राजाको पालामा भ्रष्टाचारै थिएन ?

मण्डलेहरुले बारम्बार लगाउने आरोप हो- दलका नेताहरु भ्रष्ट छन्। बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि देशमा भ्रष्टाचार मौलायो। उनीहरुले यस्तो आरोप यसरी लगाउँछन्, मानौँ राजाको शासन एकदमै स्वच्छ थियो। प्रजातान्त्रिक वातावरणमा जस्तो राजाको निरंकुश शासनमा भ्रष्टाचारको कुरा खुला रुपमा आउन गार्‍हो थियो। तर पनि त्यस्ता केही भ्रष्टाचार काण्डहरु सार्वजनिक भएका छन्। इतिहासबाट खोतलिएका भ्रष्टाचार काण्डका केही उदाहरण अब क्रमैसँग प्रस्तुत गरिनेछ। यसमा तपाईँहरुले पनि थाहा पाएको जानकारी थप्नु होला।

भ्रष्टाचार कै कारण राजाको हत्या
कुरा राजा रणबहादुर शाहको पालाको। राज्यको ढुकुटीबाट १८ हजार सरकारी रकम मासिएछ। त्यतिबेलाको १८ हजार रुपैयाँ भन्नु ठूलै रकम थियो। १८६३ वैशाख १० गते राति यसै विषयमा कचहरी सभा भएको थियो। यो रकम मासेर भ्रष्टाचार गर्नमा आफ्नै भाइ शेरबहादुर शाह र भारदार त्रिभुवन प्रधानको हात रहेको पत्तो पाएपछि रणबहादुर शाहले सभा डाकेका थिए।

सभामा हताश चौतरिया शेरबहादुर शाहले ‘यो बात मलाई पनि लाग्यो कि लागेन’ भनी प्रश्न गरेछन्। जवाफ रणबहादुर शाहले ‘तँलाई पनि बात लाग्यो’ के भनेका थिए, शेरबहादुर शाहले आफूले बोकेको तरबारले रणबहादुर शाहलाई छपक्कै पारे (स्रोतः बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस्) यो हत्याकाण्डमा १६ महिला र ७७ पुरुष गरी ९३ जनाको हत्या भएको थियो।

गलैँचा काण्ड
अब लागौँ पञ्चायत कालको राजाको प्रत्यक्ष शासनका बेलातर्फ। यसअघिको कालमा राणा शासकहरुले १ सय ४ वर्षसम्म राज्यको ढुकुटीको गरेको दुरुपयोगको प्रसंग अर्कै शीर्षकमा प्रस्तुत गरिनेछ।

गलैँचा काण्ड २०३३/३४ मा भएको थियो। पञ्चायत कालमा सबैभन्दा धेरै अभियुक्त भएको भ्रष्टाचार काण्ड यही नै थियो। यसमा ज्ञानेन्द्रको शासन कालमा उपाध्यक्ष बनेका तुलसी गिरी तत्कालीन प्रधानमन्त्रीसहित चार जना मन्त्री, उच्च सरकारी अधिकारी र व्यापारी गरी ९१ जना अभियुक्त थिए। यही काण्डका कारण पञ्चायतकी जननी मानिएका गिरीको बदनाम भएको थियो। तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगले यो काण्डका दोषीमाथि मुद्दा चलाएको थियो।

विदेशी मुद्रा भित्र्याउने र राजस्व वृद्धि गर्ने अभियानमा व्यापारीलाई ‘मनमस्ती छुट’ दिने नीति अख्तियार गरेपछि यसले ऐतिहासिक काण्डको रुप लिएको हो। त्यतिबेला नेपाली वस्तु निर्यात गरे वापत् सरकारले विदेशी सामान आयातमा सुविधा दिने चलन भित्र्याएको थियो। यसलाई बोनस भौचर सुविधा भनिन्थ्यो। यसै सुविधाका नाममा गलत काम भएका थिए।

तर, यतिबेला जस्तै त्यतिबेला पनि उस्तै। चार वर्ष मुद्दा चल्यो। अन्ततः २०३७ सालमा गिरीसहित सबैले सफाइ पाए। केही व्यापारीलाई जरिवाना गरियो, अनि मुद्दा टुंग्याइयो।

जनमत संग्रहको विकृति
२०३६ सालमा जनमत संग्रहको घोषणापछि आर्थिक अनियमितता, भ्रष्टाचार र राज्यकोषको दुरुपयोगले चर्को रुप लियो। जनमत संग्रहको घोषणापछि प्रचार अभियानमा पञ्च परिचालनका लागि लुटतन्त्र मच्चाइएको थियो। व्यापारीलाई सर्पको छाला र मयुरको प्वाँख निर्यातमा छुट दिइएको थियो। नजिकका व्यापारीहरुलाई आयात-निर्यातको लाइसेन्स दिई उनीहरुबाट मोटो रकम असुलेका थिए। काठ निकासीमा छुट दिएर जंगल सखाप पारिएको थियो।

गाई गधा काण्ड
यो पनि २०३६ सालतिरै भएको काण्ड हो। स्वीस सरकारले कृषकहरुलाई दिन पनि प्रदान गरेका थिए राम्रो नस्लका गाईहरु। तर त्यसलाई कृषि मन्त्रीले दरबारका पदाधिकारी, आफन्त र आफैले बाँडेर लिए। कृषकलाई भनी दिएको गाई ठूलावडाले खाएपछि दाता राष्ट्रसमेत असन्तुष्ट बनेको थियो। यसैलाई गाई काण्ड भनिन्छ।

त्यसैगरी दुर्गम क्षेत्रमा ढुवानीका निम्ति गधा किन्नका निम्ति भारत भ्रमणमा भएको खर्च र पछि गधा बेचेर खाएको घटनालाई गधा काण्डका रुपले चिनिन्छ। (स्रोतः सुशासन वर्ष पुस्तक २००६)
क्रमशः

[केही मण्डलेहरुले आफ्ना मालिकको भ्रष्टाचारको कुरा उठाएपछि विक्षिप्त भएर त्यही निहुँमा दलका नेताहरुले गरेको भ्रष्टाचारलाई चोख्याउन खोजेको काइते आरोप लगाउन थालेका छन्। भ्रष्टाचार जसले गरे पनि त्यो दण्डनीय हो। त्यति पनि नबुझ्नुलेलाई भन्न नै के सकिन्छ र। यो शृंखलाको उद्देश्य राजाको शासनमात्र भ्रष्टाचारहीन थिएन भनेर देखाउनु मात्रै हो]

15 Comments

  1. जय नेपाल भन्ने जतिले आफ्नै जय गरेर गए|यस्तै रहेछ बुझ्नु भो| त्यही भएर तैं चुप मैं चुप|नेपालले ठुलो चोला फेरी सक्यो|तैपनी नेपाल र नेपालीको उत्थान गर्ने कोई सपूत जन्मेंन,यो एउटा नेपाली माताको ठुलो बिडम्बना हो| र शायद पछि हाम्रो संतान दरसंतानले पनी देखन नपाउने हो की भन्ने शंका लिँदै भ्रष्टाचार एउटा virus हो यसले युग दर युगलाई infect गरी नै रहने छ|

  2. कुरा भ्रस्टाचारको हो. भ्रस्टाचार् अति खराब हो र यसको समूल नस्ट हुनुपर्छ. शाहकाल र राणाकालका भ्रस्टाचार जनतालाई भुसुना र पशु ठान्ने उच्चबर्गका भनौन्दाहरूले गर्थे, तर जनप्रतिनिधि हुन भन्ने र लोकतन्त्रको ट्याम्को ठटाउने गिरिजा,माकुने,झलनाथ,प्रचण्ड, बाबुराम,गोबिन्दजोसी, खूमबहादुर,सुजाता,शेरबहादुर र भरतमोहन, मोदनाथ, गच्चछेदार, बिमल कोइराला, न्यायाधीश भनाउन्दा पौडेल्, गिरि,बिस्वनाथ उपाध्याय कति हुन कतिले ठाडै जनताको रगत चुसेको भने निक्रिस्ट भ्रस्टाचार हो. रणबहादुर शाह
    र पन्चायतका भ्रस्टाचारी फटाहा हुन भने गिरिजा, माकुने, बामदेब,प्रचण्ड, सुजाता, हिसिला, झलनाथ, मोदनाथ, शेरबहादुर हाक्काहाक्की जनताको रगत र मासी चुस्ने डरलाग्दा जुका हुन्. इतिहासको अलोकतान्त्रिक ब्यबस्थासित अहिलेका लोकतान्त्रिक हुन भन्ने दुस्टहरुसन्ग तुलना गर्न मिल्दैन.
    जे भए पनि भ्रस्टाचार देशको ठूलो रोग हो, क्यान्सर हो, तेस्लाई काटेर फाल्नैपर्छ.

  3. के तपाइ हरु ले त्तयो post/position पौउनु भो भने चई corruption गरनु हुन होला त sir ? मलाइ त सन्खा लाग्यो हई. Corruption is everywhere…from US Government to darfur to our country….. what we need is a system where people can live in peace and create jobs. And off course democratic society.

  4. यसो हुनु पर्ने को नेपलको ठुलो भस्त्राचारी ?
    – राजपरिवार
    – गिरिजा र सुजाता
    – खुमे
    – गोबिन्दे
    – सूर्यबहादुर थापा
    – माकुने समुह
    – बामे
    – नाम थप्ने पालो तपाईको …

  5. मौका पायो भने पशुपती नाथ ले पनि भष्टचार गरछन।।।
    जय नेपाल ।।।

  6. No doubt there was corruption in the king’s regime, & he is out of business. How could you tolerate the same from so called “jana pratinidhi”. it is disgusting.

  7. उमेश जी, बिजया दशमी २०६४ को शुभ कामना !!!
    राजा को शासन मा भष्ट्राचार को सबै भन्दा उत्त्तम उदाहरण अरु के हु सक्छ?
    जनता तिरेको कर बाट राजपरिवार भयकै कारण राज़्य बाट भत्ता हसुर्ने अनि खुल्ले आम ब्यापार पनि गर्ने / जस्तै सोल्टि होटेल्,सिप्रदि ट्रेडिन्ग्,सुर्य टोबाको,
    अनगिन्ति कति कति …………कुरो ग्यानेन्द्र कै हो …..

  8. सुन काण्ड (डि बि लामा र भरत गुरुन्ग्) कहिले भाथ्यो कुन्नि???

  9. भष्टाचार त जहिले पनि थियो तर १८० देशहरु मध्ये १३१ स्थानमा चाँहि थिएन होला। त्यतिबेला लुकुचाप हुन्थै भने अहिले चाँहि खुल्लमखुला । लाग्छ समाजमा मान्यता नै पाइसकेको छ । जतिपनि नेताहरु पँजेरो चडछन त्यो स्वास्नीले किनिदिएको बकमफुसे दावी गर्छन फेरि जनता पत्याउछन पनि । नयापत्रिकाका अनुसार २३६ सँसदहरुले सुविधाको गाडि भित्र्याएर बेचेन जसमा मोदनाथ प्रशित जस्ता बिद्वानजीले पनि आफुलाइ काबुमा राख्ननसक्नु भएन । जय भष्टाचार ।

  10. Hi
    This is the best example of coruptoion in our history.I like your new issue.Everybody know our nation is corrupted by leader ,businessman even lower grade peon. For example if peon gets a chance he will contact with footpath tea shopkeepers and get extra cup of tea along with his boss,and glass of beer too. Everybody being talk about corrupton how to control and corrupted people must be punished but unfortunitly all corrupted are saved by power when they captured nobody punished them.our country is surrounded by two kind of people 1.very poor 2.very rich.poor people are poor because the lack of corrupted ideas and rich we know how?
    I request you please don’t write about our history ,write about present and punishment. If it is possible most of our leaders will get ironneil. Bidya

  11. हजुर मेरो बीचार मा राजाले एक्लै गर्ने भस्टचार अईले सबै दल का नेता हरु मीली खायका छन .फरक यति नै हो की एक जानाले गरेको काम सबै नेता ले सीक्ने मोउका पाय, अनी देस मा तेस्को खेती मोउलायो,
    हामी जस्तो सीदा सादा जनतालाई कुनै फरक छैइन ,* जुन जोगी आयपनी कानै चीरेको* HAPPY VIJAYA DASAME & DEPAWEALI ALL FOR NEPALI & HINDUSM
    NARAYAN
    MOSCOW RUAAIA

  12. जनतामा बुद्धि नपलाए सम्म एस्तै हो. अब हामि जनतानै भतुवा कुकुर जस्तो छौ अनि नेता र राजा लाई सरापेर के नै पो हुन्छ र?
    नपत्याए यिनै प्रतिक्रियाहरु बाट थाहा हुन्छ नि टेलिभिजन र पत्रिका पढेरको भरमा परिवर्तनको खाका कोर्ने हरु कति छ्न भनेर.
    यसरि खका कोर्नु र छेपारो को कथा मा केहि फरक छैन .

  13. ?…Do you wanna say political leaders have rights to do so? corruption is wrong, that’s why we wanna overthrow the monarchy. what do you wanna tell? don’t take side of politician ok dude? corruption is severe disease of our country and it is wrong whoever involves need to prosecute them.King or neta they are suckers. We need to prosecute them one by one. If you support the corrupt politician, we need to prosecute you kind of blogger too. Don’t mislead the people.

  14. Umeshji
    of course corruption is there in Nepalese society not only today,historic ,prehistoric and pauranik time also.If you are worshiping Ganesh with ‘laddu’,what do you think it is??
    What we are today is because of yesterday!Today we are beyond the fear of ‘corruption’.We are dealing with a problem 100 times bigger than corruption.It is the danger of national sovereignity.We may get a little solace by pointing our finger towards dying monarchy.But tomarrow You will not be there and royalist will not be there to fight,there will be dark ,a lost identity.My point is when there is a fire at home ,family should not spend time on quarraling???
    Only the comment on time matters.Our ansectors were their in the regime of ‘RANABAHADUR SHAH’.They remained quiet.
    everybody knew there was corruption on panchayet,yesterday today and I guarentee it will be there tomarrow also.it will be more not less.
    To end corruption people should be educated and should be against corruption.Then it will end on no time.
    But every father wants to make his son engineer,police officer,section officer???for what?
    Look at the face of loktantrik government today,I just read a news in kantipur ,it says many ministers are using the vechile of ‘Nepal biddut pradhikaran’is not that corruption.
    Another news in kantipur today says,’some indian inagurated a hydroelectricity in project in our country and said 9 part for india and 1 part(electricity)for Nepal’.Should not these issues be touched rather than the corruption done by ‘RANABAHADUR SHAH’
    But please dont think I am supporting ‘sahas’

    What do you think??

Comments are closed.