माछी मार्न जाउँ न दाजै….


तर हैन, यो माछा मार्न बसेको दृश्य चाहिँ हैन। कान्तिपुरमा छापिएको सरस्वती कार्कीले खिचेको यो फोटो रमाइलो लागेर यहाँ राखेको हुँ। आजको ‘कान्तिपुर’ हेर्नुभएको पक्कै तपाईँले थाहा पाइसक्नुभयो होला सुनसरीमा हिजो देखिएको यो दृश्य केको हो भनेर। हेर्नुभएको छैन भने चाहिँ गेस गर्नुस्।

56 Comments

  1. मलाई चाँही धरो धर्म थाहा थिएन , हा हा हा, एस् एल सी मा चिट पो चोराएको हो? मैले फोटो हेरे निक्कै सोच्ने कोशीश गरे तर मैले सोच्न नै सकिन, बल्ल थाह भयो, चिट चोरेर पास् त होला , तर भबिस्य मा पनि चोरेर नै खानु?

    *****yelamber*****

  2. “शिसिर”जी !
    आशा गरु अहिलेको संबिधान सभा को चुनाव सफल होस र तेस पछी बन्ने नेपालको सरकारले शिक्षा निती मा परिवर्तन ल्याओस । खास गरी हाम्रो मुलुक मुलुकबासी हरु गरीब भयकाले गरीब को हित लाई हेरेर बेबहारिक (सिप मुलक ) शिक्षा निती ल्याओस ।

  3. लुना जी,
    मेरो एकदमै सहमती छ तपाईंको कुराहरुमा। मैले एक पकछ्यलाई (SLC exam को औचित्य र उपादेयता) मात्र प्रश्न गरेको। ‘व्यबहारिक र ब्याबसायिक सिकछ्या’ को आबस्यक्ता, औचित्य, सान्दर्भिकता र जिबनोपयोगिताका बारे, र यस्तो हाम्रोमा लागु गर्न नसकेको बारे जो भन्नु भएको छ तपाईंले, सबैलाई convince गर्छ ति कुराहरुले। म यहाँलाई एउटा उदाहरण दिन्छु, झर्को नमानी हेर्नु होला, यस्ले हामी कस्ता छौं भन्ने देखाउछ है लुना जी,

    पूर्वाञ्चल को धरानमा एउटा प्राबिधिक तालिम केन्द्र (तेस्लाई अहिले engineering campus Dharan भनिन्छ) खुल्यो, झन्डै २० बर्ष अघी। अर्काको सहयोग बाट खुलेको यो प्राबिधिक तालिम केन्द्रमा सुरुमा गाउ घरमा सात कछ्या मात्र पढ्न सकेर स्कुल continue गर्न नसकी ३ वर्ष वा त्यो भन्दा बढी बिताएको (7 grade पढेर drop out भएको भन्छ एस्तोलाई) आर्थिक रुपले बिपन्न, महिला, दलित, पिछडियको समुदाय- – यस्तैलाई दुई बर्षको प्राबिधिक तालिम (carpenter, draftman, electrician, etc) दिएर sub-overseer सरहको बनाउने, र उनिहरुलाई रोज्गारिको बन्दोबस्त पनि मिलाई दिने भन्ने हिसाबले पढाई सुरु भयो र त्यसरी नै दुई ब्याच निस्क्यो पनि। शायद तीन ब्याच निस्क्यो कि। मलाई लाग्छ, तेतिबेलाका ति प्राबिधिक उत्पादन हरु सबैले एकदम राम्रो गरी खाएका छन, राम्रो प्राबिधिक जागिरमा छन, कतिको आफ्नै ब्यवसाय छ, काम गर्दै सानो बचत गर्दै पछी गएर खोलेका ब्यवसाय। ति मध्य धेरै जसो वास्तवमै गरिव परिवारहरु बाट आएका थिए, र तिनिहरु वास्तवमै सात कछ्या मात्र पढेर गरीबीका कारण आफ्नो पढाई रोक्न वाध्यहरु थिए। सात कछ्या मात्र पढेर बस्नु परेको हो कि होइन, गरीब परिवारको हो कि होइन, भनेर सिफारिस गर्ने काम गा बी स ले गर्थ्यो। ठिकै गर्थ्यो मेरो विचारमा सुरुमा।
    यो Trade (Technical) School को सुबिधा र यस्का फाईदाहरु, यो स्कुल को स्तरियता बाट अब चाँही धनी, र पहिले नै SLC पास गरिसकेकाहरु पनि लोभिए, र SLC पास गरिसकेका धनी, मानी परिवारकाहरु नक्कली सिफारिस बनाउदै (गरिब छ, सात कछ्या देखी पढ्नै सकेन भन्ने) यो स्कुल मा भर्ती हुन आए, संगठन खोले, (मा स्टुडेन्ट युनिअन लाई नराम्रो चाँही भन्दिन है, तर यस्तै भईराछ)। तर तिनिहरुको मक्सद भनेको माथि माथि पढेर engineer हुने, हाकिम हुने थियो, तेसैले ति विद्यार्थीले क्रमस हड्ताल गर्न थाले, हामीले ईन्जिनियरीङ पढ्न पाउनै पर्छ,course upgrade हुनै पर्छ भनेर। तेसो गरेर लामो समय सम्म त्यो स्कुल हड्ताल, बन्द, घेराबन्दी, ताला बन्दी, प्रिन्सिपलको कुर्शी पोल्ने, उन्लाई उनैको अफिसमा lock in गर्ने सारा गर्न पर्ने हुँदै गयो। सुरुमा कस्तो उद्देश्यले, कस्का लागि यो स्कुल खुलेको थियो भन्ने कुरा अब हरायो किन भने जस्का लागि खोलेको हो तिनिहर्ले सुचना पनि पाउन छोडे शायद। र Trade स्कुल बन्यो अब Engineering Campus Dharan. विद्यार्थीको माग पुरा भयो, engineer हुन पाउने भए आखिर अब धनी धनी आउन थालेका थिए गरीबका नाउमा जो।
    ती सात किलासे गरीबहरु सक्ने भये घर बारी र हल गोरु बेचेर, काठमाडौंका द्रब्य पिसाच दलाल्हरुलाई (धेरै त गाउबाटै आएर बसेका छन, गाउले लाई लुट्न) पैसा सुम्पेर गएका होलान खाडी मुलुकमा उट गोठाला गर्न, नसक्ने भये जे पायो तेही गर्दा हुन, कसैलाई माओवादीले सक्यो होला, कसैलाई सेनाले सक्यो होला।
    गरीबको लागि, पढ्न नसक्ने को लागि खुलेको एउटा राम्रो बिद्यालय धनी, लुचचा हरुले, पढेका भनाउदाहरुले खोसे यसरी।

    रह्यो, सिधान्त को कुरा,
    जुनसुकै देशमा पनि ‘education’ ले वा educational institutions ले माथिल्लो बर्ग, सत्ता धारिहरुकै सेवा र सुरक्षा गर्ने ideology र academics हरु उत्पादन गर्छ। चाहे त्यो यूरोप होस् वा अमेरिका, एसिया वा अफ्रिक कुनै फरक पर्दैन। यो बुझ्न र लेख्न अली complex होला, तर सकिन्छ। People are not stupid, educated ones make them stupid. अहिले यतिनै।

  4. व्याबहारिक शिक्षा भन्नले “पेशा मुखी शिक्षा” भन्न खोजेको।

  5. °”शिसिर जि !”°
    हो , यो कुरा पनि हो ,जब १२ कक्षा सम्मा लाई बिधालय शिक्षा भनिन्छ भने १० कक्षा पढेर एस् ल् सि दिने भनेको आँफै मा नमिल्दो कुरा हो । तपाईंको बिचार सँग म स हमत छु ।
    फेरी अर्को कुरा एस् ल् सि दिन तेती सजिलो पनि छैन ।
    यस् लाऐ ठुलो फलामए ढोका को रुपमा पा र गरेको अनुभब हामी सबै सँग छ ।
    किन यसरी गाह्रो हुन्छ प्राएे बिद्यार्थीलाई एस् ल् सि ?
    किनकी सबैको सम्झ न सक्ने छेमता एउटाइ हुँदैन र यो अहिले सम्मा घोकन्ते बिद्दा को रुपमा छ ।
    आफ्नो बे बहार मा लागु हुने शिक्षा भाईदियको भय तेती गाह्रो हुने थियन ।
    हाम्रो बारीपरिको उदाहर न हेर्नुस ,
    हामी एस् ल् सि जसोतसो पा स गर्छो,तेश पछी सबैको चाहना त्यो भन्दा बढीअझ पढ्ने हुन्छ । के सबैको चाहना पुरा हुन सक्छ ? हाम्रो देश मा यस्ता धेरै बिद्यार्थी छन जो एस् ल् सि पा स भयपछी निरन्तर पढाई अगाडि बढाउन सकेका छैन ।
    आर्थिक कारण या कहिले काही पारीबा रिक कारण ले पनि ।
    तेस पछी उनिहरु के गर्छन् ? सम्पत्ति हुनेहारुले बाउबाजेको बिन्डो पनि थामेकै होलान ,(अझ सबैले बाउबाजेको बिन्डो थाम्दैन्न्), सम्पत्ति नहुने बा बाउबाजेको बिन्डो नथाम्नेले जागिर को खोजी गर्छन् ।
    १० जना आबस्यक परेको पोस्ट्मा हजारओ जनाले निबेदन दिन्छन ,नछानियका हरु फेरी अर्को जागिर को खोजिमा भौतारिन्छ ।
    यस्तै हुन्छ इन्टर लेबल पा स गर्ने हरुलाई पनि । जसोतसो एस् ल् सि पा स भयोअर्थात भनु १२ कक्षा पा स गर्‍यो , अब दिपलोमा सबैले गर्न सक्छ्न भन्ने छैन उमेर साथइ बिभिन्न घरआयसी कारण ले पनि दिपलोमा पढ्ने काम प्राएे को अधुरै हुन्छ ,अनी फेरी तेही क्रम शुरु हुन्छ ,थोरैले बाउबाजेको बिन्डो धान्छन ,धेरैहरु जागिर को खोजिमा भौतारिन्छन ।
    अब दिपलोमा पा स गर्ने को कुरा आयो ,डिप्लोमा पा स गर्‍यो जनतन (जन तन यस् अर्थ मा कि प्राएे लाई धौ धौ परेको हुन्छ डि प्लोमा पा स गर्न आर्थिक कारण ले )
    जब दिपलोमा पा स गर्‍यो , फेरी उही क्रम । थोरै सन्ख्या ले बाउबाजेको बिन्डो थाम्छन , धेरै हरु जागिर को खोजिमा हुन्छन ।
    सरकारले कतिलाई जागिर देओस ?
    प्राइभेट कम्पनी कती नै छ र नेपालमा ?
    तेश पछी के गर्ने जागिर नपाउनेले ?
    ब्यापार गर्ने ? उधोग गर्ने ?कसरी गर्ने ? सबै को बाउबाजे बेपारी ,उधोगी हुँदैन्न ।
    सबै सँग पैसा पनि हुँदैन ब्यापार उधोग गर्नलाई ।
    हो यहाँ निर आयर भन्न सजिलो होला ‘यो काम गरे त भाईहाल्छ नि , त्यो काम गरे त भाईहाल्छ नि ,आदी आदी ।
    तर हेर्नुस हाम्रो सामाजिक सिस्टम कसरी गुज्रेको छ?
    सानै देखी हामीले सुन्दै आउने कुरा “धेरै पढ् , ठुलो मान्छे बन ,राम्रो जागिर खाउ “।
    यती मै सिमित छ ,यदी तेस्सो नहुदो हो त हेर्नुस् ,पहाड तिर बाट आयका खान पुग्ने का छोराछोरी किन जागिर कै लागि काठमादु या अन्य शहर तिर स्थाइ रुपले नै बसोबास गर्दै आयका छन ?
    तलब आउँला कती ? ५०००? ७०००? १००००? १५०००? काठमादुको महगो लाई हेर्ने हो भने यि जागिरदार लाई जिबन बाँच्न कम्ती गाह्रो छैन !
    फेरी किन प्राय जागिर पेशा नै रोज्छन ?
    किन आफुले सक्दो आफ्नै बाबुबाजेको थालोमा गर्दैन्न न्?
    हामी यस्तै सकृतिमा हुर्किदै आयका छौ,हाम्रो शिक्षा नितिले पनि यस्तो सन्स्कृतिलाई बेजोड्ले साथ दियको छ ।
    किनकी हाम्रो पढाई बबहारिक छैन ।
    प्रथा मिक बिधालएे देखी नै काम लाई महत्त्ब दियर आफ्नो खुट्टामा आँफै उभिन सक्नेकिसिमका व्याबहारिक शिक्षा लागु भाईदियको भय आज लाखौं लाख को स्न्ख्यामा यू बा बर्ग जागिर को खातिर भौतारियको हुँदैन थियो ।
    जो कोही पनि १८ बर्ष पुरा गरे पछी आफुले जे जस्तो जानिन्छ त्यस्तो पेशा गर्न सक्ने बनाउने किसिम को हुनु पर्छ हाम्रो बिधालय शिक्षा ।
    हामी मध्य धेरैलाई घरमा बिजुली गडबड भयो भने साधारण मर्मत गर्न पनि आउँदैन ,साइकल पञ्चट भयो टाल्न आउँदैन , घडी रेडियो बिग्रियो साधार्न मर्मत गर्न आउँदैन , कतिलाई खाना पकाउन आउँदैन , खेतिकिसानी को छोराछोरिलाई राम्रो सग खेती सम्बन्धी जानकारी छैन , घरमा आब्स्यक पर्ने काठ को पिर्का , साधारण टेबल , कुर्सी , बनाउन आउँदैन , यि यस्ता दैनिक जिबन मा आबस्यक पर्ने बेबहारिक कुरा हरु हामी सबैले जान्नु पर्ने हो !तर थोरै भन्दा थोरै ले मात्रा जानेको छ ।
    हो , यस्ता शिक्षा हरु बिधालएे त ह देखी सिकाइनु पर्छ ।
    ताकी बिधालय लेबल पा स गरे पछी जस्ले त्यो भन्दा माथि पढ्न् स्क्दैन उसले केही पेशा अपनाउन सकोस्,।
    देश को भु बनोट हेरेर , भु बनोट अनुसार त्यहाँ का मान्छे कस्तो पेशा गरेर आय आर्जन गर्न सक्छ्न , तेस्मा सरकारले ध्यान दिनु जरुरी भयको छ।
    तेही अनुसार शिक्षा निती अपनाउनु पर्छ ।
    के गर्ने सबै अब्बल दर्जा को हुन सक्ने भय सबै डाक्टर , इन्जिनियर , बकिल , पाइलाट हुने थिय होला !
    जे होस् शिक्षा भनेको बेबहारिक भय कम्ती मा पनि सबै सजिलै बाँच्न त सक्थे !
    (आफुले जागिर खोज्दा को तितो अनुभब सगालेको ले बेबहारिक शिक्षा लागु भाईदिय मान्छे जागिर को खोज मा भौतारिदै हतित्साही हुनु पर्ने त थियन !)

  6. padne bela guchha khelna thikka bhayo hola ani kahan bat hunchha ta. hera yo nepali haruko durdasa.

  7. एम ए करे मे मे
    बी ए बैल चलाए
    इन्टर कुत्ता नापुछे
    एस एल सी घुम मचाए ।

    आइरन गेट हो हजुर जसरी पनि पास गराउनै पर्‍यो नि कसो त साथी हो ।
    अचेल त जाबो म्याट्रिक (S.L.C) पनि पास गरेको छैन भने त्यो साक्षर नै हुदैन हाम्रो तराइ सरी मधेश तिर । जसरी पनि त पास गर्नै पर्‍यो नि । धन्न बाँसको भाटामा मात्रै चिट लिएर गएका रहेछन् ।

  8. धन्न चिट चोर्न चै भ्याएछन बराहरूले । हाम्रा देशका महात्म्य नेताहरूले त्यति चिट चोरेरैभएपनि एसएलसी पास गरेर राम्रो अंक ल्याएर डाक्टर इन्जिनियर भएका भए यस्तो देशको भुत्ते राजनिती त हुने थिएन ।
    -*-
    नेपाली परिक्षा प्रणाली र शैक्षिक नीतिले विधार्थीलाइ यस्तो बाताबरण बनाइदिएको छ कि एसएलसी भनेको फलामे ढोका हो जुनै हालतमा पनि तोड्नुपर्छ रे ? त्यसैले गर्दा पनि विधार्थीहरू चिट चोरेरै भएपनि पास हुने र बढी अंक ल्याउने धुनमा हुन्छन् । त्यो भनेको वर्तमान शिक्षा पद्धतीले विधार्थीमाथि पारेको नकरात्मक प्रभावमध्ये एक हो । परिक्षा भनेपछि सातो जाने हाम्रो नेपाली विधार्थी मानसिकता झनै एसएलसी भनेको फलामे ढोका हो भनेपछि त कसरी पार गर्ने भनेर भन्नुभन्दा पनि कसरी तोड्ने भन्नेतर्फ मात्र सोच्न बाध्य हुन्छ । यसैको उपज हो यस्तो हर्कत गरेर चिट चोर्ने र चोराउने ।

  9. यो पक्कै पनि संबिधान सभा को चुनाव बिथोल्न खोज्ने राजावादी तथा भारतीय अती हिन्दूवादी का साथै प्रतिगामी तत्व हरुको चल्खेल गर्दै गरेको द्रिस्य हो।

  10. मलाई त यस्मा पनि मदेशी एक्ता को गन्ध आयो बा!

  11. यो चिट चोरेको हैन, आफ्नै भविष्य चोरेको हो । तर, देशको हालतअनुसार यो चित्र त्यति अस्वाभाविक लाग्दैन, तर यस अघि पनि त भएकै हो । जे होस् लुनाजीको भनाइमा मेरो पूर्ण समर्थन छ । हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्नैपर्छ । घोकन्ते विद्याको अहिलेको युगमा कुने अर्थ छैन, पुरेत्याइँ गर्नुबाहेक ।

  12. sayed tini haru arko naya andolan garan khoje jasto cha tesile bhita phorne paryas ma chan sayed tini haru pahadiya haru ta hoinan aba pahadiya haru le matrai andolan gareka chainan kye re.

  13. SLC EXAM MA CHIT CHORAUNA KHOJNE HARU LAI NIYANTRAN GARNA NASAKEKO SARKAARLE SAMBIDHANSABHA KO CHUNAAB MA SHANTI SURAKCHHYA KASARI DELA KHAI……..
    CHIT CHORAAUNA AAYEKA LAI KARBAHI GARNA NASAKNE LE CHUNAAB MA BOOTH CAPTURE GARNA AAYEKA LAI NIYANTRAN GARLA TA, SAATHI HO ???????

  14. यो तस्विरले देखाउन खोजेको बिषय बस्तुले नेपालको प्रशासन कत्तिको कडाइ र सुनियोजि छ प्रस्टै पारेको छ । हेर्दै लाज लाग्ने । चिठ चोराउने काममा अविभावक पनि गिरेका। जस्ता यस्ता घृणित कार्यगरि उत्तिर्ण भएकाबाट देशले कस्तो आशा राख्ने ।

  15. Sujata baseko ghar ma kalo jhnda dekhayeko hola. Mero comment chahi sabai ko bhanda pharak ni!!! Hahaha.

  16. English ma interest bhayeko lye Science pani pass garnai parnee, hoina tyo doctor bannai na cha hanee student lai kina garnu paryo testo garo subject aani tyo Nepali government school ma padhnee student lai na English professor bhannu cha bhanee kina pass garnu paryo English subject.. overall nepal ko course structure nai khattam cha student lai na chahee nee boj diyeko cha anni SLC lai iron gate bhanera waiyat kura gare paachi chor daina ta cheat … nepal ma partical education is necessary rather than giving tuff subjects to uninterest students, they should have rights to choose subject in which they are interested and other optional subjects should be practical one not one we have currently in SLC where you will find in mathematics few topics are from 10+2 (Science faculty) or BBS courses same as in science and other as well.
    SK
    Sydney

  17. लुना जी,
    कुरा, SLC मा फेल हुनु नपरोस भन्नु भयो। म चाही यो एस.एल.सी भन्ने नै अनाबस्यक हो भन्छु। एस.एल.सी भन्ने नै हामीलाई किन अझै आबस्यक छ मैले बुझ्न सकेको छैन। अब नेपालमा १२ कछ्या सम्मलाई नै बिद्यालय शिक्षा मानिन्छ, भनिन्छ। १० पढेर school leaving exam दिने भनेको आँफैमा नमिल्दो कुरा हो। अरु देशमा (खास गरेर यूरोप अमेरीकामा 10th grade पछी 11th सुरु गर्न अर्को एक्जाम दिनु पर्दैन। नेपालमा अझै ढर्रा गरी राखेका छन। अझ नेपालमा ११ १२ कछ्या लाई कलेज पनी भनेको सुनिन्छ, जुन हुँदै होइन। हाम्रोमा जुन आइ ए, आइ एस्सी भन्छ त्यो कलेज level नै होइन। १२ बर्षसम्म school जाने कुरा त school education नै हो। नेपालमा योजनामा परिवर्तन गरिसके , तर व्यबहारमा अझै पनी SLC लाई अनाबस्यक ब्यापार गरी रहेका छन, यो एस.एल.सी भनेको अब ब्यापार भई सक्यो, यो नचाहिने कुरामा एती स्रोत र साधन, विद्यार्थीको धन, जन, खर्च गरिरहेका छन हाम्रोमा, खै के भन्नु र। धेरै जसो private school बढे, उनिहरुको सरकारमा पहुच बढ्यो, अनी ब्यापार गरेको गरेकै। तपाईंइहरु अहिले बस्नु भएको कुनै पनि देशमा १० र ११ को बिच्मा अर्को छुट्टै जाच दिन पर्छ र School मा? १० कक्छ्या पास गरे पछी ११ मा भई हाल्यो नी। खै नेपालमा यो हट्ला जस्तो छैन, जो आए पनी तेसै गर्छ। कुरा नै नबुझ्ने हो की, घुस को चक्कर मा पर्ने हो की, की if you cant change the system , join the system मा गएका हुन की, के हो के हो?

  18. tapae le kantipur bare pahiley nee lekhi diye pachi tasko result ta sabee ley thaha pae hale, hoena ra? tesee ley hola bahusankhak ko yeutee SLC ani cheat ko result aayeko…

  19. बहिनी लाई चिट चोरौना लागेका होलान पछादी बाट पुलिस ले कंडा माँ एक लाती दिये पछी थाहा हुन्छा अनी मोरा हरु लाई

  20. बिडम्बना नै भन्नु पर्ला यो हाम्रो देशको | जहाँ अभिभावक नै चिट चोराऊन दिलो ज्यान दिएर लागि पर्छन | हिजो मात्र एउटा समाचार आएको थियो नि | तराईको खोइ कुन ठाऊँमा हो चिट चोराऊन आएका अभिभावक र प्रहरीको बीचमा झडप भएको भन्ने | खोइ, के भन्ने भन्ने | हामी नेपाली र हामो देशको स्थिति सम्झँदा नै सारै दिक्क लाग्छ |

  21. k hunu ni iron gate S.L.C ma help gareko ni padnne belama school banda ani k k k . pass ta garnai paryo feri college ma gayer dhunga hanna parenata ?

  22. Its human tendency to survive and evolve in the best possible way.

    However, by such acts, the true hardship of talented students gets wasted as the final grade mixes them with students who passes through cheating.

    The problem is also with the examination method. We are more focused on “ghokante” study. The western world has realized this and so they don’t waste their memory on memorizing things that could be accessed by other means.

    During my 10 and +12 examination in Nepal i had to spend whole one day just by memorizing formulas of maths.

    I am in Germany now and here i am allowed to bring formula sheets in examination hall. By this i can concentrate much on other creative problems and solutions.

    As time changes, the access to knowledge also changes and so does the education system.

    Reformation is always needed to cope with the changes. When will Nepalese government understand this that we should walk with time instead of playing “guccha” with the past.

  23. padhne belama hadtal matra hunchha nepal banda hunchha ani kasari padhun ra pass garun ta
    master harulai raajnitik party haruko jhola bokdaima thik chha bichara thichiyeka michiyeka ra rajyele bewasta garekaa ani raajnaitik partyharuka vicktim bhayeka garib nepalika chhora chhori haru lai pass garauna chit choraune garibka aafanta haru holan jasto chha

  24. हाम्रो सामाजिक धारणा कस्तो छ !
    धेरै पढ् , ठुलो मान्छे बन !
    काम लाई भन्दा पनि मान र पद बि लाई महत्ब दिएको छ् ।
    यो प्राथमिक बिधालय देखी नै शुरु हुन्छ ।
    बच्चा देखी नै यस्तो प्रभाब पर्छ कि जब ठुलो हुन्छ , तब सानो र साधारण काम गर्न यू बा बर्ग हिच्किचाउछ !
    यस्तो किसिम को सामाजिक मान्यातालाई परिवर्तन गर्न , काम लाई महत्ब दिन घोकन्ते प्र णाली मा सुधार ल्याउनु पर्छ ।
    अनी चिट चोर्ने दु:ख गर्नै पर्दैन !
    ( मैले पनि गणिर्त को बिषयमा चिट चोरेर एस् ल् सि पा स गरे !)

  25. के गरुन त! चिट नचोरेर !सबैको सम्झना शक्ती बलियो हुँदैन !
    घोकन्ते बिधा धेरैलाई गारै हुन्छ ।
    बरु हाम्रो जस्तो देश मा बेबहारिक शिक्षा भाईदिएे हुन्थियो ।
    कम्तिमा जागिर नपाएए आफ्नै खुट्टा मा उभियर खान त सक्थे !
    सर्साना उधम सबैले गर्ने थिय ।
    यहाँ त पढाई सकिय पछी कि त जागिर खाउ कि हल्लियर बस कि मुग्लान पासा ।
    केही उधम गर्न सिप चाहियो , सिप सम्बन्धी अनुभब छैन !
    सिप हुने सँग पढाई छैन , पैसा छैन !
    हाम्रो देश को शिक्षा नितिमा ब्यापक हेर फेर हुनु जरुरी छ ।
    अहिले सम्मा यू बा बर्ग मा ” जब पर्छ , तब टर्छ ” नै लागु भयको छ् ।
    यस्ले गर्दा धेरै यू बा बर्ग जिम्मेबारी बहन गर्न बाट बन्चित छन ।
    प्राथमिक त ह बाट नै प्राक्टिकल शिक्षा लागु हुनु पर्छ ।
    तेही अनुसार को परिक्षा बेबस्था लागु हुनु पर्छ ,जस्ले गर्दा हजारुओ हजारबिद्यार्थी एस् ल् सि मा फेल हुनु नपरोस र जिबन को प्रमुख समय हतोत्साही भयर खेर फाल्नु नपरोस !
    १८ बर्ष पुग्ने बितिकै हरेक नागरिक आफ्नो खुट्टा मा उभिन सक्ने किसिम्को बेबहारिक शिक्षा लागु गरे देश मा बेरोजगार बर्ग को कमी हुन्छ ।

  26. Maile Kantipur hereko ta chaina tara…yo SLC ko students harulai bahira bata cheat chorayeko jasto lagyooo….guess matra haii////

  27. Interesting, साथीहरु माछा पास गर्दै रहेछन आफ्नो साथीहरुलाई वा साथीनीहरुलाई।

  28. यो तस्वीर पक्कै पनि एसएलसीमा चिट चोराएको हुनुपर्छ ।
    ओजश्वी

  29. Umesh Ji,

    Shikari haru ko pachhadi pant ko khalti ma guess paper hunu ra tapainle guess garnu vaneko le. Keta haru Machha marna haina Dana khayuana lage jesto chha.

  30. माछी मार्न जाँउ चाँही हैन है ! चिट चोराउन जाँउ न है । सार्है लाजमर्दो खबर छ : SLC exams – Invigilators Suspended

    March 17 – Sarlahi District Education Office has arrested one person and suspended sixteen invigilators on charge of misconduct on first day of SLC exam. Similarly, 10 invigilators from Krishnamati Secondary School exam centre, two from the Public Secondary School exam centre and 4 from the Musali exam centre were also suspended. Invigilator Mr. Dhirendra Kumar Singh, who was helping the students by writing the answers on the blackboard, at Gamhadia exam centre, was also caught red hand by an exam monitoring team. The guilty was handed over to the police.

    Students were attending English as major subject. Total of 1,299 examination centers held the exam. According to the Office of the Controller of Examination 379,377 students are appearing in SLC 2008.
    The School Leaving Certificate (SLC) exams started from 8 in the morning throughout the country.

    यस्तो पाराले पनि कहीँ देश को भलो होला र ? के दक्ष जनशक्ति उत्पादन होला र ? प्रश्न नै प्रश्न ले घेरिएको छ,अनि यो जालो च्यात्न धेरै गार्हो छ ।

  31. SLC parikshaya ma chit ko balchhi khelya ta hoina?

    maile pani yesari nai kunai bela khelya thiye ni….

  32. saayed SLC lai iron gate ko sangay dera yesto kaam bhairaheko ho. Nepali ko diamg bata SLC lai iron gate hoina, SLC nai khutkila hoina bhaanera kahile bhujne ho. Yesari cheat chorara pass bahyeko haroo le bhawisya ma k garne? Jindagi bhaar cheat nai chorne ? ani jaagir khaye paachi kaam gaarna ta aaudaina ani dhila susti, low level dekhi bastachar

Comments are closed.