जीवन घनचक्करको घानमा

बहुचर्चित उपन्यास ‘घनचक्कर’ का स्रष्टा सञ्जीव उप्रेतिसित घमाइलो बिहानीमा भएको घनचक्करिलो गफको अनुभव बाँड्दै कृष्ण ढुंगाना-

-कृष्ण ढुंगाना-

कीर्तिपुर र विश्वविद्यालय (पार्कलाई समेत) लाई सञ्जीव आफ्नो जीवनको अभिन्न पक्ष ठान्दा रहेछन् । ‘कीर्तिपुरको समग्र आरोह-अवरोह बाहेक मैले जीवनमा केही गरेजस्तै लाग्दैन ।’ हुन पनि सन् १९८६ हिउँदमा युनिभर्सिटीको पार्कतिर भेटिने सञ्जीवले जीवन साथीलाई पनि त्यहीँ भेटेका रहेछन् । अनि एमए सक्नासाथ उनको अध्यापन जीवन अंग्रेजी केन्द्रीय विभागमै सुरु भएछ । ‘कीर्तिपुरसँग एउटा सार्थक सम्बद्धता निरन्तर चलिरहेछ’- एउटा घमाइलो बिहानीमा घनचक्कर उपन्यासका लेखकले मुस्काउँदै सुनाए । हो, यहाँ नाटकका हिरो सञ्जीव, लेखक सञ्जीव र शिक्षक सञ्जीवका बारेमा कुरा गरिँदैछ ।


विद्यालय जान थालेको पहिलो दिन सञ्जीवलाई झापाको शनिश्चरे माविमा अग्ली केटीहरुको छेउमा एउटा सानो र दुब्लो विद्यार्थीसँग राखिएछ । ‘म पनि त्यतिबेला सानो र दुब्लो नै थिएँ’- उनले मुस्काउँदै भने । ‘त्यो दिन मैले देखेको सानो र दुब्लो मान्छे कृष्ण भट्टराई -धराबासी) रहेछन् ।’ अहिलेका उस्ताद लेखकहरु त सँगै हुर्किएका पो रहेछन् । उमेरले शासन गर्ने त्यो बेलामा पढाई भन्दा बाहेक यिनले के के गरे होलान् – ‘कोही कोही ठूला कक्षामा पढ्ने केटीहरु मनपर्ने पनि हुन्थ्यो’- सञ्जीव केही र्समाएजस्ता भए । ‘केटीहरुसँग लजाइन्थ्यो’- अप्ठ्यारो मानी मानी उनले भने । यी लेखकको त्यत्रो टिनएज त्यसै बित्यो त – ‘मैले एउटीलाई मन पनि पराएँ’- बल्ल लेखक केही भन्ने मुडमा देखिए । ‘केटीहरुको पछाडि पछाडि धराबासी र म जाने, मौका मिले प्रेमका कविता सुनाउने गथ्र्यो’- टपिकको बिट मार्दै उनले सुनाए- ‘त्यो गाउँले परिवेशमा अहिलेको जस्तो फास्टट्रयाक प्रेम चल्दैनथ्यो ।’

कान्तिपथको ब्रिटिश काउन्सिल पुस्तकालयले सञ्जीवभित्र दबिएको साहित्यको तिर्खा जगाएछ । ‘त्यतिखेर झन्डै जोगी भएर हिँडेको ।’ मैले देख्न नपाएको त्यो पुस्तकालयसँग गजबै शक्ति थियो जस्तो छ । सञ्जीवका गुरु अभि सुवेदीलाई त अझ ‘प्लाष्टिक हिप्पी’ नै बनाएथ्यो त्यसले । यिनमा अरु के के तत्वज्ञान भरेछ – ‘त्यसपछि साइन्स मेरो क्षेत्र हैन भन्ने बुझेँ’- उनको स्वरमा ताजगी बढ्यो । ‘अनि अंग्रेजी साहित्य पढ्न दार्जीलिङतिर लागेँ ।’

कुराकानीको राउन्डमा घनचक्कर उपन्यासले प्रवेश पायो । ‘चक्करहरुको पनि महाचक्कर जस्तो लाग्ने घनचक्कर के हो खासमा -‘ तीन फिटको दूरीमा रहेका उनीसँग मेरा आँखा लगातार २० सकेन्ड जति जुधे । केहीबेर अकमकाए । ‘अँ…अँ जिन्दगी’- सटिक र जटील जवाफ आयो । ‘हो, घनचक्कर जीवन हो किनभने कोही पनि शक्ति संघर्षबाट टाढा छैन’- सञ्जीव आफ्नो पुस्तकमा थ्योराइज गरिएको घनचक्करवादभित्र प्रवेश गर्दैछन् । ‘अस्तित्वको केन्द्रमा अभावको ठूलो प्वाल छ, त्यस प्वाललाई भर्न कहिले हामी पैसा जम्मा गर्र्छौं भने कहिले नाम कमाउने कोशिष गर्र्छौं ।’ घनचक्कर पनि त्यस्तै अभाव पूरा गर्न लेखिएको हो कि –

‘कलमधारी लेखकहरुको गाडी सधैँ नाफामै चल्छ है -‘ उनी फेरि अलमलिए जस्ता भए । ‘मतलब लभ परे गाडी फाइदामा, ट्रयाजिडी नै पर्यो भने त बिजनेस बुम नै हुने भो नि ।’ म हाँसे, उनी मुस्काए मात्रै । टाउको हल्लाएर उनले सहमति जनाए । र थपे- ‘आख्यानमा पर्ूण्ा रुपमा कल्पनाशीलता मात्र हुँदैन, त्यहाँ केही न केही लेखकको जीवनका वास्तविक रंगहरु हुन्छन् ।’ उनको बुझाईमा अनुभवहरु लेखकका लागि कच्चा पदार्थ हुन् । र, ती प्रशोधन भएर शब्द, स्केच र पर्दा लगायतका माध्यमहरुद्वारा र्सार्वजनिक हुन्छन् ।

घनचक्करका धेरै जति पात्र काल्पनिक नभएर वास्तविकै छन् । अंग्रेजी विभागका अरुण गुप्तोदेखि काठमाण्डू पोष्ट र प्रतीक प्रधानसम्म पनि । किन त्यसो गर्नु परेको होला ? ‘दरबारहत्याकण्ड कसले गर्‍यो ?’- गुरुजीले उल्टो प्रश्न पो तेर्स्याए बा । ‘दीपेन्द्रले कि ज्ञानेन्द्रले ? हाम्रो इतिहास पनि फ्याक्ट र फिक्सनमा स्पष्ट छैन’- उनले इतिहास लेखनप्रति गहिरो आशंका व्यक्त गरे । उनको मोबाइलमा फोनको घण्टी बज्यो । मैले मोबाइलमा घडी हेर्ने मौका पाएँ । बिहानको १०:२० भएछ । टीयुको अंग्रेजी विभागको एम्फील कार्यक्रमका संयोजकलाई परीक्षाका लागि हिँड्न हतार छ । तैपनि सोधिहालौँ । ‘जीवन के हो ?’ तुरुन्त जवाफ आयो-‘घनचक्कर ।’ फेरि घनचक्कर ! अंग्रेजी विभागतिर यिनको नाउँ त्यसै फेरेर ‘घनचक्कर’ रुपान्तरण भएको हैन रहेछ ।
[email protected]

10 Comments

  1. sathi haru le yo ghanachakkar padheko bhaye yeso sarams kornu bhaye ma jasta yo pustak napadheka le pani jindhaki ko ghanachakar bhujne thiye ki,

    cila

  2. बधाई कृष्ण जी , गज्जब छ । मैले लेखाइको कुरा गरेको पात्रको होइन नि । ‘घनचक्कर’का विषयमा विभिन्न कोणबाट बहस गर्न सकिन्छ । किन भने घनचक्कर एउटा कृति हो । तर सञ्जीव उप्रेतीका विषयमा बहस गर्न सकिन्न कि । किन भने ऊ एउटा मान्छे हो । नेता होइन । हाहाहा…. ।

  3. सञ्जीव जी को घनचक्कर मलाई पनि कसैबाट उपहार स्वरुप प्राप्त भएको छ । पढ्ने फुर्सत मिलिराखेको छैन । म पनि चाँडै नै भरसक चाँडै यसलाइ पढ्नेछु । उपन्यासको चर्चा सुन्दा त निक्कै नै राम्रो होला जस्तो लाग्यो । फेरी उपहार पठाउने ले पनि यसमा केहि तत्व देखेर नै पठाएको होला; जसरी पनि पढ्ने फुर्सद निकाल्छु ।

    द. कोरिया

  4. जे होस् घनचक्कर मलाई चै राम्रो लाग्यो, अली अलग धारको पनि । प्रस्तुती बेजोड लाग्यो, साना साना कुराहरुलाई मिठो र सरल ढंगले वर्णन गरिएको छ । जस्तो: जोगी हुन जाँदा लियिएका कुराहरु, जोगी हुँदाका अनुभवहरु, पाटी बसाइको वर्णन, हजुरबाको पलाको त्रिशुल, भोक लाग्दा किनेको खाएको कुरा, कागजको टुक्रा, आन्दोलन … हरेक क्रीयाको सुक्ष्म वर्णन छ । कसरी यस्ता कुराहरु दिमाग मा आयको होला जस्तो लाग्छ । त्यो दौडादौड, कुँदाकुद, “थाहा” अनी “खोज” को खोजी, वास्तवमै साँच्चै हो कि ! त्यो पात्रले तेसै गर्या होला कि जस्तो लाग्छ । अनहोनी जस्तो लाग्दैन ।

    सपनापनि होइन, बिपना पनि होइन, बहुलाहपनपनि होइन, यथार्थ त झन हुँदै होइन, त के हो त? हो तेही हो घनचक्कर । वास्तवमै सार्थक शीर्षक बन्न पुगेको छ घनचक्कर । अङ्रेजीका प्राध्यापकको नेपाली भाषामाथि को पकड पनि मान्नै पर्छ ।

    नाटक पनि छ क्यारे, हेर्न मन थियो, हेरौ कहिले जुर्छ ।
    कुनै दिन भेटे कुरा गरौँला, शुभकामना छ उपन्यास्कारज्युलाई ।

  5. Good writing on author life. Sajeev Uprety is Post Modern author of this 16th century Nepalese society.Many people don’ know about Sajeeb Ganachhakar theme till now, they will probably introduce to Sanjeev after 20 years after. I had read his book and seen drama too. Thanks Dhunganaji and umesh
    rajiv
    balwatar

  6. He is my guru at TU. And he is the best teacher I have ever met.To know his greatness you should talk to hime once.

  7. संजिवको घनचक्करले रिंगटा लाग्न पनि सक्छ है साथी हो । विचार गरेर पढ्नुहोला । उनी कालोपुलदेखि गौचरनसम्म हिँड्दा भने साँच्चिकै घनचक्कर लाग्ने मुद्रा पो देख्छु म त उनमा, जदौ ।

  8. सन्जीब जी दुब्लाउनु भएछ, हरेक दिन्को बन्द र हड्तालले काठमाडौंमा सप्लाई पुगेन की।

  9. Hamra gaule dai haru ko kura sunna pauda sarai khusi lageko cha editior bhai. Sanjeep Upreti has written new drama. This makes me happy. He is labourious and different than others. Krishna Dharabasi dai ko samakalin sathi bha a kole Sanjeep dai lai pani literary field tira ramrai interest rahecha. America ma basera uha haru ko kura sunaunu bha a ko ma thank you. Ra dubai dai haru ko aja dherai pragati hos. Subhakamana.

Comments are closed.