आतंककारीले थप एक जनाको ज्यान लिए

काठमाडौँमा आइतबार भएको शृङ्खलावद्ध विस्फोटमा मारिनेको संख्या तीन पुगेको छ। त्रिपुरेश्वरमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएकी विश्व निकेतन उच्च माविकी १२ कक्षाकी छात्रा सन्ध्या खड्काको अहिले केही बेरअघि वीर अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। स्कूल सकिएपछि घर जानका लागि साथी अनीशा केसीसित बस कुर्दै गरेको बेला आतंककारीहरुले गराएको विस्फोटमा परी उनी घाइते भएकी थिइन्। अनीशाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सन्ध्याको चिन्ताजनक अवस्थामा उपचार भइरहेको थियो।

सकेसम्म बढीको ज्यान लिने कुनियतले गराइएको आक्रमण भए पनि भगवानले उनीहरुलाई साथ नदिएको मान्नुपर्छ। योजनावद्ध रुपमा तीन स्थानमा विस्फोट गराइएको भए पनि तीन जनाको मात्रै मृत्यु भएको छ। त्रिपुरेश्वरमा यात्रुहरुको भीड हुने स्थानमा बम राखिएको हुनाले अझ धेरै जनाको ज्यान जान सक्थ्यो। त्यसैगरी बालाजुमा माइक्रोबस पूरै क्षतविक्षत हुने गरी विस्फोट गराइएको स्थिति हेर्दा त्यसभित्र रहेका सबैको ज्यान जाने देखिन्छ। तर यहाँ पनि आतंककारीहरु असफल भए। यहाँ एक जना कमलादेवी शाहीको मात्रै ज्यान गयो।

सुन्धारामा त बम राख्न नपाउँदै बम बोक्ने मान्छे नै विस्फोटमा परी घाइते भए। शायद भगवानले दिएको सजाय थियो यो उनलाई।

आक्रमणपछि तराईका समूहको नाम उठाएर जिम्मा लिने काम गरी पहाडी र मधेशी सम्प्रदायबीच साम्प्रदायिक दंगा भड्काउन खोज्ने आतंककारीहरुको प्रयास पनि पूरै असफल भयो। नेपालीहरु साम्प्रदायिकतामा भडकिएनन्। यसअघि जसरी नेपाली एकताको सूत्रमा बाँधिएका थिए, त्यसमा यो आक्रमणले कुनै आँच आएन।

आतंककारीहरुको यो आक्रमणले बरु उनीहरुको थप योजनाप्रति सजग हुन हामीलाई गतिलो शिक्षा दिएको छ। यो दुःखद आक्रमणभित्रको सकारात्मकता हामीले यसरी नै खोज्न सक्छौँ। तर दुःख छ, यस्तो शिक्षा हामीलाई दिनका लागि तीन निर्दोषले ज्यान गुमाउनु पर्‍यो। आज ज्यान गुमाएकी सन्ध्या खड्का लगायत यस आक्रमणमा मारिने तीनै जनाको आत्माको चीर शान्तिका लागि हामी सबैले अहिले नै ह्रदयदेखि नै प्रार्थना गरौँ र कामना गरौँ घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको !

31 Comments

  1. ऊमेस जि, य़ो कमेन्त मा पनि बिग्यापन दिन पाइने भए कम से कम त्यस को सुल्क चाहि लीने गर्नुस है !!!!!!!

  2. आदर्श प्रेस

    सुन्दर,आकर्षक,रंगीन तथा सस्तो छपाईको लागी सधई हामीलाई सम्झ्नुस ।

    मुरली बग्गैंचा, बीरगंज।फ़ोन # ०५१५२२९३८

  3. घोर बिरोध गर्दछौ, भ्र्त्सना गर्दछौ, सम्बेदना प्रकट गर्दछौ आदी इत्यादी का सब्दहरुः नेपाल का नेताहरुले दीन को सय पटक बोलने सब्द हो, त्येसैले येसको कुनै मुल्य भयजस्तो लाग्दैन. मुख्य सम्बेदना ta अपराधी लाई समाई करवाही गर्नुनै हो.

  4. marne marisake aba hamile j gare pani uniharuko chhyati purti hudaina, maarne haru lukdai holan tara maarna lagaune haru ajhai seer thado parera hiddaichhan. Maarne bhanda pani maarna lagaune lai nasta garnu parchha.

  5. जती पनी गर्यो आतंकारी ले यसको सजाय ता उनिहरु लाई फासी नै हो किन भने निर्दोष manchelai टारगेट गरेर हनेको बम हो . योत्यही भ्यर यो गर्ने manchelai लाई फासी दीयनी कही फरक पर्दैन तर क गर्ने हमरो नेपाल माँ यो कानून नै chhain .. जसले गर्यो त्यों manche शान्ति संग बसना सक्दैं … मेरो यही छ कामना ..

  6. कांतिपुर माँ अनिषा को फोटो हेरेर मलाई आशु आयो. जिन्दगी केहि पनि रहेनछ
    नोर्दोष ब्यक्ति लाई मार्ने पृथ्वी का भार मात्र हून.

  7. This is one of the examples of the necessities why the death penalty(capital punishment)should be exised.

  8. This is one of the examples of the necessities why the death penalty(capital punishment)should be exised.

  9. May the soul of all innocents rest in peace. I pray with my almighty to bless all relatives of deceased to bear this deep grief.My condolences are for them. I condemn such a terrorist act.

    Mr. Gyanendra Shah, U will get such a punishmnet for what U have done. Go hell.

    I request all nationalities of Nepal to keep communal harmony in our beloved country. Lets unite to demolish the monarchy.

  10. oho no nepal kasto thiyo kasto bhayo, aja yesto hunda pani neta haru lai jiu hallai hallai bhasan garna pugay ko chaina, dhikkar cha rajniti garney ti neta haru lai, desh khane bhaya aba, kati jana ko jyan jane ho ………….
    kasto bhako hola ti ama babu lai jas lay santati gumaya, hami lai po jamma 3 jana bhaya, uni haru lai ta sansar nai gaya jasto lago hola ni. hay bhagawan ti ama, babu lai sahane sakti bhagawan lay diwos yehi kamana cha

  11. हे भगवन म संग सबद छैना सम्बेदना दिनालाई
    ती भाबयिल भयाका आमा बाबु लाई के भानु म संग
    सबद छैना/

  12. हाम्रा निर्दोष भविष्यहरुलाइ म्रितुको मुखमा हुल्ने अपराधिहरुलाइ दिने सजाय ‘मृतुदण्ड’ बाहेक केहि हुन सक्दैन !तर हिम्मत र आफैमा नैतिकता नभयका लाचारहरुबाट यो कानुन बन्ला भनेर सोच्नु मुर्खतामात्र हुनेछ !म हाम्रा ति सुन्दर तर चुँडियका भविष्यहरुको चिरशान्तिको कामना गर्दछु,इश्वरले ति निर्दोष परिवारहरुमा सहने शक्ति प्रदान गरुन !
    आतंककारिहरुको कायरपुर्ण कुकर्मबाट जिवन गुमाउनुभयका ति तिन आत्माहरुप्रति श्रद्दाञ्जलिसहित यो सानो कविता अर्पण गर्न चाहन्छु –
    ______________________________________

    “we cant forgive these… शत्रुहरु”
    ___________________________________

    हाम्रा निर्दोष भविष्यहरुको अन्त्य गरेर
    राज गर्ने सपना देख्ने अपराधिहरु
    निर्दोष’Student’लाइ बमले उडायर
    मानवता बिर्सियका हाम्रा शत्रुहरु
    त्यो पापले तिमिलाइ पोल्नेछ
    ति भावबिह्वल आमाबाबुका आँशुले डुबाउनेछ
    अनि त्यो निर्जिव लाशले तिमिलाइ निदाउन दिने छैन

    कसरि सक्यौ होला कल्पनामात्र गर्न पनि
    एउटा गुडिरहेको बस उडाउने..
    जहाँ दिनभरिको कामबाट फर्किरहेका गरिव हुन सक्छ्न
    जहाँ दुधे बालकहरु आमाको काखमा निदाइरहेका हुन सक्छन
    जहाँ प्रेमि-प्रेमिकाहरु संसार भुलिरहेका हुनसक्छन
    अनि त्यहि मोटरमा तिम्रै आफ्नाहरुपनि त हुन सक्छन
    कसरि सक्यौ निर्दोषहरुलाइ म्रितुको मुखमा हाल्न
    ति टुटेका सपनाहरु.. अनि बगेका प्रत्येक थोपा आँशुहरुले
    तिमिलाइ पलपल म्रितु दिनेछन
    तिमिलाइ आफ्नै जिन्दगिको बोझले बाँच्न दिनेछैन
    ति टुक्रामा बदलियका लाशहरुले..शान्ति दिनेछैनन
    तिमिहरुले आफ्नै आमा अनि बहिनि मारेका छौ
    आफ्नै दाजुभाइहरुलाइ..रगतको आहालमा डुबायका छौ
    सयौँ परिवारहरुमा आँधि लियर आयका छौ
    यो टाढाका ठाँउमा एउटा कठोर मनपनि धुरुक्क रुवायका छौ
    ति ‘Piece’हरुमा बाँडियका आफ्नाहरुका लाश अनि
    ढलछेउमा पोखियका रगतहरु देखेर
    तिमिले आफ्नैबिरुद्द एउटा शत्रु कमायका छौ
    आफ्नै अन्त्यको नराम्रो इतिहासको सुरु गरिसकेका छौ

    कति दिन सक्छौ बाँच्न..निर्दोषहरुको रगतसहित
    एकदिन त बाहिर आउनेनै छौ
    कसरि देखाउनेछौ मुहार उनिहरुलाइ
    जसका सपनाहरुको हत्या तिमि गरिसकेका छौ
    धिक्कार छ ति आमालाइ..जस्ले तिमिलाइ जन्माइन
    ‘Bus Stop’मा बम राख्ने तिमिजस्ता कायरहरुलाइ
    म चुनौति दिन्छु…मैदानमा आउने,अनि देखाउ आफ्नो पुरुषार्थ
    निर्दोष केटिको रगतमा आफ्नो साहस देख्ने तिमिजस्ता..कुपात्रहरु
    बृद्द आमाको म्रितुमा बिजय देख्नेहरु…धिक्कार छ तिम्रो जुनि
    एकदिन पाउनेछौ..अकल्पनिय अन्त्य तिमिलेपनि
    मात्र प्रतिक्षा गर ..आफ्नो घृणित ‘Ending’ को
    जहाँ तिम्रो लाशलाइ काँध दिनेहरु कोहि हुनेछैनन
    केवल थुक्नेछन मान्छेहरु…तिम्रो निर्जिव लाशमा पनि !!

    ****** The End****

    ( dedicated to three lost lives in KTM bomb blast and to wounded people – sept 02,2007 )

  13. यो घटनामा संलग्न आतङ्ककारीको जत्था हो| यो आतङ्ककारीको जत्था कोही मानबजातीको हित्मा पनि हुन सक्दैना| त्यसैले यो जत्थालाई जरैदेखी उखालेर निर्मूल पार्नुपर्छ|
    मृत आत्माको चीर शांतिको कामना अनि दुखी परिवारप्रति हार्दिक समबेदाना|

  14. आतंककारीहरुको कायरतापूर्ण आक्रमणमापरी अल्पायुमा नै जीवन गुमाउन पुगेका तिनै जनाको आत्माको चिर शान्तिको कामना गर्दै, घाइते सबैको यथाशिघ्र स्वाथ्यलाभको लागी भगवानसित प्रार्थना गर्दछु।
    Heartly Condolence to all who had lost their lives. May their soul rest in peace.

  15. उफफफ कस्तो बिडम्बना ! अघिल्लो ब्लगमा देखेको एउटा कमेण्ट पढेपछि पहिला मेरोसंसारमा चलेको मृत्युदण्ड चाहिन्छ कि चाहिदैन भन्ने विवाद याद आयो । साँच्ची यो घटनामा जिम्मेवार आतंकबादिलाइ पक्रन सके मृत्युदण्ड दिने कि नदिने ? मेरो विचारमा तिनीहरुलाइ मृत्युदण्ड दिनै पर्छ, तर नेपालमा कानून नै छैन । नेपालमा मृत्युदण्डको कानून बनाउनु हुँदैन भन्ने तर्क गर्ने साथीहरुले यी आतंककारी अपराधिलाइ पनि आजीवन कारावास दिने भन्नुहोला । अनि एक डेढ वर्षमा जेलबाट छुटेर तिनै आतंककारीहरु फेरि सांसद मन्त्री बन्ने क्रम चल्ने छ । यसैले त यस्तो घोर घृणा गर्नुपर्ने कुकार्यमा समेत तँछाडमछाड गरेर जिम्मेवारी दावि गर्छन नि फटाहाहरु ।

  16. Its not tolerable. Over is over!!!
    Still our politicians are not much affected with such cruel incidents. Feel like they are used-to with such activities.
    Its again a very sad news…

Comments are closed.