'अधिराज्य'को मोह

शानेवानि अर्थात् ‘आरए’बाट नेवानि अर्थात् ‘एनए’मा आफ्नो नाम परिवर्तन भइसक्दा पनि उनीहरुको बानी भने परिवर्तन भएको छैन रहेछ। त्यसैले त केही दिनअघि कान्तिपुरमा छापिएको विज्ञापनमा सगौरव लेखिएको थियो- नेपाल ‘अधिराज्य’ !

केहीअघि केटिभीको ‘कल कान्तिपुर’मा भूपू मिस नेपाल माल्भिका सुब्बा बारम्बार भन्दै थिइन्- नेपाल अधिराज्य, नेपाल अधिराज्य। ‘भएन है यस्तो त’ भन्दै मैले एउटा इमेःल पठाएँ- अंग्रेजी बोल्नेहरुले नेपाली शब्दको अर्थ नजानेर पो त्यसो भनेका हुन् कि भन्ने ठानेर।

मलाई लाग्यो, अब चाहिँ गल्ती गर्दैनन् कि। तर दुई दिनपछि टिभी हेर्दा उनी फेरि भन्दै थिइन्- नेपाल अधिराज्य !

नेपाल २०४७ सालको संविधान अनुसार मात्र अधिराज्य हो। शब्दको अर्थ हेर्ने हो भने अधिराज्यको अर्थ हुन्छ Kingdom। नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई अधिराज्य नभनी मात्र संघीय गणतन्त्रात्मक राज्य भनेको छ। तर पनि मानिसहरु एउटा थेगो कै रुपमा अधिराज्य शब्द प्रयोग गरिरहेका छन्। कहिलेकाहीँ पत्रिकाहरुमा, एफएममा र टिभीमा पनि अधिराज्य भनिरहेको/लेखिरहेको देख्‍न/सुन्न पाइन्छ।

अधिराज्य सङ्. ना.
अर्थ
१. राजा वा रानी राष्ट्रप्रमुख भएको देश
स्रोतः http://www.nepalisabdakos.com

विशेष गरी ‘अधिराज्यव्यापी’ र ‘अधिराज्यभर’ शब्दको प्रयोग बढी देखिन्छ। यसलाई देशव्यापी र देशभर जस्ता सरल शब्दले सजिलै प्रतिस्थापित गर्न सकिन्छ। राजा नै निलम्बित भइसकेको अवस्थामा देश अधिराज्य कहाँ रह्यो र। न यो सरकार नै अब श्री ५ को सरकार रह्यो !

अब अरुको के कुरा गर्नु, लेटर हेडमा गणतन्त्र लेखेर गणतन्त्रको माग गर्ने समूहले जारी गरेको वक्तव्य त यस्तो छ-

26 Comments

  1. नेपालमा अझैपनी कतिपय मान्छेहरु ideologically अधिराज्य काल्मै छन, तिनिहरुका लागी अधिराज्य शब्द र प्रसँग मिल्छ। सुब थापा, कमल थापा, प्यारजङ थापा, श्यामभक्त थापा, भेस ब थापा (Thapadom under Kingdom थियो नेपालमा ५ बर्ष अघी) ले नेपाल अधिराज्य भने भने हामीलाई अचम्म हुँदैन। अमेरिकामा रास्टपतीको उम्मेद्वार्को लागी अहिले primaries मा रहेको, छाएको एक जना गतिलो उम्मेद्वार पनी अझै भियतनाम वार लडिरहेको जस्तो कुरा गर्छ, तर त्यो उस्को ideological पोजिसन हो उस्ले honestly भन्छ ra tesai garchha। हाम्रो प्रसङमा चाँही, शब्दको प्रयोग नबुझीकन भयो, अनी झन प्रयोग कर्ताले claim गरिरहेको र ‘हामी कम्युनिष्ट’ भन्नेहरुले अधिराज्य लेख्दा पो हामीलाई लाज लागेको हो। किनभने तिन्ले क्लैम गरिरहेका ideology र practice मिलेन हामीले देख्दा। अब सुजाता ले अध्राज्य भन्छे भने त्यो उस्को ideology अनुसार ठीक प्रयोग हो। Ma tesmaa THUKKA bhanna matra sakchhu.

  2. माल्भिका जस्ता हजाराै यस्ता सेलिब्रेटीहरू छन जसलाइ अधिराज्य भन्दा कति उचित हुन्छ या हुन्न भन्ने होशै हुँदैन । उनीहरूले जे भने पनि त्यसले मिडिया मार्फत जनमानसमा पार्ने प्रभावको बारेमा कसैले सोचेको हुँदैन । अधिराज्य भन्ने त प्रसंग मात्रै हो तर यस्ता खाले लापरवाहीपूर्ण अभिव्यक्तिहरूले उनीहरूलाइ वास्तवमै गैर जिम्मेवार बनाएको छ ।

  3. जनक जी र रोशन जी लाई लेख्दा एउटा गल्ती भएछ सच्याउछु, emperor (सम्राट) सँग सम्बन्धीत शब्द empire, ‘साम्राज्य’ हो, अधिराज्य होइन।

  4. जनक जी र रोशन जी,
    तपाईंहरुको कुरामा केही थप्न मन लाग्यो। कुरा ठीक हो Kingdom को अन्य खाले अर्थ नहुने भन्ने छैन। सम्पुर्न Natural Objects लाई animal Kingdom, Vegetable kingdom र Mineral kingdom भनेको पाईन्छ। Carl Linneusको taxonomy मा animal kingdom term छ।
    तर यहाँ प्रसँग राजनीतिक छ। राजाको वा रानीको (जस्तै United Kingdom) वा कुनै emperor को अधिनस्थ रहेका भागहरुलाई, कसैको प्रभुत्व अन्तर्गत रहेका, कसैको सम्प्रुभुता (sovereignty)को under मा रहेका भुभागहरु kingdom अन्तर्गत पर्ने भन्ने बुझाई हो मेरो। नेपालमा अधिराज्य शब्दको उपयोग राजनीतिक सन्दर्भमा गर्ने हो भने यो राजाकै अधिनस्थ छ भन्ने नै बुझाउछ। गणतन्त्रका हीमाएतीहरुले ‘नेपाल अधिराज्य’ लेख्छन भने तिनिहरुलाई की त ‘गणतन्त्र’को अर्थ थाहा छैन की त ‘अधिराज्य’ को माने थाहा छैन।
    गैर्ह राजनीतिक भाषामा चाँही kingdom शब्द लाई अन्य छेत्रमा पनी बुझ्ने चलन छ, उदाहरणको लागी ‘बन्मारा झार्ले जंगलमा राज्य जमाउछ, बन्मारा किन्दोम भन्ने चलन छ, त्यो पनी प्रभुत्व नै हो। तेसैले राजनीतिक सन्दर्भमा त यो राजाकै अधिनस्थ भन्ने बुझिन्छ, अन्य छेत्रमा चाँही अली फरक बुझाई भएपनी कसैको अधिन्मा रहेको या प्रभुत्वमा रहेको भन्ने नै बुझाउछ अधिराज्य शब्द ले। मलाई लाग्छ हामी क्सैको अधिन्मा, अर्काको सम्प्रभुताको अधिन्मा बाच्ने, रहने कुरा गरिरहेका गर्दैनोउ अहिले। तेसैले यो अधिराज्य शब्दको प्रयोग गलत नै भयो मेरो बुझाईमा।

  5. हो सुरेन्द्र जी,
    तर यू के को पनी आफ्नै problem छ, Scotland, Ireland हरुलाई recognize नगरने। नेपालमा रेडियो नेपाल ले संयुक्त अधिरर्ज्य बेलाएत्की महारानी एलिजाबेथ द्वित्तिय भनेको मैले कत्ती पटक सुनेको छु, तर यू के भनेको England एक्लै त होइन नी।

  6. For example:

    United Kingdom = सङ्युक्त अधीराज्य
    हो ???

    शायद होला है ??

  7. panchayat phaliyako yatika barsa bhai skyo ra ta ajhai pani kahi, katai sipharis wa Gaun Bikas Comitee sambhandhit kehi kam paryo bhane Gaun Panchayat bhanne suninchha,yo jana jibro ma chaleko bani le pachai sakeko chhaina,tesaile jibro bata phutkinchha,tara adhikarik sastha NAC le tyo chahin bigyanpan ma testo lekhnu hunna thiyo,yo ta sidai ganatantrik Nepal ko apaman ho.NAC ma kaaryarat karmachari le proof reading ko kami jasto lagchha,sathai anyako baktabya ra apil ma pani kamjori nai ho.

  8. नेवानि को त यो ताल छ भने FM को त के कुरा ?

    कान्तिपुर अनी माल्भिकाकै कुरा: एक दिन मैले पनि उन्को कल कान्तिपुर हेरेको थिय । उपन्यास वा कथा कस्तो मन पर्छ भन्ने बिषय थियो, अनी उन्ले बारम्बार भनीन तपाईं/मलाई “हास्यास्पद” कथा मनपर्छ । तेसो भनेर उनी आँफै हास्यास्पद बनिरहेकी थियिन । हाँस्य प्रधान वा हास्यब्यङग लाई उन्ले “हास्यास्पद” भनेकी थियिन । उन्को नेपाली चैँ कम्जोर नै रहेछ ।

    फेरी कान्तिपुर FM कै कुरो: साँझ ६.३० को कान्तिपुर डायरी पछी एउटा कान्तिपुर खोज भन्ने कार्यक्रम आउत । तेस्मा एक जन महासय बोल्छन – कसैले यो सामन पाउनु भये “सधन्यवाद सहीत” फलानो पुरस्कार दिईनेछ । तिन्को “सधन्यवाद सहीत” सुन्दा सुन्दा साच्ची नै तेही नै ठिक हो कि जस्तो भईसक्यो ।

    प्राय: जसो FM मा बोल्नेहरु नेपालीलाई English मा बोल्ने अनी English चैँ राम्ररी बोल्न नआउने छन । यस्ताले नेपाली भाषालाई के उँभो लगाउलान ?

  9. aba ganatantra magni lai ta thaha chaina meaning bhane aru ko k kura… sab janata lai jhukyayer afno swarth tira lageko haru matra ta hun ni..

  10. The new constitution has already scrapped the word “kingdom,” but we still tend to use it. I used to think that “adhirajya” means a country when I was a kid. I think it takes time for this to be changed. But still constitutional monarchy is not completely abolished from the country, so people who say kingdom are also right. Overall, it does not matter to me whether a person says a kingdom or just a country.
    But, it is hilarious to see people who are demanding for republic using Nepal “adhirajya.”

  11. testa jhare TV anchor ko ta kya kura garnu, jaba ki ganatantra ko maag garnee baktabya ma ta tesko cha.. balai bhayena nee….

  12. “Adhirajya” also means sovereignty or empire. So “Adhirajya” in Nepali word does have no one only etymological relationship to word kingdom. A sovereign state (country) can be “Adhirajya”.

  13. अधिराज्य भनेको kingdom नै हो त? भाषा बिग्य लाई सोध्नु पर्ला। मलाई चाँही त्येसो लागेन है।

  14. यो ब्लगको लागि चाहीं उमेशजीलाई धन्यवाद। मलाई पनि ‍‌”अधिराज्य” शब्दको अर्थ थाह थिएन। नेपाली भाषामा यस्ता केही शब्दहरु छन् जुन नेपालीहरुको मुखबाट हट्न धेरै समय लाग्ने छ। जस्तै, श्री ५ को सरकार, RNAC, Royal Nepal Army आदि। स्मरण गरौं,२०४६ को जनआन्दोलन पछि पनि मानिसहरुको मुखबाट पञ्चायत शब्द हट्न निकै समय लागेको थियो।

  15. Good point, but what to do. It’s the human nature to wash out these words as we used for several years. It just take time, lets don’t take it seriously, or the wrong way.

    ;-)>

    inashrestha

  16. उमेश जी,
    सानो जस्तो लाग्ने तर मान्छेको चीन्तन र सोच्मा अझै पनी रहेको Dhusi parera raheko पुरातन सोच्लाई लाग्ने गरी ताकेर हान्न सक्नु भयो एस्मा तपाईंले। Maalvikaa सुब्बामा एस्तो राम्रो गरी नेपाली शब्दको उपयोग गर्न सक्ने चेत खुल्न चाँही केही काल कुर्नै पर्छ तर गनतान्त्रिक मोर्चाका कम्रेडहरुले पनी ‘अधिराज्य’ लेखेको देख्दा चाँही लेख्नेलाई भन्दा पढ्नेलाई लाज हुने रहेछ। साथीहरुलाई बक्तब्य हरु draft गरेपछी एक् पटक राम्रो सँग हेर्ने, नमिलेको केर्ने समय छैन जस्तो छ।

  17. changing words doesnot solve problems. make people feel change by doing your duties and resposibility for your country and society. if we can make our country better off under Ganatantra resigm then people will automatically start to call Federal Republic Country with proud. Is there any things you can show the difference between then and now in terms of security, development, people aspiration except so called king existance and his role?
    So make those 7 party leaders so called true and overall representative of people to follow their dutues and responsibility towards Nepal and Nepali people.

    A common nepali

  18. THIS IS TO MUCH SO THAT I LIKE MY SANSAR WITH OUT MY SANSAR I CANNOT SLEEP THANKS GOD TO EXCELENT I LIKE IT.

  19. Dear umesh ji,
    tapai lai dhanaybad,kamsay kam nepali bhasa ko “ka” deki “Gya” samma ko gyan nepali haru lai delauna khojnu va ko ma.

Comments are closed.