यी बीउ केका होलान् भनी राखेको प्रश्नको जवाफ धेरैले धेरै थरी दिए। अधिकांशले कफीको दाना थानेछन्, जुन गलत थियो। तर कसैले पनि सही जवाफ दिन सक्ने छैनन् भन्ने मेरो अनुमान भने प्रश्न राखेको केही मिनेटमा नै आएको सही जवाफले फेल खायो। पछि पनि केही साथीहरुले सही जवाफ दिएका थिए। के रहेछ त यो ? जवाफका लागि भित्र आउनुस्।

हेर्नुस् भिडियोमा के रहेछ यो ?


वास्तवमा यो बीउ हामीले तनहुँको देवघाट धाममा भेटिएको एउटा रुखबाट भेट्टाएका हौँ। यो रुख चानचुने रुख थिएन। अहिले नेपालमा एकदम चर्चामा रहेको दुर्लभ वनस्पति रक्तचन्दनको रुख रहेछ यो। वाईसीएलका कारण निकै चर्चामा रहेको छ रक्तचन्दन अहिले। यसअघि त्यति नाम नसुनिएको यो रुखको तस्करीका लागि नेपालको बाटो प्रयोग भइरहेको छ। निकै चर्चामा रहे पनि अहिलेसम्म नदेखेको हुनाले हामीलाई यसले निकै आकर्षित गर्‍यो। अनि हामीले यसका बीउलाई घरमा लगेर रोप्ने निधो गर्‍यौँ।

त्यसका लागि हामीले यसको बीउलाई त्यहाँका मानिसहरुको अनुमतिमा झार्‍यौँ र घरमा लिएर आयौँ।

तर, रक्तचन्दनको रुख काठमाडौँमा भने नउम्रने रहेछ। रक्तचन्दनको रुख समुद्री सतहदेखि ३ सयदेखि ८ सय मिटरको उचाइमा मात्र हुर्कने रहेछ। काठमाडौँ पर्‍यो १३७० मिटरको उचाइमा रहेको ठाउँ। पोखराको उचाइ भने ७८४ मिटर रहेछ। पोखराका एक साथीले पनि बीउ लगेका छन्। हेरौँ, त्यहाँ उम्रने हो कि हैन।

त्यसो त त्यहाँ रक्तचन्दन वृक्ष भनेर नलेखेको भए हामीले पत्तो पनि पाउने थिएनौँ यसको बारेमा। हामीले यसको बारेमा सोधखोज गर्दा दुई वटा रुख रोपेकोमा एउटा मात्र हुर्केको जानकारी पायौँ। रक्तचन्दनको रुखमा यस्तो बीउ फल्ने रहेछ। यसैलाई रोपेपछि बीउ उम्रने रहेछ तर बीउबाट विरुवा निकाल्न भने निकै गार्‍हो हुने रहेछ। यो निकै ढिलो उम्रने जातिको वनस्पति रहेछ।

हाल नेपालमा तिब्बततिर तस्करी गर्न ल्याइने सबै रक्तचन्दनका काठहरु भारतबाट ल्याइने रहेछन्। भारतको पनि दक्षिणी राज्यका केही स्थानमा मात्र रक्तचन्दनको रुख पाइने रहेछ। अ‍ौषधि लगायत अरु कुरामा पनि बहुउपयोगी यो रुखका काठको दुरुपयोग यति बढेको छ कि यो लोप हुने अवस्थामा पुगेको छ। त्यसैले आईयुसीएनले यसलाई दुर्लभ वनस्पतिको सूचिमा राखेको छ।

*************
Jan 6, 2008
अनुमान लगाउनुस्, के हुनसक्छ यो ?
यस पटकको यात्राका क्रममा पहिलो पटक मैले यो देखेको हुँ। तपाईँ अनुमान लगाउन सक्नुहुन्छ यो केको बिउ हो भनेर ?
जवाफ २४ घण्टापछि

120 Comments

  1. कृति राम जी
    तपा इ लाइ गिददे द्रिस्ती राख्ने को लिस्ट बनायेरा राख्नुस अणि उमेश जी लाइ यहाँ पब्लिश गर्न लगाउनुस तेस पची हेर्नुस के के हुन्चा हेर्नुष.

  2. very interesting indeed! It is good to listen to somethign creative in addition to political discussions mos tof the time….! Good work by Umesh!

  3. Girija and Sujata know its all stages of life cycle…..Germination to harvesting and finally marketting (smuggling)…

  4. खोइ म जाँदा त फलेको थिएन तपाइ जादाँ फलेछ। बल्ल पो थाहा पाइयो आफ्नै बारीमा फलेको कुरो के रहेछ भनेर। धन्यवाद

  5. You can generate another plant, a good sized one, within one year from this mature plant if you can follow the process of “AIR LAYERING”. This process let you create the replica of mother tree without using its seeds in very short time. The information about air layering is available on any botany book on in the Internet everywhere.

  6. Umesh jee
    Yasko right answer rakhne time pani CA election jastai sardai gako ta haina. kaile ko 24 hrs ma ho kunni answer rakhne?

  7. Mero Bichar Ma rukh Ma falne tomatar ho. tara dharai rato a kohai thhapcha pani chhan. khoi ke khoi ke ?

    dhrmus.

  8. उमेश दाजु मलाई जहाँ सम्म लाग्छ यो रक्तचन्दनको बिउँ हो।

    सुबाश श्रेष्ठ दोहा कतार

  9. खोइ अझैपनि पत्ता लागेन र भनेको ? मलाइ त कफीको बिउ जस्तो लागेको थियो हैन रैछ ।
    -*-
    यो त नयाँ ज्ञानेन्द्रको बिउ पो हो कि क्या हो ? कि नवप्रचण्डको पो हो कि ? गिरीजाबावुको त पक्कै होइन । साँच्चैनै नयाँ नेपालमा झगडाको बिउ हो कि विकासको हो थाहै भएन बा ।

  10. उमेश दाजु यसको उत्तर कतिदिन सम्म भन्न पर्ने हो । दुई चार दिनसम्म पर्खिनु ल अनि म भन्नेछु।

  11. khai k ho ho? sabai Apron nai Apron…….
    yeso herda ta cherry nai jasto chha kyaa re hoina ki kya ho, yo ta paiyu ko geda nai ho la jaa ….hahhaaa ki kaso umesh jee?

  12. yo ta gopalman shrestha,khum khadka,govinda raj joshi sujata koirala ani sushil koirala le khana palkeko chiz ko seeds ho, bro aba tiniharu le k chiz khada rahechhan bhanera mind lagaune kam bhane hajur haru sabaiko la?

  13. उमेश बुरो यो पटक ठ्याकै मिल्यो जस्तो छ, मेरो अनुमानमा Cherry हुनु पर्छ यो ।

  14. उमेश बुरो यो त कफीजस्तो छ । मेरो बिचारमा कफीकै बिउ हुनुपर्छ ।

  15. यो गणातन्त्र को बिउ हुना सक्छ । हा हा हा हा

  16. Umesh Jee,
    today i read one article in Kantipur Dainik Patrika, Lets findout what is going on her life:
    News:

    मिहिला प्रहरीको पीडा

    कान्तिपुरमार्फ मैले आफ्नो पीडा पोख्ने

    थालनी गरेकी छु । यसबाट मजस्ता धेरै महिला

    प्रहरीको दयनीय अवस्थाबारे सबैले थाहा पाउनेछन् । अरू दिदी बहिनीलाई पनि आफ्नो पीडा जाहेर गर्न अनुरोध गर्छु ।

    निम्नस्तरको परिवारमा छोरीको रूपमा जन्म लिनु सायद मेरो विडम्बना हुनर्ुपर्छ । नत्र मैले आफ्नै बाबु आमाबाट पटकपटक छोरीको रूपमा जन्मनु पीडासिवाय अरू केही रहेनछ भन्ने अनुभूति गर्नुपर्थेन होला । जेनतेन गरेर एस.एल.सी.पास गरेकी मैले घर परिवारलाई बोझको रूपमा अनुभूति नगराउन नेपाल प्रहरीमा भर्ना हुने अठोठ गरे“ । ठूलो प्रयासगरेर भर्ना भए“ । यसका लागि मैले कसैको अगाडि झुक्नु परेन । आफ्नो परिश्रम र मिहिनेतद्वारा भर्ना भइछाडे“ ।

    मैले सोचे अनुरूप प्रहरी सेवामा पनि महिला प्रहरीको कुनै विशेष स्थान रहेको अनुभूति गर्न पाइन । म एउटा आदर्श सोच र सद्भाव लिएर हर्ुर्किएकी युवती हु“ । प्रहरी सेवामा प्रवेश गर्नेबित्तिकै मैले थाहा पाए“ । बाहिर समाजले देख्ने जस्तो प्रहरीको जागिर एउटी युवतीका लागि त्यति सहज र सरल रहेनछ । युवतीप्रति गिद्धे दृष्टि यो विभागमा पनि कम रहेनछ । तालिमको दौरान केन्द्रका प्रशिक्षकदेखि लिएर ठूला हाकिमसमेत रूपवती महिलाप्रति कुदृष्टि राख्दा रहेछन् । मैले तालिममा प्रवेश गरेदेखि यस्तै अनुभव गर्न थाल“े । आफ्नो बलबुताले भ्याएसम्म मैले कुदृष्टिबाट बच्ने प्रयास गरिराखे“ ।

    मैले देख्दादेख्दै कति महिलाले सम्झौता गरी हाकिमको अगाडि आफूलाई सुम्पिएको पाए“ । मलाई यो सब देखेर आफैदेखि घिन लाग्न थाल्यो । मैले आफूलाई बचाउने धेरै प्रयास गरे“ । तालिम अवधिभर आफूलाई बचाउन सफल पनि भए“ । तालिम समापन भयो, तालिमपश्चात पनि मलाई सधै डर लागिरहेको छ । खाउ“ भने ‘दिनभरिको सिकार नखाउ“ भने कान्छा बाको अनुहार’ भनेझैं मिहिनेत साथ खाएको जागिर छाड्न सक्ने मेरो अवस्था छैन । आफूलाई कुनै सम्झौताको बलिमा होम्ने मेरो साहस पनि छैन ।

    बलात्कार शारीरिक सम्बन्धबाट मात्र कायम हुन्छ भन्ने छैन । यहा“ नारी हेराइ, बोली र व्यवहारबाट कुनै न कुनै रूपमा बलात्कृत भइरहेका छन् । आफ्नो आत्मसम्मान र स्वाभिमानको बचावट गर्न मैले

    प्रत्येक पल प्रत्येक क्षण संर्घष्ा गर्नु परिरहेको छ । दर्ुइ छाक पेट भर्न र गौरवसित बा“च्ने मेरो चाहना हु“दाह“ंदै पनि म यो जागिर छाड्न बाध्य हुन थालेकी छु । सहयोग गर्ने कुनै हात मेरो अगाडि छैन म के गरुं“ – म कसलाई गुहारु“ –

    बाटो अन्धकारमय छ, साथी कोही छैन त्यसैले बाध्य भई मैले आफ्नो पीडा यो पत्र मार्फ जाहेर गरेकी छु । यदि नारीलाई सम्मान गर्ने कुनै निकाय भए म लगायत यस्ता पीडितलाई बचाइदिन सहयोगको अपेक्षा गर्दछु । म मेरो सतीत्वको रक्षाका लागि गुहार मागिरहेकी छु । कृपया मजस्ता महिलाको सुरक्षा गरिदिनुहोस् नत्र आफ्नो सतीत्वको रक्षाका लागि मैले आफ्नो प्राणको आहुति दिनुपर्नेछ ।

    – कृतिराम चमार

    हाल विराटनगर

  17. उमेश जी नमस्ते मलाई पनी तिते करेला को जस्तो नै लाग्यो !!
    आशु पुन +श्याम बी .सी .
    दोहा

  18. Hi Umesh jee,

    Slowly,I think you will do international quiz contest.
    Just kidding….
    From my side…….pass……

    South Korea

  19. यो मंडले को बिऊ हो|येस्ता गेडा सीधा रोपेपछि भोली को लागी कमल,निरंजन,दीपक बोरा,उत्तम राइ आदि जन्मिन्छान|उल्टो रोप्यो भने गोबिंद,वागले|कोल्टे पारेर रोप्यो भने प्रचंड,बाबूराम |येस्मा इंडियान गाई को पिसाब कल्चर गरेर रोपेमा देसले अर्को गिरिजा प्रसाद नै भेत्ताऊ छ||उमेशजी यो टेक्नोलोजी आहिले को लागी गोप्य नै राख्नु होला है???

  20. यो लाल चन्दन को बिउ जस्तो लाग्छ मलाइ त !

  21. yo dherai jaso tropical country maa painchha. mero room maa pani so ko lago 1kg jati chha.ma yo 100 persent chinchhu. but naam chain malaya bhasa maa aaunchha. nepali maa thahaa bhayena.the malay call is [pigisagar]ho. yadi yo bhasa maa pani ho bhane sahi answer ho.

  22. Thyakkai bhanna ta sakdina tara yo ***** ko biu jasto chha. Mero ghar Purbi nepal ma ho, Tyanha Yastai ***** ko bot thiyo ani yestai biu hunthiyo.

  23. लप्सिको गेडा हो? just joking mate.. its ईम्ली

  24. Yo ta pakkai pani Shreekhanda ko biu ho. Masanga 4 5 ota yesta biuharu chan tahacha.

    lau lau milyo, ke paune ho maile aba?

  25. tite karela ko seed ho,,,,,,,sab lai bekar time pass garaune? he he ……..aakhir guesing game na ho?

  26. मेरो विचारमा चाँही यो रातो गेडा कम्प्युटरको माउस जस्तो छ। जापानमा यस्तै यस्तै किसिमको वा य र लेस माउस चलाऊन थालिएको छ। माउस नभए पक्कै यो अजम्बरिको रातो गेडा हुनु पर्छ क्या खै के खै के जस्तो मुला साग जस्तो !!!
    योगेश

  27. paangraa ho yo. Chhippiyepachhee yo kaalo hunchha. Tara Faldaa faldai ko belaa paangraa raato hunchha. Kahilyai Paangraa khelera hernubhaa chhaina holaa tyasaile Paangraa ko rup rang thamyaauna gaarho huna sakchha. Tara ma ta paangraa maa maahir chhu. Tyasaile bachchaidekhi paangraa ko rup rang tyo faldaa dekhi chhippiunjyaal sammako yaad chha. PAANGRAA.

  28. खोइ यसले त मेरो दिमाग नै भुटिदियो ।के हो के हो ?आफु लाई थाहा भय जती सबै को नाम बिचार गरी हेरी तर पत्ता लगाउन चै गार्हो भयो तर पनि मलाई थाहा चै छ जस्तो लाग्छ तर अली कन्फ्युजन छ।तर देख्न चाँही मैले देखेको चिज हो यो।
    त्यै भय पनि अनुमान चाँही गरौ न >तिते करेला

  29. के देखायौ उमेश्बाबु एस्तो रातो गोटी !!!
    एस्तो चिज त जिन्दगीमा देखे पहिलो चोटि !!!
    लेटङेको उत्तर पनि छिपी दि हाल्याउ !!!
    यो बुद्धुलाई प्रश्न गरी पार्न प्रिर पार्यौ!!!!
    मलाई त थाहा छैन अरुलाई सोधी हेर !!!
    यो कुरामा ध्यान दिदा समय गयो खेर!!!

  30. लिला राज भाइ “मेरो संसार” मा बिउ के को हो? भन्ने कमेंटॅ मा नाम भेटेर एकदमै खुशी भयेको छु यो बिउ हाम्रो गाउ मा छ त?म तुलसि कार्की पिलिज मेल गर्नको लागि अनुरोध गर्दछु|[email protected] okey bayeeeeeeeee

  31. Why not coffee seeds are red …. my wife irina said she saw that in kaukasus…..if u didn’t see Jacob u can go there …

  32. mero guess pani lila ji sanga milne bhayeko le ma pani aruharu lai nai guess garne chance din6u hai.

  33. Dear Umeshji,
    Please do not make us waiting a long.We al are very curious.Please tell us what these seeda are.
    Nepal has not only diversity in culture but diversity in plants also.Without wasting time please inform us asap.
    Lilaji and me were neighbours in Balkhu while he was making MSc in physics.I say namaste to him.
    Bhusal,chemistry

  34. Bhane pachi you bademanko rukhko biu hunuparchha.
    Pantra bhanam bhanepani yesto rato hudaina pangra.
    Simi bhanam bhanepani kasari bhanam simiko rukh thulo hudaina.
    I gave up then

  35. ya i know this this is the seed of …… but i am notgoing to tell the name this time coz i want to let other guess about it

  36. टाटे सिमी हुन्थ्यो गाउ तिर, आकार प्रकार यस्तै भए नि यती रातो त भएको जस्तो मानिन। तर टाटे सिमी पनि धेरै प्रकारका हुन्छन,कुनै सिमी पर्यो होला ।

  37. ठ्याकै ग्यारंटी गरेर त भन्न सक्दिन तर यो बिऊ ***** को जस्तो छ . मेरो घर लेटांग मोरँगमाँ एउटा *****को बोट छ तेसमा यस्तै बिऊ फल्थ्यो.

    __________________
    [बधाई छ, तपाईँले ठ्याक्कै मिलाउनु भएको छ। तर अरुलाई गेस गर्न दिनका लागि तपाईँको कमेन्टमा भएको जवाफ अहिलेलाई मेटिएको छ- मेरो संसार]

Comments are closed.