पुनको जस्तो दूरदर्शिता, मनोबल, अनि योजना भए कती राम्रो हुन्थ्यो होला |

  4. पुन सर
    तपाईको यो काम लाई दोलाखा र रामेछाप को जनताको तर्फबाट धन्याबात दिन चाहान्छु र सबै जनाले धन्याबात दिनु पर्दछ l

    तपाईसग केही कुर सोध्न मन लागेको छ l दोलाखा को बारेमा कुरा सोध्न मन लागेको छ l दोलाखा को मोडल हॉस्पिटल लाई काठमांडू को हॉस्पिटल माँ वायरलेस नेट्वोर्किंग जोडेर के के काम गर्न सकिन्छ l काठमांडुं को डॉक्टर र् दोलाखा को डॉक्टर बिच कुरा भएर उपचार गर्न सगिलो हुन्छ l यसो भयो भने दोलाखा को जन्ताको को लागी ठुलो कुरा हुने भयो नि l

    यसैलाई सबै जनताले भन्नु पर्छ नया नेपालको काम सुरु भयो भनेर l

    यो काम कहीले बाट सुरु हुन्छ l मैले यो काम माँ तपाईलाई पनि शहयोग गर्न सक्छु की ल

    तपाईको ईमेल ठेगाना भए राम्रो हुने थियो l

    धन्यबाद,
    प्रकाश

  5. nepal ko saansad haru ko talab kaatera bhaye pani paisa lagaani garnu parcha.

    neta k ko laagi..? jantaa ko laagi…hoina ta..?

    yo plan anusaar chalyo bhane saayad 2-3 barsa maa nepal ko roop nai change hunecha. dubai , malaysia gayera farkekaa haru ta achamma parchan holaa.

  6. Not only that with the helps of our guru Mahabir pun,We are lunching community ISP in beni within this Dashai which helps others part of myagdi to connect the internet.This is the great achievement of Mahabir pun and we all who know him from nears as well all Nepali.

  7. UMESH JI
    MA PANI BYAS JI SANGA SAHAMAT CHHU, MAHABIR SIR RA KARNA SHAKYA LAI VET GARAUNE KOSIS GARDA KASO HOLA , UHAHARU SANGAI BASERA GARNE KURAKANI KATI INTRESTING HOLA ! RAMAELO LAGCHHA SAMJHADA PANI , KOSIS GARNE HO ? UHAHARUKO BICH BATA NISKANE BICHARHARULE MERO BICHARMA SABAILAI BEGLAIKHALKO JOS PARDAN GARCHHA JASTO LAGCHHA MALAI NEPAL RA NEPALIHARUKO HITMA …..
    dipendra http://www.cyberbeni.com

  8. Congratualtions to Mahabir once again. I have a few comments to offer to you.

    1. While receiving the award, you should have worn some traditional attire from Nepal be it national dress or something from your own ethinicity. That where we seemed to have lost our identity.

    2. Please be cautious that projectisation and developmentisation of your ideas may lose their present sense of a campaign and most projects are unsustainable. Campaigns are always stronger than projects.

    3. Preserve your property rights and do not let it get highjacked.

    4. Give enough thoughts and efforts that your invovation is sutainable (as many e-govenrnace faciliteis in India are unsustainable and under utilised)

    With these comments I would like to offer our moral support and share the pride of your social entreprenural ship.

  9. I agree Byas’s ji’s comment. Karna Shakya got full of innovative ideas and Mahabir Pun got good expertiseness and willingness. These two dueo would lead to make new nepal.

  10. महाबीर
    तिमि नै नेपाल आमा को सच्चा छोरा रहेछाऊ|यी चोर नेताहरुले तिमि बाट केही सीके हुन्थ्यो|तर खर्बदार कुनई पार्टी माँ लागेर चुनाब माँ चै न उठ्नुनी !!!!नात्र यो सबै सत्ता माँ पुगने च्याखे दाऊ!!!!!!!!झै बुझियेला ????

  11. I am very much impressed by the deeds and ftire plan of Mr. Mahabir Pun. Lets give him every support in whateverway we can. May us learn from him and follow his path.

  12. Mr. Mahavir Poon is certainly a national hero who has clearly shown the path properly educated and trained persons could take and do something for the nation. Practical developmental works like these are what required by the people and the country, in stead of dirty politics and power in-fighting. We salute Mr. Poon for his wonderful job!

  13. Dear Bidrohi Ji

    I think you have read the article carefully. Mr. Pun has submitted his bigger plan to the government. Don’t you think whoever is in the government has to endorse his plan and give him a green signal. Why are you so much reactive? Why do you always relate politics with a pure developmental plan? We need everybody to develop our country, whether you like or not, we need GP , Prachanda and so on, even now Upendra Yadav. It’s nothing but about our country’s prosparity.

  14. I did not know that Nepal has a person with such a great vision.
    Hope he will produce next generation of leadersin his field.

  15. ******* फेरी बधाई छ महावीर पुन ज्युलाई***********
    बधाई नदिई त्यतिकै बसिरहन सकिन

    हाम्रो पुनजीको सपना कत्रो महान रहेछ, एउटा व्यक्तिगत स्वार्थलाई परित्याग गरेर नेपालको गाँउ गाँउमा वाईरलेस नेटवर्किङ प्रबिधीको बिस्तार गर्नमा तल्लिन हुनुहुन्छ। यदी सबैतर्फबाट सहयोग मिल्यो भने नेपाल गाँउ अवश्य पनि नेटवर्किङ सञ्जालले संसारसंग मितेरी लगाउन सक्नेछ, संसारको गाउँहरुसंग पनि सञ्जाल बढिरहनेछ र पुनज्युको सपना पनि साकार हुनेछ।
    यस्ता महावीर पुनजस्ता सपुतहरुको जन्म हुनु नी नेपाल के को त्यो काठमाण्डौमा बम हान्दै हिड्ने खालको मान्छेरहु जन्मिनुपरेको हँ??????
    हाम्रो देशको सबै नेताहरुले अलिकति भए पनि महावीर पुनबाट पाठ सिक्नुभए कति बेस हुनेथ्यो र आफ्नो स्वार्थलाई परित्याग गरेर राष्ट्रको निम्ति सेवा गरेको भए नेपाल यसरी ईराक जस्तो अवश्य हुने थिएन होला??!!!!तर कठै के भनौं सबै एउटै ड्याङको मुलाहरु के नै भन्नु नी। जति सरापे पनि यी नेताहरुलाई पुग्दैनन्।

    हामी सबै नेपालीहरु एकजुट हौऔ अनि महावीर पुनका कार्यहरुमा प्रोत्साहन दिउँ, अनि सबै मिलेर काम गरौं, निस्वार्थरुपले देशको लागी सेवा गरौं अनि नया नेपाल बनाऔ त्यसपछि पो बल्ल नया र सुन्दर नेपाल देख्न पाईन्छ त। कहाँ प्रचण्डे, गिरिजाको जस्तो भाषणले नयाँ नेपाल बन्छ त???? बरु थोरै भाषण गरौं धेरै कार्य गरौं, व्यर्थमा भाषण गरेर समयको दुरुपयोग नगरौं।

    अस्तु!!!!!!!!!!!!!!!!!!!!!!!!

  16. साचैनै नया नेपालका एक हस्ति हुन् माहाबिर पुन। उनको हरेक पाइला सफल होस । रास्ट्र लाइ उनि जस्ता स्पस्ट भिजन भयेका मानिस हरुको खाचो छ ।

  17. if the potentiality of every nepali is expressed like this, it will not take time to develop. The country will not develop on its own, we have to develop it. If all those people who were working abroad 16hrs per day, will work similarly in their own land, it is possible to see a bright future. We all are working abroad for others to develop others countries.
    There’s a lot of oppertunity in nepal too to work for 16 hours a day to earn similar money. But one has to explore it. No one in foreign land is earning money without working, why cannt they work the same in nepal. Its all just feelings that should come from heart.
    I am agriculturist by profession and would prefer to work for community development after completion of my study. Let us all start to work for development of community and finally the country.
    Let start to keep some feeling of patriosm in heart.
    May the soil of Nepal will be able to return all the people in foreign land (diaspora).

  18. निश्चय नै उत्कृष्ट शुरुवात । यसै गरी सम्पूर्ण नेपाललाई शिक्षित एंव स्वस्थ बनाउन हामी सबै एक भै वहाँलाइ सहयोग गरौं। आउदो दशक नेपालको विकासको दशक लाई नारा मानी यसको सफलतामा सरीक होऔं।

    नयाँ नेपाल जय नेपाल।

  19. そこまでするのはまだちょっと早いのではないかという気がしますが頑張ってください。

Comments are closed.