नेपालको कानुनलाई झ्याँस पार्दै अमित भारतमा

नेपाल प्रहरीको बहादुरीका कारण पक्रिएका भारतका डक्टर किड्नी उर्फ अमित कुमार नेपालको कानुनलाई बेवास्ता गर्दै भारत पुर्‍याइएको छ। साढे ५ बजेको इन्डियन एअरलाइन्सको विमानबाट अमितलाई सीबीआई अधिकारीहरुका साथ दिल्ली उडाइएको थियो। अमित कुमार पक्कै पनि ठूला अपराधी हुन्। भारतमा उनले ठूलै अपराध गरेका छन्। तर यहाँ के ध्यानमा पनि राख्‍नुपर्छ भने नेपाल एउटा स्वतन्त्र, सार्वभौम राष्ट्र हो। यहाँको आफ्नै कानुन छ। डक्टर किड्नीले नेपालको कानुन उल्लंघन गरेको हुनाले पहिले उसलाई नेपालको कानुन अनुसार नै कारबाही हुनुपर्थ्यो। यहाँ त प्रहरीले अदालतमा सम्म पेश गर्न नपाई भारतका प्रहरीको जिम्मा लगाइएको छ। फेरि यहाँ के पनि ध्यान दिनुपर्छ भने नेपाल र भारत बीच सुपुर्दगी सन्धि पनि भइसकेको छैन। त्यसो भए नेपालले केका आधारमा डक्टर किडनीलाई भारतीय सुरक्षाकर्मीलाई सुम्पियो।

हिजोसम्म प्रहरीले नेपाल कै कानुन अनुसार कारबाही गर्ने र आइतबार अदालतसमक्ष पेश गरिने बताइरहेका थिए। तर अकस्मात् शनिबार के भएछ, भारतबाट आएका सुरक्षाकर्मीहरुले लगे डक्टर किड्नीलाई।

त्यसो त हिजै नेपालका केही कानुनविदहरुले भनिसकेका थिए सञ्चारमाध्यमहरुमा कि उनलाई नेपालको कानुन अनुसार पहिला कारबाही गरिएपछि मात्रै भारत सुपुर्दगी गर्ने नगर्ने भन्ने कुरा आउँछ। नेपाली भूमिमा पक्राउ परेका उनले विदेशी मुद्रासम्बन्धी अपराध गरेका थिए। त्यसपछि नेपालमा पनि किड्नी प्रत्यारोपण गरेको आरोपमा छानबिन हुने अनि त्यसमा दोषी ठहरिए आठ वर्षसम्मको कैद सजाय भइसकेपछि मात्र भारत पुर्‍याउने प्रक्रिया उनीहरुले सुझाएका थिए।

तर भयो अचम्म, डक्टर अमितकुमार रावतलाई काठमाडौँ विमानस्थलको आन्तरिक टर्मिनलबाट प्रहरीले लगी रनवे पुर्‍याइसकेपछि अन्तर्राष्ट्रिय टर्मिनलबाट इन्डियन एअरलाइन्सको विमानमा पुर्‍याइएको थियो। पत्रकारहरुलाई केही जानकारी दिइएको थिएन। पत्रकारको आँखाबाट छलेर नै उनीहरुले लगेका थिए। अझ केही अघि मात्रै शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले पनि कानुनी प्रक्रिया पूरा गरेर मात्रै उनलाई भारत सुपुर्दगी गर्ने भनेका थिए।

कानुन, प्रक्रिया सक्रिया झ्याँस पार्दै अमितलाई उडाइयो भारतमा !

प्रहरीका अनुसार अब विदेशी मुद्रा अपचलनसम्बन्धी मुद्दा पनि त्यो कमाई भारतमै गरेको अवैध कामबाट आर्जन भएको हुनाले त्यससम्बन्धी मुद्दा पनि भारत मै चलाइने गरी भारत पठाइएको हो रे।

अलि अगाडिको कुरा सम्झिने हो भने भारतको व्यवहार यस्तै मुद्दामा फरक देखिन्छ। तत्कालीन सरकारले टाउकोको मोल तोकेका ‘आतंककारी’ माअ‍ोवादी नेता सीपी गजुरेल ‘गौरव’ लाई भारत सरकारले नेपाललाई सुपुर्दगी गर्न मानेको थिएन। नक्कली राहदानी प्रयोग गरेको अभियोगमा भारतीय कानुन तोडेको भन्दै उनलाई भारतीय कानुन अनुसार कारबाही गर्ने तर्क भारतीय प्रहरीले दिएको थियो। माअ‍ोवादीका अर्का नेता मोहन वैद्य ‘किरण’ को पनि त्यस्तै थियो। तर भारतले मातृका यादव र सुरेश आले मगरलाई भने नेपाल पठाएको थियो। उनीहरुले भारतीय कानुन उल्लंघन नगरेको भन्दै नेपाल सुपुर्दगी गरिएको थियो।

सकारात्मक कुराः नेपाली कानुन (रंगेहात लागू अ‍ौषधको अपराधमा पक्रिएकाले सफाइ पाएको बिर्सनु भो) बाट बचेर भारत पुगेका छन् अपराधी। अपराधीले अपराधको सजाय पाउने भो। भारतीय प्रहरीले नसकेको काम, घुसको प्रलोभनमा नपरी नेपाल प्रहरीले गिरफ्तार गरेर प्रशंसनीय काम गर्‍यो। यही भनेर चित्त बुझाउँ अब। बरु दुई देशको सरकारले सुपुर्दगी सन्धि गर्ने तर्फ ध्यान दिने हो कि। यस्तो अवस्था बारम्बार आउन सक्छ, कि कसो ?

25 Comments

  1. नेपाल मा कानून छ रे? कुन दुनियाँ मा हुनुहुन्छ मित्र? गोगिन्दराज, खुमे र तारणी दत्त लाई जानजान छोड्ने, लाउडाकान्ड्का महा नायक लाई प्रधानमन्त्री बनाउने वाइसियल जस्तो अपराधी गुट्लाई थुन्न नसक्ने हुतिहारा हरुले त्यत्रो लाई ठुलो अपराधीलाई कसरी थुन्थ्यो होला ए? अझै कानून को कुरागर्ने गाठे!

  2. Hoina tyo ta nepal le ek din bughaunu parni nai thiyo bughayo thikai cha.chabahil ko model hospital, naranghat ma hospital chalaunako lagi usale paisa kharcha garako cha vanne samachar ma aayako cha.ani january 26 ma matra 5jana turky ka manchae haru kinddy ko lagi nepal aayeka thiya vanira indian chanel harule derakhako thiyo.yo sabai bata thaha huncha ki tyo DR.amit ko satha ma dharai nepali haru pani milaka chan.tasko jalo nepal ma dharai faileyako cha.dharai garib nepali yaska sikar vayeka chan.2din badhi rakhera chaanbin gari sarkhar le aru nepali amit haru lai pakranama sahayog gareko vaye dharai ramro huni thiyo.neta haru lai pani aafnai pol khulla vanne dar.aauta kindde diller india gayera k vo ta aaru ta nepal ma khulla hawa ma ramai raheka chan ra kas kas lai sikar banauni yojana banaudai holan.

  3. malai lagchha yo ta nepal sarkar lea aajha nepal ma yastea choorlai palkayea ko chha . yastea dalal lai ta mirtuedanda ko sajay hnparnea thauma yota sarasar choor lai bhgayea ko chha .ani bharat shagea dareara choor lai nai yasto garnea ta bhayeanna ni .ti pulish ko sp lai pani karbai garnue parchha choor lai bhachauna kojnea yo k garnea khojeako ?
    ???????????????????????????????????????????????
    ok comant leakhanea dinue bhayeako ma thankyo

  4. hi i told you about nepali plotcal and nepali police.there are not working for nepal and nepal pepole.there so curpted there for they sent dotor with in few days.manbe police and politacl leader make GOOD MONEY FRO DOTOR.that way they sent him india.what syam nepla police and nepali poltical leader.one day if they got chance they sale our cuntary to.we ahve to keep and eys fro them .WEKUP ALL NEPALI PEPOLE.
    SHERPA NEW YORK

  5. भारत ले अनुरोध गरेको भए पो डक्टर किडनिलाई नेपालले गर्न पर्ने कानुनी प्रकृया पुरा गरेर सुम्पेको भए हुन्थ्यो, भारतको सिधै आदेश थियो होला, बिचरा शान्ती मन्त्री फेरी अर्को अशान्ति होला भनेर थुरथुर । राजदूत देखी मन्त्री अनी नेपालको पोलिसी सबै भारतले बनाउने हो। पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै भारत ले नभनी हुँदैन, अनी एउटा अपराधीको के कुरा गर्ने। जे होस् लिनु भन्दा दिदा अर्कै मजा आउछ।

  6. जावोस न त जावोस , त्यो तस्कर गएर ठिकै गर्‍यो नेपाली ले पनि पठाएर राम्रै गरे , देशमा एत्रो (??) सम्भिधान सभाको चुनाव हुने वाला छ तेस्ता डाँकाको के खाँचो भन्या? बरु मलाई चिन्ता लागेको चै त्यो बज्या बाट फेला परेको पैसो तिर पो लाग्यो। हिसाब एस्तो निस्कन आयो – १४५००० युरो * ९३ = १३४८५०००
    १८९०० डलर * ६३ = ११९०७००
    ९७३५०० IC * १६० = १५५७६००
    जम्मा १६२३३३०० अर्थात एक करोड बैसट्ठी लाख तेत्तिस हजार तीन सय नगद ( भुल चुक भये माफ पाउ),
    अब के हुन्छ साथी हो (आफु त कानुन को student परीएन) – तेही भएर , अब त्यो मान्छे दिएपछी त्यो सँग फेला परेको पैसो पनि दिनु पर्ने त होला नि , नदिएका भये भारतले के छोड्ला र , भोलिपर्शी लिएरै छोड्छ नेपाली सँग । बरु त्यस्मा सङ्लग्न प्रहरी ले त्यो २० लाख बाट बढाएर पुर्याएको १ करोड को offer accept गरेको भये उन्को साखा सन्तान को त उन्नती हुन्थ्यो , अनी रक्सौल कटाएर भारतीय पुलिस लाई भनिदिएको भये नि कुरो त उही हुन्थ्यो नि , तेत्रो हवाइ जहाज को खर्च पनि जोगिन्थ्यो । हिडाएर पठाउनु पर्ने लाई हेर्नुस् त तेत्रो plane मा लगेका, -त्यो बहादुरी काम गर्ने नेपाली प्रहरी हरुको कदर के होला र ? अस्ती भर्खर बागमती मा डुबेकी नानीको ज्यान बचाउन गरेको बहादुरीताको फल hospital को bed मात्रै भएको खबर ताजै छ क्यारे ।

  7. Poor Sub-Inspector who arrested that doc and didnot release him for 10 million. May be he didnot knw either way that doc gona fly to india..

    And i think he was handed over to India just because Girija Babu wanted to. Otherwise how would he become the president of Nepal witout India on back.

    Well done Law and the Authorities. Keep it up ..

  8. जानी !!!ये कानून ,येकानुन बड़ी जालिम चीज होती हे ??मे जो बोलता हु, वो तुम्हारी सम्बिधान हो जाता हे ,और मे जो करता हु वो कानून बनती हे ??
    ——–भारत

  9. जे भय पनि नेपाल ले भरत को नुन खयको छ तेस को भय पनि नुन को सोझो गर्नु परेओ दुस्मनी भन्दा त मित्रता नै राम्रो हुन्छ नि
    बिशोव म हिन्दू देस भनेको खाली नेपाल र ईन्डिया हुन इनिहरुमा राम्रो समानध हुँदा त अरु हरु ले हेपन पौदैनन तेसैले होला नि हजुर हामी हरु
    नेपाल छोडेर हिंडे पछी था भो कि आफ्नो जती धर्म के हो भन्ने पर्साङ बद्लिओ तै पनि थिकी छ नि त

  10. एकदम ठीक कुरा पस्किनुभो !
    नेपाल बन्द घोषणा गर्नेकी सर यस्लाई लियर?,
    हिजो आज एक दुई दिन भयो क्यार नेपाल बन्द नभाको के छ बिचरा?
    तेसोत गगने लाई लाग्छ यस्ता अपराधी, आतंककारी घिसे पिटे कुख्यात हरामी हरुलाई नेपालमा राख्नु भन्दा इन्डिया वा अन्तै कतै पठाइयकोनै राम्रो तेसैपनी केको फुर्ती गर्नुछ र हो तेल्लाई करबाही गरेम भनेर गर्ने नै हो भने हामीसंङै तेस्ता हरामिहरु नेपालै प्रसस्तछ किन अर्को एउटा थपेर पालिरहने हो। तिनिहरुकै हो जे गरोस गाह्रोस दिअयो भाईहाल्ल्योनी।
    तेसैपनी अग्नी र हग्नी के के क्षेप्यास्त्र अनी बाह्र करोड जोगी लियर बसेको इन्डियासंग कस्ताकस्ताको त केही लाग्दइन भने तेल पनि तेही बाट घसिपनी तेहिबाटदिनुपर्ने हामी नेपालीले के झोकमा दशा बोलाउनुछर जोरिखोज्नुहो ।
    अर्को कुरा
    यो गगनेले यसो बिचरा गरी अर्को तिर बाट सोच्दा भलाई गलतै गरेपनी यि डांक्टरले ज्यानअलिने भन्दा ज्यान दिनेकामनाइ बढी गरेकाहुनकी जस्तो लाग्छ नि हो । अरुलाई के लाग्छ कुन्नी

  11. यस मा चिंता लिनु पर्ने केहि छैन! २ छिमेकी राष्ट्र को बिच मा यो प्रक्रिया चल्नु एउटा मित्रता को नया अभ्यास; र एउटा बिस्वास को थालनी पनी हो! अब यसलाई सुपुर्दगी संधि गरेर बढ़ी सुनिश्चित गरिनु पर्छ!
    अब हामी खाडी मा मृत्यु दंड पाउने डोल्मा लाई नेपाल सुपुर्दगी गर्न अनुरोध गरेको छू;चाइना मा लागु औसध को कांड मा मृत्यु दंड पाउने लाइ नेपाल सुपुर्दगी को माग गरिरहेको छू; त्यों सम्ब्हब नहोला किन की हामी बिच सुपुर्दगी संधि छैन; तर पनी हामी त्यास्तो शहयोग होस भन्ने चाहन्छौ!
    हाम्रो बिच सुपुर्दगी संधि नहुदा पनी अपराध हेरेर भारतिए प्रशासन र सर्कारले नेपाल लाइ मिल्ने सहयोग गरेको थियो ; अहिले उनीहरूले सरकारी लेबल मा नै अनुरोध गरेपछि उनिहरुलाई हस्तांतरण गर्नु पर्छ!स्वोभाबिक हो! यस्तो नगर्ने हो भने तराई को अपराध नियंत्रण गर्न हमिलाई जहाँ बढ़ी मुश्किल हुने छ त्यस्तई भारत को उत्तर सीमा को सुरक्षा मा उनिहरू लाई पनी हाम्रो शहयोग चाहिंछ!
    अब कारबाही गर्ने नगर्ने भन्ने कुरा त हामिलाई जत्तिकई चासो उनिहरूलाइ र त्यहा को जनता लाई पनी होला; interpol फोर्स को वांटेड लिस्ट मा उनिहरू ले नै अमित लाइ राखेको हो ! मानब अंग तस्करी जस्तो बिषय मा त्यहा को प्रशासन र कानून ले पनी हेल्चक्र्याई नगर्ला; नगरोस!! एउटा छिमेकी को नाताले हामी बिच सहयोग हरेक क्षेत्र द्विपक्षिए होस!!!
    अब रह्यो १५०००००० को कुरो! त्यों भने नेपाल राखेको भये हुन्थ्यो!!कमसेकम सरकार ले तराई आन्दोलन को क्रम मा १५ जन को हत्या गरेर १०°१० लाख फल्न को लगी काम लाग्थ्यो; वा १५ जन सांसद लाई बाडन हुन्थ्यो! अहिले कानून ले छेके पनी पछि त मिलाई हालिन्थ्यो नि! अरु हिसाब ले त्यों अपराध को पैसा ; कती नेपाली गरीब को किडनी बेचेको पैसा हामिलाई किन चाहियो!!!
    नेपाल प्रहरी का ती सहयेक इंसपेक्टर ले घुस खान मानेनछन; अली माथी को प्रहरी गाको भये डेढ़ करोड़ झ्वाम पारेर भ्यान बाट बाहिर निकालेर २_४ राउंड हबाई फायर गरेर छोड़थे! ती सहायक ले तेसो गरेनन! नेपाल प्रहरी ले शिर ठाडो पार्ने मैका पायो! हमिले पनी गौराब गर्ने मौका पाएको छौ!

    भाई

  12. साथी हो मैले त पहिला नै भनेको थिय्।हाम्रा महामहिम नेता हरु सब भारतीय जासुसी सस्था का एजेन्ट हुन भनेर।झुट बोल्दा बोल्दाई लागि छाडे नि ।यो कुन ठुलो किरा होर ।यीनी हरु ले कुन दिन नेपाल पनि भारत लाई नै भुझैदिन्छन।

  13. पुनः
    साथी सबै धेरै खुशी हनु भाथ्यो नेपाल प्रहरी ले राम्रो काम गर्यो भनेर मिले पानी बधाई लेखदा कमेंट गरेको थियें परदा पछादी को खेल भनेर
    तेहि हो सत्य कुरा र “भारत को गुप्तचर को जालों ” पनी थियो त्यांह भ्नेकई हो मलाई त लाग्छ भारत को एजेन्सी ले देखी दिए पछि नेपाल का पुलिस ला गयेरा समातेका मात्र हुन “अब मालिक आये लगे ” हमी त कारिंदा नै परेम
    हामी कारिंदा
    हाम्र नेता कारिंदा
    हाम्रो देश नै ( ? ) कारिंदा ( ? )
    अझ पनी हामी बीर नेपाली

  14. nepali rajnitigya le laj nai pachayer bujhaye. yesa bat pani pakka vayo nepali neata ko varat prati ko samrpan.kam se kam laz ta mannu parthyo ek dui din rakheko vaye pani ta kam sekam aalo chana kam hunthyo ni.huna ta jan aandolan ko daman garne haru lai karbahi garne kanun navaye ko mulukma tyatro rakam bokera aayeko mrigaula nai ferna sakne docter lai karbahi garna sakkne kanun ta k hola ra?
    paji netaharule dekhayyee hale ni aafno tagat thukka

  15. kamal jee ko bhanai sorai aana satya ho. ahile ta jhan sarkar ma sabai tuppiwaal bhaepachhi bharat lai jhan sajilo bhako chha tuppi samaera ghumauna. tuppi katnu paryo ni pahila!!!. bahun mahodayaharu anyatha nalinu hola. byangatamak shaili ma bhanna khojya matra ho. tapaiharu ko chitta dukhaune mero manshaya haina. bujhne lai shrikhanda, nabujhnelai khurpa ko bid.

  16. अमितलाइ भारत पठाइनुको कारणवारे विचार गर्दा कान्तिपुरमा प्रकाशित भइसकेको निम्न समाचार प्रासंगिक देखिन्छ ।
    अमितलाई हस्तान्तरण गर्न नेपाल सरकारमाथि दबाब बढ्न थालेलगत्तै भारतीय प्रहरी आफैं उनलाई जोगाउन लागिपरेको केही कानुनविद्हरूले आशंका गरेका छन् । हरियाणा प्रहरीले अमितविरुद्ध दर्ुइ वर्षो सामान्य सजायको माग गर्दै मुद्दा दायर गरेको उनीहरूले बताए । ‘मानव अंगको तस्करी गर्नेलाई जन्मकैदको सजायको व्यवस्था छ,’ इन्डिया टीभीस“गको अन्तर्वार्तामा कानुनविद्हरूले भने- ‘तर गुडगाउ“ प्रहरी उसलाई बचाउन चाहन्छ ।’ यसअघि तीन पटक पक्राउ परिसकेका अमित सामान्य सजायपछि छाडिएकाले फेरि पनि त्यस्तै हुन सक्ने पीडितहरूको आशंका छ । (http://www.kantipuronline.com/kolnepalinews.php?&nid=136919)

  17. भारतको नून खाएको नेपाली सरकार नेका एमाले माऊबादीले जाबो एक अपराधि सुम्पियो त किन गनगन गर्ने । चुनाव पछि के के सुम्पिन्छन् हेर्दै जाउँ । मैले नबुझेको जनता अझ पनि किन गिरिजामा विश्वास गर्दछन् ।

  18. yastai ho hamro dasko kanun.voli aadalat ma pess garia pachhi kun kun neta haruko pol khulcha vanira rata rat india puryaa.bechara polish le samatira k, garnu mantri jee ko aades mannuparni.aba mantri jee ka aafna tee ko, ko hun pankaj ghaa vanne ra sujata ghaa vanne amit sanga milaka chan re ani parina aapat mantri jee harulai.fari kala jati ra gora jati vania pachai hamra neta haru vutukai.tas mathi pani dhoti ko sewa garni mauka milako.tasaile bina sodpucha bina karbahi sutukka bedai gariyo.

  19. maalikle bhanepachhi nokarle hudaina bhanna sak6 ra?
    kinabhane hamra netaharu ta bharatiyaharuko nokar po hun ta tyati pani thaaha 6ina ki k ho?.feri hamra mantriharule j bhan6 tyasko thik ulto gar6 bhanne hekka pani raakhnu bhaeko 6ina ki k ho?desh nai ta bharatlai sumpi sakyo bhane naathe tyo fuchche aparaadhilai chupchaap bharatiya praharilai jimma lagaunu kun thoolo kuro bho ra?

  20. हैन उमेश जि!

    यो के हो भन्या! मलाई त हासो लागेर आयो यार। भर्खरै अघिल्लो(http://www.mysansar.com/?p=2349) न्युज मा हेर्दा निक्कैनै प्रसङ्सा पढ्दै थिए अहिले नै के हो यस्तो। अतिनै भयो है यो चै।

    At last our system is very week and we must need to be strong plus need to make such a treaty as you’ve presented.

  21. Nepal ta ho… Nepal me kanun kasle po follow garchha ra? Neta haru sabai kam nai nalagne chaan… ani yesto news lai ke surprise mannnu…. Sana tina le ghus nakhaye pani thula thula haru le majaa le ghus khayo hola… ani pathaidiyo dr. lai afnai desh ma… kam khatam, paisa hajam…. kaso?

  22. We all know that how India intervening Nepal.And know that fear of INIDIAN in Nepali polotics.

  23. लौ के भनेको होला | नेपाल ले भारतलाई के के सुम्पी सक्यो जाबो त्यो एउटा अपराधी त के होर ? नदिनाला सबै सुम्प्यो , सुस्ता सुम्प्यो तेस्मा त कोइ बोलेन अब त्यो अपराधी लाई नेपाल को जेल मा राखेर किन पाल्ने , पठाओ ठीक गर्‍यो | मिल्छ भने जेल नै खाली गरेर अरु पनि पठाये हुने कि कसो |

  24. Hahaha…first time ho ra?? maile taha paye dekhi yestai bhako dekchu…not surprised at all…if our leaders do anything against the wish of India they will have to face the circumstances currently faced by King Gyandendra. King Birendra opposed Rajeev Gandhi he had to face the revolution on 1990 and was striped with all his power. When King Gyanendra tried to increase his friendship with other neighbours specially China and Pakistant sidelinging India he is facing the current situation. So, it is simple logic, scratch India’s big hairy back and it will give you power and money you can enjoy in Nepal. Fokat main India sanga panga kina line. Baru India lai khusi parne Nepal ma moj garne. I think our leaders are doing intelligient decision. Dherai desh bhakta huna khojyo bhane Gyane ko tall huncha bhanne yiniharu lai tha cha.

Comments are closed.