प्रमको कार्यक्रममा नआउने बडा गुरुज्युलाई हटाइयो

वसन्त श्रवणमा हनुमानढोकामा नआएर नारायणहिटीमा जाने बडा गुरुज्युलाई प्रधानमन्त्रीको ठाडो निर्देशनमा बर्खास्त गरिएको छ। अन्तरिम संविधान लागू भएको दिनदेखि नै बडा गुरुज्युको पद कायम नरहेको जानकारी आज सामान्य प्रशासन मन्त्रालयले गराएको हो।

यससम्बन्धी जानकारी सरकारी सञ्चार माध्यम राससमा दिइएको छ-

बडागुरुज्यू पद कायम रहेन

काठमाडौँ, २८ माघ । तत्काल प्रचलित संविधानबमोजिम कायम रहेको बडागुरुज्यू पद अन्तरिम संविधान प्रारम्भ भएको मिति २०६३ साल माघ १ गतेदेखि नै कायम नरहेको सामान्य प्रशासन मन्त्रालयले आज जनाएको छ।

नेपालको अन्तरिम संविधान २०६३, धारा-१६३ को उपधारा (१) बमोजिम सो पद कायम नरहेको जनाइएको हो। रासस

प्रधानमन्त्रीको रिस फेर्ने चाला पनि गजब कै रहेछ बा। अब एक वर्षअघि नै पद नरहेको भए यत्रो समय के हेरेर बसेको थियो त ? क्या अचम्म छ बा। जसले जे गरे नि हुने !
किन यसो गरिएको रहेछ त ? बुझ्न यो ब्लग हेर्नुस्-

ज्ञानेन्द्रको आफ्नै बसन्त श्रवण, पुरोहितद्वारा प्रम बहिस्कार ?

फायर हिमः वडा गुरुलाई कारबाही गर्न निर्देशन दिँदै क्रुद्ध प्रधानमन्त्री। फोटो साभारः नेपाल समाचारपत्र

21 Comments

  1. साँची एक वर्ष सम्म बडागुरुज्यूले नेपाल सरकारबाट तलब खाए कि खाएका रहेनछन् त्यो बुझ्न पाए हुनेथियो।

  2. गिरिजाहरुलाई चैँ petrol, diesel को लाइन बस्नु पर्दोरहेनछ? मधेशीले कलापानीको युध्धमा पानी को मुहान थुन्या जस्तो उपत्यका नाकबन्दी गर्न लागिसके यस्लाई चैँ यहाँ बसन्त श्रवण गर्नु पर्ने??? यो कुँजो गिरिजो लाई एक फेर petrol diesel को लाइन देखाउन बालुवाटार बाहिर पनि घुमाउनु पर्‍यो । यस्को त ध्यान नै कसरी राजा बन्ने भन्ने पो रहेछ । तेरिमा डाँका ।

  3. खप्पर बलियो भय पछी जे गर्दा पनि भयो जहिले गर्दा पनि भयो के!
    क्या छ बा .
    राष्ट्रपती पनि आँफै,
    सभापति पनि आँफै ।
    राजा पनि आँफै,
    प्रधानमन्त्री पनि आँफै ।
    धामी पनि आँफै,
    झाक्री पनि आँफै ।
    डाक्टर पनि आँफै ,
    रोगी पनि आँफै ।
    यस्ता राजाको पनि महाराजा संग
    यमराज पनि नडराई केहा हुन्छ।
    अनी आर्यघाटले पनि यिनिलाई कसरी छुन्छ ।
    हजार जिब्रो भयका शेश नागले पनि यिनको बर्णन गर्न सक्दैन भने,
    यि नथे यिनकै टांगमुनी झुन्डेर बस्ने नेपाली र नेपाल सरकारको के कुरा गर्नु ।
    जय होस् श्री ८४ गि रि जा कोइरालाको

  4. मूल पुरोहित पनि निलम्बित

    काठमाडौँ, २९ माघ । नेपाल सरकारले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरेको जनाउँदै पुरोहित शेखर पण्डितलाई निलम्बन गरेको छ ।

    सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री उपस्थित हुने माघ २८ गतेको वसन्त श्रवण समारोहमा उपस्थित हुन पुरोहित शेखर पण्डितलाई निर्देशन दिएकोमा उक्त निर्देशनको उल्लङ्घन गरी आफूलाई तोकिएको समय र ठाउँमा उपस्थित नभई जिम्मेवारी पूरा नगरेकाले निजलाई यही माघ २८ गतेकै मितिबाट निलम्बन गरी आवश्यक कारबाही अघि बढाइएको जनाएको छ । रासस

  5. २०६३ साल माघ १ गते वाट कायम नरहेको बडा गुरुजुको पद बारे प्रधानमन्त्रिलाई थाहा नहुनु र झन्डै १३ महिना पछि सामान्य प्रशासनको बिग्यप्ती आउनु कागताली वा नयाँ नेपालको चुस्त प्रशासन हो पाठकहरु आँफै छुत्याउनु सक्नु हुन्छ । १३ महिना अघि नै खारेज भाईसकेको पदमा बिराजमान बडा गुरुजुले तलब त नियमित रूपमै पाइराखेका होलान !! नभए प्रधानमन्त्रिले निजलाई पदबाट हटाउने आदेश दिनुको के कुनै अर्थ छ र? धन्य नयाँ नेपालको चुस्त प्रशासन !! धन्य नयाँ नेपालको हुस्सु राष्ट्र प्रमुख !!!

    राष्ट्रिय् सम्पदाको रूपमा रहेको नारायणहिटी दरवारमा जरो गाडेर बसेका तस्कर एव जनहत्यारा ज्ञाने लाई दरवारवाट नलखेटे सम्म उनी वाट जनता विरुद्ध षड्यन्त्रहरु लगातार भइनै रहने छन भन्ने कुराको ज्ञान काङ्रेस, एमाले र माओवादीमा हुनु जरूरी नै छ् । हालै जापानी पत्रकारलाई उप्लब्ध गराएको अन्तर्वातामा सबै प्रजातन्त्रवादी हरुलाई जनताको दुहाई दियर चेतावनी दिनु, र माघ १९ गते को आफ्नो कालो कर्तूतको खुल्ला वकालत बास्तवमा ७ पार्टी बिरुद्ध को अनतिम लडाईं को संखनाद हो जस्तो लाग्छ, गम्भिर हुनु नहुनु बेग्लै कुरा हो .

    जय् जनता, जय् गणतन्त्र !!!

    बैकुण्ठ
    न्यू जिल्याण्ड

  6. bada guru pada pani chhaina ra nepal hal darma nirpekchya rast bhayakale kina p. m. le basanta sarbana gareko maile bhujhana sakina kinbhane p.m. ta bholi jo pani hunasakachha muslim lagayat crichiyan etc . teskarana dharma nirpekchya deska p.m le yo gareko thik bhayana

  7. What the good thing the Seven Party Alliance has done so far???
    They are busy on scolding the King and trying to slim him and his Image… Nothing more than that. Whatever bad thing come in light they blame it to the King. If they could not maintain peace and order they blame that it was committed by the King or his persons…
    It has been their good excuse to cover thier impotency.

    The rulers of New Nepal are running only behind such nitty gritty and trivial matters.

    Also thank you Purusottam Subediji (Belgium) for your good observation.

    Yubaraj, Kabul, Afghanistan

  8. no-petrol
    no-diesel
    no-gas
    no-electricity
    no-security

    The people should be anger with PM not PM with people.

  9. यो ढर्रा किन?????? धर्म निरपेक्ष्य राज्य मा यो ढर्रा किन?

    गिरिजाले वसन्त श्रवन नगर्या भए के हुन्थ्यो ? अबदेखी यस्ता कथित धार्मिक कृयाकलापमा राष्ट्रप्रमुखले समय बर्बाद नगर्ने भनी घोषणा गरे के हुन्छ? के बिग्रिन्छ?

    तर निजका आसेपासे र नवयुवराग्यीले एस्तो समारोह गराइछाडछन । राजा जस्तो हुन पाइने कुरो तेसै कसैले छोड्छ?

  10. Instead of worrying about such issues, PM should focus on people’s basic necessity like petrolium products, drinking water, electricity etc.

    This shows that these stupid politicians do not have any vision.

  11. आनी राजा नै नरेहे राजाका बडागुरु को के काम ?
    प्रधानमन्त्रिको भए त नारायणहिती किन जान्थे ?
    अब तलब खुआयर किन राख्नने ? बरु बडागुरु बाजे लाए केही काम दिए हुन्थो…

  12. बड़ा गुरु ज्यू सम्बिधान ले नै हटाई सके को भये गिरिजा बाबु किन को संग रिसाउनु भएको होला? प्र.म. लाई नै त्यों सम्बिधान को कुरा थाहा नभएर हो? बुढा न परे; त्याही माथी बिरामी!!!?
    “”हटाउनु”” भन्ने आदेस संचार मध्यम कै अगाडी दिएको भंनुभा हैंन उमेश जी ?
    क्या “”अजब को देस को गजब को प्रधामंत्री”” होला!! पहिला सम्बिधान बाट नै हटाई सकेको लाइ त्यों समारोह मा खोज्नु; अनी आएंन भनेर संचार माध्यम कै अगाडी आदेस दिने!!!
    प्रशासक हरु ले उती बेला नै भंदिनु पर्ने नि खोई कहा छ र बड़ा गुरु ज्यू? कस्लाई हटाउनु भनेर?शासक अनुसार का प्रशासक!!! हाहाहाहाहाहा!!!!!!!!!!!!!
    हामिलाई त के थाहा सम्बिधन बाट के हटाएको छ के छैन!गणतंत्र छ सम्बिधन मा दरबार मा राजा छन; हुन त बड़ा गुरु ज्यू पनी सम्बिधान बाट मात्र हटाको होला ; ए ए त्यही भएर गिरिजा बाबू ले आदेस दिनु भा होला!! हामिले के बुझ्नु!!!!

    भाई

    भाई

  13. This useless propoganda. “Kam kuro ekatira, kumlo boki Thimitir”. These stupid can not do any useful thing nor they can implement anything they have passed in Parliament so far. He is just trying to get cheap popularity around meaningless and useless thing which not solve any problem the country is facing right now. These arseholes are nothing more interested than to continue the status quo. What people have seen is thug Girija in place of criminal and smugler Gyanendra. Still their common disease is extreme greed for power by all means. I am sure people do not need both of them at any cost.

  14. one should not take such legal action against someone for owns personal ego. Its BADA GURU JU’s choice to support the PM or the king..its against the human right….another thing is ..who made this law of declaring sacking of the post after one year. shameful chairholders and shameful decision.

  15. Wow!! what kind of anger is that? I don’t think that our PM did the right thing. This is the worst action taken by him. He should think the country is not only his! Its a New Nepal!!! its the country of new nepali citizens.

  16. Baakwaas!! k ko sambhidhan .. Kun sambhidhaan.. saat daal bhanya cha JPT garya cha.. Nepal lai Darfur banaune kasam khaka chan sabai le

Comments are closed.