डिभी

-चंकी श्रेष्ठ-

अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले।

यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौर्न्दर्य अझै खुलेझैँ लाग्थ्यो। ठ्याक्कै सल्मा हायकजस्ती। त्यस्ती फेसुनेबल त के हुन्थी, तर त्यतिकै उन्नत। सल्मा हायकको नाम यसले सुनेकी थिई थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ। अर्को कुरा, अरूणा रुँदा ऊसँग अझ बढी आत्मीय हुने र नजिकिने मौका मिल्थ्यो।

उसका आँखामा आँसुका दागहरू देखिन थाले। यसले गर्दा अझै सुन्दर देखिएकी थिई।

अन्तिम पटक, सान्त्वना दिने हिसाबले म उसलाई ‘प्रेमपूर्ण’ स्पर्श गर्न थालेँ। अन्तिम पटक नै ठानेर होला, ऊ पनि कुनै प्रतिरोध नगरी शान्ति प्राप्त गर्ने उद्देश्यले एकोहोरो आँसु बहाउन थाली। अरू बेला हुँदो हो त, केही नितान्त निजी उत्तेजना र भावुकताका क्षणबाहेक हातमात्र स्पर्श गर्दा पनि मृगजस्तै बुरुक्क उम्कन्थी। कुमारी रहुन्जेल मन-प्राणैले कुमारी रहन दत्तचित्त थिई सायद।

कविता लेख्ने एक जमाना थियो जब हाम्रो हिमचिम भयो। अरूणाकै प्रेरणामा मैले कति कविता लेखिदिएँ, त्यसको अब के अर्थ ! जब हाम्रो सम्बन्ध गाढा हुँदै गएको थियो, त्यसै बेला अमेरिकाले तेस्रो विश्वमा भर्खरै डिभी छिराएको थियो। उसको प्रेम बिस्तारै डिभीसँग गाढा हुन थाल्यो। बिस्तारै ऊ अमेरिकालाई सुन्दर कविता मान्नथाली र डिभीको चक्करमा मसँग बिहेको महाकाव्य रच्न थाली।

अरूणा कति अर्थमा महत्वाकांक्षी थिई जसप्रति मलाई घृणा थियो। उसका थुप्रै दौँतरी डिभीको काँध चढेर वा बिहे गरेर अमेरिका उडेका थिए। आफ्नो छिमलमा झण्डै अब ऊ एक्ली थिई। अतः उसमा पनि रहरका पखेटाहरू बेस्सरी फडफडाउन थालेका थिए। देशमा सबै चिज अर्थहीन देख्न थालेकी थिई। अरू द्वार खुला थिएनन्, र भाग्यले पनि साथ दिइरहेको थिएन।

डिभी यसलाई कहिल्यै परेन। नियमित भर्न थालेको केही वर्षै, ब्रह्मचारीलाई कामुक केटी आइलागेझैँ, मलाई परिदियो। खबर पाएर ऊ निकै उत्तेजित देखिई र एकसाथ बिहे र अमेरिकाको सपना देख्न थाली। उसका आँखामा निर्निमेष पचास ताराअंकित अमेरिकी झण्डा फर्फाउन थालेको थियो।

प्रतिक्रियामा मलाई ऊ निस्पृह देख्न थाली। यसको अर्थ के हो – म एकाएक देशभक्त देखापर्न थालेँ।

अमरसिंह थापा वा बलभद्र कुँवर ज्यूँदा हुँदा हुन् त उनीहरू पनि नतमस्तक हुन्थे होलान्। देशै डिभीको काँध चढेर अमेरिका जाने सपनाको बाइपंखी घोडा चढिरहेको बेला मजस्तो मानिस देशभक्त बनेको दृश्य कस्तो होला – अरूणा त त्यसको व्यंग्यात्मक पोर्ट्रेट कति हो कति खिच्न थालिहाली।
अमेरिकाले एयर होस्टेसजस्तै मुस्कान छाडेर स्वागत ंगरेपछि तेस्रो विश्वका देशहरू साँच्चिकै अमेरिकामय देखिन थालेका थिए। मानिसहरू खाँदा, चुठ्दा, हिँड्दा र कहाँसम्म भने पत्नीसित एकान्त प्राप्त गरिरहँदा पनि अमेरिकाकै सपना देख्न थालेका थिए। आउँदो सन्तानले अमेरिकाकै भाग्य ल्यावस् भनेर। कतिपय कवि, कथाकारका कलम अमेरिकामात्र होइन, ‘आदर्शनारी’ हिलारी क्लिन्टनको विरुदावलि गाएर महान् अमेरिकालाई नै धन्य बनाइरहेका थिए। यहाँको सोह्र वर्षो पठ्ठो त्यहाँकी सत्तरी वर्षो चाउरी बुढीको कमैया-लोग्ने बन्न तयार थियो भने अठार वर्षो कोरली त्यहाँको एड्सपीडितकी स्वास्नी बन्न राजी थिई। यहाँका कलाकार त्यहाँ कुक बन्न, डाक्टर पम्पर र पत्रकार स्वीपर बन्न टाइसन शैलीमा प्रतिस्पर्धा गरिरहेका हुन्थे। फेरि पनि यदाकदा हुरीले ल्याउने समाचारको बाछिटामा भने ती गौरवशाली कलाकार, डाक्टर र पत्रकार बनेरै छाउने गर्थे। कति दृश्य त यस्तासम्म देखिन्थे, अमेरिका जाने मौका मिलेको छ भने बिहेबारी चल्न नसक्ने नातेदारबीच पनि अनेक व्याख्यासहित बिहे भइरहेको हुन्थ्यो। यसमा उनीहरूको तर्क हुन्थ्यो, अमेरिकाजस्तो चिर-सपनाको लोक पुग्ने औसरबाट आफन्तलाई किन वञ्चित गर्ने !

कुनै सहरिया मध्यमवर्गीय युवक छ र अमेरिका, नभए अन्य देश जान असफल छ भने नातागोतामा उसलाई र्’मर्द’को सूचीबाटै हटाउने संस्कृति च्याउझैँ मौलाइरहेको थियो। धन्य, नेपाली महान् धर्तीको कोख अवश्यम्भावी परदेशी सन्तान जन्माउनकै लागि मलिलो थियो !
यस्तैमा अरूणा मलाई एकसाथ हिदायत दिन र मेरो कायरतामाथि थुक्नथाली। तर, मेरो भावुकता पनि कम थिएन। मैले उसलाई अमेरिकी महान् बिट कवि एलेन गिन्र्सवर्गको कविता ‘अमेरिका’को एक अंश सुनाइदिएँ जुन यस्तो थियो-

अमेरिका, मैले तिमीलाई सबै दिएँ र अब म केही रहिनँ
अमेरिका, दुई डलर सत्ताइस सेन्ट, जनवरी १७, १९५६
म आफ्नै हृदयलाई सहन सक्दिन
अमेरिका, हामी कहिले यो युद्ध अन्त्य गर्दैछौँ ?
धत्, तिमी आफ्नै आणविक बमसँग सम्भोग गर
मलाई सञ्चो छैन, दुःख नदेऊ
म अब कविता लेख्ने छैन जबसम्म मेरो मन ठीक हुँदैन
अमेरिका, तिमी कहिले देवदूतजस्तै दयालु हुन्छौ ?
कहिले तिमी आफ्नो लुगा फुकाल्छौ ?
कहिले तिमी आफैँलाई चिहानबाट चिहाउँछौ ?
कहिले तिमी दस लाख ट्रात्स्की प्रेमीहरूका लागि योग्य बन्छौ ?
अमेरिका किन तिम्रा पुस्तकालयहरू आँसुले भरिएका छन् ?
अमेरिका, कहिले तिमी आफ्नो अण्डा भारत पठाउँछौ ?
म तिम्रा पागल मागहरूको बिरामी छु
अमेरिका म कहिले विशालबजारहरूको सामना गर्नसक्छु
र राम्रो लागेको सामान किन्नसक्छु ?

कविता स्वयं अमेरिकालाई चुनौती थियो। ऊ के गर्थी, सुनेर च्याँठिइ। त्यसपछि व्यावहारिक धरातलमा ओर्लिएर मैले भने, ‘देशप्रेमी सबै अमेरिका गए यो देश कतिन्जेल देश रहला, अरूणा -‘
‘यो देश कहिले पो देश थियो र तिमी देशको कुरा गछौ !’ उसले भनी।
‘देश भनेको भौतिक सुविधाको थुप्रोमात्र होइन, आफ्नोपन पनि त हो !’

‘तर आफ्नोपन त्यहाँ हुन्छ जहाँ सुख-सुबिधा हुन्छ।’

‘यहाँको अल्छीपनाले त्यहाँ सुख-सुबिधा हुन्छ भन्ने तिमीलाई लाग्छ ?’

‘त्यहाँ धेरै औसर छन्। तिमी सम्राट उपाध्याय बन्नसक्छौ। म मृदुला कोइराला बन्नसक्छु। यहाँ त कमैया र कोइलामात्र बन्न सकिन्छ।’

‘हामी एक-अर्कालाई नै अमेरिका मानौँ न। के हुन्छ !’

संवादबाटै प्रष्ट हुन्छ- अरूणा जिद्दीवाल केटी थिई। तर, प्रत्यक्षमा म हार्ने खालको थिइन। ऊ खोक्रो अनुभव गरिरहेकी थिई।

•••
डिभी पर्नु तर अमेरिका जान मन मर्नु, हामीजस्ता वीर नेपालीका सन्तानका लागि यो संसारकै आठौँ आर्श्चर्य थियो। म त्यो आठौँ आर्श्चर्यको महानायक बन्न योग्य कसरी भएँ हुँला (जवाफका लागि तपसिल- -बोधार्थः स्वीटहार्टअरुणिमा एट द रेट जीमेल डट कम)।

-प्रेमको पूर्वाभ्यासमै अरूणाले धोका दिनसक्छे भनेर आफूलाई टेकोसेको लगाएर उभ्याउनु मेरा लागि एक्काइसौँ शताब्दीकै महत्वपूर्ण माग थियो। यसबाट स्पष्ट हुन्छ, वास्तविकता एकसय असी ड्रि्री नै भिन्न थियो। -महानुभावहरू, म त आधुनिक शुनःशेफ नै बनिरहेको थिएँ नि !)

-घरमा त भन्नै परेन, नितान्त असहाय बनिएको थियो। पिताजी, माताजी कर्त्तव्यबोधको पाठ पढाएर परमधामको गौरवमय बाटो हिँडिसक्नुभएको थियो। कर्मशील दाजु-भाउजू थिए, उनका सालासाली र थुप्रै आफन्त थिए, जसको नजरमा म नितान्त हुतिहारा थिएँ। -घरमा असहाय मान्छे संसारमै एक्लो हुन्छ।)

-एमए डिग्रीधारी युवक, त्यसको ७ वर्षम्म, जीवनको एकतीस हिउँद-बसन्तसम्म, मिलोराद पाभिचको नायकजस्तै बेकाम हुने सौभाग्य उपभोग गरिरहेको थिएँ। जाँच वा अन्तर्वाताको गणना छैन। बरु त्यसको विशेषज्ञ भइयो, जागिर त कुनै युवतीजस्तै मलाई हेरेर गाइरहेझैँ लाग्थ्यो- खोलापारि मै माया लाउँदिन।
-मैले एउटा सिनेमा हेरेको थिएँ- रिभर्सल अफ फोर्च्र्युन। शीर्षकले नै संकेत गर्छ। एउटा प्रसंग, मेरा तिनै सहपाठी अन्तर्वार्ता लिने र मलाई फेल बनाइदिने हैसितमा थिए जो कलेजकालमा पूरै असफल र लफंगा थिए। सब्जेक्ट टप गरेर मेडल पाउने भने म हुन्थेँ। यो के हो – भएन त रिभर्सल अफ फोर्च्र्युन –

-सपनामा अक्सर म आफूलाई नांगो पाउँथेँ। लुगा त, सपनामै हो, हैसियतले भ्याएसम्म पर्याप्त लगाउँथेँ, नांगिनुपर्ने डरले। तर कसले कसरी हो मेरा सबै लुगा अपहरण गरिदिएका हुन्थे जसका कारण म बिलकुल नांगो, लज्जित, कमजोर, बेसहारा र आतंकित हुन्थेँ। मलाई नांगो देखेर पर्याप्त उत्तेजक युवतीहरू लखेटिरहेका हुन्थे। लखेट्नेमा प्रेमिका पनि हुन्थी। म भने सास न बाससित भागिरहेको हुन्थेँ। आतंकले प्राणै छुट्लाझैँ हुन्थ्यो। जब बिउँझन्थेँ, त्यसको कैयन् गुणा बढी आतंकित हुन्थँे। नग्नता मलाई मेरै दर्रि्रताको प्रतीकझैँ लाग्थ्यो।

विपनामा त, पेसेवर गरिबी र भौतिक सुखप्रतिको शाश्वत उदासिनता अभिन्न अंग थिए। त्यो पुख्र्यौली सम्पत्ति मेरो भागको एक चिरो भित्ता र जन्मजात अल्छीपनाले जहाज बनेर हामीलाई अमेरिका पुर्याउँदैनथे। -वास्तविकता के थियो भने अरुणा, यी सब तिम्रै प्रेम पाउनका लागि मात्र थिए।)

के मेरो जिन्दगी कहालीलाग्दो सपनाकै छायाँ थियो ?

•••
सत्य त उद्घाटन भयो, अब हेर्नु छ, परिणाम कस्तो आउँछ। स्वीचअन। अरूणा उदास भई। निराश भएर गई। (म जे चाहन्छु, परिस्थितिले त्यसको ठ्याक्कै उल्टो परिणाम दिन्छ। मेरो जीवन नै दुर्भाग्यहरूको म्युजियम भइदिएको छ त म के गरूँ ?)

उसका दिनहरू मेरा दाँजोमा सुनौला थिए। तथापि ऊ स्वयं त्यो हैसियतकी कहाँ थिई र जुन देखिने गर्थी – आधुनिक समयले उसलाई पनि त्यो देखाउन प्रेरित गरेको थियो। म भन्छु महानुभावहरू, एक्काइसौँ शताब्दीका मानिसहरू जे देखिन्छन् नि, त्यो किःमार्थ हुँदैनन्।

धेरैपछि एकदिन रुन्चे अनुहारसहित, नाटकहरूमा निशा शर्माजस्तै, ऊ मेरो सामु प्रकट भई।

‘हाम्रो प्रेमलाई कसैले सहेन।’

‘तिमी के भन्छ्यौ त ?’

‘म त्योसँग बिहे गर्दिन।’

ए, यो त्यहाँसम्म पुगिसकी ? म त जहाँको त्यहीँ थिएँ। यस्तो प्रेम जहाँ उत्तरआधुनिक रोमियो खडा हुन्छ।
‘त्यसो भए मसँगै प्रेम गरिरहन्छ्यौ, होइन त ?!’

अलि व्यंग्य गरिएछ कि, अरुणा के गर्थी, साउने झरीजस्तै दर्कन थाली। र, दर्कँदा दर्कँदै गई।

अन्तिम भेटमा म उसको प्रेमपत्र खल्तीमा बोकेर हिँडेको थिएँ जुन उसले पिन लगाएर कुनै दिन मेरो मुटुमा सिउरिदिएकी थिई। ऊ निकै उदास थिई। (म पनि झण्डै रुने स्तरमा उदास भएको थिएँ, आँसु नआउनु मेरो दोष होइन।) ऊ मसँग बिदा माग्न आएकी थिई। यसको अर्थ हो, मेरो सपनाको बधपर्वमा उसले मलाई नै औपचारिक निम्तो दिन चाहेकी थिई। मनमनै धन्य भएँ, यति कर्त्तव्य त ठानिछ।

प्रेमको जमानामा धेरैजसो ऊ शरीरका त्यस्ता भाग झल्झलाकार हुने परिधानमा उपस्थित हुन्थी जसका कारण कुनै पनि ‘पुरुष’लाई तत्काल बिहे गर्ने रहर जाग्थ्यो। त्यतिखेर उसलाई छुनु नै प्राय असम्भव हुन्थ्यो। तर ट्रेजिक मोडमा विद्यमान शाकाहारी प्रेमलाई नरकट घारीजस्तै फाँडेर निकै अगाडि बढ्न पनि सकिन्थ्यो जुन अहिले उपयुक्त थियो। अन्तिम पटकका लागि, विष्फोटक शरीरसहित ऊ पनि पक्कै त्यसका लागि तयार थिई। होस्, मैलै नै मन मारेँ। मैले उसलाई बिहे गर्ने आँट गरिन भनेर ऊ अर्को बिहेको अनुमोदन गराउन आएकी थिई। होइन, आफैँमाथि अलि अन्याय गरियो महोदय, मैले ‘धर्तीको र्स्वर्ग’ छिर्ने मौका मिस गरेँ भनेर ऊ मलाई हुतिहारा ठान्न थालेकी थिई।

अरूणा आँसु बहाउने कार्य सुसम्पन्न गरेर मलाई बाई-बाई गर्ने तर्खर गर्नथाली। एउटा कुरा, अरूणाले मलाई आँसु बहाएको कहिल्यै देखिन। यसको अर्थ हो, आँसु नै बहाउनचाहिँ म कदापि योग्य रहिन।

उदासी मेरा आँखामा अवश्य हुन्थ्यो, अनन्त उदासी नै हुन्थ्यो, जसलाई उसको सामु किःमार्थ प्रकट हुन दिन्नथेँ। उदासीले प्रेमलाई नै असर पार्छ भन्ने प्रभाव पर्यो। फेरि पनि किन हा,े आँसु नै बहाउनचाहिँ अनिवार्यतामा पनि अर्समर्थ हुन्थेँ। जीवनमा त्यसका बेफाइदाहरू अनेक हुँदारहेछन्। अरूणा, यसकै कारण, बेला-कुबेला मलाई, किलकिलेमै थिचेर, ढुंगाको मुटु वा यस्तै के-के भन्थी। आमा बितेको क्षण म, तीन वर्षो बालक, हाँसीहाँसी खेलिरहेको थिएँ रे। यसैलाई लिएर धेरैपछिसम्म छिमेकीहरू मलाई आमाटोकुवा भन्ने गर्थे जसको अर्थ धेरैपछि मात्र बुझ्न सफल भएको थिएँ। पिताजीको निधनताक ‘कुहिनाले नै पहाड धकेल्ने’ भइसकेको थिएँ। त्यसबेला पनि रुन र आँसु बहाउन सफल भइएन जसका कारण, मदनकृष्ण-हरिवंशकै कार्यक्रम हेरेजस्तो, पसल-पसलमा मानिसहरूले कति हाँसो गरेका थिए ! पिताजीसँग मेरो सम्बन्ध कतिसम्म भावनात्मक थियो भने उहाँको मृत्युले शरीरकै प्रमुख एक अंग चोइटिएझैँ भएको थियो। चोट त ताजै छ। तर, मानिसहरू के-के भन्छन् !

यसबाट हाम्रो समाजको सहानुभूतिशीलता प्रशस्तै बुझ्नसकिन्छ।

अब सकिन्न। समाजसँग त सकिएन सकिएन, मन-प्राणै मिल्ने ठानिएकी प्रेमिकासँग पनि नसकिने भयो। यसले त स्पष्टै छ, मेरो गरिबीकै कारण मलाई बाई-बाई गर्न खोज्दैछे। मन त युद्धविरामअघिको रुकुम-रोल्पाजस्तै भएको थियो।

जीवनमा केही युवतीसँग सम्बन्ध अवश्य बनेको हो, तर अरूणाप्रति मलाई साँच्चिकै विश्वास थियो। साँच्चिकै योसँग मेरो आत्मीयता गाँसिएको थियो। मैले त सपनाको आकाश नै टाँगिदिएको थिएँ। अब सदाका लागि छुट्टनिुको पीडा अगाडि छ। स्वीचअफ हुनमात्र बाँकी छ। म आफूलाई ‘निमित्त नायक’को त्यो पात्र अनुभव गर्न थालेँ जो अरूलाई नायक बनाउनमात्र खर्च भयो।

-प्रतिद्वन्द्वीसामु कमजोर देखिनु भएन। होइन भने पाँच प्रतिशतमात्र छिन्न बाँकी रूखजस्तै ढल्ने समय घचेटेर उभिइराखेको थिएँ।) मैलै एउटा अत्यन्तै चलनचल्तीको औपचारिकता निर्वाह गरेँ जुन हाम्रोजस्तो सभ्य समाजमा छुट्टनिे बेला अनिवार्यजस्तै ठानिन्छ। प्रतिक्रियामा आँसुको दाग लागेको उसको अनुहारमा एक्कासि स्वीचअन गरेझैँ चमक देखियो। अब ऊ हाँस्न थाली, ऐश्वर्या रायजस्तै।

उसले त्यो मानिसलाई अस्वीकारेकी थिई जससँग उसको बिहे हुने भएको थियो। म त एकाएक आकाशमा बादल फाटेको देख्न थालिहालेँ।
‘हामी अमेरिका जाँदैछौँ’, छिनमै सफा आकाशमा बिजुलीको प्रचण्ड झड्का दिँदै उसले भनी। अर्थात् मसँग प्रेम गर्दागर्दै अरूणा तेस्रो साहसी पुरुषसँग पत्नीको पर्ूवाभ्यासमा सामेल थिई जसले डिभीको कन्फर्मेसन लेटर पाइसकेको छ।

मलाई बर्बाद पार्न मेरो जिन्दगी नै काफी थियो। हेर्नोस्, अब त प्रेमिका, समय, देश र देशवासीको गौरवमय संस्कृति एकसाथ आक्रमण गरिरहेछन्। म त्यो भकुण्डो बनाइएको छु जसलाई ओरालो पिच सडकमा राखेर यिनीहरूले बेस्सरी लात्तले हानेका छन्। अब कहाँ पुगेर अडिन्छु, त्यो मेरो मर्जीमा चल्दैन। तिनीहरूको मर्जीमा पनि चल्दैन।

अन्तिम कामचाहिँ के गरेँ भने मैले आफ्नो मुटुबाट झिकेर खल्तीमा राखेको प्रेमपत्र उसलाई फर्काइदिएँ। अब केही छैन। सब सकियो।

केवल एउटा सवाल -जसलाई तपाईँ ‘टेलपिस’ पनि भन्नसक्नुहुन्छ)- त्यो पुरुषको साटो अरुणालाई डिभी परेको भए ऊ कसलाई रोज्थी – (किनभने मैले थाहा पाएसम्म ऊ एकसाथ तीन पुरुषसँग पत्नीको पूर्वाभ्यास गरिरहेकी थिई )। सायद प्रेसिडेन्ट बुसलाई सोध्नुपर्ला, के यो अमेरिकाकै कमाल हो, चक्रबर्ती महासम्राट – म फेरि बिट कवि गिन्र्सवर्गको उही कविता ठूलो स्वरले पढेर आफूलाई सान्त्वना दिन थालेँ जुन अरुणालाई अपच भएको थियो-

तिम्रा यन्त्रहरू मेरा लागि अति भइसके
तिमीले मलाई जोगी बन्ने रहर जगायौ
यो विवाद साम्य पार्ने पक्कै अर्को उपाय हुनसक्छ
बुरोफ्स ट्यांगिर्एसमा छ, मलाई लाग्दैन ऊ र्फकनेछ
यो पाप हो
के तिमी पापी हुँदैछौ अथवा यो कुनै राजनीतिक ठट्टा हो –
म ठाउँमा आउने कोसिस गर्दैछु
म आफ्नो अतिपना त्याग्न अस्वीकार गर्छु अमेरिका, घचेट्न बन्द गर, मलाई थाहा छ म के गर्दैछु
अमेरिका आरुका फूलहरू झरिरहेका छन्
महिनौदेखि मैले अखबार पढेको छैन
प्रत्येक दिन हत्याको आरोपमा कोही न कोही अदालतमा उभ्याइएका छन्
अमेरिका, म वब्लिजप्रति भावुक छु
अमेरिका, सानामा म कम्युनिष्ट थिएँ
र, मलाई कुनै पछुतो छैन।

46 Comments

  1. tapain bidesh nagayeko dherai ramro bho.Otherwise deshle euta ramro lekhak gumaune thiyo.

    dherai dherai badhai

  2. i like story thats not a big thing to stay in usa
    usa is a place where u have to work only no life just doller even i don’t like back to nepal one day

  3. Thanks a lot Mr. Chanki Shreshtha.

    Very nice and appreciatable article.

    Keep it up please.

    Motilal Rana Magar

  4. Congratulations Chankeejee and Umeshji,

    A decent article. I had a rare opportunity to come across such a nice nepali article after a long time. It is not only full of reality but also commendable for suberb literary skill. Chankeeji should really keep on publishing such articles. There are always controversies in ideas but literature is immortal. I have circulated or communicated this article to some of my friends, which I had never done before.

    If Umeshji can publish such articles in ‘mysansar’, it will greatly increase ‘mysansar’ fans and would add to the nepali literary appetitite.

    Thanks, Chankeeji.

    Ranjit

  5. Very nice story realy press my heart its such story thanks chanky you will be back next time al so ya.

  6. I never wrote any comments on mysansar. But I couldnot stop myself writing “Brillient” for this article/story

  7. i am really impressed with writing and presenting skill really very nice and romantic. t ry to present time to time.
    sam australia

  8. देशबाट विदेश आ’को धेरै भा’को छैन
    गाउँको माया मनमै छ, अझ गा’को छैन|
    भोक लाग्दा दाजु,खान लाई थिएन माम
    जाँगर थियो जवानीमा,थिएन गर्नलाई काम
    पेट मेरो भरिएको छ अहिले
    तर पनि रोएको छ यो मन
    शरीर मेरो ढाकिएको छ अहिले
    तर बरालिएको छ यो तन
    झझल्को मै बसी रह्यो,त्यो सुन्दर मेरो गाम
    फर्कनेछु एकदिन ,लीइ तिम्रो नाम
    देशबाट विदेश आ’को धेरै भा’को छैन
    गाउँको माया मनमै छ, अझ गा’को छैन||

  9. यती लामो तिम्रो कथा दुखद र मार्मिक हो धन्यबाद.
    सीमित
    ऑस्ट्रेलिया

  10. chanki jee tapai ko lekh yak dam ramro chha kina ki america aaudaima sabai kura paina hoina raichha ma pani america nai chhu tapai garib ra patni bihol hunu vayako raichha dhukka hunu hola tapaila nepal mai kahi garna saknu hunuhunchha ra vabana ko kati hoina sanchhai ko kati paunu hunchha tapai ko lekh ramrai mannu parchha america aauna dv parako vanda aaunai man chha vana aafaila bato khanara aauna parchha ma dv parara aayako thhiyana yas lai bujnu ki nepal gaya kapal ra barma gaya karma sagai hunai kura vayarai chhochha vagga chha vanayara doka ma dud duyara hunna karma garna na chhodnu hola jada birahi nuhunu ho malai thha chha tapai yauta kalakar ho yo ta tapaiko yauta lekh matrai ho tapai ka purba lekh pani padi sakako chhu ramrai chhan ra thank you mysansar

  11. चंकी जी, धेरै राम्रो लेख् लेख्नु भयेको छ। एकदमै चित्त बुज्यो। आम नेपाली युबाको मानसिकता लाइ टपक्क टिपेर दुरुस्त यो लेखमा साभार गर्नुभयेको छ तपाइले । बधाइ छ ।

  12. It’s a well crafted story and based with real situation of the developing coutries where dreams are unlimited and difficult to realize.

    I am concerned with the word “AIDS vitim” that has to be corrected now. There’s no victim, there’s only person with AIDS.

    Thanks

  13. Dear Chanki
    Thank you very much your article. I don’t know either it is a real story or not but anyway I appreciate the selection of words in the appropriate place, relevents matters as well as the the imagination of the story.I think you are the very lucky guy that the selfish Aruna who didn’t recognise the true love, missed you hopping the so called material amenities of so called DV.
    Appleton

  14. It touches to those who believe in imagination. Life is beyond that and any one can not stand on her/his feeling and ideas you are putting yourself at risk. So learn to hate and praise together. Do not wave with some one’s crude idea you do have that potential so think twice before you praise or hate. No thing is perfect in this planet chaps!!

  15. Superb!!!! Blog postings bhaneko yesto po hunuparchha… surugarepachhi chhodnai maan nalaagne…

    Chankiji.. please keep-up your writing, you have potential to be Chanki Shrestha, a great writer(even greater writer than Samrat Upadyaya)

  16. Amazing article and amazing thinking. If you really revoked the DV then you did a very good decision. You will be ever happier in Nepal than you would be had you decided to leave the country (I mean there is no spiritual happiness in America, at least for we Nepalese, and for us there is very rare possibility of getting and realizing the physical happiness also). One day one of my frieds, who is in the US now with similar DV program, said me, though in humerous way but fact, “if I have to curse any my enemy I will wish he would rather won DV lottery and come to America”. This way, he meant, one will completely loose the happiness in life, or the other way, real life gone for once and ever. This has happened here and I fear it will happen with me too. Though I am here for study, for a certain period of time, but who knows where luck will drive in couple of years. People will get trapped here and make many pretensions to show their happiness, but believe me they are never ever happy. I will get back, I will ride bike in Nepalese dirt road, I will again participate in Nepales rodi, bhajan, biwaha, bratabandh, and many bhojharuma. Because, I am tired of attending parties, I am tired of living by being something else not myself. GIRISH USA

  17. One of the best literatures in Nepali blogsphere.

    Chunky jee, you have great skill of presenting the humane nature with little bit of spice and yes, a word power to ignite an imagination to a reader. This piece of yours can hold readers from top to bottom with desperation to see it’s end!

    Congratulation for a GEM of an article, HOPE we would be able to appreciate your skills again, sooner!!

  18. चन्की जि,

    भेरी ग्रेट अर्टिकल लेख्नु भएको रहेछ, धेरै धेरै धन्यवाद छ तपाईंलाई अनी फ्युचर मा चै रार्मी साथी मिलोस भनने चाहन्छु।

    This is the very first time, I’ve ever read this kind of artical intoto.
    चन्की जि,

    again भेरी ग्रेट अर्टिकल and thanks a lot……..

    रमेश लुइटेल

  19. Chanki jee!

    Thanks for the wonderful imaginary story.
    But why fill DV, if not interested going?

    Keep in writing such articles, so that lesson can be learned or shared.

    bye

  20. chanki ji,
    hajur ko lekh dherai ramro lagyo…i read it all the way to end ..future ma pani yastai lekh haru padhna painchha bhanne aas chha..keep it up bro

  21. चंकी जी
    ”अमेरिका तिमि आफ्नै आणाबिक बम संग सम्भोग गर” र फेरी ‘भैगो म लाइ दुःख न देऊ ”ले गर्दा तपाई ले सत प्रतिसत मार्क पाउनु भो|

  22. चंकी श्रेष्ठ जी!!!!
    तपाई को लेखन खूबी र लेख को भाबना को प्रशंसा नै प्रशंसा गर्दछु!

    तपाई को लेख पड़दै जादा भाबुकता को कोठा भित्र बाट सुटुक्क मलाई पनी स्वोदेश फर्कने इक्ष्या जाग्यो; तपाई लाई धेरै नेपाली भन्दा फरक देखे; सोचे नेपाल आमा मलाई किन चंकी जी जस्तो मन दीइनेउ??म तपाई को लेख भित्र को भाबना मा मज्जा ले पौडी खेले मलाई यस्तो लाग्यो यो यूरोप को चिसो बताबरण हीटर अफ गरेर म न्यानो पानीको कुंडमा पौडी खेलिरहेको छू!!
    लेख बढ़ी सके पछि एक कप कफी पिउने बिचार भयो कफी बनाएर पिउदै कमेन्ट बॉक्स मा प्रबेश गरे! यातिन्जेल मेरो मन शरीर धेरै परिबर्तन भईसकेछ!
    लेखन शुरू गर्दा पहिलो शब्द तपाई को प्रशंसा बातै शुरू गर्नु नै आफ्नो अन्तर आत्मा को पनी सम्मान हुने ठानेर त्यही बाट औला हरु सल्बलाउन थाले/
    यती बेला मैले आफैलाई धेरै कुरा सोधिरहेको छू! म किन चंकी जी जस्तो भाबना भएर पनी उहा जस्तो हुन सकिन? मेरो भाबना को कुरा गर्नुहुन्छ भने म तपाई को भाबना बोकेको छू;तपाई लाई राम्रो बिचार को मान्छे भानिरहदा कतै आफुलाई नै प्रशंसा गरिरहेको हो की जस्तो लागिरहेको छ!! किन की म ९९ प्रतिशत तपाई को भाबना कै मान्छे हो रेछु!!!तपाई का कुनै शब्द संग मेरो अशहमति रहेन तर ब्याबहार मा म तपाई संग किमार्थ संगै यात्रा गर्न अशमर्थ ब्यक्ति साबित भएको छू !!
    मेरो आत्मा ले मलाई प्रश्न गरिरहेको छ ; के म देस भक्त हैंन?राष्ट्रबादी हैंन?
    मलाई मेरो गाऊ को हिलो धुलो र ऑटो पीठो नपचेको हो? हजूर आमा; बाबा आमा ; अन्गालो भरी की श्रीमती दुबै काख भरि का मेरा आखा का नानी छोरा छोरी को माया र मूल्य यो शहर को रामझाम; यहाको झिलिमिली; गोरा अनुहार; चिल्ला बाटो आकाशे पुल;र अंडरग्राउंड रेल स्टेशन को शानदार बनोट र कुनै पनी सुबिधा ले कहिले चुकाउन सकला?!
    म त उनिहरू को लागी पर्यो भने आफ्नो ज्यांन दिन सक्छु; हरेक छोरा ले हरेक बाबु ले आफ्नो परिबार कै लागी दुःख गरेको हुन्छ/

    अनी अर्को प्रश्न आयो कुनै अस्चार्य भयो र भगबान ले मलाई प्रकट भएर अर्को जन्म को लागी असिर्बाद माग्न भने के माग्छु होला?
    त्यही बाबु आमा बाहेक अर्को कोख मलाई चाहिदैन; त्यों कैया गाऊ कै सरो फेरो को जन्म माग्छु; र नेपाल देस नै माग्छु!!! शायद कसैले यो भन्दा “”आ आफ्नो हक़ मा फरक हुन्छ;”” फरक किसिम को आग्रह गर्न सक्दछ भने त्यों चंकी श्रेष्ठ भन्दाभाबनात्मक रुपमा फरक हो;/ अनी मैले आफ्नै जबाफ संग खुसी हुदै पिथ्युं थम्थामएं / ब्याबहार मा एक रुपता भनेको कल्पना भन्दा बाहिर को कुरा मात्र हुन्छ !
    यो त भयो चंकी जी शंग को भाबनात्मक शहमति!!
    आलोचना को कुरा गर्दा; आत्मा खुसी सब भन्दा ठुलो सुख हो ; कोही प्रेमिका ले धोखा दियो भनेर बिहे नगरी बसेका छन; तपाई जस्तै शाहित्य रचना गर्छन शरुभक्त; ओखलढुन्गा छोडेर काठमांडू सरेका सिद्दी चरण श्रेष्ठ पनी पछुतोगरिरहेका हुन्छन कबिता मा रा काठमांडू लाइ मरुस्थल ठान्छन ; भने कोही नेपाल मा नै छू भनेर गर्ब गर्ने चेतंशील नागारिक लेखक पनी छन; भने कोही यी जहा भये पनी “” यो मन त नेपाली हो “” भनेर गर्ब गरिरहेका छन/
    अब हामी बिदेश मा छौ; नेपाल मा हिजो गाड़ी मा आगो लगाइयो हाम्रो रगत मा आगो सल्केको छ; चितवन को बम कांड ले भन्दा हिजो को तराई को बम कांड र भोटाहिटी को बम ले हाम्रो सातों पुतलो बढ़ी उडाई दिएको छ/ यो समय अनुसार सपेक्ष्य बादी मानब सोच को परिणाम होला वा राजनितिक संकीर्ण भाबना को कारक पनी होला/ हामी लाइ तराई को आन्दोलन ले देस तुक्रिन्छ!! लिम्बुबान र खुम्बू बान को माग पुरा गर्दा देस तुक्रिन्छ की भन्ने सारो चिंता छ; उनिहरू लाइ उपेक्ष्य गर्नु पर्छ भन्ने कसैको सोच छैन/ छोरा छोरी को माग पुरा गर्दा छिमेकी को बिच कमजोर भैन्छ की भन्ने डर बाहेक हामी मा अरु केही छैन/
    तर बेल्जियम देस त्यही भासा कै बिबाद मा; अरु सनातिना कारन पनी छन ; तुक्रिने लक्षेण छ; नतुक्रियोस भन्ने कुरा मन मा छ यस्ता कुराको प्रभाब दूरगामी र दूर भूमि सम्म हुन जाने र सहयोगी देस हुनाले त्यों भाबना स्वोभाबिक हो तर यो कुरा ले भन्दा तराई को आन्दोलन ले हामिलाई बढ़ी पिरोल्छ; छीन छीन मा प्रताडित परेको छ/ किन त? हामिलाई देस को माया जाती अरु कस्को होला!!!!!!!!!
    के यत्ती भाबना काफी छैन देस भक्ति को लागी?की सबै नेपाल मा नै बस्यो बहने देसभक्ति प्रमाणित हुने हो?
    यस्ता प्रश्न हरु तपाई को लेख ले उब्जाएको छ!!!!!!
    समाधान त यो मात्र हो तपाई हरु लेख्दै जनुस; सबै परदेशी र स्वोदेशी देसभक्ति लाई बेला बेला मा जागरुक बनौनुस;हामी देस को चिंता गरिरहंछौ;तपाई सड़क मा देस भक्ति को गीत गाउनुस हामी किनारा मा तपाई को साथ दिन्छम! नपरे सम्म बोली र भाबना कै युद्द लडू अहिले जहा भये पनी जागरण को युद्द लड़ने बेला हो ; देस भक्ति को धार लाई यस्तई अरु लेख र तपाई को लेख ले “शांध” लगाई रहने छ खुट्टा उचालने बेला आयो भने देस भक्त हरु एक ठाऊ हनु आबस्यक हुने छं/
    लड़ाई को मैदान मा बजा बजाउने ले बजा बजाउला ; युद्द को गीत लेखने ले लेखौला; गाउने ले गाउलान; लड़ने हरु लड़ने छन/
    देसभक्ति को लड़ाई मा धेरै भूमिका हुन्छ त्यों निर्बाहा गर्न बिभिन्न ठाऊ र तप्का मा रहनु पर्छ/ त्यसैले dv पर्ने हरु जाऊन्; तर देस भक्ति नमारून त्यही अनुरोध गर्न सकिंछ/
    तर तपाई को लेख को एउटा कुरा निकै गहन छ; तपाई र तपाई की प्रेमिका अरुणा एक्दमै फरक बिचार हुना ले नै मिल्न सक्नु भयेन छ/ त्यही ने उपयुक्त समाधान थियो र त्यही भयो/
    किन की अरुणा यती सम्म अंधी पाइयो की तपाई संगे उनी अरु २ जना को dv संग प्यार गर्थिन/ यदि अरुणा लाई नै dv परेको भये कस्लाई रोज्थिन होला? त्यों पक्का छ तपाई लाइ नै रोज्थिन; कमसे कम ती स्वार्थी अरुणा लाई dv परेंन र तपाई त्यों ढोंगी प्यार बाट सधै लाई छुटकारा पाउनु भयो/ नत्र त त्यों प्यारी बिदेस जादै मा त्यही बाहाना मा ठुक्राउनु पनी पाप कुरेर बस्नु ती dv र अमेरिका की प्यासी आत्मा नेपाल मा रामाउने कुरै भयेन !!!!!!!!!!!!

    प्रभात पौडेल
    बाग्लुंग

  23. brilliant,
    i appreciate
    i have not very read such poetry
    thank u very very much
    huna ta ma pani tapai ley bhaney jastai deshlaai maya nagarney, bidesh ma bashney euta gair nepali hu
    tyasko laagi maafi chahaanchhu

  24. Sense and immaginaries are littlebit diferent. Wow, Great I enjoyed alot. So, please accept my thanks in a shympathitically.

  25. चंकी जि धन्यवाद
    तपाईंले भोग्नु भएको मानसिक समस्या सारा नेपाली युवाले अहिले भोग्नु पारीर हेको छ । स्वदेशमा बसु भने देश जर्जरको अवस्थामा छ । कही जाउन त त्यसको पनि कुनै उपाय छैन । हालिमुहाली छ जता ततै । केही गर्न सकिएन भने आफन्तनै पराइ बन्छन ,मरेको बिरलोलाइ उडुसले छोडेर गए सरह बनिन्छ ।सबैको आखाको तारो बनि आफ्नो भाग्य माथि आँफैले दोस थुपार्नु सिवाय अरु के नै गर्न सकिएला ?? आफु लाई ए उटा निरिह प्राणी ठान्दै आँफैलाई धिक्कारेर बस्नु बाहेक केही गर्न सकिदैन । यस्तै छ यहाँको चलन ।
    केहीकथम बिदेसिएछ भने पनि त्यहा भोग्नुपर्ने पिडा दर्द अनी अनेकै समस्याले मृत्‍यु वरण गर्नु पर्ने ,ए उटा कामकोलागी भनेर लगिएको मान्छे उसले सोच्दै नसोछेको काम गर्न वाध्य पारीन्छ ।अनेकौ लान्छना लगाएर सजायको भागीदारि बनाइन्छ । आफ्नोलागी बोलिदिने कोही हुँदैन दु:खी नेपालीको भाग्यमा कहिले खुशी र हासोको मुना पलाउन नपाउदै ओ इलाएर झर्छ । आसै आसमा बाचेँको नेपालीको छोरोको `अभा गि खप्पर जतागयो उतै ठक्कर्` भने झै
    स्वदेशमा बसेपनी जीवन यापन गर्न मुस्किल ,बिदेसिएपनी सग्लो ज्यान लिएर फर्कने
    हो होइन त्यसको पिर
    आफ्नो चिनेका मान्छे ठुला पोस्टमा छन भने कतै अल्झिन सकिएला आफ्नो योग्यताले त जागिर खानपाउला भन्ने सोच सपनामा नचिताएपनी हुन्छ
    धन्य छै पशुपतिनाथ तिमी , हामी नेपालीलाई अहिले सम्मा कृपागरिरहेकोमा ।

    अस्तु!!!!

  26. रोचक पक्ष चाँही यदी अरुणालाई नै DV परेको भए के गर्थी होला भन्ने हो? तर DV परेका केटीहरु कसैलाई पनि नरोजी USA गएका पनि छन। अब त्यहाँ गएर लेखकले भने जस्तै AIDS नै लागेकोलाई आफ्नो श्रीमान बनएका छन भने त उनिहरु नै जानुन! समग्रमा लेख राम्रो छ। लेखकलाई धन्यवाद !!

  27. I enjoyed the writing…..It is written smoothly and couldn’t stop until the end…Thanks for uploading in Mero sansar….this is a very good piece

  28. BABA chanky
    ji tapai ko lekh sarai ramro lagyo, asha cha aaudo din haruma ajhai ramro lekh padhana paincha bhannae,

  29. very nice story. The writer has very good imaginative power. Very few youngstrs at present Nepal deny the DV as he did in story. The story denies to be servant in others land.

    Very sweet and pleasant to hear.

Comments are closed.