पछाडि फर्किएर हेर्दा

१३ वर्षअघि माअ‍ोवादीले आज कै दिन उनीहरुको शब्दमा जनयुद्ध सुरु गरेका थिए। आज काठमाडौँको यातायात ठप्प छ। माअ‍ोवादीहरु जनयुद्धको वार्षिकोत्सव मनाउन काठमाडौँमा सभा गर्दैछन्। जनयुद्ध सुरु गर्नुअघि उनीहरुले ४० सूत्रीय माग तत्कालीन सरकार समक्ष राखेका थिए। त्यो पूरा नभएपछि उनीहरु सशस्त्र आन्दोलनमा होमिएका थिए। त्यसयता समय निकै परिवर्तन भइसक्यो। माअ‍ोवादी सरकारमा समेत पुगिसक्यो। तर अगाडि बढ्ने क्रममा हामीले पछाडि भने बिर्सनु हुँदैन। के माग राखेर माअ‍ोवादी सशस्त्र आन्दोलनमा होमिएका थिए त ? आउनुस् हेरौँ।

२०५१ साल माघ २१ गते माओवादी पार्टी गठनपूर्वको संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गरेको ४० सूत्रीय मागहरू:

१. सन् १९५० को नेपाल-भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरिनुपर्दछ।
(गर्‍यागर्‍यै हो !)

२. २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ।
(डा. अमितलाई प्रक्रिया नै पूरा नगरी सुपुर्दगी गरेर खारेज गर्ने बाटो बनेको हो ? )

३. नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ।
(लगाउनै पर्छ लगाउनै पर्छ भनेर नारा लगाउने बाहेक यो पनि अहिले हुने कुरा हैन)

४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ।
(सरकारको नीति नै विदेशमा रोजगारी रहेको छ। अझ कोरियाको कोटामा सात दलको भागवण्डा गर्ने कुरा आइरहेको छ)

५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागू गरिनु पर्छ।
(यो त राजीव गान्धीले नाकाबन्दी गर्दा उठेको मुद्दा हैन- वर्क परमिट। खोई ?)

६. नेपालको उधोगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ।
(भएको भयै हो)

७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ।
(अर्थ मन्त्रालय काँग्रेसले छाडे पो !)

८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ। देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ।

९. एन. जि. ओ/ आई. एन. जि. ओ. आदिको नाउँमा देशभित्र साम्राज्यवादी-विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ।

१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमिक्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ।
(गर्ने भन्या हो तर चुनावै हुन सकेको छैन)

११. राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ।
(कागजी अधिकार चाहिँ अन्त्य भयो)

१२. सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ।
(यो पनि कागजी रुपमा भयो)

१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ।

१४. राजनीतिक प्रतिशोधका कारण झुठ्ठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायत जिल्लाहरूका वन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुठ्ठा मुद्दाहरू खारेज गरिनुपर्छ।

१५. जिल्ला‍-जिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ।

१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानविन गरी अपराधीहरूलाई कडा‍-कारवाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ।

१७. जनआन्दोलनको क्रममा मारिएकाहरूलाई शहिद घोषणा गरिनुपर्दछ, शहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारवाही गरिनुपर्छ।

१८. नेपालला‌ई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्छ।
(यो चाहिँ पूरा गराएरै छाडे)

१९. महिलाहरूमाथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ। छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ।
(सम्पतिको अधिकार चाहिँ कायम भो)

२०. सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ।

२१. दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ। छुवाछुतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ।

२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुबिधा दिइनुपर्छ उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्छ।

२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ। सरकारी सञ्चारमाध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ।
(सञ्चार मन्त्रालयमा माअ‍ोवादी नै छ। कतिको स्वायत्त छ त देखिएकै छ नि)

२४. वुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिकर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्छ।

२५. पहाड र तराइको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र शहरबीच सन्तुलन कायम गरिनुपर्छ।

२६. स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्छ।

२७. जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

२८. दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

२९. सबैलाई रोजगारीका ग्यारेण्टी गरिनुपर्छ। रोजगारी नपाउञ्जेल वेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ।
(उस् उस् उस्)

३०. उधोग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ।

३१. सुकुम्वासीहरूलाई वसोवासको उचित ब्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको ब्यवस्था नगरी सुकुम्वासीहरूलाई उठीबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ।

३२. गरीब किसानहरूलाई बसोबासको उचित ब्यवस्था गरिनुपर्छ। कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ। साना उद्योगीहरूलाई समुचित कर्जाको ब्यवस्था गरिनुपर्छ।

३३. मल, वीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको ब्यवस्था गरिनुपर्छ।

३४. बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको ब्यवस्था गरिनुपर्छ।

३५. सबैलाई नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गरिनुपर्छ।शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ।

३६. महंगी नियन्त्रण गरिनुपर्छ। महंगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ। दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने ब्यवस्था गरिनुपर्छ।

३७. गाउँ-गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था गरिनुपर्छ।

३८. कुटीर तथा साना उधोगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ।

३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ।

४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको ब्यवस्था गरिनुपर्छ।

48 Comments

  1. O bhai, timi ta kattar uml activist raichhau yar. Kina testo napunsak party ko pachhi lageko? What is d condition of uml in ur area, i dun know. Bt in my area(where jagrit prasad bhetwal of uml had won last election), uml ko condition is pathetic. Timle jati gungan gayepani bhai, amale lai sabai jantale chineko chha. Desh ma crisis bhako belama kunai bhumika khelna nasakne uml bhanda ta girija nai thik, bhrastachari bhayepani kahilekahi ramro kam ko lagi adaan pani linchha. Ajhai pani bhai jasto die hard uml ko fan dekhda achamma lagyo.

  2. Nepali janta le chahe bikas,swatantra, nyay etc pauna baki bhae pani prachand, baburam bhatarai ra girja jasta ratrabadi deshbakt janta ko rakta ko durupyog garekai.yinilai jan-nyalay ma sajay dhilai bhae pani hunenai chai.thanks

  3. जनयुद्द भन्नु नै यो नेपाली रक्तरंजित दशकको अपमान गर्नु हो , किनभने यो जनयुद्द नभएर माओवादी भन्ने पार्टीले मच्चाएको हिंसात्मक आन्तरिक युद्द मात्र थियो । जनयुद्दले राजनीति भन्दा माथि उठेर जनताको नाममा काम गर्नु पर्‍यो नि , माओवादी पार्टीको भिजिलान्ते संगठन बनेर अरू असहमतहरूमाथि हत्या, हिंसा र बर्बतरताको अराजकता मच्चाउन मिल्छ र ?

    माओवादी युद्दले देशको विकास,भौतिक संरचना र समाज र जनता बीचको सौहार्द सम्बन्धलाई अनि समाजको फेब्रिकलाई फेरि कहिलै नसुध्रिने बिन्दुमा धकेलेर मुलुकको बिनाश गरेको छ । यही कारणले अब मुलुक फेरि कहिल्यै शान्त र समुन्नत बन्न नसक्ने हालतमा पुगेको छ।

    माओवादीले राजतन्त्रलाई अहिलेको हालतमा ल्याएको भनेर उसलाई जस दिने जति प्रयत्न गरे पनि राजतन्त्रको पनको एकमात्र मुख्य कारक दरबार भित्रको आन्तरिक कलह र दरबार हत्याकाण्ड अनि ज्ञानेन्द्रको अन्धो सत्ताकांक्षा मात्र थियो भन्ने कुरामा कसैको बिमति हुनु पर्ने देखिन्न किनभने राज बीरेन्द्रको आशीर्वादमा माओवाद मौलाएको कुरा र बीरेन्द्रको बुई चढेर संसदवादी दलहरूमाथि घात लगाउने माओवादी योजना उनीहरूले नै स्वीकारिसकेको सत्य थाहा भैसकेको छ । यसबाहेक अहिले शान्ति प्रकृया, संविधानसभाको चुनाव र ७ वा ८ दलको मेलमिलापको राग जति अलापे पनि , हिजो माओवादीको कथित जनयुद्दको तारो केवल कांग्रेसीहरू थिए अनि पछिल्लो समयमा एमाले पनि काटिए मारिए त्यही जनयुद्दको बलीवेदीमा । अत: यो युद्द कहीँनेर जनयुद्द हुन पुगेको देखिन्न, यसैका कर्ताधर्ताले दिएको स्वनाम बाहेक।

    संसारमा निकृष्टतम अमनावीय निरंकूशताको पर्याय बनेका कम्युनिष्टहरू विश्वबाटै नराम्ररी बढारिए पनि , नेपालको चरम गरीबी र भोका जमातमा बनमारा झार झैँ मौलाएका छन् लोकतन्त्रको मसिहा बनेर , यो जस्तो बिडम्बना के हुन सक्छ बाँकि विश्वका लागि ?

    माओवादीले सिकाएको हिंसात्मक बाटोको उपयोग गर्दै क्षेत्र र जातको राजनीतिले मुलुकको नियतिलाई विषाक्त बनाइसकेको छ भने दसौँ हिंसात्मक ठिमाहा सन्तान पैदा गरेर माओवादले नेपालको भाग्य लेखिने निधारमा खाल्टो खोपिदिएको छ । जातको राजनीति मच्चाएर , वर्ग संघर्षको कम्युनिष्ट चरित्रलाइ मसानघाटमा पोलिदिएको छ । तर पनि जातका नेताहरू मार्फत जातमाथि पकड कायम राख्दै एकैचोटि क्षे्त्रीय र जातीय स्वायत्तताका प्रदेश पस्कने अनि जनवादी केन्द्रियताको शासन व्यवस्था पनि चलाउने अनौठो काइदाको राजनीतिमा देश हाँक्ने गुड्डी कसेर माओवाद नेपाली राजनीतिमा अनौठो वर्णशंकरको रूपमा उत्रेको छ । अनौठो छ उसको गणित , ६०० सिट भएको संसदमा १२० सिट जित्ने आंकलनको सपनमा सत्ता क्याप्चर गर्न सकिन्छ र राष्ट्रपति पनि बन्न सकिने रे ! हैन अचम्मको गणित ?

    जे होस संसदवादी फाँटका बिद्रुप र अकर्मण्य दलहरू, पतनको गर्तमा चुर्लुम्म डुबेको दरबार अनि अर्को नया प्रहसनको पात्र माओवादळे नेपाललाई एउटै प्रकारले दिएका छन् : ठगी र मुलुक अनि समाजको बिघटन अनि बिनास ।

  4. Dear Bhai,
    I saluate you.
    It is notecause u favoured right things but you opposed the wrong idea in a humble manner.This is a reason why we need UML again.
    As far as CA election,Maoist wil be around 10-20 % than UML ,which I can bet right now.

  5. Its pity that comments are pouring without touching the heart of the matter. Its shame the way we act for everything. Should we first try to change the way we think, see and etc. it would be a good lesson for coming ones.

    Maoists have done a lot. Looking at those democractic parties and their sister organisations as well as their followers they claim they are democratic. But their behaviour is more than autocratic. We have seen burning tyres, destroying government properties. Is that what we been expecting to happen from democratic followers. Of course, not. Now if we look at maoists party and their followers they believe in autocracy and have been trying to implement their principles into democratic society by means of killing and rests. Recently, they realised that via fighting it is impossible to capture the state power. Therefore, they have been trying to amend their behaviours in order to disssolve in democratic society. They are doing good progress since party believing in autocracy has changed in some extent how can even people think and imagine that maoists party will change in whole phase since the democratic so called parties have failed to practise democratic norms in their party itself. As a burning example, Girija brought his daughter despite lots of women in congress party have been working for long and with lots of experience as well. But his lady who does not even know what is democracy how can Girija bring her in the post of minister without protofolio. So, I am personally do not support any party of organisation however what I believe is good for me and my country if any person or party or organisation works on the benefit of most of people I will without fear support and encourage them.

    Jai corruption free Nepal, in particular Nepali mentality.

  6. कामरेड उपहार को घड़ी त प्रचंड कामरेड को हात मा थियो रे अहिले त्यों फेरिसक्नु भयो की नै थाहा भयेन!अनी हिजो मात्र सानो रिहर्सल गर्नु भयेछ महारा ज्यू ले पनी कांतिपुर मा हेर्नुहोला!
    तथापि उपहार भनेको सामान्य कुरा हो; नलीइ पनी नहुने! तर अधिकार दुरुपयोग हनु मा त्यसको नैतिक प्रेशर हुन्छ नै!त्यों प्रचालन को अन्त्य गर्ने कुरा तपाई र मैले गर्न बाकी छ! माओबादी को नेता हरु ले पनी उपहार मा सजिने काम शुरू गरिसके!

    एमाले ले पनी बरु केही धनाड्य पुजिपति को सम्पति जफत गरेर कार चडेको भये हुन्थ्यो; कार्यालय हरु पनी उनै धनाड्य हरुको घर जफत गरेर स्थापना गरेको भये हुने ! जग्गा जफत गरेर बिक्री गरेर पार्टी चलाएको भए हुन्थ्यो;सर्ब साधारण जनताको घर दैलो मा चन्दा आतंक मच्चाको भए हुन्थ्यो!सबैले भन्ने गरेको आरोप हरु हुन ई माओबादी माथी लागेको!! म एक्लई ले मनोगत कुरा गरेको छैन कामरेड! एमाले ले पनी त्यही गर्या भए हुन्थ्यो!जनता थियो ; कार्यकर्त्ता को कमी थियेंन;किन गरेन त? हो यही कुरा हो मैले ब्याबहारिक; र भोट वा स्वोस्तिक माथी को बिस्वास मा अडेको राजनितिक चिंतन! भ्रष्ट एमाले नेताहरू को गुन गान गाउनु छैन! ग़लत कुरा को बिरोध गरिन्छ!
    एमाले पनी त्यही माओबादी बाटो हिडनु नि!के श्रीमती लाई स्कूल खोल्न लगाएको होला; उपहार किन लीने? सत्ता मा बसेको थियो ब्यापारी हरु लाइ थर्काएको भए एमाले को नेता हरु ले पनी पाउथ्यो होला १०_१२ ओटा कार पार्टी कै लागी; त्यही चडेको भए हुन्थ्यो!
    एमाले हरु ले पनी सुन कांड को कुरा गर्ने पत्रकार हरु लाई सफाया गरेको भए हुन्थ्यो! यहा तपाई ले मेरो सफाया भौतिक रूप मा हुनुपर्छ भन्ने सोचिसक्नु भएको होला तर अरु राजनितिक चिन्तक हरु मा त्यों छैन! उदाहरण छ यही mysansar मा; तपाई ले अस्ति एउटा लेख मा कमेन्ट लेखने हरु लाई माओबादी को अरु थप कोर्रा चाहिने भनेर धमकी पूर्ण कमेन्ट लेखी सक्नु भयो! हो यही चिंतन को बिरोध गरेको हो मैले!
    भ्रष्ट ; वा इमानदारी को अग्नि परीक्षा मा माओबादी कती पास होला त्यों हेर्न बाचियो भने पक्का पाईन्छ!ती शहीद ले के देख्ने?? गिरिजा बाबु को करतूत; गछेदार ; खड़का; वागले ; रावल;गौतम; शेर बहादुर र उनकी की रानी सब को कोरिया कांड अरु धेरै पत्र हरु छन! त्यस्तई १३००० शहीद ले पनी अब हुने नाटक देखन कहा पाउने? आत्मा को कुरा अध्यात्मिक कुरा हो! उनिहरू को याद गर्नु पर्छ; कसम खानु पर्छ माओबादी ले पनी!
    मैले माओबादी को अराजक राजनितिक चरित्र को तुलना एमाले को सहज; शांतिपूर्ण राजनितिक अभ्यास संग गरेको हो! माग र त्यसको पूर्ति को पक्ष्य मा भएको भिन्न द्रिस्तिकोंन को कुरा गर्न खोजेको हो!

    भ्रस्टाचार को कसौटी; अग्नि परीक्षा मा माओबादी प्रबेस गरेको छ; सिबिर मा राखिएका छापामार सिपाही हरु लाई सरकार ले दिएको जाबो २ किस्ता निकासी को हिसाब किताब को बही सरकारलाई बुझाउन नसकने; हिसाब किताब मागने अर्थ मंत्री लाइ पार्टी अद्क्ष्य ले शान्ति प्रक्रिया भाड़ने अर्थ मंथालय को दरिवाल हो भनेर राजनितिक हत्या गर्ने र धमकी बाट अर्को किस्ता निकास लीने “”ब्लाक्मेल गरेरै गुजरा गर्ने”” अभ्यास नटुटे का कामरेड ले सत्ता को चाबी लिए पछि जनता लाई कस्तो हिसाब देलान? अनुमान लगाउने आधार प्रसस्त छन कामरेड!

    अब चुनाब मा जाने बेला एमाले का नेताहरू को बारेमा तपाई ले लेखेका शब्दास्त्र हरु को टुप्पो मा कत्तिको दम होला निर्बाचन भयो भने देखन पाइने छ! ती यस्तई अस्त्र को बिरुद्द मा शब्द को एंटी मिसाइल प्रयोग हुने छ;त्यों मिसाइल धेरै पार्टी बाट एकै पटक प्रहार हुने छ; त्यस्लाई माओबादी ले कसरी थेग्ने हो त्यों हेर्न पनी कुर्नै पर्छ!२०० जना को दस्ता बूथ को सुरक्षा गर्न खाताउने निर्णय त्यही डर को धोतक हो भनेर बुझिएको छ!
    र अंत मा अल्प काल र धिर्घ कालीन समाधान को खाका अनुसार प्रस्तुत माग हुन भनेर प्रतिरक्षा गर्ने कामरेड पेट्रोलियम पदार्थ र कृसी को लागी रासायनिक मॉल कती बर्से योजना का बिषय हुन? खाने पानी र बिध्युत आपूर्ति को माग कती बर्स मा पुरा गर्न दबाब दिएको हो?
    दीर्घ काल भनेको कती हो? १९५० को संधि कती लामो कालीन हो? समय तोकिएको छैन; यहा लाई जानकारी भए पस्किनुहोला!
    की invinitiv time veriable भित्र पर्ने माग हरु पनी राखिएको छन?
    १९५० लगायेत का असमान संधि खारेज गर भन्ने माग ५ बर्शे कांग्रेस शासन लाई ५० बर्स को समय दिएको हो की? बेरोजगार लाई बेरोजगारी भत्ता कतिबर्से माग हो? ५ बर्से शाशक लाई? कस्तो दीर्घ कालीन हो? तपाई ले त झन गुमराह मा पार्नु भयो नि?
    त्यसैले मैले माथी भनी सके यि माग हरु माग गर्ने कुरा होइनन; माग राखेर राजनितिक रूप मा बालियों; ईमानदार होइंछ भन्ने कोरा कल्पना नगरेको भए लड़ाई लड़न पर्दैनथ्यो! यि त आफ्ना प्रतिबद्दाता;र कल्पना गरेको राज्य को स्वोरूप हो! पर यूरोप scandenevian कंट्री जहा राजा को सक्रिए शासन पनी जिउदो छ! त्याहा को मोडेल ५ बर्से नेपाल को सरकार संग पुरा गर भन्ने कुरा ढोंगी नाटक बाहेक के हुन सक्छ कामरेड? हो यो हो मैले भनेको ब्याबहारिकता को प्रश्न? यही माग ले नेपाल आमा अहिले बाध्यता बस चिथोरिएकी छीन चोइटिने सम्भाबना को पीडा मा छ ; जो मैले पहिला नै भनी सके!
    अब ब्याबहारिक को कुरा फेरी आयो; एक पटक तपाई हरु सत्ता मा जानु भयो भने ती शंधी हरु को खरेजी गर्न सक्नुहोला?के गर्ने राजनीति हिन्दी फ़िल्म “”नायक”” जस्तो भैदिएको भए सबैले केही समय दिए हुन्थ्यो!
    मैले भने को ब्याबहारिकता को कुरा त्यों हो!
    यि यस्ता धेरै कुरा मा तपाई हरु को चिंतन र ब्याबहारिक धरातल खस्किदो छ! अहिले तपाई हरु को भारतिए हरु संग को घनीभूत सम्बन्ध को बिरोध हामी गर्दैनौ;एक शक्तिशाली क्षिमेकी संग को सम्बन्ध को स्वोरूप धम्किपूर्ण हुनुहुन्न; मित्रबत भयो भने नै राम्रो हुन्छ!
    तर यी ४० शुत्रिए माग हेर्दा यो भारत संग लम्पसार सम्बन्ध नाक खुम्चाएर हेर्न लायक छन!
    मैले ब्याबहारिक छोरा को कुरा गरेको यो पाटो को हो!

    भाई

  7. दिपेश गौतम
    दक्षिण कोरिया,

    मित्र! के यो जमनामा पनि म राम्रो छु भन्न अर्को नराम्रो छ त्यसले म राम्रो छु भन्न पर्छ र?? यदी आफुसँग असल गुणहरु भए त मेरा यि यि गुणहरु छन त्यसैले म अरु भन्दा राम्रो छु भने भईहाल्छ नि।

  8. Where can i find more informantin about 1950 ko samdhi?

    i really like to read

    everybody write and talk but
    what is inside…
    can we read… somewhere ..

    please please help me find this sandhi?

    thanks

  9. मलाइ चै के लाग्छ भने जवसम्म गिरीजाप्रसाद, शेरबहादुरहरूको नेतृत्वमा नेपालको शासनसत्ता रहन्छ तवसम्म माअोवादीले मागेजस्तो कुराहरू पूरा हुन अाइतवार नै पर्खनुपर्छ । नत्र त यस्तै तालले युगाै जान्छ माथि दिइएका चिल्ला कुराहरू सुन्दासुन्दै पढ्दापढ्दै नेपालीको चोला उठ्छ ।

  10. Himmat chha Prachanda ko India sanga jori khojna…ahile ko delegation lai lavish party diara phakai rakheko news ma aisakyo…

  11. माओवादीको ४० बुँदे पढ्दा त अहिले हाँसो उठ्दो रहेछ पेट मिची मिची । उस्को करनी र कथनी पनि देखियो । कसो?
    माओवादी को फोश्रो गफ पनि बढी नै भयो अब त । चुनाव भएर काठमाडौं बाट प्रचन्ड को जमानत जफत हुन बाँकी नै छ – प्रचन्ड भावी(?) अनी पहिलो (?) राष्ट्रपती रे । अनी हरेक साँझ देखिन्छ झन्डा बोकेर traffic jam गराउँदै लाल सलाम टक्र्याउँदै हिंड्नेहरुको जुलुस ।

    हाल्सालै माओवादी ले बनाएको “प्रत्याक्रमण – २” भन्ने VCD हेर्ने मौका मिलेको थियो, शायद आम नेपाली ले यो हेर्न पनि सक्दैनन् र हेरे भने पनि धेरै जना बिक्षिप्त हुन्छन होला । ईराकमा नेपाली मार्‍या के हो र यस्को अगाडि । घाइते, छट्पट्टीरहेका सेनाहरुलाई तथानाम गाली गर्दै सगौरव मारेको द्रिश्यहरु देखाईएको छ । जे हुनु त भईसक्या थियो, तर किन गौरव को रुपमा बाहिर ल्याएको होला? यो त इन्टरन्यासनल क्रिमिनल कोर्ट मा पनि राम्रै प्रमाण लाग्ला जस्तो छ । यसो भन्दैमा शाही सेना ले राम्रो गर्याथ्यो भनेको होइन । उस्को भैरबनाथ गणको कालो
    कर्तूत ईतिहास त सबै लाई बिदितै छ । तेसै हो रहेछ र माओवादीले सेना बिरुध्ध जोड्दार आवाज उठाउन ।

    जल बिद्युत परीयोजनाहरु पनि हालसालै पनि सबै भारत कै पोल्टामा हालिसके, माओवादीले केही गर्न सक्या देखियन – ईन्को पनि गफै बढी रहेछ, हिजो कान्तिपुर टिभीको सार्वजनिक सुनुवाई बाट छर्लङै भयो । नेपालले आफु हली/कमैया हुने मती खोजेको रहेछ, आफ्नो जल मा आँफैले डलरमा ऋण लिएर ईण्डियन कम्पनीलाई बनाउन दिएर, १० देखी ३० प्रतिशत सम्म बिजुली लिएको भरमा भारतलाई रु ३ मा बेच्ने रे अनी फेरी भारतसँगै रु ८ मा किन्ने रे, वाह वाह – हली हुने बुद्धी ? खरानी को लागि घर डढाउने हरु हो ।

    जे होस् १२ वर्षमा खोलो फर्किन्छ भनेको हो रहेछ । तेसैले अब १०-१२ वर्ष यसै गरी जसो तसो चल्छ अनी फेरी राजा/पञ्छायात को आउँछ हेरौँ । आखिरमा तेही हो “काले काले मिलेर खाउँ भाले”।

  12. euta thulo jan kranti ta chahiekai thiyo.. ra tyo maobadi le gareko 12 barse janayudha ko rupama agadhi badhyo ra kehi had samma safal pani bhayeko chha…aba tyasko sansthagat bikas gardai janu parcha..ani matra tyo kranti le safalta pauncha..natra uhi manche marne ra marne khel chali rahanecha…

  13. एकजना कमरेडले फेरी लामो कमेन्ट लेखेर आत्मरति गर्नुभएछ । ठिकै हो मान्छे न हो खानै पर्‍यो, स्वास्नी छोराछोरी पाल्नै पर्‍यो नेता मात्र भगवान हुन् र ? फेरी मान्छेको जात; जति भएपनि पुग्दैन । सत्तामा नै गएपछि अलि अलि पैसा आउने नै भयो, अनि शक्ति भएपछि त व्यापारी तस्करहरुलाई पनि आफ्नो वसमा राख्न सकिने भयो । अनि त त्यस्ता पजेरो र महल त के गाह्रो कुरा भयो र घरमै उपहार दिन्छन् अनन्य मित्रहरुले । हामीलाई के.पि कमरेडले सुनाएको पजेरो कहानी पनि यहि हो ।

    प्रदिप कमरेडको श्रीमतीको कमाईको सुख शैल पनि यहि त हो नि । लोग्ने मन्त्री भएपछि अलिअलि मोज त गर्नै पर्‍यो नि प्राइमेरी स्कूलबाट त्यत्रो करौडौँ को सम्पत्ति आउँछ भने फाल्नु पनि त भएन नि हैन त प्रदिप कमरेड ?

    देवी ओझा र राधाकृष्ण कमरेड त महाराजको पोल्टामा गए अव तिनका महलका के चर्चा गर्नु । अनि विचरा सि.पि कमरेड पनि एउटा सानो झुन्ड लिएर वसेका छन् तिनका महल र एमाले ९ महिले शासनमा मन्त्री हुँदा मल काण्डबाट कमाएको पैसाको के चर्चा गर्नु र ।

    अनि विचरा वामदेव कमरेडलाई चाहिँ म इमान्दार नै मान्छु किनकि उनले हाक्का हाक्कि भने पार्टिको लागि भ्रस्टाचार गरेको, वोरामा पैसा ल्याएको; विचरा चाहिँ सोझा नै रहेछन् एउटा घर सम्म बनाउन सकेका छैनन् अहिले सम्म ।

    शेरवहादुर पो वदमास त महाकाली सन्धी पास गर्ने बेलामा एमाले कमरेडहरुलाई करोड करोडको पैसा वाँडेडन्; अनि त केन्द्रिय कमिटिले सन्धिको विपक्षमा जाने निर्णय गर्दा पनि कमरेडहरुले सन्धि पास गरिहाल्नुभयो । कस्तो व्यवहारिक राजनिति, त्यो नगरोस् त ठूल्दाइ रिसाउने भयो अनि रिसाउन त दिनु भएन नि । यो भन्दा व्यवहारिक राजनिति अरु त हुनै सक्दैन; कि कसो कमेन्ट लेख्ने कमरेड ?

    अनि मान्छे न हो यौन र मोजमस्ती त चाहिहाल्यो, कमरेडहरुले संसद चलेको वेलामा कहिले काहिँ यसो आँखा छलेर शुरा सुन्दरीमा भुल्दै सरकार ढाल्ने खेलमा सामेल भए त कुनै ठूलो अपराध त गरेका हैनन् नि; राजनिति हो क्यारा शक्ति लिनको लागि जस्तो अनैतिक काम गरे पनि Everything is Fair in Love and War.

    इस्वर कमरेड आफू मन्त्री भएको वेलामा आफ्नो सालो सुन तस्करीमा पर्दा सहयोग नगरे कहिले गर्ने त । यहि त हो नि व्यवहारिक राजनिति, परेको वेलामा मद्दत नगर्ने मान्छे त एकलकाँटे र अव्यवहारिक भइहाल्यो नि ।

    भिम रावल कमरेड पनि के कम र गिरिजा बावुले लाउडा उडाए उनले गिरिजाको मेख मार्न चाइना साउथ वेस्ट उडाए । कस्तो जस्तालाई त्यस्तै गर्ने व्यवहारिक राजनिति ।

    कमरेड, मैले वुझेको ४० शुत्रीय माग दिर्घकालिन र अल्पकालिन खालको विषयवस्तु समेटिएको माग हो । यसमध्य मुख्य राजनैतिक विषयवस्तुहरु अहिले स्थापित भएका छन् र त्यो पुरा हुने दिशामा मुलुक जवरजस्त प्रवेश गरेको छ र त्यसलाई रोक्ने प्रतिक्रियावादि घेराबन्दि पनि उत्तिकै छ । अनि “तेरो कुरा इस” भन्दै जायज मागलाई पनि पुरा नहोस भनेर धुप हाल्ने एमाले प्रवृत्ति चाहिँ गिरिजा वाबुको मेख मार्न प्रतिगमन सच्चियो भन्दै ज्ञानेन्द्रको खेताला सरकारमा गएजस्तै कम्युनिष्ट आन्दोलनका व्यवहारिक छोराहरुको व्यवहारिक राजनिति हो कि कमरेड ?

    द. कोरिया

  14. माग हरु धेरै राम्रा रहेछन । पहिले नै थाहा पाएको भये म पनि माओवादी हुने थिए होला। माग पुरा गर्ने अबसर दिन माओवादी लाई एक पटक चान्स दिनु पर्छ भने मेरो मन्यता हो। अरु सबै को शासन देखी सकियो। लिज मा माओवादी लाई ५ बर्से चान्स् दिदा पनि केही नभये नेपाली ले अत्मा हत्या गर्नु कि ईन्डिया जिन्दाबाद भन्नु ।

  15. To Maheshor and annie,
    We all know that history is always written by the winners. “Itihas jitneko ghoda ho”. So, the answer to what history will be written is simple. If Maoist party is the winner they’ll write, “Our great comrades’ve devoted their lives to put a full stop in the then autocratic king and totalitarian Nepali Congress Party.”
    If NC wins, they will write, ” We’ve saved our state from a terrorist groups who calls themselves a political party.”
    If king is the winner, he’ll write something like,” With full support from Nepalese people, his majesty has put his life in risk and saved the nation from those who were conspiring against our beloved motherland and planning for a high treason.”
    So, time’ll tell us, sooner or later, what history will be written. I don’t think it will depend on which historian is writing that history, but it’ll depend upon who is making him write that history.

  16. heheheh…what a list of demand…bau ko cycle chadne aukat chaina…chora lai motor bike…12 bunde…13 bunde samjhauta garna lai India na gai hudaina…Nepal ma hanchyu ayo bhane sigan puchan Delhi janu parne le…40 wata mang ma 12 wata ta India ko against ma cha….garau garau…demand gardai ma k po bigrincha ra…free health/free education America le ta purayuan sakeko chaina….Nepal ma mang rakhera kasko po jhako jharcha ra…ajai 20/30 hajar garib mare Nepal ko garibi ghattyo ki…Nepal ko per capita income badthyo ki…Maobadi le 13 barsa ma auta chai ramro kaam gare…15000 Garib/Nimukha Nepali lai marera uniharu lai jindagai bhari ko pida bata mukti diye…Prachanda le ta Bhagwan Shiva kai kaam kare…Raja Bishnu hunn bhane Prachana Shiva nai hunn.

  17. It was just strategy of Maoist to reach in power (satta), People’s War was drama which is clear now.
    Sahid ko kheti garera sathi haru le satta ko politics gare which was very bad.

  18. sahi bhannu bho pooja ji.

    They were determined to start ‘bloody war’ before lodging the demand. They plunk such demands that no one could have been able to fulfill all at once. Just read the demands, most of them may take decades to be fulfilled even if the government try to do it full heartedly.

    Bloody Prachanda!!!! nickname alone indicates that he is not less than a demon.

  19. Who is this people named Madan ? I think he was born in the moon. Why he is living in this world.

    Lets hope there will not be added to our earth from any planet.

  20. गर्नु नपर्ने काम लाई शब्द मा पनि किन कन्जूसी गर्नु पर्‍यो र ? अब आफु सरकारमा भएको बेलामा अरु कसैले यही माग रखोस् त के हून्छ answer sir हरु को ??

  21. LOOKING AT THEIR DEMANDS SPECIALLY THE ONE WITH INDIA AND THE BORDER. I AGREE 100000000 AND 10000000000 %. THAT IS THE ROOT CAUSE OF EVERYTHING NEPAL IS TODAY. DAMN INDIANS

  22. Maheshor Dhakal Jee form Japan!
    I am impressed by your comment. I also wan to read the new history about past 13 years. Yeah, I remember Dr. Tulsi Ram Vaidya,Head of History Dept, T.U, once taught us “History should be re-written every 10 years”. Lets wait and see how new history is written?

    annie, USA

  23. Umesh jee,
    Please give us opportunity to watch and listen Prachanda adress at Khulamanch today. I heard mass gathering is bigger than 7 party’s Open Air theater.
    Don’t you have video ?

  24. What did maosit acheive by killing 15 thousand people? and taking country in the civil war? Nothing worst has happened yet. it is yet to come. wait and see. Future of nepal is owrst than iraque and afagnstan. Now india is playing role to use nepali politicians and america is looking for place to put its army base permannetly innepal so it can bargain with India and china. there is never sopels war in nepal . it was all india’s propoganda. We have to understand all these politics. Nepal is almost failed state. Now its time for all nepali to understand this. Now what else maoist want another civil war? by killing people? LOOK if even today 6 party dont understand the propoganda of india and maoist tactic to capture power by force Nepal will not be a nepal with in 2 years. Pashupati nath le nepali neta lai yeti upadesh sikaidiun.

  25. लौ यहाँ पनि त राजतन्त्र अन्त गर्नु पर्छ भनेर लेखेको रहेनछ। खाली राजा र राजपरिवार् को विसेशाधिकार अन्त गर्नु पर्नेछ भनेको रहेछ. भनेको मतलब राजा चाँही हुन सक्ने तर उस्को अधिकार मात्र कटौती गर्दा हुने रहेछ, तेसैले होला माओवादीले राजावदी सँग मिल्न थालेको अब पो कुरा बुझियो बल्ल।।।।।।।।।।।।

  26. Things like free health care system, and unemployment benefits are easier to demand, but how practical it is. I guess doctors would not be willing to work for free, nor the medical schools will be willing to have free seats for MBBS students,,nor the government can pay to cover all the expenses of healthcare system. Coming to unemployment benefits,,how many people would ever want to work if they could get government benefits for not having a job..(it will be like the scenario of african americans in USA most of whom live on govt welfare, free housing and foodstamp,,and never even bother to work)..Anyway the demands sound good,,but well not most of them too ideal to be practical..
    Things like corruption free society can be implemented only if the minds of people change and people stop dreaming of fast track options to be rich.

  27. Bhusal ji,
    Absolutely right. As it goes in English: ‘power corrupts, absolute power corrupts absolutely’. Did not know that you’re there.

  28. “मर्निङ शोज द डे “वाई सी एल ले सिङो माओवादी पार्टीको सत्ता को झल्को त दिए कै छ नि फेरी किन प्रचन्ड ले अर्को पुराण सुनाएर माओवादी सत्ता एस्तो हुन्छ उस्तो हुन्छ भनेर जनता लाई बेबकुफ बनाउन खुला मन्च मा खोक्नु पर्‍यो र? मह्न्त ठाकुर र गिरिजा को भित्री सांठ गांठ पनि नबुझने प्रचन्ड ले के चुनाव को डिं हाके का होलान। कठै राजनीतिमा बच्चा नै छन माओवादीका स्वोघोषित राष्ट्रपती! मदेस का आन्दोलनकारी सामुहहरु संग ज्ञानेन्द्र र गिरिजाको के षड्यन्त्रकारी सम्झौता भय को छ चुनाव हुन नदिन त्यो पत्ता लगाएर खुला मन्च मा जनता सामु राख्न सक्यौ भने बल्ल जनता ले पत्याउलान प्रचन्ड नेपालीका पनि राष्ट्रपती हुन लायक छन भने र, न कि वा सी एल को राष्ट्रपती ।।।।

  29. The fruits are in Sky. How to reach it?!

    To fulfill all the demands, our economy should be bigger than USA and Japan. Those demands at the present economy, is impossible to fulfill. How can government provide unemployment allowance to the people. Do they know, lots of children are dieing just by inavailbility of Cetamol and Jeevan Jal.

    So, these demands are only the political propoganda. Anyone can demand, thousands of things, but do they realize the capacity of Government.

    When I was child, I used insists my fahter to buy all the stars. And, he used to satisfy me by saying he will buy it for me tomorrow. I used to be happy with this.

    At present, I realized the sillyness of my demands, incapacity of my father and the solution “tomorrow”.

    May be nepalese people will realize all these before CA election and show their verdicts againts—–

  30. जनयुद्द को १३ बर्ष गाथ को उपलछमा हार्दिक मङ्गलमय शुभ कामना। नयाँ दिन गणतन्त्र लाई सस्थागत गर्न र संबिधान सभाको चुनाव गर्न प्रेरक बनोस यही शुभकामना छ।
    अनी जनयुद्दको दौरान मा शाहीद हुने सम्पूर्ण महान शाहीदहरु लाई भाबपूर्ण हार्दिक स्रदान्जली।
    aasish
    swiss

  31. मावोवादिहरुका तत्कालिन मागहरुको महत्व अहिलेपनि उत्तिकै छ भलै अधिकांश पुरा भयका छैनन,सकारात्मक आशा गरौँ ..पुरा हुनेछन तर दुखलाग्दो कुरा मावोवादिपनि सरकारम सामेल भैसकेपछिपनि कुनै फरक नदेखिनु हो ! मेरो सामान्य बिश्लेषणमा सरकारमा गययता मावोवादिहरुले आफ्नो छवि अत्यधिक गुमायका छन !जसले उनिहरुको आगामि बाटो अप्ठ्यारोमा पार्ने निश्चित नै छ !

    मावोवादिहरुले चौध बर्ष अगाडि उठायका सबै मागमा मेरो १०० % सहमति छ ! मलाइ लाग्छ कुनै बाद या पार्टिको सदस्य नभैकनपनि राम्रोकामको समर्थन र नराम्रोको बिरोध गर्न सकिन्छ !

    मदनजिले कमेन्टमा ‘ पहाडि’ को बिशेषण जोड्नुभयको देख्दाभने उहाँको बौदिकताप्रति टिठ लाग्यो ! कुनै ब्यक्तिबिशेषका कारणले सम्पुर्ण समुदायप्रति नै तिक्तता पोख्नु अलि असुहाँउदो कुरा हो कि ?

  32. wah wah wah…gajab mag chha maobadi ko…….
    jamin jotne ko hunuparchha….??????? usobhaye plane pilot ko hunuparla…hospital doctor ko hunuparla…hahahha..hami nai herau na kati saidhantik rup le nagiyekachaan maobadi haru…yo kehi haina fagat satta ma aauna ko aauta matra bato ho..ra mero bhanaima ta maobadi sanga ko samjjhauta nai nepal ra nepali ko lagi itihas mai sanbhanda thhulo galti ho…

  33. माग गर्नु ख़राब कुरा होंइन; तर आफ्नो बाबु आमा को वा आफ्नै परिबार को औकात बिर्सेर उफ्रिने छोरा ले या त आमा लाई रंडी बन्न बाध्य बनाउछ या त बाऊ लाइ दास वा नोकर!तर नेपाली कम्निस्ट आन्दोलन को एक ठुलो कित्ता ब्याबहारिक छोरा को भूमिका मा तल्लीन छ त्यों हो एमाले! हरेक संकट लाइ शांतिपूर्ण र जनताको अभिमत झल्किने बाटो बाट निकास खोजिरहेको छ! त्यस्लाई सत्ता स्वार्थ भन्न सकिएला तर माथी एक जना साथी ले उधृत गरेको भनाई “उद्श्य; टारगेट जहा जे भये पनी राज्नितिको पहिलो र प्रमुख काम “struggle for power ” नै हो! एमाले ले त्यों गरेको छ त्यस्लाई लाइ ग़लत ब्याख्या नगरे हुन्छ!!shatta bina raajitik udshy pura hunau shakdain bhane tyasko lagi prayas ta garnai parchh! banduk le tyo shatta janmaaune waa janta ko hat ko swostik baat tetti farak ho!
    आज हाम्रो मुलुक दिन्दिनै बलात्कृत भएको छ; हाम्रा नेता हरु दास भैरहेका छन! त्यों बाहेक केही पाएको छ जनता र देस ले?
    आज हरेक दिन बिदेशी शासक हरु त्रिभुवन बिमानस्थल ओर्लेका छन; टेलीफोन को घंटी बाट कति चिथोरेहोलान; त्यसले नपुगेर घेरा भित्र नै आएर कर्म काण्ड गर्दै छन!
    के यो सब घटना ले ती ४० माग हरु मध्य रास्त्रिएता को सबाल का कुरा हरु लाई संबोधन गर्ला? समाधान गर्ला?
    १९५० को संधि ले माओबादी लाइ मात्र पिरेको हो र? राजा बीरेन्द्र समेत त्यों संधि को मार मा परे २०४६ मा!अब राजनितिक दल को पालो छ! आज गणतंत्र को मूल्य मा हामिले उनिहरू संग गरेको समझौता परस्त ब्याबहार ले हाम्रो भोली को संतति र शासक लाई यो भन्दा बढ़ी पीडा दिने छ! बिगतका संधि समझौता बाट त्यों सिक्ने की नै? त्यही बिगत को संधि को बहाना मा मुलुक मा युद्द गर्ने अनी कमजोर भएपछि उनिहरू संगै नया समझौता हरु गर्दै जाने हो भने हaमी सिक्किमिकरण को स्वाद चाखन बाध्य हुने छू!?त्यस्तई त छ दृश्य!हैंn र? मैले यो मaग राखेको ले आज यस्तो भयो भनेर नाक फुलौने अबस्था छ र कही कतई? भए पस्कनुहोला सथिहरू!
    केही बुदा मा अशहमति हुदा हुदै;मागहरू राम्रा छन भन्नुपर्छ! जनताको अगाडी जाने बेला कसले नराम्रो कुरो लिएर जान्छ?मैले पनी नया पार्टी खोलेर यस्तई माग को लिस्ट तयार गर्ने हो भने र सर्कारले पुरा गर्ने हो भने यस्तई ३०_४० माग राखन सक्छु; जो झट्ट हेर्दा यूरोप को देस को कल्पना मा डुबाउने छु जनता लाइ!त्यों त समाधान को तरीका होइन नि?त्यों नै मेरो महानता हुन सक्दैन होला नि? हो हामिले त्यों बुझ्यो भने माओबादी कति रुझेको छ? र कति मनचिंते कुरा गरिरहेको छ भन्ने बुझ्न सकिंछ!!
    ती ४० शुत्रिए माग हरु राम्रा छन तर सबै ब्याबहारिक छैनन! त्यस्ता कुरा हरु माग गर्ने होइन राजनितिक शहभागिता ; नेतृत्व र शासन को पदीय जिम्मेवारी बाट पुरा गर्दै जाने गरी एउटा योजना भित्र राख्ने हो! स्वोर्ग को माग अरु संग गर्ने हैंन आफुले त्यों बनाउने अभ्यास गर्नु पर्यो! त्यसको लगी जनता को मन जित्नु पर्छ ; शासन को बागडोर हात मा ल्याउनु पर्छ अनी प्रयास गर्नु पर्छ!माओबादी लाई त्यों शुभकामना छ!; गरून! सफल होउन!

    भाई

  34. युद्ध आफैमा निर्मम हुन्छ तर पनि किन मान्छेले जनताले किन हतियार बोकेर मृत्युलाइ हत्केलामा लिएर जनताको लागि युद्धमा होमिन्छ त्यो बारेमा पुराना सत्ताका नेता भनाउदाहरुले बुझनु पर्यो
    Bibak

  35. धन्यबाद उमेशजी
    नेपाली सर्बहारा बर्गको अग्रदस्ता ने क पा माआबादीले किन सशत्र आन्दोलनको घोषणा गर्नु पर्यो भन्ने कुरा प्रष्ट पारिदिनु भएकोमा । पुरानो सत्ताका यथास्थितिबादीले हाम्रो देशमा चलिरहेको न्यायपुर्ण आन्दोलन जब तब मात्र सफल हुन्छ जब पुराना सत्ताकोमा रहेका नेता भनाउदा ब्बाँसाहरुलाई शिबपुरीमै लगेर दाहसंस्कार गर्नु पर्छ ।

    नBन बेल्जियम

  36. आशा गरौ न के भो र।
    Fully भरोशा चै नपरौ होला कि कसो हो ?

  37. few points are missing like

    Politicians should not miss use of their power.

    Employment opportunity should be given equally to all; politicians should not back only their family member.

    Also Maoist should behave like gangster.

    and lot more

  38. Umesh Ji,
    Dhanyabad tapae lae! yee maag haru ta maoist harule pani birse holan! Uniharu lae pani ek choti uniharu kai maag ko bare ma jankari dinu bho.

    Nepali janata lae chuserya khan baki yo desh ma ko chae baki cha ra aba.

    Tyasai le…. Jaaga Janata Ab Ta Jaaaga! Aafno hak, adhikar ko lagi aafai aandolit bana. Timi haruko lagi bhanera garidine yaha aba kohi rahena.

  39. Very nice rememberance! I would like to ask maoist comrades, how many % of their demand are full filled!

    What good(which was not done other party yet) was done by Maoists?

  40. Thanks for the information and great artical. I liked the demands and can be fulfill but takes time and they need to be constant on their demands with possitive and supportive sector.

  41. १३ बर्ष अगाडि एकातिर शेरबहादुर देउवा प्रधानमन्त्री थिए र उनलाई पछाडिबाट अहिलेका प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले साथ दिइरहेका थिए भने अर्कोतिर डा. बाबुराम भट्टराईले यिनै ४० सुत्रिय माग लिएर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गएका थिए र उनलाई पछाडिबाट माओवादी नेता प्रचन्डले साथ दीइरहेका थिए। त्यतिबेला जसरी पनि माग लिएर तत्कालिन सरकारसँग जान जती प्रचन्डको दवाब बाबुराम भट्टराई माथि थियो, तो भन्दा बढी ति मागलाई लिएर टेर पुच्छर नलगाउनक लागि गिरिजा प्रशाद कोइरालाको दवाब शेर बहादुर देउवा माथि थियो।

    यदी म गल्ती छैन भने, १३ बर्ष पछाडि दुबै खेमाका पर्दा पछाडिका खेलाडी पर्दा अगाडि आए, र तत्कालिन पर्दा अगाडिका खेलाडी क्रमश डा. भट्टराई र शेरबहदुरले पछाडिबाट प्रचन्ड र गिरिजाप्रसाद कोइरालालाई मिल्नमा सहयोग गरे। तर अफ्सोच १३ बर्षमा १३००० नेपाली ले ज्यान गुमाए, हजारौ घाइते भए लाखौं पीडित भए।

    सर्सर्ती हेर्दा यो १३ बर्षमा नेपाल यो अवस्थामा आइ पुग्नमा यि चार जना खेलाडिको अहम भूमिका देखिन्छ। तर नेपालका इतिहासकारहरुले यो १३ बर्षको ईतिहास कसरी लेखछन, र कस्को कती दोस वा गुण कसरी केलाउछन। मलाई त्यो ईतिहास पढ्ने रहर छ।

  42. Hans Margantheou has told, “whatever the ultimate goal, the immediate goal of politics is ‘struggle for power'”. Maoists also are not exceptions.

    They waged ‘peoples war’ to gain power and reached there. Now they got it and want to retain in.

    There is no one to care for the worries and inconveniences felt by the common people so far.

    Believe or not this is the fact. These political actors may utilize national or international power centers to facilitate them to retain in power, not to do away with the worries of the common people.

    Yubaraj Kabul, Afghanistan

  43. यो माग हरु मध्ये कतिपय प्रचंड लाइ पी यम् बनाए पानी पूरा गर्न सक्दैनन |जनता लाइ कती उल्लू बनाउछाऊ पहाडे पाखे नेताहरू ???देस को स्वाधीनता लाइ बिदेशी पोल्ता माँ लगेर हालिसक्येऊ ??भोली नेपाल इंडिया ले लियो भने तिमिहरू को हैसियत दरबान,बहादुर ,कप्तान,सलाम साँप !!!

  44. la maag haru ta ramro nai rahecha, tara aaba ta maobadi pani ta sarkar maa aayeka chan. tyo maag haru madhyee kati ota uni haru swyam le pura garera. ankhir j gare pani satta ma aaye pachi tyo maag haru khali kagaj maa matra simit rahancha tyo chai maobadi bhanee haru lai pani taha hola.

Comments are closed.