ज्ञानेन्द्रको आफ्नै बसन्त श्रवण, पुरोहितद्वारा प्रम बहिस्कार ?

नेपालका अन्तरिम राष्ट्रप्रमुखका रुपमा प्रधानमन्त्रीले हनुमानढोका दरबारमा बसन्त श्रवण गरेको समाचार सञ्चारमाध्यमहरुमा आइरहेको बेला दरबारबाट एउटा विज्ञप्ति सबै सञ्चारमाध्यमहरुमा फ्याक्स गरिएको थियो। व्यहोरा लामो नभएको सो वक्तव्यमा उही बक्सियोस् सक्सियोस् खालका चाकडीका भाषा राखेर भनिएको थियो- ज्ञानेन्द्रले पनि नारायणहिटी दरबारभित्रै विधिपूर्वक बसन्त श्रवण गरेका छन्। नारायणहिटी दरबार अहिले नेपाल सरकारको स्वामित्वमा गइसकेको छ। यो वक्तव्यमा सबैभन्दा तान्यो मलाई ‘विधिपूर्वक’ शब्दले। किनभने, ज्ञानेन्द्रको बसन्त श्रवणका क्रममा मूल पुरोहित लगायत वडा गुरुज्यु, नायब वडा गुरुज्युहरुको उपस्थिति थियो, प्रधानमन्त्रीकोमा थिएन। शायद जिस्काइएको थियो कि ‘तिमीहरुको विधिपूर्वक भएन बाबै’ भन्दै !

साँच्चै नै, प्रधानमन्त्रीले पहिलो पटक राष्ट्रप्रमुखका हैसियतले हनुमानढोकामा बसन्तश्रवण गर्न जाँदा मूल पुरोहित, वडा गुरुज्यु र नायब वडा गुरुज्यु तीनै जनाको उपस्थिति थिएन।

मूलो पुरोहित शेखर पण्डित हनुमानढोकामा उपस्थित नभएपछि बसन्त श्रवण कसरी सुरु गर्ने भनी केही बेर अलमल समेत भएको थियो त्यहाँ। पछि मूल पुरोहितको काम दीनानाथ भट्टराई नामका एक अर्का ब्राम्हणले सम्पन्न गरेपछि समारोह सुचारुभएको थियो।

आफू आएको कार्यक्रममा चाहिने मानिसहरु उपस्थित नभएर चुनौति दिएको जस्तो लागेर प्रधानमन्त्री खुबै रिसाए जस्ता देखिन्थे। त्यसैले त सञ्चारमाध्यमहरु कै अगाडि उनले गृह सचिवलाई बोलाएर तीनै जनालाई निश्कासित गर्ने आदेश दिएका थिए। यसअघि आफ्नो पछि पछि लाएर ज्ञानेन्द्रले कुमारीको टीका लगाएपछि पनि प्रधानमन्त्रीले क्रुद्ध भएर दरबारको सेना घटाउने निर्देशन दिएका थिए। तर हाउसहोल्ड क्याभलरी अर्थात् घोडचढीका देखावटी सैनिकहरु हटाएर त्यो निर्देशन पालन गरिएको थियो। मूल पुरोहित हटाउने निर्देशन भने कसरी पालना हुने हो, हेर्न बाँकी नै छ।

उता, राजा राख्‍नका लागि अन्तिम लडाइँ गर्ने भनी काठमाडौँमा भूमिगत कार्यालय नै खोलेर बसेका राजावादीहरुले प्रधानमन्त्रीको विरोध गर्ने तयारी गरेका थिए। तर उनीहरुले सुनेको समयभन्दा अगाडि नै प्रधानमन्त्री हनुमानढोका दरबार पुगेपछि उनीहरुको कालो झण्डा देखाउने तयारी खेर गएको थियो।

प्रधानमन्त्रीको हनुमानढोका भ्रमणका क्रममा सुरक्षा व्यवस्था राजा आउँदाको भन्दा कम थिएन। सर्वसाधारण हिँड्ने बाटो समेत सुरक्षाका खातिर बन्द गरिएका थिए।


16 Comments

  1. maile euta word notice gare…rastra pramukh…
    i dont think koirala euta manche lai yo word deserve garcha bhane ra …rastra pramukh that is wat he thinking about…marne bela ma hariyo kankro..

  2. Girija is so stupid and the most unfavourable Mr. problem of nepal. Because of his nasty decision nepali people always have to sad from India. He is the most unpopular guy in nepalese political history and he does not know who is he. I don’t think so he is gonna able to stablish republican system whic is the most initiated motto of all nepalese. He wants to be a sick of nepal, very very bad debrise and shocks of nepal.

    Dev Kirat

  3. I thank Satya Nembangji for his realistic comments. These idiot leaders are whimsical and more sentimental. They have done nothing for the people in the past 2 years. They are guided by their anger and sentiments and also by their political ‘Boss’ abroad.
    Yubaraj, Kabul, Afghanistan

  4. हो त नि साथीहरु,
    गिरिजाप्रसाद कोइराला नयाँ राजा नै हो, नभए भविष्यकी बडामहारानी सुजाता जोश (होकि झोस हो) कोइरालाको बाउ त हो नि। सुजाता भविष्यकी बडामहारानी भन्ने कुरा त उनैले भनेका हुन क्यारे। राजसंस्था चाहिन्छ, तर ज्ञानेन्द्र चाँहिदैन भनेको तेई होइन त? त्यहि राजसंस्थाकी बडामहारानी बन्ने सूर जस्तो लाग्छ, होइन भने राजपरिवार कै हैसियतका गरगहना लाउनु। अनि गिरिजाबाउको ठाडो आदेश दिने शैली देखिनु आदि सब यि भविश्यका राजा, महाराजा वा बडामहारानी हुन प्राक्टिस गरेको होइन र?

  5. Girja ko rawaaf kunai nirankush raja ko vanda kaam cha jasto lagdai na. Yestai ho vane pheri Nepal ma shanti su-byewostha huncha vanne ta sankai lagcha. Jaba samma rastra-chalak harule “ma”, “aafu”, “mero” ko satta “hamro”, “janta ko”, “janta ko lagi” vandainan taba samma Nepal ma bikas huncha vannu ra sochnu ta “Aakash ko Fal, aankha tari mar” jastai ho…

  6. लौ मैले भन्नु केही बाँकी छजस्तो लाग्दैन । साथीहरूले नै सबै भनिदिनुभो, धन्यवाद ।

  7. if you are giving the prime minister the same security and facility, what is the difference of not giving to the king. It means you are trying to replace the kind with more dangerous tyranat.

  8. गधालाई जतिसुकै धोए पनि त्यो कहिल्यै गाई हुन सक्तैन, फोहोरीको फोहोरी नै रहन्छ, पवित्र हुन सक्तैन। वसन्तश्रवण गर्दैमा गिरिजाप्रसाद कोइराला न राजा नै हुन साक्छन् न जनताका सर्वप्रिय नेता नै हुन सक्छन्। उनको व्यवहार नै तल्लो स्तरको छ, कुनै उच्च व्यक्तिमा हुनुपर्ने गुण नै छैन। एकातिर देशलाई सम्पूर्ण जनताको मत नै नबुझी धर्मनिरपेक्ष बनायौँ भन्ने र अर्कातिर राजाभन्दा महत्वपूर्ण छु भन्ने देखाउन हिन्दू धार्मिक पर्वहरूमा खुसुक्क अघि सर्ने मान्छेलाई कसरी राम्रो मान्ने? धन्य बिचराको बोक्रे इज्जत जोगाइटोपल्न एउटा मामुली बाहुन पुरोहित अाइपुगेछ, मूलपुरोहित, राजागुरु र अरू सुयोग्य पुरोहितहरू त राजातिरै गएछन् । हामी गिरिजालाई हाँक गर्न सक्छौँ– पहिले निस्पक्ष चुनाउ गराएर जनताबाट एकमात्र सर्वोच्च शासक हुन योग्य नेता का रूपमा छनिएर आउनु अनी यस्तो स्वाङ गर्नू। अहिले ता उनी मौकामा चौका मात्रै हानिरहेका छन्, देशमा शान्ति, सुरक्षा र कानूनी सुव्यवस्थाको पूरै अभाव भएको र अराजकता, लूटमार, अपहरण अनि साम्प्रदायिक दङ्गा, सीमा अतिक्रमण र घोर अनुशासनहीनताको राज्य छ जसको सम्पूर्ण जिम्मा गिरिजाकै अक्षम नेत्रित्वमा छ।

  9. Do Nepalese people accept this corrupt Girija as \their head of the state? he wanted sell Nepalese embassy in England. do you know this? This Inidian agent proclaimed interim constitution and to confuse the king he is using his daughter sujata. the king and his followers have to fight to finish now. Nepalese people dont want any anarchy, they want a respected monarchy. all those who are making big noise for republic are idiots.

  10. “”हाहा!! एउटा शाह गैसकेको छैन अर्को बादशाह आइसके!!!!””
    भारत र अमेरिका को आड़ मा अडेको नया राष्ट्र प्रमुख को फुर्ती र रिस त यस्तो छ; केही पुगेन की “”ठाडै आदेस अन द स्पॉट”!! एक पटक जनमत बाट अनुमोदन नभए सम्म गिरिजा बाबु को हैसियत पनी लिग्लिगे राजा को भन्दा फरक पृष्ठभूमि को हुन सक्दैन! हिजो दौडिए; आज लड़ाई लादियो त्याही हैंन? हिजो लिग्लिग़ हतियार बिना को दौड़ आज हतियार सहित को दौड़ यत्ती हैंन फरक? जनताको मत लिए पछि त्यों रस्त्र प्रमुख ले केही गरोस ठीक छ!!; यो काम चलाऊ ले छोरी लाई राजदरबार को पछि हिडाउछ; अनी आत्मा ब्रितान्त मा मेरी छोरी ले भाबिस्य हाक्न सक्छे भनेर लेख्छ!यो नौटंकी डै लाई सक्दीन भाउजू लाई राख्दीन गर्छ! शिशु प्रजातंत्र भन्दा भन्दै तन्नेरी हुन नपाउदै मार्ने यही गिरिजा हो की हैंन? यसले के राम्रो गर्यो भनेर हेर्ने हो भने केही छ?
    हिजो पनी यसको पारा यही हो! परबत जिल्ला को सदरमुकाम मा २०५०_५१ मा कांग्रेस को आमसभा मा शिक्षेक ले कालो झंडा देखयो भनेर गुंडा लगाएर सिक्षेक को टाउको फोड्न माइक बाट निर्देशन गर्ने यही गिरिजा हो; कती गुरु हरु को टाउको फोड्यो; हामी अखिल छैठौ थियोऊ; हमिले ती गुरु हरु को उपचार गरेको हो! पछि मेरो भिनाज्यू शिक्षेक संगठन को नेता उहालाई पर्बत बाट डोल्पा सरुवा गर्यो!भिनाज्यु ले जागीर ने छोदनू भयो!ई बाबु त्यस्तो शासक हुन ! अहिले पनी त्यही पारा छ!! हे भगबान प्रजातांत्रिक नेता ह भन्दै मा जे पनी थादो रिस बाट निर्देशित हुने हो भने तानाशाही भनेको त्यही हुन्छ नि!!!
    अब हेर्नुस दरबार ले केही गर्दै छ; पक्का हो! हामिलाई दरबार ले केही गरोस भन्ने चाहना छैन! तर सबै कुरा लाई बिस्तारो गर्नु पर्यो ; तागत छ भने तत्काल गणतंत्र कार्यन्वोयन गर्न किन ढिलाई?
    यो सब नाटक हो!
    दरबार ले अब केही गर्दै छ ; नत्र किन अटेर गर्न सक्थ्यो त पुरोहित हरु ले!! दाल मे कुछ काला हे!!

    भाई

  11. जसको शक्ति उसको भक्ति ,अब हेरौ ई दुई सामंती हरु माँ द्वंद कहा सम्म चल्छ ??
    यो अली अली रगत मात्र बगेर नेपाल माँ गणतंत्र आउला झै लाग्दैन ,यो प्रजातंत्र र राज तंत्र को मात्र लाडाई भए परस्पर को आक्रोस किन???आख़िर गिरिजा बुडा ले राजा बचाउनु खोजेकै हो क्या र ???
    यो केशब मान ले भने झै बाहुन छेत्री को युद्द पो हो की??/

  12. के गिरिजा नयाँ राजा हुन ?
    जब उनलाई ज्ञानेद्रले चुनौती दिन्छ न् उनी मुर्मुरिदै यो या त्यो आदेस दिन्छन् ।
    कहिले भट् हटाउने कहिले के हटाउने गिरिजाको मनमा चाँही राजा छन् । देखाउटी नाटक गर्छन् । माओवादीले बैशाख जन आन्दोलनपछी राजाको घोषणा अबैध भनेर आन्दोलनको घोषणा गर्दा र तेस पछी गणतन्त्रको लागि तेत्रो दबाब दिदा अनी सम्सदबाट पारीत गर्दा पनि न चेत्ने गिरिजाको यो त्यो निरन्कुस आदेसको कुनै अर्थ छैन ।
    हिम्मत छ भने नराहिटी खाली गर होएन भने तिम्रो हुकुम को कुनै अर्थ छैन । गिरिजाले आफुलाई नयाँ राजा ठानेका छ न् कि क्या हो ? हुकुम दिने पारीपाटी त निरन्कुसहरुको शासनम हुन्छ । सक्छौ भने गिरिजा अहिले नै गनतन्तको कार्यनयन गर सबैले मागेको गणतन्त्रको कार्यनयन गर । होइन भने बकबक नगर । सुजाताको मार्गमा लाग नाटक धेरै भयो

Comments are closed.