चिकित्सक बन्ने सपना अधुरै रह्यो अनिशाको

-प्रमोद आयाम/काठमाडौँ-

चिकित्सक बन्ने सपना साँचेकी थिइन् – पुरानो नैकापकी अनिशा केसीले । त्यसैले एसएलसी लगत्तै ‘बायोलोजी’ विषय रोजेकी थिइन् उनले । तर, अनिशाको सपना त्यतिबेला समाप्त भयो, जतिबेला उनी आइतबार त्रिपुरेश्वरमा भएको एउटा त्रासदीपूर्ण घटनाको शिकार बन्न पुगिन् ।

विश्व निकेतन उच्च मावि, त्रिपुरेश्वरमा कक्षा १२ मा अध्ययनरत अनिशा घर फर्कन बस कुर्दै थिइन्। अचानक आतंककारीले गराएको विष्फोटमा पर्दा उनको घटनास्थल मै मृत्यु भएको थियो। शक्तिशाली विस्फोटका कारण उनको शरीर क्षतविक्षत बनेको थियो। उनको मृत्युले परिवार, छरछिमेक अनि विद्यालयमा एकसाथ सन्नाटा छाएको छ । खासगरी उनको परिवारमा यतिखेर थामिनसक्नुको पीडा छ । त्यस्तो पीडा जसलाई तपाईँ हामी महसूस पनि गर्न सक्दैनौँ।


अधिकांशका लागि यो अर्को एउटा दुःखद समाचार मात्र बन्यो होला।तर बाबु कृष्णबहादुर केसी र आमा संगीता केसीकी सर्वस्व थिइन् उनी। यो परिवारको उनी एक मात्र छोरी थिइन् ।अनिशाका एक जना दाइ मात्र छन् । घटनाको खबर सुनेदेखि उनकी आमाको राम्ररी होश आएको छैन ।हामी आज उनको घरमा पुग्दा आमा बेहोश अवस्थामा नै थिइन्। छिनछिनमा केही बेर होश खुल्ने अनि फेरि बेहोश हुने भइरहेको जानकारी अरुले दिए।

अनिशाले गत साल नैकाप स्थित ब्राइट फ्युचर स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी पास गरेकी थिइन् । उनलाई पढाएका शिक्षक तथा सहपाठीहरुका भनाईमा अनिशा मेहनती अनि उत्तिकै मिलनसार पनि थिइन् ।

अनिशाको शवलाई आज दिउँसो तीनथानास्थित विष्णुदेवी नजिकै दाहसंस्कार गरियो । त्यतिबेला उनका आफन्तजन, छरछिमेक, शिक्षक तथा सहपाठीहरु श्रद्धाञ्जलि दिन पुगेका थिए । निर्दोष व्यक्तिले अनाहकमै ज्यान गुमाउन परेको यस्ता त्रासदीपूर्ण घटना जसैगरे पनि क्षम्य हुन सक्दैन।

हिजोका विस्फोटहरुमा मारिएका दुई जना मध्ये अर्काको नाम कमलादेवी शाही भएको खुलेको छ। यसबाहेक कम्तीमा थप दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।

घटनाको विरोधमा आज माइक्रोबस सञ्चालकहरुले ठाउँठाउँमा वाहन तेर्स्याएर चक्काजाम गरेका थिए भने नैकापका बासिन्दाहरुले क्षतिपूर्ति र कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए। [फोटो: एएफपी/एपी/रासस]



46 Comments

  1. Rohit jee,
    u have perfectly written the reality that is in the heart of each nepali. I hope this may be read by that criminal who killed the lives of such innocents.
    Smriti,Belgium

  2. i m deeply heart about this news i want the goverment of nepal takes a strict action aginst a arm proteseter and give a relief to the victim people , and i have a lot of symapthy on a victim family.

  3. आतङ्क कारीका नामले देशब्यापिरुपमा रगत र आँशुका खोला बगाउने ती दुस्ट पापीहरुलाई के चाहिएको? किन गरिन्छ हत्या निर्दोस नेपालीको? आखिर ति मृतकहरुले उनिहरुको के क्षती गरेका थिए? किन गरियो बम बिस्फोट यात्रुवाहक बसमा र बस बिसाउनीहरुमा? के त्यहाँ ज्ञानेद्र उभिएको थियो? कि पारसे? के त्यहाँ प्र.गिर्जा थियो? के त्यहाँ मादव नेपाल थियो? के त्यहाँ बाबुराम, प्रचण्ड थिए? के त्यहाँ कमल थापा थिए? के त्यहाँ शेरबहादुर देउपा थिए? कि कसलाई लक्षित गरेर त्यो बम बिस्फोट गरियो?
    हत्यारहरुहो सोच अव! तिमिहरुले ती मृतकहरुको ठाँउमा उभिएर? के ती मृतक तिमीहरु हत्याराहरुकै परिवार भित्रका सदस्य भएका भए, तिमीहरुलाई कस्तो लाग्थियो? अबत खुसि छाउ होला हत्याराहरुहो अर्काको मुटुको टुक्रलाई चुडाई, आगोको ज्वाला सँगै कालो धुवाको मुस्लोमा उडाई! निर्दयी दुस्ट पापीहो उघार आखाँ तिमिहरुको/
    पाउदैनौ आधिकार सर्बसाधरण जन्तालाई मारी, हुन्दैनौ राष्ट्र नायक आतक़ गरी देशलाई धस्त पारी |

    मेरो सन्सार वेब पेजका प्रबन्धक ज्यु मैले कमेन्टस लेख्दा लेख्नु पर्ने यसरि होईन मलाई थाहा हुदाँ हुँदै पनि मैले नलेख्नु पर्ने कुराहरु लेखी हाले | के गर्नु मैले मेरो मनको कुरालाई पस्कने कुनै ठाउँनै पाईन त्यसैले मैले कमेन्टसमै सबै मेन्टस गरे |माफी गर्नु होला ल!

  4. काठमांडू माँ आबोध र् निसस्त्र जनमानस लाई लक्छित गरेरा गरायेको हिंसक घटनामाँ आमुल्य प्राण गुमाउनु भयेका हरु प्रति हार्दिक स्राद्दंजली आर्पन गर्दाछू ! त्यों कायरता को लागी आतंककारी हरुमाँ घृणा छ !
    निर्दोष र् शांतिको आप्पेक्छा गरेरा आफ्नो रोटी कमायेरा गुजरा गर्ने माथिको संघतिक हमला ले कायरता भंडा कही देखौदैना ! नेपाल लाई टुक्राउने त के छूने कोशिश पनि नगर्नू !

  5. उफफफ कस्तो दुखलाग्दो स्थिति । जानकारी दिनुहुने प्रमोद आयाम र उमेशजीलाइ धन्यवाद । रोहितको कमेण्टशैली राम्रो लाग्यो, खवरदार अमेरिका, पउटा छुटेछ । पुर्णको कमेण्ट पढेपछि फेरि मेरोसंसारमा चलेको मृत्युदण्ड चाहिन्छ कि चाहिदैन भन्ने विवाद याद आयो । साँच्ची यो घटनामा जिम्मेवार आतंकबादिलाइ पक्रन सके मृत्युदण्ड दिने कि नदिने ?

  6. Dear Rohit Ji

    Please read your comment yourself once. Why do you need Maoist’s PLA to fight against India? Can’t you say, you don’t need PLA for that, BUT YOU WILL GO.

    You look so brave.

  7. I dont know what to tell and put comments. I know hwo their family are feeling at this moment.Specially the parents who have huge expectation on their progressive offsprings.

  8. Well analyzed and said Rohit! Your expression and suggestion go along with any patriotic Nepali!!

  9. यो घटना सुन्ने जो कोहीले पनि आँसु झार्यो होला। समवेदना छ उनीलाई।
    १. अपराधी को? ज्ञाने? पारसे? उपेन्द्रे? गोईते? सोईते? को त? यदि यी मध्ये कुनै हुन् भने किन कारवाही हुदैन?
    २. अपराधीलाई कसले समाउने? गिरीजेले? प्रचण्डेले? माधेले? रोहितेले? निलाम्बरेले? शेरेले? पुलिसले? आर्मीले? तपाईंले? मैले? कसले त? यी मध्ये कसैले समाउनु पर्छ भने किन चुप भएको त?
    ३. केई गरि अपराधी भेट्टाइ हालेमा किन नदिने फाँसी?
    ४. विश्वका प्राय धेरै देशमा रहेको फाँसी दिने कानून नेपालले चाँहि किन नमानेको?
    ५. अनिशाको जस्तै हालत ऐले बाँचेर दुख पाएकाहरुको पनि नहोला भन्ने के ग्यारेन्टी? कस्ले लिने ग्यारेन्टी?

    धिक्कार छ नेपाल सरकार नालायक सरकार व्यवस्थापकहरु(न यो गर्न सक्छ, न उ गर्न सक्छ)थुक्क नेपालीको भाग्य

  10. now not just me, all of nepali people are sad but in that time we must clever with them who dont want election and peace of nepal.
    i humbly requested with them family they ar also ours family so plz past was past make u strong and fight with terroist.

  11. श्रद्दान्जलि छ, कायर र आतंकबादिहरुको कुक्रित्यमा परेर जिवन गुमाउनेहरुलाई।
    सिघ्र स्वस्थलाभको कामना छ घाईतेहरुलागि।
    समबेदना छ मेरो सम्पुर्ण परिवार र अत्मियजन हरुमा।
    अनि
    आग्रह, प्रयIश् र साथ छ मेरो यो आतंकबाद निर्मुल गर्न र देशको समस्या समाधान गर्न।
    मेरो बिचारमा अनि मेरो भन्नु छ।
    यो स्पस्ट आतंकबाद हो तेसैले यस्लाई कुनै राजनितिक पाटो र कार्यसंग जोडेर रंगिन बनाउनु उचित नहोला। यस्लाई हमि सबै नेपालि र नेपालिको हित् चिताउने हरुको सयुक्त चाहना र प्रयIशबाट निर्मुल गर्नु पर्छ।
    नेपालले छिटो भन्दा छिटो आतंकबाद बाट मुक्ति पाओस् भन्ने शुभ्-कामना!!!

  12. Rohitji,

    You have made the right analysis of the situation. I cent percent agree with your views and analysis.
    Your fruitful comments will definitely be of some help in giving all possible users idea.

  13. Rohitji,

    You have made the right analysis of the situation. I cent percent agree with your views and analysis.
    Your fruitful comments will definitely be of some help in giving all possible users idea.

  14. First of all i would like to express my condolence to those people who lost their family. And wish u people early rocovery, who had injured on that terrorist attacted.
    Rohit, u wrote marvelous. It makes me, my hats off. Rohit not only u, whole nepelese have to think, the way u are. I appriciat u.

    Jay New Nepal

  15. First of all i would like to express my condolence to those people who lost their family. And wish u people early rocovery, who had injured on that terrorist attacted.
    Rohit, u wrote marvelous. It makes me, my hats off. Rohit not only u, whole nepelese have to think, the way u are. I appriciat u.

    Jay New Nepal

  16. I extend my heartfelt condolence to the untimate death of Miss ANISHA KC.May her inner soul will remain in PEACE.

  17. Really Really so sad to hear this unsudden death of miss anisha sister,i am sure this is the cause of political parties and terroist ….!!!this happen due to maoist and political parties .they should be vansihed frm the country so tat peace and this sad incident may nt occur next time .One thing that Rohit must blame to maoist and political parties rather than blameing King.due to Mahobadi and political parties there is no Guarntee of peace and security in country ….rohit is in favour of Mahobadi ,he is also the sukulgunda terroist.

  18. रोहित जी को लेखन चाही वास्तवमै सान्दर्भिक लाग्यो

    यस्तै कमेन्टहरु क्रमश लेख्दै गर्नु है रोहित जी सार्है चित्त बुझ्यो क्या।
    सबैको आ-आफ्नो सपना ज्ञाने माईलाको, प्रचण्ड महाराजको अनि हाम्रो लिखुरे तानाशाह गिरिजाको सपना अब छताछुल्ल हुने भो । अब जो कोहीले पनि एकलौटो शासन चलाउछु भन्ने सपना नेदेखे नी भो। नेपाली जनताहरु अब पुर्णरुपले सचेत भइसकेको छ कसैको मनपरितन्त्र, निरंकुशतन्त्र र एकलौटी शासनमा बाँच्न रुचाउने छैनन।

    अस्तु!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  19. Rhoit ji,
    kohi kam nalgne bhaye tapai nai leading garnu na ta sakne bhaye. aaphule kehi garna saknu chhaina. tapaile dukha ta mmannu vo. tinka birudda sarkarlai daba dine kehi kam garnu vo ta ? vo kasaile yo bolgma lakhera nakhoke hunchha. sakne le aba yo satta pani phalera aaphai satta chalaye hunchha janaandolan-3 garea. natra nagare hunchha kasaile bakwas. marne mari hale. gahaite hune bhaile. yesko pida uniharukai pariwarlai parnu pareko chha. aru kathai garne matra na ho.

  20. *********अनिशा के.सी. र कमलादेवी शाहीको आत्माले चिरशान्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्न चाहान्छु****************
    अब राजाबादीहरुले शिर नउठाए नि हुन्छ नेपालमा, अब अहिलेको जुन हत्याहिंशा भइरहेको छ त्यो सबै राजाको आडभरोसामा आतंक मच्चाईरहेको छ र सकेजति कसरी संविधानसभा भाँड्ने षडयन्त्रमै तल्लिन छन्।
    अब अरु खोई के के नामै नसुनेकोहरुले आफ्नो नाम चलाउनको लागी पनि जिम्मेवार लिईरहेको छ तर षडयन्त्र एकदिन त फुस्किन्छ नै । अब यहि घटनामा हेर न (शाही)नेपालिसेना को जवानले बोकेको बम बिस्फोट भएको हो भनेर प्रतक्षदर्शीहरु नै भन्दैछन भने गृहमन्त्रालयले पनि घाईते जवान नेपालीसेना नै हो भनेर पुष्टि गरिसकेको छ। अब हामीले यहा गहिरोरुपले सोच्नैपर्ने कुरा छ । कसरी सेनाकै हातबाट पड्क्यो त??? किन अरु नभएर (शाही) सेनाकै हुनुपर्यो?? किन प्रतक्षदर्शीहरुले भनिरहन्दा पनि किन सेनाहरु बोल्न सकेको छैन। यहीबाट थाहा हुन्छकी यो बिस्फोट अरु केही बाट होईन की शाही सेनाहरुकै षडयन्त्र छ अरु भनेको त्यस्तै पैसामा बिक्ने भरौटे हरु मात्रै हुन्।

    अस्तु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  21. K bhannu bro haru………
    Malai ta news sunda dherai dukh lagchha….
    This is very sad news in itself……

    Desh ko kuna kandara ma derai doctor haru lack of good eduation haldar banna badya chaan…

    Derai eistain haru, derai galiliyo haru dherai ,Berry marshal haru tetikai sadiraheka chaan……

    Finally Arab jan badhya chhan……..
    Ma anisha KC ra kalikot ko kailo ma kehi pharak dekhdina….
    Anyway, manchhe marnu chhahi thik hoina…….

  22. याहा ता नेपाली सेना ले नै बम पद्कौदाई हिंद्चा कसरी चुनाव माँ सेना पचिचालन गर्ने हामी ले सोच्नू पर्ने बिषय बनेको छ . के सितौला को सोच सही हो ? के नेपाली सेना ले आफुलाई बिस्वास गर्ने जस्तो कही बाकी रखेको छ ?
    के यो बम बिश्फोतन गरौने सितौला हिना ? आज काठमांडू माँ भयो भोली पुरे देश माँ हुन्छ के हामी यही चाहेको हो ? सायद पक्कई हैन होला …………… यति हुदा हुडई पनि आफ्नो कुर्सी छोड्न बाध्य छ ……….. कस्तो मान्छे हो सबैले बुझ्नू पर्ने कुर हो …………………. पहाडे र् मधेशी लाई लादौने अरु कोही हिना यिनिहारू नै हुन …..

  23. याहा ता नेपाली सेना ले नै बम पद्कौदाई हिंद्चा कसरी चुनाव माँ सेना पचिचालन गर्ने हामी ले सोच्नू पर्ने बिषय बनेको छ . के सितौला को सोच सही हो ? के नेपाली सेना ले आफुलाई बिस्वास गर्ने जस्तो कही बाकी रखेको छ ?
    के यो बम बिश्फोतन गरौने सितौला हिना ? आज काठमांडू माँ भयो भोली पुरे देश माँ हुन्छ के हामी यही चाहेको हो ? सायद पक्कई हैन होला …………… यति हुदा हुडई पनि आफ्नो कुर्सी छोड्न बाध्य छ ……….. कस्तो मान्छे हो सबैले बुझ्नू पर्ने कुर हो …………………. पहाडे र् मधेशी लाई लादौने अरु कोही हिना यिनिहारू नै हुन …..

  24. after I saw this all My heart is really broken. How her parrent can bear such hard time in their life .Its a really sad moment for all the Nepalise people to loose Anisha as our sister n fren. I i want to give thanx specially for this web site for giving information to all the people.

  25. क्यावात रोहीतजी तपाइको भावना प्रकट गर्ने शैली । सटिक, छोटो अनि असाध्यै मीठो पनि । मलाइ त लाग्छ तपाइको यो लेखलाइ पोष्टर वनाएर ठाउं ठाउंमा टास्नु पर्छ । खास गरिकन प्रधानमन्त्रीको निजी सचिवालयको ढोकामा, प्रचण्डको पार्टि अफिसको दैलामा अनि भारतिय राजदुतावास अगाडिको भित्तामा साथै नागार्जुनवाट झर्ने ओरालोका ठाउं ठाउंमा पनि । कोही छ त्यसो गर्नसक्ने ? के गर्नु आफू परियो विदेशमा ….. त्यसैले काठमाण्डौ घटनाको भत्सर्ना गर्दै दिवंगत आत्माका लागि गहिरो समवेदना प्रकट गर्नु वाहेक अरु केहीगर्न सकिएन । हरिशरणम् प्रभो ………………..

  26. we r stabbed,after we heard that news whats going on now adays in my peace country,we r so worried that my contry nepal is running from miserable condition at this moment who is going to take responsibility for terrosiam/disaster?this is shame for us to introduce ourself to other that we r people from peaceful country not only that we r people from birth place of buddha,if this happen again n again can u think we r really peaceful nepalese?
    at the last we all nepalese(peace thought)heartly condolence to the family who lost a part of their heart.
    nobody can be neplese born in nepal, to be neplese,u have to have nepalese heart,u have no identity who commite this crime

  27. मृतक आत्माको चिर शान्ति को कामना गर्दछू |

    Please wake up u all national heros (political leaders).If you all really have at least a small heart. it’s our country. Donot play game in it.

  28. Gyani must have very good habit like when the case of royal family that time Dipendra was blamed for that. So this case also, he gave this blame to be taken by Terai party. What a rubbish guy !

  29. मृतक आत्माको चिर शान्तिको कामना गर्दै घाइतेहरुको शिग्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै शोकाकुल परिवारजन र आफन्तमा इश्वरले धैरेधारण गर्ने साहस प्रधान गरुन।

    भगवानले सबैलाई न्याय गर्ने छन् भन्दै आतन्कबाद बिरुद एक भई लडौँ

    श्याम

  30. Dear All,

    Now its time for Maoist to agree to outlaw any armed protest or Banda. Now an unknown group of 10 can call a Nepal Bandha and put couple of Bombs.

    Following are the must for our country:

    1.All armed protest must be banned
    2. Nepal Bandha must be banned
    3.Civil Society voice must be heard
    4.Human right must be preserved
    5.Curruption must be erradicated
    6.Police / army action must be accountable
    7.No political party under name of Race or cast must be banned
    8.Media must be controlled for racial hatrate

    Look if Maoist cadre are arrest for wrong doing, YCL will attack CDO or police post. Where is the government and rule of law. Therefore unless Maoist are controlled there will be no peace in Nepal.

  31. Excellent rohit! but it is again the 12 points agreement done between the party and maoist with the help of india is reponsible for this kind of situation. Had we followed US paradigm which has less intrest than india, things would have been lot better. NOW LORD SAVE NEPAL

  32. Take freeking corrupt Girija out of the leading nepalese. He including home minister must resign becasue of incapable of providing security and prosperity for the country and its citizen. Whatever happening in the country is becasue of corrupt leder and their egoism and not able to handle of any situation.

  33. १. राजाले टाउको उठाउन नखोजे हुन्छ: नेपाली युवा पिंढीले राजतन्त्रलाई कति घृणा गर्छ भन्ने जोकसैलाई पनि थाह छ। राजाले सेनाको कुनै बफादार समूह वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय आपराधिक गिरोहको सहयोगमा निहत्था जनतामाथी आक्रमण गराएर संविधानसभाको चुनावमा ढिलाई गराउन सक्लान तर राजतन्त्रको अवश्यम्भावी अवशानलाई रोक्न किंचित सक्नेछैनन्। न त फेरी कू गराएर एकलौटी शासन चलाउँला भनेर सोच्नु बुद्धिमानी हुनेछ। चुपचाप जनताको चुनावी निर्णयलाई मानेर सामान्य नागरिक सरह नेपालमा रहने वा विदेश बसाईं सर्ने योजना बनाउ ज्ञानेन्द्र। जनताले तिमीबाट कुनै बदमासी भएको थाह पाए भने अब नारायणहिटी र निर्मल निवास जल्नेछन। फेरी सत्तामा जाउँला भनेर सपना देख्ने महाभूल नगर्नु।
    २. माओवादीले झिंगे दाउ नखेल: माओवादी नेता कार्यकर्तालाई समानान्तर जनसरकारको ह्यां‌‌‌गओभरले अझै छोडेको छैन जस्तो छ। प्रचं‍डलाई कीम जोङ इल हुनसक्छु कि भन्ने भ्रमले बेलाबेलामा सताइरहन्छ। तर परिस्थिती १९४० को दशकको जस्तो छैन नेपालमा। नेपालीहरु उत्तरकोरियाली जस्तो आधा शताब्दीदेखी अलगथलग भएर सैनिक सरकारले देखाएको दुनिया मात्रै संसार हो भन्ने भ्रममा बाँचिरहेका छैनन्। कसरी चलाउँछौ देश प्रचण्ड YCL र 30000 छापामारहरुको सहारामा ? सात दलका नेताहरुलाई झुक्याउन त सकौला रे, सिंहदरबार पनि कब्जा गरौला रे। त्यसपछि कति दिन कसरी टिकाउँछौ माओवादी सत्ता नेपालमा? छाडीदेउ तिम्रा फोस्रा विश्लेषण र सत्ता कब्जा गर्ने सपनाहरु। असम्भव छ हौ नेपालमा माओवादीले एकछत्र राज गर्न। फेरी जंगल पसेर जंगलभित्रै मर्ने बिचार पस्न नदेउ मनभित्र। बरु यो शान्तिप्रकृयालाई सफल टुंगोमा पु-याएर केहि जस लेउ इतिहासको हिस्साबाट।
    ३. नेताहरु अब हिम्मत गर र कदम चाल : धेरै भयो वार्ता र प्रकृयाका कुरा। जतिले माने माने। मान्नेलाई संविधानसभाको चुनाव लड्ने मौका छ। अब नमान्नेलाई गोली हान्ने। सशस्त्र प्रहरीलाई मध्य तराईमा तैनाथ गर। आधा सेना बोर्डरमा पठाउ। सर्च नगरी कसैलाई वारपार गर्न नदेउ। बन्दुक बोक्नेलाई गोली ठोक्ने चाहे त्यो बिहारी डाँका होस, ज्वाला सिंह होस वा YCL को किङ होस। भारतलाई भन्दे हुन्छ बोर्डरभित्र सैनिक अपरेसन गर्छौ। हाम्रो देशभित्र के गर्ने भन्ने हाम्रो कुरा हो (कम्तिमा चुनाव गराउन्जेल)। मनमोहन पा’जी, बाजपेयी बाबाजी, यचुरी जिजाजीलाई भन्दिने सहि सलामत।
    ४.खबरदार भारत: नेपाललाई क्वाप्पै खाउँला या चोइट्याउँला भन्ने नसोचे हुन्छ भारतले। फेरी दक्षिण एशियामा अर्को मध्यपूर्व खडा होला। नेपाली कांग्रेस फतह, एमाले हमास र माओवादी पीएलो अनि राप्रपा हेजबुल्लाह भएर निस्क्यो भने लालकिल्ला के होला? हावडा पूल र टाइग्रिसको पूलमा के फरक होला? ताजमहलमा नेपाली पृथकतावादीले बम पड्काउला कि नपड्काउला। यस्तो आगोको मुश्लोलाई निल्ने आँट भारतले कहाँबाट पाउला?

    अब नेपाली जनताको चेतना धेरै माथी भया। कुनै दूष्टले नेपालीको चेतना धेरै दिनसम्म बन्धक राख्नसक्न्या छैन। त्यसैले जो जो दूष्टले निहत्था विद्यार्थी र बटुवालाई मारेर आफ्नो कल्याण हुन्छ भन्ने भ्रम पालेका छौ चाँडै बुद्धि फिरोस तिमीहरुको। के पाप बोक्छौ एकाध निर्दोषहरुको ज्यान लिएर ?

  34. हाम्रो देशको राजधानी काठमांडू माँ बम पड्केको कुराले धुखित बनायो .यो बम बिस्फोटन माँ परी मृतु हनु भयेका भाई भाहिनी हरु को आत्माले सान्ती पओश . साथेई दुखको समयमा सम्पूर्ण परिवालाई भागावान्ले धर्यधारण गर्ने सक्ती प्रदान गरुन . आगामी दिनमा य्स्तो दुखत घटना नादोहोरियोस भंने कमाना गर्दछू
    प्रकाश भट्टाराई

    लंडन scotland.

  35. I have no words to comment.My heart is crying after reading this article.I can understand how her parents must be feeling at the moment.I cant understand why do terroists choose innocent people to kill.Whether it be london bombing,madrid bombing or twin tower attack,all the people who died were innocent citizens.In Nepal,Maowadis are the groups who started these terroism activities.They never thought that similiar groups could be formed following their path.see the consequences now.
    This terai army is not a representative of terai people.These are some terroists madhesis who are terrorrising in the name of madhesis .All the madhesis people hate this group.
    May Anishas soul rest in peace in heaven.
    [email protected]

Comments are closed.