सेना किन चुप बसेको ?

आइतबार भएका तीन बम विस्फोट मध्ये सुन्धारामा भएको विस्फोट अलि फरक प्रकृतिको थियो। यो घटनामा घाइते हुने एक जना चतुरबहादुर नेपाली सेनाका सिपाही भएको गृह मन्त्रालय कै विज्ञप्तिले समेत पुष्टि गरिसकेको छ। प्रत्यक्षदर्शीहरुले उनले आफैले बोकेको विस्फोटक पदार्थ पडकिएको बताएका छन्। सगरमाथा टेलिभिजनमा एक प्रत्यक्षदर्शी बताउँदै थिए- “उ आफैले बोकेको सकेट बमहरु पडकिएर विस्फोट भएको हो’। उनको उपचार अहिले सैनिक अस्पतालमा नै भइरहेको छ। तर यत्रो गम्भीर विषयमा सेनाले एक शब्द पनि बोलेको छैन। अरु बेला भए सानातिना कुरामा पनि वक्तव्य निकालिरहने सेनाले यस बारेमा अचम्मको मौनता साँधेको छ।

सञ्चार माध्यमले पनि यो कुरा उठाएको छैन। त्यसो त आम सञ्चारका माध्यमले यस्तो संवेदनशील कुरालाई उठाउनु अघि हजार पटक सोच्नु पर्छ। यस्तो कुरा उठाउँदा आउन सक्ने नकारात्मक परिस्थितप्रति पनि सचेत हुनै पर्छ। सञ्चार माध्यमहरुको यो बाध्यतालाई बुझ्न सकिन्छ। तर सेना किन चुप बसेको छ ?

उनी कसरी घाइते भए ? के अरुले गरेको आक्रमणमा उनी घाइते भएका हुन् ? त्यसो भए ‘मानवताविरुद्ध आतंककारीले गराएको विस्फोटमा परी सेनाका एक सिपाही गम्भीर घाइते भएको’ जस्तो व्यहोराको वक्तव्य किन सार्वजनिक गरिँदैन ? नेपाली सेनालाई अहिलेसम्म युद्धकालमा माअ‍ोवादीले बाहेक कसैले आक्रमण गर्न सकेको छैन। यस्तो स्थितिमा यदि कसैले सेनामाथि आक्रमण गरेको भए त्यो ज्यादै गम्भीर विषय हो।

अनि यदि त्यसो हैन, कुनै कामवश विस्फोटक पदार्थ बोकेर गइरहेको बेला दुर्घटनावश यस्तो भएको भए यस्तो भएको हो है, ‘यसमा बाँकी दुई विस्फोटको कुनै सम्बन्ध छैन। असावधानी र दुर्घटनाका कारण मात्र यस्तो भएको हो, यसबाट सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै भ्रममा नपर्न अनुरोध छ’ भन्ने वक्तव्य किन निकाल्दैन ?

किन चुप छ सेना ? यसरी चुप बस्दा राष्ट्रिय सेनाको छवि मै आँच आउने गरी सडकतिर हुने गरेका हल्लाहरु प्रति सेना सचेत छ ? सेना चुप बस्दा यस्तै हल्लाखोरहरुको कुराले नै बढी मान्यता पाउने र त्यसबाट हुनसक्ने पर्नसक्ने नकारात्मक प्रभावप्रति के सेना सचेत छ ?

लोकतान्त्रिक बन्ने प्रक्रियामा रहेको सेनाले यस बारेमा पनि केही सोच्ने कि ?

24 Comments

  1. its not good to involve nepal army for every bad cause they are the one who fought against maoist terrorism they r the one who died in ambush they r the one to die in war they r the one who suffered most and serve the country we don,t have right to accuse any one without proof. we just can pass the comment but they r the one to go to the war and fight for us .so if we don’t respect them its pathetic .

  2. Today i Read opnion of Sujata koirala , i surprised
    DHANYA KOIRALA PUTRI. HUNTA TAPAIHARU 2007 SAL DEKHINY SADAYANTRAKAI HUNUHUNCHA.KE TAPAILAI 2007 AGHIKA SAHID HARUKO YAAD PANI AUDAINA HOLA,TAPAI HARULAI PANI SUBARNA SAMSER LE NY TA BANAYAKA HUN KOLKATTA MA HOINARA.
    RAJU
    USA

  3. राजामा लोभ,लालच,शक्तिको चाहना सब थियो र अझै छ पनि होला। सेना राजा प्रति बफादार थियो र अझै छ पनि होला। यो परिपेक्षमा धेरै जानाले धेरै लेखे। यो पक्ष छानबिन गर्न जरुरी छ।

    तर, अर्को पक्ष रहेछ भने? सबै राजा र सेनाको पछाडि लागेको बेला अर्कैले बाजि मार्‍यो भने? तराइ आर्मीले जिम्मा लिएको कुरालाई पुरै वास्ता नगर्न सकिंदैन। राजा र सेनाको पनि छानविन गरौं तर यो तराई connection लाइ “होइन होला ” भनि बेवास्ता नगरौं। बर्षौंदेखि भारतको भित्री अभिष्ट नेपालमा आफ्नो प्रभाव बडाउँदै लैजाने हो। र अहिले उसलाई सुनौलो मौका पो छ त। अहिलेको विश्वमा सैन्य शक्तिले कुनै स्वाधिन राष्ट्रमाथि धावा बोल्न त गाह्रो छ तर सबैले स्विकार्नै पर्ने संबिधान सभा मार्फत बन्ने संबिधानमा आफ्नो पक्षमा नेपालको संबिधान पार्न सकेमा “सर्पो नि मर्ने लठ्ठी पनि नभाँचिने” हुन्छ भारतलाई।

    तराईका समुह प्रति सहानुभुति राख्ने मित्रहरु,तराईका समुहहरुले हिंसा गरेका होइन होला कहाँ गर्न सक्नु भन्ने मित्रहरु, एक चोटि पहाडियाको रुपमा सिराहा र सप्तरीका ग्रामीण इलाका घुमेर त आउनुस्। अपहरणमा पर्नु भएन भने अचम्म हुनेछ। मारेछन भने नि कुनै अचम्म हुँदैन। आफ्नै देश हो तर जान नपाइने। मार्छन् पो त हो साथि त्यता। नपत्याय गएर हेर्नुस त्यता। राजा र सेनालाई गालि गर्दा गर्दै आफ्नै धरती मा आफु बिरानो हुन पर्ला।

    त्यसैले गल्ति गरेको हो भने राजा र सेना लाई सजाय दिऔं। पक्कै। तर बिना छानबिन राजा नै हो भनेर ठोकुवा गर्नु कति बुद्धिमानी होला? यस्तो नहोस, भोलि देश बाँकि नरहोस, क्षेत्री बाहुन जनजाति आदिबासी कांग्रेस कम्युनिष्ट मावोबादी रा प्र पा जनमोर्चा सबै सबै एक अरब+ भारतियको भवसागरमा डुबेर आफ्नो कहिल्यै नफर्किने गरी गुमेको अस्तित्व सम्झेर आफैंलाइ धिक्कार्न बाहेक अरु बिकल्प नरहोस।

  4. yo sab Raja ko chaal ho…NEPAL SENA naam rakhdai ma tyo commandar ley RAJA ko chakadi garna chode chaina..they are still ROYAL NEPAL ARMY not NEPAL ARMY in fact….lau ja thokera bhanchu

  5. त्यों बमहरु तराई आर्मी ले पड़काऍको होइन, नेपाल आर्मी ले हो, ज्ञानेको इशारा मा ! नत्र किन भाद्रकालीमा नेपाल आर्मीले आफैले बोकेको बम पर्द्क्यो? अनी किन नेपाल आर्मी चुप??? साथीहरु हो…. येहा ठुलो घिन्लाग्दो राजनितिक खेल भैराहेको छ ! सावधान, चुनाब अगाडी येस्तो बमहरु अरु पनि पदकिन सक्छ….. घटनाको छानबीन गर्ने हो भने त्यो घईते भएको नेपाली सेनालाई सोध्पुछ गरे सबै पर्दाफास भैहाल्छ नि.. तर अब तेस्तो हुदैन, त्यों नेपाली आर्मी कि त उपचार को क्रममा नै मर्छ, कि त हस्पिटल मैं गयाब हुन्छ… हेर्दई जनुस… अनी नेपाल आर्मी ले केहि पनि बोल्नेवाला छैन….

    Akash, Aus

  6. The greater suspect is king and the army at this juncture. It is importnt to have proper investigation of the survived army to find out if there is any link. It is obvious that there was no change in the rank of power after the so called political change. lot of Rana, shaha and thapa dominated and old mentality army are not loyal to the people. The top army post should have been given to the talended son of ordinary people who has sense of of respect to the nation and the service to people suffering from law and orderless situation. Neither moist, army or the government giving any count on this how this useless government to deal with such a sensitive issue. We all ordinary people know there are around 2o to 3o people in Nepal who deserve hanging, may be another 200 who need to sacked from their position. But who is going to do this.

  7. AB NEPALI SENA KO PARIXA KO GHADI AAYO. AAFU BHITRA LOKTANTRA KA GADDARHARU BHAYAKO SWIKARNE WA SINGAI ARMY REACTIONARY HO BHANI KHULER AAUNE?

  8. lsg a;]sf] eGg’ 1fg] rf]/sf rDr]x? cemklg pRr kbdf cyjf rfs8L ug]{ dfG5] x? klg eP/ xf]nf em} nfU5, jf ;+ljwfg ;efsf] r’gfj layf]NgnfO{ 1fg] rf]/n] g} ad k8\sfPsf] x’g’ k5{ . cem klg 1fg]sf s’s’/x?n] ubf{ ;]gfx? r’k nfu]/ a;]sf] x’g’k5{ clg csf]{ s’/f yfxf 5}g xfdL g]kfnLx?sf] afgL xuL ;s]kl5 b]Vg] .

  9. army bhitra ka gaddar loktantra birodhi ko haat huna sak6 ta ra pura sena lai muchhnu hundaina…………tyasta sadyantra kari lai samaya ma nai nangyaunu par6……….sanchai tyo pokhara ma terai ma sena parichalan garnay ani dal haru lai gali garnay tyo rana………naam pani birsay tyo kanha k gardai 6?

  10. I think the blast was maoist’s act, i do not see any involvement of army as the SIPAHI may also be a victim. And this must be a step against army because hows hoeas a person know that another was carrying “Socket” bomb so specifically.

    So this was a mere plot against the nation and this scandal is against noremol people and army.

    This might be done by YCL to support maoist and aving them from the disastrouc count out in the CA polls.

  11. सबै सरकारी संयंत्र तै चुप मई चुप को अबस्थामा बसेको बेलामा सेनाले हतार गरेर बोल्दा समस्या निम्तिने निस्चित छ | कीन भने उसले निकालेको बक्तव्यमा सबैले चित्त बुझाउने नै छन भन्ने पनि त छैन नि | शंका,अदालाबाजी र् संभावानको द्र्श्तिले त जुन्सुकई कोनाबता पनि आंकलाना गर्न सकिंछा | हो उसको एक सिपाही घाईते भएको छ तर त्यही आधारमा नै राष्त्ट्रिय सेनामा लंछाना लगाई हाल्नू हतार पो हुने हो की | हालै त्यों सिपाही को बारेमा एक समाचार आएको छ की उ आफ्नो गठाघरको कार्यालय बाट कामको सिल्सिलामा हेडक्वाटर आएको थियो रे | र यी सबै अरेका कुरा हुन | त्यसैले अरेका कुरा को पछि लागेर अर्को थप अरेको कुरा थप्न उचित नहोला की | हामिले बिषयको संबेदनसिलता पनि बुझनु पर्ने हुन्छ | सेनाले जनभावना बिपरीत छिसिक्क केहि गरेमा उस्को बिकल्पको रुपमा अर्को सेना रहेको ले पनि यस्तो ममलामा उ सजग नै होला | अर्को कुरा सेना जनता प्रति उत्तरदायी छ भन्ने कुरा उस्को पछिल्लो ब्यबहारले देखाईरहेको पनि छ | भलै लोकतान्त्रिकरण को कूरामा उसले आफुलाई परिमार्जन गर्न ढिलाई गरेको कीन नहोस | देशै पुरानो शैलिमा नै चलिरहेको अबस्थामा सेनामा पनि चलन परिबर्तन गर्न समय लागेको होला भन्ने लाग्छ |

    धन्यबाद |||||||||

  12. i work for an international wire agency. i called ramindra, spokesperson for nepal army, right after the incident. he refused to give me any quotes or information except for the name of the injured army. he said the government is responsible for releasing all press statements and that he is bound to speak nothing. i also asked him how come only one, and his sipahi, got injured. he said he cannot answer that. he was quite agitated that i called him to ask about the incident.

    i also heard there is no army sipahi called chaturey nepali. it’s not a real name. it’s just a heresay though.

  13. According to report given by eyewitness,That army carry one bag with him until blast and his face show that he have fear of some thing.After blast army take him from bir hospital to army hospital immediately.The Nepal government should make clear about this cases.It may be like Nagorkot incidents.

  14. katai yoo Ganendra ko IShara ma Nepali Sena le blast ta garekoo hoena ? Yesma gmabir shanga chaaa.malai ta k lagchaa vanee Election la effect parna Ganendra bata chaleyakoo auta Magh 19 Jastai auta kadam ho ….

  15. ज्ञाने र तेसको नजिक को सैनिक हरुको काम हो जस्तो लाग्छ मलाई त.
    मान्छे मार्ने काठमांडूमाँ अनि, तराई को मदिसे लाई जिम्मा लीन लगाउने, सबै को ध्यान मधिसे लाई गाली र घृणा गर्न तिर जान्छा. अनि आफू अर्कई षडयंत्र तिर लागने.

    जब “चतुरे नेपाली” को छानबीन चित्तबुध्दो तरीका ले गरिन्छा सबै कुरा सफा हुन्छा. कसो साथी हो ?

  16. If (R)NA is still trying to plot conspiracies against public determination, which is for Republic, it will be their fatal mistake. Nepali people has given (R)NA officers a golden opportunity to mend their past mistakes. They better realize the importance of this opportunity and behave more responsibly, otherwise one or two leaders or parties won’t be able to exonerate their crimes as they did last time.

  17. umeshji.
    im totally disagree about this article about the silence of nepal army. actually we r the suspector n we cannot do nothing we are still hanging on in the 17the century. leave to suspect to others n move to progress ahead. untill n unless we dont have sufficent proof we cannot impose any organisation acutally it must be done by terai organisaiton n maiost rebel group…..there is no doubt because masiot would like to back the consitutional election. there is place to suspect over king coz king has given his all power to public already.if king like to destroy n want to see unprogress nepal he cannot leave his power in any cost. so king is ready now to leave the nation but he has some extend of love to thiers beloved nation so its saying mother n motherland is greater than heaven. king has already expel his hand from the regime so the government n political parties should be serious n responisible for that case n should find the solution. otherwise they should leave the government n give the parliament the new generation, intellectual educated people of the country. our country leader have only corrupted n suspected mind but they dont have leading n commanding n diplomatic things even more leader those are in government are uneducated n difficult to talk to foreing government , they should need a interpretor to talk in the real things so those leader only can give broken nepalse speech to the innocent n uneducated people of the nation.
    now the people of the country are in favor to accept their broken speech because lots of pople of nepal are educated n studying in out of nepal so they have talancy n commanding to rule the real things. so dont try to make people fool in this 21 century, they should be carefull from the new generation otherwise they are going to bear lots of disadantages unfortunate accident in comming future

    so carefull, carefull, carefull n just try to establish the peace n security in the nation ……. n make a new nepal soon.otherwise remove from the parliamentry….

  18. सेना किन चुप बसेको छ? यो एक अनुत्तरित प्रश्‍न हो। सम्बिधान सभाको चुनाव भयो भने आफ्नो अस्तित्व गुम्न सक्ने खतरा प्रति राजसंस्था पक्कै पनि ससंकित छ। र,यो हुन नदिन राजाले सेना प्रयोग गर्न पनि सक्छन्। सेनाका माथिल्ला तप्का अझै पनि राजा प्रति बफादार छन् नै होलान्। तर, यो शंका कै भर मा यो घटना सेनाले गरेको हो भन्नु सायद भुल हुने छ। घटनाको पुरा छानबिन नभइकन यो निष्कर्षमा पुग्नु त्यति बुद्धिमानी नहोला। यस्ता अक्षम्य गल्ति नै गरे भने राजा हटाउने प्रावधान अहिलेकै अन्तरिम संबिधानमा छ।

    यस घटनामा अरु शक्तिको हात पनि हुन सक्ने सम्भावना प्रति सबै नेपाली सचेत हुन जरुरी छ। हुन सक्छ राजा-सेना गठबन्धन जिम्मेबार छ, हुन सक्छ माओबादी जिम्मेबार छ। हुन सक्छ। छानबिन गरौं न त। निष्पक्ष छानबिन। दोषि ठहरिए कारवाहि गरौं। लागि परौं।

    तर हुन सक्ने अरु पनि कुरा छन्। सयौं बर्षदेखि यो स्वतन्त्र हिमाली राष्ट्र बिभिन्न शक्ति राष्ट्रका तारो बन्दै आइरहेको छ। कहिले तिब्बत्/चीन सित युद्ध लडियो त कहिले बृटिस इन्डिया सित। र साँचै भन्ने हो भने, सन् १९४७ देखि नेपाल भारतीय बिस्तारबादको शिकार बन्दै आएको छ। बिभिन्न बाहानामा नेपाललाई प्रताडित गर्ने, नेपाललाई दु:ख दिने, हिमालय भारतको उत्तरी सिमा हो भनि नेपाली भुभाग भारतमा पार्न खोज्ने, कालापानी लगायत नेपालका हजारौं हेक्टर भुभाग जबरजस्ति भारतमा गाभ्ने, आफ्नो सेनाको उपस्थितीमा लाखौं नेपाली भाषी भुटानीलाई नेपाल लखेटी आफ्नो घर फर्किन नदिने, नेपाली भएकै भरमा जो सुकै नेपालीलाई पनि “बहादुर” र “चौकिदार” भनि होच्याउने, नेपालमा सकेसम्म कुनै बिदेशी प्रोजेक्ट आउन नदिने, नेपालको प्राकृतिक सम्पदा हेर्दै र्‌याल काड्ने, आफ्ना वेश्यालयहरुमा नेपाली चेलीको लाचारीको फाइदा उठाउने,नेपालको सीमा नजिक अन्तर्राष्ट्रिय नियम कानुनको खिल्ली उडाउँदै बाँध बनाई नेपाली भुभाग डुबानमा पार्ने, आफ्ना संचार माध्यम मार्फत नेपाल अन्तर्राष्ट्रिय आतंकबादको केन्द्र हो भनी प्रमाणीत गर्न खोज्ने, नेपालमा आतंक मच्चाउने अपराधिहरु प्रति आँखा चिम्लिने निति लिने, आदि बिभिन्न गतिबिधी प्रति पनि हामी सजग हुन जरुरी छ।

    नेपाल सानो स्वतन्त्र राष्ट्र हो। लोकतन्त्र,समानता,अधिकार आदि प्रति आज सारा नेपाली सजग छन्। समानता र अधिकारको लागि कोसैले बम पड्काएर निर्दोश ज्यान लिएर आज हामीलाई समानताको पाठ सिकाउन जरुरी छैन। होला, कुनै अमुक समानताको लागि लडाई लड्डा रगत बगाउन पर्ला, र पहाडियाको रगत सस्तो छ। हामी नेपाली अझै यो खतरा प्रती सजग नहुने हो भने साँचै नै हाम्रो रगत सस्तो हुनेछ। नबिर्सौं, अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन्, अधिकारको लडाई लड्नेले कर्तव्य बोध पनि गर्नु पर्छ।

    बिभिन्न नाम र आवरणमा तराईमा हिंसा मच्चाउनेहरु यो घटनामा संलग्न छैनन् भन्ने के छ? नेपालमा बिभिन्न समुदाय बिच बैमन्स्य पैदा गरी, उनीहरुलाई लडाई आफ्नो अभिष्ट पुरा गर्न त लागेको छैन भारत? बाहुन, क्षेत्री, जनजाति, आदिवासी भनि नेपाली बिच फुट पैदा गर्ने र मधेशी अधिकारको नाममा आफ्नो भुमिका बढाउने खेल त होइन यो? खाली राजा, माओबादी र दलहरुलाई सबै दोष दिदा कतै आफ्नो सर्वस्व लुटिने त होइन?

    नबिर्सौं, आफ्नो अस्तित्व गुमेर आफ्नै घर आँगनमा शरणार्थी हुनु को पीडा कति भयावह हुन सक्छ।

  19. neta police armi nepal ma ramro bhaya kina des ko esthiti yasto hune thiyo ra MA RAJNITIK GARNE NETA POLICE ARMI KO BISWAS KAHILE NI GARDE NA MERO LIFE MA

  20. The Army is behind these scene.They must be operated by king since other organisations can not do that. it is king who dd this. i already wrote a comment in this blog.it is the army men who did this.(terai army or utthan….)they did not do tat. A person talking to bbc from this terai group is not a real rebellion.real rebelion has some thing diffeent voice than this man’s voice.
    conclusion:king gayanendra and his army blasted bombs and killed innocents.

  21. सम्भाबना हरु
    १)तपई ले भने झै सेना ले आतंक फैलायेर सत्ता लीन खोजेको???
    २)माओबादी ले चुनाब हारने देखेर चुनाब बिथोल्न
    ३)माथी कमेन्ट लिखने मित्र ले भने झै चुनाब गरौंन न सकने देखे र सरकारी चाल
    ४)तराई माँ हिट हून काठमांडू माँ मान्छे मारने कुने तराई को (तराई आर्मी)पार्टी को चाल
    ५)काठमांडू बात पर्बते खेदने चाल
    येसको उत्तर चै नंबर चार नै हो झै लाग्छ

Comments are closed.