निकम्मा हामी र हाम्रा नेताहरू

-दीपक अर्याल/कोलकाता-

२५ अगस्तका दिन भारतको हैदराबादस्थित व्यस्त लुम्बिनी पार्क र गोकुल चाटमा बम बिस्फोट हुन्छन् र मानिसहरू मारिन्छन्। राज्य सरकारबाट मात्र होइन, केन्द्रीय सरकारका प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रपति सबैबाट जनताका लागि अपील गर्दै र आतङ्कको निन्दा गर्दै बक्तव्य आउँछ। अँह, त्यहाँका राष्ट्रपतिलाई एउटा वक्तव्य निकाल्दा कुनै अपमान बोध हुँदैन, अँह त्यहाँका प्रधानमन्त्रीलाई वक्तव्य निकाल्दा कुनै पीडाबोध र अपमानबोध भएको महशुस गर्दैनन्। मन्त्रीहरू घटनास्थल र अस्पतालमा पुगेर घाइतेलाई स्वास्थ्य लाभको कामना गर्छन् तथा मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गर्छन्। त्यहाँ उनीहरूलाई फेरि आक्रमण होला कि भन्ने डर लाग्दैन। घटनास्थलमा जाँदा जनताले घेर्लान् वा राजीनामा माग्लान् भन्ने डर पनि उनीहरूमा हुँदैन। धन्न नेपाल र धन्न नेपाली नेताहरू, उनीहरूको मनमा सामान्य औपचारिकता पुरा गर्नु पर्छ भन्ने बुद्धि पनि आएन र इच्छा पनि जागेन। कहिलेकाँही त यस्तो लाग्छ, राजा ज्ञानेन्द्रले यिनीहरूको हातबाट सत्ता खोस्ता जनताले विरोध नगर्नु र नेपाली नेताहरूलाई नेपाली जनताले सधै घृणाको दृष्टिकोणले हेर्नुको एउटा कारण यो पनि हुन सक्छ। जनताका नाममा, जनताका लागि राजनीति गर्छु भन्नेहरूले जनताको दु:खमा केही शब्द बोल्दा पनि उनीहरूको शान र मानको खिलाफ हुने डर छ उनीहरूलाई। तुलना गर्न न त नहुने हो, तर कैयौं सदरमुकामा आक्रमण भएका बेला कम्तिमा शाही मन्त्री ती जिल्लामा त पुग्न त भ्याउँथे, वक्तव्य त निकाल्न सक्थे तर लोकतन्त्रमा त्यति पनि हुँदैन। राजा ज्ञानेन्द्रलाई एकातिर थन्को लगाएर दोस्रो राजा बनेका गिरीजा प्रसाद कोइरालाले झन् किन केही बोल्थे?, परम्परा अनुसार नै राजाहरू कम बोल्नु पर्छ, त्यसैले उनीले बोल्ने, दु:ख व्यक्त गर्ने कुरा नै आउँदैन।

त्यसो त यो आतंकवादी हमला भन्दा पहिलेका घटनाहरू प्रति पनि नेपाली सरकार र नेपाली जनताले पटक्कै संवेदनशीलता देखाउन सकेको छैन। मधेशमा बाढीले र पहाडमा पहिरोले कैयौं नेपालीको ज्यान लियो तर कतै कुनै मन्त्रीबाट पनि सहानुभुतिका वक्तव्यहरू आएनन्। राम्रोसँग जिल्लाभ्रमण गरि पिडीतहरूलाई ढाडस दिने काम पनि गरेनन्। प्रधानमन्त्री (मानार्थ राजा) बाट देशवासीका नाममा सम्बोधन आउने कुरै थिएन, आएन। सहानुभुतिका लागि दुई शब्द बोल्न पनि कन्जुस्याईँ गरे। कुनै नेताहरू र पार्टीहरूले मधेश आन्दोलनमा शहादत गर्नेहरूका लागि एक शब्द बोलेका छैनन्। मधेश आन्दोलन पछि हिंसात्मक गतिविधिबाट मारिएकाहरूका विषयमा एक शब्द बोलेका छैनन्, पिडीत घरपरिवारका मान्छेलाई भेट्न गएका छैनन्। मन्त्रि जान सक्दैनन् भने उच्चस्तरका सचिवहरू त जान सक्छ्न्, उनीहरूलाई त राज्यले पठाउन सक्छन्। अहँ, यस्तो कतै केही हुँदैन, जनताले कतै कुनै सहानुभुति पाउन्नन्। जनताले ओहो! मलाई दु:ख पीर पर्दा राज्य बोलेको छ, राज्यले देखेको छ, राज्यका मान्छेले हामीलाई पनि हेरिरहेका छन्, कम्तिमा केही सहयोग नगरेपनि हामी प्रति माया र सद्‍भाव देखाएका छन् भन्ने कुराको कतै आभाष सम्म गर्न पाएनन्। आदर्श र आदरणीय नेता हुन सजिलो छैन। नेपाली कांग्रेसले त कम्तिमा उसको आदर्श पुरूष बीपी कोइरालाबाट केही सिक्नु पर्ने हो, तर केही सिकेको छैन। हुन त बीपीका समाजवादी चिन्तनदेखि सबै खाले चिन्तनलाई उहिल्यै टुकुचामा सेलाइसकेका नेताहरूबाट के आशा गर्न सकिन्थ्यो र? तै पनि, अन्य दलहरूबाट पनि कहीँ, कतै र कुनै सहानुभुतिका दुई शब्दहरू बोलिएका छैनन्। यो देशको विडम्बना नै हो, हामी हाम्रो संस्कृति, परम्परा, धर्मका नाममा आडम्बर गर्न, अरूलाई ठग्न, लुट्न पनि सकिरहेका छौं र पूर्णत पाश्चात्य शैलीमा ‘व्यक्तिवादी’ चिन्तनका साथ व्यक्तिगत प्रगतिलाई निरन्तर बढावा पनि दिइरहेका छौं।

जनताले धेरै मागेको छैन र माग्दैन। ऊसले मेरा पछाडि राज्य छ, नेताहरू छन्, पार्टीहरू छन् भन्ने कुरामा विश्वस्त मात्र हुन खोजेका हुन्छन्। एक्लो जीवन जिउनु पर्ने भए, एक्लै मर्नु पर्ने भए नेताहरूलाई सत्तासीन गराउन आन्दोलनका नाममा किन शहीद हुनु पर्यो? किन कसैको झण्डा बोक्नु पर्यो? समाज साँच्चिकै फेरिएको छ। अब नेपालीहरूले विगतमा देखाउने आत्मीयता, आपसी सद्‌भाव, माया र स्नेहलाई आर्यघाटमा लगेर सेलाइसकेका छन्। नेताहरूका मात्र के कुरा गर्ने? मधेशमा पीडा हुँदा, मोफसलमा पीडा हुँदा हाँस्ने काठमाडौं आज आफै अस्थिर छ, दु:खी छ र एक्लै दु:ख मनाउ गरिरहेको छ। उमेशजीको ब्लग हेर्दै थिएँ, ‘कसैलाई के को पीर, घरज्वाईँलाई खानकै पीर’ भने जस्तो नेटवर्कका दलालहरूले काठमाडौंमा जुलुस गरिरहेका छन्। हिजोको त्यो दृश्यलाई आजै विर्सेर, भोलि आफु र आफ्ना आफन्तहरू पनि मारिन सक्छन् भन्ने कुरालाई पनि ख्याल नराखी हिड्ने यस्ता निर्लज्ज काठमाडौंवासीलाई के भन्न सकिन्छ? के गर्न सकिन्छ? सुतेकोलाई व्युँझाउन सकिन्छ, सुतेको बहाना गर्नेलाई व्युँझाउन सकिन्न। काठमाडौं बाहिरको संसारमा के भइरहेको छ भन्ने थाहा नपाए जस्तै, काठमाडौंवासीले सुतेको बहाना गरिरहेका छन्।

वास्तवमै हामीहरू यति बढि विग्रिसकेका रहेछौं कि, अब हामीसँग कुनै मानवीयता, कुनै धर्म, नेपालीत्व, आफ्नोपन केही बाँकी रहेन। पैसाका लागि सबैथोक गर्न सक्ने पुँजीवादी संस्कृतिले हामीलाई पुरै निमिट्यान्न पारिसकेको रहेछ। अब, एक दिन दुईदिनमा काठमाडौंबासीले यो घटना पुरै विर्सनेछन् र आ-आफ्नो धुनमा पैसा कमाउनकका लागि कसलाई ठग्ने, कसलाई हतियार वेच्ने, कसलाई बम भित्र्याइदिने भन्‍ने दाउपेचमा आफ्ना जीवनहरू विताउने छन् र कुनै दिनमा त्यहीँ हतियार आफ्नो मृत्युको कारण बन्नेछ। केही दिन सुरक्षा बढाइनेछ, सबैले फेरि सुरक्षित भए जस्तो महशुस गर्नेछन्, फेरि अर्को कसैले आक्रमण गर्नछ फेरि जागे जस्तो गर्नेछन् र फेरि सुत्‍नेछन्।

यो वर्तमान समाजको यथार्थता हो। हामीले हाम्रा मुल्य, मान्यता, संस्कार, आदर्श, आत्मीयता र संवेदनशीलतालाई कतै डढाएर आधुनिक बन्‍ने होडमा दौडिरहेका छौं। यसरी कति दिन चल्छ? थाहा छैन। हिजो मोफसलमा मारिएकाहरूप्रति काठमाडौंले आँशु बगाएन, दु:ख मानेन यो त अलि-अलि बुझ्न सकिने कुरा हो, किनकी यो काठमाडौंको परम्परा हो, तर अहिले त काठमाडौं आफै रगताम्य भएको छ तर काठमाडौंलाई यसले पनि छुँदैन, काठमाडौलाई यसले पनि दु:ख्दैन। यस्तो किन भइरहेको छ? के त्यहाँ पनि हामीले हाम्रा जातका परेका छैनन्, हाम्रा क्षेत्रका परेका छैनन् भनेर मतलब नराखेको हो? कतै जनजातिको मान्छे मरेछ विचरा तर हामीले किन आत्मीयता देखाउनु पर्‍यो भन्‍न थालिएको त होइन?, बाहुन-क्षेत्री र खस समुदायको मरेको रहेछ ‘विचरा’ भैगो हामीले किन टाउको दुखाउनु पर्यो भनेर सोच्न थालिएको त होइन? ओहो, यो त काठमाडौंको रैथाने त कोही परेको छैन भनेर खुशी भएको त होइन? अथवा, तराई आर्मीले फालेको बमले तराई कै निर्दोषलाई मारेकोमा सन्तोष त व्यक्त गरिरहेका छैनौं? अथवा, मेरा मान्छे त परेका छैनन् अरू नै परेका रहेछन् भनेर ढुक्न त हुन थालिरहेका छैनौं? नेपालीहरू यसरी किन विभाजित हुँदैछन्? यस्तो हुनु पर्ने कारण के हो? के नेपालीलाई परेको संकटमा पनि जात, धर्म, वा क्षेत्रले जित्‍न थालिसकेको हो? यदि यस्तो नै हो, भने यो खतरनाक छ, जहाँ जहिले र जसको पालो पनि आउन सक्छ। आतंकले कुनै जात, कुनै धर्म, कुनै उमेर नभनेर मान्छे मारेको छ र घाइते बनाएको छ तर यसका विरूद्धमा हुनु पर्ने जुलुस ‘नेटवर्क विजनेस’का लागि हुन्छ। हडताल, माग, धर्ना, जुलुस र आफ्ना स्वार्थका लागि हुन्छ। आफ्ना पार्टीका कार्यकर्ता पिटिँदा वा मारिँदा हडताल गर्ने, संसद अवरूद्ध पार्ने, धर्ना दिने गर्न सक्ने नेताहरू र पार्टीहरू कहाँ के गरिरहेका छन्, कसैलाई केही थाहा छैन। यो घटना फेरि दोहोरिन सक्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ, शायद कतिपय आपराधिक गिरोहसँग साँठगाँठ हुने लोकतन्त्रवादी नेतालाई त यसको जड पनि थाहा छ, तर उनीहरू बोल्दैनन्। किनकी यसमा उनीहरूका आफन्त कोही परेका छैनन्। ठूला भनाउँदा विजनेसमेन, पत्रकार, वकिल, नेताहरू परेका छैनन्। यहाँ त स्कुल पढ्ने नानी मारिएकी छिन्। यहाँ त दैनिक कामबाट हतार-हतार घर गएर बच्चालाई खाना पकाइदिनु पर्ने आमा मरेकी छिन्।

यसै बीचमा सगरमाथा टेलिभिजनले उक्त घटनालाई अतिरञ्जित गरेर प्रसारण गरेको खबर छ भन्‍ने खबर सुने पछि मलाई दिक्क लागेर आयो। कुनै पनि दृश्यहरूलाई सम्पादन नगरी, रगताम्य र शरीरका कुनै पनि भाग ठम्याउन मुस्किल पर्ने विक्षिप्त लाशलाई देखाउँदै कमजोर मुटु भएकाले नहेर्न चेतावनी दिँदै समाचार प्रसारण गरिरहेको थियो भन्छन् मेरा साथीहरू। यदि यो हो भने, यो कस्तो पत्रकारिता हो? यो कस्तो पत्रकारिता को धर्म हो? यो कस्तो दानवीय मानसिकता हो? यो कस्तो खालको धर्म, आचारसंहिता, जिम्मेवारी र कर्तव्यवोध हो? आफुलाई समाजका सचेत नागरिक भन्‍नेहरूबाट जनताले कस्तो खालको अपेक्षा राख्‍ने हो? कस्तो भविष्यको आशा राख्ने हो र कसलाई विश्वास गर्ने हो? वास्तवमा नेपाली जनता टुहुरा भएका छन्। न त उनीहरूलाई सहानुभुति दिने कुनै सरकारी निकाय छ, न त कुनै पार्टी वा नागरिक समाज नै छ। न त पत्रकार वा कथित समाजका विद्वान्, शुभेच्छुक वा व्यापारी नै छन्। मैले यो ब्लगमा लेख्‍न शुरू गर्दादेखि नै केही मान्यताहरू राखेको छु, त्यो यद्यपी कायम छ। फेरि आज दोहोर्याउँदै भन्छु, नेपालमा धेरै कुराहरू हुन बाँकी छन्। नेपालीहरूले धेरै दु:ख, पीडा, कष्ट भोग्न बाँकी नै छ। यो नै यथार्थ हो, यो नै सत्य हो। खाली कसले, कहिले र कुन नेतृत्व मार्फत् कुन पुस्तामा गएर समस्याहरूको समाधान हुनेछ भनेर पर्खने वा पढेलेखेक, निस्वार्थ र आदर्श व्यक्तिहरूले ‘हामीले’ नेतृत्व गर्न सक्छौं भनेर अगाडि बढ्नु बाहेक अर्को विकल्प हुन नहुने देखा पर्दैछ। जति नै गाली गरेपनि, जति नै सरापे पनि र हजारौं मानिसहरको रगत बगाएको आरोप लागेका भए पनि माओवादी नेतृत्वसँग केही जनताहरूले आशा गरिरहेका थिए, तर समयले त्यसलाई पनि सपना बनाइदिएको छ र नेपालीहरूको आशाको त्यान्त्रो लगभग समाप्ता भइसकेको छ। एउटा विशाल समृद्ध राष्ट्र हुनका लागि एउटा राष्ट्रले सयौं वर्षमा सच्चा राष्ट्रभक्त र देशभक्त तथा जनताप्रति समर्पित नेता जन्माउने गर्छ, तर वर्तमान परिस्थिति हेर्दा नेपालीहरूका माझ त्यस्तो नेता जन्मने आशा गर्नु र पर्खनु बाहेक हाललाई कम्तिमा अर्को विकल्प देखिएको छैन।

अस्तु

16 Comments

  1. Deepak ji ,
    Wou , nice . why shouldnot you try to publish this paper in kantipur daily as well so that every people in nepal will get chance to read and know more and i have now emotion to decapite all our dirty leader who are not responsible about country and and counry proble,m.
    i am bit confused over our leader as gp wny there are quarrelling to get the chair and money besides the fame.
    gp wants to be a shree 3 and wants stay more and more time on that chair wearing dirty crown. everybody marne bellla am hariyo kankro.

  2. yo bomb padkaune kaam maobadi ko kina huna sakdaina ta. ek tira maobadi haroo election ma jana tyar chainan arko tira chan bhanchan. asti prachanda le hami election ma janchau bhaneka hoinan.. tara aba baburam bhanchan 22 points na bhai election hunsakdai na… kina ra yo uni haro ko chal ta hoina election nagaunuma.. uni haroo lai thaha bhai sakeko cha election ladyo bhane uni haroo ko naramro haar huncha bhanera…bas aaba ke ta nautanki garnu paryo ni ta… aafai bomb padkaune ani rajabadi ra lootera haroo le padkayo bhan…..laaaj nabhaye ka prachanda ra baburam ra uni haroo ka lootera chela harooooooo……

  3. डार अल

    थैंक्स फॉर थे न्यूज़, अनी थैंक्स फॉर कमेंट्स फॉर अल. तर मलाई संध्या rai को कमेंट्स मन पर्यो. थिक लाग्यो.
    थैंक्स फॉर that..

  4. Hello Dipak Ji,

    Nice work. Could you please give me your contact no or your mail add coz I am traveling to Kolkata after tomorrow so I may need some information from your if incase. Please help ,

    Many Thanks,

  5. नेपालमा एउटा खराब प्रकृया को सुरुवात भाईसकेको छ जस्मा भ्र्स्ट्चारी हरु लाई सफया हत्यारा लाई सम्सद अनी मन्त्री दिने अनौठो शैली को प्रयोग भएपछी कस्ले राम्रो काम गर्छ त ? द्न्ड हिनता को अन्त नगरि कन ,कानुनी शासन को प्रच्लित मुल्य मान्यता बमोजिम कार्वही नगरने हो भने निकट भबिस्य मा नै नेपाल औटा त्यस्तो खाडलमा फस्नेछ जहाँ बाट हामी कहिलै पनि माथि उठ्न सक्नेछैनउ। नेपाल सरकारले किन खुट्टा कमाएको हो कुन्नी कतै फेरी इनिहरु ले तेही ज्ञाने लाई सक्रिएे बनाएका त छैनन? यो कुरामा हामी निकै शजक हुनु पर्ने देखिन्छ

  6. ma aafna daju bhai harulai eutai kura sodhchu……..ki yasko jimmebar ko…….? ra jati pani ghatna haru hunchan nepal ma yasko jimmebar ko ?

  7. nepal ko sabbhanda thulo Aatankakari bhaneko yaha ka deshdrohi netaharu hun jaslai desh ra janta prati kunai maya moh nai chaina…………aru lai aatankakari bhannu bhanda pahile netaharulai aatankakari bhannuparcha ra yasko sajay kanoon le haina haami nepali jantaharu le dinuparcha……….tara tyaso thyak ulto cha hamro desh nepal ma netaharu le nai haami jantalai sajay diraheko cha………..ra haami khushi khushi jasto sukai sajay jhelna tayar chau…………uniharu hamro dukh ma aasu haina haasu chodchan………..ra sochchan yasto feri pani hossssss……….yasto feri pani hosssssssssssss ra jahile pani bhai rakhosssss…………….

  8. nepali janta haru lai anurodh cha …………. nirdosh jantai lai kina mardai hidchan daju bhai harule……….yadi marnai cha bhane tee neta harulai mara jasko desh ra janta prati kunai maya moh nai chaina tee ra huncha bhane sab bhanda pahile tee saale BIHARI DHOTI NO 1. GIRIJA PRASAD KOIRALA lai mara ra afno ………. mardanagi mardanagi ko saboot dew………natra bhane chuda-bala lagayera ghar ma biwisanga suta…………

  9. That’s what I was saying in my earlier comments. In Hyderabad, the leaders were peoples’ leaders and responsible to people but In Nepal, they care only of themselves and their relatives. There is lack of political far sighted ness in nepalese leaders.

  10. पहिला पहीला जनतालाई खुसी पारेर वा लोभ्याएर वा झुक्याएर भोट मागिन्थ्यो र नेताले चुनाव जित्थे अनी सास‌ंद हुन्थे । पछिल्लो पटक माओबादीले सत्तामा जाने “सर्टकट” बाटो बनाए।

    जनताको रगतको होली खेलेर वीना चुनाव एक्कै चोटी स‌संदमा प्रवेस गर्ने यो नयाँ “सर्टकट” लाई हुत्तीहारा सात दलले केवल एकचोटीको लागी आफू पनि चुनाव नलडी सासंद बन्न पाउने खुसीमा सासटाङ्ग दन्डवत सहीत अनुमोदन गरे। १२-१३ हजार जनता मरेर के भो र? “फ्री” मा चुनाव नलडी एक्कै चोटी त्यत्रो सिट पाएको बेलामा कस्ले छोडछ ?

    अब यो यौटा “दुष्ट चक्र” बन्न लागी सक्यो ‍‍‍‍‍—-“मान्छे मारे चुनाव नलडी सासंद वा मन्त्री हुन पाउने भए पछी अरु के हुन्छ त?

    “जती बढी मान्छे मार्‍यो उती बढी सीट” यो भन्दा घटीया चलन दुनीयाको कुनै देशमा होला ?

    दीउसै मान्छे मार्दै हिडनेलाई मन्त्री बनाए पछी यस्तो नभएर के हुन्छ त ?

    God Save Nepal !

  11. Deepak Ji
    Tapalee garekooo kura yekdam sanchoo ho ki nepalma sahi neta janmana aja barsaun lagngna pani sakcha!!!Tesali lee ta bhanchan satilee sarape ko desh bhanera,hope sahi neta chadai janamanch bhanera
    Frankfurt Germany

  12. “साथि हो, धैर्य गरौ, चाडैनै वार्ता बाट इनाम घोशणा हुदैछ”

    साथि हो, धैर्य राखौ, हाम्रा नेता हरु यस सम्बन्ध मा निस्क्रिय र निस्काम छैनन्; बम कसले पड्कायो भन्ने त हाम्रा महान नेता हरु लाइ थाहा नहुने कुरै भयेन, अब बम पड्काउने पक्ष्य सग भित्रि वार्ता भै रहेछ र यस सम्बन्ध मा एउटा छुट्टै प्याकेज मा हस्ताक्ष्यर गर्ने क्रम जारि छ; हैन बम हान्ने पक्ष्य लाइ सन्सद मा कति सिट दिने र कति वटा मन्त्रि दियेर मुलधार मा ल्याउने भन्ने कुरा को निर्णय तेति सजिलो कहा हुन्छ त? बम कति ठुलो मात्रा मा पड्कियो, कति मानिस हताहत भये, र उनिहरु ले अझ कति बम पड्काउन सक्छन, र उनिहरु सग कति हतियार र लडाकु छन् भन्ने का आधार निश्चित भयेपछि तेसै अनुसार शक्ति सन्तुलन को लागि मन्त्रिपद र सन्सद मा सहभागिता दिनु पर्यो नि!
    तेसैले धैर्य राखौ, छिट्टै नै तेस्कुरा को निर्णय जन समक्ष्य आउने छ
    अनि जहा जति समबेदना को कुरो छ, त्यो बम बिस्फ़ोटन मा कति नै मान्छे मरे र हाम्रा श्रि ३ र श्रि १० ले वक्तब्य दिनु! तेति मान्छे त येसै पनि तराइ मा व पहाड मा दिन दिनै मरि रहेछन्! अनि हाम्रो सन्स्कार मा दोशि ले निर्दोश लाइ मार्ने भनेको सामान्य घटना नै मानिन्छ
    हाम्रो माडी मा तेत्रो निर्दोश हरु मर्दा खेरि “साना तिना दुर्घटना हुन्छन” भनेर हाम्रा महान श्रि १० ले भन्नु भयेको थियो, येस्पालि त जम्माअ अहिले सम्म २ जना त मोरेका छन् नि!
    बोरु यो घटना को जिम्मेवारि मा “मैले गरेको मैले गरेको” भन्ने हरु का बिच होडबाजि हुनाले चाहि हाम्रा नेता हरु लाइ तुरुन्त बार्ता गरेर इनाम दिन अलिक अफ़्ठेरो परेको होला, तर चाडैनै टुन्गो लागि हाल्छ
    धैर्य गरौ!
    सन्ध्या राइ

  13. दीपक ज्यू
    माओबादी ले १४०० मान्छे मारेर यो देश्मा सासन सत्ता पाये,पुरस्कृत भये!!!काठमांडू माँ जति मानिस मारन सक्यो त्यों पार्टी तेती तराई माँ हिट हुने !!!!भंदा भोलिका दिन हरुमा काठमांडू माँ अझ शक्तिशाली बम पड़्क्यो भने के आश्चर्य मान्नू?????
    जिम्बेबार नेता हरु भानौदा हरु को न कुनई बौद्दिक उचाई छ न उनिहरुलाई देश प्रति माया
    उदहारण हरु
    १)गिरिजा लाइ देश को माया त के कुरा नेपाली कांग्रेस कई येकिकरण को त मतलब भये झै लाग्दैंन |उसको चासो आफू के गारी न मरुन्जेल सम् श्री ३ हुने???जनता ले आफुलाई रास्त्र पिता घोषित गर्दियोस ?
    २)प्रचंड लाइ देस भाड़ माँ जावोस,आफ्नो लठैत लाइ अझ कसरी हान्ने साडे बनाउने??झुटो त दूध भात खा झै (सम्झिनोस अमिरिका को राजदूत को ह्त्या हूँ आत्यो भंने कुरा ,हतियार ब गा को कुरा ,सम्बिधान सभा हूँन हदेंन भंने कुरा ???यो के हो यार !!!!हामी सबैले मानेको मान्छे ) बोलिदिने?

    इंडिया माँ मन मोहन को नाम,बाजपेयी को नाम कटी स्रद्दा ले लिंछां मान्छे हरु ,नेपाल का नेता हरु किन यति बिधि फटाह ?????

    अब भंनुस नेता बन्नू नै फटा बन्नू हो ,धोका राजनीति को नाम हो ,ह्त्या सफलता को माप दंड हो भने देश कहा पुग्ला ?????

Comments are closed.