यस्तो पनि हुने रहेछ

[केही राजावादी मण्डलेहरुले जनआन्दोलन कालमा जस्तै फेरि इमेल र कमेन्टहरुबाट फोहरी गाली गर्ने र धम्क्याउन थालेको हुनाले उनीहरुप्रति समर्पित भएर उनीहरुका ‘मालिक’ को गौरवपूर्ण इतिहासको बारेमा एउटा ब्लग राखेको हुँ]

एक सालको विजयादशमीका दिन काठमाडौँस्थित तत्कालीन राजा सुरेन्द्रले बुबाको बाहुलीबाट टीका लगाउँछु भनी घोडा चढी भादगाउँ पुगे। भूपू राजा राजेन्द्रले (त्यतिबेला उनले गद्दी त्यागिसकेका थिए) भादगाउँ दरबारमा छोरा राजा सुरेन्द्रको आदर सत्कार गरे। धेरै समय पश्चात् बाबुछोरा बीच भएको भेटघाटमा दुवै गदगद भए।

केही समयको गफसफपछि टिकाटालोका निमित्त टिकाको सामदाम याने टिकाको छाप्री बाबुछोराबीच राखिदिए। राजा सुरेन्द्रले बुबासँग टिका लगाइदिइबक्सियोस् भनी आफ्नो निधार थापे। भूपू राजा राजेन्द्रले “लौ! सरकार महाराजधिराज, म ढाक्रे! सरकारको बाहुलीबाट टिका मैले थाप्नु पर्छ” भनी निधार थापे।

राजा सुरेन्द्रले “लौ! हजुर बाबु, म छोरा, बाबुले छोरालाई टिका लगाइदिनु पर्छ” भने। अब बाबुले छोरालाई र छोराले बाबुलाई बारबार टिका लगाइदिन आग्रह गर्दै निधार थाप्न थाले। आखिर राजा सुरेन्द्रको टेम्पर लुज भइहाल्यो र “बाबु भएर छोरालाई टिका लगाइ दे भन्ने” भनी बाबुको निधारमा चिथरिदिए। अब भूपू राजा राजेन्द्रको पनि पारो चढिहाल्यो र ढाक्रेबाट बाबु बनी “ए! तँ छोरा भएर म बाबुलाई हात हाली चिथर्ने- ला तँलाई भनी राजा सुरेन्द्रको निधारमा चिथरी दिए।

यस प्रकार चिथराचिथर गरेबाट त्यहाँ उपस्थित व्यक्तिहरुले दुवै बाबुछोरालाई छुट्याई निधारभरी घाउ पारी रगतैरगतको टिका लगाई राजा सुरेन्द्र काठमाडौँ फर्के।

सिंहासन त्याग (abdicate) गरेका राजा राजेन्द्रको छोरा श्री ५ सुरेन्द्रभन्दा करिब दुई महिनापछि मृत्यु भएको हो। श्री ५ सुरेन्द्रको अनेक अ‍ोरिजिनल फोटो पाइन्छ तर abdicate राजा राजेन्द्रको अ‍ोरिजिनल फोटो कतै पाइएको छैन। फोटो खिचाउनका लागि आग्रह गरेमा म ढाक्रेले किन फोटो खिचाउनु पर्‍यो, खिचाउन्न भनी फोटो नखिचाउने गर्थे। त्यस अवसरमा स्न्यापसट क्यामेरा पनि थिएन। बक्स क्यामेराको अगाडिको लेन्सको बिर्को खोली १ २ ३ भन्दै मौसमको समेत विचार गरी बिर्को बन्द गर्नुपर्थ्यो। यो abdicate राजा राजेन्द्रको फोटो झुक्याई एक व्यक्तिले पछाडिबाट श्रीपेच पक्री फोटो खिच्दा त्यति सफा नआए पनि abdicate राजा राम्रोसँग चिनिन्छन्।
साभारः जबरा, पुरुषोत्तमशमशेर (२०६२), श्री ३ हरुको तथ्य वृत्तान्त, पृ.२२८-२२९, विद्यार्थी पुस्तक भण्डार


19 Comments

  1. thank u for your historical documents search ko lagi nepal ko history yesto hunda ta all leader haru ko pani gatilo mati nabhayeko ho ni hoin ra yo sati ko sarap pareko desh ma post, property bhaya martra prestige hune socha ko cause sabai manche afno ijjata ko khyal nagari yeuta prof jasto manche ta mantri pa basn janch ni hoin ra

  2. Ronin,
    All badis shoud get an opertunity, and it is looking good that UMESH is letting them. As a resul all we learn a lesson.
    For example as per the above subject matter; all SHAHA Family learnt. Like KING BIRENDRA AND HIS SON DIPENDRA were similar characters, and KING GYANEDRA + SON PARAS similar. Aren’t they? If they did they would suffer like KING RAJENDRA AND SURENDRA.

  3. History is for learning good things and readers should recollect only the wonderful events from past. Pondering into a bad events and having discussions on those is merely a waste of time.
    We tend to forget the things just happened yesterday and bug our minds for something happened (or not happened)long ago. Perhaps this is our speciality.

  4. YI sabai shaha bamsa bekamma hun . uhi dangka mula hun .aileko raja dekhnu hunna umeshji kasto chha taskariko naike chhoro vane gunda bekamma lathait ani aafnu bamsa sakhap parne hattiyaraharu ko samuha oh my god yasto aafulai kasto chhu vanera aina herdaina kasta nitika interview dinchha dekhnu vayo hola ni babal chha ba

  5. Hey RAJEEV !
    What a surprise. I took your number and e-mail. I will call you soon. Thanks for showing up.

  6. KAMAL jyu,

    I got your point. Why do the top ranked government officials of our country take the PALACE as a supreme power is yet to understand. Every one knows that KOT PARBA was repracticed in NARAYAN HITI. Everyone knows that GYANE has a situation like ORALI LAGEKO HARIN …. Eventhough Girija is unable to kick him out of the Palace.
    Knowing that how cunning GYANE is and how danger he can be if the situation turns in his favour no one seems to dare to wipe him out in the current favourable situation.

  7. Yes, I see. That is the reason why Paras Shah is so arrogant and violent. It is because of the gene in the Shah dynasty of Nepal. I wonder what kind of gene is that which is still prominent in 6th , 7th generation. We need not to go that far. Look at the royal massacre. Who kill whom, son killed father, brother killed brother. Filthy genetics….

  8. …..I m sorry to all comments reader hai coz I am going bit out of topic this is not a comment ….infact blog comments read gardai jada mero ek jana sathi ko pani comment rahechha….he is non other than mani thebe from cyprus after 3 years back i m happy to see him through this blog…so i am delivering a short message to him hai…..
    …..ya mani i m not sure if u go through this blog again …anyway i expect to catch you here around……let me know ur phone no or mail add. I ll be calling you soon…these days i m here in barcelona.well add me as [email protected] or call me on 0034664361614..hai….

  9. Chor Sagar,
    He has cleaning utensils in Hotel. He is busy for that when he gets time he writes that way. Umesh Do not say anything to Sagar. He is a very innocent and brain washed guy.He has no any opinion his own. He loves to be a person with a depression.
    Rajin

  10. उमेश जि हामी नेपाली जनता हरु हामी र हाम्रो देश को भबिश्य को लागि जति चिन्तित छौं त्यस्को आधा मात्र पनि हाम्रा नेता हरु देश को लागि इमान्दार र जनता प्रति को दायितो बोध गर्ने भएको भए आज नेपाल र नेपाली को यो गती पक्कै हुनेथिएन। तर हाम्रा नेता हरु नत बिगत बाट पाठ सिक्छन नत बर्तमान लाई नै राम्रो सँग बिश्लेशण गरेर भबिश्य प्रती सचेत हुन्छन। यो तेस्यैको पारीणाम हो कि आज भोलि ज्ञानेन्द्र ले खोक्न थाल्नु अनी केही समय पछी नै करण सिं हरु नेपाल को मामिला मा हस्तक्षेप गर्न नेपाल औने कुरा घोषणा गर्नु केबल संयोग मात्र मान्न सकिने ठाउँ छैन। फेरी राजा आँफैले नेता हरु सँग गोप्य सम्झौता भय को छ भनेर भन्दा पनि कुनै नेता ले खण्डन् नगर्नु र करण सिं ले ल्याउने भारतीय लालिपप पर्खेर चुप् लाग्नु ले पनि हाम्रा नेता हरु कति अक्ष्यम् छन् भन्ने कुरा को प्रमाण हो। जस्ले गर्दा नेपाली जनता प्रति उनिहरुले गर्दै आएको यो बिस्वासघात को अर्को नमुना प्रमाण बन्ने कुरालाई कसैले नकार्न सक्दैन। आज यो सुन्दर देशमा अनेक समुह को नाम बाट भैरहेका हिंसात्मक गतिबिधिहरु लाई लिएर संयुक्त् रास्ट्रसंघ का प्रतिनिधि कहाने ले समेत भारतिय पक्ष को भुमिका लाई अौल्याए को अबस्थामा हाम्रा नेता हरु स्थानिय निकायमा कस्ले कति भाग पाउने भन्ने कुरा मा अल्झिरहेका छन्। भाग् लाउने र भाग् खाने कुरा मा रात दिन बैठक बस्न सक्ने नेताहरु देश को यो बिकराल समस्या को बारेमा कहिले पनि गम्भिर छलफल गर्दैनन्।
    त्यस कारण ले गर्दा पनि अब फेरी यो देशमा एुउटा नयाँ आन्दोलन को खाचो परेको छ जस्ले यी सारा बिसंगतीहरु को अन्त्य गर्न सकोस। आज को आवश्यकता भने को देश म एेउुटा त्यस्तो नेता को खांचो छ जस्ले नेपाल र नेपाली को सुन्दर भबिस्यको लागि एुटा ठोस कार्य को थालनी को नेत्रित्वो गर्न सकोस। अब यि हाम्रा बिचार सुन्य नेताहरु ले देश हाँक्न र नेपाललाई यो नयाँ बाटोमा लान सक्ने कुनै आट योजना नै छैन। र अव पनि नेपाली जनताले यिनी हरुको पछी लाग्नु भनेको आफ्नो भबिस्य लाई झन अन्धकार तिर धकेल्नु र बर्तमान मा सास्ती खेप्नु मात्र हो भन्ने कुरा को सबै लाई चेतना भया।

    त्यसैले हामीहरु पनि आजै बाट नयाँ सोच का साथ एुटा नयाँ नेपाल को निर्माण को लागि नयाँ बिचार को सुरुवात गरौं जुन बिचार र तर्कहरु मा कुनै जाती बिशेष लाई होच्याउने वा गालीगलौज भन्दा पनि समग्र रूपमा यो खराब प्रब्रितिको बिरुद्धमा लडौं । जहाँ सबै जातजाती भाषा धर्म को समान स्थान होस् र हामी नेपाली भनेर गर्ब गर्न सकियोस ।

  11. The same smells out even on the latest interview of Gyanendra as well. He have directly or indirectly tried to justified himself as owner and civilians as just pupils. Also, he have tried to show that he still holds the key to control politicians by mentioning “I will speak later about the King-Politicians agreement of Baishakh 11 during Jana Andolan 2, if Parties did not fulfill the agreement”. This Gyanendra won’t stop barking until he was thrown out of the Palace and seized all of his illegal abduction of national properties.

  12. मैले न सुनेको इतिहास सुन्न पाएको माँ यहाँ लाइ धन्यबाद ?अर्को इतिहास अनुसार राजा रणबाहादुर पशुपति जात्रा माँ जादा झा बाहुनी संग आशाक्त भई उनी संग बिबाह गरे र तिनै झा बाहुनी बाट पुत्र हरु उत्पादन गरे , पछि का शाह राजा हरु तिनै झा बाहुनी र राजा रण बहादुर को सम्भोग बाट जन्मेको कुरा इतिहास लेख्छ |
    स्रोत -‘नेपाल को एतिहासिक काहानी ‘—लेखक पं .बद्रीनाथ भट्टाराई

  13. उमेश जी,
    ब्लगले वर्तमानलाई धेरै साम्ररी चित्रित गर्दछ ।
    घरमा एउटी सासूले जेठी बुहारीलाई सत्ता अर्थात् बाकस र दराजको चावी हस्तान्तरण गर्न त कति कठिन मान्छिन्, बाबुले आफूले सम्हालिरहेको घरव्यवहार छोराको हातमा दिन त मुस्किल मान्छ भने २ सय ३८ वर्षेखि प्रजाको नाम जप्दै र्सर्वेर्सवा हुन पल्किएका कोही पनि आजन्म शासकहरुले यति सजिलै सत्ता छोड्दैनन् । सत्ता छोडिसकेका राजेन्द्रमा त त्यो अहम् प्रष्ट देखिन्छ भने सत्ताकै लागि सबथोक गर्ने र राजा भएर पनि प्रधानमन्त्रीको पद आफै सम्हाल्ने ज्ञानेन्द्रले सजिलै सत्ता छोड्लान् भन्ने लाग्दैन ।
    ज्ञानेन्द्रसँग के छैन र – सबथोक छ । शक्ति छ, पैसा छ, आसेपासे र सहयोगी छन्, अझै पनि राजा चाहिन्छ भने भरतकेशर, कमल थापा, रविन्द्रनाथ शर्माहरु र देशी विदेशी जोगीहरु समेत छन् । कहिलेकाहीं भनेका कुरा बाहिर ल्याइदिने हरि लम्साल, पि. खरेल, रामप्रसाद खनालजस्ता पत्रकार पनि छन् । केही नहुँदा त श्रीपेचको शक्तिको आडमा बस्ने तानाशाहहरु यति सहयोगी पाएपछि त्यत्तिकै सत्ता छोड्नेवाला छैन ।
    त्यसैले नेताहरुले गणतन्त्र गणतन्त्र भनी कुर्लिरहेको बेला ज्ञानेन्द्र अर्थात् अहिलेको दरबारले हरि लम्सालमार्फ म चुप लागेको छैन है, गणतन्त्र भनी धेरै नखोक भनी मुख खोलेको हो ।
    साथीहरु, यति सजिलै कुनै पनि देशबाट राजतन्त्र वा कुनै पनि तानाशाह हटेको इतिहास छैन । हामी फेरि एक पटक अन्तिम राजनीतिक परिवर्तनका लागि युद्ध लड्न तयार हुनर्ुपर्छ, यो रक्तपातपर्ूण्ा युद्ध पनि हुन सक्छ र रक्तपातविहीन युद्ध पनि हुन सक्छ ।
    त्यतिबेला मात्र दरबारको शक्ति जनतामा वास्तविक रुपमा हस्तान्तरण हुन्छ जतिबेला जनता र दरबारको बन्दुक नारायणहिटी अगाडि आमनेसामने भै जुझ्दा दरबारको बन्दूक जमिनतिर फर्किन्छ ।

  14. message to all Badis …

    i guess every one should have right to express his or her words or opinion … maobadi, rajabadi, chorbadi …
    but should be civilized and write comment in proper way …..

  15. Mani Thebe from Cyprus,

    There are thousands of real stories that we never got the chance to read them before BECAUSE they were not allowed to be told or published. Only their own people could do so. The key thing about the Shah dynasty and Rana regime is that they have twisted the history completely in their favour. They did not allow the truth to come out but only let out the twisted propoganda.

    The Panchayati regime did just that.

    Ranas killed Ranas and others to come to the power.

    Rajdarbar is nothing but a nest of consipiracy. Nothing more than rakshi churot khayo, taruni takyo, gaffa udayo, bas, what more! Who would think of the common people.

    More stories should come out. We are even at suspense in terms of what actually happened in the Narayanhity? No one is opening their mouth fully. We get the information on a piecemeal basis.

  16. Umesh jee,

    It sounds like you have good knowledge about the history of our Royal family.
    Let me ask you, was this incident between the father and king son in real? Or you just imagined and made a story.Because i never read this incident before in any history book.
    Thanx any way
    *********
    ब्लग राम्रोसँग पढ्नु भएको भए यो प्रश्न सोध्नु पर्दैन थियो। पहिला ब्लग राम्रोसित पढ्ने कि

  17. Successful blogging requires to provide room for every opinion. Its the beauty of blog. You need not be carried away with some rare absurd cases like that of Sagar Nepali. It happens ,and this case is a powerful tool that verifies your visitors or lets say blog readers are now coming from every corner of our society. Indeed you have started a good and appreciable task. Confront good and bad remarks. All these will count for the power of this blog.

Comments are closed.